२०८३ बैशाख २८ सोमबार
२०८३ बैशाख २८ सोमबार

नेपालगञ्ज- भेरी अस्पताल नेपालगञ्जमा जलन वार्ड स्थापना गरिएको छ । वार्डको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले  उद्घाटन गरेका छन्। 

अस्पतालमा मन्त्रालयको वैशाख महिनाको तालिका अनुसार १४ शैय्याको सर्जिकल युनिटसमेत  सञ्चालनमा ल्याएको जनाएको छ।

मन्त्रालयको कार्यक्रमअनुसार बिरामीलाई निःशुल्क उपलब्ध गराउन सिकलसेल तथा थालेसेमियाको खोपसमेत हस्तान्तरण गरिएको छ।

 अस्पतालमार्फत बिरामीहरुले निःशुल्क खोप प्राप्त गर्ने बताइएको छ। 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । नेपाली अनुसन्धानकर्ताहरूले नेपालमा फाइभजी नेटवर्क भित्र्याउन सकिनेबारे अनुसन्धान गरेका छन् । इन्जिनियरिङ अध्ययन संस्थान, पुलचोक क्याम्पसका विद्यार्थी तथा अनुसन्धानकर्ताहरूको टोलीले फोरजी नेटवर्कलाई फाइभजीमा रूपान्तरण गर्ने योजनालाई सघाउनेगरी खोजमूलक अध्ययन गरेको हो ।

“Game Theoretic Approach to QoS Oriented Machine Learning Model Development Toward 5G Network Migration Planning” शीर्षकमा गरिएको उक्त अनुसन्धानमा बीई चौथो वर्षमा अध्ययनरत अर्जुन राय र मनिष कुमार यादव, सुपरभाइजर उप-प्राध्यापक डा. बाबुराम दवाडी र फिनल्याण्डको हेल्सिन्की विश्वविद्यालयका अनुसन्धानकर्ता डा. कृष्णराज भण्डारी संलग्न छन् । उनीहरूको अनुसन्धानपत्र अमेरिकी प्रतिष्ठित जर्नल आइट्रिपलई एक्सेस (ieeexplore.ieee.org) प्रकाशित भएको छ । 

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा गरिएको यो अनुसन्धानले फाइभजी कार्यान्वयनमा आउनसक्ने उच्च लागत र अन्य चुनौतीहरूको समाधान दिने लक्ष्य राखेको डा. दवाडीले बताए । उनका अनुसार अनुसन्धानले काठमाडौँ उपत्यकाका पुराना फोरजी टावरहरूको अध्ययन गरी दूरसञ्चार सेवा प्रदायकहरू (नेपाल टेलिकम/एनसेल)लाई न्यूनतम मूल्यमा अनुकूल तरिकाले आगामी पाँच वर्षभित्र फाइभजी प्रविधि कसरी अपनाउने भन्ने उपाय प्रस्तुत गरेको छ ।

“विश्वविद्यालय अनुदान आयोगबाट विगत तीन वर्षदेखि नै अनुदान प्राप्त भएको थियो । त्यस अनुसन्धान रकमबाट ६/७ वटा अनुसन्धान गरिसकेका छौँ । अझै केही अनुसन्धानपत्र प्रकाशित हुन बाँकी छन्,” उनले भने ।

अनुसन्धानले मसिन इन्टेलिजेन्स र इभोलुसनरी गेम थ्योरी गरी दुई चरणका विधिहरू सुझाएको छ । मसिन इन्टेलिजेन्सले फोरजी र फाइभजी नेटवर्कको गुणस्तर र समस्याहरूको विश्लेषण गरी कुन बेस स्टेसनलाई पहिलो प्राथमिकता दिने भन्ने निर्णय लिन मद्दत गर्नेछ । इभोलुसनरी गेम थ्योरीले भने दूरसञ्चार सेवा प्रदायकहरूलाई राजस्व, ग्राहक सङ्ख्या र फाइभजी सेवाको माग जस्ता व्यावहारिक पक्षहरूलाई विचार गरी दीर्घकालीन योजना बनाउन सहयोग गर्नेछ।

डा. दवाडीले हालको फोरजी नेटवर्कले बढ्दो मोबाइल र डेटा प्रयोगकर्ताको माग धान्न नसक्ने भएकाले फाइभजी आवश्यक भएको बताए । ​तर, फाइभजी नेटवर्कमा जान महँगो खर्च, प्रविधिगत पूर्वाधारको कमी, मानव संसाधनको कमी र सेवाको गुणस्तरमा अवरोध आउन सक्ने चुनौती रहेका छन् । यही समस्यालाई समाधान गर्न उक्त अनुसन्धान केन्द्रित रहेको उनले बताए । 

“संसार नै टेलिकमको नेटवर्क फोरजीबाट फाइभजीमा रूपान्तरण भइरहेको छ । यसरी रूपान्तरण हुने क्रममा महँगो खर्च हुन्छ । उक्त खर्च कसरी सही तरिकाले कम गर्ने भनेर अनुसन्धान गरेका हौँ,” उनले भने । नेपाल सरकारले फाइभजीको पाइलट टेस्ट गर्ने भनेर नेपाली टेलिकमलाई जिम्मा दिएपनि हालसम्म फाइभजी कार्यान्वयन नभएकोमा उनले चिन्ता व्यक्त गरे ।

फाइभजी कार्यान्वयनका लागि यस अनुसन्धानले मसिन इन्टेलिजेन्स र इभोलुसनरी गेम थ्योरी नामका चरण सुझाएको छ ।

मसिन इन्टेलिजेन्स चरण

अनुसन्धानपत्र अनुसार यस तरिकामा मसिन इन्टेलिजेन्सले स्वतः तरिकाले नेटवर्कको विश्लेषण गर्छ । जसमा फोरजी र फाइभजीको क्वालिटी अफ सर्भिस (क्यूआओएस) र फल्ट इन्फर्मेसन जस्ता प्यारामिटरमा आधारित भएर विश्लेषण गरिन्छ ।

उक्त प्यारामिटरहरूका रेकर्डलाई लिएर यसको आधारमा कुन बेस स्टेसनलाई पहिलो प्राथमिकतामा फाइभजीमा रूपान्तरण गर्ने भन्ने निर्णय लिन सजिलो हुन्छ । यसले गुणस्तर मापन जस्तै थ्रुपुट, डिले, जिटर, प्याकेट लस, रिसोर्स फ्याक्टर आदिमा आधारित विश्लेषण गर्छ ।

इभोलुसनरी गेम थ्योरी

अनुसन्धानमा उल्लेख गरिएको इभोलुसनरी गेम थ्योरी चार्ल्स डार्विनको “सर्भाइभल अफ द फिटेस्ट”सँग पनि सम्बन्धित छ । डा. दवाडीले भने, “वनजी, टुजी, थ्रीजी हुँदै फोरजीसम्म हामी पुगेका छौँ । तर हामीलाई फोरजीबाट फाइभजीमा जान भने केही समस्या भइरहेको छ । भारतलगायत धेरै देश फाइभजीमा प्रवेश गरिसकेकाले सोहीअनुसार हामी पनि फाइभजीमा जान बाध्यात्मक हुन्छौँ । कि त सेवा नै बन्द गर्नु पर्‍यो, नत्र रूपान्तरणमा लाग्नु पर्ने हुन्छ ।”

सर्भाइभल अफ द फिटेस्ट सिद्धान्त नयाँ परिवर्तनहरूसँग समायोजन हुँदै जाने कुरामा केन्द्रित रहेको उनले बताए ।

त्यसैले उक्त अनुसन्धानपत्र नेपाल टेलिकम र एनसेलजस्ता नेपालका दूरसञ्चार प्रदायकले आगामी पाँच वर्षमा संसारमा फाइभजीमा भइरहेको विकास र रूपान्तरणलाई प्राकृतिक सिद्धान्तको प्रयोग गरेर कसरी अपनाउने भन्नेमा केन्द्रित छ ।

यसमा राजस्व, ग्राहक संख्या, ट्राफिक भोल्युम, कभरेज क्षेत्र, मानव संसाधन र फाइभजी सेवाको माग जस्ता व्यवहारिक पक्षहरू समेटिएका छन् । जसले दूरसञ्चार सेवाप्रदायकलाई दीर्घकालीन रणनीतिक योजना बनाउन सहयोग पुर्‍याउने बताइएको छ ।

उक्त अनुसन्धानका लागि काठमाडौँ उपत्यकाको नेपाल टेलिकमका फोरजी टावरलाई आधार मानेर अनुसन्धान गरिएको थियो । फोरजी नेटवर्कबाट फाइभजीमा सबैभन्दा सस्तो र सहज तरिकाले कसरी पुर्‍याउन सकिन्छ भनेर अनुसन्धान गरिएको हो ।

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ १५:३३





सामाग्री श्रोत :
टेक पाना

एजेन्सी–अप्रिलमा दुईलाख ५० हजार भन्दा बढी अफगान शरणार्थीहरू छिमेकी देश पाकिस्तान र इरानबाट स्वदेश फर्केको शरणार्थीका लागि राष्ट्र सङ्घीय उच्च आयुक्त (यूएनएचसीआर) जनाएको छ।  

स्वदेश फिर्ता हुनेहरूमध्ये अधिकांश महिला तथा बालबालिका रहेका जनाइएको छ।

शरणार्थी समयमा उनीहरू शिक्षा, आवागमनको स्वतन्त्रतालगायतका प्रतिबन्धका विचमा अनिश्चित भविष्यको सामना गरिरहेका छन्। उनीहरूले स्वऐच्छिक रुपमा सुरक्षित र सम्मानजनक फिर्ता हुन पाउनुपर्ने युएनएचसीआरले  सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ।  

Ncell 2
Ncell 2

करिब ७० लाख अफगान शरणार्थीमध्ये अधिकांश कागजातविहीन आप्रवासीहरू  हाल विदेशमा बसिरहेका छन् अधिकांश इरान र पाकिस्तानमा छन्।

पाकिस्तानी सरकारले सन् २०२५ सम्ममा ३० लाख अफगानीहरूलाई निष्कासन गर्ने योजना बनाएको छ भने इरानी अधिकारीहरूले कागजातविहीन अफगानीहरूलाई आफ्नो घर फर्कन आग्रह गरेका छन्।

shivam cement
shivam cement

अफगानिस्तानको चरम गरिबी र बेरोजगारीले आफ्ना नागरिकहरूलाई इरान पाकिस्तान लगायतका वैदेशिक मुलुकमा अवसरहरूको खोजी गर्दै  देश छोड्न बाध्य पारेको जनाइएको छ। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । इजरायली सेनाले गाजामा आफ्नो कारबाहीलाई “तीव्र र विस्तार” गर्न हजारौं रिजर्भ सैनिकहरूलाई बोलाउन थालेको छ।

इजरायली रक्षा बल (आइडीएफ) ले गाजामा बन्धकहरूलाई रिहा गर्ने र हमासलाई पराजित गर्ने उद्देश्यले “दबाब बढाइरहेको” बताएको छ।

सेनाले योजना अन्तर्गत नयाँ क्षेत्रहरूमा सञ्चालन हुने र जमिन माथि र तल “सबै पूर्वाधार नष्ट” गर्ने बताएको छ।

इजरायली मिडिया रिपोर्टका अनुसार इजरायली सुरक्षा मन्त्रिपरिषद्ले गाजामा नयाँ सैन्य विस्तारलाई अनुमोदन गरेको छ।

यद्यपि, धेरै रिपोर्टहरूका अनुसार यो सैन्य विस्तार अर्को हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमण पछि लागू गरिनेछ।

इजरायल र हमासबीचको युद्धविराम सम्झौता असफल भएको छ र गाजामा ५९ बन्धकहरूको रिहाइ अझै बाँकी छ, जसमध्ये २४ जना जीवित रहेको सम्भावना छ।


सामाग्री श्रोत :

इजरायली सेनाले गाजामा आक्रमण बढाउन रिजर्भ सैनिक बोलाउन थाल्यो

मे ५, अर्थात अन्तर्राष्ट्रीय मिडवाइफ दिवस। आज विश्वभर मिडवाइफ पेशालाई प्रोत्साहन र प्रवर्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मिडवाइफ दिवस मनाइदैछ। यस दिवसलाई सन् १९९२ मा अन्तर्राष्ट्रिय मिडवाइफ संघ (आइसीएम)द्वारा स्थापित गरिएको हो र त्यसपछि प्रत्येक वर्ष ५ मे लाई विश्वका कैयौं देशहरूमा मिडवाइफ दिवस मनाइन्छ। 

यो वर्ष ३३ औं मिडवाइफ दिवसको मूल नारा “हरेक संटमा मिडवाइफ” भन्ने रहेको छ। जसले प्राकृतिक प्रकोप वा महामारीजस्ता कठिन परिस्थितिमा समेत मिडवाइफ पेशाले महिला तथा नवजात शिशुको स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका रहन्छ भन्ने तथ्यलाई दर्शाउछ। विश्वभरि ३३ औं मिडवाइफ्री दिवस मनाइ रहँदा हाम्रो देशमा भने मिडवाइफ को हुन् र मिडवाइफ्री पेशा के सँग सम्बन्धित छ भन्ने कुरा समेत अधिकांश मान्छेहरूको  जानकारीमा  छैन। यति सम्म कि कयौं पढेलेखेका शिक्षित माहानुभावहरु, ठुलाठुला पदमा बसेका व्यक्तिहरु र स्वयं कतिपय  स्वास्थ्यकर्मीहरू पनि यो शब्दसँग अपरिचित हुनुहुन्छ।

विकसित मुलुकहरुमा महिला तथा नवजात शिशुको स्याहारका लागि मिडवाइफ पहिलो रोजाइमा परेता पनि हाम्रो देशमा भने यसको महत्व अधिकांशलाई बुझाउन सकिएको छैन जुन बिडम्बनाको कुरा हो।

मिडवाइफ शब्दको शाब्दिक अर्थ ‘महिलासँग भएको व्यक्ति’ हुन्छ। साधारण भाषामा भन्नु पर्दा मिडवाइफलाई गर्भवती, प्रसूति र सुत्केरी महिलाहरूका लागी महिला मैत्री स्वास्थ्यकर्मीका रूपमा बुझिन्छ।अर्थात् महिला र नवजात शिशुको आवश्यक सेवा गर्नका लागि निरन्तर महिलाको नजिकै रहि सहयोग गर्ने व्यक्ति भन्ने बुझ्नुपर्दछ। 

यसले केवल प्रसवको क्षणमा सघाउने मात्र होइन, महिलाको जीवनचक्रका हरेक संवेदनशील अवस्थामा साथ दिने स्वास्थ्यकर्मीलाई जनाउँछ। जसले किशोरावस्थादेखि गर्भावस्था, प्रसूति र सुत्केरी अवधिसम्म सुरक्षित, सम्मानजनक र महिलामैत्री सेवा प्रदान गर्छिन्। 

अन्तर्राष्ट्रिय मिडवाइफ संघ, आइसीएमका अनुसार मिडवाइफ त्यो व्यक्ति हो जसले आइसीएमका आवश्यक दक्षता अनुसारको पाठ्यक्रम पूरा गरी कानुनी रूपमा ‘मिडवाइफ’ उपाधि प्रयोग गर्ने योग्यता हासिल गरेको हुन्छ। यसरी प्रशिक्षित मिडवाइफ गर्भावस्था, प्रसूति र सुत्केरी अवस्थामा महिलाहरूसँग सहकार्य गरी आवश्यक सल्लाह, सेवा र हेरचाह प्रदान गर्छन्। आजको विश्वमा मिडवाइफ मात्र स्वास्थ्यकर्मी नभएर उनि महिला अधिकारका संरक्षक, र सुरक्षित प्रसूति सेवाको मेरुदण्ड हुन्।

नेपालमा मिडवाइफ पेशा नयाँ भएतापनि यसले मातृ तथा नवजात स्वास्थ्यमा महत्वपूर्ण योगदान दिएको छ।नेपालमा औपचारिक रूपमा मिडवाइफ तालिम २०७३ सालमा मात्र सुरु भएकोले हाल जनशक्ति निकै कम छ। 

नेपाल मिडवाइफ्री सोसाइटीका अनुसार देशभर हाल केवल ९१ जना मात्र रजिष्टर मिडवाइफ छन्, र लगभग ४९० को हाराहारीमा(१२० डिप्लोमा तहका र ३६९ स्नातक तहका) मिडवाइफ्री अध्यनरत छन्| जबकि २०३० सम्ममा ६४१० मिडवाइफ उत्पादन गर्ने जसमा ६००० जति प्रमाण पत्र तहको चाहिने प्रक्षेपण स्वास्थ्य मन्त्रालयको रहेको छ। यसैगरी त्यतिन्जेल  ९१०२ जना मिडवाइफ उत्पादन गर्ने प्रक्षेपण चिकित्सा शिक्षा आयोगको रहेको छ।

मातृ मृत्युदर घटाउन मिडवाइफको  प्रमुख भूमिका रहने सत्यलाई  संसारभर मानिएको छ। विश्वका विकसित मुलुकहरू जस्तै नर्वे, आइसल्याण, स्वीडेन, न्यूजरल्याणड जस्ता देशहरूमा मिडवाइफ्री प्रणाली विगत २५० वर्षदेखि स्थापित छ। संयुत्त राष्ट्र संघ  २०२५ को तथ्यांक अनुसार त्यहाँ (नर्वे, आइसल्याण्ड, स्वीडेन, न्यूजरल्याण्ड) को मातृ मृत्युदर क्रमश १, ३, ४ र ७ प्रति लाख जिवित  जन्ममा रहेको छ। त्यस्तै गरि दक्षिण एसियाका राष्ट्रहरू जहा मिडवाइफ्रि प्रणाली बलियो हुदै गएको छ जस्तै जापान, श्रीलंका, मलेसिया, थाइल्याण हरूको पनि मातृ मृत्युदर क्रमश ३, १८, २६, र ३४ रहेको छ। नेपालको हाल मातृ मृत्युदर भने १४२ प्रति लाख रहेको जानकारी विश्व स्वास्थ्य सङ्गठन २०२५  को तथ्यांकमा उल्लेख छ। त्यसैगरि युनिसेफ को २०२५ को सर्वेक्षण अनुसार नवजात शिशुको मृत्युदर नर्वे, आइसल्याण, स्वीडेन, न्यूजरल्याणड जस्ता राष्ट्रमा क्रमश १,१, १ र ३ प्रति १००० रहेको तर हाम्रो देशमा भने १७ प्रति १००० रहेको देखाएको छ।

हाम्रै देशको दिगो विकासको लागि रणनीतिक अध्ययनले  २०२२ मा नेपालको मातृ मृत्युदर १५१ र नवजात शिशु मृत्युदर २१ रहेको देखाएको छ। जुन एकदमै ठुलो संख्या हो। मृत्यु चाहे जति नै सानो संख्यामा होस्, एक परिवारका लागि लाखौँ करौडौं बराबरको क्षति हुन सक्छ।तसर्थ अहिलेको  मातृ तथा शिशु मृत्युदरले धेरै परिवारलाई जीवनभर नबिर्सिने पीडा दिएको छ।

हाम्रो देशको उच्च मातृ तथा नवजात शिशु मृत्युदर हुनुको एक प्रमुख कारण दक्ष मिडवाइफ र प्रसूतिकर्मीको अभाव हो। र यो  तथ्यांक हाम्रो देशको स्वास्थ्य प्रणालीको लागी ठूलो चुनौती हो। जब सम्म हाम्रो देशमा पनि मिडवाइफ प्रणाली बलियो बनाइदैन तबसम्म यो संख्या खासै नघट्ने कुरा निश्चित रहेको संसार भरिका अनुभवहरुले प्रमाणित गरिसकेका छन्। त्यसैले मातृ तथा शिशु मृत्युदर घटाउन मिडवाइफ प्रणालीलाई बलियो बनाउन पर्छ र मिडवाइफद्वारा संचालित बर्थिंङ सेन्टर र गर्भवती महिलाको जाँच गर्ने क्लिनिकहरू  देशका धेरै अस्पतालहरूमा खोलिनु पर्छ। 

हुन त केही नेपालका केहि ठुला केन्द्रीय स्तरका अस्पतालहरूमा यो सेवा सुरू भैसकेको छ।जसमा भरतपुर अस्पताल २०८० मंसिर महिनाबाट ५ शय्या र परोकार प्रसुति अस्पतालमा भरखरै ४ शय्याको बर्थिंङ सेन्टरहरू र गर्भवती ओपिडी मिडवाइफद्वारा सन्चालनमा छन्। त्यस्तै गरि धुलिखेल अस्पतालले पनि यो सेवाहरू दिदै आएको छ।यसलाई अझ धेरै भन्दा धेरै अस्पतालहरूमा विस्तार गर्ने योजना बनिरहेको हल्ला धेरै नै सुनिएको छ तर कार्वनयन मा ढिलासुस्ति भएको देखिन्छ। यो सेवालाई जति सक्दो चाडो धेरै भन्दा धेरै अस्पतालहरुमा बिस्तार गरिनु अत्यन्तै जरूरी छ।

मिडवाइफको भूमिका: सेवा भन्दा माथि
एक मिडवाइफको भूमिका अनेकौँ तहमा फैलिएको हुन्छ।किशोरावस्थाका सेवाग्राहीहरुका लागि यौन तथा प्रजनन स्वास्थ्यका बारेमा परामर्श, सचेतना र आत्मबल अभिवृद्धिमा केन्द्रित रहन्छ। गर्भावस्थाका आमाहरुको लागि मिडवाइफले पोषण, मानसिक अवस्था, सामान्य चेकअप, सुरक्षित गर्भको सुनिश्चिततामा केन्द्रित रहेर काम गर्छन्।प्रसूति गराउदा  सुरक्षित, सम्मानजनक, सहनुभूतिपूर्ण प्रसव सेवा दिनमै तल्लिन रहन्छन् मिडवाइफ।सुत्केरी अवस्थामा  शिशुको स्तनपान, आमाको पुनःस्वास्थ्य, परिवार नियोजन जस्ता पक्षमा सहयोग गर्दछन्।

मिडवाइफ केवल स्वास्थ्य सेवा दिने मात्र हैनन,  उनी गर्भवती महिलालाई भरोसा, आत्मबल र जीवनको सुरक्षा दिने व्यक्ति हुन्। उनी प्रसवको वेदनामा आशा देखाउने हात हुन्। मिडवाइफ महिला र परिवारसँग उनीहरूको सबैभन्दा संवेदनशील क्षणहरूमा हुन्छन्।जहाँ उनिहरूको  सीप मात्र होइन, उनका शब्द, स्पर्श र साथको महत्त्व हुन्छ। उनले सुरक्षित प्रसूति सुनिश्चित गर्दै, गर्भ र शिशुको स्वास्थ्य अनुगमन गर्छिन, परिवार नियोजन र प्रजनन स्वास्थ्यको शिक्षा दिन्छिन्। जहाँ मिडवाइफ हुन्छन्, त्यहाँ महिलाले सम्मानित, मर्यादित र गुणस्तरीय प्रजनन सेवा पाउँछन् फलस्वरूप एउटा महिलाले जीवनको अत्यन्त संवेदनशील क्षणहरूलाई सकारात्मक अनुभवको रूपमा महसुस गर्न पाउछन्।

जन्म भनेको एउटा प्राकृतीक प्रक्रिया हो। जसका लागि सबै महिलालाई (जटिलता नभएको र सामान्य अवस्थामा) सर्जरी, औषधि वा जटिल हस्तक्षेप आवश्यक पर्दैन। धेरै जसो महिला अझ भनौ अधिकांश महिलाहरूले सामान्य तरिकाले प्राकृतिक जन्म दिन सक्छन्। र त्यहि प्राकृतिक तर संवेदनशील अवस्थामा सही ज्ञान, राम्रो स्याहार-सुसार, सुझाव अनि महिला र उनको बच्चाको सहि निगरानी गर्दै उनलाई आवश्यक साथ, हौसला तथा भरोसा दिने गर्छन मिडवाइफहरू। साथै कुनै जटिलता नआओस भनि नजिकबाट निरिक्षण गर्छिन्| आमा त उनि आफै हुन्छिन उनको त्यो बिशेष पलको साक्षि बनि उनलाई सहायता दिन्छन्  मिडवाइफ।

नेपालमा २०७३ सालदेखि मात्रै औपचारिक रूपमा मिडवाइफ उत्पादन गर्न थालिएको हो। हाल देशभर केवल थोरै संख्यामा रजिष्टर मिडवाइफहरू मात्र कार्यरत छन्, र उनीहरुलाई स्वास्थ्य प्रणालीभित्र अझै ठाउँ दिइएको छैन। सरकारले मिडवाइफ उत्पादन गर्न थालेको पनि लगभग एक दशक हुन लाग्यो , यो समयमा थैरे मिडवाइफहरू उत्पादन भएका छन् र तिनै थोरै मिडवाइफ जनशक्तिलाई पनि सही स्थानमा परिचालन गर्न सकेको छैन, नीति कार्यान्वयनमा गर्न ढिलासुस्ति र हेलचेक्र्याइँ भइ रहेका छन्। जसले गर्दा देशका हजारौँ महिलाहरूले अझै पनि सम्माजनक र सुरक्षित सेवा पाउन वर्षौं कुर्नुपर्ने अवस्था छ।

दिगो विकास लक्ष्य अन्तर्गत, सन् २०३० सम्म मातृ मृत्युदर ७० प्रति लाखमा र नवजात शिशु मृत्युदर १२ प्रति हजारमा घटाउने लक्ष्य नेपाल सरकारले लिएको छ।साथै नेपाल सरकारको १६ औं योजनाले अबको २० बर्षमा मातृ मृत्युदर २० मा झार्ने लक्ष्य राखेको छ। तर यो लक्ष्य तबमात्र सम्भव छ, जब सरकारले मिडवाइफ उत्पादनमा लगानी गर्नेछ, उनीहरूलाई देशका सबै भूभागमा परिचालन गर्नेछ र नीतिहरूलाई कार्यान्वयनको तहमा पुर्‍याउनेछ।

मिडवाइफ किन अत्यन्त महत्त्वपूर्ण ?

१)मातृ तथा नवजात मृत्युदर घटाउन।
२)महिला अधिकारको प्रवर्द्धन गर्न।
३)सस्तो, सहज, पहुँचयोग्य सेवा प्रदान गर्न।
४)सामुदायिक स्वास्थ्य प्रवर्द्धन गर्न।
५)एउटा महिला र उनको परिवारको लागी अत्यन्त संवेदनशिल क्षणलाई जिवनप्रयत्न सकरात्मक अनुभवमा रुपान्तरण गर्न।
६)प्राकृतिक संकट, महामारीमा समेत निरन्तर सेवा दिन।

विश्व स्वास्थ्य संगठनका अनुसार, यदि
मिडवाइफहरूलाई अन्तर्राष्ट्रिय स्तरको शिक्षा र सहयोग दिइयो भने, ८०% भन्दा बढी मातृ मृत्युदर, मृत शिशु र नवजात मृत्युदर घटाउन सकिन्छ। मिडवाइफहरूको आवश्यकता र योगदान नेपाली समाजमा अझ प्रस्ट हुनुपर्छ। दक्ष र समर्पित मिडवाइफहरू मातृ तथा नवजात शिशुको स्वास्थ्य सुधारमा केन्द्रीक भूमिका निभाउनेछन्। यी तथ्य र भावना संगै मिडवाइफ पेशाको महत्व र योगदान उजागर गर्न सकिन्छ।

स्वयं आफु मिडवाइफ भएको नाताले यो पेशा एउटा गहिरो जिम्मेवारी र समर्पणको प्रतीक हो भन्ने महसुस हुन्छ। हरेक सास, हरेक रोदन र हरेक आमाको मुस्कानले सम्झाउँछ हामी नया जीवनको  साक्षी हौ। हामी सुरक्षित मातृत्व सुनिश्चित गर्न खटिन्छौ। र एक-एक जन्मलाई सुरक्षित बनाउने प्रयास गर्छौं।

यो पढिरहँदा कतिलाई लाग्न सक्ला स्वयं मिडवाइफ यति त भन्ने भइ हाल्यो नि भनेर तर एकचोटी मिडवाइफसंगै रहेर बच्चा जन्माउने आमा र उहाको परिवारलाई सोधि हेर्नुस् त उहा कति सन्तुष्ट हुनु भयो भनेर तब तपाईहरूले नि बुझ्नु हुनेछ यस पेशाको महत्व। यस पेशाले मलाई केवल सीप होइन, मानवीयता सिकायो, धैर्य, समर्पण र प्रेम बुझायो। 

मिडवाइफले परिवारको सदस्यसंगै (विशेष गरि श्रीमान् अथवा उनले रूचाउने व्यक्ति) राखेर अनि स्वयंम एउटा महिलाको लागी परिवारको सदस्य भएर सेवा दिने भएकाले पनि मिडवाइफ संग प्रसुति सेवा लिने महिलाहरूले मिडवाइफलाई रूचाउने गर्छन्। भन्छन्- ‘तपाईहरू अरू भन्दा भिन्न लाग्यो! यस्तो असह्य पिडामा हुदा पनि तपाईले दिनु भएको हौसला र सल्लाह नै मेरा साहस बन्यो।’

यि शब्द सुनिरहँदा आफ्नो पेशा प्रति गौरव लाग्छ र अझ सम्मान बढेर आउछ।
 

सामाग्री श्रोत :
swasthyakhabar

 

काठमाडौँ । हाम्रोपात्रोको ‘फर यु’ फिडमा अब भिडिओ पनि देखिने भएको छ । कम्पनीले नयाँ पाइलट प्रोग्राम अन्तर्गत हालै ‘फर यु’ सेक्सनमा भिडिओ राख्न सुरु गरेको हो । 

यसअघि उक्त फिडमा समाचार, डिजिटल पोस्टर, रोचक प्रसङ्ग र अन्तरक्रियात्मक प्रश्न देखिन्थ्यो । ‘फर यु’ सेक्सनको फिडलाई थप आकर्षक बनाउने उद्देश्यसहित कम्पनीले छोटा भिडिओ राख्न थालेको हाम्रोपात्रो फिनटेक अपरेटरकी निर्देशक सुदिना गौतमले जानकारी दिइन् । 

उनका अनुसार अहिले हाम्रोपात्रो आफैँले क्रियटरका भिडिओ राख्न थालेको छ । आफ्नो भिडिओ हाम्रोपात्रोको ‘फर यु’ पेजमा राख्न चाहने क्रियटरले ‘[email protected]’ वा ‘[email protected]’ मा ईमेल पठाउन सक्नेछन् ।

“अहिले हामीले छानेर क्रियटरका भिडिओ राखिरहेका छौं । विस्तारै क्रियटर आफैँले अपलोड गर्न सक्ने एक्सेस दिन्छौं,” गौतमले भनिन् । 

प्रयोगकर्ताले हाम्रोपात्रो एप खोलेर दायाँपट्टि रहेको ‘फर यु’ (For You) सेक्सनमा गई भिडिओ हेर्न सक्नेछन् । वेबबाटै हाम्रोपात्रोको फर यु पेज हेर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ १४:२५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताको मनमष्तिष्कमा नैतिक रुपमा भन्ने हो भने यतिबेला सरकार नरहेको बताएका छन्। 

उनले जनताको नजरमा सरकार ढलिसकेको दाबी गरेका हुन्। 

Ncell 2
Ncell 2

सोमबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारमाथि कुनै भरोसा नभएकाले यो हुनु र नहुनुको कुनै अर्थ नभएको जिकिर गरे। उनले सरकारकै कारण लोकतन्त्रमाथि नै प्रहार गर्ने शक्ति बढिरहेको समेत जिकिर गरे। 

shivam cement
shivam cement

‘प्राविधिक रुपमा त सरकार बलियो नै छ। तर जनभावना, जनमत, जनताको मनोविज्ञानलाई गहिरोसँग विचार गर्नुहोला। सरकारकाका कारण प्रतिगमनतर्फ देशलाई लैजाने जमर्को भएको छ’,उनले भने। 

उनले अहिले चौतर्फीरुपमा लोकतन्त्रमाथि आक्रामण भइरहेको बेला नीति तथा कार्यक्रमले निराशा बढाउने काम गरेको समेत बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा प्रवासी श्रमिकहरूलाई बेवास्ता गरिएकाप्रति आपत्ति जनाए ।

प्रतिनिधि सभामा बोल्दै उनले विदेशमा पसिना बगाइरहेका लाखौं नेपालीहरूलाई राज्यले नजरअन्दाज गरेको भन्दै प्रश्न गरे, “आँसु, रगत र पसीना बगाउने प्रवासी श्रमिकहरू राज्यको नजरमा सुखी नेपाली होइनन् ?”

अहिलेको आर्थिक संरचना रेमिट्यान्समा टेकेको भएपनि विदेशमा रहेका नेपाली श्रमिकहरू नीति तथा कार्यक्रममा नसमेटिनु दुःखद भएको बताउँदै उनले सरकारको दृष्टिकोणमा गम्भीर प्रश्न उठाएका छन् ।

“सरकारले रेमिट्यान्सको वृद्धिदर देखाएर प्रगति बाँडिरहेको छ, तर त्यो रेमिट्यान्स को पसिनाले आएको हो भन्नेबारे विचार गरिँदैन,” प्रचण्डले भने, “विदेशमा श्रम गरेर पठाएको पैसाको कदर गर्ने, उनीहरू फर्किएपछि सीपको उपयोग गर्ने योजना खै नीति तथा कार्यक्रम?”

उनले अघिल्लो वर्ष नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको ‘रेमिट्यान्स उद्यमशीलता कार्यक्रम’ यस वर्ष किन हटाइएको भन्नेमा पनि प्रश्न उठाए । “एक लाख रिटर्नी नेपालीलाई उद्यममा जोड्ने कार्यक्रम नीति तथा कार्यक्रममा अटाउन नसक्नु आफैंमा दुर्भाग्यपूर्ण हो,” उनको टिप्पणी छ ।

अध्यक्ष प्रचण्डका अनुसार १० महिना बितिसक्दा आफु नेतृत्वको सरकारले राखेका रिर्टनी उद्यमशिलता लगायतका कार्यक्रम नचलेको मात्र होइन, यस वर्ष त शीर्षकसम्म हटाइएर प्रवासी श्रमिकलाई अपमानित बनाइएको उनले आरोप लगाए । “वास्तवमा प्रवासी श्रमिकको योगदानलाई आत्मसात गर्ने सोच नै सरकारसँग छैन,” उनले भने ।

उनको आग्रह छ, ‘विदेशमा रहेका नेपालीको श्रम, सीप र बलिदानप्रति सम्मान प्रकट गर्दै तिनको अनुभव र क्षमतालाई उपयोग गर्नेतर्फ राज्य गम्भीरताका साथ अघि बढोस्।’

 


सामाग्री श्रोत :

विदेशमा आँसु, रगत र पसीना बगाउने प्रवासी श्रमिकहरू नीति तथा कार्यक्रममा किन अटेनन्? :अध्यक्ष प्रचण्ड

चितवन- चितवनमा तीन दिनसम्म चलेको दोस्रो अन्तर्राष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन सम्पन्न भएको छ।

चितवन मेडिकल कलेजमा बिहीबारदेखि शनिबारसम्म चलेको सम्मेलनले नेपालमा मानसिक स्वास्थ्यका विषयमा ५ वटा प्रमुख सवाल रहेको र ती सवाललाई सम्बोधन गर्न ८ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो।

तीन दिने सम्मेलनमा नेपाल तथा विदेशबाट २ सय भन्दा बढी मनोचिकित्सक, परामर्शदाता, मनो सामाजिक कार्यकर्ताहरुको सहभागिता रहेको थियो।सम्मेलनमा पोष्टर र ओरल गरी झण्डै १ सय प्रस्तुति भएका थिए भने १३ वटा प्यानल छलफल भएको थियो।

सम्मेलनले तत्कालका लागि मानसिक स्वास्थ्य सेवाको अवस्थालाई ५ वटा बुँदामा प्रमुख सवाल भन्दै संक्षेपिकरण गरेको छ।

पहिलो नम्बरमा मानसिक स्वास्थ्यको समस्या बढिरहेको। तर गुणस्तरीय मानसिक स्वास्थ्य सेवाको आवश्यकता र उपलब्धीबाट ठूलो अन्तर छ। 

दोस्रोमा मानसिक स्वास्थ्य समस्या भएकाहरु माथी ठूलो विभेद छ।

तेस्रो नम्बरमा सबै प्रकारका मानसिक स्वास्थ्यमा काम गर्ने विज्ञहरुको अभाव छ।

चौथो नम्बरमा स्वास्थ्यकर्मीहरूमा बढ्दो मानसिक स्वास्थ्य समस्या र जनशक्ति पलायनले थप जटिलता ल्याएको छ ।

अन्तिम पाचौं नम्बरमा मानसिक स्वास्थ्यका विषयलाई सम्बोधन गर्न सरकार, सार्वजानिक राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुले प्रशंसनीय काम पनि गरिरहेका छन् भनेर उल्लेख गरेको छ।

यी पाँच सवाललाई सम्बोधन गर्न ८ बुँदे घोषणा पत्र पनि जारी गरिएको छ।
१. व्यक्तिको मानसिक स्वास्थ्य सेवाका लागि संविधानले सुनिश्चित गरेको अधिकारलाई कार्यान्वयन गर्न सरकारका तीनवटै तहहरू संघीय, प्रादेशिक र स्थानीय र गैर (सरकारी क्षेत्रहरूबीच समन्वय, सहकार्य र सह लगानी अभिवृद्धि गर्ने। 

२. अधिकारमा आधारित दृष्टिकोण मार्फत मानसिक स्वास्थ्य प्रवर्द्धन, रोकथाम, उपचार र पुनर्स्थापना कार्यक्रमहरूमा सचेतना अभिवृद्धि र सहकार्यमार्फत समुदायलाई सशक्त बनाउने।

३. बालबालिका, किशोर किशोरी, युवा, महिला र ज्येष्ठ नागरिकजस्ता विशेष समूहहरूलाई विशेष ध्यान दिँदै जीवनचक्रको सम्पूर्ण अवधिमा मानसिक स्वास्थ्यलाई समृद्ध बनाउने।
 
४. लैंगिक हिंसाका पीडितहरु, कारागारमा रहेका व्यक्तिहरू, आप्रवासी श्रमिकहरू, आत्महत्या प्रयास गर्नेहरू, तथा पदार्थ प्रयोगसम्बन्धी समस्या भएका व्यक्तिहरू जस्ता जोखिमयुक्त र सीमान्तकृत समुदायहरूको लागि लक्षित कार्यक्रमहरूमार्फत समर्थन अभिवृद्धि गर्ने। 

५. सबै तहका सरकारहरूले स्वास्थ्य बजेटको कम्तीमा १० प्रतिशत मानसिक स्वास्थ्यका लागि विनियोजन गर्दै, टेलि (मानसिक स्वास्थ्य सेवासहित गुणस्तरीय मानसिक स्वास्थ्य सेवाहरूलाई प्राथमिक स्वास्थ्य प्रणालीमा एकीकृत गरी सार्वभौमिक पहुँच सुनिश्चित गर्ने। 

६. मानसिक स्वास्थ्य कार्यबल – जस्तै मनोचिकित्सक, मानसिक स्वास्थ्य नर्सहरू, क्लिनिकल मनोवैज्ञानिकहरू, मनोसामाजिक परामर्शदाता, सामुदायिक मानसिक स्वास्थ्य कार्यकर्ता, सामाजिक कार्यकर्ता र व्यावसायिक चिकित्सकहरूको क्षमता विकासमा प्राथमिकता दिँदै, तालिम पाठ्यक्रम र प्रमाणिकरण प्रक्रियाहरूलाई मापदण्डमा ल्याई लगानी गर्ने ।

७. अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी वित्तीय संस्थाहरूले समानता र न्यायको सिद्धान्तमा आधारित भएर निम्न तथा मध्यम आय भएका देशहरू का मानसिक स्वास्थ्य नतिजा सुधारका लागि थप स्रोत उपलब्ध गराउने।

८. उच्च आय भएका देशहरू र निम्न तथा मध्यम आय भएका देशहरू का शैक्षिक तथा अनुसन्धान संस्थाहरूबीच स्रोत साझेदारी र ज्ञान आदान-प्रदानमार्फत दिगो मानसिक स्वास्थ्य क्षमताको निर्माण गर्न समतामूलक सहकार्य प्रवर्द्धन गर्ने ।

चितवनमा दोस्रो अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन सुरु

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । मौरीपालनमा नयाँ प्रविधि प्रयोग गर्दै नेपाली प्राविधिकहरूले कृत्रिम विधिबाट रानु मौरी जन्माउन सफल भएका छन् । आर्टिफिसियल इनसेमिनेसन (Artificial Insemination) अर्थात् कृत्रिम गर्भधारण  प्रविधि प्रयोग गरेर नेपालमा मौरीको रानु तयार पारिएको हो । 

नेपालमा मौरी पालनको व्यावसायिकीकरण बढेसँगै पछिल्ला केही वर्षहरूमा रानु मौरी उत्पादनका लागि कृत्रिम गर्भाधान प्रविधि प्रयोगमा आइरहेको छ । यस अघि परम्परागत ग्राफ्टिङ प्रविधि मात्र प्रयोगमा रहेकोमा विगत तीन वर्षदेखि एआई वा instrumental insemination (आईआई) प्रविधिको परीक्षण भइरहेको चितवनको भण्डारास्थित मौरीपालन विकास कार्यक्रमका कार्यालय प्रमुख सुजन अंगाईले बताए । उनका अनुसार धेरै पटक परीक्षण भएपनि यो वर्ष परीक्षण सफल भएको र तयार भएको रानु मध्ये पाँच रानु सफलता पूर्वक जोगाउन सकिएको हो । 

कृत्रिम गर्भाधान प्रक्रियामा उच्च उत्पादन र रोग प्रतिरोध क्षमतायुक्त गोलाबाट भाले मौरी छानिन्छ । त्यसपछि ती भालेबाट वीर्य (सिमेन) सङ्कलन गरी प्रयोगशालामा सुरक्षित राखिन्छ र कुमारी रानी मौरीमा कृत्रिम रूपमा गर्भाधान गराइन्छ। त्यसपछि उक्त मौरीको फूलमा ग्राफ्टिङ प्रविधिको प्रयोग गरेर नयाँ रानी मौरी तयार पारिन्छ।

नेपालमा अन्य जनावरहरूमा कृत्रिम गर्भधारणको चलन भएपनि मौरीमा भने यसको प्रयोग नयाँ भएको उनको भनाइ छ । राम्रो मौरीको उत्पादनका लागि कृत्रिम गर्भधारण आवश्यक रहेको उनले बताए । “उन्नत जातको रानु मौरी उत्पादन गर्न सकियो भने यसले मौरी पालनमा टेवा पुर्‍याउने हुँदा कृत्रिम गर्भधारण आवश्यक छ,” उनले भने, “नयाँ प्रविधिबाट उत्पादित रानु मौरीले मह उत्पादन बढाउन सहयोग पुर्‍याउने र त्यसमा रोग प्रतिरोधी क्षमता बढी हुन्छ ।” अघिल्लो आर्थिक वर्षमा अस्ट्रेलियन र अमेरिकी विशेषज्ञहरूसँग सहकार्य गरी यसको अध्ययन तथा तालिम लिइएको उनले बताए । तर त्यति बेला प्रयोग गरिएको विधि र एक साताको छोटो तालिमले अपेक्षित परिणाम दिन भने सकेको थिएन । “त्यस बेला मात्र एउटा रानी मौरी उत्पादन गर्न सफल भएका थियौँ,” उनले सुनाए ।

अनुसन्धानको चरणमा रहेको यस प्रविधिलाई व्यावसायिक रूपमा अगाडि लैजान अझै उनीहरूको व्यवहार, मौरीको चालचलन, र बजारको अध्ययन आवश्यक रहेको अंगाई बताउँछन् ।

 

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८२ ११:३८





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट