२०८३ बैशाख २९ मंगलवार
२०८३ बैशाख २९ मंगलवार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले साइबर सुरक्षा, डेटा सुरक्षा र एप डेभलपमेन्टलाई सुदृढ गर्दै सम्बन्धित प्रणालीलाई समयानुकूल तवरले अघि बढाउने सरकारको नीति रहेको बताएका छन् । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले उक्त कुरा उल्लेख गरेका हुन् ।

नीति तथा कार्यक्रममा बौद्धिक सम्पत्ति, नवप्रवर्तन र अनुसन्धानलाई परम्परागत ज्ञान, सीप र समुदायसँग जोड्ने नीति लिइने राष्ट्रपति पौडेलले बताए । उनले भने, “बौद्धिक सम्पत्ति, नवप्रवर्तन र अनुसन्धानलाई परम्परागत ज्ञान र सीप र समुदायसँग जोडिनेछ ।”

यस्तै वैज्ञानिक जनशक्ति उत्पादन र अनुसन्धानलाई संस्थागत गर्न संघ, प्रदेश, स्थानीय तह र निजी शैक्षिक संस्थाबीच समन्वय गरिने कुरा पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । राष्ट्रपति पौडेलले बताए अनुसार यस समन्वयमार्फत वैज्ञानिक जनशक्ति उत्पादन र अनुसन्धानलाई प्रभावकारी बनाइनेछ ।

साथै विकिरण उत्सर्जन गर्ने रेडियोधर्मी स्रोतहरू र सम्बन्धित अभ्यास, क्रियाकलाप तथा संयन्त्रको नियमित अनुगमन गर्ने व्यवस्था मिलाइने पनि राष्ट्रपति पौडेलले आफ्नो सम्बोधनमा उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १६:२७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही वैशाख २३ र २४ गते सचिवालय बैठक आह्वान गरेको छ।

बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजना गरिएको बैठकमा केन्द्रीय कमिटीले गरेका निर्णय कार्यान्वनका विषयमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीबाट प्राप्त सुझावअनुसार विभागलाई पूर्णता तथा नेताहरूको जिम्मेवारी हेरफेर, आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा छलफल हुने पार्टी उपाध्यक्ष एवं केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।

उनका अनुसार आगामी आर्थिक वर्षका लागि सरकारद्वारा सार्वजनिक गरिएको नीति तथा कार्यक्रम र बजेटमा पार्टीको तर्फबाट सुझाव दिने, नेता तथा कार्यकर्तालाई राजनीतिक प्रशिक्षण, संसद्को चालु अधिवेशनमा पार्टीको भूमिकालगायत विषयमा छलफल गरिने छ।

बैठकले समसामयिक राजनीतिक घटनाक्रम, सरकारमा पार्टीको भूमिका, समाजवादी कार्यक्रम, सांगठनिक कार्यक्रम, पार्टीले देशभर सञ्चालन गरेको राजनीतिक अभियानको समीक्षा गरी नयाँ चरणको कार्यक्रम तय गर्ने ज्वालाले उल्लेख गरे।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बस्ने बैठकले जनवर्गीय संगठनका कार्यप्रगति साथै महासचिव घनश्याम भुसालको नेतृत्वमा गठित कार्यदलले गरेका कामको समीक्षा हुनेछ। पार्टीले आर्थिक विकास सुशासन तथा सामाजिक रुपान्तरणका लागि देशभर अभियान सञ्चालन गर्दै आएको छ।


सामाग्री श्रोत :

एकीकृत समाजवादीद्वारा सचिवालय बैठक आह्वान

काठमाडौँ । सरकारले ‘एक स्थानीय तह एक स्मार्ट हुलाक’ योजना अगाडि सारेको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले ‘एक स्थानीय तह एक स्मार्ट हुलाक’​ नीति लिएको बताएका हुन् ।

हुलाक सेवाका पूर्वाधारलाई व्यवस्थित गर्दै कार्य क्षेत्र बढाउने काम सरकारले गर्ने उनले बताएका छन् । राष्ट्रपति पौडेलले भने, “हुलाकको सेवा प्रवाहलाई आधुनिकीकरण र व्यावसायीकरण गर्ने काम गरिनेछ ।”

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १६:३५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। शिक्षकको आन्दोलनका कारण बन्द भएका विद्यालय आजदेखि नियमित रूपमा सञ्चालनमा आएका छन्। बुधबार सरकार र आन्दोलनरत शिक्षक महासंघबीच सहमति भएपछि लामो समयदेखि बन्द भएका विद्यालय क्रमशः खुलेका छन्।

विद्यालय खुलेसँगै भर्ना अभियान पनि सुरू भएको छ। विश्व निकेतन मावि त्रिपुरेश्वरका प्रधानाध्यापक हेरम्बराज कँडेलका अनुसार आजदेखि नियमित पठनपाठन सुरू भएको छ। उनले शनिबार र बिदाको दिन पनि नियमित रूपमा विद्यालय सञ्चालन गर्ने र अवरूद्ध भएको शैक्षिक कार्यक्रमलाई गति दिने जानकारी दिए।

बिहीबार विश्व मजदुर दिवसको दिन पनि कक्षा ११ को पठनपाठन गरिएको उल्लेख गर्दै उनले आजदेखि भने कक्षा १ देखि १० सम्म नियमित भएको बताए। सो विद्यालयले प्रवेश परीक्षामार्फत छ सय जना नयाँ विद्यार्थी भर्ना गरेको छ । प्रवेश परीक्षामा दुई हजार ७०० विद्यार्थी सहभागी भएका थिए।

‘हामी विद्यार्थी र अभिभावकप्रति जिम्मेवार छौँ, संवेदनशील पनि छौँ। सार्वजनिक बिदाको दिनमा पनि कक्षा सञ्चालन गरेर शैक्षिक कार्यक्रम समयमै सम्पन्न गर्छौँ’, कँडेलले भने।

त्यस्तै, कक्षा १२ को परीक्षा यही वैशाख २१ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तयारीको काम चलिरहेको र शनिबारसम्म सबै काम सम्पन्न हुने जनाएको छ। शिक्षकको आन्दोलनका कारण यही वैशाख ११ गतेदेखि हुने भनिएको परीक्षा सरेको थियो।


सामाग्री श्रोत :

खुले सामुदायिक विद्यालय, भर्ना अभियान र पठनपठान सुरू

 

काठमाडौं । सरकारले नागरिक एपमा बाल हेल्पलाइन सेवा थप गर्ने भएको छ । शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले नागरिक एपलाई थप प्रभावकारी बनाउन यो सेवा थप गर्ने बताएका हुन् ।  

“बाल हेल्पलाइन सेवालाई नागरिक एपसँग जोडिनेछ,” राष्ट्रपति पौडेलले बताए ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १६:४०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। नेकपा (एमाले) को संसदीय दलको बैठक शनिबारका लागि आह्वान गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार १ः०० बजे बस्ने गरी दलको बैठक बस्ने तय भएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।

संसदीय दलको बैठकमा राष्ट्रपतिले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल गर्ने कार्यक्रम छ। यस्तै, संसद्मा दलका तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने मुख्य सचेतक बर्तौलाले जानकारी दिए।


सामाग्री श्रोत :

एमाले संसदीय दलको बैठक शनिबार

काठमाडौं । सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास र नैतिक प्रयोगका लागि संस्थागत र कानूनी आधार तयार गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।

राष्ट्रपति पौडेलले एआईको विकासलाई व्यवस्थित गर्न र यसको प्रयोग नैतिक र जिम्मेवारपूर्ण बनाउन आवश्यक कानूनी तथा संस्थागत संरचना निर्माण गरिने बताए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले सूचना प्रविधिको क्षेत्रमा नवीनतम प्रविधिको विकास र विस्तारका लागि डिजिटल इकोसिस्टम निर्माण गरिने कुरा पनि उल्लेख गरे । साथै डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनलाई थप प्रभावकारी बनाइने पनि उनले बताएका छन् ।

सञ्चार र निगरानी क्षमतामा वृद्धि गर्न नेपालको आफ्नै भूउपग्रह सञ्चालनको आधार तयार गरिने योजना रहेको राष्ट्रपति पौडेलले बताए । उहाँले अति संवेदनशील सूचना प्रविधिको सुरक्षा र निरन्तरताको सुनिश्चितता गर्दै सुरक्षित साइबर स्पेस निर्माण गरिनेमा जोड दिए । त्यसैगरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवर्द्धन गर्न सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित बनाउन प्रभावकारी नियमन गरिने विषय पनि नीति तथा कार्यक्रममा समेटिएको उनले जानकारी दिए ।

राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले आगामी आर्थिक वर्षमा सूचना प्रविधि र डिजिटल पूर्वाधार विकासमा सरकारको प्राथमिकतालाई जोड दिएको देखिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १७:३०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। सांगीतिक रियालिटी टिभी शो ‘भ्वाइस अफ नेपाल’को छैटौं सिजनको उपाधि प्रशेष पाण्डेले जितेका छन्।

शुक्रबार राती भएको ग्राण्ड फिनालेमा खेम सेन्चुरीको समूहका प्रतिस्पर्धी धादिङका पाण्डे विजेता घोषित भएका हुन्। उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद २० लाख रूपैयाँसहित द भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि जिते।

कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित भए भने कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप घोषित भए। यस्तै कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धी गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन्।


सामाग्री श्रोत :

प्रशेष पाण्डेले जिते ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि

काठमाडौं– भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले तीन दिनको नेपाल भ्रमणमा प्रधानमन्त्री, तीन पूर्वप्रधानमन्त्रीसहित १९ जनासँग भेटेर शुक्रबार फर्किएका छन् । उनले संसद‍्भित्रका कांग्रेस, एमाले, माओवादी, रास्वपा, लोसपा र जनमत पार्टीका नेतृत्व र दोस्रो तहका नेताहरूसँग अलग–अलग भेट गरे ।

बुधबार काठमाडौं ओर्लिएका उनले प्रधानमन्त्री केपीशर्मा ओली, पूर्व प्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई भेटेका थिए ।

Ncell 2
Ncell 2

शुक्रबार काठमाडौं छाड्नु पूर्व उनले एमालेका महासचिव शंकर पोखरले, एमाले नेता उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग छुट्टा छुट्टै भेटेका छन् । त्यस्तै, माओवादीका उपमहासचिव वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र उपाध्यक्ष स्वर्णिम वाग्लेलाई पनि दिल्ली उड्नु पूर्व उनले भेटे ।

shivam cement
shivam cement

यसअघि कांग्रेस नेताहरू शेखर कोइराला, गगन थापा, प्रकाश शरण महत, एनपी साउद र उदयशमशेर राणा त्यस्तै गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु देउवा राणालाई उनले भेटेका थिए । माओवादी नेता जनार्दन शर्मालाई पनि उनले छुट्टै भेटे ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पनि उनले भेटेका हुन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । सरकारले ‘हेलो सरकार’ मार्फत आउने नागरिकका गुनासाको शीघ्र सम्बोधन गर्न विशेष ‘र्‍यापिड रेस्पोन्स टिम’ बनाउने योजना अघि सारेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारको यस्तो योजना रहेको बताए ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति पौडेलले सार्वजनिक सेवा प्रवाहलाई सरल र सहज बनाउँदै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले निरन्तर सूक्ष्म निगरानी गर्ने उल्लेख गरे । “हेलो सरकारमार्फत प्राप्त गुनासाहरूको शीघ्र सम्बोधनका लागि र्‍यापिड रेस्पोन्स टिम परिचालन गरिनेछ,” राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ ।

यो टिमको परिचालनले नागरिकका समस्या र गुनासाहरूलाई तत्काल सम्बोधन गरी सरकारी सेवालाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास सरकारले लिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८२ १७:४०





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट