

काठमाडौं। जनमत वांमय प्रतिष्ठानले शनिबार राजधानीमा साहित्यकार किशोर पहाडी र फूलमान वललाई सम्मान गरेको छ।
नेपाली भाषा, साहित्य र वांमयमा पुर्याएको योगदान वापत पहाडीलाई गणेश–खिलकुमारी दुवाल–जनमत सम्मान र वललाई जनमत–ज्ञानरत्न मंगलतारा राष्ट्रिय सम्मानद्वारा सम्मानित गरिएको हो।
वरिष्ठ साहित्यकार रोचक घिमिरे, प्रतिष्ठानका अध्यक्ष मोहन दुवाल, राजभाई प्रधान, प्रेम श्रेष्ठ, सिद्धिबहादुर कर्माचार्य, दियेशरत्न शाक्य लगायतले पहाडी र वललाई दोसल्ला, सम्मान पत्र, खादा र नगद अर्पण गरे।
जनमत वांमय प्रतिष्ठानले गत महिना आफ्नो ४१औँ वार्षिकोत्सव मनाउने क्रममा २० जना सर्जकलाई सम्मानित गरेको र उक्त समारोहमा विशेष कारणले छुटेका स्रष्टालाई राजधानीमा छुट्टै कार्यक्रम आयोजना गरि सम्मान गरिएको प्रतिष्ठानका सचिव सिर्जना दुवालले बताइन्। कार्यक्रममा कविहरु दियेशरत्न शाक्य, चेतनाथ धमला, रामसुन्दर देउजा लगायतले कवितावाचन गरेका थिए।
प्रतिष्ठानले नेपाली भाषा र साहित्यको प्रवर्द्धनका लागि पुस्तकालय निर्माण, स्रष्टा सम्मानका साथ साथै ‘जनमत’ साहित्यक मासिक निरन्तर प्रकाशन गर्दै आएको र हाल ३ सय ३० औँ अंक प्रकाशन भइसकेको अध्यक्ष दुवालले बताइन्।
सामाग्री श्रोत :
काठमाडौँ । केही दिनदेखि सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर भाइरल भइरहेको छ । तस्बिरमा सेतो दाह्री-जुँगा पालेका एक वृद्ध सिख व्यक्तिले निकै ठुलो र लामो सेतो पगडी लगाएको देखाइएको छ । पृष्ठभूमिमा ग्रामीण परिवेश देख्न सकिन्छ ।
नेपालीसहित केही भारतीय फेसबुक पेज तथा इन्स्टाग्राम अकाउन्टले यो तस्बिर भारतका अवतार सिंह मौनीको भएको र उनले विश्वकै सबैभन्दा लामो पगडी लगाएर कीर्तिमान राखेको दाबी गरेका छन् । यद्यपि टेकपाना फ्याक्टचेकले अवतार सिंह मौनीको भन्दै भाइरल बनाइएको फोटो एआईले तयार पारेको पुष्टि गरेको छ । त्यसका साथै गिनिज बुकमा भारतका अवतार सिंह मौनीको नाममा कुनै रेकर्ड नभएको पत्ता लागेको छ ।
दाबी
बिहीबार १ मे २०२५ बिहान ११ः४४ बजे फेसबुकमा ‘Butwal बुटवल’ नामको फेसबुक पेजले दाह्री-जुँगा पालेका एक वृद्ध सिख व्यक्तिले निकै ठुलो र लामो सेतो पगडी लगाएको फोटो राखेको थियो ।
त्यसको क्याप्सनमा लेखिएको थियो, “विश्वको सबैभन्दा अग्लो पगडी लगाउने रेकर्ड पञ्जाबका अवतार सिंह मोनीको नाममा छ । यो पगडीको तौल ४५ किलोग्राम छ र यसको लम्बाइ ६४५ मिटर छ। यो पगडी लगाउन ५-६ घण्टा लाग्छ ।”

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ३१०० बढी रियाक्सन, १४१ कमेन्ट र ३४ शेयर आएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्क र आर्काइभ लिङ्क ।
अनुसन्धान
टेकपाना फ्याक्टचेक डेस्कले ‘Butwal बुटवल’ नामक पेजको दाबी फेला पारेपछि त्यसबारे थप जानकारीका लागि फेसबुकमा ‘पगडी’ कीवर्ड सर्च गर्यो । त्यस क्रममा अन्य थुप्रै पेजले पोस्ट र क्याप्सन उस्तै राख्दै पोस्ट राखेको फेला पार्यो ।

त्यसैगरी त्यही दिन सोही क्याप्सन र फोटोसहित ‘National Online News’ नामक फेसबुक पेजले पनि दिउँसो १२ः११ बजे पोस्ट राख्यो । हेर्नुहोस् ओरिजिनल पोस्ट र आर्काइभ पोस्ट ।

नयाँ पुस्ता डटकम नामक फेसबुक पेजले १ मे २०२५ दिउँसो १२ः४० बजे ‘विश्वको सबैभन्दा अग्लो पगडी लगाउने रेकर्ड पञ्जाबका अवतार सिंह मोनीको नाममा छ। यो पगडीको तौल ४५ किलोग्राम छ र यसको लम्बाइ ६४५ मिटर छ। यो पगडी लगाउन ५-६ घण्टा लाग्छ।’ क्याप्सन सहित त्यही फोटो राख्यो । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ८५४ रियाक्सन, १५ कमेन्ट र ६ शेयर आएको छ । हेर्नुहोस् ओरिजिल लिङ्क र आर्काइभ लिङ्क ।

सोभा थापा नामको फेसबुक पेजले १ मे २०२५ दिउँसो १ बजेर २३ मिनेटमा ‘विश्वको सबैभन्दा अग्लो पगडी लगाउने रेकर्ड पञ्जाबका अवतार सिंह मोनीको नाममा छ। यो पगडीको तौल ४५ किलोग्राम छ र यसको लम्बाइ ६.४५ मिटर छ। यो पगडी लगाउन ५-६ घण्टा लाग्छ।’ क्याप्सन राख्दै सोही फोटो पोस्ट गरेको पाइयो । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा ८९०० रियाक्सन, ३५८ कमेन्ट र १४३ शेयर आएको छ । हेर्नुहोस् ओरिजिनल लिङ्क र आर्काइभ लिङ्क ।


त्यस्तै महबुब आलम (ओरिजिनल लिङ्क र आर्काइभ लिङ्क), विवस पन्थ (ओरिजिनल लिङ्क र आर्काइभ लिङ्क) नामका फेसबुक अकाउन्टले पनि सोही दाबीसहित पोस्ट राखेका छन् ।


जोक्स नेपाल (ओरिजिनल लिङ्क र आर्काइभ लिङ्क) र ‘एनएजे इन्टरटेन्मेन्ट’ (ओरिजिनल लिङ्क र आर्काइभ लिङ्क) नामका पेजले पनि सोही दाबीसहित पोस्ट राखेका छन् ।

भाइरल सञ्चार नामक फेसबुक पेजले माथि उल्लेख भएको क्याप्सन पढेर भिडिओ बनाएर राखेको छ । २ मे २०२५ मा राखिएको सो भिडिओमा ५५ हजार बढी रियाक्सन, २२५ कमेन्ट, ७३५ बढी शेयर र १८ लाख बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ र आर्काइभ भिडिओ ।
विभिन्न नेपाली फेसबुक पेजले उही पोस्ट र क्याप्सनसहित ती वृद्ध व्यक्तिको फोटो राखेको फेला पारेपछि टेकपाना फ्याक्टचेक डेस्कले उक्त क्याप्सनलाई हिन्दीमा अनुवाद गरी हेर्दा केही हिन्दी पेजले पनि सोही दाबी गर्दै पोस्ट राखेको पायो ।
त्यसका साथै फ्याक्टचेक डेस्कले फोटो गुगल रिभर्स इमेज सर्च, यान्डेक्स र बिङ गरी हेर्यो । त्यस क्रममा विभिन्न युट्युब च्यानलले सोही फोटो शर्ट्सका रूपमा राखेको पाइयो । तर, कुनै पनि सञ्चार माध्यमले त्यही फोटोलाई लिएर समाचार बनाएको भेटिएन ।

त्यसपछि उक्त फोटोलाई म्याग्निफायरबाट हेरियो । त्यस क्रममा फोटोमा देखिएका व्यक्तिको औंला कम देखिए ।

त्यसका साथै उनको पृष्ठभूमिमा देखिएका घोडा जस्ता वस्तुको खुट्टा पनि अस्वाभाविक देखियो ।


यी सबै प्रक्रियापछि फोटो एआईले बनाएको हो कि होइन भन्ने पत्ता लगाउने टुल हाइभ मोडेरेसनमा फोटो अपलोड गरी हेर्यौं । र, उक्त टुलले फोटो एआई वा डिपफेक प्रविधिबाट ९९.४ प्रतिशत बनेको हुनसक्ने औंल्यायो । उक्त टुलका अनुसार यो फोटो स्टेबल डिफ्युजनबाट बनेको हुनसक्ने सम्भावना उच्च छ । कूल १ स्कोरमा स्टेबल डिफ्युजनबाट बन्ने स्कोर ०.९८ देखिएको छ ।

फोटो एआईबाट निर्मित भएको पुष्टि भएपछि टेकपाना फ्याक्टचेक डेस्कले क्याप्सनको विश्लेषण गर्यो । त्यसका लागि पनि क्याप्सनमा भनिएको जस्तो पञ्जाबका अवतार सिंह मौनीले पगडी सम्बन्धी कुनै रेकर्ड राखेका छन् कि छैनन् ? छन् भने त्यसको तौल ४५ किलो हो कि होइन ? लम्बाइ कति हो र त्यसलाई लगाउन पाँच देखि छ घण्टा लाग्छ कि लाग्दैन भन्ने दाबी पुष्टि गर्न लागियो ।
गिनिज वर्ल्ड रेकर्डको आधिकारिक वेबसाइटमा पगडीको रेकर्ड १ डिसेम्बर २०१० मा भारतका मेजर सिंहले राखेको फेला पर्यो । उनले ४०० मिटर लामो पगडी लगाएर रेकर्ड राखेका थिए । हेर्नुहोस् लिङ्क र स्क्रिनशट ।

गिनिज वर्ल्ड रेकर्ड्सको वेबसाइटमा ‘अवतार सिंह मौनी’को नाम नै भेटिएन । तर, सन् २०१४ मै भारतीय सञ्चार माध्यम एनडीटीभी, बेलायती सञ्चार माध्यम डेली मेल र टेलिग्राफ, अमेरिकाको न्युयोर्क पोस्ट लगायतले अवतार सिंह मौनीले सबैभन्दा गरुङ्गो र लामो पगडी लगाउने गरेको उल्लेख गरेका थिए । उनीहरूका अनुसार अवतार सिंहले लगाउने पगडी ६४५ मिटर लामो र १०० पाउन्ड (४५.३५ किलो) थियो ।
तर, ती सञ्चार माध्यमले पनि अवतार सिंह गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारीमा रहेको उल्लेख गरेका थिए । यदि उनले लगाउने पगडी साँच्चै १०० पाउन्ड तौलको र ६४५ मिटर लामो भए उनले मेजर सिंहको रेकर्ड तोड्ने ती सञ्चार माध्यमले उल्लेख गरेका थिए । तर, त्यसपछि ती तीन ओटै सञ्चार माध्यमले ‘अवतार सिंह मौनी’ले गिनिज वर्ल्ड रेकर्ड्समा नाम लेखाएको उल्लेख गरेका छैनन् ।



दाबी
फोटोमा देखिएका व्यक्ति अवतार सिंह मौनी हुन् र उनले सबैभन्दा अग्लो पगडीको रेकर्ड राखेका छन् ।
दाबीकर्ता
‘Butwal बटवल’, सोभा थापा, भाइरल सञ्चार, जोक्स नेपाल, एनएजे इन्टरटेन्मेन्ट, नयाँपुस्ता डटकम, नेसनल अनलाइन न्युज, महबुब आलम, विवस पन्थ लगायतका फेसबुक पेज तथा अकाउन्ट ।
तथ्य
भारतका अवतार सिंह मौनीको भन्दै भाइरल भइरहेको अग्लो पगडी लगाएको व्यक्तिको फोटो एआईबाट तयार पारिएको हो । अवतार सिंह मौनीले ६४५ मिटर लामो र ४५ किलोग्राम तौल भएको पगडी लगाएको भन्ने समाचार सन् २०१४ तिर आएका थिए । तर, उनको नाम गिनिज वर्ल्ड रेकर्ड्समा छैन ।
निष्कर्ष
‘Butwal बटवल’, सोभा थापा, भाइरल सञ्चार, जोक्स नेपाल, एनएजे इन्टरटेन्मेन्ट, नयाँपुस्ता डटकम, नेसनल अनलाइन न्युज, महबुब आलम, विवस पन्थ लगायतका फेसबुक पेज तथा अकाउन्टले अवतार सिंह मौनीको भन्दै राखेको फोटो एआईले तयार पारेको हो । उनले सबैभन्दा अग्लो पगडी लगाएकै छैनन् । सन् २०१४ तिर अवतार सिंह मौनीले सबैभन्दा गरुङ्गो र लामो पगडी लगाएको भन्दै भारतीय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चर्चा गरेका थिए । उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारी गरिरहेको ती सञ्चार माध्यमले उल्लेख गरेका थिए । तर, त्यसपछि उनको बारेमा केही अपडेट छैन । उनको नाम गिनिज वर्ल्ड रेकर्ड्सको आधिकारिक वेबसाइटमा छैन । सबैभन्दा गरुङ्गो र लामो पगडी लगाउने व्यक्तिको रूपमा गिनिज वर्ल्ड रेकर्ड्समा मेजर सिंहको नाम छ । उनले सन् २०१० मा ३५ किलो तौल भएको पगडी (खुला राख्दा ४०० लामो थियो) लगाएर रेकर्ड राखेका थिए । गिनिज बुकले पगडीका अन्य रेकर्ड राखे पनि सबैभन्दा लामो र गरुङ्गो पगडीको रेकर्ड मेजर सिंहकै नाममा छ ।

प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: बैशाख २०, २०८२ २०:३३
सामाग्री श्रोत :
टेक पाना

काठमाडौं- निर्वाह भत्ता लगायतका विषयमा आवासीय चिकित्सकले गरिरहेको आन्दोलन स्थगित भएको छ। स्वास्थ्य मन्त्रालयसँगको सहमति पछि आन्दोलन स्थगित गरिएको नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा सञ्जीव तिवारीले जानकारी दिए।
स्वास्थ्य मन्त्रालय र एशोसिएसनबीच ४ बुँदे सहमति भएको हो। मन्त्रालयका तर्फबाट डा भीमप्रसाद सापकोटा र एशोसिएसनका तर्फबाट डा तिवारीले हस्ताक्षर गरेका छन्।
सहमतिका ४ बुँदा
१) चिकित्सा शिक्षा आयोगको मिति २०८१ माघ २५ गते बसेको १६औं बैठकको निर्णय बमोजिम सम्पूर्ण निजी मेडिकल कलेजहरूका चिकित्सा शिक्षा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकहरुलाई (हाल अध्ययनरत एवं अव अध्ययन गर्न आउने) सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरुलाई दिए सरह (स्वास्थ्य सेवाको आठौं तह निर्वाह भत्ता तत्काल उपलब्ध गराउन सम्बधित सरोकारवाला निकायलाई निर्देशन गर्ने।
२) आवासीय चिकित्सकहरुको बिदा, ड्युटी आवर अतिरिक्त सुविधा लगायतका बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यदल गठन गरी १५ कार्य दिन भित्र प्रतिवेदन पेश गर्ने ।
३) चिकित्सा शिक्षा आयोगको १८औं बैठकको निर्णय बमोजिम आयोगले सबै विद्यार्थीहरुले एकीकृत रुपमा म्याचिङ् तथा भर्ना हुन पाउने गरि व्यवस्था मिलाउन मन्त्रालयले सम्बधित सरोकारवाला निकायसँग समन्वय गर्ने ।
४) नेपाल मेडिकल एसोसिएसनले गरिरहेको सबै प्रकारका आन्दोलनका कार्यक्रमहरु आजको मितिबाट अन्त्य गर्ने र सम्पूर्ण चिकित्सकहरु नियमित सेवा प्रवाहको कार्यमा फर्किने ।
सहमित पत्र


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। त्रिभुवन राजपथको नागढुङ्गा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुङ्गा-नौबिसे खण्ड यही वैशाख २२ गतेदेखि रातिमा बन्द गरिने भएको छ।
नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
नागढुङ्गा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले आज एक सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ बजेदेखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको उनले उल्लेख गरे।
काठमाडौंबाट जाने सवारीसाधन नागढुङ्गा चेकपोस्टमा रोकिने र नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधन खत्रपौवा पुलमा रोकिने जनाइएको छ। आयोजनाले सीतापाइला-भीमुढङ्गा-रामकोट-धार्के सडक तथा सामाखुशी-टोखा-गुर्जेभञ्ज्याङ छहरे-त्रिशूली-गल्छी सडक प्रयोग गर्न पनि अनुरोध गरेको छ।
उपरोक्त स्थानमा रोकिएका सबै सवारीसाधनलाई बिहान ३ बजेपछि मात्र छाडिने जनाइएको छ। सूचनामा भनिएको छ, “रोकिएका समयमा सवारीसाधन रोक्दा र सवारी चलाउँदा कडाइका साथ आफ्नो लेन अनुशासन कायम राख्नुहुन तथा सवारी लामबद्ध भएका अवस्थामा जथाभावी ओभरटेक नगर्नसमेत अनुरोध छ। साथै एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन निर्वाध रूपमा सञ्चालन हुने व्यहोरासमेत जानकारी गराइन्छ।”
सामाग्री श्रोत :
काठमाडौँ । ग्रीन हाइड्रोजनमा आधारित युरिया मल कारखाना स्थापना गर्ने महत्त्वाकांक्षी परियोजनाले मूर्त रूप लिने संकेत देखिएको छ । कोशी प्रदेश सरकारको लगानी बोर्ड र ग्रीन हाइड्रोजन कम्पनी प्राइभेट लिमिटेडबिच शुक्रबार एक समारोहमा कारखानाको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) लगायतका आवश्यक प्रक्रिया अगाडि बढाउन सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार ग्रीन हाइड्रोजन कम्पनीले आगामी तीन वर्षभित्र कारखाना स्थापनाका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर), प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययन र लगानी व्यवस्थापनको खाका तयार पार्नेछ ।
समझदारी पत्रमा कोशी प्रदेश लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सरोज कोइराला र ग्रीन हाइड्रोजन कम्पनी प्रालिका प्रबन्ध निर्देशक गालब बहादुर ढुंगानाले हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा उपस्थित काठमाडौं विश्वविद्यालयले यस परियोजनाका लागि प्राविधिक सहयोग गर्ने बताइएको छ ।

प्रारम्भिक लागत २६ अर्ब रुपैयाँ अनुमान गरिएको यस परियोजना अनुसार सुनसरी–उदयपुर सिमाना क्षेत्रमा कारखाना स्थापना गर्ने योजना रहेको छ । विशेषतः अहिले सञ्चालनविहीन अवस्थामा पुगेको उदयपुर सिमेन्ट कारखानालाई पुनःसञ्चालनमा ल्याई त्यहाँबाट निस्कने कार्बनडाइअक्साइडलाई मल उत्पादनमा प्रयोग गरिने प्रारम्भिक सोच बनाइएको काठमाडौं विश्वविद्यालयका एसोसिएट प्रोफेसर डा. विराजसिंह थापाले जानकारी दिए ।
विश्वविद्यालयले सुरु गरेको कार्यक्रम निजी क्षेत्र र सरकारी निकायको बिचमा समझदारी भएर अगाडि बढ्नु सुखद कुरा भएको उनको भनाइ छ । उनका अनुसार सरकारी नेतृत्वमा स्थापना हुने कारखानाको व्यवस्थापन तथा प्रारम्भिक लगानी जुटाउने काम निजी क्षेत्रले गर्नेछ । “पब्लिक–प्राइभेट पार्टनरशिपकै मोडेलमा परियोजना अगाडि बढ्ने र सरकारकै स्वामित्वमा रही पछिसम्म निजी क्षेत्रसँग साझेदारी हुने किसिमले सम्झौता भएको हो,” उनले भने ।
यो मल कारखानाले वार्षिक दुई लाख मेट्रिक टन युरिया मल उत्पादन गर्ने अनुमान गरिएको उनले जनाए । “यो मल कारखाना बन्यो भने नेपालमै प्रति वर्ष दुई लाख मेट्रिक टन मल उत्पादन हुनेछ । उदयपुर सिमेन्ट कारखाना फेरि सञ्चालनमा आउने र त्यस कारखानाबाट निस्किएको धुवाँको, फोहोरको अथवा प्रदूषणको पनि व्यवस्थापन हुने हुँदा यो परियोजना सान्दर्भिक पनि देखिन्छ,” डा. थापाले भने ।
पछिल्लो अध्यावधिक: बैशाख २०, २०८२ १९:३९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं- निर्वाह भत्ता लगायतका विषयमा आवासीय चिकित्सकले गरिरहेको आन्दोलन स्थगित भएको छ। स्वास्थ्य मन्त्रालयसँगको सहमति पछि आन्दोलन स्थगित गरिएको नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा सञ्जीव तिवारीले जानकारी दिए।
स्वास्थ्य मन्त्रालय र एशोसिएसनबीच ४ बुँदे सहमति भएको हो। मन्त्रालयका तर्फबाट डा भीमप्रसाद सापकोटा र एशोसिएसनका तर्फबाट डा तिवारीले हस्ताक्षर गरेका छन्।
यस्तो छ सहमति :
निजी मेडिकल कलेज तथा प्रतिष्ठानमा MD/MS/MDS अध्ययनरत आवासीय चिकित्सकहरुको निर्वाह भत्ता लगायतका विषयहरु उठाई नेपाल मेडिकल एसोसिएसनले राखेको मागप्रति स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । देशको स्वास्थ्य सेवा प्रणालीमा चिकित्सक र स्वास्थ्यकर्मीले पुऱ्याएको योगदानको स्मरण गर्दै एसोसिएसनले राखेका मागप्रति संवेदनशील र मागको समुचित संवोधनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निरन्तर क्रियाशील रहेको जानकारी गराउदछौं । यसै सन्दर्भमा आज मिति २०८२ वैशाख २० गते स्वास्थ्य तथा जनसङख्या मन्त्रीज्यूको अग्रसरता एवं उपस्थितिमा नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. अनिल विक्रम कार्कीज्यू तथा अन्य प्रतिनिधिहरुज्यू सहित बैठक बसी निम्नानुसार सहमति गरिएको छ।
१) चिकित्सा शिक्षा आयोगको मिति २०८१ माघ २५ गते बसेको १६औं बैठकको निर्णय बमोजिम सम्पूर्ण निजी मेडिकल कलेजहरूका चिकित्सा शिक्षा स्नातकोत्तर तहको कार्यक्रममा अध्ययन गर्ने सम्पूर्ण आवासीय चिकित्सकहरुलाई (हाल अध्ययनरत एवं अव अध्ययन गर्न आउने) सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरुलाई दिए सरह (स्वास्थ्य सेवाको आठौं तह निर्वाह भत्ता तत्काल उपलब्ध गराउन सम्बधित सरोकारवाला निकायलाई निर्देशन गर्ने।
२) आवासीय चिकित्सकहरुको बिदा, ड्युटी आवर अतिरिक्त सुविधा लगायतका बिषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यदल गठन गरी १५ कार्य दिन भित्र प्रतिवेदन पेश गर्ने ।
३) चिकित्सा शिक्षा आयोगको १८औं बैठकको निर्णय बमोजिम आयोगले सबै विद्यार्थीहरुले एकीकृत रुपमा म्याचिङ् तथा भर्ना हुन पाउने गरि व्यवस्था मिलाउन मन्त्रालयले सम्बधित सरोकारवाला निकायसँग समन्वय गर्ने ।
४) नेपाल मेडिकल एसोसिएसनले गरिरहेको सबै प्रकारका आन्दोलनका कार्यक्रमहरु आजको मितिबाट अन्त्य गर्ने र सम्पूर्ण चिकित्सकहरु नियमित सेवा प्रवाहको कार्यमा फर्किने ।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पहिलो पार्टी बन्ने सङ्कल्पका जनतासँगको सम्बन्ध सुदृढ गर्दै लगिएको बताएकf छन्।
तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालको प्रथम बागमती प्रदेश अविधेशनलाई सम्बोधन गर्दै उहाँले संसद्मा पहिलो दल बन्ने सङ्कल्पका साथ अघि बढेको बताएका हुन्।
“विसं २०८४ मा पहिलो हुने लक्ष्यका साथ अघि बढेको छौँ, सोहीअनुसार पार्टीको जागरण अभियानलगायत क्रियाकलापबाट जनतासँग जोडिरहेका छौँ। यसका साथै लोकतन्त्रका उपलब्धिलाई संस्थागत गर्दै अगाडि बढ्ने छौँ”, अध्यक्ष दाहालले भने।
यसैगरी, अध्यक्ष दाहालले दक्षिणकाली नगर समितिको चौथो सम्मेलन उद्घाटन गर्दै सुशासनका पक्षमा नयाँ क्रान्ति आवश्यक भएको बताएका छन्।
“सामाजिक न्याय, आर्थिक पछौटेपनविरुद्ध नेकपा माओवादीले आफ्नो स्थापनाकालदेखि आवाज उठाउँदै आएको छ। बदलिँदो विश्व परिस्थितिलाई दृष्टिगत गरी अन्तरराष्ट्रिय सन्तुलनका पक्षमा एउटा नयाँ अभियानको सङ्कल्पका साथ झापादेखि कञ्चनपुरसम्म हुलाकी राजमार्ग लक्षित अभियान सम्पन्न भएको छ”, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच सहमति भएको छ। सहमतिसँगै नेपाल चिकित्सक संघले गरेको सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगन गरेको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र आन्दोलनरत पक्षबीच भएको छलफलमा चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकले निर्णय कार्यान्वन गर्ने सहमति भएको हो। चिकित्सक संघका महासचिव डा सञ्जिव तिवारीले आयोगको सोह्रौं बैठकले निर्णय कार्यान्वन गर्ने प्रतिवद्धता आएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइएको जानकारी दिए।
त्यस्तै अतिरिक्त सेवा सुविधा, विदा लगाएतका विषयमा कार्यदल गठन गरेर १५ दिनभित्र सेवा सुविधा निर्धारण गर्ने सहमति भएको उहाले बताए। सरकारको प्रतिवद्धता आएसँगै आफूहरुले सम्पूर्ण स्थगन गरिएको उनले जानकारी दिए।
त्यस्तै स्वास्थ्य मन्त्रालयका समन्वय महाशाखा प्रमुख डा भीम प्रसाद सापकोटाले आन्दोलनरतपक्षसंग निरन्तर छलफलपछि सहमति भएको र चिकित्सकहरु आन्दोलनमा फर्कने वातावरण तयार भएको बताए।
यसअघि बसेको चिकित्सा शिक्षा आयोगको सोह्रौं बैठकले सम्पूर्ण आवासीय चिकित्सकहरूलाई सार्वजनिक शिक्षण संस्थामा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रममा अध्ययन गर्ने आवासीय चिकित्सकहरूलाई दिएसरह स्वास्थ्य सेवाको आठौँ तह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो। तर उक्त निर्णय कार्यान्वयन नभएको भन्दै चिकित्सक आन्दोलनमा थिए।
सामाग्री श्रोत :
सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलनका कार्यक्रम स्थगन

नयाँ दिल्ली– जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबिच बढ्दो तनावका बिच भारतले पाकिस्तानबाट आयात हुने सबै सामानमा प्रतिबन्ध लगाएको छ। पाकिस्तानमा उत्पादन हुने र पाकिस्तानबाट भारत आउने सामानहरूमा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाइएको हो।
यस सम्बन्धमा, वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको वैदेशिक व्यापार महानिर्देशनालयले एक सूचना जारी गरेको छ। सूचना अनुसार यस सम्बन्धमा एक प्रावधान विदेश व्यापार नीति २०२३ मा थपिएको छ।
जसमा भनिएको छ, ‘अर्को आदेश नभएसम्म तत्काल लागू हुने गरी पाकिस्तानबाट आउने वा निर्यात हुने सबै सामानहरूको प्रत्यक्ष वा अप्रत्यक्ष आयातमा प्रतिबन्ध लगाइएको छ।’
अप्रिल २२ मा कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जनाको मृत्यु भएको थियो, जसमध्ये अधिकांश पर्यटक थिए। यस आक्रमणपछि भारत र पाकिस्तानले एकअर्का विरुद्ध धेरै कदम चालेका छन् र दुई देशबिच तनाव कायमै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संस्थाभित्र राजनीति नगरी एकताबद्ध भई अगाडि बढ्न गैरआवासीय नेपाली संघलाई आग्रह दिएकी छन्।
शनिबार काठमाडौंमा गैर आवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनमा बोल्दै परराष्ट्रमन्त्री राणाले एनआरएनए राजनीति गर्ने संस्था नभएको भन्दै संस्थाको पवित्र उद्देश्य पूरा गर्नका लागि एकताबद्ध भई अगाडि बढ्न आग्रह गरेकी हुन्।
एनआरएनएमा विवाद देखिएको र उक्त विवाद समाधानका लागि सर्वोच्च अदालतको आदेशअनुसार भइरहेको एकता महाधिवेशनलाई सवै मिलेर सफल पार्नुपर्ने उनले बताइन्। परराष्ट्रमन्त्री राणाले सबै क्षेत्रमा राजनीति गरेरमात्रै देश नचल्ने भन्दै मुलुकको विकासका लागि सबै गैरआवासीय नेपालीको साथ चाहिने जिकिर गरिन्।
उनले नेपालमा रहेका पर्याप्त स्रोत साधानलाई नयाँ प्रविधि, व्यवस्थापनमार्फत अघि बढाउन गैरआवासीय नेपालीहरुहको भूमिका महत्वपूर्ण हुने धारणा राखिन्
त्यस्तै गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक डा.शेष घलेले संस्थालाई बलियो बनाएर अघि लैजानुपर्ने आवश्यकता रहेको भन्दै अहिलेको महाधिवेशन अवसर भएको बताए। संस्थामाथि कसैले आरोप प्रत्यारोप गर्ने नभइ यसलाई आफ्नो संस्थाका समयसापेक्ष रुपमा अघि बढाउनुपर्ने उनले बताइन्
लामो समयदेखि विवादमा अल्झिएको गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई एकताबद्ध गरी एकताको महाधिवेशन गराउन सर्वोच्चले परमादेश गरेपछि उच्चस्तरीय समिति बनाएर महाधिवेशन गरिएको हो। महाधिवेशनले संघको नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ।
सामाग्री श्रोत :









