
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यसै वर्ष नागरिक एपमा १०० भन्दा बढी सरकारी सेवा थपिने जानकारी दिएका छन् । आठौँ राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै मन्त्री गुरुङले नागरिकलाई आवश्यक सेवा एकीकृत रूपमा उपलब्ध गराउने उद्देश्यले नागरिक एपमा सेवा विस्तार गर्न लागिएको उल्लेख गरे ।
उनका अनुसार हाल ३५ सरकारी निकायका ६५ भन्दा बढी सेवा नागरिक एपमा आबद्ध गरिसकिएको छ । “सबै मन्त्रालय अन्तर्गतका उच्च प्राथमिकताका १०० भन्दा बढी सेवाहरू यसै वर्षभित्र नागरिक एपमा आबद्ध गर्ने योजनाका साथ कार्य अगाडि बढिरहेको छ,” मन्त्री गुरुङले भने ।
उनले डिजिटल नेपाल निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको र यसका लागि आवश्यक पूर्वाधार विकास र नीतिगत सुधारका कार्यहरू तीव्र गतिमा भइरहेको बताए । सूचना प्रविधिको विकाससँगै नेपाल पनि सूचना प्रविधिको युगमा प्रवेश गरिरहेको र यसले नेपालीहरूको जीवनशैलीमा समेत परिवर्तन ल्याएको उनको भनाइ छ ।
उनले देशभर दूरसञ्चार सेवाको पहुँच पुगेको, सबै स्थानीय तह र वडा केन्द्रसम्म यसै वर्षको अन्त्यसम्ममा दिगो ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच पुर्याउन निरन्तर कार्य भइरहेको र देशका कुना कन्दरासम्म फोरजी सेवाको व्यापक विस्तार गर्नुका साथै काठमाडौँ र सातै प्रदेशका मुख्य सहरहरूमा यसै वर्षको अन्त्यसम्ममा फाइभजी प्रविधिमा आधारित सेवा विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढिरहेको उनले जानकारी दिए ।
मन्त्री गुरुङले सरकारी डेटा सेन्टरको स्तरोन्नति र आधुनिकीकरण गर्ने, निजी क्षेत्रका डाटा सेन्टरहरूको सञ्चालन सम्बन्धी निर्देशिका तयार गर्ने, डिजास्टर रिकभरी सेन्टर स्थापना र प्रभावकारी सञ्चालनका लागि आवश्यक नीतिगत तथा संस्थागत प्रबन्ध गरी सबलीकरण र आधुनिकीकरण गर्ने कार्य सुरु गरिएको बताए ।
नेपालको समग्र सूचना प्रविधि विकासका लागि घोषित सूचना प्रविधि दशकलाई समेटेर २५ वर्षे दीर्घकालीन रणनीति सहितको दस्तावेज तयार गरी ‘सूचना तथा सञ्चार प्रविधि विकास मार्गचित्र-२०२५’ सार्वजनिक गर्ने योजना रहेको उनले सुनाए ।
पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ ९:०
सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – संघीय संसदका दुवै सदनको संयुक्त बैठक आज बस्दैछ । सरकारले आज आर्थिक बर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम सार्बजनिक गर्दैछ ।
जसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम बाचन गर्दैछन् । बैठक दिनको ३ः०० बजेको लागि बोलाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। युरोपा लिगको सेमिफाइनलको पहिलो लिगमा म्यानचेस्टर युनाइटेडले जीत हासिल गरेको छ ।
उसले एथलेटिक क्लबमाथि ३–० को जीत हासिल गरेको छ । गएराती एथलेटिक क्लबको घरेलु मैदानमा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ३–० गोल अन्तरको जित हासिल गरेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा ब्रुनो फेर्नानडेजले २ गोल गरेका थिए भने क्यासेमिरोले एक गोल गरेका थिए । यस खेलमा खेलको ३५औँ मिनेटमा डानी भिभियानले रातो कार्ड पाएपछि एथलेटिक क्लब १० खेलाडीमा सिमित भएको थियो ।
अब सेमिफाइनलको दोस्रो लिग म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा मे ९ मा हुने छ ।
सामाग्री श्रोत :
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल निर्माणलाई उच्च प्राथमिकतामा राखी सरकारले काम गरिरहेको बताएका छन् । आठौँ राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सूचना प्रविधिको परिवर्तनकारी शक्तिलाई सदुपयोग गर्दै समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य रहेको उल्लेख गरे ।
“नेपाल सरकार डिजिटल नेपालको अभियानलाई अगाडि बढाउने, डिजिटल पूर्वाधार विस्तार गर्ने, डिजिटल साक्षरता बढाउने र सबै नागरिकलाई प्रविधिको समान पहुँच सुनिश्चित गर्ने लक्ष्यमा अटल छ । डिजिटलाइजेसनको माध्यमबाट गुणात्मक सुधारका लागि सूचना तथा सञ्चार प्रविधिलाई मुख्य यन्त्रका रूपमा प्रयोग गर्न प्रण गर्दछौँ,” ओलीले सन्देशमा भनेका छन् ।
सरकारले सूचना प्रविधिको महत्त्वलाई अङ्गीकार गरी युवा लक्षित कार्यक्रममार्फत उद्यमशीलता र रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको प्रधानमन्त्रीको भनाइ छ । कृषि, उद्योग र सेवा क्षेत्रमा आधुनिकीकरण र बजार पहुँचलाई सहज बनाउन डिजिटल माध्यम अनिवार्य रहेको उनले बताए ।
आगामी आर्थिक वर्षभित्र नागरिक एपमा प्रमुख सरकारी सेवा एकीकृत गर्ने महत्त्वाकाङ्क्षी योजना लागू गरिने जानकारी दिँदै प्रधानमन्त्री ओलीले यसबाट नागरिकलाई सेवा पाउन सजिलो हुने, पारदर्शिता बढ्ने र प्रशासनिक कार्यक्षमतामा अभिवृद्धि हुने विश्वास व्यक्त गरे ।
“सरकारका प्राथमिकताका क्षेत्रमा आगामी आर्थिक वर्षभित्र नागरिक एपमा प्रमुख सरकारी सेवा एकीकृत गर्ने महत्त्वाकाङ्क्षी योजना लागू गरिनेछ । यसले नागरिकलाई सेवा पाउन सजिलो हुनेछ, पारदर्शिता बढ्नेछ र प्रशासनिक प्रक्रिया कार्यक्षमता अभिवृद्धि गर्नेछ । यस उद्देश्य प्राप्तिका लागि नागरिक एपमा समावेश भएका डिजिटल समाधान अङ्गीकार गरी सबै नागरिकको सहभागिता, निजी क्षेत्रको सहयोग र प्रविधि विशेषज्ञको सुझाव, सहयोग र सहकार्य गर्न आह्वान गर्दछौँ,” प्रम ओलीले भनेका छन् ।
सरकारले इन्टरनेट सर्वसुलभ बनाउने, ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड विस्तार गर्ने, विद्युतीय ऊर्जाको उपलब्धता र भूगोलसँग मेल खाने अन्तर्राष्ट्रिय स्तरका डाटा सेन्टर स्थापना गर्ने, विश्व स्तरीय तालिम प्रदायक मार्फत सीपयुक्त दक्ष जनशक्ति निर्माणमा लगानी गर्ने, साइबर सुरक्षा र डेटा संरक्षण सम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था शीघ्र लागू गर्ने प्रतिबद्धता उनले जनाए ।
पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ ७:५८
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) किट विश्वविद्यालयमा फेरि अर्की नेपाली विद्यार्थी मृत फेला परेकी छन् ।
उक्त विश्वविद्यालयको प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगञ्जकी प्रिसा साह बिहीबार साँझ फेला परेकी हुन् । उनको शव कलेज होस्टेलमा फेला परेको थियो ।
गत ४ फागुनमा यही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।
उनी प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएकी थिइन् । प्रकृति लम्साल बस्दै आएको होस्टेलमै उनी पनि बस्दै आएकी थिइन्। परीक्षा सकिएसँगै अन्य कक्षाका विद्यार्थीहरू घर गइसकेका थिए ।
प्रथम वर्षका विद्यार्थीहरू त्यही बस्दै आएको ती विद्यार्थीको भनाइ छ । उनले के कति कारणले आत्महत्या गरेको भन्ने विषयमा खुलिनसकेको ती विद्यार्थीको भनाइ छ । उनको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।
लगातार दुई नेपाली छात्राको मृत्यु भए पछि भारतको विद्यार्थी सङ्गठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले दोषीलाई कारबाही गर्न माग गरेको छ ।
एबीभीपी विज्ञप्ति जारी गर्दै केआईआईटीमा पुनः नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु लज्जास्पद भएको बताएको छ । एकै प्रकृतिको घटना बारम्बार हुँदा पनि राज्य सरकार मौन रहेको भन्दै एबीभीपीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न माग गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

नेपालका धेरै राजनीति दल र तिनका नेताहरुले, अनेक व्यक्ति र आवरणहरुले नेपाल एकीकरणलाई अस्वीकार गर्न यसलाई अपमान गर्न र होच्याउन अनेक शब्दहरुको खर्च गरिरहेका छन्।
नेपाल एकीकरणलाई होच्याउन र अपमान गर्न पृथ्वीनारायणलाई होच्याउन, पृथ्वीनारयण शाहप्रति नकारात्मक भावना बढाएर घृणा बढाउनु उनीहरुको प्राथमिक कार्य देखिन्छ।
पृथ्वीनारायणले एकीकरण गरेका होइनन् नेपाल एकीकरण भएको नै छैन, नेपाल राष्ट्र बनेको नै छैन, पृथ्वीनारायणले भौगोलिक एकीकरण मात्रै गरेका हुन्, भूगोल मात्रै जोडेका हुन् जनताको भावना जोडेका होइनन् गोरखा राज्यको बिस्तार मात्र गरेका हुन्, जनजातिको राज्य खोसेका हुन्, हत्या हिंसा गर्ने हत्यारा हुन्
आदि इत्यादि अनेक शब्दावाली प्रयोग गरेर पृथ्वीनारायण शाह र नेपाल एकीकरणलाई होच्याउन अपमान गर्न घृणामा बदल्न भरमग्दुर कोशिस गरेका छन्। यस्ता खाले चिन्तन र अभिव्यक्तिहरुले नेपाली एकता र बलियो नेपाल बिरोधी बाह्य रणनीति स्वार्थको सेवा मात्र गर्छ भन्ने सबैले बुझ्नु पर्दछ। तर तथ्यहरुले यी सबैलाई अस्वीकार गर्छ, खण्डन गर्छ र नेपाली जनता सामु वास्तविकता पस्कन्छ।
यिनीहरुत यसरी प्रस्तुत हुन्छन् कि पृथ्वीनारायण शाहभन्दा अगाडि संसारमा कहीँ पनि राजतन्त्र नै थिएन। राजतन्त्रको स्थापना पनि पृथ्वीनारायण शाहले नै गरेको हो।
मानौं पृथ्वीनारायण भन्दा अगाडिका राजाहरुले अरु कसैको राज्य विस्थापन गरेर अर्को राज्य वा राजवंश स्थापना गर्दा बल प्रयोग गरेकै थिएनन्, हतियार चलाएकै थिएनन्, भाषण गरेर चौतारिमा सल्लाह गरेर राज्य स्थापना गरेका वा जोडेका हुन्।
पृथ्वीनारायण भन्दा अगााडि युद्ध भएको नै थिएन। मानिसहरुको जिउबाट रगत बगेकै थिएन पानी मात्रै बग्थ्यो कोहीको ज्यान गएकै थिएन कोही अंगभंग भएकै थिएनन्, हिंसा पृथ्वीनारायणको पालादेखि मात्रै सुरु भएको हो।
पृथ्वीनारायण शाहभन्दा अगाडि नेपालमा शाहवंश नै थिएन शाहवंशका कुनै राजा वा राजतन्त्र नै थिएन भने झैं प्रचार गर्छन्। तथ्यले यिनीहरुका यस्ता अर्थ दिने भनाइलाई मिथ्या साबित गर्दछ।
संसारमा राज्यहरुको, राजतन्त्रहरुको स्थापना, गठन र विगठन, एकीकरण वा खण्डीकरण बल प्रयोग वा युद्ध बिना भएकै छैन। सबै किसिमका विधि प्रयोग भएका छन्। मात्र पृथ्वीनारायण शाह अपवाद हुन सक्तैनथे।
संयुक्त राष्ट्रसंघले राष्ट्रको मान्यता दिएका लगभग दुई सय राष्ट्र मध्ये एउटा राष्ट्रको नाम दिनुहोस् जो रगतले सिन्चित नभएको होस्? संम्भव छ? छैन। मुलुक एकीकरणको विधि पृथ्वीनारायण शाहले पनि त्यही प्रयोग गरे जो समकालिन विश्वमा स्थापित मान्यता थियो।
तुलनात्मक रुपमा नेपाल एकीकरणमा कम हिंसा भएको छ। पृथ्वीनारायणको नीति नै त्यस्तो थियो। नाकाबन्दी लगाउने, थकाउने, गलाउने, मनोवैज्ञानिक रुपमा नै पराजित गरेर एकीकरणको आवश्यकता बोध गराउने र थोरै बल प्रयोग र कम क्षतिले काम फत्ते गर्ने। यी सबै काम जनताको सहभागिता र सहयोगमा नै भएका छन्।
नेपाल एकीकरण गर्दा प्रयोग भएका विधि राज्यको विकासक्रम सबै प्रचलित विश्वमा स्थापित र वैधानिक विधि अनुकुल देखिएका र राष्ट्रहुने सबै आधारको परीक्षामा सफल भएकोले नै नेपाल संयुक्त राष्ट्रसंघको सदस्य हुन सकेको हो।
विश्वसंस्थाले राष्ट्रको रुपमा नेपाललाई मान्यता दिएको पनि यति धेरै वर्ष बितिसकेको छ र पनि केही मान्छेहरु नेपाल राष्ट्र नै भएको छैन भनेर कुप्रचार गरिरहेका छन्। नेपाल अनेक राज्यहरुको बिलयपछि एक राष्ट्र बनेको हो। नेपाल राष्ट्र बनाउने अभियानको नेतृत्व
पृथ्वीनारायण शाहले गरेको हुनाले नै उनी राष्ट्रनिर्माताको रुपमा नेपालमा सम्मानित हुन सकेका हुन्।
केही मान्छेहरु, केही नेताहरु, केही राजनीति दलहरु के भन्छन् भने पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेकै होइनन्, गोरखा राज्यको विस्तार मात्रै गरेका हुन्। खोइ त्यो विस्तारित गोरखा राज्य? प्रारम्भमा पृथ्वीनारायण शाहमा पनि गोरखाको सिमाना सारेर गोरखा राज्यको विस्तार गर्ने योजना नै थियो।
तर जब उनी बनारसमा बिबाह गरे र हतियार किन्न पनि बनारस गए अंग्रेज र मुगलको चपेटामा परेको पूर्वीय वैदिक हिन्दु तथा रैथाने सनातनी सभ्यता बचाउन पनि गोरखाको सिमाना बढाएर होइन गोरखा राज्यको विस्तारले होइन विशाल नेपालको पुर्नएकीकरण नै नेपालको अनिवार्य राष्ट्रिय आवश्यकता हो भन्ने उनले वोध गरे।
उनको यो नेपाली राष्ट्रियताको चेतलाई कान्तिपुरका राजा जयप्रकाश मल्लको अंग्रेज बोलाउने अदूरदर्शी सोचले झनै उचाइमा पु¥याइदियो। र नै उनले अंग्रेज फौजलाई नेपालमा पाइला टेक्नै नदिएर खेद्न बहादुर गोरखाली योद्धाहरुलाई सिन्धुलीमा परिचालित गराए। सिन्धुलीको पौवा गढीमा त्यसताकाको अजेय घाम नअस्ताउने शक्ति भनिएको अंग्रेज उपनिवेशवादी शक्तिलाई हराएर पृथ्वीनारायण शाहले नेतृत्व र निर्देशन दिएको गोरखाली फौजले नेपालमा मात्रै होइन कि विश्वमा नै नयाँ युद्ध इतिहासको रचना गरेको थियो।
पृथ्वीनारायणमा नेपाली राष्ट्रियताको चेत थियो भन्ने प्रमाण उनले कान्तिपुर राज्यका प्रजा रामचन्द्र प्रसाईंलाई लेखेको पत्रमा लेखिएको विचार हो।
रामचन्द्र प्रसाईंले आफ्ना राजा जयप्रकाश मल्लको अंग्रेज बोलाउने नेपालघाति नीतिको बिरोधमा पृथ्वीनारायण शाहलाई जानकारी सहित कसरी अंग्रेजलाई रोक्ने र सहयोग गर्ने सम्बन्धि चिठी लेखेका थिए। चिठीमा उनले अंग्रेजलाई रोक्न तपाईंलाई म कसरी सहयोग गर्न सक्छु भनेर लेखेको थियो।
त्यसको जवाफमा पृथ्वीनारायण शाहले रामचन्द्र प्रसाईंलाई लेखेको पत्रले पृथ्वीनारायणको चिन्तन र चेतना जाहेर गर्दछ। पृथ्वीनारायण शाहले रामचन्द्र प्रसाईंलाई लेखेको पत्रमा तल्कालीन चेतनाको भाषामा फिरंगी (अंग्रेज) भनेको ब्वाँसो हो भनेका छन्। कन्याएको निउ गरेर सबै आन्द्रा भुँडी निकाल्छ भनेको हो।
त्यसले कसैलाई बाँकी राख्दैन भनेको हो। गोरखनाथ र पशुपतिनाथ भनेका एकै हुन्। मैले शासन चलाए पनि जयप्रकाश मल्लले चलाए पनि एउटै हो। हामी एउटै सभ्यताका हौं। फिरंगी भनेको बेग्लै हो भनेका छन्।
अहिलेको भाषा र चेतनालाई पृथ्वीनारायण शाहको चेतना र भाषामा समायोजन गर्दा पृथ्वीनारायण शाह नेपालका उपनिवेशवादी शक्ति बिरोधी आदि नेता ठहर्दछन्। साथै उनमा नेपाली धर्म, सभ्यता, हिन्दु, बौद्ध, किराँत संस्कृति र सभ्यता जोगाउनको लागि पनि नेपालको एकीकरणको अनिवार्य राष्ट्रिय आवश्यकताको चेत जागेको थियो भन्ने यसले जाहेर गर्दछ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेको होइन गोरखा राज्यको बिस्तार गरेको हो भन्नेहरुलाई प्रश्न गरौं गोरखाको बिस्तार कहाँ पुग्यो? गोरखाको विस्तार कहाँ पुगेर टुंगियो? गोरखाको बिस्तार कसरी नेपाल भएर बदलियो? कसले बदल्यो? कहिले बदल्यो? कि अअिलेसम्म पनि गोरखाको बिस्तार नै छ? गोरखाको बिस्तार थियो भने किन पृथ्वीनारायणले यो बिस्तार भएको राज्यको नाम गोरखा भनेर घोषण गरेनन्? पृथ्वीनारायणको पालामा गोरखा पश्चिममा चेपे र मस्र्याङ्दी र पूर्वमा टिष्टा नदीसम्म पुगेको तिमीहरुको शब्दमा बिस्तारित गोरखा राज्य नेपाल भनिन थालिइसकेको थियो।
अब भन गोरखा पश्चिम नेपाली फौजले पश्चिम काँगडा किल्ला छेउमा सिमाना पुर्याएको थियो। अब त्यसलाई तिमीहरु के भन्छौ? नेपाल राज्यको बिस्तार भन्छौ कि गोरखा राज्यको बिस्तार भन्छौ? तिमीहरु यसलाई नेपाल एकीकरण मान्दैनौ भने केलाई नेपाल एकीकरण मान्छौ? तिमीहरुको नेपाल एकीकरण भनेको सिक्किमिकरण हो?
एकीकरण होइन भौगोलिक एकीकरण मात्रै गरेका हुन् भन्ने अर्का पण्डाहरु छन्। केहो भौगोलिक एकीकरण भनेको? भूमि त जोडिएको नै हुन्छ जोडिरहनु पर्छ? जनता बेगरको जमिन मात्रै जोडेको हो कुनै जमिन्दारले मान्छेको बस्ति नभएको खेतबारी जोडेको जस्तो? यस्तो हावदारी कुतर्कमा बहस गर्नु परेको छ।
भौगोलिक एकीकरण भन्ने कुरै हुँदैन। भूगोल बोल्छ र म नेपाल राज्य हुुँ भनेर? मान्छे बेगरको भूगोल बोल्छ हामी एकीकृत भयौं भनेर? वास्तबमा पृथ्वीनारायणले जोडेको होइन, तोडेको हो।
अदूरदर्शी, संकिर्ण, स्वार्थी पृथकतावादी मानसिकता भएका सामन्ती राजाहरुले खडा गरेका अनेक नामका अनावश्यक राज्यका सिमानालाई प्रगतीशील र अग्रगामी राजा पृथ्वीनारायण शाहले तोडिदिएका हुन्। ती कृतिम राजनैतिक सिमाना तोडिने बित्तिकै जनता जोडिए, भावना जोडिए।
हामी त गोरखाली सेनासँग हा¥यौं भनेर निदाएका मान्छेहरु बिहान ब्युँझदा नेपाली भएर जितेको पो थाहा पाउँछन्। सानो राज्यका प्रजाहरु ठूलो राज्यका प्रजा भएर गौरव गरेर हिजोको शत्रुतालाई मित्रतामाा परिणत गरेर एक भएर अघि बढ्न थाल्छन्।
के यो भावनात्मक एकीकरण होइन ? पृथ्वीनारायणको नेपाल एकीकरण अभियानमा पराजित राजाका वरिपरिको सानो संख्या बाहेक कसैले पनि थात थलो छोडेर भाग्नुपर्नै अवस्था थिएन। यही हो नेपाल एकीकरण भावनात्मक एकीकरण। केको भौगोलिक एकीकरण?
गोरखाका राजा पृथ्वीनारायणको नेतृत्वमा अघि बढेको नेपाल एकीकरण अभियानले कुनै कालमा एकै राजाले शासन गरेको भूगोलमा अनेक राज्य बनाएर अनेक राजाले खडा गरेका राजनैतिक सिमाना तोडको मात्रै हो। तोडिने बित्तिकै नेपाल एकीकरणको एउटा चरण सम्पन्न भएको हो।
पृथ्वीनारायण शाह हिन्दु धर्ममा आस्था भएका अन्य रैथाने धर्म संस्कृतिलाई सम्मान गर्ने राजा थिए। केही जातिहरु पृथ्वीनारायणले हाम्रो राज्य खोसेको भन्छन्। वास्तवमा पृथ्वीनारायणले एउटै धर्म मान्ने राजाका अनेक राज्य चाहिँदैन भनेर ति राज्यका सिमाना तोडिदिएका हुन्। ती तोडिने बित्तिकै जनताको भावना जोडिन थालिहालेकोले नै नेपाल एकीकरण भएको हो। यही हो भौगोलिक एकीकरण भावनात्मक एकीकरण साँचो अर्थको नेपाल एकीकरण।
पृथ्वीनारयण शाहले छवटा हिन्दुधर्म मान्ने राजाले खडा गरेका राजनीतिक सिमाना तोडेर जनतालाई जोडेका हुन् भनेर माथि नै भनिए पनि सन्दर्भ मिलाउन फेरि भनिएको हो। पृथ्वीनारायणले अथवा उनले निर्देशन दिएका फौजले एक चौदण्डी नामको राज्यको र अन्य पाँच पुर राज्यका सिमाना तोडिदिएका हुन्।
अन्य पुर राज्यहरु हुन् मकवानपुर, भक्तपुर, ललितपुर, कान्तिपुर र विजयपुर। ललितपुर, भक्तपुर र कान्तिपुरमा हिन्दु धर्म मान्ने मल्ल राजा थिए भने मकवानपुर, विजयपुर र चौदण्डीमा आफूलाई हिन्दुपति पदवीले विभूषित गरेका हिन्दु सेन राजाहरु थिए।
कुरा यति हो साना हिन्दु राज्यका सिमाना तोडेर गोरखा समेत गरेर ७ हिन्दु राजाले शासन गर्ने ठाउँमा एक हिन्दु राजाले शासन गरेका मात्रै हुन पृथ्वीनारायणले। आध्यात्मिक र राजनीतिक हिसाबले हेर्दा यहाँ कसैको राज्य खोसेको देखिँदैन।
बरु अनाबस्यक सिमाना,राज्य र राजा हटाएर एक बनाएको मात्रै देखिन्छ। यो सभ्यता जोगाउन पनि पृथ्वीनारायणले यसको अनिवार्य आवश्यकता देखेको थिए। उनले छेवैमा अंग्रेज आएको र उसले अनेक राज्यहरु निल्दै बढेको देखेका थिए। अरु अदूर्दर्शी पृथकतावादी राजाहरुले यो देखेका थिएनन्।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण नै गरेको हो र के आधारमा हो किन हो भन्ने सवालको जवाफ विद्वान डा. जगमान गुरुङको निम्न कथनले पुष्टि गर्दछ। “श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सन्दर्भमा कुरा गर्दा राज्यविस्तार र एकीकरण एवं समीकरणका बारेमा राम्ररी स्पस्ट गरिनु अत्यावस्यक छ।
कुनै एउटा स्वतन्त्र राष्ट्रले अर्को स्वतन्त्र राष्ट्रलाई बल प्रयोग गरेर आफ्नो कब्जामा लिनुलाई राज्यविस्तार भनिन्छ। यसको विपरीत कुनै एउटा विशाल राष्ट्र छिन्नभिन्न भएर अनेकन् राज्यमा परिणत भई कालान्तरमा त्यस राज्य मध्येको एउटा राज्यले पुनः त्यस विशाल राष्ट्रलाई एकसूत्रमा आबद्ध गर्दछ भने त्यसलाई एकीकरण मानिन्छ।
आजभन्दा पन्ध्रसय वर्षअघि नै नेपाल राष्ट्र अहिलको जति नै विशाल थियो भन्ने कुरा ऐतिहासिक प्रमाणबाट सिद्ध भइसकेको छ। श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहभन्दा पहिलेका राजाहरुले पनि विशाल राज्य आर्जेका थिए। तर त्यो राज्य दिगो रहन सकेन।
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह योगक्षेमको ज्ञाता भएकोले त्यस नीतिको कुशलतापूर्वक प्रयोग गरेर टुक्रिएको नेपाललाई पुनः एकसूत्रमा आबद्ध गर्न उनी सफल भए।
आज हामीलाई सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्र नेपालका स्वतन्त्र जनता नेपाली भनेर गर्व गर्न सक्ने सौभाग्य श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहबाट प्राप्त भएको हो। त्यसकारण श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको अभियान नेपाल राष्ट्रको एकीकरण हो भन्ने सिद्ध हुन्छ।” ( किताब—पृथ्वीविचार र व्यवहार पहिलो संस्करण २०६१ पाठ प्राक्कथन,जगमान गुरुङ )
नेपाल एकीकरण पृथ्वीनारायण शाहको नेतृत्वामा सबै जातका नेपालीका सहभागिता र योगदानले सम्पन्न भएको हो भन्ने यथार्थता सबै नेपालीले बुझ्न सक्नु पर्दछ। भ्रम पार्नु पनि हुँदैन भ्रम पाल्नु पनि हुँदैन। गोरखामा ने अनेक जातजाती थिए पृथ्वीनारयण शाहले सबैको साथ सहयोग लिए।
पृथ्वीनारायण शाहलाई गोरखाको नेतृत्वमा नेपाल एकीकण अभियानलाई अघि बढाउन जनसहभागिता कोषको सोच र सोच सँगै कोषको सुरुवाती साइत पारेका अनुभवी दमाई बिसे नगर्चीकोमा गएका रहेछन्।
बिसे नगर्चीले एक रुपियाँ पृथ्वीनारायण शाहलाई दिँदै भनेछन् सबै घरधुरीबाट यसरी नै एक रुपैयाँ उठाएमा १२ हजार संकलन हुने सुझाब र रु एक पनि दिएर नेपाल एकीकरण अभियानमा जन सहभागिता कोषको सुरुवात गराएका थिए। पछि गोरखाका हरेक घरधुरीले एक मोहर दिएर नेपाल एकीकरणमा आफ्नो सहभागिता जाहेर गरेका थिए।
मनिरामलगायत धेरै गिाइनेहरु, बिसे नगर्ची, दमैहरु, सार्कीहरु, भेषाजङ्ग, अम्बरे कामीहरुलगायत नाम नखुलेका जोगीहरु, ज्योतिषीहरु, बैद्यहरु, झाँक्रीहरु, व्यापारीहरु सबैले नेपाल एकीकरणलाई अनेक तरिकाले सकृय सहयोग गरेका छन्। सहभागीता जाहेर गरेका छन्। शेखजबर, मुहम्मदतार्की मुसलामाको पृथ्वीनारायण शाहले दिव्य उपदेशमा नै नाम लिएका छन्।
पृथ्वीनारायण शाहका अति निकट सुरथीसिंह रानामगरको दिव्य उपदेशको सुरुमा नै सबैभन्दा सम्मानकोसाथ नाम छ भने झागल गुरुङको, बिराज बषेती थापाको, पृथ्वीनारायणले नामै लिएका छन् उनको उपदेशमा। बंशु गुरुङले सिन्धुलीको अंग्रेज बिरोधी युद्धमा पराक्रम नै देखाएका छन्।
काजी जगतसिँह राईले पनि सिन्धुलीको युद्धमा त्यस्तै पराक्रम देखाएका थिए। मगर र गुरुङको देशभक्तिको सम्मान र विश्वासमा पृथ्वीनारायण शाहले छुट्टाछुट्टै पल्टन नै खडा गरेका थिए। यसले जाहेर गर्दछ कि नेपाल एकीकरण अभियान अघि बढाउन जनजातिहरुको प्रारम्भदेखि नै सकृय सहयोग र सहभागिता थियो भनेर।
अम्बरसिँह राना, दुधे लामा, सोठे दनुवार, प्रवल राना, नरसिंह गुरुङ, भाष्कर राना, ठाइला, प्युबर लामा, मनिराम राना, मणिराम लामा, कालिदास खड्का मगर, त्रिलोचन मगर, धिवर राई, महिन्द्र मल्ल, नवराज लामा, नरसिंह गुरुङ, मणिकण्ठ राना, धनवन्त प्रधान, संग्रामसिह आले अभय राना, रोहिदास घले, विजयनारायण राई, रोहिदास घले, आदि प्र्रतिनिधि नामहरुले पनि के जाहेर गर्दछ भने जनजातिहरुको राज्य खोसिएको होइन कि जनजातिहरु समेतको योगदानमा अनेक टुक्रे राज्यका सिमाना तोडिएर नेपाल जोडिएको थियो।
कीर्तिपुरको तेस्रो लडाइँमा कीर्तिपुरका नेवारहरुले किल्लको ढोका खोलिदिएर गोरखाली फौजलाई कीर्तिपुरलाई शान्तिपूर्ण एकीकरणमा सामेल गराउन सजिलो बनाइदिएका थिए। पहिला उनीहरुले बुझेनन् गोरखाली फौज रोक्न जुधे। जब एकीकरणको महत्व बुझे यसलाई सहयोग गर्न उठे।
जनस्तरका धेरै नेवारहरुले गुप्तरुपमा पृथ्वीनारायणलाई सहयोग गरेका थिए। तीन मल्ल राजाहरुको झगडाले वाक्क भएका उपत्याकाका जनताहरुले एउटै बलियो राजाले शासन गरोस् भन्ने चाहनाले मल्ल राजाहरुलाई जुट्ने माहौल नबनाइदिएर नेपाल एकीकरण अभियानलाई अप्रत्यक्ष साथ दिए भने पृथ्वीनारायण शाहलाई खुशीसाथ राजा स्वीकारेर नेपाल एकीकरणलाई प्रत्यक्ष सहयोग गरे। पाटन वा ललितपुरमा त पृथ्वीनारायण शाहलाई राजा हुन निम्तो नै दिएका थिए। पृथ्वीनारायण शाहले भाइलाई राजा हुन पठाएका थिए।
पृथ्वीनारायण शाहले नेवार राजा जस्तै जीवित कुमारी देवीलाई ढोगेर कान्तिपुरको राजसिंहासनमा बसेर सबै नेवार समुदायको मन जितेका थिए। उनले सबैको धर्म, संस्कृति रितिथिति भाषा, सभ्यताको यथोचित सम्मान गरेकाले र कतै पनि लुटपाट आदि अत्यचार नगरेकोले सबैले नेपाल एकीकरणलाई आफ्नै एकीकरण मानेका थिए।
पृथ्वीनारायण शाहलाई आफ्नै राजा मानेको कारण पनि त्यही हो र नेपाल एकीकरण दिगो रहेको कारण पनि त्यही हो। र नै नेपाल एकीकरणमा कोही पनि जातिहरु कसैका डरले शरणार्थी भएर भागेको इतिहास नै छैन।
केही लिम्बु अगुवाहरु डरले सिक्किमतिर गएको थिए। पछि पृथ्वीनारायणले तिमीहरुको धनजन रितिथिति सबैको सुरक्षा हुने विश्वास दिलाएको पत्र पठाएर सबैलाई नेपाल ल्याएका थिए।
अरुण पूर्व लिम्बुहरुले प्रारम्भमा नेपाली वा गोरखाली फौजसँग बहादुरी पूर्वक लडे। युद्धले हारजित नभएपछि लिम्बुहरुले शान्तिपूर्ण नेपाल एकीकरणमा योगदान दिएर इतिहास रचेका छन्।
सेन राजा र पृथ्वीनारायणको भाषा, एउटै धर्म एउटै जात एउटै भए पछि सेन राजालाई मान्ने हामी लिम्बुहरुले शाह राजालाई मान्न केको आपत्ति यदि उनले सेन राजाको पालामा हामीले पाएको अधिकार रितिथिति यथावत दिन्छन् भने भन्ने मतमा लिम्बु अगुवाहरु पुगेपछि त्यसैमा सम्झौता भएर पूर्वमा नेपाल एकीकरणको अर्को सुनौलो अध्याय थप्ने योगदान पूर्वका आदिबासी जनजाति लिम्बूहरुको छ।
लिम्बूहरुले नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिएर आफूलाई नेपाल एकीकरणको महत्वपूर्ण अङ्ग बनाएका छन्। नेपाल एकीकरणको इतिहासमा आफ्नो सामुहिक योगदानको सुनौलो इतिहास बनाएका छन्।
सिन्धुलीतिर अंग्रेज आउने थाहा पाएर मधेस तराईका बासिन्दाले पृथ्वीनारायण शाहलाई सूचनाको सहयोग गरेका थिए। त्यसको साथै अंग्रेजलाई खाद्यान्न अभाव होस् भारी बोक्न आदि इत्यादिमा सहयोग नहोस् भनेर उ आउने बाटाका आसपासका घरहरु खाली गरेर स्थानीयहरु अन्यत्रै गएका थिए।
त्यो पनि नेपाल एकीकरणमा तराईबासी अथवा भनौं मधेसीहरुको सहयोग थियो। सारमा पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा नेपालका जुनसुकै भेकका जुनसुकै जाति जनजाति समुहको कुनै न कुनै रुपको योगदान र सहभागिता जोडिएको पाइन्छ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेर नेपाल राष्ट्रको निर्माता मात्रै होइनन् नेपालको नयाँ इतिहासको निर्माता पनि हुन्। पृथ्वीनारयाण शाह इतिहासका निर्माता मात्रै होइनन् नेपालको प्राचीन इतिहासलाई आधुनिक इतिहासमा जोड्ने कडी पनि हुन्। पृथ्वीनारायण शाह इतिहास जोड्ने कडी र नयाँ इतिहासको निर्माता मात्रै होइनन् इतिहासहरुको निर्माण गर्ने आधारदाता पनि हुन्।
पृथ्वीनारायण शाहले जब नेपाल एकीकरण अभियानलाई अघि बढाउने निर्णय गरेर व्यवहारमा उतार्न थाले त्यसले अनेक योद्धाहरुको अनेक इतिहास निर्माण भयो। त्यस यता अनेक नेपालीका अनेक ठूला साना इतिहास बनेका छन्।
यदि पृथ्वीनारायण शाहले सानो गोरखाको राजा भएर रमाएर बस्ने निर्णय गरेका थिए भने नेपाल एकीकरणको अभियान अघि बढाएका थिएनन् भने कसैको इतिहास बन्ने थिएन। यसले पुष्टि हुन्छ पृथ्वीनारायण शाह इतिहास जोड्ने कडी हुन्, इतिहास निर्माता हुन् र इतिहासहरु निर्माणका आधारदाता पनि हुन्।
पृथ्वीनारायण शाह फराकिलो थिए र दूरदर्शी थिए। उनले जित्ने राज्य गोरखालाई हराएर नेपाल बनाएर जिताए भने हार्ने मकवानापुर,कान्तिपुर, ललितपुर,भक्तपुर,विजयपुर र चौदण्डीलाई पनि नेपाल बनाएर जिताए।
सारमा कसैले हारेनन् कसैले जितेनन् केवल नेपाले मात्र जित्यो। किनभने त्यसबेला नोपाल नामको कुनै राज्य थिएन। पृथ्वीनारायण शाहाले प्राचीन नेपाललाई पनि न्याय दिए। पृथ्वीनारायणको निधनपछि नेपाल एकीकरणको अभियान उनका छोराहरु,भाइ भारदार देशभक्त योद्धाहरुले पृथ्वीनारयण शाहको नेपाल एकीकरण अभियानले खडा गरेको एकीकृत जगमाथि उभिएर निरन्तरा दिएका थिए।
नेपाल राष्ट्रका निर्माता,नेपालको इतिहासको निरन्तरता दाता इतिहासहरु निर्माणको आधारदाता एवं विश्वकै उपनिवेशवादी शक्ति माथिका प्रथम विजेता नेता नेपालका श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह आफैमा नेपालका शक्ति हुन् र नेपाल जगाउने र जोगाउने जुक्ति पनि हुन्।
नेपाल एकीकरण विचार र योगदामा पृथ्वीनारयाणलाई ठिक ढंगले बुझेर पृथ्वीनारायण र पृथ्वीविचारलाई सम्मान र लागु गर्दै नेपाल पृथ्वीपथबाट अघि बढेमा सबै किसिमले बलियो नेपालको आधार यहीँ छ। विशाल नेपाल पृथ्वीनारायणको योगदान, पृथ्वीविचार सबे समस्याको समाधान, सबैलाई चेतना भया।
सामाग्री श्रोत :
काठमाडौँ । विकिपिडिया सञ्चालन गर्ने गैरनाफामूलक संस्था विकिमिडिया फाउन्डेसनले आगामी तीन वर्षका लागि आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआई रणनीति सार्वजनिक गरेको छ । बुधवार सार्वजनिक गरिएको रणनीति अनुसार विकिमिडिया फाउन्डेसनले विकिपिडिया एडिट गर्ने स्वयंसेवक र एडिटरहरूको कार्य सहज बनाउन एआई प्रयोग गर्नेछ ।
प्रविधिमा पहुँच नपुगेका एडिटरलाई पनि सजिलै सामग्री निर्माण र सम्पादन गर्ने बनाउन विकिमिडियाले यस्तो कदम चालेको हो । संस्थाले जनशक्तिलाई विस्थापित गर्ने शैलीमा एआई प्रयोग नगर्ने र सधैँ मानव केन्द्रित दृष्टिकोण अपनाइने प्रतिबद्धता जनाएको छ ।
विकिमिडियाले विशेषगरी दोहोरिएको र झन्झटिलो काम स्वचालित बनाउन एआई प्रयोग गर्ने योजना बनाएको छ । यसमार्फत एडिटरहरूलाई बढी समय विचार–विमर्श र सहमति निर्माणमा केन्द्रित हुन दिने लक्ष्य लिइएको छ ।
एआईले अनुवाद, नयाँ स्वयंसेवकलाई ओरियन्टेसन गर्ने प्रक्रिया र विकिपिडियामा जानकारी खोज्ने क्षमता सुधार्न सहयोग गर्नेछ ।
विकिमिडियाको मसिन लर्निङ विभागका निर्देशक क्रिस एल्बन र अनुसन्धान प्रमुख लैला जिया लेख्छन्, “हामी विश्वास गर्छौं कि एआईसँगको हाम्रो भविष्यको काम हामी के गर्छौं भन्ने कारणले मात्र नभई हामी कसरी गर्छौं भन्ने कारणले पनि सफल हुनेछ ।”
उनीहरूका अनुसार विकिमिडियाले सधैँझैँ गोपनीयता, मानव अधिकार, पारदर्शिता, ओपन सोर्स प्रविधि र बहुभाषिकतालाई प्रमुखताका साथ अगाडि बढाउनेछ ।
जेनरेटिभ एआईको विकाससँगै गलत जानकारी र भ्रमपूर्ण उत्तरहरूको सम्भावना बढिरहेको सन्दर्भमा विकिपिडियाको भरपर्दो ज्ञान स्रोतको भूमिका अझ महत्वपूर्ण हुँदै गएको संस्थाले जनाएको छ ।
पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ ६:४९
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन […]
सामाग्री श्रोत :

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०७९ देखि २०८१ सम्मको अवधिमा समुदायस्तरमा न्यायिक सेवा प्रवाहमा उल्लेखनीय कार्य सम्पादन गर्दै आएको छ। मेलमिलाप, पारदर्शिता, पहुँच र समाधानमुखी कार्यशैलीलाई केन्द्रीकरण गर्दै समितिले घरेलु हिंसा, पारिवारिक विवाद, जग्गा सम्बन्धी झगडा, सामाजिक अन्योलजस्ता थुप्रै विवादहरू समाधानमा पुर्याउन सफल भएको हो।
नगरपालिकाको न्यायिक शाखाको नेतृत्व उपप्रमुख उमा अधिकारीले गर्दै आइरहेकी छन्। उनको संयोजकत्वमा समितिले मुद्दा दर्तादेखि फैसलासम्मको प्रक्रियालाई सरल, सुलभ र न्यायोचित बनाउँदै लैजाने प्रयासलाई सशक्तरूपमा अगाडि बढाएको देखिन्छ।
दर्तादेखि फैसलासम्मः तीन वर्षको संक्षिप्त समीक्षा
२०७९ सालदेखि २०८१ सालसम्मको अवधिमा कुल ७९ भन्दा बढी विवादहरू न्यायिक शाखामा दर्ता भएका थिए। तीमध्ये ४८ वटा मुद्दामा सुनुवाइ सम्पन्न गरिएको थियो भने ३८ भन्दा बढी मुद्दामा ठोस निर्णय (फैसला) गरिएको थियो। विवादका प्रकृतिहरूमा घरेलु हिंसा, छिमेकीबीचको झगडा, सम्बन्ध विच्छेद, जग्गा सम्बन्धी खिचलो, नक्सा स्वीकृति, फोहोरमैला व्यवस्थापनलगायतका विषयहरू प्रमुख थिए।
न्यायिक समितिका अनुसार, समुदायमा धेरै विवादहरू अदालतसम्म जानुअघि मेलमिलापको माध्यमबाट समाधान गर्नु अहिलेको आवश्यकता हो। मेलमिलाप शाखाको पहलमा धेरैजसो मुद्दाहरू वार्तामार्फत सहमतिमा पुर्याइएको छ। यस कार्यप्रणालीले अदालती प्रक्रिया र समय खर्च कम गर्नुका साथै सामाजिक सद्भाव कायम राख्न मद्दत पुर्याएको छ।
मेलमिलापको सफलता र व्यवहारमा चुनौती
सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले भनिन्, ‘हामीले न्यायिक प्रक्रियामा पारदर्शिता र तिव्रता ल्याउनका लागि विभिन्न पहलहरू गरेका छौं। हामीले न्यायिक समितिको संरचनामा सुधार गर्दै, सदस्यहरूको तालिम र क्षमता वृद्धिमा जोड दिएका छौं।’ फैसला भन्दा पनि मेलमिलाप गराउने अधिकार भएकोले धेरैजसो केशहरु मेलमिलाप गराएर पठाउने कार्य नगरपालिकाको मेलमिलाप शाखाले गराउँदै आएको उनले बताइन्।
‘हाम्रो शाखाबाट मेलमिलाप गराउदा फिडब्या धेरै राम्रो पाएका छौं तर कतिपय केशहरु मेलमिलाप गराइसकेपछि पनि व्यवहारमा लागु हुननसकेको अवस्थाहरु पनि छन्। जसले न्यायिक समितिलाई थप चुनौति थपेको र काम गर्न धेरै समस्या उत्पन्न हुने गरेको छ । “हाम्रो शाखामा आउने जतिपनि केशहरुछन् ति सबैलाई बिगार्न भन्दापनि मिलाउन हाम्रो सिंगोटिम लागिपरेकाछन्,’ उनले थप्दै भनिन्।
न्यायिक शाखाले निर्णय गरेको फैसलालाई नमारेर जिल्ला अदालत पुगेका कतिपय केशहरु जिल्ला अदालतले सदर गरेको छ। ‘त्यो हाम्रो शाखाको ठूलो उपलब्धि पनि हो,’ उनले भनिन्।
सिद्धार्थनगर नगरपालिकामा रहेको न्यायिक शाखाको तथ्याङक हेर्दा सबै भन्दा धेरै घर जग्गा सम्बन्धि विवादहरु दर्ता हुने गरेको नगरपालिकाको न्यायिक शाखाले जनाएको छ।
तथ्याङ्कीय समीक्षा
आर्थिक वर्ष २०७९/८० मा न्यायिक शाखामा ४६ मुद्दा दर्ता भएका थिए, जसमा ३३ वटा मुद्दा फछ्र्यौट भएका थिए भने १३ मुद्दा बाँकी रहेका थिए।
२०८०/८१ मा दर्ता भएका मुद्दा संख्या घटेर ४५ पुगेको थियो। तीमध्ये ३७ वटा मुद्दा फछ्र्यौट भएका थिए भने ८ मुद्दा बाँकी रहेका थिए।
अन्तिम वर्ष २०८१/८२ मा भने मुद्दा संख्या झनै घटेर २० मा सीमित भयो। तीमध्ये १६ मुद्दा फछ्र्यौट भए भने ४ मुद्दा बाँकी रहेका थिए।
तीनवर्षे औसतको तुलनामा २०८१/८२ मा मुद्दा दर्तामा करिब ६४.१८ प्रतिशत, सहमतिमा करिब ४६.६७ प्रतिशत र फैसलामा करिब ५० प्रतिशतले कमी आएको देखिएको छ। यसले मेलमिलाप प्रक्रियाको प्रभावकारिता र जनचेतनामा कमी देखाउने संकेत दिन सक्छ।
विषयगत र वडागत विश्लेषण
सिद्धार्थनगरमा सबैभन्दा धेरै घरजग्गा सम्बन्धी विवाद दर्ता हुने गरेका छन्। २०७९ देखि २०८१ सम्मका अवधिमा पारिवारिक झगडा, घरेलु हिंसा, झ्याल बन्द, नाली व्यवस्थापन, सम्बन्ध विच्छेद, छलकपट गरी जग्गा बिक्री, छिमेकी विवाद, फोहर फालिएकोलगायतका विषयहरू प्रमुख रूपमा उठाइएका थिए।
वडागत रूपमा हेर्दा, वडा नं. १, ६ र ८ बाट सबैभन्दा बढी विवाद दर्ता भएको देखिन्छ। महिला वादीको सहभागिता उल्लेखनीय रहेको छ। महिला वादीको संख्या २०७९/८० मा ६, २०८०/८१ मा ८, र २०८१/८२ मा पनि ६ रहेको थियो।
मेलमिलाप प्रयासहरू र परिणाम
समितिको मेलमिलाप शाखाले २०७९/८० मा ३४ मुद्दा छलफल गरी २२ मा सहमति र १५ मा फैसला गरेको थियो।
२०८०/८१ मा १२ वटा मुद्दा छलफल भई ८ मा सहमति भएको देखिन्छ।
घर नक्सा शाखामा ६ मुद्दा दर्ता भई ५ मा सहमति र १ मुद्दा अनुपस्थित रहन गएको हो। समग्रमा, न्यायिक शाखा र घर नक्सा शाखा मिलाएर १६ मुद्दामध्ये १३ सहमति, २ असहमति र १ अनुपस्थित रहेको देखिन्छ। अघिल्ला वर्षको औसतको तुलनामा मुद्दा ६४.१८ प्रतिशतले घटेको छ।
विवादका प्रमुख विषयहरू
न्यायिक शाखामा दर्ता भएका प्रमुख मुद्दाहरूमा निम्न विषयहरू समावेश थिएः
जग्गा विवाद र छिमेकीबीचको सिमाना झगडा
घरेलु हिंसा तथा पारिवारिक विवाद
विवाह, नागरिकता, जन्मदर्ता, शिक्षादर्ता
फोहोरमैला व्यवस्थापनसम्बन्धी गुनासा
छलकपट गरी जग्गा बिक्री
कुटपिट, गाली, वेइज्जतीका घटनाहरू
उपरोक्तमध्ये धेरैजसो मुद्दा मेलमिलापमार्फत सहमतिमा पुर्याइएका थिए, जसमा करिब ५० प्रतिशत मुद्दा आपसी समझदारीमा समाधान भएका हुन्।
महिला सहभागिता र नेतृत्वको प्रभाव
न्यायिक समितिको नेतृत्व महिलाले गर्ने कानुनी व्यवस्थाका कारण उप–प्रमुख उमा अधिकारीको अध्यक्षतामा समितिले काम गर्दै आएको छ। यसले महिलाको न्यायिक पहुँचलाई प्रभावकारी बनाएको छ। समितिमा आएका करिब ४० प्रतिशत मुद्दाहरू घरेलु हिंसा तथा पारिवारिक झगडासँग सम्बन्धित थिए, जसमा महिलाको भूमिका निर्णायक रह्यो।
महिलामैत्री सेवा प्रवाह सुनिश्चित गर्न गोप्य उजुरी प्रणाली, महिला मेलमिलापकर्ता र विशेष सहायता कक्ष स्थापना गर्ने पहल गरिएको छ।
तालिम तथा क्षमता अभिवृद्धि
मेलमिलापकर्ताको क्षमता अभिवृद्धिका लागि ३ दिने पुनर्ताजगी तालिम सञ्चालन गरिएको थियो। तालिममा ४३ जना मेलमिलापकर्ताहरू सहभागी थिए। तालिममा विवाद समाधानको प्रक्रिया, कानुनी धाराहरूको जानकारी, लैङ्गिक समावेशिता र संवाद कौशलमा केन्द्रीत प्रशिक्षण दिइएको थियो।
स्थानीय नागरिकको धारणा
वडानम्बर १ का एक बासिन्दाले भने, ‘पहिले झगडा हुँदा प्रहरीकहाँ जानुपथ्र्यो, अब नगरपालिकामै समाधान पाइन्छ, जसले समय, खर्च र तनाव सबै घटेको छ।’
यस्तै वडानम्बर ६ का अर्का बासिन्दा भन्छन्, ‘मेलमिलापले हामीबीचको दुरी घटाएको छ । अदालत जानुभन्दा पहिले गाउँमै कुरा मिलाउनु राम्रो भन्ने बुझाइ बनेको छ।’
समन्वय र सहकार्यको प्रभाव
नगरपालिकाको न्यायिक समितिले वडा कार्यालय, महिला तथा बालबालिका शाखा, कानुनी सहायता केन्द्र, स्थानीय अगुवा तथा जिल्ला अदालतसँग नियमित समन्वय गर्दै आएको छ। अदालतबाट समितिको केही फैसलाहरू सदर हुनु समितिको कानुनी विश्वासिलोपनको प्रमाण हो।
सुधार आवश्यक क्षेत्रहरू
यद्यपि समितिको कार्यप्रणाली सकारात्मक रहेको छ, केही सुधार आवश्यक क्षेत्रहरू उल्लेखनीय छन्।
अभिलेखीकरणमा अपूर्णता र असंगठित फाइलिङ प्रणाली
पेशेवर कानुनी सल्लाहको अभाव
सहमति कार्यान्वयनको कमजोर ट्र्याकिङ
मेलमिलापपछि पुनःउत्पन्न हुने विवादहरूमा कमजोरी
आगामी योजना र प्राथमिकताहरू
न्यायिक समितिले २०८२/८३ सालका लागि निम्न प्राथमिकताहरू तय गरेको छ ।
स्थायी मेलमिलाप कक्ष सबै १३ वडामा स्थापना
विद्यालयस्तरमा कानुनी साक्षरताको पाठ्यक्रम समावेश गर्ने पहल
महिलामैत्री गोप्य उजुरी प्रणाली कार्यान्वयन
नियमित अनुगमन तथा मूल्यांकन प्रणालीको विकास
सिद्धार्थनगर नगरपालिकाको न्यायिक समितिले तीन वर्षको अवधिमा पारदर्शी, समावेशी, पहुँचयुक्त र समाधानमुखी न्याय सेवा प्रवाह गर्दै स्थानीय तहमा न्यायिक शासन प्रणालीको सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याएको छ।
मेलमिलाप, कानुनी साक्षरता, महिला सहभागिता र स्थानीय समन्वयको सशक्त मिसालका रूपमा सिद्धार्थनगरको यो अभ्यास अन्य स्थानीय तहका लागि पनि उदाहरणीय बन्न सक्छ।
सामाग्री श्रोत :
सिद्धार्थनगर नगरपालिका : तीन वर्षमा विवाद समाधानमा ऐतिहासिक सफलता

काठमाडौं। राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले शिक्षा विधेयक संसद्का दुवै सदनबाट छिटो प्रक्रिया अपनाइ पारित गर्न सकिने धारणा राखेकी छन्।
लियो क्लब डिस्ट्रीक्ट ३२५ इ को तेस्रो जिल्ला परिषद् बैठक र तेस्रो वार्षिक जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उपाध्यक्ष घिमिरले सरकारसँगको सहमतिअनुसार नै छिटो प्रक्रियाबाट विधेयक सदनबाट पारित गर्न सकिने बताएकी हुन्।
‘एक महिनादेखि आन्दोलनरत शिक्षक र सरकारबीच बुधबार राति प्रतिनिधिसभाबाट आगामी असार १५ मा शिक्षा विधेयक पारित गर्ने सहमति भएको छ’, उपाध्यक्ष घिमिरले भनिन्, ‘प्रतिनिधिसभाबाट पारित भएको विधेयकलाई दलहरुको सहमतिमा राष्ट्रियसभाले छिटो प्रक्रियाबाट पारित गर्न सकिन्छ।’
उनले महत्वपूर्ण विधेयक पारित भएर कानुन बन्न नसक्दा संघीय व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएको उल्लेख गरेकी छन्। उनले भनिन्, ‘प्रतिनिधिसभाले शिक्षा र निजामतिलगायका विधेयक पारित गर्नका लागि शनिबार र बिदाका दिन बाहेकका सबै दिन संसद् सञ्चालन गर्ने सहमति गरिसकेको छ, प्रतिनिधिसभाबाट पारित भएर आएका विधेयकहरु राष्ट्रियसभामा लामो समय अड्काउने काम गरेका छैनौँ।’
उपाध्यक्ष घिमिरेले नेपाली युवालाई सबल प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै राज्यका हरेक अङ्गमा सार्थक सहभागिता सुनिश्चित गराउने र नेपाललाई आधुनिक न्यायपूर्ण तथा समृद्ध राष्ट्र बनाउने कुरामा पनि युवाहरुले महत्वपूर्ण भूमिका खेल्न आग्रह गरिन्।
युवा वर्गको क्रियाशीलताबाट नै राष्ट्र निर्माणका हरेक क्षेत्रमा सकारात्मक परिवर्तन सम्भव भएकाले युवा वर्गले सदैव कर्मशील सोचबाट अघि बढ्न सक्नुपर्ने उनको भनाइ थियो।
सामाग्री श्रोत :
शिक्षा विधेयक छिटो प्रक्रियाबाट पारित गर्न सकिन्छः उपाध्यक्ष घिमिरे









