

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएका छन् । विश्व मजदुर दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
साथै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन् ।
श्रमिक दिवसले विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गरेका छन् ।
नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गरेको उल्लेख गर्दै राष्ट्रपतिले समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगरिने व्यवस्था समानताको हकले गरेको बताएका छन् ।
“मुलुकमा लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने विश्वास लिएको छु । मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न आवश्यक छ”, सन्देशमा उनले भनेका छन् ।
राष्ट्रपति पौडेलले उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकाले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व अभिवृद्धिमा जोड दिएका छन् ।
विश्व मजदुर दिवसले स्वदेशी उत्पादनको प्रयोग, श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।
श्रमिकहरूको पेसागत मर्यादा र सम्मान एवं उनीहरूको हक अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

बेइजिङ । चीनले पाकिस्तानका दुई मध्ये एक बैज्ञानकिलाई साथमा अन्तरिक्षमा लैजाने भएको छ ।
चीनको मानव अन्तरिक्ष एजेन्सीले बुधबार घोषणा गरेको छ कि पाकिस्तानका दुई अन्तरिक्ष यात्रीलाई चीनको अन्तरिक्ष स्टेशनमा संयुक्त मिसनमा भाग लिनको लागि अन्तरिक्ष उडान प्रशिक्षणको लागि छनोट गरिएको छ।
चीनको मानव अन्तरिक्ष एजेन्सी ९सीएमएसए० लाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी सिन्ह्वाले दुई पाकिस्तानीमध्ये एकजनाले पेलोड विशेषज्ञको रूपमा संयुक्त अन्तरिक्ष अभियानमा भाग लिने मौका पाउने बताएको छ। सीएमएसए प्रवक्ताले उत्तर– पश्चिम चीनको जिउक्वानमा सञ्चारकर्मीसँग कुरा गर्दै यो जानकारी दिएका हुन ।
गत फेब्रुअरीमा सीएमएसएले घोषणा गरेको थियो कि चीनले आफ्नो मित्र राष्ट्र पाकिस्तानबाट पहिलो विदेशी पाहुनाको रूपमा आफ्नो अन्तरिक्ष स्टेशनमा एक अन्तरिक्ष यात्री पठाउने योजना बनाएको छ । जुन हाल पृथ्वीबाट ४०० किलोमिटर माथिको कक्षमा घुमिरहेको छ ।
सामाग्री श्रोत :
चीनले एक पाकिस्तानी बैज्ञानिकलाई पनि सँगै अन्तरिक्षमा लैजाने
साधारण शारीरिक क्रियाक्लाप र तनावरहित अवस्थामा पनि शरिरका विभिन्न प्रणालीमा रक्तसञ्चार गर्ने धमनीहरुमा १४० एमएमएचजी सिस्टोलिक र ९० एमएमएचजी डायस्टोलिक भन्दा बढी रक्तचाप हुनलाई उच्छ रक्तचाप भनिन्छ। मुटु तथा रक्तसन्चार प्रणालीजन्य रोगहरु बिश्वका मुख्य प्राणघातक कारक हुन्। उच्च रक्तचाप नसर्ने किसिमको रोग भएता पनि केही देशहरुमा करिब आधा जनसङ्ख्या यस रोगबाट ग्रसित छन्। उच्च रक्तचापबाट विश्वभरीमा बार्षिक करिब ७५ लाख मानिसहरुले ज्यान गुमाउने गर्दछन्।
कारणहरु
आधारभूत उच्च रक्तचापका मुख्य कारकतत्वहरु वंशाणु, वातावरणीय प्रभाव, जात, उमेर, लिङ्ग, खानपान र जीवनशैली आदि हुन्। यस किसिमको उच्च रक्तचापमा कारकतत्वहरुले प्रत्यक्ष रक्तसञ्चार प्रणालीमा असर गर्छ भने अप्रधान वा द्वितीय उच्च रक्तचाप शरिरका अन्य अङ्ग तथा प्रणालीहरु, जस्तै: मिर्गौला, उत्सर्जन प्रणाली तथा इन्डोक्राइन ग्रन्थीका रोगहरु, रक्तनलीको संरचनागत खराबी, तनाब तथा मनोवैज्ञानिक असर, मादकपदार्थ सेवन, मोटोपना तथा गर्भावस्थाको कारणले हुने गर्दछ।
कसरी लाग्दछ ?
ग्रन्थीहरुले आवश्यक मात्रामा हर्मोन निस्कासन गरेर शरिरका विभिन्न अङ्गहरुको गतिविधी नियमित राख्छन्। रक्तसन्चार प्रणाली नियमित हुनको लागि मुटु र रक्तनली चुस्त र त्रुटिरहित हुन आवश्यक हुन्छ साथै रक्तसन्चार प्रणालीका सहायक अङ्गहरु पनि सन्तुलित अवस्थामा हुनु पर्दछ। मिर्गौला, कलेजो, फोक्सो, फियो, बोनम्यारो र लिम्फ्याटिक अङ्गहरु रक्तसन्चार प्रणालीका केही सहायक अङ्गहरु हुन्। सहायक अङ्गहरुले रगतमा अक्सिजन भर्ने, रगत बनाउने तथा नस्ट गर्ने, रक्तनलीलाइ चुस्त राख्ने, रगत छान्ने लगायत कार्य गर्छन्।
यदि मुटुले आफ्नो क्षमता भन्दा बढी रगत पम्प गरेमा वा धमनीहरुमा कोलेस्टेरोल जम्मा भएर रक्तसन्चारमा अवरोध बढेमा उच्च रक्तचाप हुन्छ।
साधारण अवस्थामा मिर्गौलाले रगतको आयतनलाई सन्तुलित राख्दछ। मिर्गौलामा विभिन्न किसिमका खराबि भए भने रेनिन, एन्जियोटेन्सिन, अल्डोस्टेरोन जस्ता हर्मोनहरुको मात्रा बढ्न गइ शरिरमा बढी भएको पानी र सोडियमलाई रक्तसञ्चार प्रणालीमै फर्काइ दिन्छ। निष्कासन हुनुपर्ने पानी र लवण रक्तसञ्चार प्रणालीमा फर्किनाले मुटुले आफ्नो क्षमता भन्दा बढी रगत पम्प गर्नुपर्दछ । साथै यी हर्मोनहरुले रक्तनलीको गोलाइ साघुरो बनाउँछन्। त्यसैकारण रक्तचापमा वृद्धि हुन्छ।
उच्च रक्तचापका असरहरु
उच्च रक्तचापले मुटु, रक्तनली, मिर्गौला, मस्तिष्क र स्नायु तथा आँखामा गम्भीर प्रकृतिका समस्या पैदा गर्छ । रक्तनलीहरु कमजोर भएपछि रगतमा भएका पदार्थ रक्तनलीको भित्तामा सजिलै छिर्न सक्छन्। रक्तनलीको भित्री भागमा संयोजी तन्तु, प्रोटिन, बोसो र मांसपेसीको तह थपिएर साँघुरो बन्छ। रक्तनली कडा हुन्छ र विभिन्न किसिमको असर पैदा हुन्छ। मुटुले यसको क्षमता भन्दा बढी रक्तसञ्चार गर्नुपर्ने भएकालेे भेन्ट्रिकलको भित्ता ठूलो बन्छ। मुटुको मांसपेसीमा भएका फाइबरहरु नस्ट भएर हृदयघातसम्म हुने गर्दछ।
रक्तचापलाई नियन्त्रण गर्ने प्रमुख सहायक अङ्ग मिर्गौला हो। उच्च रक्तचापले मृगौलाको क्षमतामा ह्रास हुन्छ। मिर्गौलाको सानो हुन्छ। मिर्गौलाको भित्री भागमा संयोजी तन्तु र फाइबरहरु जम्मा भएर बस्छन्। मिर्गौलाको क्षमता कमजोर भएर पिसाबमा प्रोटिनको मात्रा बढ्छ। मस्तिस्कमा रक्तस्राब, मस्तिस्कघात गराउँछ भने आखामा पनि विभिन्न किसिमका असरहरु गराउँछ।
कसरी नियन्त्रण गर्ने ?
उच्च रक्तचाप जोकोहीलाई हुन सक्दछ। त्यसैले नियमित रुपमा रगतको बायोकेमिकल जाँच गर्नुपर्छ। तनावरहित वातावरणमा बस्नुपर्छ। धुम्रपान र मधपान त्याग्नुपर्छ। जङ्क फुड, कोलेस्टोरेलयुक्त खानेकुरा र चिल्लो, बोसोयुक्त खानेकुरा सकेसम्म कम खानुपर्छ। साथै नियमित ब्यायाम, सन्तुलित भोजन र योग, साधना तथा ध्यानले पनि रक्तचापलाइ नियन्त्रण गराउँछ।
सामाग्री श्रोत :
swasthyakhabar
चेन्नईले दिएको १९१ रनको लक्ष्य पछ्याएको पन्जाबले दुई बल बाँकी रहँदा ६ विकेटको क्षतिमा १९४ रन जोडेको हो । पञ्जाबको यो जितसँगै चेन्नई आईपीएलको यो सिजनमा चार खेल खेल्न बाँकी हुँदै बाहिरिएको हो ।
सामाग्री श्रोत :
नेपाललाइभ
प्योङयाङ। उत्तर कोरियाली तानाशाह किम जोङलाई बिनाशकारी हतियार निकै मनपर्छ।
हरेक दिन उनी आफ्नो सेनासँग हतियार परीक्षण स्थलमा पुग्छन र तिनीहरूको अगाडि नयाँ हतियारहरू परीक्षण र निरिक्षणमा सहभागीसमेत हुन्छन्। उनी यो जान्न चाहान्छन कि तिनीहरू कत्तिको प्रभावकारी छन्? अब उनी आफ्नो नौसेना जहाजहरूमा पनि आणविक हतियार राख्न चाहन्छन्।
उत्तर कोरियाको सञ्चारमाध्यमका अनुसार किम जोङ उनले नौसेना जहाजहरूलाई द्रूत रूपमा परमाणु हतियारले सुसज्जित हुन आदेश दिएका छन्। किम जोङ नयाँ युद्धपोत हतियार प्रणालीको पहिलो परीक्षण हेर्न आएको बेला सो आदेश दिएका हुन्।
युद्धपोत हतियार प्रणाली भनेको पानी जहाज हो, जसमा विभिन्न हतियारहरू छन् र अन्य लक्ष्यहरूमा आक्रमण गर्न र अन्य जहाजहरू नष्ट गर्न प्रयोग गरिने गरिन्छ। यो साताको अन्त्यमा उत्तर कोरियाले सबैका अगाडि ५ हजार टन विनाशकारी श्रेणीको छयु हुआन नामक नयाँ युद्धपोत सार्बजनिक गरेको छ। केही विज्ञहरूले यो छोटो दूरीको रणनीतिक आणविक क्षेप्यास्त्रले सुसज्जित हुनसक्ने अनुमान गरेका छन्।
कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले विध्वंसक जहाजमा दुई दिने हतियार परीक्षण गरेको र किम जोङ पहिलो दिन निरीक्षणका लागि आइपुगेको बताएको छ। त्यसपछि उनले अधिकारीहरूलाई नौसेनाको आणविक हतियारको गति बढाउन भन्दै थप आदेश दिएका छन्।

उत्तर कोरियाको यो पहिले जहाज हो, जो ‘सबैभन्दा शक्तिशाली हतियार’ ले सुसज्जित रहेको र यो अर्को वर्षको सुरुमा थप सुसज्जित र ठूलो भण्डारण क्षमतासहित सञ्चालनमा आउने बताइएको छ। यसको आकारलाई हेर्दा यो युद्धपोतले जहाजबाट सतह र जहाजबाट हावामा मार हान्ने क्षेप्यास्त्र बोक्न सक्ने विज्ञहरूले बताएका छन्।
प्योङयाङले सोमबार मात्रै पनि आफ्नो सुपरसोनिक क्रुज मिसाइल, रणनीतिक क्रूज मिसाइल, एन्टि एयरक्राफ्ट मिसाइल र १२७ एमएम जहाजमा आधारित स्वचालित बन्दुक परीक्षण गरेको केसीएनए समाचार एजेन्सीले जनाएको छ।
उही समयमा उत्तर कोरियाको छिमेकी देश र यसको सबैभन्दा ठूलो शत्रु दक्षिण कोरियाको रक्षा मन्त्रालयले अमेरिकासँगको सहकार्यमा उत्तर कोरियाको सैन्य जहाज निर्माण र विकासको प्रवृत्तिलाई नजिकबाट अनुगमन गरिरहेको टिप्पणी गरेको छ।
सामाग्री श्रोत :
उत्तर कोरियाले देखायाे बिनाशकारी पानीजहाज, जसमा हुनेछ ५ हजार टन बिष्फोटक क्षमता

आजको राशिफल बि.सं २०८२ वैशाख १८ गते बिहिवार, ई.सं २०२५ मे १, नेपाल सम्बत ११४५ बछलाथ्व चतुर्थी, नाम संवत्सर, सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल चतुर्थी, चन्द्रमा बृष राशीमा, सुर्य मेष राशीमा, नक्षत्रः भरणी, करणः अतिगण्ड, योगः बणिज । आज नेपालमा सूर्योदय बिहान ०५ः२८ मा भएको छ, सूर्यास्त साँझ ०६ः३६ मिनेटमा हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जाैकाे सातु खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ०७ मिनेट देखि ९ बजेर ५१ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्रतिद्वन्द्वीको योजना थाहा पाउनाले भावी रणनीति तैयार गर्न मद्दत पुग्नसक्छ, बुद्धिकौशल र कुटनैतिक ज्ञानको प्रयोग गर्नाले कुनै महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ । सफलता हासिल गर्न प्रतिस्पद्र्धामा जानुपर्ने समय छ, कारोबारमा पनि लगानी बढाउनुपर्ने परिस्थिति देखिन्छ, तथापि अहिलेको लगानीले पछिलाई फाइदा पुग्नेछ । तालसाँचो बलियो बनाउनु होला, सानो भुलचुकमा ठूलो नोक्सानी हुनसक्छ । अनावश्यक खर्चको योग भएकाले किनमेल गर्दा पनि सजग रहनुपर्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
महत्त्वाकाङ्क्षा जाग्नेछ, कुनै दीर्घ प्रयोजनका योजना छन् वा विदेशमा पढ्ने सपना छ भने अझ धेरै मिहिनेत गर्नु जायज हुन्छ । घरमा अभिभावकवर्ग तथा कार्यक्षेत्रमा सिनियर्सका तुलनामा जुनियर्स वा भाइबहिनीको सहायता पाउन सकिने दिन हो । अझ राजनीति वा समाजसेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । शुभचिन्तकहरूको साथ जुट्नाले व्यक्तित्व विकास र स्तरबृद्धिको नयाँ अवसर मिल्नसक्छ । आँट र हिम्मतले काम लिन सकेमा मनग्ये फाइदा हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
व्यवसायिक र आन्तरिक जीवनमा तालमेल मिलाउन हम्मेहम्मे पर्नेछ, घरायसी कामको चापसमेत बढ्नेछ, समय निकालेर लवमेटसँग कुराकानी गर्नु बेस हुनेछ । प्रेमी वा जीवनसाथीसँग लामो समयसम्म कुराकानी गरी समय बिताउन सक्नुहुन्छ । पारिवारिक सम्बन्ध, आत्मीयता र प्रेमभावले नयाँ रूप लिने दिन हो । आफ्नो काममा तन्मय भएर थप लाभ उठाउने समय हो । लेनदेनको कारोबार, सार्वजनिक क्षेत्र वा सरकारी कामका माध्यमबाट फाइदा हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धार्मिक-सामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । सपनालाई साकार तुल्याइने छ, लक्ष्य पहिल्याउन सजिलो हुनेछ तर लक्ष्य पूरा गर्न अलि धेरै मिहिनेत गर्नुपर्छ अनि मात्र सफल भइने छ । सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
महत्त्वपूर्ण काम छ भने आफ्नै उपस्थितिमा मात्र गर्नुहोला, त्यस्तै सहीछाप गर्दा कागजपत्र पढेरमात्र गर्नुहोला, नत्र अप्ठ्यारो र झञ्झटमा पर्न सकिन्छ । कुनै कुरालाई लिएर वैचारिक मतभेद हुनसक्छ, आफूलाई चित्त नबुझेको कुरामा ‘हँ मा हँ’ मिलाउनुभन्दा ‘नाइँ’ पनि भन्न सक्नुपर्छ । धार्मिक तथा परोपकारी कार्यमा दिलचस्पी जाग्नेछ । आज पुर्याएको सानो सहयोगले कसैले ठूलो उद्धारको अवसर पाउन सक्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मनोरञ्जन, रामरमाइलो, घुमघाम र भेटघाटको समय हो । आफ्ना कुरा थोपर्नु भन्दा पनि पार्टनरको भावना बुझ्नु जाती हुन्छ । गुप्त र गोपनीय काम वा सीपबाट धनार्जन गर्ने समय हो । अनुसन्धान, गुप्तचर, कुटनीति आदि क्षेत्रमा रहेकाले राम्रो उन्नति गर्नसक्ने समय छ । कामधन्दाबाट हिजोअस्ति झैं नै फल प्राप्त हुनेछ, तर पारिवारिक आवश्यकताले काम छाड्नुपर्ने वा कतै यात्रामा जानुपर्ने परिस्थिति बन्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
ओभर कन्फिडेन्समा नरहनु होला, परीक्षा वा प्रतिस्पद्र्धा नजिकै आएको छ भने खेलवाड र मनोरञ्जनलाई पूर्णतया त्यागेर थप मिहिनेत गर्नु समुचित हुनेछ । प्रतिष्ठा प्राप्त गर्न प्रतिस्पद्र्धा गर्ने दिन हो । चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति पनि बन्नेछ, कुनैकुनै विषयमा बेकारको तर्क वा बहस हुनसक्ने दिन हो, त्यसैले मुखमा लगाम लगाएकै जाती हुन्छ । कार्यक्षेत्रभन्दा बाहिरको जिम्मेबारीमा खट्नुपर्ने दिन हो, तथापि औपचारिक र अनुशासित तवरले दिन बित्नेछ, जुन सहकर्मी र स्टाफहरूलाई नौलो लाग्नसक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शत्रु र विरोधीहरूसँग डटेर प्रतिस्पद्र्धा गर्ने समय छ । लेखन÷सम्पादन, पत्रकारिता, वकालत, कृषिकार्य वा व्यापार गर्नेका लागि राम्रो दिन छ । छोराछोरीले काममा सघाउनेछन्, दैनिक कामबाट फाइदा नै हुनेछ, थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । मन फुरुङ्ग हुनुका साथै सृजनात्मक क्षमताको प्रस्फुटन हुनेछ, टाढा रहेका आफन्त वा छोराछोरीबाट राम्रो समाचार सुन्न पाइने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
होटल-मोटल, रेस्टोरेन्ट र तरल पदार्थको कारोबार छ भने व्यवसायमा नयाँ ढंगले चिन्तन गर्ने समय आएको छ, खटेअनुसार आम्दानी हुने दिन हो । कुनै कुरालाई लिएर दाम्पत्य जीवनमा वैचारिक मतभेद देखा पर्नेछ, जुनसुकै कुरामा धैर्य र सकारात्मक रहनु कल्याणकारी र लाभदायक ठहरिने छ । पारिवारिक समस्याले खिन्न बनाउनेछ, तर आज लापरबाही गर्ने वा भुलिने दिन होइन किनभने आज गरेको मिहिनेतले राम्रो रिजल्ट दिनसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
परिश्रमको प्रतिफल पाउने समय हो, यसबाट तपाईंको शक्ति र प्रतिष्ठामा बृद्धि हुनसक्छ । आफ्नो आन्तरिक ऊर्जा र मानसिक क्षमतालाई उपयोग गर्नुहोस्, कुनै पनि समस्यालाई सजिलै समाधान गर्न सक्नुहुन्छ । सहकर्मीहरूको भावना बुझी काम गर्न सके पुरानो समस्या पनि हल गर्न सकिने छ, तर सामाजिक गतिविधिमा सक्रिय हुँदा काममा बाधा पुग्नसक्छ । नयाँ एवं पुराना मित्रसित भुलिनाले पार्टनरलाई समय प्रदान गर्न सकिंदैन, तर कुनै व्यक्तिगत कार्य सम्पन्न हुने दिन छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने दिन हो, सेयरमा रुचि छ भने अनुभवीको राय लिएर लगानी गर्न सक्नुहुन्छ, साथै स्थिर प्रयोजनको धनमा समेत लगानी बढाउने दिन हो । उपहार वा धन प्राप्त हुने दिन हो, त्यस्तै सिनियर कर्मचारी वा हाकिमसमेत खुसी हुनेछन् । कुनै काम फुत्काउनु छ भने प्रयास गर्नुहोला । पार्टनरको इच्छानुसार कतै खानपान वा घुमघाममा जानुपर्ने हुन्छ, खर्च बढ्ने दिन भएकाले बजेटको व्यवस्था गरेरमात्र सम्पर्क गर्नु ठीक हुन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफूस्वयं पनि राम्ररी खट्ने तथा सहयोगीको समेत सक्रियता बढ्नाले आम्दानीको नयाँ स्रोत पहिल्याउने दिन हो, नयाँ लगानीप्रति आकर्षण देखाउँदा राम्रो हुनेछ । नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ । लगनशील भई परिश्रम गरेमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, आजको सानो प्रयासमा भाग्यको समेत साथ पाउनाले राम्रो रिजल्ट आउने छ ।
सामाग्री श्रोत :
काठमाडौं। आगामी असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ।
सत्तारुढ दलका प्रमुख सचेतक र शिक्षा समिति सभापतिले असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने लिखित प्रतिवद्धता जनाएका छन्।
‘संसदीय उपसमितिले विधेयक उपर दफाबार छलफल गरी निरन्तर काम गरिरहेको अवस्था छ। यसै सन्दर्भमा नेपाल शिक्षक महासंघसँग भएका सहमतिरसमझदारीलाई ध्यानमा राख्दै यो विधेयकलाई चालू अधिवेशनको असार १५ गतेभित्र प्रतिनिधिसभाबाट पारित गराउन आ–आफ्नो तहबाट सम्पूर्ण प्रयास गर्न हामी प्रतिवद्ध रहेका छौं,’ प्रतिवद्धतामा उल्लेख छ।

सामाग्री श्रोत :
असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक पारित गर्ने लिखित प्रतिवद्धता

काठमाडौं। सरकार र शिक्षक महासंघबीच नौ बुँदे सहमति भएको छ। सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त र शिक्षक महासंघका प्रतिनिधिबीच आज भएको वार्तापछि नौ बुँदे सहमति भएको हो।
उक्त सहमतिलाई आज बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको शिक्षामन्त्री पन्तले पत्रकार सम्मेलनमार्फत जानकारी दिए। उनका अनुसार भोलिदेखि शिक्षक महासंघले आन्दोदलनका सबै कार्यक्रम फिर्ता लिएर विद्यालय सञ्चालनको गर्ने सहमति भएको छ।
यी हुन् ९ बुँदे सहमति
१. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने।
२. अस्थायी प्रकृतिका शिक्षक राहत, अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने।
३. प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था गर्ने।
४. आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने।
५. स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने।
६. सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने।
७. नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने।
८. नेपाल शिक्षक महासंघको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने।
९. निम्न माध्यमिक तह प्रथम श्रेणी का शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने।
सामाग्री श्रोत :

टक्सार (भोजपुर)। आठौँ अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको अन्तिम क्वाटर फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड काठमाडौं सेमिफाइनल प्रवेश गरेको छ।
चर्च ब्वाइज र एलएक्स सिटी मोरङबीच भएको खेलमा निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेललाई पेनाल्टी सुटआउटमा लगिएको थियो। पेनाल्टी सुटआउटमा पनि दुवैतर्फबाट बराबर तीन/तीन गोल भएपछि खेल ‘सडनडेथ’मा धकेलियो। चर्च ब्वाइजका तर्फबाट एकराज बुढाथोकी, सामुएल सुनुवार, सुजन बलमपाकीले गोल गरे भने मोरङकातर्फबाट अभिषेक ठकुरी, छिरिङ तामाङ र नवयुग श्रेष्ठले गोल गरे।
सडनडेथमा चर्च ब्वाइजका लाक्पा पाख्रिनले गरेको गोल नै निर्णायक बन्यो। प्रतियोगिताको म्यान अफ दी म्याच चर्च ब्वाइजका गोलरक्षक विवश चौधरी बने। प्रतियोगिताअन्तर्गत बिहीबारदेखि सेमिफाइनलका खेल हुनेछन्। पहिलो खेल सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र जर्जियन फुटबल क्लब भारतबीच हुनेछ भने शुक्रबारको खेल भगवती स्पोर्टस् क्लब खोटाङ र चर्च ब्वाइज युनाइटेड काठमाडौंबीच हुने आयोजक भोजपुर जिल्ला फुटबल संघले जनाएको छ।
रु ४९ लाख लागतमा भोजपुर नगरपालिका–७ स्थित रंगशालामा वैशाख १४ गतेदेखि २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा छिमेकी भारतको जर्जियन फुटबल क्लब, आयोजक भोजपुर जिल्ला फुटबल संघ, सलहेश फुटबल क्लब सिरहा, सशस्त्र प्रहरी बल नेपाल, भगवती स्पोर्टस् क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, चर्च ब्वाइज युनाइटेड काठमाडौं र एलएक्स सिटी मोरङगरी आठ टिमले सहभागिता जनाएका थिए।
जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद रु पाँच लाख र रु तीन लाख पाउनेछन्। अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रविण सुवालले जानकारी दिए। प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले रु ३० लाख सहयोग गरेको छ।
गत वर्षको उपाधि चर्च ब्वाइज युनाइटेडले जितेको थियो।
सामाग्री श्रोत :

काठमाडौं– शिक्षकको माग पूरा गर्ने सरकारलाई ८ अर्ब आर्थिक भार बढ्ने भएको छ।
सरकार र शिक्षक महासंघबीच भएको वार्तापछि शिक्षामन्त्री रघुजी पन्तले शिक्षकको माग पूरा गर्न ८ अर्ब दायित्व पर्ने बताए।
यो रकम शिक्षकको सेवा सुविधामा खर्च हुने हो।
त्यस्तै, शिक्षक–कर्मचारीले स्वास्थ्य उपचारमा उपचारमा छुट पाउने भएका छन्। सरकार र शिक्षक महासंघबीच सहमति भएपछि मन्त्रिपरिषद्ले पारित गरेको छ।
अब शिक्षक–कर्मचारीको उपचार निजामती अस्पातलबाट छुट पाउने छन्।
सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार जानकारी लिने गरेको, निर्देशन दिने गरेको भन्दै शिक्षामन्त्री पन्तले धन्यवाद दिए।
त्यस्तै, शिक्षकका माग पूरा गर्नलाई सरकारलाई थप हुन आउने आर्थिक दायित्व व्यवस्था गर्न प्रतिवद्धता जनाएको र वार्तामा प्रत्यक्ष सहभागी भएर सहयोग गरेको भन्दै उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई पनि शिक्षामन्त्री पन्तले धन्यवाद दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ









