२०८३ बैशाख २९ मंगलवार
LATEST NEWS
२०८३ बैशाख २९ मंगलवार

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले गृहस्थ जीवन पार गरिसकेकाले बाँकी जीवन राष्ट्रका लागि योगदान गर्ने इच्छा रहेको बताएकी छन् ।

राष्ट्रिय समाचार समितिद्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै प्रथम उनले भनिन्, ‘मेरो अबको बाँकी जीवन राष्ट्रका निम्ति रहन्छ ।’

दलीय व्यवस्थामा राजनीतिक दल धेरै हुनु स्वाभाविक भएको तर कुनै पनि दलको स्पष्ट बहुमत नआउने/नहुने, सरकार छिटो परिवर्तन भइरहने तथा सत्ता र शक्तिका लागि साना दलले ‘बार्गेनिङ’ गर्ने अवस्थामा सुधार गर्न राष्ट्रिय सहमतिसहितको दिगो कार्यक्रम ल्याउनुपर्नेमा उनको जोड छ ।

Ncell 2
Ncell 2

सरकारले जिम्मेवारी बोधका साथ दीर्घकालीन, अल्पकालीन र तत्कालीन कार्यक्रम ल्याउने प्रक्रिया सुरु गरेको प्रसङ्ग उल्लेख गर्दै भण्डारीले जनताका बढ्दो माग र सुविधालाई सम्बोधन गर्ने क्रममा पछिल्ला दिनमा भइरहेको तीव्र बसाइँसराइलगायत कारण आउनसक्ने चुनौतीकाबारे अब सोच्नुपर्ने बेला आएको बताइन् ।

उनले भनिन्, ‘राज्यको महत्वपूर्ण क्षेत्रको नेतृत्व गरिरहँदा राजनीतिक दललाई पनि त्यही नै सुझाव दिने हो । विकासको परिभाषामा पनि हामीले समय अनुकूल सोच्नु पर्नेछ । अहिलेको नयाँ पुस्ता अलि तीव्रगतिमा विकास चाहन्छ । पहिलाको जस्तो अवस्था छैन, त्यसतर्फ पनि जिम्मेवार पक्षको ध्यान जान आवश्यक छ ।’

shivam cement
shivam cement

मुलुकमा राजनीतिक स्थिरता नहुनमा निर्वाचन प्रणालीको दोष नरहेको बताउँदै उनले भनिन्, ‘यो व्यक्ति विशेषका मनको कुरामात्रै हो । धेरै पार्टीले जिते, त्यसमा के बिग्रियो त ? जसले जिते पनि नेपाली नै जित्ने हो । पाँच वर्षसम्म दलले मिलेर गएपनि हुन्छ नि !’

देशको विद्यमान विकासको ढाँचासहित शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने खाँचोसमेत उनले औंल्याएकी छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश प्रमुख विजय चौथाइवालेले आज भेटवार्ता गरेका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको थियो।
सामाग्री श्रोत :

प्रधानमन्त्रीसँग भाजपा नेता चौथाइवालेको भेट

मैले दीपल एस ०७ कुदाएको लगभग एक वर्ष भयो र यो अवधिमा मैले करिब ३५ हजार किलोमिटर यात्रा तय गरिसकेको छु । आज म तपाईँहरूलाई यो गाडीसँगको मेरो एक वर्षको अनुभव, यसका राम्रा र नराम्रा पक्षहरूबारे बताउन चाहन्छु ।

आकर्षक डिजाइन र केही कमीहरू

यो गाडी मलाई मन पर्नुको एउटा प्रमुख कारण यसको डिजाइन ल्याङ्ग्वेज हो । अगाडिबाट हेर्दा एकदमै डाइनामिक र स्पोर्टी देखिन्छ । हेर्दै आकर्षक लाग्ने यसको कलर, जसलाई कम्पनीले ‘नियन यल्लो’ भनिन्छ, तर हेर्दा अलि हरियोपन भएजस्तो लाग्छ । यस्तो रङ्गको गाडी नेपालमा खासै नभएकोले मलाई यो युनिक लागेको थियो । जब मैले यो कलर देखेँ, मलाई अरू कुनै कलर चाहिएन, यही चाहिन्छ भनेर आफ्नो रोजाईमा पारेको थिएँ ।

यद्यपि, डिजाइनको कुरा गर्दा एउटा सानो कमी के छ भने, यत्रो ठुलो गाडी (१.९ मिटर चौडाई) को लागि अगाडि जम्मा दुई ओटा मात्र अल्ट्रासोनिक सेन्सर राखिएका छन् । मलाई पछि मात्र थाहा भयो कि कमसेकम अगाडि ६ ओटा र पछाडि ६ ओटा सेन्सर हुनुपर्ने रहेछ । दुई ओटा मात्र सेन्सरले आजकलका गाडीहरूमा हुने अटोमेटिक पार्किङ र डिस्टेन्स मेजरमेन्टमा एक्युरेसी पर्याप्त रूपमा दिन सक्दैन ।

सुरुमा यसको लोगो अलिकति टेस्लाको जस्तो देखिने भएकोले मान्छेहरू झुक्किने रहेछन् । धेरैले मलाई ‘टेस्ला किनेछौँ’ भनेर सोध्थे । तर, अब नेपालमा मान्छेहरूले यो दीपलकै लोगो हो भनेर चिन्न थालिसकेका छन्, जसले गर्दा ‘डुप्लिकेट टेस्ला’ भनेर कसैले भन्ने कुरा कम भएको छ ।

गाडीको अगाडी भागको कुरा गर्नुपर्दा लाइटहरू एकदमै चम्किला छन् र राति मज्जाले देखिन्छ । चाइनामा यो गाडीमा अगाडिको भागमा म्याट्रिक्स डिस्प्ले युनिट आउँदो रहेछ । जसले अक्षर वा तस्विर देखाउन सक्थ्यो । तर, नेपालमा आउँदा यो फिचर हटाइएको रहेछ, सायद लागत कम गर्नको लागि होला । यो थाहा पाउँदा अलिकति खसखस लागेको थियो ।

गाडीको अगाडि बोनेटभित्र एकदमै ठुलो डिक्की छ र सामान राख्न काम लाग्छ । मैले एक जनाको भिडिओमा मान्छे नै अटाएको पनि देखेको थिएँ । सानोतिनो मान्छे यहाँ अट्छ जस्तो लाग्छ । पछाडिको डिक्की जस्तो यो रिमोटबाट खुल्ने/बन्द हुने किसिमको चाहिँ छैन । सामान धेरै भएको बेला यो भाग साँच्चै काम लाग्दो रहेछ ।

एउटा आम गलत धारणा के छ भने ईभीको ब्याट्री सकियो भने भित्रबाट ढोका खुल्दैन र मान्छे अड्किन्छ । यो एकदमै गलत हो । यो गाडीमा चार ओटै ढोकामा आपत्कालीन अवस्थाका लागि लिभर दिइएको छ । कम्पनीले यसबारे ग्राहकलाई जानकारी दिनुपर्छ जस्तो लाग्छ ताकि ईभी प्रतिको भ्रम हट्नेछ ।

आधुनिक इन्टेरियर र सफ्टवेयर

गाडीको भित्री भागको कुरा गर्दा स्टेरिङ ह्वील एकदमै राम्रो डिजाइन गरिएको छ । यसमा चाहिने बटनहरू सजिलो ठाउँमा राखिएको छ, फेभरेट बटनहरू पनि छन् । एडप्टिभ क्रुज कन्ट्रोलका कन्ट्रोलहरू पनि स्टेरिङ ह्वीलमै छन्, जुन एकदम सजिलो छ ।

यसको एउटा सबैभन्दा मनपर्ने फिचर भनेको एआर एचयूडी (Augmented Reality Head-Up Display) हो । यसले गाडीको स्पिड, बाँकी ब्याट्री, रेन्ज जस्ता सबै महत्त्वपूर्ण जानकारी अगाडि सिसामा प्रोजेक्ट गरिदिन्छ । जसले गर्दा ड्राइभरले बाटोबाट आँखा हटाएर कन्सोल वा स्क्रिनमा हेर्नु पर्दैन । यो एउटा एकदमै महत्त्वपूर्ण सेफ्टी फिचर हो र मलाई लाग्छ भोलिका दिनमा एआर एचयूडी नभएको गाडी म किन्दिनँ ।

गाडीको भित्रपट्टि पर्याप्त ठाउँ छ र ठुलो पनि छ । ड्राइभरको लागि अगाडिको स्पेस राम्ररी डिजाइन गरिएको छ । आर्म रेस्ट, ग्लोब कम्पार्टमेन्ट, कप होल्डर, ठुलो अन्डरबडी स्टोरेज, वायरलेस फोन चार्जर (जसमा फोन तात्न नदिन एसी भेन्ट पनि छ) र यूएसबी चार्जर जस्ता सुविधाहरू छन् ।

सिटहरू असाध्यै आरामदायी छन् । सबै सिटहरू इलेक्ट्रोनिकल्ली एडजस्ट गर्न मिल्छ । ड्राइभरका लागि मेमोरी फङ्सन पनि छ, जसले सेट गरेको पोजिसन याद राख्छ । यसले कहिलेकाहीँ काम गर्दैन, जुन सफ्टवेयरको बग हो । प्यासेन्जर सिट पनि विद्युतीय तवरमा एडजस्ट गर्न मिल्ने किसिमको छ । यसमा भेन्टिलेटेड सिट छ, जुन तातो वा चिसो दुवै सिजनमा काम लाग्छ र एकदमै उपयोगी भएको छ । मसाज सिट यो गाडीमा चीनमा राखिएको भए पनि नेपालमा आएन ।

गाडीमा डुअल जोन एसी छ, जसले गर्दा ड्राइभर र को-ड्राइभरले फरक फरक तापक्रम सेट गर्न सक्छन् । भित्र एम्बिएन्ट लाइटिङ पनि छ, जुन म्युजिकको रिदमसँग सिंक गर्न मिल्छ । ड्राइभर मनिटरिङ सिस्टम (DMS) पनि छ, तर यसको एल्गोरिदम नेपालीहरूको अनुहारको लागि तालिम नभएकाले सही तवरमा काम गर्दैन र नथाकेको बेला पनि आराम गर्न भन्न थाल्छ ।

सफ्टवेयरको कुरा गर्दा केही समस्याहरू छन् । हरेक चोटि गाडी चलाउँदा एउटा अथोराइजेसन गर्नैपर्छ र यसका अप्सनहरूले काम गर्दैनन् । म्युजिकको भोलुम कन्ट्रोलमा पनि बग छ, म्यापबाट म्युजिकमा स्विच गर्दा यसले म्युजिकको भोलुम नभई म्यापको भोलुम कन्ट्रोल गर्छ ।

सफ्टवेयर अपडेट र कनेक्टिभिटीको अभाव

यो गाडीको सबैभन्दा ठुलो समस्यामध्ये एक हो, नेपालमा सफ्टवेयर अपडेट नआउनु । मैले गाडी किन्दा दीपल ओएस २.० थियो र एक वर्षपछि पनि त्यही छ । चीनमा यसको २.१, २.२, २.३ वा ३.० भर्सन आइसकेको होला, जसले बग फिक्स गर्ने र नयाँ फिचर थप्ने काम गर्छ । अपडेट नहुँदा विभिन्न बगहरू समाधान हुन सकेका छैनन् ।

अर्को महत्त्वपूर्ण कुरा, गाडीमा सिम कार्ड राखिएको छैन । जब कि चीनमा ८ वर्षको डेटा प्याकसहित बेचिन्छ । सिम कार्ड नहुँदा धेरै फिचरहरूले कामै गर्दैनन् । मोबाइल एप छैन, जसले गर्दा गाडी लोकेट गर्ने, एसी अन गर्ने जस्ता फिचर प्रयोग गर्न सकिँदैन । भोइस कमान्ड पनि सिम कार्ड नभएकैले काम गर्दैन । गाडीमा हार्डवेयर (जस्तै क्वालकम ८१५५ चिपसेट, १२ जीबी र्‍याम) भए पनि सफ्टवेयरको सीमितताले गर्दा त्यसको पूर्ण प्रयोग हुन सकेको छैन । हार्डवेयर भए पनि सफ्टवेयरकै कारण इन्भाइरमेन्ट रिकन्स्ट्रक्सन जस्ता फिचरहरू राम्रोसँग काम गर्दैनन् वा उपयोगी छैनन् ।

ड्राइभिङ अनुभव: पिच बाटोका लागि उत्कृष्ट, अफरोडका लागि कमजोर

यो गाडी रियर ह्विल ड्राइभ (RWD) हो, जसले गर्दा पिकअप पन्ची फिल हुन्छ । उकालोमा फ्रन्ट ह्वील ड्राइभ जत्तिको नताने पनि यो खासै चिप्लिँदैन । पिच बाटोमा यो गाडी कुदाउन कुनै समस्या छैन । तर, यो गाडी अलि नराम्रो बाटो अर्थात् अफरोड कुदाउन बनाएको होइन रहेछ भन्ने मेरो अनुभव छ । उकालोमा अलिअलि अफरोड बाटो आयो भने ट्रयाक्सन कन्ट्रोलले गर्दा पछाडिको टायर घुम्दै घुम्दैन र गाडी अड्किन्छ । नैकाप वा बेग्नास जाने बाटोमा यस्तो अनुभव भएको थियो ।

यसको लामो ह्वील बेस (२९०० एमएम) र कम ग्राउन्ड क्लियरेन्स (१६५ एमएम, नेपालमा १७५ एमएम भनिए पनि) ले गर्दा बीचमा अग्लो भएको वा ढुङ्गा भएको ठाउँमा गाडीको अन्डरबडी ठोकिने वा अड्किने सम्भावना धेरै हुन्छ । मेरो गाडीले पनि पाँच-छ चोटि तल छोइसकेको छ । ठुलो क्षति नभए पनि कस्मेटिक ड्यामेज (कोतारिएको) भएको छ । गाडीको म्यानुअलमै पटहोल वा ठुला स्पिड ब्रेकरमा नलैजान भनिएको छ, जुन नेपालको सडकको वास्तविकताभन्दा फरक छ ।

यसमा ३६० डिग्री क्यामेरा छ, जुन एकदमै सफा र ढुक्क भएर भर पर्न सकिने किसिमको छ । साँघुरो ठाउँमा गाडी कटाउन यो क्यामेराले ठुलो सहयोग गर्छ । तर यसका अल्ट्रासोनिक सेन्सरहरू पर्याप्त नभएकाले ढुक्क हुन सकिने अवस्था भने छैन । मिलिमिटर वेभ राडार सेन्सर पनि तीन ओटा मात्रै छन्, जुन पर्याप्त छैनन् ।

नेपालका आयातकर्ताहरूले गाडी ल्याउँदा नेपालको रोड कन्डिसनअनुसार केही कस्टमाइजेसन गर्नुपर्ने हो जस्तो लाग्छ । जस्तै, ठुलो रिम (२० इन्च) भन्दा सानो रिम (१९ इन्च) र धेरै रबर प्रोफाइल (५०% एस्पेक्ट रेसियो) भएको टायर ल्याउँदा खराब बाटोमा बढी आरामदायी हुने र शक अब्जर्भ राम्रो हुने थियो । तर, आयातकर्ताहरू मार्केटिङका लागि ठुलो टायरमा ध्यान दिन्छन् । कतिपय गाडीमा मोटरको पावर पनि घटाएर ल्याएको पाइन्छ । दुई टनको गाडीका लागि १६० किलोवाटको मोटर पर्याप्त नभई १९० किलोवाटको चाहिने ठाउँमा १६० को मात्रै ल्याउँदा गाडीलाई असर पर्न सक्छ । सरकारले ग्राउन्ड क्लियरेन्सको विज्ञापन र मोटर साइज परिवर्तन गर्न नपाउने गरी नियन्त्रण गर्नुपर्छ जस्तो लाग्छ ।

लामो यात्रामा जाँदा टायर पञ्चर वा केही समस्या भइहाल्यो भने के गर्ने भन्ने डर सधैँ रहन्छ । गाडीमा स्पेयर टायर राख्ने ठाउँ नै छैन । यसको टायर प्रोफाइल सामान्य गाडीमा प्रयोग नहुने हुँदा बाटोमा हुने टायर पसलमा नपाउन सकिन्छ । कम्पनीले टायर ज्याक पनि दिएको थिएन ।

चार्जिङ स्टेसन जसरी बनिरहेका छन्, त्यसरी नै ईभीका लागि आवश्यक स्पेयर पार्ट्स (टायर, ब्याट्री सेल) र मर्मतका लागि तालिमप्राप्त जनशक्ति तथा वर्कशपहरू काठमाडौँ बाहिर पनि उपलब्ध हुनु जरुरी छ । त्यस किसिमको पूर्वाधार नहुँदासम्म मान्छेहरूलाई सहर बाहिर ईभी कुदाउने कुरामा आत्मविश्वास बढ्दैन र ईभीको पहुँच सहर केन्द्रित मात्रै रहन्छ । चार्जिङ मात्रै होइन, स्पेयर पार्ट्स र मेन्टेनेन्स पनि ईभी पूर्वाधारको महत्त्वपूर्ण पाटो हो ।

रेन्ज र चार्जिङ

यो गाडीको रेन्जबाट म सन्तुष्ट छु । हाइवेमा करिब ४०० किलोमिटर र सहरी क्षेत्रमा ३५० भन्दा बढीको रेन्ज दिने यसको क्षमताले गर्दा लामो यात्रामा पनि ढुक्क हुन सक्ने किसिमले आत्मविश्वास बढेको छ । दोलालघाट जाँदा २४% चार्जमा अपडाउन भएको थियो र पोखरा जाँदा ८०-९०% चार्जले नै पुगेको थियो । मैले अहिलेसम्म दुई पटक मात्र बाहिर चार्ज गरेको छु, बाँकी सबै घरमै गरेको छु । जुन सस्तो पर्छ । ब्याट्रीको स्वास्थ्यका लागि २०% भन्दा तल र ९०% भन्दा माथि चार्ज नगर्नु नै राम्रो हुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८२ १९:२७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल बनेपछि प्रहरी सोधपुछमा परेकी जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवलाई प्रहरीले छाडेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले उनलाई सोधपुछका लागि भन्दै कार्यालयमा बोलाएको थियो । सोधपुछ गरेपछि प्रारम्भिक अनुसन्धानका क्रममा सक्कली नभइ बारुद मात्रै पड्किने खालको भएपछि उनलाई छाडिएको प्रहरीले बताएको छ ।

Ncell 2
Ncell 2

यादवले सर्लाहीमा हल्दी–मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएको खुलेको थियो । पेस्तोल पड्काएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि अनुसन्धान अघि बढाइएको थियो । उनकै बयानका आधारमा सर्लाहीको मलंगवा नगरपालिका–२ का अञ्जनी कुमारको घरबाट प्रहरीले पेस्तोल बरामद गरेको थियो ।

shivam cement
shivam cement

अनुसन्धानका क्रममा नेतृ सिंहले उक्त पेस्तोल मलंगवा नगरपालिका–५ को भाँड्चौर भन्ने ठाउँमा पड्काएको खुल्यो । ११ वैशाखमा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी–मेहेन्दी कार्यक्रममा नेतृ सिंहले पेस्तोल पड्काएकी थिइन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

मोरङ। नेपाल पुलिस क्लब विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

विराटनगर–१९ बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा समूह ‘बी’ मा रहेको पुलिस क्लबले आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरी फाइनलमा स्थान बनाएको हो। यस अघि समूह ‘ए’ बाट विभागीय टोली त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ।

टस जितेर पहिला ब्याटिङ गरेको आसाम क्रिकेट क्लबले निर्धारित ५० ओभरको खेलमा ४२ दशमलव दुई बलमा सबै विकेट गुमाएर एक सय ५४ रन बनायो। आसामका लागि राज विश्वासले ३३ रन, अरुण सोनारले ३१, केभिन सञ्जिव क्रिस्टोफरले २३, हियेन कश्यपले १९ र कप्तान गोकुल शर्माले १० रन बनाए।

बलिङतर्फ पुलिस क्लबका श्रवण यादव र अरुण ऐरीले तीन/न विकेट लिए।

एक सय ५५ रनको लक्ष्य पुलिस क्लबले २६ दशमलव एक बलमा चार विकेटको क्षतिमा प्राप्त गर्यो। पुलिसका लागि ‘प्लेयर अफ दी म्याच’ कप्तान अमित श्रेष्ठले ७२ बलमा तीन छक्का र पाँच चौकामो मद्दतमा अविजित ७१ रन योगदान दिए। यस्तै शङ्कर रानाले ६७ बलमा चार छक्का र ४ चौका प्रहार गर्दै अविजित ६३ रन बनाए।

बलिङतर्फ आसामका कप्तान गोकुल शर्माले तीन विकेट लिए। फाइनल खेल आर्मी र पुलिस क्लबबीच शनिबार हुनेछ।


सामाग्री श्रोत :

मनमोहन स्मृति क्रिकेट : पुलिस क्लब फाइनलमा

काठमाडौँ  । स्मार्टफोन ब्रान्ड रियलमीले किस्ताबन्दी योजना सार्वजनिक गरेको छ । कम्पनीले मासिक किस्तामा स्मार्टफोन उपलब्ध गराउने ‘इन्स्ट्यान्ट फाइनान्स योजना’ ल्याएको हो ।

यो योजनाअन्तर्गत ग्राहकले आफ्नो नागरिकता देखाएर झन्झटरहित रूपमा रियलमी स्मार्टफोन किन्न सक्ने कम्पनीले जनाएको छ । यसका लागि रियलमीले गुडविल फाइनान्स लिमिटेड र जगदम्बा हायर पर्चेजसँग सहकार्य गरेको छ ।

योजना अनुसार ३३ हजार ९९९ रुपैयाँ पर्ने नार्जो ७० प्रो स्मार्टफोन अब १३ हजार ५९९ रुपैयाँ डाउनपेमेन्ट र एक हजार ६९९ रुपैयाँ मासिक किस्तामा खरिद गर्न सकिनेछ ।

त्यस्तै, ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको रियलमी सी७५ स्मार्टफोन २६ हजार ९९९ रुपैयाँमा उपलब्ध छ, जसको डाउनपेमेन्ट १० हजार ७९९ रुपैयाँ र मासिक किस्ता एक हजार ३४९ रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भएको सी७५ मोडल २९ हजार ९९९ रुपैयाँमा उपलब्ध छ । यसको डाउनपेमेन्ट ११ हजार ९९९ रुपैयाँ र मासिक किस्ता एक हजार ४९९ रुपैयाँ तोकिएको छ ।

युवा, विद्यार्थी र पहिलो पटक स्मार्टफोन खरिद गर्न चाहनेका लागि लक्षित गर्दै यो योजना ल्याएको कम्पनीले जनाएको छ ।  इच्छुकले रियलमीका आधिकारिक रिटेल स्टोरबाट किस्ता सुविधा लिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८२ १८:३३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरमा आफ्नै रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गरिएको छ।

हस्पिटलको सेवा बिस्तारलाई निरन्तरता दिने क्रममा आज मे दिवसको सन्दर्भ पारेर आफ्नै रक्त सञ्चार केन्द्र (ब्लड बैंक) स्थापना गरिएको हो।

ॐ हस्पिटल परिसरमा स्थापित रक्तसञ्चार केन्द्रमा आज आयोजित एक बिशेष समारोहका बीच ॐ हस्पिटलका अध्यक्ष डा आनन्द प्रसाद श्रेष्ठ, ॐ हस्पिटलका संस्थापक तथा संरक्षक डा. भोला रिजाल र पूर्व अध्यक्ष उद्धव पौडेलले संयुक्त रुपमा रिवन काटेर रक्तसञ्चार केन्द्रको समुद्घाटन गरेका हुन्। 

ॐ हस्पिटलको रक्तसञ्चार केन्द्र आकस्मिक सेवामा एक महत्वपूर्ण सहाराको रुपमा रहनेछ भने यसले समग्र उपचार प्रणालीलाई समेत छिटो-छरितो, भरपर्दो र आत्मनिर्भर बनाउन पनि सहयोगि हुने विश्वास गरिएको छ।

हाललाई अस्पतालमा उपचारकालागि आवश्यक रगत संकलन तथा रक्त तत्वहरुको आपूर्ति, रगत सम्वन्धि आवश्यक परिक्षणहरु लगायतलाई सहज बनाउने र समयसँगै आवश्यकता अनुसार सेवा विस्तार गरी यसलाई स्तरोन्नति गर्दै लैजाने योजना हस्पिटलको छ।

खुला रक्तदान कार्यक्रम


 

अस्पतालले  १३६ औं मे दिवस तथा आफ्नै रक्तदान केन्द्र सुरु गरेको सन्दर्भमा आज खुला रक्तदान कार्यक्रम समेत गरेको छ। 

विहान ८ बजे ॐ हस्पिटलका अध्यक्ष डा आनन्द प्रसाद श्रेष्ठले अस्पतालका गाइनेकोलोजिकल अन्कोलोजिष्ट डा. बिनोद अर्याललाई रक्तदानका लागि ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको शुभारम्भ गरिएको थियो।

रक्तदानको महत्वबारे जनचेतना फैलाउन र आपतकालीन अवस्थाका लागि रगतको उपलब्धता सुनिश्चित गर्न नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लब अफ काठमाडौं हाम्रो रुपान्तरणसँगको सहकार्यमा सम्पन्न रक्तदान कार्यक्रममा एकसय रक्तदाताले रक्तदान गरेका थिए।

रक्तदान अभियानकी अगुवा, ब्लड डोनर एसीसिएसनकी संस्थापक सदस्य तथा वरिष्ठ समाजसेवी सूर्यकुमारी श्रेष्ठले रक्तदानको महत्वबारे चर्चा गर्नुका साथै रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरेकी थिइन्।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं– अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर सरकारले ‘श्रम संसार’ पोर्टल सुरू गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्माण गरेको उक्त पोर्टलको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरे ।

अब सरकारदेखि निजी संघसंस्थासम्मले कर्मचारी खोज्न एवं कसैलाई रोजगारी चाहिए यही आधिकारिक पोर्टलको सहारा लिन सकिने भएको छ ।

प्रधानमन्त्री ओलीले सरकार, निजी क्षेत्र र नागरिकलाई ‘श्रम संसार’ ले पुलको काम गर्ने बताएको छ । उनले भने, ‘यसले रोजगारीमा आबद्धता हुन सहजीकरण गर्नेछ । रोजगारदाताको नियमन र नागरिकमा श्रमको सम्मान गर्ने बानीको विकास हुनेछ । रोजगारदातालाई योग्य जनशक्तिको उपलब्धता सुनिश्चित हुनेछ ।’

Ncell 2
Ncell 2

श्रमिक, रोजगारदाता र रोजगार सेवाबीचको दूरी हट्ने पनि उनको विश्वास छ । निकट भविष्यमा नागरिक एपमा समावेश गर्दै सबै जनतासँगको पहुँच वृद्धिका लागि प्रधानमन्त्रीले निर्देशन दिए ।

उनले भने, ‘जब सीपमूलक जनशक्ति रोजगारीमा जोडिन्छ, समृद्ध नेपाल त्यतिबेला सम्भव हुन्छ । सुखी नेपाली त्यतिबेला सम्भव हुन्छ, जतिबेला श्रमिकको कल्याण महिलाको आत्मनिर्भरता र त्यसले निरन्तरता प्राप्त गर्दछ’,

shivam cement
shivam cement

सरकारले आन्तरिक रोजगार प्रवर्द्धन दशक घोषणा गरिसकेको सम्बन्धमा रणनीतिक कार्ययोजना तयार गरिरहेको उनको भनाइ छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-५ घर भएका ३९ वर्षीय सम्पुर्ण केसी, ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-३ घर भएका २९ वर्षीय सुजन गिरी, काठमाडौं महानगरपालिका-३ बस्ने पाल्पा रम्भा गाउँपालिका-५ घर भएका ५८ वर्षीय सिर बहादुर बराल र काठमाडौं तार्केश्वर नगरपालिका- ४ घर भएकी ३३ वर्षीया सरस्वती देवकोटा रहेका छन्।

पक्राउ मध्ये सम्पुर्णले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३५ लाख रूपैयाँ, सुजनले युके पठादिन्छु भन्दै १ जना पीडितबाट २६ लाख ६५ हजार रूपैयाँ, सिर बहादुरले दक्षिण कोरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ७ लाख ५० हजार रूपैयाँ र सरस्वतीले यएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सम्पुर्णलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट मंगलबार, सुजनलाई काठमाडौं महानगरपालिका-३१ बाट बुधबार तथा सिर बहादुर र सरस्वतीलाई काठमाडौं महानगरपालिका-१२ बाट बुधबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।


सामाग्री श्रोत :

वैदैशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौँ । गुगलले सन् २०२४ को सुरुदेखि हालसम्म आफ्नो प्लेस्टोरबाट १८ लाख एप हटाएको छ । यो संख्या गुगल प्लेस्टोरमा सुरुवातमा रहेका जम्मा ३४ लाख एपको झन्डै ४७ प्रतिशत हो ।

टेकक्रन्चमा प्रकाशित एक समाचार अनुसार एप एनालिटिक्स कम्पनी ‘एप फिगर्स’ को अध्ययनमा यस्तो तथ्य देखिएको हो । गुगलका प्रवक्ता ड्यान ज्याक्सनले एप हटाउने काम प्रयोगकर्ताको सुरक्षामा ध्यान दिँदै गुणस्तरीय एपहरू मात्र उपलब्ध गराउने उद्देश्यले गरिएको बताएका छन् ।

गुगलले पछिल्लो केही वर्षदेखि कमजोर, स्पाममयुक्त वा नीति विपरीतका एपमाथि कडाइ गर्दै आएको छ । सन् २०२३ देखि गुगलले प्रत्येक एप कम्तीमा २० जनाले दुई हप्तासम्म परीक्षण गरेपछि मात्र सार्वजनिक गर्न सकिने नियम लागु गरेको थियो ।

गुगलले गत वर्ष ‘सीमित कार्यक्षमता र सामग्री’ (limited functionality and content) भएका एप हटाउने अभियान थालेको थियो । यसै क्रममा कम्पनीले २३ लाखभन्दा बढी नीतिविपरीत एपलाई सार्वजनिक हुन नदिएको पनि जानकारी दिएको छ ।

हटाइएका एपमध्ये सबैभन्दा धेरै दुई लाख जति गेम सम्बन्धी थिए । त्यसपछि १ लाख ६० हजार शिक्षा र १ लाख १५ हजार व्यापारसम्बन्धी एप थिए ।

यता, एप हटाइरहँदा पनि विश्वभर नयाँ एप सार्वजनिक हुने दर भने अघिल्लो वर्षको तुलनामा ७.१ प्रतिशतले बढेको ‘एप फिगर्स’ ले जनाएको छ ।

एन्ड्रोइड एप्सको संख्यामा गिरावट देखिँदा एप्पलको एप स्टोरमा भने थोरै वृद्धि देखिएको छ । एप्पल स्टोरमा एप्सको संख्या १६ लाखबाट १६ लाख ४० हजार पुगेको उक्त अध्ययनले देखाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १८, २०८२ १७:३८





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट