२०८३ बैशाख २८ सोमबार
LATEST NEWS
२०८३ बैशाख २८ सोमबार

काठमाडौं–गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा नाउपाका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको विषयमा जवाफ दिने भएका छन्।

रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको जवाफ माग गर्दै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सांसदले सदन अवरोध गरेपछि गृहमन्त्रीले बैशाख २५ गते जवाफ दिने जानकारी गराएको सभामुख देवराज घिमिरेले सांसदहरूलाई सुनाएका हुन्।

Ncell 2
Ncell 2

त्यसअघि दुई पार्टीका सांसदहरुको विरोधका कारण नीति तथा कार्यक्रममाथि छलफल अघि बढाउन समस्या भएपछि सभामुख घिमिरेले उक्त घटनाका विषयमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका थिए।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। सभामुख देवराज घिमिरेले संसद्मा विभिन्न समयमा उठेका विषयमा जवाफ दिन सरकारलाई ‘रुलिङ’ गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा जनमत पार्टीका सांसदहरुले पार्टीका संरक्षक रेमश चौधरीलाई बिनाकारण पक्राउ गरी कारागार चलान गरिएका विषयमा सरकारको जवाफ माग गर्दै उभिएर विरोध गरेपछि सभामुखले उक्त रुलिङ गरेका हुन्।

जनमत पार्टीका सांसद अब्खुल खानले संरक्षक चौधरी पक्राउ सम्बन्धमा सरकारले स्पष्ट जवाफ नदिएसम्म सदनको कामकारबाही अघि बढ्न नसक्ने बताए।

सभामुख घिमिरेले यही वैशाख २५ गतेको बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त घटनाका सम्बन्धमा सदनमा उपस्थित भएर जवाफ दिने जानकारी दिँदै सदनको कामकारबाही अघि बढाउन आग्रह गरे। चौधरी पक्राउका सम्बन्धमा गृहमन्त्री लेखकले जवाफ दिने सभामुख घिमिरेको जानकारीपश्चात् सदन नियमित कार्यसूचीमा प्रवेश गरेको छ।

यही वैशाख १९ गते संघीय संसद्को संयुक्त बैठकमा सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२-८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि दलीय आधारमा छलफल प्रारम्भ भएको छ।


सामाग्री श्रोत :

सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई सभामुखको ‘रुलिङ’

काठमाडौं – सरकारले गर्भवती तथा सुत्केरीलाई नि:शुल्क रुपमा वितरण गर्दै आइरहेको आइरन चक्की देशका धेरै स्वास्थ्य संस्थामा नपाउने अवस्था आएको छ। 

स्वास्थ्यकर्मीहरुले नै आइरन चक्कीको अभाव भयावह स्थितीमा पुगेको भन्दै स्वास्थ्य मन्त्रालयसँग आइरनको माग गरिरहेका छन्।

परिवार कल्याण महाशाखाले भने आइरनको अभाव केही संस्थामा देखिए पनि बाहिर हल्ला भएजस्तो भयावह नभएको जनाएको छ।

आइरन चक्की व्यापक रुपमा अभाव रहेको भन्ने बाहिर आएको तथ्यमा सत्यता नभएको परिवार कल्याण महाशाखा पोषण शाखा प्रमुख लिला विक्रम थापा बताउँछन्। यद्यपि कहीँ कतै भने नपुगेको उनले बताए ।

हाल स्थानीय तहले आफैं किनेर पनि आइन चक्की वितरण गर्दै आइरहेका छन्,’ उनले भने-‘हामीले कतिपय स्थानीय तहलाई माथिबाट नआउने समेत बताइसकेका छौं।’ 

सानादेखी ठूला अस्पतालहरुले पनि आफैं खरिद गर्दै आइरन चक्की वितरण गर्दै आइरहेका छन् । यदाकदा कुनै कुनै स्थानीय तहमा आइरन चक्की नहुँदा वितरण गर्न नसकेपछि परिवार कल्याण महाशाखाले हाल प्रदेश मन्त्रालय तथा नगरपालिकासँग छलफल गरिरहेको उनले जानकारी दिए । यद्यपि त्यति भयावह स्थितीमा नै अभाव नभएको उनको प्रष्टोति छ। 

आइरन चक्कीका लागि प्रदेश आपूर्ति केन्द्रलाई नै संघले बजेट विनियोजन गर्दै आइरहेको छ । प्रदेश आपूर्ति केन्द्रले लक्षित वर्ग सहित कुन स्थानीय तहलाई कति दिने भन्ने यकिन गर्ने गर्छ। 

परिवार कल्याण महाशाखाको विभिन्न कार्यक्रममध्ये गर्भवतीलाई फोलिक एसिड तथा आइरन चक्की वितरण पनि एक कार्यक्रम हो। यद्यपि हाल यसको जिम्मेवारी प्रदेश तथा स्थानीय तहलाई दिइएको छ। कही कतै अभाव हुनुमा समयमा स्थानीय र प्रदेश सरकारबीच समन्वय हुन नसकेको उनको तर्क छ।  

गर्भवती  तथा सुत्केरी अवस्थामा आमा र बच्चाको स्वास्थ्यमा प्रतिकूल असर हुन नदिन  आइरन चक्कीको आवश्यकता पर्छ। यसले रक्तअल्पता हुनबाट जोगाउँछ। त्यसलाई ध्यानमा राखी नेपाल सरकारले सन् १९८५ देखि गर्भवतीलाई आइरन चक्की वितरण गरिरहेको छ। गर्भावस्थाको चौथो महिनादेखि बच्चा जन्मिएको ४५ दिनसम्म दिन नबिराई आइरन चक्की निःशुल्क उपलब्ध गराइन्छ।

सामाग्री श्रोत :
swasthyakhabar

भोजपुर – धरानबाट धनकुटा हुँदै भोजपुरतर्फ आउँदै गरेको को १ ख २१७७ नम्बरको बस दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । 

धनकुटा नगरपालिका–६ औद्योगिक ग्राम नजिक सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको हो । घटनामा परी सख्त घाइते धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी भुजेलको धनकुटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो भने चालक सुनसरीको धरान उपमहानगरपालिका–१३ का ५१ वर्षीय रुद्र तामाङको पनि सोमबार बेलुका मृत्यु भएको थियो । 

Ncell 2
Ncell 2

उपचारकै क्रममा रहेका भोजपुर षडानन्द नगरपालिका–१३ का ५८ वर्षीय लीलाबहादुर श्रेष्ठको आज बिहान मृत्यु भएको धनकुटा प्रहरीले जनाएको छ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहान ४ बजे श्रेष्ठको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

shivam cement
shivam cement

प्रहरीका अनुसार अन्य घाइतेमध्ये दुई जनाको धनकुटा, एक जनाको नोबेल अस्पताल विराटनगर र बाँकी घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । बस दुर्घटनामा परी १४ जना घाइते भएका थिए । जसमा गम्भीर घाइतेमध्ये तीन जनाको मृत्यु भइसकेको छ ।

 

बस दुर्घटनामा घाइते हुनेमा षडानन्द नगरपालिका–१३ का सूर्यमणि तामाङ, सोही स्थानका अनमोल तामाङ, सुनसरी बराहक्षेत्र नगरपालिका–२ का कृष्ण राउत, भोजपुर पौवादुङमा गाउँपालिका–३ च्याङग्रेका गङ्गाप्रसाद सापकोटा, भोजपुर नगरपालिका–११ का सविना बराइली, सोही ठाउँका देवी विक, धनकुटा साँगुरीगढी गापा–६ का हंशबहादुर राई, भोजपुरको षडानन्द नगरपालिका–११ की पूर्णमाया तामाङ, धनकुटा साँगुरीगढी गाउँपालिका–६ की दीर्घमाया राई, इटहरीका आयुष राई र धनकुटा–६ का धनकुमार बिक रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । नेपालको कार बजारमा भारतीय कम्पनी र ब्राण्डहरुको बर्चश्वलाई चीनले तोडेको छ । सन् २०२५ मा चिनियाँ कम्पनी र ब्राण्डहरुले नेपालको कार बजारको ५२.५ प्रतिशत हिस्सा ओगटेका छन् । नेपाली कार बजारमा भारतीय ब्राण्ड र कम्पनीहरुले आफ्नो वर्चश्व गुमाएको यो पहिलो पटक हो ।

जीवाश्म इन्धनको विकल्पको रुपमा पछिल्ला केही दशकयता बजारमा आएका विद्युतीय कारहरु नेपालमा पनि लोकप्रिय हुँदै गइरहेका छन् । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी साधन अर्थात इभीहरु लोकप्रिय हुँदै जाँदा नेपाली उपभोक्ताले समेत भारतीय ब्राण्डको तुलनामा चिनियाँ ब्राण्डहरु रोज्न थालेका छन् ।

भारतीय बजार टिप्पणीकार जयन्त मुन्ध्राले आफ्नो लिंक्डइनमा लेखेका छन् ‘यो धेरै ठूलो कुरा हो । मारुती, टाटा, महिन्द्रा र अन्य भारतमा निर्मित कारहरुले लामो समयदेखि नेपाली बजारमा प्रभुत्व जमाएका थिए । त्यो प्रभुत्व अब हराएको छ र सबैभन्दा खराब कुरा यो भारतको सबैभन्दा ‘सहज’ बजारमा भएको छ ।’

नेपालको कूल विद्युतको ८५ प्रतिशत हिस्सा जलविद्युतले ओगटेको छ र नेपालमा जलविद्युत अहिले उत्पादन भएको भन्दा कैयौं गुणा धेरै उत्पादन हुन सक्छ । आन्तरिक खपतपछि पनि नेपाल ठूलो परिमाणमा विद्युत निर्यात गर्न समेत सक्षम हुन सक्नेछ । यस्तोमा नेपाली बजारमा विद्युतीय कारको लागन तुलनात्मक रुपमा धेरै कम हुन जान्छ ।

आन्तरिक दहन इन्जिनबाट सञ्चालन हुने पेट्रोल वा डिजेल कारको तुलनामा नेपालमा विद्युत सस्तो छ र अझै सस्तो हुने सम्भाव्यता छ । अर्कोतर्फ जीवाश्म इन्धनबाट चल्ने कारको लागि इन्धन प्राप्त गर्न समेत नेपाल भारतमै निर्भर रहनुपर्ने बाध्यता रहेकोमा इभीमा त्यो बाध्यता छैन । यही कारणले पनि नेपाली उपभोक्ता विद्युतीय कारतर्फ आकर्षित भएको बजारका बारेमा जानकारहरु बताउँछन् ।

चीनले सम्पूर्ण कारहरुको बजारमा भारतलाई उछिनेको हो । विद्युतीय कारको मात्रै कुरा गर्ने हो भने त चीनले भारतलाई धेरै पछाडि छोडिसकेको छ । जयन्त मुन्ध्राका अनुसार नेपालमा २०२५ मा बिक्री भएका नयाँ कारहरुमध्ये ७५ प्रतिशत विद्युतीय कारहरु थिए । विद्युतीय कारहरुमध्ये ७० प्रतिशत चीनबाट आएका थिए । चिनियाँ कार निर्माताहरुले भारतको बजारमा प्रभाव पारेको मात्र नभइ उनीहरुले बजार कब्जामा लिएको मुन्ध्राको विश्लेषण छ ।

पछिल्लो तथ्यांकले भारतीय बजारमा खैलाबैला मच्चाएको छ । बजार विश्लेषक मुन्ध्रा भन्छन् ‘टाटा वा महिन्द्राका इभीहरु चिनियाँ कारजत्तिकै राम्रो छन् भन्ने दाबी गर्नेहरुले अब पछाडि फर्किएर सोन्चुपर्छ । यदि तिनीहरु दाबी गरिएजत्तिकै राम्रा भएको भए नेपालजस्तो तटस्थ बजारमा तिनीहरुको बिक्री यसरी हराउने थिएन ।’ मुन्ध्राले भारतीय ब्राण्डहरुले आफ्नै स्वदेशी बजार पनि जोगाउन नसकेको बताए ।

मुन्ध्राका अनुसार भारतीय बजारमा पनि चीनमा बनेका एमजी कम्पनीको विन्डसर कार र बीवाइडी ब्राण्ड बजार कब्जा गर्ने होडमा छन् । ‘विन्डसरले टाटाको नेक्सन र अन्य ब्राण्डहरुलाई धुलो चटाएको छ’ उनले भने ‘भारी आयात कर तिरेर पनि यी ब्राण्डहरु भारतीय बजारमा अझै सस्तो छन् ।’ भारत सरकारले आफ्नो बजारमा स्वदेशी ब्राण्डहरुलाई रक्षा गरिरहेकोले मात्रै उनीहरु भारतीय बजारमा टिकेको अन्यथा उनीहरुको अवस्था नेपालमा जस्तै हुने उनी बताउँछन् ।


सामाग्री श्रोत :

नेपालको कार बजारमा चीनको कब्जा, भारतका ठूला व्यापारीमा खैलाबैला

काठमाडौँ । ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सेवा सुरु गरेको छ । योसँगै अब बैंकका मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरूबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

ग्लोबल आइएमई बैंकले नेपालमा ईकमर्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको जनाएको छ । यो सेवाबाट ईकमर्स कारोबारहरू गर्ने जस्तै ट्राभल तथा टुर एजेन्सी, होटल, एयरलाइन्स, हस्पिटल लगायतका व्यवसायहरू लाभान्वित हुने कम्पनीको विश्वास छ ।

साथै, यस पेमेन्ट गेटवेमा थ्रिडि सेक्योर्ड प्रविधिको प्रयोग हुने भएकाले यस गेटवेमार्फत् हुने कारोबारहरू थप सुरक्षित हुने कम्पनीको दाबी छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८२ ११:६





सामाग्री श्रोत :
टेक पाना

Ncell 2
Ncell 2
shivam cement
shivam cement

काठमाडौँ –आज नेपाली बजारमा सुनको मूल्यमा भारी मात्रामा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार (आज) सुन ५ हजार ३०० रुपैयाँ बढेर १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस अघि सोमबार एक लाख ८४ हजार ६०० रुपैयाँ पुगेको सुन आज ह्वात्तै बढेको हो । यस्तै चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी एक हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । चाँदी सोमबार एक हजार ९१० मा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा ५५ रुपैयाँले वृद्धि भएको हो ।  

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ। यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन्।

ग्लोबल आइएमई बैंकले नेपालमा ईकमर्स कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले ग्लोबल पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको छ। ग्लोबल पेमेन्ट गेटवेले बैंकका मर्चेन्टहरुलाई आफ्नो ब्यवसायको दायरा विस्तार गरी देश विदेशबाट सहज रुपमा भुक्तानी लिन सक्नेछन्। यो गेटवेको सुरुवातपश्चात् ईकमर्स कारोबारहरु गर्ने जस्तै ट्राभल तथा टुर एजेन्सी, होटल, एयरलाइन्स, हस्पिटल लगायतका व्यवसायहरु लाभान्वित हुनेछन्।

ग्लोबल पेमेन्ट गेटवेले राष्ट्रिय र अन्तर्राष्ट्रिय भुक्तानीहरु प्राप्तिको लागि सहज बनाउने भएकोले बैंकका मर्चेन्टहरुको ब्यवसायलाई वृद्धिमा सहयोग पुग्नेछ। साथै, यस पेमेन्ट गेटवेमा थ्रिडि सेक्योर्ड प्रविधिको प्रयोग हुने भएकाले यस गेटवेमार्फत् हुने कारोबारहरु थप सुरक्षित हुनेछ।

यसरी बैंकले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे। साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २२१ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ। बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।


सामाग्री श्रोत :

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु

भारत- ‘इण्डियन आइडल १२’ का विजेता तथा लोकप्रिय गायक पवनदीप राजन हालै उत्तर प्रदेशको अमरोहास्थित चोपला चौराहा ओभरब्रिज नजिक सवारी दुर्घटनामा परेका छन्। उक्त दुर्घटना आइतबार बिहान करिब २:३० बजे भएको हो।

२८ वर्षीय राजन चम्पावत, उत्तराखण्डका बासिन्दा हुन्। उनी आफ्नो साथी अजय मेहरा र चालक राहुल सिंहसहित एमजी हेक्टर कारमार्फत नोएडातर्फ गइरहेका थिए। यात्राको क्रममा उनी  सवार कार चोपला चौराहा ओभरब्रिज नजिकै राजमार्गमा रोकेर राखिएको आइचर क्यान्टर ट्रकमा ठोक्किएको थियो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले चालक राहुल सिंह निदाएको कारण सवारी अनियन्त्रित भई दुर्घटना भएको देखाएको छ। ठक्करको प्रभावले पवनदीप राजनका दुबै खुट्टामा फ्र्याक्चर भएका छन् भने टाउकोमा समेत चोट लागेको छ।

घटनापछि उनलाई तत्काल सरकारी अस्पतालमा लगिएको थियो तर अवस्थाको गम्भीरताका कारण निजी अस्पतालमा सारिएको छ। हाल उनको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा राखिएको बताइएको छ।

साथै, कारमा सवार अन्य दुईजनाको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । एप्पलले सार्वजनिक गर्ने तयारीमा रहेको फोल्डेबल आईफोनको विषयमा केही जानकारीहरू बाहिरिएका छन् । 

ब्लूमबर्गका पत्रकार मार्क गुरमनले ‘पावर अन’ न्यूजलेटरमार्फत एप्पलको फोल्डेबल आइफोनबारे महत्वपूर्ण जानकारी सार्वजनिक गरेका हुन् । उनका अनुसार यो फोल्डेबल आइफोन अन्य फोल्डेबल स्मार्टफोनभन्दा दुई प्रमुख विशेषतामा अगाडि हुनेछ । 

गुरमनका अनुसार फोल्डेबल आइफोनमा फोल्ड भएको ठाउँ ‘क्रिज’ देखिने छैन । यसले गर्दा करिब ७.८ देखि ८ इन्चको भित्री स्क्रिन झनै आकर्षक देखिनेछ र प्रयोगकर्ताले राम्रो भिजुअल अनुभव प्राप्त गर्ने बताइएको छ ।

यस्तै फोल्डेबल आइफोनमा अन्य फोनको तुलनामा उच्च गुणस्तरको हिन्ज (फोल्डेबल फोनको दुईवटा स्क्रिन जोडिने भाग) प्रयोग गरिनेछ । यसबारे गुरमनले विस्तृत जानकारी नदिए पनि, एप्पल आपूर्ति विश्लेषक मिङ-ची कूका अनुसार हिन्ज टाइटेनियम र स्टेनलेस स्टीलको मिश्रणबाट बनाइनेछ।

मिङ-ची कूका अनुसार फोल्डेबल आइफोनमा ७.८ इन्चको भित्री डिस्प्ले, ५.५ इन्चको बाहिरी स्क्रिन, पछाडि दुई वटा क्यामेरा, अगाडि एउटा क्यामेरा, फेस आईडीको सट्टा टच आईडी भएको पावर बटन, र उच्च क्षमता भएको ब्याट्री हुनेछ।

यो फोन खोल्दा ४.५ एमएम जति पातलो हुने र बन्द गर्दा मोटाइ ९ देखि ९.५ एमएमको हाराहारी हुने अपेक्षा गरिएको छ।

फोल्डेबल स्मार्टफोनको बजारमा एप्पलको प्रवेश कहिले हुने भन्ने बारेमा भने आधिकारिक घोषणा भएको छैन ।

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८२ १०:१०





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट