२०८३ बैशाख २९ मंगलवार
२०८३ बैशाख २९ मंगलवार

काठमाडौँ । सामाजिक सञ्जाल कम्पनी मेटाले आफ्नो एआई च्याटबट ‘मेटा एआई’ को छुट्टै एप सार्वजनिक गरेको छ । यस एपमा च्याट, इमेज जेनेरेसन, रियल-टाइम वेब रिजल्ट जस्ता सामान्य सेवा त छन् नै, नयाँ प्रयोगको रूपमा ‘डिस्कभर फिड’ फिचर पनि छ ।

यस फिडमा प्रयोगकर्ताले मेटा एआईसँग गरेका संवादहरू सार्वजनिक गर्न चाहेमा आफ्ना साथीहरूसहित सबैलाई देखाउन सक्नेछन् । यस फिडमा देखिने एआई अन्तर्क्रियामा लाइक, कमेन्ट, शेयर वा ‘रिमिक्स’ जस्ता सामाजिक सञ्जालका सुविधाहरू प्रयोग गर्न सकिने मेटाले जनाएको छ ।

मेटामा प्रडक्ट डिपार्टमेन्ट हेर्ने कोनर हायसका अनुसार एआईको प्रयोगबारे प्रयोगकर्तालाई बुझाउन र सहज बनाउन यस फिचरले सहयोग गर्छ ।

मेटा एआई एपमा भ्वाइसमार्फत कुराकानी गर्न सकिने ‘फुल डुप्लेक्स’ भर्सनको बेटा संस्करणसमेत सुरु गरिएको छ, जसले प्रयोगकर्तालाई थप स्वाभाविक र प्रत्यक्ष संवाद गर्ने वातावरण दिन्छ । अमेरिकालगायत क्यानडा, अष्ट्रेलिया र न्यूजिल्याण्डमा यो सेवा सुरु गरिएको छ । अहिलेको संस्करणमा यसले वेबबाट जानकारी लिन सक्दैन ।

मेटाले आफ्नो एआई असिस्टेन्टलाई सामाजिक सञ्जालसँग एकीकृत गर्न थालेको यो पहिलो प्रयास भने होइन । यसअघि इन्स्टाग्राम, फेसबुक र ह्वाट्सएपको सर्च बारमा मेटा एआई राखिसकेको कम्पनीले ‘standalone’ एपमार्फत अब अझ सहज पहुँच दिने प्रयास गरेको हो । मेटाका अनुसार यी प्ल्याटफर्ममार्फत एआई सेवामा करिब एक अर्ब प्रयोगकर्ताको पहुँच भइसकेको छ ।

मेटा एआई एपको पछिल्लो संस्करण स्मार्ट चश्मा ‘रे-ब्यान मेटा’ प्रयोगकर्ताका लागि पुरानो ‘भ्यू एप’ को स्थानमा आएको हो । एपमा चश्माबाट लिइएका तस्बिर तथा भिडियो हेर्न सकिने फिचर पनि यथावत् राखिएको छ ।

कम्पनीले स्मार्ट चश्माका लागि छोटो समयमा भाषा अनुवाद गर्न सक्ने फिचर थपिसकेको छ भने आगामी संस्करणमा सानो हेड्स-अप डिस्प्ले रहने नयाँ मोडेल पनि ल्याउने तयारी छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८२ २१:४५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच ९ बुँदे सहमति भएसँगै शिक्षकहरुको आन्दोलन फिर्ता भएको छ।

सहमति भएका विषयहरू मन्त्रिपरिषद्बाट पारित भएपछि आन्दोलन फिर्ता भएको र भोलिबाट विद्यार्थी भर्ना सुरु हुने शिक्षामन्त्री रघुजी पन्तले बताए।


सामाग्री श्रोत :

सहमतिपछि शिक्षकको आन्दोलन फिर्ता

काठमाडौं– सरकार र आन्दोलनरत शिक्षकहरूबीच १५ असारभित्र विद्यालय शिक्षा ऐन २०८२ जारी गर्ने सहमति जुटेको छ।

गत २० चैतदेखि चलिरहेको शिक्षक आन्दोलनका माग सम्बोधन गर्ने क्रममा सरकार र सत्तासिन राजनीतिक दलहरूले आगामी १५ असारभित्र नयाँ विद्यालय शिक्षा ऐन २०८२ जारी गर्ने सहमति भएको हो।

Ncell 2
Ncell 2

सहमति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आफूहरूको आन्दोलनको एम मात्र मुख्य माग विद्यालय शिक्षा ऐन जारी गराउनु रहेको भन्दै त्यसका निम्ति २९ दिनदेखि आन्दोलित भए पनि तत्कालै ऐन जारी हुने अवस्था नरहेको तर राजनीतिक दलहरूको तर्फबाट १५ असारभित्र ऐन जारी हुने लिखित प्रतिबद्धता आएकाले सम्झौता गरिएको बताए।

shivam cement
shivam cement

शिक्षा समितिका सभापति र कांग्रेस तथा एमालेका प्रमुख सचेतकले ऐन निर्माण गर्न सघाउने प्रतिबद्धता जनाएका छन्।

bidheyak-1746027278.jpg

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ  । चेरी अटोमोबाइल कम्पनी लिमिटेडको सब-ब्रान्ड ‘ओमोडा एन्ड जेइको’ का लागि नेपालमा आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिलाई ‘ईभी पायोनियर अवार्ड’ प्रदान गरिएको छ ।

चीनको आन्हुइ प्रान्तस्थित वुहु सहरको ‘यिजिउ इन्टरनेसनल एक्स्पो सेन्टर’मा हालै आयोजित ‘चेरी इन्टरनेसनल ग्लोबल डिलर कन्फरेन्स २०२५’ मा यो अवार्ड प्रदान गरिएको हो ।

सम्मेलनमा चेरी होल्डिङ ग्रुपका उपाध्यक्ष सु हुइले एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडालाई अवार्ड हस्तान्तरण गरे । सो अवसरमा १२० भन्दा बढी देशका ३,००० भन्दा बढी डिलरहरूको सहभागिता रहेको थियो । 

नेपालमा ओमोडा एन्ड जेइको ब्रान्डको विद्युतीय सवारी साधनको प्रभावकारी स्थापनामा योगदान पुर्‍याएको र उत्कृष्ट बजार प्रदर्शन गरेको भन्दै एसपीजी अटोमोबाइल्सलाई ईभी पायोनियर अवार्ड प्रदान गरिएको हो ।

सन् २०२४ मा ओमोडा एन्ड जेइकोले ‘ओमोडा इ-फाइभ’ ईभी सार्वजनिक गर्दै नेपाली बजारमा प्रवेश गरेको थियो । यो एक वर्षमै नेपालमा ८०० भन्दा बढी ओमोडा र जेइको ईभी बिक्री भएको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८२ १९:१९





सामाग्री श्रोत :
टेक पाना

काभ्रेपलाञ्चोक। यहाँको नमोबुद्ध नगरपालिका पूर्णखोप सुनिश्चित नगर घोषणा गरिएको छ। आज नगरमा आयोजित एक कार्यक्रममा राष्ट्रिय खोप निर्देशिकाअनुसार सम्पूर्ण प्रक्रिया पूरा गरी जन्मेदेखि १५ महिना र १६ देखि ५९ महिनामुनिका सम्पूर्ण बालबालिकालाई खोप लगाएकाले पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो।

जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम र नगरप्रमुख कुन्साङ लामाले पूर्ण खोप सुनिश्तिता तथा दिगोपना घोषणा गरे। सो अवसरमा गौतमले नगर प्रमुख लामालाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र हस्तान्तरण गरेका छन्।

नगरप्रमुख लामाले भने, ‘नगरलाई पूर्णखोप सुनिश्चित बनाउन स्वास्थ्य क्षेत्रमा कार्यरत सबै स्वास्थ्यकर्मीको योगदान अतुलनीय छ।’ जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत पार्थमणि न्यौपानेले जिल्लाको १३ स्थानीय तहमध्ये नमोबुद्ध पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने यस वर्षको पहिलो स्थानीय तह भएको बताए।

यस वर्ष तोकिएका उमेर समूहका चार सय ७० बालबालिकालाई शतप्रतिशत खोप लगाएपछि पूर्ण खोप सुनिश्चित नगर घोषणाा गरिएको जनाइएको छ।


सामाग्री श्रोत :

नमोबुद्ध नगरपालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा

काठमाडौँ – गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।

बुधबार न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले ६५ वर्षे मापदण्डलाई निरन्तरता दिन अन्तरिम आदेश जारी गरेको हो।

Ncell 2
Ncell 2

आदेशको पूरा पाठ आइसकेको छैन। नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्ति नगर्न मागसहितको पूरक निवेदनबारे पूर्ण पाठ आएपछि थाहा हुने अधिवक्ता विशाल थापाले बताए।

shivam cement
shivam cement


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा रामप्रसाद रिमाल नामका एक व्यक्तिले पक्की बाटो बिग्रिएर सडकमा खाल्डो परेपछि झापामा मानिसहरूले केराको बोटहरू सडकमा नै रोपेको दाबी गर्दै एक भिडिओ शेयर गरे । उक्त भिडिओलाई धेरैले वास्तविक ठानी प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेता र सरकारलाई गाली गरिरहेका छन् । तर टेकपानाले तथ्यजाँच गर्ने क्रममा उक्त भिडिओ डिपफेक भएको पाइएको छ ।

दाबी

रामप्रसाद रिमाल नामको फेसबुक पेजबाट उक्त भिडिओ सोमबार दिउँसो ४:०३ बजे सार्वजनिक गरिएको हो । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओलाई १० लाखभन्दा बढी पटक हेरिएको छ भने १५ सयभन्दा धेरैले शेयर गरेका छन् । उक्त पोस्टमा लेखिएको छ- “झापामा बाटो बिग्रयो भनेर केला तथा फूल रोपेर विरोध गरेका छन् ।”

भिडिओमा एक पुरुषको आवाज पनि सुनिन्छ, जहाँ भनिएको छ-  “हेर्नुहोस् त साथीहरू, विरोध गर्ने पनि नयाँ नयाँ तरिका हुन्छन् । केपी ओलीको जिल्ला झापामा बाटो बिग्रियो भनेर यसरी केरा, फूल रोपेर विरोध गरेका छन् साथीहरू । भिडिओलाई जति सक्दो शेयर गर्नु होला ।” हेर्नुहोस् भिडिओ आर्काइभ लिङ्क

 

तथ्यजाँच 

उक्त दाबीको तथ्यजाँचका लागि सबैभन्दा पहिला त भिडिओको विभिन्न किफ्रेम निकालेर गुगल रिभर्स इमेजमा गएर हेर्‍यौँ । जहाँ ३ अप्रिल, २०२५ मा  ‘lucychen05’ नामको आईडीबाट इन्स्ट्राग्राममा पोस्ट गरेको सोही भिडिओ फेला पर्‍यो । हेर्नुहोस् उक्त भिडिओ । त्यहाँ फिलिपिनो भाषामा क्याप्सन लेखिएको छ,जसको आशय यस्तो हुन्छ: ‘बजेट त छैन । बरु केरा रोपियो भने केही उब्जनी त गर्न सकिन्छ ।’

उक्त भिडिओ भन्दा चार दिन अघि ‘skullshader’ नामको इन्स्ट्रागाम अकाउन्टबाट पनि सोही भिडिओ सार्वजनिक भएको पायौँ । जसमा फिलिपिनो भाषामै क्याप्सन लेखिएको छ, जसको आशय यस्तो छ: ‘एआई साँच्चै नै अद्‍भुत छ । हेर्दा वास्तविक नै जस्तो देखिन्छ ।’

त्यसैगरी, भिडिओमा देखिएको ठ्याक्कै लोकेसन भने गुगल रिभर्स इमेजमार्फत इन्टरनेटमा फेला परेन । भिडिओको फ्रेम अध्ययन गर्दा त्यहाँ देखिएका मानिसहरूको खुट्टाका औँला सामान्य मानिसहरूको जस्तो छैनन् । 

उक्त भिडिओको सुरुवातमा फ्रेममा आठ जना पुरुष देखिन्छन् । त्यहाँ उभिएका पुरुषमध्ये एक जना त्यहाँबाट हट्छन् भने बाँकी सात जना रहन्छन् । तर भिडिओमा मानिसहरू त्यहीँ थपिइरहेका छन् । १० सेकेन्ड लामो भिडि‌ओमा आफैँ मानिसहरू उत्पत्ति भएर नौ जना भएका छन् । 

एक पुरुषले हातमा केही बोकेको जस्तो त देखिन्छ, तर त्यसमा माटो बोकेको जस्तो देखिँदैन । तर पछि आएर त्यही व्यक्तिले सडकको खाल्डोबाट सुक्खा माटो निकालेर केराको बोटमा राखेका छन् । जुन कुरा प्राकृतिक देखिँदैन । यस्तै भिडिओको सुरुमा एक वृद्ध छन्, जसको कपाल सेतै छ । तर ती व्यक्ति अगाडिको केराको बोट भएको ठाउँमा आइपुग्दा कपाल कालै हुन्छ र जवान पुरुष बन्छन् । 

यस्तै एआई जेनेरेटेट भिडिओ पत्ता लगाउन प्रयोग गरिने टुल ‘हाइभ मोडेरेसन’ले पनि उक्त भिडिओ ९६ प्रतिशतसम्म डिपफेक भएको पत्ता लगाएको छ । यद्यपि उक्त टुलले भिडिओमा प्रयोग भएको आवाज भने मानिसको वास्तविक नै रहेको निष्कर्ष निकालेको छ ।

दाबी 

झापामा बाटो बिग्रियो भन्दै केरा रोपेर जनताले विरोध गरे । 

तथ्य 

सडकमा केरा रोपिएको भिडिओ एआईका विभिन्न टुलहरू प्रयोग गरेर बनाइएको डिपफेक भिडिओ हो । 

निष्कर्ष 

राम प्रसाद रिजाल नामक फेसबुक प्रयोगकर्ताले झापामा मानिसहरूले सडकमा केरा रोपेको भन्दै पोस्ट गरेको भिडिओ वास्तवमा डिपफेक भएको पुष्टि भएको छ । भिडिओ पहिल्यै फिलिपिन्सका प्रयोगकर्ताहरूले पोस्ट गरिसकेका थिए । टेकपानाको प्रविधिगत परीक्षण तथा तथ्यजाँचले यो एआई-जेनरेटेड सामग्री भएको देखाएको छ । रिजालले पुरानो डिपफेक भिडिओलाई झापाको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाएका हुन् ।

प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८२ २०:९





सामाग्री श्रोत :
टेक पाना

तानसेन (पाल्पा)। यहाँको माथागढी गाउँपालिका र रम्भा गाउँपालिकामा एक पुरुष र एक महिला मृतावस्थामा फेला परेका छन्।

आज दिउँसो माथागढी गाउँपालिका–४ झडेवास्थित खोल्सामा सोही ठाउँका ४९ वर्षीय रेशमराज सार्की मृतावस्थामा फेला परेका छन्। सार्की पाँच दिनअघि आफन्तको घरमा गएको र मंगलबार आफन्तको घरबाट फर्किएको भनिए पनि साँझ अबेरसम्म घर नपुगेपछि परिवारले खोजतलास गरेका थिए।

खोजतलास गर्ने क्रममा आज दिउँसो जंगलमा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए। उनका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानपछि शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ।

त्यसैगरी रम्भा गाउँपालिका–३ राम्दीस्थित कालीगण्डकी नदीको खोंचमा एक महिला मृतावस्थामा फेला परेकी छन्। बगनासकाली गाउँपालिका–६ दर्पुककी ३४ वर्षीया गङ्गा माझी मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए। दर्पुक माइती घर भएकी माझी बगनासकाली– ५ मा मानबहादुर दर्लामीको घरमा डेरा लिइ बस्दै आएकी थिइन्।

मृतावस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबरका थिए। खबरलगत्तै प्रहरी चौकी राम्दी र जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा पठाइएको छ। दुवै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सामाग्री श्रोत :

पाल्पामा एक पुरुष र एक महिला मृत फेला

काठमाडौं–  नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी रिहा भएका छन् । कारागार कार्यालय डिल्लीबजारका जेलर बाबुराम अर्यालले चौधरीलाई रिहा गरिएको जानकारी दिएका छन् । 

सर्वोच्च अदालतका कर्मचारीले कारागार कार्यालय डिल्लीबजारलाई पठाएको ‘फेक पत्र’का आधारमा उनी बुधबार दिउँसो राजधानीको प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए । 

Ncell 2
Ncell 2

उक्त पत्र फेक भएको सर्वोच्च अदालतले नै विज्ञप्तिमार्फत जानकारी दिइसकेको छ । यस्तै सर्वोच्चले अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्न भनेसँगै उनी साँझ रिहा भएका हुन् । यस्तै फेक पत्र पठाउने महिमान सिंह विष्ट पक्राउ परिसकेका छन् । 

shivam cement
shivam cement

बुधबार नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता घोषणा हुने भएपछि रेशम प्रज्ञा भवन पुगेका थिए । तर, उनी एकाएक पक्राउ परेसँगै आजको एकता नै भाँडिएको छ । अब रेशम रिहा भएपछि फेरि छलफल गरेर फेरि एकताको नयाँ मिति घोषणाको अर्को मिति तय गरिने नेताहरुले बताएका छन् । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । शर्ट भिडिओ प्लेटफर्म टिकटकले नीति उल्लङ्घन गरेको भन्दै तीन महिनामा नेपाली प्रयोगकर्ताका १४ लाखभन्दा बढी भिडिओ हटाएको छ । कम्पनीले टेकपानालाई उपलब्ध गराएको विवरणअनुसार सन् २०२४ को चौथो त्रैमासिक (अक्टोबरदेखि डिसेम्बर) सम्ममा कुल १४ लाख ७६ हजार ८६२ भिडिओ हटाइएका हुन् ।

टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन पालना गराउन कडाइ गरेको र त्यसविपरीत जाने भिडिओ हटाउने गरेको जानकारी दिएको छ । यसमा कम्पनीले कन्टेन्ट मोडेरेसन टुल र हजारौं ट्रस्ट एन्ड सेफ्टी प्रोफेसनलले मुख्य भूमिका खेल्ने कम्पनीले उल्लेख गरेको छ ।

सरकारको निर्देशनमा कम्पनीले सो अवधिमा कति भिडिओ हटायो भन्ने विवरण पनि माग गरिएको थियो । तर, कम्पनीले सो तथ्याङ्क उपलब्ध गराएको छैन ।

टिकटकले नेपालमा आफ्नो उपस्थितिलाई सुदृढ गर्दै स्थानीय आवश्यकताअनुसार सुरक्षा टोली (सेफ्टी टिम) विस्तार गरेको उल्लेख गरेको छ । “नेपालमा टिकटक कम्युनिटी बढ्दै जाँदा यसको सुरक्षा र हितलाई सहयोग गर्ने हाम्रो प्रतिबद्धता पनि बढेको छ,” कम्पनीले भनेको छ, “हामीले नेपालमा समर्पित विश्वास तथा सुरक्षा टोलीसँग सक्रिय रूपमा काम गरिरहेका छौं ।”

विश्वास तथा सुरक्षा टोलीले देशका विभिन्न क्षेत्र र भूगोलमा अपमानजनक मानिने, धार्मिक तथा सांस्कृतिक रूपमा गम्भीर असर पर्ने, असान्दर्भिक भाषा प्रयोग गर्ने लगायतका सामग्री हटाउने गरेको जनाएको छ ।

टिकटकले नेपालमा आफ्नो प्लेटफर्मलाई थप सुरक्षित र रचनात्मक बनाउन विभिन्न सामाजिक तथा शैक्षिक गतिविधि सञ्चालन गरिरहेको पनि जनाएको छ । टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग मिलेर डिजिटल सेफ्टी समिट आयोजना गरेको जनाएको छ । यस क्रममा अनलाइन सुरक्षा र डिजिटल साक्षरता प्रवर्द्धनका लागि वर्षभरि चल्ने नीति कार्यक्रमको घोषणा गरिएको उल्लेख छ । यसले विशेषगरी अभिभावक, शिक्षक र विद्यार्थीलाई तालिम दिने लक्ष्य राखेको छ ।

साना तथा मझौला व्यवसायलाई सहयोग गर्न टिकटकले #GrowWithTikTok मास्टरक्लास आयोजना गरेको थियो । सो कार्यक्रममा व्यवसायलाई टिकटक प्रयोग गर्ने तरिका सिकाइएको थियो । यसैगरी कम्पनीले अनलाइन दुर्व्यवहार, भ्रामक सूचना र ठगीविरुद्ध सचेतना फैलाउन नेपाली क्रियटर तथा सेलिब्रेटीसँग मिलेर सुरक्षा दूत (सेफ्टी एम्बेसडर) कार्यक्रम पनि सञ्चालन गरेको थियो । टिकटकले नेपाली क्रियटर र सेलिब्रेटीलाई प्रोत्साहन गर्दै उनीहरूको प्रतिभालाई प्लेटफर्ममा प्रवर्द्धन गरिरहेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १७, २०८२ १८:१४





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट