२०८३ बैशाख २९ मंगलवार
LATEST NEWS
२०८३ बैशाख २९ मंगलवार

काठमाडौँ । गुगलको एआई रिसर्च असिस्टेन्ट ‘नोटबुकएलएम’ अब मोबाइल एपमा पनि चलाउन सकिने भएको छ । एप स्टोरमा देखिएको विवरणअनुसार यो एप एन्ड्रोइड र आईओएस दुवैका लागि आउँदो मे २० देखि उपलब्ध हुने बताइएको छ । अहिलेका लागि प्रयोगकर्ताले एपको प्रि-अर्डर वा प्रि-रजिस्ट्रेसन गर्नसक्ने सुविधा पाएका छन् ।

सन् २०२३ मा सार्वजनिक भएको यो एआई-आधारित नोट लिने तथा अनुसन्धान सहयोगी सेवा हालसम्म डेस्कटपमा मात्र चल्ने गरिन्थ्यो । अब गुगलले यो सेवा मोबाइल, आईप्याड र ट्याब्लेट प्रयोगकर्ताका लागि पनि उपलब्ध गराउने तयारी गरेको हो ।

विद्यार्थी, प्रोफेसनल र अनुसन्धानकर्तालाई सहयोग गर्न बनाइएको यस एपले स्मार्ट समरी र डकुमेन्टमा आधारित प्रश्नोत्तर जस्ता सुविधा दिन्छ । यसले प्रयोगकर्ताले बुझ्न कठिन हुने सामग्रीलाई सजिलो बनाउन सहयोग पुर्‍याउँछ । साथै, ‘अडियो ओभरभ्यु’ नामक सुविधा प्रयोग गरी उपयोगकर्ताले एआईबाट पडकास्ट जस्तै अडियो सामग्री पनि तयार गर्न सक्छन् ।

मोबाइल एपमार्फत प्रयोगकर्ताले नयाँ नोटबुक बनाउन, पहिले बनाइसकेको हेर्न र नयाँ सामग्री अपलोड गर्न सक्नेछन् । अघिल्लो सामग्री पनि सजिलै हेर्न सकिनेछ । साथै, पहिले बनाइएको अडियो ओभरभ्यु पनि मोबाइलमै सुन्न सकिनेछ ।

आउँदो मे २० देखि गुगलको वार्षिक सम्मेलन गुगल आई/ओ सुरु हुनेछ । सम्मेलनको पहिलो दिन नै ‘नोटबुकएलएम’ को मोबाइल एप सार्वजनिक गर्न लागेको हो । सम्भवतः गुगलले त्यही दिन यसबारे थप जानकारी सार्वजनिक गर्नेछ ।

यदि तपाईंले अहिले नै एप्पल एपस्टोर वा गुगल प्ले स्टोरमा प्रि-रजिस्टर गर्नुभयो भने मे २० मा तपाईंको फोनमा एप  स्वचालित रूपमा डाउनलोड हुनेछ ।

-टेकक्रन्चको सहयोगमा

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८२ १७:३२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादको आधार तयार पारेर मात्रै यो दुनियाँबाट बिदा हुने संकल्प आफूले लिएको बताएका छन्।

दक्षिणकाली नगर समितिको चौथो नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।

पछिल्लो पटक पार्टीले आयोजना गरेको तराई–मधेश जागरण अभियानबाट आफूलाई अझै उत्साह थपिएको बताउँदै संगठन निर्माणका लागि पार्टी पंक्तिलाई निर्देशन दिए।

Ncell 2
Ncell 2

‘सुशासन सामाजिक न्याय र आर्थिक न्याका लागि एकपटक सबैले दृढ संकल्पका साथ संगठन निर्माण, विस्तारको आवश्यकता छ,’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘जसरी म अहिले ७१ वर्ष भए पनि नयाँ क्रान्तिको नेतृत्व गर्ने र समाजवादको आधार तयार पारेर मात्रै यो दुनियाँबाट जाने संकल्पमा छु। तपाईंहरूले पनि यो आँट गर्नुभयो भने यो देशको राजनीतिक रंगमञ्च बदल्न सक्नुहुनेछ।’

साथै, उनले आफूहरूको अपेक्षाभन्दा धेरै उपलब्धि अभियानबाट प्राप्त भएको दाबी गरे। प्रचण्डका अनुसार, करोड भन्दा बढी जनतासँग यो अभियानका क्रममा संवाद पार्टीका नेताहरूले गरेका छन्।

shivam cement
shivam cement

‘हामीले पार्टी केन्द्रको बैठकमा समीक्षा गर्‍यौं र अभियान चलायौं। झण्डै दुई महिना लाग्यो हामीलाई तराइ मधेश जागरण अभियान सक्नका लागि। हाम्रो अपेक्षाभन्दा धेरै भयो,’ प्रचण्डले भने, ‘हजारौं होइन, लाखौं होइन झण्डै एक करोड जनतासँग संवाद गर्दै गयौं। कञ्चनपुरसम्म पुग्दा यो अभियान माओवादी केन्द्रको मात्रै नभइ राष्ट्रिय अभियान बन्न पुग्यो।’

भ्रष्टाचार विरोधी अभियानका विषयमा आफू सरकारमा हुँदा नेपालको इतिहासमै नभएको रेकर्ड ब्रेक हुनेगरी आफूले काम गरेको प्रचण्डको जिकिर थियो।

त्यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध सुधारका विषयमा पनि आफू नेतृत्वको सरकारले महत्त्वपूर्ण काम गरेको प्रचण्डको भनाइ छ।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै आज उहाँले सत्य, न्याय र अभिव्यक्तिको पक्षमा कलम चलाउने सम्पूर्ण सञ्चारकर्मी, मिडिया संस्थाहरू तथा अभिव्यक्ति स्वतन्त्रतामा विश्वास गर्ने प्रत्येक चेतनशील नागरिकप्रति हार्दिक सम्मानसहित शुभकामना व्यक्त गरे।

‘‘स्वतन्त्र प्रेस’ शब्द मात्र होइन, यो लोकतन्त्रको आत्मा हो–जहाँ सत्य बोल्ने अधिकार हुन्छ, त्यहाँ जनता सबल हुन्छन्, कलम बन्दुकभन्दा बलियो हुन्छ’, प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘आवाजहरू नथुनिऊन्, कलमहरू नथाकून् र खबरहरू तथ्यको उज्यालो मार्गमा हिँडिरहून्।’

आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालसहित विश्वभरि नै मनाइँदैछ। सन् १९९१ मा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहोकमा भएको पत्रकारहरूको सम्मेलनले प्रेस स्वतन्त्रताको पक्षमा घोषणा–पत्र जारी गरेको थियो । योसँगै संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले सन् १९९३ देखि प्रत्येक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन राखेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि विश्वभर यो दिवस मनाउन सुरु भएको हो।


सामाग्री श्रोत :

आवाज नथुनिऊन्, कलम नथाकून्ः प्रधानमन्त्री ओली

काठमाडौँ । डेटिङ एप रअ (RAW) मा सुरक्षा कमजोरीका कारण लाखौँ प्रयोगकर्ताको निजी विवरण सार्वजनिक भएको खुलासा भएको छ । टेकक्रन्चले गरेको अनुसन्धानमा एपमा रहेको सुरक्षा त्रुटिका कारण प्रयोगकर्ताको नाम, जन्ममिति, यौन तथा डेटिङ प्राथमिकता, वास्तविक समयको ठेगाना जस्ता संवेदनशील जानकारी इन्टरनेटमा सजिलै पहुँच हुनेगरी बाहिरिएको भेटिएको हो ।

एपमा देखिएको लापरवाहीका कारण प्रयोगकर्ताको लोकेसन वा घर कुन गल्लीमा पर्छ भन्ने समेत सहजै पत्ता लगाउन सकिने अवस्था रहेको टेकक्रन्चको दाबी छ । 

२०२३ मा सार्वजनिक भएको रअ (RAW)ले प्रयोगकर्ताबिचको अन्तर्क्रियालाई साँचो बनाउने दाबी गर्दै दैनिक सेल्फी अनिवार्य गर्ने सुविधा ल्याएको थियो । हालसम्म पाँच लाखभन्दा बढी पटक गुगल प्ले स्टोरबाट डाउनलोड भइसकेको यस एपले प्रयोगकर्ताको व्यक्तिगत गोपनीयताको गम्भीर उल्लंघन गरेको रिपोर्टमा उल्लेख छ ।

यसै साता कम्पनीले आफ्नो नयाँ हार्डवेयर ‘Raw Ring’ सार्वजनिक गर्ने घोषणा गरेको थियो । जसले पार्टनरको मुटुको धड्कन लगायतका डेटा एआईको माध्यमबाट विश्लेषण गरी धोका पत्ता लगाउने दाबी गरिएको छ ।

कम्पनीको वेबसाइट र गोपनीयता नीतिमा एपले इन्ड-टु-इन्ड इन्क्रिप्सन (end-to-end encryption) प्रयोग गर्ने उल्लेख गरिए पनि आफ्नो परीक्षणमा उक्त दाबी पुष्टि हुन नसकेको टेकक्रन्चले उल्लेख गरेको छ । रअ (RAW) एपबाट आएको डेटा कुनै पनि पासवर्ड वा भेरिफिकेसन बिना वेब ब्राउजरमै हेर्न सकिने अवस्था थियो ।

सुरक्षा कमजोरीबारे जानकारी दिएपछि कम्पनीले उक्त त्रुटि सच्याएको जनाएको छ । रअकी सहसंस्थापक मरीना एन्डरसनले भनेकी छन्, “हामीले सबै जोखिमयुक्त डेटा इन्डपोइन्ट सुरक्षित गरिसकेका छौँ र भविष्यमा यस्ता समस्या नदोहोरिउन् भन्ने उद्देश्यले थप सुरक्षाका उपायहरू लागु गरेका छौँ ।”

तर कम्पनीले प्रयोगकर्तालाई आफ्ना विवरण सार्वजनिक भएकोबारे सिधै जानकारी दिएको छैन । कम्पनीले नियामक निकायलाई प्रतिवेदन बुझाउने मात्र बताएको छ ।

सुरक्षा विश्लेषकहरूका अनुसार एपमा देखिएको समस्या IDOR (Insecure Direct Object Reference) भनिने त्रुटिका कारण हो । यसअन्तर्गत कुनै पनि प्रयोगकर्ताले अरू प्रयोगकर्ताको निजी जानकारीसम्म सजिलै पहुँच पाउन सक्छ ।

अहिले भने कम्पनीले सुरक्षा कमजोरी सच्याइसकेको र सार्वजनिक भएको सर्भर अब प्रयोगकर्ताको डेटा फिर्ता नदिने भएको टेकक्रन्चले उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८२ १६:२१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले एमालेसँग एकता हुँदैछ भनेर चलेको हल्लाको कुनै सत्यता नभएको बताएका छन् ।

पार्टी निकट आदिवासी जनजाति महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई शनिबार सम्बोधन गर्दै उनले एमाले अध्यक्ष ओलीले संसद विघटन गर्ने काम अपराध थियो भनेर माफी नमागेसम्म एकता हुन नसक्ने बताए ।

Ncell 2
Ncell 2

उनले भने, ‘जुन कारणले हामीले विद्रोह गरेर आयौं, त्यो कारण भनेको के हो भन्दा कम्युनिष्ट पार्टीको अध्यक्षले पार्टीमा विनाकारण कुनै सरसल्लाह नगरी संसद विघटन गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई धराशायी बनाउने जुन अपराध गर्‍यो, त्यो अपराधको केपी ओलीले माफी नमागेसम्म हाम्रो बीचमा एकता हुँदैन, कहिल्यै एकता हुँदैन ।’

shivam cement
shivam cement

बजेट बनाउने बेलामा सुझाव लिएर प्रधानमन्त्रीकहाँ गएको तर त्यसलाई तोडमोड गरेर केहीले माधव नेपालको मिलन हुने भयो भन्दै प्रचार गरेको उनको भनाइ छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । देशका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला परेको छ।

नवलपरासी पश्चिमको सुनवल नगरपालिका-६ बिसासयस्थित सार्वजनिक पोखरीमा सोही नगरपालिका-६ पुलटोल बस्ने बिष्णु कुँवरको छोराहरू ८ वर्षीय दिप्सन कुँवर र १० वर्षीय बिसन कुँवर शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

बर्दियाको गुलरिया नगरपालिका-८ कोठियास्थित भादा नदीमा पहिचान नखुलेका अन्दाजी ३८ वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।


सामाग्री श्रोत :

दुई जनाको शव फेला

काठमाडौँ । नेपाल सरकारले स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई अनुसन्धान संस्थामा आबद्ध गराउने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नयाँ आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममा उक्त योजना समेटिएको हो ।

‘कमाउँदै-पढ्दै’ नीतिअन्तर्गत विद्यार्थीहरूलाई बढीमा हप्तामा २० घण्टा काम गर्न पाउने व्यवस्था पनि गरिने भएको छ । उनीहरूलाई न्यूनतम ज्यालासहित रोजगारी दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै, स्थानीय तहदेखि केन्द्रसम्मका सरकारी सेवा क्षेत्रमा इन्टर्न प्रयोग गर्ने योजना पनि ल्याइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८२ १४:७





सामाग्री श्रोत :
टेक पाना

रुघाखोकीमौसम परिवर्तन हुँदा धेरै देखिने तथाजुनसुकै मौसममापनि देखिने सदावहार रोग नै हो। 

एलर्जी हुँदा कतिपयलाई रुघाखोकी लागि रहने हुन्छ । धुँलोधुवा तथा चिसोका कारण कतिपयलाई रुघाखोकी लागि रहन्छ । रुघाखोकीको कारण ज्वरो नआएमा त्यसलाई घरेलु उपचारबाट नै निको पार्न सकिन्छ। 

घरेलु उपचारका लागि धेरै पैसा खर्च गर्नुपर्दैन। यसले रोग प्रतिरोधी क्षमता समेत बढाउन सहयोग हुन्छ। 

रुघाखोकीमा घरेलु उपचार 

मौसम परिवर्तनसँगै धेरै देखिने समस्यामा रुघाखोकी पर्छ। मौसम परिवर्तन सँगै हाच्छ्यु आउने, चिसो लाग्ने,नाक बन्दहुने लगायतका समस्याहरु आइरहेका हुन्छन्। यस्तो अवस्थामाघरेलु उपचार गरेमात्यसले शरीरलाई नकारात्मक असर पर्नबाट जोगाउँछ। 

अदुवा र मह 
अदुवालाई पानीमाउमालेर महसँग खाँदा त्यसले रुघाखोकीको समस्यालाई कम गर्न सक्छ। यो रुघाखोकीको लागिनिकै प्रभावकारी समेत हुन्छ। 

तुलसी चिया
तुलसीको पातलाई राम्रोसँग पखालेर त्यसको चिया बनाएर पिउँदा पनि रुघा निको हुन सक्छ । यो पनि रुघाको निदानका लागि प्रभावकारी घरेलु उपचारमा पर्छ। 

दूध बेसार 
दूधलाई राम्रोसँग उमालेर बेसार मिलाएर खाएमापनि रुघाखोकीनिको बनाउनकालागि सहयोग पुग्नसक्छ। 

तातो पानीको बाफ
रुघा लागेको समयमा तातो पानीको बाफ लिएर घरमै निको बनाउन सकिन्छ। यो पनि रुघाको निदानमाप्रभावकारी उपचार हो। 

कतिपय अवस्थामा रुघाको लक्षणका आधारमायसको उपचार गर्नुपर्ने हुन्छ। 

रुघासँगै खोकी भएमा के गर्ने ?
रुघासँगै खोकीपनिभएको अवस्थामा खोकीको प्रकृतिअनुसार उपचार गर्नुपर्छ । रुघा सँगै खोकीभएमा जेठीमधुको पाउडरको चिया बनाएर पिउनु लाभदायक हुन्छ । 

यदि हाम्रो चिप्लो चिप्लो तथा सेतो प्रकृतिको कफआउने खोकी भएमा अदुवाको रसमा मह मिसाएर प्रयोग गर्नु तथा तुलसीको रस पनि फाइदाजनक हुन्छ। 

त्यस्तै ज्वरो सहितपहेलों प्रकृतिको रुघा छ भने त्यसका लागि भिन्न प्रकारको जडिबुटीको प्रयोग गरिन्छ । त्यसकारण कस्तो प्रकारको रुघा छ त्यहीअनुसारको उपचार गर्नुपर्ने हुन्छ। 

खानपान कस्तो हुनुपर्छ ?
सामान्यतया रुघाको समयमा शरीरलाई न्यानो गर्ने खानपान शैलीअपनाउनुपर्ने हुन्छ । यतिबेला शरीरमा रोग प्रतिरोधीक्षमताको विकास गर्ने खालका खानेकुराको सेवन गर्नुपर्छ। 

मौसम परिवर्तनसँगै बढी जस्तो चिसो मौसममा रुघाखोकी लाग्छ । यतिबेला पौष्टिक तत्व भएका खानेकुराको सेवन जरुरी हुन्छ । सकेसम्म प्रदुषणबाट बच्ने तथा नाकको सरसफाईमा पनि ध्यान दिनआवश्यक हुन्छ। 

घरमै बनाएको तथा झोलिलो खानेकुराको सेवनले रुघालाई निको बनाउन सहयोग गर्छ। 

कतिबेला चिकित्सकीय परामर्शमा जाने ?

रुघाखोकी सहित ज्वरो पनिआएको वा खोकी एकदमै भएको अवस्थामाभने तुरुन्तै चिकित्सकको परामर्शमा जानुपर्ने हुन्छ । सामान्यतया ३ देखि ७दिनसम्म पनि रुघाखोकी निको नभएमा चिकित्सकको परामर्श अनिवार्य मानिन्छ । त्यस्तै एकदमै ज्वरो आएमा, श्वासप्रश्वासमा समस्या भएमा पनि तुरुन्तै अस्पताल जानुपर्छ। 

सकेसम्म जीवनशैलीलाई स्वस्थ बनाउन सकेमा शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन्छ।

जसका लागि खानपानमा विशेष ध्यान दिन जरुरी हुन्छ । 
शरीरमा रहेका विषाक्त पदार्थहरुलाई बाहिर निकाल्नका लागि समय समयमा रुघा लाग्नु राम्रो मानिन्छ । जसले शरीरको प्रतिरक्षा प्रणालीलाई समेत राम्रो बनाउन सक्छ । 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानजनक र लाभदायी अन्तर्राष्ट्रिय सम्बन्ध बनाएर अगाडि बढ्ने बताएका छन्। शनिबार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। 

नेपालले युएनलाई आत्मसात् गरेर अन्तर्राष्ट्रिय नीति अगाडि बढाउनेसमेत प्रधानमन्त्री ओलीले बताए। युएनको बडापत्र, मानवअधिकार घोषणापत्र, समानता तथा राष्ट्रिय हितका लागि अन्तर्राष्ट्रिय सम्झौताहरूलाई आत्मसात् गर्ने उनले बताए। राष्ट्रिय हितलाई केन्द्रमा राखेर सबैसँग समान सम्बन्ध राख्ने उल्लेख गर्दै उनले भने, ‘हाम्रा बाहिरी र आन्तरिक नीतिहरू सुस्पष्ट र सही छन्।’

नेपालले असंलग्न परराष्ट्र नीति अँगाल्दै आएको बताउँदै उनले असंलग्न आन्दोलनका सिद्धान्तहरूलाई मानेर अगाडि बढिरहेको पनि बताए। उनले भने, ‘हाम्रो कसैप्रति झुकाव हुँदैन, हामी कसैसँग संलग्न हुँदैनौ, हामी कुनै सैन्य गठबन्धनमा सामेल हुँदैनौ।’

Ncell 2
Ncell 2

एमाले संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले वादविवाद वा कुनै पनि प्रकारको तनाव भएमा कसैप्रति ढल्किने भन्दा तटस्थ ढङ्गले वार्ताद्वारा समस्याको समाधान होस् भन्ने ढङ्गले अगाडि बढ्ने आकाङ्क्षा राखेको बताए।  ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ भन्ने नेपालको नीति रहेको बताउँदै प्रधानमन्त्री ओलीले यी सबै कुरामा आफ्नो पार्टी स्पष्ट रहेको बताए। उनले भने, ‘हाम्रो अधार पोलिसी यिनै हुन्।’

अहिले कसैको तनावमा सामेल नहुने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले सबैसँग समान मित्रवत् व्यवहार गरेर अगाडि बढ्ने बताए। 

shivam cement
shivam cement

‘देशको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता र राष्ट्रिय हितलाई सर्वमान्य मानी मानवतावादी दृष्टिकोणलाई आत्मसात् गरी अगाडि बढ्नुपर्छ’ उनले भने। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले मिथिला सभ्यता र संस्कृतिको पुन जागरणमा मन्त्रालय पूर्ण रुपमा कटिबद्ध रहेको बताएका छन्।

शनिबार काठमाडौंमा जानकी नवमीको अवसरमा आयोजित ‘सीता प्राकट्य दिवस समारोह’ नामक कार्यक्रममा उनले संघ, प्रदेश, स्थानिय तह, समुदाय र विश्वविद्यालयको सामुहिक प्रयासबाट मात्र मिथिला संस्कृतिको पुनस्थापना हुन सकिने भन्दै यसको लागि मन्त्रालय पूर्ण रुपमा कटिबद्ध रहेको बताए।

उनले भने, ‘मिथिला सभ्यता र संस्कृतिको पुन जागरणमा सबै पक्षको महत्वपूर्ण भूमिका रहनुपर्छ। संघ, प्रदेश, स्थानिय तह, समुदाय र विश्वविद्यालयको सामुहिक प्रयासबाट मात्र मिथिला संस्कृतिको पुनस्थापना हुन सकिन्छ। यसको लागि हाम्रो मन्त्रालय पूर्ण रुपमा कटिबद्ध रहेको कुरा व्यक्त गर्न चाहान्छु। मिथिला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न हाम्रो साझा दायित्व हो र मन्त्रालय यस संस्कृतिको बैभव पुन फर्काउने गरि काम गरिरहेको छ।’

यस्तै, उनले मिथिला, किराँत, नेवा, खस जस्ता समृद्ध सभ्यता र संस्कृतिको आधारभूमि देश नेपाल भएको भन्दै यी गौरवमय सभ्यता र इतिहासले नेपाललाई सांस्कृतिक रुपमा सम्पन्न बनाएको बताए।

उनले भने, ‘मिथिला र यसको राजधानी जनकपुरधामको इतिहास गौरवमय छ नेपाल राज्यको विशेषता यही हो कि यसमा मिथिला, किराँत, नेवा, खस जस्ता समृद्ध सभ्यता र संस्कृतिको आधारभूमि हाम्रो देश हो। यी गौरवमय सभ्यता र इतिहासले नै हामीलाई सांस्कृतिक रुपमा सम्पन्न बनाएका छन्।’

मिथिला संस्कृतिले बोकेको सभ्यता र विभिन्न आयामहरु आफंैमा अनुकरणिय र निकै महत्वपूर्ण रहेको पनि उनको भनाई छ।

उनले भने, ‘मैथली भाषा नेपालमा बोलीने भाषामध्ये दोस्रो पनि हो। मलाई एकदमै मन पनि पर्छ। मिथिला सभ्यताले बोकेको सभ्यता र विभिन्न आयामहरु त्यो आफैंमा अनुकरणिय छन् र निकै महत्वका छन्। हामी सबैले सम्मान गर्नुपर्ने खालका छन्। सिता माता हाम्रो लागि आदर्श पात्रको रुपमा हुनुहुन्छ। हाम्रो इतिहास र विगतलाई हेर्दा सभ्यता र आदर्शको हिसाबले मान सम्मान गर्नुपर्ने पात्रको रुपमा पनि सिता हुनुहुन्छ।’


सामाग्री श्रोत :

मिथिला संस्कृतिको पुन जागरणमा सबै पक्षको सहभागिता अनिवार्य : मन्त्री पाण्डे

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट