२०८३ बैशाख ३० बुधबार
२०८३ बैशाख ३० बुधबार

के साँझपखको केही घण्टा रमाइलो संगतमा नाच्दै बिताउनु स्वास्थ्यका लागि चमत्कारिक हुन सक्छ? चीनमा मेरो अनुभवले यस प्रश्नको उत्तर “हो” भन्ने प्रष्ट संकेत दिएको छ। केही समयअघि मैले सिचुवान प्रान्तको चेङ्दु र पान्जिहुवा सहरहरूको भ्रमण गरेको थिएँ। साँझको समय सार्वजनिक स्थानहरूमा पुग्दा मैले देखेको दृश्य साँच्चिकै रोचक र प्रेरणादायक थियो—बृद्धदेखि युवासम्म, पुरुषदेखि महिला सबैजना संगीतको तालमा खुला ठाउँमा रमाउँदै, एकआपसमा मिलेर नाचिरहेका थिए। त्यो दृश्य केवल मनोरञ्जन मात्र होइन, स्वास्थ्य, सामाजिक सम्बन्ध र मानसिक शान्तिको अभ्यासजस्तो लाग्यो।

इतिहास: कसरी सुरु भयो सार्वजनिक नाचगान?
“Guangchang Wu” (广场舞), जसको अर्थ हो “पब्लिक स्क्वायर डान्स”, चीनमा सार्वजनिक नाचगानको अभ्यास सन् १९९० को दशकदेखि सुरु भएको हो। ग्रामीण क्षेत्रबाट सहरतिर स्थानान्तरण भएका बृद्धबृद्धाहरू, विशेषगरी महिलाहरू  एक्लोपन र खाली समयलाई सकारात्मक दिशामा प्रयोग गर्न एक-अर्कासँग भेला भएर नाच्ने अभ्यासमा लागे।

सुरुवातमा यो अभ्यास केवल थोरै मानिसहरूद्वारा साना पार्क वा खुला चौकहरूमा गरिन्थ्यो। विस्तारै यसले व्यापक रूप लियो। अहिले त यो चीनको सहर-सहरमा सामान्य दृश्य बनेको छ—पार्कहरू, मल अगाडि, र आवासीय क्षेत्रहरूमा दैनिक रूपमा सयौँ मानिसहरू संगीतमा रमाइरहेका हुन्छन्।

शारीरिक फाइदा – वैज्ञानिक प्रमाणसहित
नियमित रूपमा सार्वजनिक स्थानमा नाचगानमा संलग्न हुने मानिसहरूमा शारीरिक स्वास्थ्य उल्लेखनीय रूपमा सुधारिएको पाइन्छ।

•    बेजिङ स्पोर्ट युनिभर्सिटीले गरेको एक अध्ययन (सन् २०२०) अनुसार, स्क्वायर डान्समा दैनिक ३०–६० मिनेट संलग्न हुने महिलाहरूको रक्तचाप, कोलेस्ट्रोल, र शरीरको बोसोको मात्रा उल्लेखनीय रूपमा घटेको पाइयो।

•    जर्नल अफ एजिइङ एन्ड फिजिकल एक्टिभिटीमा प्रकाशित एक अध्ययनले स्क्वायर डान्सले ५० वर्षभन्दा माथिका महिलामा कार्डियोभास्कुलर स्वास्थ्य सुधार गरेको देखाएको छ।
यसले निम्नलिखित शारीरिक फाइदाहरू पुर्‍याउँछ:

१.    हृदयको क्षमता सुधार हुन्छ।
२.    तौल घटाउँछ, बोसो कम गर्छ।
३.    उमेर अनुसार उपयुक्त गतिशीलता कायम राख्न सहयोग गर्छ।

मानसिक फाइदा – मन र मस्तिष्कको उर्जा
•    चीनको सांघाइ युनिभर्सिटीद्वारा २०१८ मा गरिएको अध्ययनमा सहभागी वृद्धवृद्धामा स्क्वायर डान्सले डिप्रेशनका लक्षण ३० प्रतिशतले घटाएको देखिएको थियो।
•    फ्रन्टायर्स इन साइकोलोजी पत्रिकामा प्रकाशित अनुसन्धान अनुसार यस्तो नृत्य अभ्यासले स्मृति सुधार र आत्म-सन्तुष्टि बढाउने प्रमाण पाइएको छ।

सारांशमा, नाचगानले:
•    तनाव घटाउँछ,
•    मूड अपलिफ्ट गर्छ,
•    आत्मविश्वास बढाउँछ।

सामाजिक फाइदा – सम्बन्धमा मिठास
स्क्वायर डान्स केवल शारीरिक अभ्यास नभई सामाजिक सहभागिताको सशक्त रूप हो।
•    चाइनिज जर्नल अफ सोसियोलोजीमा प्रकाशित एक अध्ययनमा सहभागीहरूद्वारा नाचगानमार्फत आफू समुदायसँग जोडिएको महसुस भएको, एक्लोपन कम भएको र सामाजिक जीवन समृद्ध भएको बताइएको छ।

कम लागतमा अधिक लाभ
यो अभ्यासको सबैभन्दा राम्रो पक्ष भनेको—यसका लागि धेरै खर्च लाग्दैन। खुला ठाउँ, एउटा सानो स्पिकर र केही उत्साही मानिसहरू चाहिन्छ।

न त जिमको महँगो सदस्यता आवश्यक पर्छ, न विशेष पोशाक वा उपकरण। सबै उमेर समूहका मानिसहरूले सजिलै भाग लिन सक्छन्। चीनमा कतिपय ठाउँमा स्थानीय सरकारले पनि यस्तो नृत्य अभ्यासलाई प्रोत्साहन गर्न स्पिकर, लाइटिङ र नृत्य प्रशिक्षकको व्यवस्था समेत गरेको छ।

नेपालमा यसको सम्भाव्यता
नेपालजस्तो समाजमा जहाँ साँझपख चिया खाने, टोलका चौकमा गफ गर्ने चलन छ, त्यही समयलाई नाचगानजस्तो फाइदाजनक अभ्यासमा रूपान्तरण गर्न सकिन्छ।

•    स्थानीय निकायले सामुदायिक ठाउँहरूलाई यस्तो गतिविधिका लागि उपयोग गर्न सक्ने व्यवस्था गर्न सक्छन्।
•    टोल सुधार समिति वा युवा क्लबहरूले नेतृत्व लिन सक्छन्।
•    स्वास्थ्य संस्थाहरूले प्रचारप्रसार र प्रारम्भिक तालिम दिन सक्छन्।

धेरैजसो नेपाली शहरहरूमा खुला स्थान, चौक, पार्क तथा सामुदायिक भवनहरू छन्, जुन यस कार्यको लागि प्रयोग गर्न सकिन्छ।

मेरो अनुभव
मैले चेङ्दु र पान्जिहुवा भ्रमणका क्रममा देखेको जनजीवनले मलाई एकदमै छोयो। साँझपख काम सकिएको थकाइपछि मानिसहरू खुला ठाउँमा निस्केर साथीभाइसँग रमाउँदै नाचिरहेका थिए। त्यो केवल नाच मात्र थिएन—स्वास्थ्यप्रति जिम्मेवार व्यवहार, समाजसँग जोडिने प्रक्रिया, र सकारात्मक जीवनशैलीको अभिव्यक्ति थियो।

निष्कर्ष
हामीले सधैं भनिरहन्छौं—“चीनजस्तो विकास भएको देशको कुरा हो, नेपालमा सम्भव छैन।” तर साँचो चाहना, थोरै योजना र थोरै स्रोतले पनि हामी यस्तो अभ्यास सुरु गर्न सक्छौं। स्वास्थ्य, मानसिक शान्ति र सामाजिक सम्बन्ध—यी सबै एकैचोटि सुधार गर्न सक्ने अभ्यास नेपालमा पनि प्रारम्भ गरिनुपर्छ।

शुरुवात सानो टोलबाट गरौं, र विस्तार समुदायसम्म पुर्‍याऔं। आजको मोबाइल चलाउने समयलाई भोलिको स्वस्थ जीवनशैलीमा रूपान्तरण गरौं।

हामी पनि साँझपख रमाउँदै, तालमा नाच्दै, स्वास्थ्य र मित्रता सँगसँगै अगाडि बढ्न सक्नेछौं।

(डा पार्थ गुरागाईं विराट मेडिकल कलेजमा सामुदायिक चिकित्सा विभागमा कार्यरत छन्।)

सामाग्री श्रोत :
swasthyakhabar

आजको राशिफल बि.सं २०८२ वैशाख १७ गते बुधवार, ई.सं २०२५ अप्रिल ३०, नेपाल सम्बत ११४५ बछलाथ्व तृतिया, नाम संवत्सर, सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल तृतिया, चन्द्रमा बृष राशीमा, सुर्य मेष राशीमा, नक्षत्रः भरणी, करणः तैतिल,योगः साैभन । आज नेपालमा सूर्योदय बिहान ०५ः२८ मा भएको छ, सूर्यास्त साँझ ०६ः३६ मिनेटमा हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जाैकाे सातु खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर २७ मिनेट देखि ८ बजेर ५१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

एउटै रुटिन र एउटै वातावरणदेखि दिक्क लाग्ने दिन हो, आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्नेछ । एकाग्रतामा कमी हुने भएकाले कुनै एउटा विषयमा मात्र ध्यान केन्द्रित गर्न सकिंदैन, हेर्दा बाहिरबाट सामान्य झैं देखिनु हुन्छ, तर भित्रबाट मँडारिएको भावनाको बेगलाई कसैले पनि बुझ्न सक्दैनन् । मन अस्थिर र कातर बन्ने कमजोर समय छ, कतिपय विषयको निर्णय लिनुपर्दा दोधारेपन देखिने छ । सँगीसाथी र सहकर्मीको मद्दत लिएको जाती हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने दिन हो, कुरा काट्ने, खिसीट्युरी गर्ने वा प्रतिस्पद्र्धीहरू आफैं तर्किएर हिँड्नेछन् । आम्दानीका स्रोतहरू बढ्नेछन्, पछिसम्म फाइदा हुने कुनै काम प्रारम्भ गर्न सकिने छ । प्रशासनिक वा राज्यपक्षका काम गर्न अनुकूल समय छ । सरकारी काम, ठेकापट्टा आदिमा अड्किएको काम फुकाउन सकिने समय हो, प्रयास गरेमा अन्य काममा समेत लाभ पाउने समय हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

निकै धपेडी गर्ने वेला छ, काम गर्दा अनेकानेक बाधा हुनसक्छन्, तथापि दोहोर्याएर प्रयास गरेमा सबै काम सम्पन्न हुने दिन हो । क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ, लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ । उत्साहमा बृद्धि हुने समाचार सुन्न पाइने छ, सानो मिहिनेतले मानसम्मान बढ्नुका साथै ठूलाबडाको सद्भाव प्राप्त हुनेछ । प्रयास गरेमा आश मारेको काम अर्थात् नबन्ने काम पनि बनाउन सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ, विभिन्न अवसर प्राप्त हुनाका साथै उच्च अधिकृतहरूसँग उठबस र मित्रता हुनसक्ने समय हो । त्यस्तो सुनौलो पल र समय बित्नेछ, जसले गर्दा प्रेमीप्रेमिकाको सामीप्य अझ नजिकिने तथा प्रेमसम्बन्ध गाढा बन्ने अनुकूलता मिल्नेछ । मन अध्यात्म र दार्शनिकतातर्फ मोडिने छ । कुनै नयाँ व्यवसाय गर्ने अथवा रोजगारीको प्रकृतिमा फेरबदल गर्ने विचार सलबलाउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

छोटो दूरीको व्यवसायिक यात्रामा निस्कन अनुकूल समय छ, अप्ठ्यारो धन उकास्नु छ वा कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला । भविष्यको चिन्ताले सताउने समय हो, तथापि शान्त र संयम बन्नु उचित हुनेछ, जीवनसाथी र घरपरिवारसँगै रमाएको जाती हुन्छ । नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्नसक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

गृहस्थी जीवन र पारिवारिक सुखको आत्मिक अनुभूति प्राप्त हुनेछ । पतिपत्नीले एकआपसमा एउटा सुखद अनुभूति साझा गर्ने दिन हो । कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन भएकाले मनोरञ्जन र खेलवाड त्यागेको ठीक हुन्छ । नयाँ मित्रता वा सम्बन्धका बारेमा मन उत्सुक रहने छ, तर कुनै पनि बाचाबन्धन नगर्नु राम्रो हुन्छ । आत्मीय मित्र वा विपरीतलिङ्गी सहकर्मीको साथ पाउनाले चिताएको काममा सफलता मिल्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ । यात्रामूलक कामबाट लाभ लिन सकिने छ, तर रिसाहा, घमण्डी र अहङ्कारी स्वभावको विकास हुनसक्छ, हरेक व्यवहारमा संयमता अपनाउनुपर्छ । चुनौतीका माझ मोटो रकम हातलागी हुने दिन हो, रातो रङका चिजबीज, लताकपडा, बृक्ष वनस्पति, शैक्षिक प्रतिष्ठान, औषधी र खाद्यान्नका क्षेत्रमा राम्रो देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ता आदिको तैयारीमा हुनुहुन्छ भने अझ कस्सिएर प्रयास गर्नुहोला, मिहिनेत अनुसार राम्रो रिजल्ट निकाल्न सकिने छ । शिक्षादीक्षाका क्षेत्रमा लागेका व्यक्तिले क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्ने दिन हो । सामान्य जनले समेत ज्ञानगुन, अध्यात्म र दार्शनिक विषयमा आकर्षण देखाउनेछन् । बौद्धिक र लेखनकार्यमा सफलता मिल्नेछ । कार्य सम्पादनमा सहजता र शीघ्रता हुनेछ, सीप वा योग्यता बढाउने अवसर मिल्नेछ, तर पारिवारिक प्रयोजनका लागि समय छुट्याउनु होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मानसिक अस्थिरताको समय हो, मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुनसक्छ, असाध्यै दौडधूप गर्नुपर्ने समय छ, सानो लापरवाहीले पनि ठूलो नोक्सानी हुनसक्छ, अतः महँगा चिजबीजको प्रयोग गर्दा सावधान रहनुहोला । व्यस्ततामा दिन बित्नेछ, तथापि कामको चापबाट फुर्सद निकालेर आज केही समय घरपरिवार र छोराछोरीका लागि छुट्याउनु राम्रो हुन्छ । इच्छानुसार आत्मीयजनसँग कुराकानी हुनसक्छ, तर घरायसी परिबन्दले भेटघाटको अनुकूलता नमिल्नाले मन एकतमासको हुने र भावुक बन्ने दिन हो ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आफन्तहरूसित सुसम्बन्ध हुने र सहयोग पाइने समय हो । आम्दानीको अवसरमा बृद्धि हुने तथा पारिवारिक वातावरणसमेत सौहाद्र्रपूर्ण रहने देखिन्छ । काममा दुविधा भए साथीभाइको सल्लाह लिन सकिने छ, औजार, हातहतियार, किराना सामाग्री, मनिहारी वा सरकारसम्बद्ध ठेक्कापट्टाका व्यवसायीले लाभ पाउनेछन् । बाल्यावस्थाको स्मृतिमा वा कुनै पुरानो कुरामा मन अलमलिन सक्छ । पुराना विषयले तनाव बढाउने दिन हो, त्यसैले आफूलाई सम्हालेको जाती हुन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

धनको कारोबारमा जोखिम र रिस्क भएको दिन हो, नयाँ कारोबार वा व्यवसाय फाप्दैन, अनि कुनै करार वा समझौता गर्नुछ भने राम्ररी पढ्नु बेस हुन्छ । कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ तपाईंको व्यवसाय बढाउने उत्तम तरिका बन्नसक्छ । मानिसहरूको नकारात्मक प्रतिक्रियालाई बेवास्ता गर्दै आफ्नो कर्ममा ध्यान दिने समय हो । जीवनसाथी र परिवारका सदस्यहरूबाट अपेक्षित सहयोग एवं सद्भाव मिल्नेछ, कुनै आर्थिक समस्या छ भने प्रयास गरेमा हल हुने समय हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आत्मबल बढ्ने छ, नयाँ ज्ञान प्राप्त गर्ने वा विगतको सिकाइ अनुभवको प्रयोग गरी अघि बढ्ने समय हो । धन वा प्रतिष्ठाको बृद्धिका लागि चालेका हरेक प्रयास सफल हुनेछन् । काममा प्रगति हुने समय छ, तर एकोहोरोपन, जिद्दीपन र घमण्ड आजका शत्रु हुन् भन्ने बुझेर आफूलाई संयम बनाएर काम गर्ने दिन हो । पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ ।


सामाग्री श्रोत :

आज बुधबार, कस्तो छ तपाईंको राशिफल?

काठमाडौं। स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनका महासचिव जुराब पोलोलिकाश्विली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

म्याड्रिडस्थित युएन पर्यटन मुख्यालयमा मंगलबार आयोजित औपचारिक समारोहमा राजदूत नेपालले ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै नेपालको तर्फबाट शुभकामना सन्देशसमेत हस्तान्तरण गरे।

प्रमाणपत्र प्रस्तुतिपछि भएको वार्तामा राजदूत नेपालले नेपाल सरकारका परराष्ट्रमन्त्रीको तर्फबाट महासचिव पोलोलिकाश्विलीलाई शुभकामना सन्देश प्रस्तुत गर्दै उपयुक्त समयमा नेपाल भ्रमणको निम्तो दिए।

सो अवसरमा महासचिव पोलोलिकाश्विलीले अन्तरराष्ट्रिय पर्यटक आगमनमा नेपालले महामारीपछिको पूर्ण सुधार हासिल गरेकामा बधाई दिँदै नेपालको प्रयासको सराहना गरे। उनले नेपालको पर्यटन क्षेत्रको पुनःरूत्थान र विश्व पर्यटनमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको नेपाली दूतावासले जनाएको छ।

राजदूत नेपालले नेपालले पर्यटनको विविधीकरणमा दिएको प्राथमिकताजस्तै अध्यात्मिक र सांस्कृतिक सम्पदा तथा जैविक विविधताको प्रवर्द्धनबारे जानकारी दिँदै भविष्यमा युएन पर्यटनका उच्चस्तरीय सम्मेलनहरू नेपालमा आयोजना गर्न प्रस्ताव गरेका थिए।

भेटमा नेपाल र युएन टुरिजमबीच सहकार्य विस्तारका विविध सम्भावनाहरूबारे पनि छलफल भएको थियो। महासचिव पोलोलिकाश्विलीले प्रभावकारी संवाद र सहकार्यमार्फत दुवै पक्षबीचको सम्बन्ध अझ बलियो बनाउनेमा जोड दिएको नेपाली दूतावासले जनाएको छ।


सामाग्री श्रोत :

राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं। नेपाल शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तबीच वार्ता सुरु भएको छ।

शिक्षा मन्त्रालयमा महासंघका पदाधिकारी र मन्त्रीबीच वार्ता सुरु भएको हो। वार्तामा शिक्षकहरुले उठान गरेका मागका विषयमा छलफल हुनेछ। हिजो राति अवेरसम्म भएको वार्ता सकारात्मक रहेपनि कुनै निष्कर्ष निकाल्न सकेको थिएन।


सामाग्री श्रोत :

सरकार र शिक्षक महासंघबीच वार्ता सुरु

काठमाडौं। राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधानार्थ स्थलगत अध्ययन प्रतिवेदनसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्बन्धित मन्त्रालयका सचिवहरूसहित छलफल भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक–विकास सल्लाहकार डा युवराज खतिवडा र निजी सचिवालयका कर्मचारीको उपस्थितिमा सिंहदरबारमा भएको छलफलमा भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत निर्माणाधीन राष्ट्रिय प्राथमिकताप्राप्त विभिन्न सडक आयोजनाको स्थलगत अनुगमनबाट प्राप्त प्रतिवेदन तथा विकास निर्माणमा देखिएका समस्याबारे प्रस्तुति गरिएको थियो।

छलफलमा प्रधानमन्त्रीका निजी सचिव (सहसचिव) विनोदबहादुर कुँवरले काँकडभिट्टा–लोकही सडक, कञ्चनपुर–कमला, कमला–पथलैया, नारायणगढ–बुटवल तथा बुटवल–गोरूसिङ्गे सडकखण्ड, नागढुङ्गा–नौबिसे–मुग्लिङ, मुग्लिङ–पोखरा सडकखण्ड साथै नागढुङ्गा र सिद्धबाबा सुरूङमार्गका स्थलगत वस्तुस्थिति प्रस्तुत गरेका थिए। प्रधानमन्त्री कार्यालयका सिडिइ मोहदत्त भट्टले देखिएका समस्या र समाधानका उपायहरूबारे सुझाव प्रस्तुत गरे।

आयोजना सञ्चालनमा देखिएका स्थलगत खानेपानी, ढल, रूख कटान, विद्युत् पोल स्थानान्तरण, अप्टिकल फाइबर व्यवस्थापनका कारणले भइरहेको आयोजनागत ढिलाइमा सुधार ल्याउन समन्वयात्मक कार्यशैली जरूरी भएको पाइएको छ । ती विषयमा नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरणका उच्च पदाधिकारीले निकायगत धारणा व्यक्त गरेका थिए।

प्रधानमन्त्री ओलीको निरन्तर चासोमा रहेका देशभरका विकास आयोजनाको केही महिनादेखि निजी सचिवालयले निरन्तर फलोअप र सहजीकरण गर्दै आएको छ।

छलफलबाट आयोजनामा अवरोध देखिएका नेपाल विद्युत् प्राधिकरणमा पोलहरू १५ दिनभित्र हटाउने, निजी जग्गाको ढुङ्गा, माटो, बालुवालगायतका निर्माण सामग्रीको राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा उपयोग गर्ने स्थानीय तहले प्रचलित कानुनबमोजिम राजस्व लिई उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउने निष्कर्ष निकालिएको छ।

यस्तै प्रत्येक स्थानीय तहले आर्थिक वर्ष सुरू भएको तीन महिनाभित्र स्थानीय निर्माण सामग्रीको ठेक्का व्यवस्थापन गर्नुपर्ने पक्षलाई ध्यान दिई राष्ट्रिय प्राथमिकताका आयोजनामा स्थानीय निर्माण सामग्री सहज उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउने तय भएको छ।

आयोजनाहरूको वातावरणीय प्रभाव मूल्यांकन तयारी र स्वीकृतिका लागि क्षेत्राधिकार पुनरावलोकन गर्ने व्यवस्थाका लागि वन तथा वातावरण मन्त्रालयबाट प्रक्रिया अगाडि बढाउने पनि सुझाव दिइएको छ।

यसैगरी आयोजनाहरूमा देखिएका व्यवधान, अवरोध, अनुगमन, कार्यप्रगतिलगायतका विषयमा तत्काल सहजीकरण एवं निकायको समन्वयलाई प्रभावकारी बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अधिकार सम्पन्न उच्चस्तरीय समन्वय समिति गठन गर्ने प्रबन्ध मिलाउने सिफारिस गरिएको छ।

छलफलमा गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले आयोजनाको शान्ति सुरक्षा र स्थलगत समस्याको समाधान गर्न मन्त्रालय सदैव तत्पर रहेको बताए।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थले स्थानीय तहको नदीजन्य प्राकृतिक स्रोतको उपयोग र व्यवस्थापनका लागि विकास ऐन जारी हुनुपर्ने धारणा राखे। वन तथा वातावरण सचिव डा राजेन्द्रप्रसाद मिश्रले वन र वातावरणसम्बन्धी कानुन र क्षेत्राधिकारमा स्पष्टता आउनुपर्ने बताए।

सो अवसरूमा प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार किरण पौडेल, भौतिक तथा यातायात सचिव केशवकुमार शर्मा, वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की, खानेपानी सचिव प्रमिलादेवी बज्राचार्य पनि सहभागी थिए।


सामाग्री श्रोत :

राष्ट्रिय प्राथमिकताप्राप्त सडक आयोजनाको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयको पहल


अत्तरिया (कैलाली)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सञ्चालन गरेको तराई–मधेस जागरण अभियानले जनतामा आशा जागेको बताएका छन्। अभियानको क्रममा पार्टीको जिल्ला समन्वय समिति कैलालीले आज कैलारी गाउँपालिका–७ वैसपुरमा आयोजना गरेको खबरदारी सभामा उनले यस्तो बताएका हुन्। अध्यक्ष दाहालले भने, ‘अभियानका क्रममा हामीले जनताका दुःख, सुखका कुरा सुन्यौँ। उत्पीडित वर्ग […]
सामाग्री श्रोत :

‘जागरण अभियानले जनतामा आशा जागेको छ’

काठमाडौँ । सोमबार २८ अप्रिल २०२५ बेलुकादेखि पूर्वमन्त्री एवं एकीकृत समाजवादीका सांसद प्रेम आलेले प्रतिनिधिसभाको बैठकमै अश्लील शब्द प्रयोग गरेको भन्दै विभिन्न भिडिओ क्लिप र समाचार आइरहेका छन् ।

कन्टेन्ट क्रियटर टङ्क दाहालदेखि समाचार माध्यम कान्तिपुर दैनिकसम्मले त्यस विषयमा समाचार राखेका छन् । तर, टेकपाना फ्याक्टचेकका क्रममा पूर्व पर्यटनमन्त्री प्रेम आलेले अश्लील शब्द बोलेको भन्दै आएका समाचार सामग्री गलत रहेको देखिएको छ । 

दाबी

सोमबार २८ अप्रिल २०२५ बेलुकादेखि प्रतिनिधि सभा सदस्य आलेले संसद् रोस्टममा अश्लील शब्द बोलेको भन्दै एउटा भिडिओ क्लिप भाइरल भइरहेको छ । कान्तिपुरले मङ्गलबार ‘संसद्को रोस्टममा एकीकृत समाजवादीका सांसद आलेले अश्लील शब्द बोले’ शीर्षकको समाचार राखेको थियो । त्यसमा के अश्लील शब्द भन्ने खुलाइएको छैन । हेर्नुहोस् ओरिजिनल लिङ्कआर्काइभ लिङ्क ।  

आफूलाई कन्टेन्ट क्रियटर बताउने टङ्क दाहालले पनि मङ्गलबार उक्त भिडिओ क्लिप राखेका छन् । क्याप्सनमा पूर्वमन्त्री आलेको भनाइलाई व्यङ्ग्य गर्दै उनले लेखेका छन्, “पार्टीको दबाब झेल्न नसकेर, मेरै पालामा त्यो मु* लाई डिजी बनाइयो – मा. प्रेम आले

*मु = मुख्य जिम्मेवार ? कि के हो ? संसद भित्रै छाडा त बोलेको होइन होला है? 😁”

त्यसपछि उनले चार पल्ट नै एडिट गरेका छन् । 

पछिल्लो पोस्टमा उनले सच्याएर लेखेका छन्, “पार्टीको दबाब झेल्न नसकेर, मेरै पालामा त्यो मु* लाई डिजी बनाइयो – मा. प्रेम आले

* मु* = मुख्य जिम्मेवार ? कि के हो? 😁 तर कडा 🤭

धेरै साथीहरु ले यहाँ “मुन्छे” नै भनेको हो भन्नु भएकोले मैले पनि  “मुख्य जिम्मेवार” नभएर “मुन्छे” नै हो भन्ने निस्कर्षमा पुगेको छु 😁” हेर्नुहोस् ओरिजिलन पोस्टआर्काइभ पोस्ट । 

दाहालको यही क्याप्सन र भिडिओ अन्य सामाजिक सञ्जाल पेज र अकाउन्टले व्यापक शेयर गरिरहेका छन् ।

तथ्यजाँच 

भिडिओ र समाचार अत्यधिक आएपछि मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद आलले आफैँले ‘मुन्छे’ भनेको शब्दलाई फेसबुक पेज र समाचार माध्यमले बङ्ग्याएर अश्लील शब्द बोलेको भनी भ्रम फैलाएको स्पष्टीकरण दिए ।

उनले भनेका छन्- “हिजो मैले संसद्‍मा बोलेको शब्दलाई राम्रोसँग नसुनिकन आज प्रकाशित समाचारमा मैले बोलेको शब्दलाई अश्लील शब्द भनी समाचार सम्प्रेषण भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सम्माननीय सभामुख महोदय यो समाचार जुनसुकै मिडियाबाट आएको भएपनि राम्रोसँग सुनेर मात्र समाचार सम्प्रेषण गर्न म अनुरोध गर्न चाहन्छु । हिजो मैले संसद्‍मा कुरा राख्दै गर्दा पार्टीको दबाब झेल्न नसकेर त्यो मुन्छेलाई डीजी बनाइयो भनेको थिएँ । तर त्यसलाई तोडमोड गरेर राज्यको चौथो अङ्ग भन्ने सञ्चारकर्मी मिडियाले समाचार राखेर यसलाई डाइभर्ट गर्ने काम गरेको छ ।”

उनको भनाइपछि तथ्यजाँच गर्ने क्रममा हामीले युट्युबकै सोही भिडिओलाई ०.५ एक्स स्पिडमा सुन्यौँ । त्यसमा पनि “त्यो बेलामा मैले धेरै पटक भनेको हो जुनियर मन्छेलाई नबनाऊ, नबनाऊ भन्दा पनि पार्टीको दबाब झेल्न नसकेर त्यो मुन्छेलाई डीजी बनाइयो” भनेको सुनियो । 

त्यसपछि हामीले सोमबार बसेको प्रतिनिधिसभाको बैठकबाट बोलेको क्लिप लियौँ । त्यसको अडिओ भर्सन निकालेर गुगलको एआई रिसर्च टुल नोटबुक एलएममा राख्यौँ । त्यस क्रममा उक्त टुलले निकालेको ट्रान्सक्रिप्सनमा लेखियो, “…त्यो बेलामा मैले धेरै पटक भनेको जुनियर मान्छेलाई नबोधाउ नबजाउ भन्दा पनि पार्टीको दबाब झेल्न नसकेर त्यो मान्छेलाई डिजी बनाइयो।”

 

त्यस्तै गुगलकै अर्को एआई टुल एआई स्टुडियोमा उक्त अडिओ राखेर ट्रान्सक्रिप्सन निकाल्न अनुरोध गर्‍यौँ । उक्त टुलले निकालेको अनुच्छेद जस्ताको तस्तै, “…त्यो बेलामा मैले धेरै पटक भनेको, जुनियर मान्छेलाई नबनाउ नबनाउ भन्दा पनि पार्टीको दबाब झेल्न नसकेर त्यो मान्छेलाई डीजी बनाइयो ।”

 

दाबी

पूर्व पर्यटनमन्त्री एवं नेकपा एस (एकीकृत समाजवादी)का सांसद प्रेम आलेले संसद् रोस्टममै अश्लील शब्द बोले । 

दाबीकर्ता

कान्तिपुर दैनिक समाचार माध्यम, टङ्क दाहाल लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता । 

तथ्य

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पूर्व पर्यटनमन्त्री प्रेम आलेले अश्लील शब्द बोलेका छैनन् । उनले ‘मुन्छे’ भनेको क्लिपलाई लिएर केही प्रयोगकर्ताले स्पिड बढाएर धेरै पटक दोहोर्‍याउँदै राखेका छन् । धेरै पटक त्यही शब्द स्पिडमा झट्ट सुन्दा अश्लील जस्तो सुनिन्छ । तर, गुगलको एआई टुल प्रयोग गरी सटीक रूपमा विश्लेषण गर्दा उनले ‘मुन्छे’ भनेको पुष्टि भयो । 

निष्कर्ष

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा पूर्व पर्यटनमन्त्री प्रेम आलेले अश्लील शब्द बोलेको भन्दै भिडिओ क्लिप र समाचार भाइरल भइरहेका छन् । मङ्गलबार त्यही समाचार र भिडिओको खण्डन गर्दै सांसद आलेले आफूले ‘मुन्छे’ भनेको र समाचार माध्यमले त्यसलाई तोडमोड गरी अश्लील शब्द बोलेको भन्दै प्रचार गरेको बताए । हामीले गुगलको नोटबुक एलएम टुल, एआई स्टुडियोबाट निकालिएको ट्रान्सक्रिप्सनबाट ‘मुन्छे’नै बोलेको पायौँ । त्यस्तै संसद् भवनको आधिकारिक युट्युब च्यानलमा प्रत्यक्ष प्रसारण भएको भिडिओलाई ०.५ एक्स स्पिडमा सुन्दा पनि ‘मुन्छे’ भनेको पाइयो । यसबाट कान्तिपुर लगायतका सञ्चारमाध्यम र फेसबुक पेज तथा अकाउन्टले भ्रामक जानकारी सहित भिडिओ र समाचार राखेको पुष्टि भयो ।


प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ १५:३५





सामाग्री श्रोत :
टेक पाना

गण्डकी। कास्कीका पालिकाको वित्तीय सुशासन जोखिम मूल्यांकन प्रतिवेदनमा रुपा गाउँपालिकाले सबैभन्दा धेरै अंक प्राप्त गरेको छ। जिल्ला समन्वय समिति कास्कीले आज सार्वजनिक गरेको अन्तिम नतिजामा रुपाले जिल्लाका सबै पालिकाभन्दा बढी अर्थात् ६८ अंक प्राप्त गरेको हो।

वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि २०७७ लाई आधार मानेर योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा प्रतिवेदन, अनुगमन मूल्यांकन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनलगायत कूल ११८ वटा सूचकमा आधारित भएर मूल्यांकन गरिएको थियो।

मूल्यांकनमा अन्य पालिकामध्ये अन्नपूर्णले ६६ दशमलव पाँच, मादी गाउँपालिकाले ६१ दशमलव पाँच, पोखरा महानगरपालिकाले ४७ दशमलव पाँच र माछापुच्छ्रे गाउँपालिकाले ४५ अंक प्राप्त गरेको जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले वित्तीय सुशासनलाई प्रभावकारी बनाउन पालिकालाई आग्रह गरे।

यसैगरी रुपा गाउँपालिकाका प्रमुख नवराज ओझा, माछापुच्छ्रे गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारी, अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानका उपसचिव प्रभाकर घिमिरेलगायतले वित्तीय सुशासनका सम्बन्धमा भइरहेका प्रयासलगायत विषयमा धारणा राखेका थिए।


सामाग्री श्रोत :

वित्तीय सुशासन जोखिम मूल्यांकनमा रुपा गाउँपालिका पहिलो

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते शुक्रवार संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने भएको छ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सदनसमक्ष पढेर सुनाउँदै यसबारेमा जानकारी गराएका हुन्। 

Ncell 2
Ncell 2

उनकाअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संवत २०८२ साल वैशाख १९ गते शुक्रवारका दिन ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नेछन्। 

shivam cement
shivam cement

राष्ट्रपतिको सम्बोधनको कार्यक्रम भएकाले प्रतिनिधि सभाका सम्पूर्ण सदस्यहरुलाई उक्त दिनको पौने ३ बजे नै आफ्नो आफ्नो आसनग्रहण गरिसक्न सभामुखले आग्रह गरे। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । चर्चित मेसेजिङ एप ह्वाट्सएपले वेब संस्करणमार्फत पनि भ्वाइस र भिडिओ कलिङको सुविधा दिने संकेत गरेको छ । ह्वाट्सएपको अपडेटबारे जानकारी दिने डब्लूएबेटा इन्फोका अनुसार ह्वाट्सएपको वेब संस्करणमा अब कल गर्ने आइकनहरू देखिन थालेका छन् । यसले वेब ब्राउजरमै बसेर सिधै कल गर्न मिल्ने सम्भावना देखिएको छ । 

हालसम्म ह्वाट्सएप प्रयोगकर्ताले मोबाइल एप वा डेस्कटपका लागि छुट्टै एप डाउनलोड गरेर मात्र भ्वाइस वा भिडिओ कल गर्न पाउँछन् । अघिल्लो महिनाको अपडेटमा ह्वाट्सएपले प्राइभेट र ग्रुप च्याटमा भ्वाइस र भिडिओ कल सुरु गर्ने तरिका परिवर्तन गर्दै नयाँ ‘कल ड्रपडाउन’ मेनु थपेको थियो । 

अब भने वेब संस्करणमै फोन र क्यामेरा आइकन देखिन थालेपछि ह्वाट्सएपले यो सुविधा थप व्यापक रूपमा ल्याउन लागिरहेको अनुमान गरिएको छ । यो सुविधा आधिकारिक रूपमा सार्वजनिक भयो भने प्रयोगकर्ताले मोबाइल एप डाउनलोड नगरीकनै क्रोम, एज, सफारी जस्ता वेब ब्राउजरमा बसेर कल गर्न सक्नेछन् । 

तस्बिर- डब्लूएबेटा इन्फो

यसले ह्वाट्सएपलाई माइक्रोसफ्ट टिम्स जस्ता बहुप्रयोगी सञ्चार प्लेटफर्मसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने विश्लेषण गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ १५:४६





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट