२०८३ बैशाख २८ सोमबार
२०८३ बैशाख २८ सोमबार

एजेन्सी–सोमबार प्यालेस्टिनी क्षेत्रको उत्तरमा भएका दुईवटा इजरायली हवाई आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको  गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ।

गाजाको उत्तरपश्चिममा तीनवटा अपार्टमेन्टमा भएको इजरायली हमलामा १५ जनाको मृत्यु हुनुका साथै १० जना घाइते  भएको  एजेन्सीका प्रवक्ता महमुद बासलले बताएका छन्। उनका अनुसार प्रभावित हुनेमा अधिकांश महिला तथा बालबालिका रहेका थिए।  

गाजा सहरको उत्तरमा रहेको बेत लाहियास्थित एक  घरमा भएको आक्रमणमा थप चार जनाको मृत्यु भएको चार जना घाइते भएको जनाइएको छ।  

इजरायली सेनाले भने हमलाबारे अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

इजरायलले १८ मार्चमा प्यालेस्टिनी क्षेत्रमा आफ्नो आक्रमण पुनः सुरु गरेदेखि गाजा पट्टीमा निरन्तर हमला गरिरहेको छ।

Ncell 2
Ncell 2

इजरायलले मार्च २ देखि सबै क्षेत्रमा सहायता प्रवेश अवरुद्ध गरेको थियो।

इजरायलले नाकाबन्दी र विस्फोट गाजाका बन्धकहरूलाई रिहा गर्न हमासलाई दबाब दिने उद्देश्यले भएको बताइएकोे छ।

सन् २०२३ अक्टोबरमा इजरायलमा हमासको आक्रमणमा अपहरण गरिएका ५८ जना बन्धकहरू अझै पनि  बन्धक जीवन विताइरहेका छन्। बन्दकमध्ये ३४ जनाको मृत्यु भएको सेनाले जनाएको छ। 

shivam cement
shivam cement

एएफपीका अनुसार हमासको आक्रमणमा अधिकांश नागरिकसहित इजरायली पक्षका एक हजार २१८ जनाको मृत्यु भएको थियो।

इजरायली सेनाको जवाफी कारबाहीमा गाजामा कम्तिमा ५२ हजार ५३५ जनाको मृत्यु भएको हमासद्वारा नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडाैं। नेकपा एमालेका सांसद सूर्य  थापाले सत्तासाझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए खारेज गर्न सुझाव दिएका छन्।

सोमबार प्रतिनिधिसभाको बिशेष समयमा बोल्दै थापाले लोकप्रियताका लागि सत्तासाझेदार दलका नेताहरुले नै सरकारबिरुद्ध वक्तव्यवाजी गरेको देखिएको भन्दै सत्तासाझेदारबीच संयन्त्रको अभ्यासमा समस्या भए खारेज वा बिघटन गर्न सुझाव दिए। तर अस्थिरतालाई मलजल हुने काम सत्तासाझेदारभित्र रहेका कसैले पनि गर्न नहुने उनले बताए।

उनले अहिले सत्तागठबन्धनको बिपतिमा कुनै काम नभएको दावी गर्दै सरकार एमालेकरण भयो भन्नु गलत भएको उल्लेख गरे। त्यस्तै थापाले गठबन्धनको अभ्यासमा सवै अधिकार एकदललाई मात्रै नहुने भन्दै ऊर्जा मन्त्रीको प्रस्तावमा कुलमानलाई हटाएको बिषय प्रधानमन्त्रीसँग जोडेको भन्दै आपत्ति जनाए।

उनले गठबन्धन सरकारको अभ्यास र कार्यतरिका हेक्का राख्न सत्तारुढ दलकै सांसदहरुलाई आग्रह गरे। त्यस्तै उनले सरकार ढल्ने वक्तव्यबाजीहरुले मिडिया रंगिने र समाजमा ध्वनी प्रदुषण हुने क्रम जारी रहेपनि त्यस्ता वक्तव्य निरर्थक सावित भएको जिकिर गरे।

थापाले लुटपाट र आगजनीबाट व्यवस्था नबद्लिने भन्दै निन्द्रबाट व्युँझिएर यथार्थलाई आत्मसाथ गरेर अघि बढ्न सुझाव दिए।


सामाग्री श्रोत :

संयन्त्रको अभ्यासमा समस्या भए खारेज गर्न सुझाव सूर्य  थापाको सुझाव

काठमाडौँ । आजकल हाम्रो स्मार्टफोनमा व्यक्तिगत कुराकानीदेखि फोटोहरू सम्मका थुप्रै महत्त्वपूर्ण जानकारीहरू राखिएका हुन्छन् । त्यसैले, आफ्नो डेटा सुरक्षित छ भनी सुनिश्चित गर्नका लागि फोनका केही सेटिङ नियमित रूपमा चेकजाँच गर्नु एकदमै आवश्यक छ । 

यसबाट कुन एपले तपाईँको के-के डेटा हेरिरहेको छ वा पहुँच गरिरहेको छ भनेर पत्ता लगाउन मद्दत गर्छ । यी सेटिङहरू प्रायः सबै एन्ड्रोइड फोनहरूमा उपलब्ध हुन्छन्, त्यसैले तपाईँको फोन जुनसुकै कम्पनीको भए पनि यी तरिकाहरू काम लाग्छन् ।

१. एपहरूको अनुमति (Permission) सेटिङ जाँच गर्ने

हामीले धेरै एपहरू इन्स्टल गरिरहेका हुन्छौँ र प्रयोग गर्छौ । तिनीहरूलाई इन्स्टल गर्दा कुन अनुमति दिएका थियौँ भन्ने कुरा याद नहुन सक्छ । एपहरूलाई दिइएका सबै अनुमतिहरूको सूची बेलाबेला हेर्नु एकदमै असल अभ्यास हो ।

यसरी तपाईँ कुनै एपले अनावश्यक अनुमति लिएको रहेछ भने पत्ता लगाएर त्यसलाई बन्द गर्न सक्नुहुन्छ । यो कुरा जाँच गर्नका लागि फोनको Settings मा जानुहोस्, त्यसपछि privacy > Privacy dashboard मा जानुहोस्। यहाँ तपाईँले लोकेसन, क्यामेरा, माइक्रोफोन, कल लग, कन्ट्याक्ट्स जस्ता विभिन्न अनुमतिहरूको सूची देख्नु हुनेछ ।

प्रत्येक अनुमतिमा क्लिक गरेर कुन एपले त्यसको पहुँच पाएको छ हेर्नुहोस् । उदाहरणका लागि, वेब ब्राउजर (जस्तै क्रोम) लाई तपाईँको लोकेशनको पहुँच नचाहिन सक्छ । यदि आवश्यक छैन भने, तपाईँले त्यस्ता एपहरूको लोकेसन एक्सेस बन्द गर्न सक्नुहुन्छ ।

२. सटीक लोकेसनको (Precise location) पहुँच नियन्त्रण गर्ने

तपाईँको फोनमा भएका कुन एपलाई आफ्नो एकदमै सटीक ठेगाना (precise location) चाहिन्छ र कुनलाई सामान्य क्षेत्र (approximate location) भए पुग्छ, त्यो छुट्याउनुहोस् । क्षेत्र विशेषका जानकारी दिने केही एपलाई तपाईँको सहर वा राज्य मात्र भए पुग्छ, तपाईँ कहाँ हुनुहुन्छ भन्ने सही लोकेसन चाहिँदैन ।

ट्याक्सी मगाउने (इन्ड्राइभ, पठाओ) वा बाटो देखाउने (गुगल म्याप्स, एप्पल म्याप्स) जस्ता एपलाई भने तपाईँको सही लोकेसन आवश्यक पर्छ । आफ्नो लोकेसन डेटा सुरक्षित राख्नका लागि माथि जस्तै सेटिङ्स हुँदै privacy > Privacy dashboard > Location मा जानुहोस् । यहाँ एपहरूको सूची देखिन्छ ।

त्यसको तल पुछारमा रहेको Manage permission मा गएर एपहरूलाई एक एक गरी छानेर Use precise location भन्ने विकल्प आवश्यकता अनुसार अन वा अफ गर्नुहोस् । एप प्रयोग गरिरहेको बेला मात्र लोकेसन पहुँच दिनको लागि एपको लोकेसन सेटिङमा Allow only while using the app भन्ने विकल्प छनौट गर्नुहोस् ।

३. व्यक्तिगत विज्ञापनहरू बन्द गर्ने

तपाईँले फोनमा के गर्नुहुन्छ, के खोज्नुहुन्छ र कुन सामग्री हेर्नुहुन्छ भन्ने आधारमा इन्टरनेटमा विज्ञापनहरू देखाइन्छ । यो तपाईँको गोपनीयताको लागि चिन्ताको विषय हुन सक्छ । किनकि यसरी तपाईँको बानीको जानकारी गुगल र अन्य विज्ञापन प्रदायकहरूलाई पठाइन्छ ।

एन्ड्रोइडमा यो बानी बन्द गर्ने सुविधा छ । यसलाई बन्द गर्दा तपाईँले देख्ने विज्ञापनहरू तपाईँको सर्च हिस्ट्री (इन्टरनेटमा गरिने सर्च तथा खोज) वा रुचिमा आधारित हुने छैनन् । यो सेटिङ मिलाउन Settings मा गएर privacy > Ads मा जानुहोस् । त्यसपछि Ads privacy भित्र रहेका Ad topics, App-suggested ads, र Ad measurement लाई बन्द गर्नुहोस् । हालसम्म सङ्कलन भएको डेटा हटाउनका लागि Delete advertising ID मा ट्याप गरेर Reset advertising ID गर्नुहोस् ।

४. क्लिपबोर्डको सेटिङ मिलाउने

तपाईँको फोनको क्लिपबोर्डमा कपी गरिएका सामग्रीहरू (जस्तै पासवर्ड, बैँक खाता नम्बर, फोन नम्बर, फोटो) हुन सक्छन् । कुनै एपले तपाईँको क्लिपबोर्डबाट डेटा लिने प्रयास गर्दा फोनले तपाईँलाई जानकारी दिने सुविधा गुगलले ल्याएको छ । यो सुविधा एकदमै महत्त्वपूर्ण छ । यसलाई अन गर्न Settings > privacy मा जानुहोस् र Show clipboard access भन्ने विकल्पलाई अन गर्नुहोस् ।

अब कुनै एपले तपाईँको क्लिपबोर्ड पहुँच गर्दा स्क्रिनको तल सानो सूचना (toast notification) देखिनेछ । यदि तपाईँले कुनै एप चलाइ रहँदा यस्तो सूचना देख्नुभयो भने, त्यसले तपाईँको क्लिपबोर्डको डेटा हेर्न खोजीरहेको हुन सक्छ, त्यसैले त्यस्तो एपलाई हटाएर अर्को सुरक्षित विकल्प खोज्नु राम्रो हुन्छ ।

५. स्क्रिन अफ हुने बित्तिकै फोन लक हुने बनाउने

यो एउटा धेरै महत्त्वपूर्ण सेटिङ हो । जुन धेरै फोनमा डिफल्ट (पूर्वनिर्धारित) रूपमा बन्द गरिएको हुन्छ । सामान्यतया, फोन प्रयोग नगर्दा निश्चित समयपछि स्क्रिन आफैँ बन्द हुन्छ र फोन लक हुन्छ । तर, कतिपय फोनमा स्क्रिन बन्द भएको र फोन लक भएको बीचमा करिब पाँच सेकेन्डको ढिलाइ हुन्छ ।

यो समयमा कोहीले तपाईँको फोनमा पासवर्ड बिना नै तुरुन्तै पहुँच पाउन सक्छ । यो जोखिमबाट बच्नका लागि Settings > Password and security > Screen lock मा पुग्नुहोस् । यहाँ Screen lock छेउमा रहेको सानो गियर (⚙️) आइकनमा ट्याप गर्नुहोस् । Lock after screen timeout भन्ने विकल्पलाई Immediately मा सेट गर्नुहोस् । साथै, Power button instantly locks भन्ने विकल्पलाई पनि अन गर्नुहोस् । यसले पावर बटन थिच्ने बित्तिकै फोन लक गर्न मद्दत गर्छ ।

६. प्राइभेसी ड्यासबोर्ड (Privacy dashboard) जाँच गर्नुहोस्

एन्ड्रोइडको प्राइभेसी ड्यासबोर्डले तपाईँको फोनमा कुन एपले तपाईँको क्यामेरा र माइक्रोफोन जस्ता संवेदनशील अनुमतिहरू कहिले प्रयोग गरे भन्ने देखाउँछ । यसले तपाईँको फोनमा कुन एप भरपर्दो छ र कुन छैन भनेर थाहा पाउन मद्दत गर्छ । प्राइभेसी ड्यासबोर्ड हेर्नका लागि Settings > Privacy > Privacy dashboard मा जानुहोस् । यहाँ तपाईँले Location, Camera, Microphone, जस्ता मुख्य अनुमतिहरू देख्नु हुनेछ ।

प्रत्येकमा ट्याप गरेर कुन एपले त्यसलाई कहिले प्रयोग गरेको थियो भन्ने जानकारी समयरेखामा हेर्न सक्नु हुन्छ । यदि कुनै एपले तपाईँले प्रयोग नगरिरहेको बेला वा बिना कारण तपाईँको क्यामेरा वा माइक्रोफोन प्रयोग गरेको देखियो भने त्यस्तो एपलाई अनइन्स्टल गर्नु राम्रो हुन्छ । सामान्यतया, क्यामेरा चलाउने एप (जस्तै भिडिओ कलिङ एप, इन्स्टाग्राम, फोनको क्यामेरा एप) ले मात्र क्यामेरा प्रयोग गरेको देखिनुपर्छ ।

यी सेटिङहरूलाई नियमित रूपमा जाँच गर्नाले तपाईँको स्मार्टफोनलाई मालवेयर वा बाह्य हस्तक्षेपबाट सुरक्षित राख्न मद्दत गर्छ । यदि तपाईँले यी सेटिङहरूमा कुनै नचिनेको वा शङ्कास्पद एप देख्नुभयो भने, त्यसलाई तुरुन्तै अनइन्स्टल गर्नुहोस् ।

भविष्यमा कुनै नयाँ एप इन्स्टल गर्दा, एपले मागेका सबै अनुमतिहरूलाई बिना सोचेर स्वीकृति नदिनुहोस् । एपलाई त्यसको काम गर्नका लागि जति आवश्यक छ, त्यति मात्र अनुमति दिनुहोस् । उदाहरणका लागि, क्यामेरा एपलाई तपाईँको कन्ट्याक्ट लिस्ट आवश्यक पर्दैन।

 

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ १२:३८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले रेशम चौधरीलाई पक्राउ गरेकोमा राज्यले जितेको महसुस गरेको अनुभूत भएको बताएका छन्। 

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राज्यले विजेताको रूपमा आफूलाई प्रस्तुत गरेको र विजेता नै न्यायको कुर्सीमा बसेका कारण आफूहरूले न्याय पाउन नसकेको गुनासो गरेका हुन्। 

‘रेशम चौधरी र सिकेराउतमाथि जुन व्यवहार भएको छ। त्यो जानेको, देखेकै हो’ उनले भने।

Ncell 2
Ncell 2

यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो। एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए।

अध्यक्ष ठाकुर अगाडि भन्छन्, ‘यस किसिमको व्यवहारले हामीले न्याय कहाँ पाउने ? राज्य विजेताको रुपमा बसिरहेको छ।’

shivam cement
shivam cement

बिना कारण रेशम चौधरीलाई पक्राउ गरिएको उनको आरोप छ। ‘कुनै कारण छैन पक्राउ गर्‍यो। ५ घण्टा जेलमा राखिदियो,’ उनले भने।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडाैं। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले तराई-मधेशका नेताहरुमाथि राज्यले अन्याय गरेको भन्दै आपत्ति जनाएका छन्।

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै ठाकुरले थारु-मधेशी जनजातिलाई राज्यबाट निरन्तर अन्याय भइरहेको भन्दै आपत्ति जनाए। उनले आफुहरुमाथि निरन्तर अन्याय हुँदा पनि राज्यले त्यसलाई नसुनेको भन्दै अव सुनाउने ठाँउ नरहेको बताए।

ठाकुरले आफूहरुमाथि सार्वजनिक रुपमा भएको दुर्व्यवहारका घटना अब संसदमार्फत नागरिकलाई सुनाउने जिकिर गरे। उनले रेशम चौधरीलाई फर्जी पत्रका आधारमा विनाकारण पक्राउ गरी ५ घन्टासम्म जेलमा राखेर दुर्व्यवहार गरिएको दाबी गरे।

ठाकुरले राज्यले विजेताको रुपमा आफूलाई प्रस्तुत गरेको र बिजेता नै न्यायको कुर्सीमा बसेका कारण आफुहरुले न्याय पाउन नसकेको गुनासो गरे।


सामाग्री श्रोत :

तराई-मधेशका नेतामाथि राज्यले अन्याय गरेको महन्थ ठाकुरको आरोप

विलियमस्पोर्ट- पृथ्वी दिवस, प्रकृतिलाई जोगाउने विषय मात्र होइन, स्वच्छ हावाबाट फोक्सोका रोगहरूबाट जोगिन पनि हो।

वायु गुणस्तरसँग ‘हरित’ दृष्टिकोण अपनाउनु भनेको केवल वातावरण र पारिस्थितिको तन्त्रको रक्षा गर्नु मात्र होइन, यो हाम्रो फोक्सोलाई रोगबाट जोगाउने विषय पनि हो।

यूपीएमसीका पल्मोनोलोजिस्ट डा शरद ओलीका अनुसार, हामीले सास फेर्ने हावाको गुणस्तर सिधै हाम्रो श्वासप्रश्वास स्वास्थ्यसँग सम्बन्धित छ। वातावरणीय प्रदूषण, एलर्जीजन्य कणहरू र विषालु पदार्थहरूका कारण दम, दीर्घकालीन अवरोधक फुफ्फुसीय रोग (क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज) र फोक्सोको क्यान्सर जस्ता रोगहरू निम्तन सक्छन्।

‘हरेक दिन हामी झन् झन् खराब हावाको गुणस्तरसँग जुधिरहेका छौं, र त्यसैसँगै यस समस्याबाट पीडित बिरामीहरूको संख्या पनि बढ्दो छ,’ डा ओलीले भने। हामीले दैनिक सास फेर्ने हावा र फोक्सो स्वास्थ्यबीचको सम्बन्ध निकै घनिष्ट छ। धूम्रपान नगर्ने बिरामीहरूमा समेत श्वासप्रश्वास सम्बन्धी समस्याहरू बढेको हामी देखिरहेका छौं।

डा  ओलीका अनुसार, अनुसन्धानहरूबाट देखिएको छ- प्रदूषकहरूसँग लामो समयको सम्पर्कले डीएनएमा असर पुर्याउँछ र कहिल्यै धूम्रपान नगरेको व्यक्तिमा समेत फोक्सोको क्यान्सर हुने जोखिम बढाउँछ। विश्व स्वास्थ्य संगठनका अनुसार, हावा प्रदूषणका कारण विश्वभर वार्षिक लाखौं मानिसको मृत्यु हुने गर्छ।

विश्व स्वास्थ्य संगठन अनुसार वायु प्रदूषण भन्नाले ‘कुनै रासायनिक, भौतिक वा जैविक तत्वद्वारा भित्री वा बाहिरी वातावरणको प्राकृतिक गुणस्तरमा परिवर्तन ल्याउने प्रदूषण’लाई जनाइन्छ। यस्तो प्रदूषणले घरभित्रै मात्र करिब २.४ अर्ब मानिसहरूलाई असर गर्ने गरेको बताइएको छ। घरभित्र र बाहिरको वायु प्रदूषणको संयुक्त प्रभावले विश्वभर वर्षेनी ७० लाख असामयिक मृत्युको कारण बनिरहेको छ। डा ओलीले थपे, ‘यसैले घर बाहिर र घरभित्रै पनि वायुको गुणस्तरप्रति मानिसहरू सतर्क र सचेत हुनुपर्छ। वायु प्रदूषणमा विभिन्न प्रकारका कणहरू समावेश हुन्छन्। तीमध्ये सबैभन्दा सामान्य कण भनेको कणीय पदार्थ (पार्टीकुलेट म्याटर) हो।’ यस्ता सूक्ष्म कणहरू फोक्सोको गहिरो भागसम्म पुगेर सूजन गराउँछन् र फोक्सोको कार्यक्षमता घटाउँछन्।

‘सवारी साधनबाट निस्कने नाइट्रोजन डाइअक्साइड र ओजोन, धुलो, पोलिन, डस्ट माइट्स र मोल्ड जस्ता एलर्जनहरूले श्वास नलीमा जलन पैदा गर्छन् र पहिलेदेखि भएका रोगहरू झनै बढाउँछन्, जसले गर्दा फोक्सोको कार्यक्षमता घट्ने गर्छ। ‘यसैगरी, चुरोट सेवन सक्रिय रूपमा होस् या निष्क्रिय रूपमा, फोक्सोलाई क्षति पुर्‍याउँछ र त्यसको कार्यक्षमता घटाउँछ,’ डा ओलीले बताए।

यी समस्या सबै उमेर समूहमा देखिन्छन्, तर बालबालिका र वृद्धहरू बढी जोखिममा हुन्छन्।

समाधान के त?
डा ओलीले भन्छन्, ‘हामीले भित्री र बाहिरी दुवै हावाको गुणस्तर सुधार गर्न आवश्यक छ। प्रदूषकको सम्पर्क घटाउनु, सार्वजनिक सवारी प्रयोग गर्नु, विद्युतीय वा इन्धन-दक्ष सवारी खरिद गर्नु, वृक्षारोपण गर्नु, उद्योगबाट निस्कने प्रदूषणमा नियन्त्रण गर्नु, र स्वच्छ ऊर्जाको प्रयोग गर्नु प्रभावकारी उपायहरू हुन्।’

घरभित्रको हावाको गुणस्तर सुधार गर्न उनले एयर प्युरीफायर, विशेषतः हेपा (उच्च-दक्षता कण वायु) प्रयोग गर्न सल्लाह दिएका छन्। यी फिल्टरहरूले धुलो, पोलिन र अन्य हावामा रहेका कणहरू हटाउन मद्दत गर्छन्।

‘धूम्रपान नगर्नु, भेन्टिलेसन सुधार गर्नु र रसायन जन्य सफाइ सामग्रीको प्रयोग घटाउनु पनि महत्वपूर्ण छ,’ ओलीले भने, ‘अरू एक महत्वपूर्ण कुरा भनेको ह्युमिडिटी नियन्त्रण गर्नु हो। अत्यधिक आर्द्रता वा अत्यधिक सुक्खा वातावरणले पनि समस्या ल्याउँछ। ३०-५० प्रतिशत ह्युमिडिटी राख्न सकेमा फोक्सो रोगहरूबाट जोगिन सकिन्छ।’

डा शरद ओलीका बारेमा 
चितवन नेपालबाट र हाल पेनसिल्भेनिया, अमेरिकामा कार्यरत पल्मोनरी तथा क्रिटिकल केयर (छातिरोग तथा सघन उपचार) चिकित्सक हुन्, उनले १२ वर्ष भन्दा चिकित्सा सेवा दिइसकेका छन्। उनले काठमाडौं विश्वविद्यालय अन्तर्गत नोबेल मेडिकल कलेजबाट एमबीबीएस डिग्री प्राप्त गरेपछि अमेरिका गएर ब्रुकलिन, न्यूयोर्कस्थित मैमोनाइड्स मेडिकल सेन्टरमा (इन्टरनल मेडिसिन)मा रेसिडेन्सी पूरा गरे र त्यसपछि मिशिगन राज्यको डेट्रोइटस्थित वेन स्टेट युनिभर्सिटीमा पल्मोनरी तथा क्रिटिकल केयर मेडिसिनमा फेलोसिप सम्पन्न गरे।

हाल डा ओली पेनसिल्भेनियाको युनिभर्सिटी अफ पिट्सबर्ग मेडिकल सेन्टर (युपीएमसी) मा पल्मोनरी तथा क्रिटिकल केयर स्पेसियालिस्टका रूपमा कार्यरत छन्। यो प्रतिष्ठित अमेरिकी अस्पतालमा उनले जटिल श्वासप्रश्वास तथा गम्भीर अवस्थाका बिरामीहरूलाई विशेषज्ञ उपचार प्रदान गर्दै आइरहेका छन्। उनको विशेष चासो इन्टरस्ट्रिटियल लङ डिजिज, फोक्सोमा देखिने गाँठा, इन्टरभेन्शनल पल्मोनोलोजी र नयाँ देखापरेका श्वासप्रश्वास सम्बन्धी सङ्क्रमणहरूमा केन्द्रित छ।

क्लिनिकल अभ्याससँगै डा. ओली शैक्षिक तथा अनुसन्धान क्षेत्रमा पनि सक्रिय छन्। उनका वैज्ञानिक कार्यहरू धेरैजसो प्रतिष्ठित अन्तर्राष्ट्रिय मेडिकल जर्नलहरूमा प्रकाशित भएका छन्, जसले पल्मोनरी तथा क्रिटिकल केयर मेडिसिनको विज्ञान र अभ्यासलाई अगाडि बढाउने उनको प्रतिबद्धता झल्काउँछ।

सामाग्री श्रोत :
swasthyakhabar

मुस्ताङ – मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा  विकसित गरिनुपर्ने आवश्यकता औँल्याइएको छ । मुक्तिनाथ मन्दिरमा आउने दर्शनार्थीको बसाइँलाई लम्ब्याउने गरी काम गर्न पहल गरिने र पर्यटकीय पदमार्ग पूर्वाधार निर्माण गरिने प्रमुख  जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिएका छन् । 

मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय प्रवद्र्धन गर्न सकिन्छ भनेर उनी सहितको टोलीले गत शनिबार भ्रमण समेत गरेको थियो । यहाँका तीन धार्मिक सम्पदासँग जोड्ने गरी मुक्तिनाथ क्षेत्रमा  करिब चार किलोमिटर दुरीमा पदमार्ग निर्माण गर्नुपर्ने उनले जानकारी  दिएका छन् । उनले भने, “स्थानीय नागरिकसँगै मिलेर मुक्तिनाथ विकास समितिले पदमार्ग निर्माणलाई अघि बढाउने छ । ”

Ncell 2
Ncell 2

प्रजिअ भुसालसहित प्रशासन कार्यालयका कर्मचारी प्रकाश पौडेल ,पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर जगदिशचन्द्र जोशी र मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीलगायत एघार जनाको टोली रहेको थियो । 

shivam cement
shivam cement

टोलीले वैकल्पिक धार्मिक सम्पदालाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ त्यहाँको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको जनाइएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले भावी योजना बनाउन बैठक आह्वान गरेको छ।

आज (सोमबार) दिउँसो एक बजे बस्ने बैठकमा राजसंस्था पुनस्र्थापनाका लागि अबको आन्दोलनका कार्यक्रमलाई कसरी लैजाने भन्ने विषयमा बैठक बोलाइएको संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिए।

उनले जनआन्दोलन समितिले हालसम्म आन्दोलनका कार्यक्रम घोषणा नगरेको उल्लेख गर्दै चैत १५ गते तीनकुनेमा समितिको अवधारणा सार्वजनिक गर्ने कार्यक्रममा राज्यले चरम दमन गरेको जनाए।

‘अहिलेसम्म जनआन्दोलन समितिले आन्दोलनका कार्यक्रम नै घोषणा गरेको छैन। तीनकुने घोषणा सभामा राज्यले चरम दमन गरेर समितिका नेता कार्यकर्तालाई पक्राउ गरेको छ,’ नेपालले डिसी नेपालसँग भने, ‘अहिलेसम्म आन्दोलनको कार्यक्रम घोषणा नहुँदै राज्यले चरम दमन गरेको छ। अब समितिले भावी योजना र आन्दोलनका कार्यक्रमको विषयमा छलफल गर्न लागेको हो।’

तीनकुने घटनापछि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई सरकारले घरमै नजरबन्दमा राखेको थियो। उनको अनुपस्थितिमा समितिको कार्यवहाक संयोजकको जिम्मेवारी डा. जगमान गुरुङले सम्हालेका थिए। योबीचमा केही विरोधका कार्यक्रम भएपनि समितिकै अगुवाइमा निर्णायक आन्दोलन गर्ने गरी तयारी भइरहेको बताइएको छ।

आज बस्ने बैठकमा हिरासतमा रहेका नेताहरु दुर्गा प्रसाईं र रवीन्द्र मिश्रलगायतको रिहाइका विषयमा पनि छलफल हुने बताइएको छ।
‘बैठकमा हिरासतमा रहेका बाहेक समितिका सबै सदस्य बैठकमा सहभागी हुनुहुनेछ,’ प्रवक्ता नेपालले भने, ‘आजको बैठकमा भावी योजनाका विषयमा विस्तृत छलफल हुन्छ।’

समितिले आन्दोलनका कार्यक्रम घोषणा नगर्दै राज्य दमनका उत्रिएको आरोप लगाएको छ।

यथास्थितिमा मुलुक चल्न नसक्ने भन्दै मुलुकमा राजसंस्थाको आवश्यकता बढेर गएको निष्कर्ष निकाल्दै नवराज सुवेदीको संयोजकत्वमा राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति गठन भएको थियो।

समितिलाई राप्रपा, राप्रपा नेपाललगायत राजसंस्था पक्षधर राजनीतिक दल, व्यक्ति तथा संघ संस्थाले सहयोग गरेका छन्।


सामाग्री श्रोत :

भावी योजना बनाउन संयुक्त जनआन्दोलन समितिको बैठक आह्वान

घोराही- दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमा अन्तर्गतका सेवा कटौती गरेको छ। राष्ट्रिय बीमा बोर्डबाट भुक्तानी नपाएपछि आर्थिक संकट उत्पन्न भएको उल्लेख गर्दै प्रतिष्ठानले जेठ १ गतेबाट लागू हुने इमर्जेन्सी सेवा र इमर्जेन्सी शल्यक्रिया बाहेकका सेवा बीमाबाट नपाइने बताएको छ। 

बीमितहरुलाई इमर्जेन्सी सेवा र इमर्जेन्सी शल्यक्रियामात्र सुचारु  गर्ने सकिने उल्लेख गर्दै भनेको छ,  ‘इमर्जेन्सी बाहेकका शल्यक्रिया सेवा हाललाई स्थगित हुनेछन्। तीन महिनाको निम्ति उपलब्ध गराइने औषधि एक महिनाको लागि मात्र उपलब्ध हुनेछ।’

बीमा सेवा अन्तर्गतका विभिन्न प्रयोगशाला परीक्षण सेवा पनि  कटौती गरिएको बताइएको छ। सम्बन्धित सेवा उक्त कटौतीमा परेको यकिन गरेर मात्रै  सेवा लिन बिमितहरुलाई प्रतिष्ठानको अनुरोध छ।

बीमा बोर्डले भने ४ अर्ब रुपैयाँ भुक्तानीका लागि प्रक्रिया थालेको जनाएको छ। 


 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । देशकै सबैभन्दा ठुलो अनलाइन मार्केटप्लेस दराज नेपालले, ‘५.५ बेस्ट प्राइस, बेस्ट डिल’ अफर घोषणा गरेको छ । उही उत्पादन नेपालकै अरू कुनै अनलाइन प्लेटफर्ममा दराजभन्दा सस्तो मूल्यमा फेला पारेमा कम्पनीले ग्राहकलाई मूल्य अन्तरको दोब्बर रकम फिर्ता दिने घोषणा गरेको हो । 

यद्यपि यसमा केही सर्तहरू भने लागु हुने उल्लेख छ । अफर अन्तर्गत ७५ प्रतिशत सम्मको छुट, निःशुल्क होम डेलिभरी र १ करोड रुपैयाँ बराबरको भौचर सहितको यो विशेष अफर आज सोमबारदेखि २६ वैशाखसम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । 

यो अवधिभर ग्राहकहरूले सेटाफिल, ब्रान्डहाउस, ह्रोटो लगायत प्रतिष्ठित ब्रान्डका विभिन्न उत्पादनहरूमा दैनिक फ्ल्याश सेल मार्फत सबैभन्दा कम मूल्यमा विशेष छुटहरू प्राप्त गर्न सक्नेछन् । तर यी सीमित अवधिका अफरहरू हरेक दिन अपडेट हुने कम्पनीले जनाएको छ । 

साथै, बेस्ट प्राइस ट्याग सहितका उत्पादनहरू खोजेर अझ बढी बचत गर्न सकिने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ । यस्तै ग्राहकहरूले न्यूनतम ४९९ रुपैयाँ खर्च गरी केही सीमित विक्रेताहरूबाट उपलब्ध गराइएका उत्पादनहरूमा निःशुल्क डेलिभरी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यसका लागि दराज एपको होमपेजमा रहेको फ्रि डेलिभरी ब्यानरमा क्लिक गरी फ्रि डेलिभरी पेजबाट भौचर सङ्कलन गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ १०:२६





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट