

हैदराबाद। निर्देशक एसएस राजामौलीको ब्लकबस्टर फिल्म बाहुबलीः द बिगिनिङ अक्टोबर २०२५ मा फेरी रिलिज हुने भएको छ। सैकनिल्कका अनुसार भारत र अन्तर्राष्ट्रिय बजारमा बाहुबलीः२ ठूलो पर्दामा देखिन लागेको हो।
निर्माता शोबु यार्लागड्डाले सोमबार सोशल मिडियामा पुष्टि गरेकी बाहुबलीः २ पुनः विश्वभरी रि रिलिज गरिँदैछ। शीर्षक भूमिकामा सुपरस्टार प्रभास अभिनीत पीरियड एक्शन ड्रामा फिल्म हो।
खासमा बाहुबलीले भारतीय फिल्ममा ब्रेकरको रूपमा हेरिने गरिएको छ किनभने यो फिल्मले उत्तर र दक्षिणको भाषा अवरोध तोडेको थियो। र, दक्षिणमा निर्माण भएको यो फिल्म सबैभन्दा ठूलो भारतीय ब्लकबस्टरहरू मध्ये एकको रूपमा उभिएको थियो।
निर्माता शोबु यार्लागड्डाले यसअघि नै सो चलचित्र पुनः रिलिज हुने संकेत दिएका थिए तर सोमबार उनले त्यसको पुष्टि नै गरिदिए। फिल्म निर्माताले यो पनि खुलासा गरे कि यसअघि नराखिएका केही दृश्यहरू केही आश्चर्यका साथ फिल्मको देखाइनेछ । जसले यस वर्षको अक्टोबरमा पुनः जारी गर्नेछ।
मूल रूपमा जुलाई २०१५ मा रिलिज भएको बाहुबली ६५० करोडको विश्वव्यापी सङ्कलनका साथ त्यस समयमा दोस्रो सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको थियो। डब गरिएको हिन्दी संस्करणमा १०० करोड नेट कलेक्सन गर्ने यो पहिलो दक्षिण भारतीय फिल्म पनि हो।
सामाग्री श्रोत :

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विभिन्न ११ जिल्लाबाट अवैध वित्तीय कारोबार गर्ने २१ जनालाई पक्राउ गरेको छ । आन्तरिक विप्रेषण बन्द भएको अवस्थामा विदेशबाट विप्रेषणमार्फत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी विभिन्न नाममा अवैध कारोबार गर्नेलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले रु १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ बराबरको अवैध कारोबार गरेका अनुसन्धानका क्रममा खुलेको ब्यूरोका प्रवक्ता सुधिरराज शाहीले जानकारी दिए । सो समूहले अवैध कारोबारबाट प्राप्त गरेको गैरकानुनी रकमलाई डिजिटल वालेटका नाममा नेपालमा रहेका विभिन्न बैंक खातामा जम्मा गराउने गरेका पाइएको उनले बताए ।
प्रवक्ता शाहीका अनुसार ब्यूरोले विरेन्द्रप्रसाद साह, दिपेन्द्रप्रसाद साह, श्रवणकुमार साह, तारालाल यादव, हरेराम महतो, निरोजकुमार महतो, अलितादेवी महतो, प्रकाश सिंह, अरुणकुमार साह, प्रदीपकुमार साह, सञ्जिवकुमार महतो, राजकमल लोनिया, भीमकुमारी गुरुङ, रामविलास साह तेली, ममताकुमारी साह, विकर्णजङ्ग राणा, गणपति पाण्डे, सलमा खातुन, सुशिलाकुमारी साहू, गोविन्दप्रसाद आचार्य र सम्भु मेहतालाई पक्राउ गरेको हो ।
उनीहरूले अवैध कारोबार गरेको र नेपाल राष्ट्र बैंक ऐन विपरितको गतिविधि गरेको पाइएकाले थप कारबाही अगाडि बढाइने उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । ओपनएआईले एआई बट च्याटजीपीटीमा नयाँ फिचर थप गरेको छ । प्रयोगकर्तालाई अनलाइन सामग्री खरिद गर्दा निर्णय लिन सहज बनाउने गरी कम्पनीले च्याटजीपीटीमा शपिङ फिचर थप गरेको हो । सोमबार राती एक ट्वीट राख्दै कम्पनीले यो नयाँ फिचर सार्वजनिक भएको घोषणा गरेको थियो ।
We’re excited to announce we’ve launched several improvements to ChatGPT search, and today we’re starting to roll out a better shopping experience.
Search has become one of our most popular & fastest growing features, with over 1 billion web searches just in the past week 🧵
— OpenAI (@OpenAI) April 28, 2025
अब प्रयोगकर्ताले आफूलाई आवश्यक कुनै पनि सामग्री अनलाइन खरिद गर्नुपरेमा उक्त सामग्री कहाँ पाउँछ, मूल्य कति पर्छ, अन्य रिभ्युहरू कस्ता छन् लगायतका विवरण च्याटजीपीटीमा पाउन सक्नेछन् । योसँगै च्याटजीपीटीले प्रयोगकर्तालाई विभिन्न ई-कमर्शको साइटको लिंक सहित नै प्रश्नको जवाफ दिनेछ । कम्पनीले यो कुनै कम्पनीहरूसँग मिलेर गरिएको विज्ञापन नभइ च्याटबट आफैले स्वतन्त्र रुपमा दिने सुझाव भएका कारण यो निष्पक्ष भएको बताएको छ ।
च्याटजीपीटीमा सर्च फिचर थप गरेसँगै कम्पनीले यो फिचर पनि थप गरेको हो । धेरैजसो प्रयोगकर्ताहरू यस्ता सुझावहरूका लागि गुगलमा निर्भर छन् । च्याटजीपीटीको यो प्रयासले भने गुगललाई चुनौती दिने अनुमान गरिएको छ ।
कम्पनीले यो नयाँ सुविधा प्रयोगकर्ताले सामान छिटो फेला पार्न, तुलना गर्न र किन्न सजिलो बनाउने उद्देश्यले ल्याइएको जनाएको छ । यो सेवा सबै प्रयोगकर्तालाई उपलब्ध गराइनेछ भने पूर्णरूपमा सबै प्रयोगकर्तासम्म पुग्न केही समय लाग्ने कम्पनीको भनाइ छ ।
पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ ७:५२
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सोमबार रत्नपार्कको शान्ति बाटिकामा आयोजना गरेको सभाले राजावादी आन्दोलनमा ‘अभूतपूर्व’ एकताको सन्देश दिएको छ।
लामो समयदेखि विभाजित रहेका राजावादी धारका प्रमुख नेताहरू पहिलोपटक एउटै मञ्चमा उभिएर एकताको प्रतिबद्धता जनाएका छन्। कमल थापाको निम्तोमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सभाको अन्तिम चरणमा रत्नपार्क पुगेका थिए।
लिङ्देन आउनासाथ उनले छोटो सम्बोधन गरे र तल झरे। त्यसपछि कमल थापाले आफ्ना चोटिलो अभिव्यक्तिमार्फत माहोललाई थप रोचक बनाए। भाषण सकिएपछि थापाले सबै प्रमुख नेताहरूलाई पुनः मञ्चमा बोलाए।
थापाले सबैभन्दा पहिले राजेन्द्र लिङ्देनलाई निम्त्याउँदै भने, ‘हामी सबै एक छौँ र एक रहनेछौँ भन्ने सन्देश दिनका लागि म आग्रह गर्न चाहन्छु राप्रपाका अध्यक्ष माननीय राजेन्द्र लिङ्देनलाई मञ्चमा आइदिन आग्रह गर्दछु।’
लिङ्देन मञ्चमा उक्लिए, हाँस्दै हात हल्लाउनुभयो र थापासँग हात समातेर उचाले। त्यसपछि नवराज सुवेदी, केशरबहादुर विष्ट, बिपी कांग्रेसका महामन्त्री देवेन्द्र पौडेल र शिवसेना नेपालकी उपाध्यक्ष गंगा चौधरी समेतको मञ्चमा उपस्थिति थियो।
सबै नेताहरूले एक-अर्काको हात समातेर एकताको सन्देश प्रकट गरे। कार्यक्रममा थापाले राप्रपाको खुलेर प्रशंसा गर्दै भने, ‘राप्रपा अहिले देशको सबैभन्दा ठूलो र बलियो राष्ट्रवादी शक्ति हो। सबैलाई समेटेर अघि बढ्नुपर्ने जिम्मेवारी राप्रपाले लिनुपर्छ र त्यसका लागि माननीय राजेन्द्र लिङ्देनजी अगाडि बढ्नुपर्छ।’
दुवै नेताले एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा देखिएको राजावादी उत्साह र १५ चैतको तीनकुने प्रदर्शनपछि केही कमजोर बनेको आन्दोलनलाई पुनः सशक्त बनाउने उद्देश्यले यो सभा आयोजना गरिएको हो।
सभामा राप्रपाका वरिष्ठ नेता धवलशमशेर राणा, महामन्त्री कुन्ती शाही, जनआन्दोलन समिति संयोजक नवराज सुवेदी, पञ्चायतकालीन नेता केशरबहादुर विष्टलगायत नेताहरूको उल्लेख्य उपस्थिति थियो। सबैले एक भएर अगाडि बढ्ने संकल्प व्यक्त गरेका छन्। नेताहरूको एकताको सन्देशले राजसंस्था समर्थक पनि उत्साहित भएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्रका नाममा हाल देशमा निरंकुशता र लुटतन्त्र हाबी भएको आरोप लगाए। सोमबार (वैशाख १५) काठमाडौंमा राप्रपा नेपालले आयोजना गरेको कार्यक्रममा उनले यस्तो आरोप लगाए।
‘अहिले प्रजातन्त्र, लोकतन्त्रको नाममा देशमा जुन प्रकारको निरंकुशता र लुटतन्त्र हाबी भइरहेको छ, त्यसको अन्त्यको लागि हामीबाहेक अर्को विकल्प र शक्ति छैन । सिंगो देशले हामीलाई आशाको नजरले हेरिरहेको छ,’ उनले भने।
उनले सबै प्रकारका आग्रह-पूर्वाग्रह त्यागेर देशलाई निकास दिन तयार हुनुपर्नेमा जोड दिए। यसका निम्ति आफ्नो पार्टी तयार रहेको उनले बताए। ‘राजसंस्थाको आवाज उठाउने हाम्रा साथीहरूलाई खोजीखोजी कस्टडीमा राखिएको छ। लोकतन्त्र र मानव अधिकारको कुरा गर्नेहरूले चैत १५ गते लोकतन्त्र र मानव अधिकारको खिल्ली उडाए,’ उनले भने।
अलोकतान्त्रिक र मानव अधिकारविरोधी गतिविधिका विरुद्धमा सशक्त गतिविधि अघि बढाउन जरुरी रहेको उहाँको भनाइ थियो । ‘लोकतन्त्रको नामको लुटतन्त्रको विरुद्धमा जुटौँ । चैत १५ गतेको घटनाको न्यायिक छानविनको लागि सशक्त आवाज उठाऔँ,’ लिङ्देनले भने। राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापना र संघीयता खारेजका पक्षमा गरिने सबै कार्यक्रममा राप्रपाले ऐक्यबद्धता जनाउने उनले बताए।
सामाग्री श्रोत :

काठमाडौँ – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदन सहितको भन्सार विधेयक, २०८०’ छलफल र पारितका लागि प्रस्तुत गर्नेछन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० छलफलका लागि प्रस्तुत गर्नेछन् ।
मन्त्री चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१’ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ७६ पैसा र बिक्रीदर १३६ रूपैयाँ ३६ पैसा कायम भएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १५४ रूपैयाँ ०१ पैसा र बिक्रीदर १५४ रूपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रूपैयाँ ०५ पैसा र बिक्रीदर १८१ रूपैयाँ ८५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ४१ पैसा र बिक्रीदर १६४ रूपैयाँ १३ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रूपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ८६ पैसा र बिक्रीदर ९८ रूपैयाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ३० पैसा र बिक्रीदर १०३ रूपैयाँ ७५ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रूपैयाँ ४६ पैसा र बिक्रीदर नौ रूपैयाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६० पैसा र बिक्रीदर १८ रूपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ १९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ २५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४१ पैसा तोकेको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ ०४ पैसा र बिक्रीदर चार रूपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रूपैयाँ १२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ १२ पैसा र बिक्रीदर ३१ रूपैयाँ २५ पैसा निर्धारण भएको छ।
यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ४० पैसा र बिक्रीदर नौ रूपैयाँ ४४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रूपैयाँ र बिक्रीदर १४ रूपैयाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रूपैयाँ ६३ पैसा र बिक्रीदर २० रूपैयाँ ७२ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रूपैयाँ ५० पैसा र बिक्रीदर १७ रूपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रूपैयाँ ५२ पैसा र बिक्रीदर ४४४ रूपैयाँ ४७ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रूपैयाँ १४ पैसा र बिक्रीदर ३६१ रूपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३५२ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ १८ पैसा रहेको छ।
यस्तै, भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुला बजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।
सामाग्री श्रोत :

काठमाडौं। गायक अमित प्रधानको आवाज रहेको नयाँ गीत माया को आभाषको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। म्युजिक नेपालको अफिसियल युट्युब च्यानलमा सार्वजनिक उक्त गीतमा शब्द रचना र संगीत पनि गायक प्रधानले नै भरेका छन्। गीतको संगीत निर्माण भने हर्कुलस बस्नेतले गरेका हुन्।
हिमाल थापाले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा व्हेर्री केसी र अमित प्रधानको अभिनय रहेको छ।
सार्वजनिक गीत मायाको आभाषलाई म्युजिक नेपालले निर्माण र बजार व्यवस्थापन गरेको छ। डायस्पोरामा रहेका नेपाली गीत संगीतमा रुचि राख्ने र राम्रो प्रतिभालाई उचित स्थान दिने हेतुले म्युजिक नेपालले म्युजिक भिडियो निर्माण र बजार व्यवस्थापनमा सहयोग गर्दै आएको छ।
यस गीतको भोकल रेकर्डिङ अस्ट्रेलियाको मेलबर्नमा सन्देश श्रेष्ठले गरेका हुन् र यो गीतमा किरण बरालले बाँसुरी बजाएका छन्।
भिडियोमा सहायक निर्देशकको भूमिका सञ्जय सुवेदीले निभाएका छन्। भिडियोको सम्पादन र रङ्ग संयोजन हिमाल थापाले नै गरेका छन्। भिडियोलाई सिनेम्याटोग्राफर (डीओपी) रेयवट श्रेष्ठले खिचेका हुन्।
सामाग्री श्रोत :

काठमाडौं। नेपाल बार एसोसिएसनले शिक्षकहरूको आन्दोलनका सन्दर्भमा सर्वोच्च अदालतबाट भएको आदेश कार्यान्वयन गर्न र वार्ताबाटै समस्या समाधान गर्न सरकार र आन्दोलनरत पक्षसँग अपिल गरेको छ।
बारका महासचिव तथा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले आज प्रेस विज्ञप्ति जारी गरी शिक्षकका उचित मागको न्यायपूर्ण समाधानका लागि पहल गर्न संघीय संसद्, नेपाल सरकार र नेपाल शिक्षक महासंघलगायत सबै सरोकार भएका पक्षसँग अपिल गरे।
बारले आन्दोलनकै कारण राजधानीको मुख्य र व्यस्त रहने सडकमा यातायातलगायत दैनिक जनजीवन प्रभावित भई जनजीवन कष्टकर हुँदै गइरहेकातर्फ गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना माग पूरा गर्न संविधानप्रदत्त विरोधका कार्यक्रम शान्तिपूर्ण रूपमा सञ्चालन गर्न, आन्दोलनमा बल प्रयोग नगर्न नगराउन सम्बद्ध पक्षको ध्यानाकर्षण गराउँदै आन्दोलनका कारण सामुदायिक विद्यालय बन्द रहेको, पठनपाठन नभई विद्यार्थीको संविधानप्रदत्त शिक्षासम्बन्धी हकको हनन भई निर्धारित परीक्षा अवरुद्ध भएका छन्। यसमा सबै गम्भीर बन्न नेपाल बार एसोसिएसन हार्दिक आग्रह गर्दछ।’
शान्ति र प्रजातन्त्रका लागि पेसागत सञ्जालसँग आबद्ध शिक्षकको साझा संस्था नेपाल शिक्षक महासंघले पेसागतलगायत माग राखी आन्दोलन भइरहेको सन्दर्भमा यही वैशाख १४ गते दोहोरो झडप भई पत्रकार, शिक्षक र सुरक्षाकर्मीहरू घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै बारले उनीहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ।
सामाग्री श्रोत :
शिक्षकका मुद्दामा सर्वोच्चको आदेश कार्यान्वयन गर्न बारको अपिल

काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आन्दोलनरत् शिक्षक र सरकारबीचको वार्ता निष्कर्ष नजिक पुगेको र बुधबारसम्ममा शिक्षकहरुका माग सम्बोधन हुने बताएका छन्।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सुनाउँदै उनले महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवसँग शिक्षामन्त्रीको वार्ता सकारात्मक भएको जानकारी पाएको बताए।
सामाग्री श्रोत :
बुधबारसम्ममा शिक्षकहरुका माग सम्बोधन हुन्छः सञ्चारमन्त्री गुरुङ

सोलुखुम्बु। उच्च हिमाली क्षेत्र खुम्बुमा आइतबारदेखि लगातार भारी हिमपात भइरहेको छ। हिमपातका कारण पर्यटक र स्थानीयवासी प्रभावित भएका छन्।
खुम्बु क्षेत्रमा रहेका ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाका अनुसार हिमपातका कारण पदमार्ग अवरुद्ध हुँदा गोक्यो क्षेत्रमा पर्यटक समस्यामा परेका छन्। उनले भने, ‘हिउँले बाटो पुरिएको छ, कतिपय पर्यटक समस्यामा परेका छन्, तर सङ्ख्या यकिन भइसकेको छैन।’
स्थानीयवासी साङ्गे शेर्पाले बेमौसमी हिमपातका कारण जनजीवनमा असर परेको बताए। यसैबीच सगरमाथा क्षेत्रमा पदयात्रामा गएका एक अमेरिकी पर्यटक सम्पर्कविहीन भएका छन्। सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) का अध्यक्ष लामाकाजी शेर्पाका अनुसार सम्पर्कविहीन हुनेमा ६३ वर्षीय अमेरिकी नागरिक वाइ मा छन्। ‘उहाँ गत बुधबार सगरमाथा राष्ट्रिय निकुञ्जको चेकपोस्टमा ‘इन्ट्री’ हुनुभएको थियो। त्यसपछि सम्पर्कमा आउनुभएको छैन,’ उनले भने। हिमपातका कारण खोजी गर्न समस्या भएको छ।
हिमपातका कारण सगरमाथा आरोहण पनि प्रभावित भएको छ। अधिकांश आरोहीहरु आधार शिविरमै रोकिएका छन्। प्रशासन र सम्बन्धित निकायले प्रभावित क्षेत्रका पर्यटक तथा स्थानीयको सुरक्षालाई प्राथमिकतामा राखेर उद्धार र व्यवस्थापनका लागि समन्वय गरिरहेको जनाएको छ।
सामाग्री श्रोत :









