२०८३ बैशाख २८ सोमबार
२०८३ बैशाख २८ सोमबार


काठमाडौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी […]
सामाग्री श्रोत :

आजको मौसमः यी पाँच प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले समाजमा आशाको सञ्चार गराउने र देखाउने प्रमुख दायित्व मिडिया जगतकै रहेकोले त्यसतर्फ केन्द्रित हुन सबैलाई आग्रह गरेका छन्।

सृजनात्मक पत्रकारिताको बढावा हुन नसक्दा समाजमा गाली संस्कृती र नकरात्मकता छाएकोले त्यसलाई हटाउन सञ्चारकर्मीको विशेष भूमिका हुने उनको धारणा थियो।

राष्ट्रिय समाचार समिति (रासस)ले आफ्नो ६४औं वार्षिकोत्सवका अवसरमा प्रकासन गरेको फोटो किताब आइतवार राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले काउन्सिल अध्यक्ष बस्नेतलाई हस्तान्तरण गरेका थिए।

उक्त क्रममा अध्यक्ष बस्नेतले लोकतान्त्रिक गणतन्त्र स्थापनापछि भएका उल्लेख्य उपलब्धीलाई तस्वीर मार्फत जनमानसमा ल्याउन यो पुस्तक महत्वपूर्ण दस्तावेज हुने भन्दै राससको सरहाना गरे।

त्यसक्रममा कार्यकारी अध्यक्ष झाले गणतन्त्र स्थापनापछि नेपालमा केही पनि भएन भन्ने गलत भाष्य चिर्न तथ्यसहित पुस्तक प्रकासन गरिएको बताए।

‘वास्तवमा यो अवधिमा धेरै काम भएको छ। तर, मिडियाले भएका काम बाहिर ल्याउन सकिरहेको छैन। नराम्रो र हुँदै नभएको कुरा खोतल्नु मात्र पत्रकारिता होइन’, अध्यक्ष झाले भने।

राससले यसअघि हाम्रो संस्कृति, हाम्रो सम्पदा र समृद्धिका लागि पूर्वाधार शीर्षकहरुमा तस्वीर प्रर्दशनी गरेको थियो। तिनै तस्वीरहरुको संग्रहको रुपमा ‘रासस फोटो किताब : गणतन्त्रको १६ वर्ष’ प्रकाशन भएको हो।


सामाग्री श्रोत :

आशाको सञ्चार गराउनु मिडियाको दायित्व : काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौं। सुर्खेतको भेरीगंगामा एक युवती मृत भेटिएकी छिन्। गुर्भाकोट नगरपालिका–५ की २६ वर्षीया प्रेमा ओली आइतबार दिउँसो मृत भेटिएकी हुन्।

भेरीगंगा नगरपालिका–१२ झिगेनारा खोलामा मृत भेटिएकी ओलीको आइतबार बेलुका मात्रै शव पहिचान भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

घटनास्थलमा पुगेका आफन्तले ओलीको शव पहिचान गरेका छन्। रत्न राजमार्गको छिन्चु-सुब्बाकुना सडक खण्डको छिन्चु बजारदेखि झन्डै एक किलोमिटरको दुरीमा उनको शव भेटिएको थियो।

पानीमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। उनी शनिवार बिहान घरबाट छिन्चु बजार जान्छु भन्दै हिँडेको र घर नफर्केपछि परिवारले प्रहरीलाई खबर गरेको थियो।

उनका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको र घरमा सासू, ससुरा, एक छोरीसहित बस्दै आएकी थिइन्।


सामाग्री श्रोत :

२६ वर्षीया महिलाको शव फेला

काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित पशुपति भिजन अगाडिको सडकबाट स्रोत नखुलेको ठूलो रकमसहित चार जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी  एसपी अपीलराज बोहराका अनुसार, दुई वटा मोटरसाइकलमा सवार ४ जनालाई शंकास्पद अवस्थामा देखेपछि प्रहरीले जाँच गर्दा उनीहरूका साथबाट ९५ लाख १७ हजार ५ सय रुपैयाँ नगद फेला परेको हो।

पक्राउ परेका व्यक्तिहरूमा काठमाडौं तार्केश्वर नगरपालिका–३ फेदी घर भएका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ र सोही गाउँपालिका–३ का ३९ वर्षीय सन्तोष घिमिरे छन्।

प्रहरीका अनुसार उक्त रकमको स्रोत खुलेको छैन र हाल उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।

एसपी बोहरा भन्छन्, उनीहरू शंकास्पद अवस्थामा रहेका कारण चेकजाँच गर्दा झोलामा लुकाइएको नगद फेला परेको हो। प्रहरीले यस बिषयमा अनुसन्धान गरि रहेको छ।


सामाग्री श्रोत :

काठमाडौंमा स्रोत नखुलेको ९५ लाखसहित चार जना पक्राउ

भद्रपुर (झापा) । जिल्लामा नौ महिनामा दुर्घटनामा परी ७० जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म नौ सय ६६ सवारी दुर्घटना हुँदा उक्त मानवीय क्षति भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा ५३ पुरुष, १२ महिला र पाँच बालबालिका रहेका जिल्ला ट्राफिक कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलले जानकारी दिए। उनका अनुसार नौ महिनामा दुर्घटनामा परी एक सय १७ जना घाइते, एक हजार ४२७ जना सामान्य घाइते भएका छन्।

त्यस अवधिमा एक हजार ४१३ सवारीसाधन दुर्घटना भएकामा त्यसमा सबैभन्दा धेरै आठ सय ७६ मोटरसाइकल, एक सय ६२ टेम्पो, एक सय ४१ जीप कार, ४५ बस, २८ ट्याक्टर, २२ ट्रक, सात टिपर, दुई/दुई डोजर र माइक्रो तथा सात वटा अन्य सवारीसाधन रहेका छन्।

कार्यालय प्रमुख पौडेलले त्यस अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४५ हजार ५९४ सवारीसाधन कारबाहीमा परेका बताए। उनका अनुसार कारबाहीबाट रु तीन करोड चार लाख दुई हजार राजस्व सङ्कलन भएको छ।

दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सवारीचालकलाई लक्षित गरी विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ। नौ महिनामा चार हजार १३४ पटक जनचेतनामूलक कार्यक्रम हुँदा एक लाख ६५ हजार दुई ४९ जना मानिस लाभान्वित भएका कार्यालयले जनाएको छ।


सामाग्री श्रोत :

नौ महिनामा भएका सवारी दुर्घटनामा ७० को मृत्यु


नेपालगञ्ज । बाँकेको कोहलपुरमा आज एउटा म्याजिक भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा अटोचालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार भे१ज ६०६ नंको म्याजिक भ्यानले ठक्कर दिँदा जाजरकोट स्थायी घर भएका ३३ वर्षीय भीमबहादुर शाहीको मृत्यु भएको हो। कोहलपुरको दशबिगाहा क्षेत्रबाट बजारतर्फ जाँदै गरेको सो भ्यानले दशबिगाहाबाट राजमार्गतर्फ जाँदै गरेको अटोलाई […]
सामाग्री श्रोत :

दुर्घटनामा अटोचालकको मृत्यु

काठमाडौं– पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैंक तथा वित्तीय संस्थाहरूको नियमन र जोखिम व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन नीतिगत सुधारको आवश्यकता रहेको बताएका छन् ।

आईतबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गत अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्दै उनले यस्तो बताएका हुन् । पूर्वअर्थमन्त्री कार्कीले बैंक तथा वित्तीय संस्थाहरूको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकको भुमिका स्पष्ट नभएको भन्ने गुनासो सुनिएको समेत बताए ।

उनले राष्ट्र बैंकको भुमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको सुझाव आवश्यक रहेको बताए । उनले जोखिम व्यवस्थापन प्रणालीलाई सुदृढ बनाउन, नेपाल राष्ट्र बैंकलाई स्पष्ट निगरानीको अधिकार प्रदान गर्न र डिजिटल बैंकिङको कानुनी आधार तयार गर्न नीतिगत सुधारको खाँचो रहेको औँल्याए ।

Ncell 2
Ncell 2

उनले यी विषयहरूमा विज्ञहरूबाट सुझाव प्राप्त भएमा छलफल सहज हुने धारणा समेत राखे । यस्तै, उनले साइबर सुरक्षा नीति र आपतकालिन पुनस्र्थापना नीतिलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै ग्राहकको संरक्षण र दण्ड प्रक्रियालाई यथार्थपरक बनाउन विज्ञहरूको रायको अपेक्षा गरे ।

उनले भने, “अहिले सुन्नमा आउँछ, नियमनकारी निकाय नेपाल राष्ट्र बैंक नै हो । यसको भुमिका स्पष्ट छैन भन्ने पनि सुन्नमा आउँछ । यदि स्पष्ट छैन भने स्पष्ट गर्न र उसको भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरूको हिसाबमा केही सुझाव छ । जोखिम व्यवस्थापन प्रणाली कमजोर छैन तर, अझ यसलाई सुदृढ गर्नको निम्ति जोखिम व्यवस्थापन प्रणालीलाई कसरी हामीले कमजोर हुनुबाट बचाउन सक्छौँ, नेपाल राष्ट्र बैंकलाई स्पष्ट निगरानी गर्ने अधिकार प्रदान गर्नलाई नीतिगत रूपमा के के कुराहरूको आवश्यकता छ, डिजिटल बैंकको पनि कुरा छ, यसबारे स्पष्ट कानुनी आधार कस्तो प्रदान गर्न सकिन्छ, साइबर सुरक्षा नीति र आपतकालिन पुनस्र्थापना नीतिलाई कसरी प्रभावकारी बनाउन सकिन्छ, ग्राहकको संरक्षण र दण्ड प्रक्रियालाई यथार्थपरक बनाउनको निमित्त के कस्ता सुधारहरू आवश्यक छन् । यी कुराहरू विज्ञहरूबाट आयो भने छलफल गर्न सहज हुन्छ भन्ने विश्वास छ ।”

shivam cement
shivam cement

उनले अन्य देशका प्रचलनहरूलाई पनि ध्यानमा राखेर गम्भीरताका साथ बहस गरी वित्तीय प्रणालीलाई जिम्मेवार र जोखिम मुक्त बनाउनुपर्नेमा समेत जोड दिए । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

रौतहट । पूर्व-पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर नगरपालिका १० चेतनगर स्थित प्रहरीले एक मेडिकलबाट ठूलो परिमाणमा लागूऔषध बरामद गरी सञ्चालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मौलापुर नगरपालिका ४ का २९ वर्षीय जितेन्द्र साह रहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डीएसपी राजकुमार राईले बताए।

आरोपी साहले बिना दर्ता पछिल्लो केही महिनादेखि चेतनगरमा फार्मेसी खोलेर लागूऔषधको कारोवार गर्दै आएका थिए। साहले औषधी ब्यवसायको नाममा  लुकिछिपी लागूऔषधको कारोबार गर्दै आएको सूचनाको आधारमा हामीले रेकी गर्दै आएको र आज छापा मारको  डिएसपी राईले बताएका छन्।

आइतबार इलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले छापामारी गरेको हो। छापामारीको क्रममा उक्त मेडिकलबाट प्रतिबन्धित लागूऔषध ट्रामाडोलका ४ हजार ५ सय  क्याप्सुल बरामद गरिएको डीएसपि राईले जानकारी दिएका छन्।

आरोपी जितेन्द्र साहले भारतीय बजारबाट लुकिछिपी प्रतिबन्धित नशालु ट्याब्लेट क्याप्सुल ल्याएर मेडिकलमा भण्डारण गरेर राख्ने गरेका थिए। पछि आफ्नो सुबिधा अनुसार बागमती, चन्द्रनिगाहपुर क्षेत्रका युवाहरूलाई महंगो मूल्यमा बिक्रि गर्नुका साथै राजधानी काठमाडौंसम्म पुर्‍याउने गरेको अनुसन्धानबाट खुलेको डीएसपी राईले जानकारी दिए।

आरोपी जितेन्द्रमाथि लागूऔषध सम्बन्धी मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।


सामाग्री श्रोत :

मेडिकलबाटै लागूऔषधको कारोबार, सञ्चालक जितेन्द्र पक्राउ

काठमाडौँ । बेन्को नेपालले आफ्ना दुई स्मार्टफोनको मूल्य घटाएको छ । कम्पनीले आफ्नो बजेट स्मार्टफोन बेन्को भी९० प्लस र बेन्को भी९१ सी मोडेलको मूल्य घटाएको हो ।

११ हजार दुई सय ९९ रुपैयाँ पर्ने बेन्को भी९० प्लसको मूल्य घटेर १० हजार तीनसय ९९ रुपैयाँ कायम भएको छ । फोनमा ९० हर्ज रिफ्रेसरेट सहितको ६.५६ इन्चको एचडी डिस्प्ले दिइएको छ । यस्तै फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिईएको छ ।

एन्ड्रोइड १३ मा आधारित यो फोनमा युनिसक टी६०६ अक्टा कोर प्रोसेसर पाउन सकिन्छ । इन्ट्रि लेभलको गेमिङ फोन भनेर दाबी गरिएको यो फोनमा ५००० एमएएच क्षमताको ब्याट्री छ जसले १८ वाटको टाइपसी फास्ट चार्जिङ पनि सपोर्ट गर्छ । फोनमा सुरक्षाका लागि फेसअनलक, साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सर लगायतका फिचर पनि दिइएको छ । यस्तै यसमा ४ जीबी र्‍याम र १२८ जीबी स्टोरेज पाउन सकिन्छ ।

यसैगरी बेन्को भी९१ सीको मूल्य १२ हजार नौ सय ९९ रुपैयाँबाट घटेर ११ हजार छ सय ९९ रुपैयाँ कायम गरिएको छ । फोनमा ९० हर्ज रिफ्रेसरेट सहितको ६.५६ इन्चको डिस्प्ले दिइएको छ । यस्तै यसमा युनिसक टी६०६ अक्टाकोर प्रोसेसर र ५००० एमएएच क्षमताको ब्याट्री दिइएको छ । रेन्ब ह्वाइट र स्पेस ग्रे कलरमा उपलब्ध यो फोन ४‌‌‍‌+४ जीबी र्‍याम सहित १२८ जीबी स्टोरेज भेरियन्टमा पाउन सकिन्छ । फोनमा १३ मेगापिक्सेलको मुख्य क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । एन्ड्रोइड १३ मा आधारित यो फोनमा स्मार्ट विन्डो, फास्ट साइड माउन्टेड फिङ्गरप्रिन्ट अनलक लगायतका अन्य फिचर पनि पाउन सकिन्छ । 

 

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८२ १३:२३





सामाग्री श्रोत :
टेक पाना

हेटौंडा– बागमती खोलामा राखिएका डाइभर्सनका ह्युमपाइप बाढीले बगाउँदा कान्ति लोकपथ पुन: अवरुद्ध भएको छ ।  

डाइभर्सन बनाएर आइतबार दिउँसो पौने १ बजे लोकपथ सञ्चालनमा ल्याइएको थियो । शनिबार राति परेको पानीले ललितपुरको बागमती गाउँपालिका-२ बगुवातर्फको डाइभर्सन बगाएको थियो ।

Ncell 2
Ncell 2

डाइभर्सनमा ह्युमपाइप राखेर सञ्चालनमा ल्याएको ३ घण्टा बित्न नपाउँदै खोलाले ह्युमपाइप बगाएर लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।

shivam cement
shivam cement

लोकपथ मर्मतको काम भइरहेकाले वैशाख १८ देखि जेठ १ सम्म प्रत्येक दिन ६ घण्टा १० बजेदेखि दिनको ४ बजेसम्म बन्द गरिएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट