२०८३ बैशाख २८ सोमबार
२०८३ बैशाख २८ सोमबार

अत्तरिया (कैलाली)। कैलालीमा स्रोत नखुलेको रु १७ लाख ४६ हजार ९०० नगदसहित दुई जना पक्राउ परेका छन्। जिल्लाका छुट्टाछुट्टै ठाउँबाट सो रकमसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्लाको भजनी नगरपालिका–५ गुलरीयाघाट भन्सार कार्यालय नजिकै इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरी टोलीले भारत उत्तर प्रदेश लखिमपुर खिरी जिल्ला तिकुनियाका ३२ वर्षीय अमनकुमार गर्गलाई स्रोत नखुलेको रु आठ लाख ९६ हजार ६६० नेपालीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।

उनका अनुसार गर्गले चलाइरहेको युपी ३२ एचएच ६७५३ नम्बरको भारतीय मोटरसाइकललाई जाँच गर्दा निजले सुर्केथैलीमा कम्मरमा बाँधेर राखेको अवस्थामा उक्त रुपैयाँ फेला पारिएको हो। उक्त रुपैयाँ, मोटरसाइकलसहित निजलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सत्ती पठाइएको छ।

यस्तै, टीकापुर नगरपालिका–१ का १९ वर्षीय अर्मन चौधरीलाई स्रोत नखुलेको पाँच लाख ३१ हजार ४०० भारतीय रुपैयाँसहित पक्राउ गरिएको प्रहरी निरीक्षक जोशीले जानकारी दिए।

अवैध भारतीय रुपैयाँ लुकाइछिपाइ राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटी गएको प्रहरी टोलीले निज चौधरीले सञ्चालन गरेको अर्मन धागा एण्ड टेलरिङ सप्लायर्स पसलमा जाँच गर्दा उक्त रुपैया फेला पारेको हो। निज चौधरीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँके बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।


सामाग्री श्रोत :

स्रोत नखुलेको १७ लाख ४६ हजारसहित दुई जना पक्राउ

काठमाडौँ । चौधरी ग्रुपका अध्यक्ष एवं ​सांसद बिनोद चौधरीले माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सलाई भेटेका छन् । सिङ्गापुरमा आयोजित ​फिलान्थ्रपी एसिया अलायन्स-२०२५ (पीएए-२०२५) को अवसरमा मङ्गलबार चौधरीले गेट्सलाई भेटेका हुन् ।

भेटमा नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रका प्रमुख चुनौतीहरूमा केन्द्रित रहेर छलफल भएको चौधरी ग्रुपले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । सो अवसरमा चौधरीले नेपालको स्वास्थ्य सेवा र रोजगारी क्षेत्रसँग सम्बन्धित प्रमुख चुनौतीहरूबारे जानकारी गराएका थिए ।

०७२ को विनाशकारी भूकम्पदेखि कोभिड–१९ महामारीसम्म र बालपोषणका क्षेत्रमा ‘बलियो नेपाल’ अभियानमार्फत गरिएको सहकार्यका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनप्रति चौधरीले आभार प्रकट गरे । साथै, फाउन्डेसनसँगको दीर्घकालीन सहकार्यलाई अझ सशक्त बनाउने विषयमा समेत छलफल भएको बताइएको छ ।

छलफलमा गेट्स फाउन्डेसनले विश्वका अन्य मुलुकमा सफलतापूर्वक सञ्चालन गरेका स्वास्थ्य तथा रोजगारीसम्बन्धी कार्यक्रमहरूलाई नेपालमा पनि सन्दर्भअनुसार सञ्चालन गर्ने सम्भावनाबारे विचारविमर्श भएको विज्ञप्तिमा उल्लेख छ ।

०७२ को भूकम्पपछिको उद्धार तथा पुनःस्थापनामा चौधरी फाउन्डेसनले तीन हजार अस्थायी आवास निर्माण गर्नुका साथै विद्यालय पुनर्निर्माण, खाद्यान्न र पिउने पानी वितरण लगायत सहयोग पुर्‍याएको थियो । कोभिड महामारीको बेला वीर अस्पतालमा आईसीयू कक्ष तथा अक्सिजन प्लान्ट स्थापना गर्नुका साथै सातै प्रदेशमा स्वास्थ्य सामग्री वितरण गरिएको थियो ।

बिल गेट्सले बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनमार्फत विकासशील देशहरूमा स्वास्थ्य, शिक्षा र प्रविधि क्षेत्रमा योगदान पुर्‍याउँदै आएका छन् । उनी पीएए-२०२५ सम्मेलनका प्रमुख वक्तामध्ये एक थिए ।

उक्त सम्मेलनमा सिङ्गापुरका राष्ट्रपति, डब्लूएचओका महानिर्देशक, इन्डोनेसिया सरकारका मन्त्री, यूएनडीपीका अधिकारीलगायतको सहभागिता रहेको थियो । नेपालबाट बिनोद चौधरीले सम्मेलनमा सहभागिता जनाएका थिए ।

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८२ १५:३६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले अबदेखि अनलाइनबाटै स्वास्थ्य बीमा नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ ।

एक सूचना जारी गर्दै बोर्डले खल्ती, इसेवा, कनेक्टआईपीएस जस्ता डिजिटल भुक्तानी माध्यमबाट बीमा सेवाको नवीकरण गर्न सकिने जानकारी दिएको हो ।

नवीकरण प्रक्रियाका लागि बीमित परिवारले नागरिक एपमा लिंक गरी आफ्नो विवरण अद्यावधिक गर्नुपर्नेछ । 

बोर्डले सम्भव भएसम्म बीमित परिवारलाई अनलाइनमार्फत आफ्नो स्वास्थ्य बीमा सदस्यता नवीकरण गर्न अनुरोध गरेको छ ।

 

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८२ ०:२





सामाग्री श्रोत :
टेक पाना

चितवन। नारायणी नदी व्यवस्थापन आयोजनाले भरतपुरतर्फ २० किलोमिटर क्षेत्रमा तटबन्धनको काम सम्पन्न गरेको छ। नारायणी नदी पुलबाट दक्षिणतर्फको ३५ किलोमिटरमध्ये २० किमी सम्पन्न भएको र बाँकी १० किमीमा तटबन्धनको काम अन्तिमचरणमा रहेको आयोजनाले जनाएको छ।

पाँच किलोमिटरका दुईवटा प्याकेजको ठेक्का सम्झौताको तयारी र एउटा प्याकेजको बोलपत्र आह्वान गरिएको कार्यालयका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जिनियर प्रकाश लम्सालले जानकारी दिए। उनका अनुसार यसअघि जनताको तटबन्ध कार्यालयले १० किमी र नाम परिवर्तन भएसँगै यो आयोजनाले अरु काम गरेको हो।

रु २५ करोडको लागतमा तीनवटा प्याकेजबाट काम गर्न लागिएको सूचना अधिकारी लम्सालले बताए। उनले भने, ‘अब तीनवटा प्याकेजको काम सुरु भएसँगै चितवनतर्फको नदी तटबन्धनको काम सकिन्छ। जनताको तबन्धन कार्यालयले १२ वर्षअघि सम्पन्न गरेको १० किलोमिटर नदी व्यवस्थापनलाई पुनः मर्मत गर्नुपर्ने अवस्था छ। यसमा पनि आवश्यक गर्छौं।’

पहिले जालीमा ढुङ्गा हालेर तटबन्धनको काम गर्ने गरिएको थियो। पछिल्लो समय ठूला–ठूला ढुङ्गाको प्रयोग गरेर कङ्क्रिटवाल लगाउने गरिएको उनले लम्सालले जानकारी दिए। यसले ३० वर्ष सम्म सुरक्षित हुने भए पनि तारजालीमा हालिएको ढुङ्गाले १२ देखि १५ वर्षसम्म मात्र काम गर्ने अनुमान उनको भनाइ छ।

काम भए पनि ती खण्डमा निर्माणको जिम्मेवारी लिएका ठेकेदार कम्पनीलाई बजेट अभावका कारण करिब रु ९० करोड भुक्तानी दिन बाँकी रहेको नारायणी नदी व्यवस्थापन आयोजनाले जनाएको छ। गत आर्थिक वर्षमा रु एक अर्ब १३ करोड ६४ लाखको दायित्व यसवर्ष दायित्व पूरा गरेकाले यस वर्षको तिर्नुपर्ने रकम थप जिम्मेवारीका रूपमा रहेको हो।

आयोजना प्रमुख इञ्जिनियर चक्रविक्रम सिंह बजेट अभाव भएपछि तटबन्धको काममा ढिलासुस्ती भएको बताउँछन्। ‘चितवन र नवलपरासीतर्फ नदी किनारलाई विभिन्न ११ खण्डमा विभाजन गरी तटबन्ध गरिएको हो। अधिकांश खण्डको काम सम्पन्न भइसकेको छ। अब बजेट निकासा भएसँगै बाँकी रकम भुक्तानी गर्छौं’, उनले भने।

चितवनको भरतपुर महानगरपालिका वडा नं ४ र १६ को क्षेत्रमा भइरहेको तटबन्धको भौतिक प्रगति ९७ प्रतिशत पुगेको छ। भरतपुर महानगरपालिका—२६ को भगडी–सिसै क्षेत्रमा भएको तटबन्धको भौतिक प्रगति ३५ प्रतिशत छ। यस कार्यले नदी तटिय क्षेत्रमा बसोबास गर्नेहरूको जोखिम न्यूनीकरणमा सघाउ पुगेको छ।


सामाग्री श्रोत :

नारायणी नदीको भरतपुरतर्फ २० किलोमिटर तटबन्धन

काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबटको लोकप्रियता बढ्दो छ । यो ठुला प्लेटफर्ममा मात्र सीमित नभई स्ट्यान्डअलोन अर्थात् स्वतन्त्र एआई च्याट एपहरूको लागि ठुलो बजार सिर्जना गरेको छ ।

डेटा एनालिटिक्स प्लेटफर्म सेन्सरटावरका अनुसार सन् २०२४ मा एआई च्याटबट एप र एआई आर्ट जेनेरेटरहरूले संयुक्त रूपमा १.५ अर्ब एप डाउनलोड दर्ता गरेका छन् । यी एपबाट भएको इन-एप पर्चेजको आम्दानी पनि गत वर्ष लगभग १.५ अर्ब डलर पुगेको छ । सन् २०२५ को रिपोर्ट अनुसार यी दुई उप-विधामध्ये एआई च्याटबट एपहरूले गत वर्ष धेरै वृद्धि देखाएका छन् ।

ओपनएआईको च्याटजीपीटी एप यस दौडमा स्पष्ट रूपमा अगाडि रहेको छ, जसले गत वर्षको कुल एआई एप डाउनलोडको लगभग २३ प्रतिशत ओगटेको छ । तर गुगलको जेमिनाई एप, माइक्रोसफ्ट कोपाइलट र भर्खरै आएको मेटा एआई जस्ता ठुला प्रविधि कम्पनीहरू पनि यस प्रतिस्पर्धामा सामेल भएका छन् ।

मेटाले गत हप्ता आफ्नो लामा फोर मोडेलमा आधारित नयाँ स्ट्यान्डअलोन एआई एप सार्वजनिक गरेको छ । कम्पनीले एक ब्लग पोस्टमा लेख्दै यो बहुभाषिक एआई असिस्टेन्टले प्रयोगकर्ताहरूलाई अझ व्यक्तिगत, सान्दर्भिक र कुराकानी गर्न सहज बनाउने दाबी गरेको छ ।

सामाजिक सञ्जालको यो विशाल कम्पनीको एआई असिस्टेन्ट पहिले नै फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप जस्ता प्लेटफर्महरूमा उपलब्ध थियो । तर, एआई असिस्टेन्टमा केन्द्रित छुट्टै एप उपभोक्तामुखी उत्पादन बन्ने सम्भावना बढी छ ।

मेटाले एआई च्याटबट एप बजारमा कडा प्रतिस्पर्धाको सामना गरिरहेको छ । यसमा ५० करोडभन्दा बढी साप्ताहिक प्रयोगकर्ता भएको च्याटजीपीटी पनि समावेश छ । तर, कम्पनीसँग एउटा महत्त्वपूर्ण फाइदा छ: फेसबुक वा इन्स्टाग्राममा प्रयोगकर्ताहरूले शेयर गरेको अथाह डेटाले मेटाको एआई च्याटबट एपलाई प्रयोगकर्ता, उनीहरूको प्राथमिकता र अन्य धेरै कुराहरू बुझ्न मद्दत गर्ने सम्भावना छ । यो डेटा-आधारित फाइदाले एआईको युगमा गोपनीयताको नयाँ चिन्ता पनि बढाएको छ ।

त्यसोभए मेटा एआई एपका मुख्य विशेषताहरू के हुन् ? यसले के प्रस्ताव गर्दछ ? बजारमा बाढी आएका अन्य एआई असिस्टेन्टहरू भन्दा यो कसरी फरक छ ? र के यसले वास्तवमै सामाजिक सञ्जाल र अनलाइन अन्तरक्रियाको भविष्यलाई परिवर्तन गर्न सक्छ, जसरी मार्क जुकरबर्गले दाबी गरेका छन् ?

के हो​ मेटा एआई एप ?

मेटा एआई एप लामा फोर प्रविधिमा आधारित छ । यो कम्पनीको सबैभन्दा एडभान्स्ड, खुला एआई मोडेल हो, जुन गएको अप्रिलमा सार्वजनिक गरिएको थियो । मेटाका अनुसार लामा फोलाई ठुलो मात्रामा लेबल नगरिएको टेक्स्ट, इमेज र भिडिओ डेटामा ट्रेन गरिएको छ ।

यो लामा सिरिजको पहिलो एआई मोडेल हो, जसलाई मिक्सचर अफ एक्सपर्ट्स (MoE) आर्किटेक्चर प्रयोग गरेर प्रशिक्षित गरिएको छ ।

च्याटिङ बाहेक मेटा एआई एपमा इमेज जेनेरेसन र एडिटिङ जस्ता सुविधाहरू पनि छन् । एआई च्याटबटलाई भ्वाइस वा टेक्स्टमार्फत प्रम्प्टहरू दिन सकिन्छ । एप मार्फत च्याटबटलाई विभिन्न विषयहरूमा जानकारीका लागि वेब खोज्न पनि सोध्न सक्छन् ।

यस एपमा ‘Discover’ नामक फिचर पनि छ, जहाँ अरू प्रयोगकर्ताले एपलाई कसरी प्रयोग गरिरहेका छन् भन्ने देख्न सकिन्छ । प्रयोगकर्ताले चाहेको खण्डमा मात्र आफ्नो पोस्ट शेयर हुने व्यवस्था गरिएको छ । यसले एआई एपलाई सामाजिक सञ्जालको स्वाद दिने प्रयास भएको देखिन्छ ।

अहिलेसम्म यस एपको प्रयोग अमेरिका, क्यानडा, अस्ट्रेलिया र न्युजिल्याण्डमा मात्र सीमित गरिएको छ । मेटाले यसमा भ्वाइसमा आधारित अन्तरक्रिया, स्मार्ट चश्मासँगको समन्वय र एआई सहायतामा आधारित डकुमेन्ट एडिट गर्ने नयाँ सुविधा परीक्षण गरिरहेको जनाएको छ ।

यो अन्य एआई च्याटबट एपहरू भन्दा कसरी फरक छ ?

मेटाको नयाँ एपभित्रको एआई असिस्टेन्टलाई फेसबुक र इन्स्टाग्राम प्रोफाइलहरूलाई अकाउन्ट सेन्टरमा लिङ्क गर्ने प्रयोगकर्ताहरूका लागि अझ बढी व्यक्तिगत बनाइएको छ ।

कम्पनीले भनेको छ, “तपाईं मेटा एआईलाई आफ्नो बारेमा केही चीजहरू सम्झन भन्न सक्नुहुन्छ । जस्तै तपाईंलाई यात्रा गर्न र नयाँ भाषाहरू सिक्न मनपर्छ भने यसले सन्दर्भको आधारमा महत्त्वपूर्ण विवरणहरू पनि उठाउन सक्छ ।”

“तपाईंको मेटा एआई असिस्टेन्टले मेटा उत्पादनहरूमा तपाईंले पहिले नै शेयर गर्न रोज्नुभएको जानकारी जस्तै; तपाईंको प्रोफाइल र तपाईंलाई मनपर्ने वा संलग्न हुने सामग्रीको आधारमा तपाईंको प्रश्नहरूको अझ सान्दर्भिक जवाफहरू पनि प्रदान गर्दछ ।” 

मेटाले आफ्ना उत्पादनहरूमा प्रयोगकर्ता डेटाको उपयोग गरेर व्यक्तिगत र प्रासंगिक एआई-उत्पन्न प्रतिक्रियाहरू प्रदान गरेर आफ्नो प्रतिस्पर्धात्मक किनारा परिभाषित गर्न खोजिरहेको छ । यसरी डेटा प्रयोग गर्दा सम्भावित अविश्वासका चिन्ताहरू पनि बढ्न सक्नेतर्फ चिन्ता व्यक्त गरिएको छ ।

मेटा एआईसँग अन्तरक्रिया गर्दा, प्रयोगकर्ताहरूले आफ्नो स्मार्ट चश्माबाट एपमा स्विच गर्न सक्नेछन् । मेटाले भनेको छ, “तपाईंले आफ्नो चश्मामा कुराकानी सुरु गर्न सक्नुहुनेछ । त्यसपछि एप वा वेबबाट आफ्नो हिस्ट्री ट्याबमा पहुँच गर्न र जहाँ छोड्नुभएको थियो त्यहीँबाट सुरु गर्न सक्नुहुनेछ ।”

यद्यपि, एपबाट चश्मामा एआई च्याट लैजान सम्भव छैन । ​मेटाले यो पनि भनेको छ कि यसको रे-बान स्मार्ट चश्माका मालिकहरूका लागि विकसित गरिएको भ्यू कम्पेनियन एप अब उपलब्ध हुनेछैन । बरु ती सुविधा नयाँ एआई एपमा समावेश गरिँदैछन् । 

एआईले सामाजिक सञ्जाललाई कसरी प्रभाव पार्ला ?

मेटाका प्रमुख मार्क जुकरबर्गले हालै एक पोडकास्टमा एआई च्याटबटलाई साथीको रूपमा हेर्ने आफ्नो दृष्टिकोणबारे कुरा गर्दै भनेका छन्, “मेरो विचारमा औसत अमेरिकीका तीनभन्दा कम साथीहरू छन् । र औसत व्यक्तिलाई धेरै अर्थपूर्ण सम्बन्धको माग छ ।”

जुकरबर्गका अनुसार सामाजिक सञ्जालको भविष्य आजको भन्दा धेरै अन्तरक्रियात्मक हुनेछ । 

अर्कोतर्फ किशोर प्रयोगकर्तासँग आपत्तिजनक संवाद गर्ने च्याटबटको समाचार आउँदा मेटाले आलोचना सुन्नुपरेको छ । गत महिना प्रकाशित द वाल स्ट्रिट जर्नलको रिपोर्ट अनुसार मेटाले फेसबुक र इन्स्टाग्राममा रोल आउट गरेका एआई सेलिब्रेटी च्याटबटहरू १८ वर्ष मुनिका प्रयोगकर्ताहरूसँग यौन स्पष्ट कुराकानी गर्न इच्छुक थिए । यता टेकक्रन्चले ओपनएआईको च्याटजीपीटी पनि नाबालिगको रूपमा दर्ता भएका प्रयोगकर्ताहरूका लागि यौन कथा सिर्जना गर्न सहमत थियो । 

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८२ २३:२७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– संस्कृतिविद तथा राजसंस्था पक्षधर अभियन्ता डा. जगमान गुरुङले आउँदो जेठ १५ गते नै नेपालमा गणतन्त्रको अवसान र श्री ५ ज्ञानेन्द्रको गद्दी आरोहण हुने भविष्यवाणी गरेका छन् । राजसंस्था सँगसँगै वैदिक सनातन अधिराज्यको पनि स्थापना हुने उनको दाबी छ ।

आज एक कार्यक्रममा सम्वोधन गर्दै गुरुङले जनताले तीव्ररुपमा राजाको आवश्यकता महसुस गरिरहेको बताए । राजाले दरबार छोडेर जनताको नासो जनतालाई सुम्पिए पनि अब यसलाई फेरि राजामै फर्काउनुपर्नेमा उनले जोड दिए ।

यस्तो छ उनको भनाइ

Ncell 2
Ncell 2

जनताले राजाको (आवश्यकता) महसुस गरेका छन् । राजाको इच्छा छ कि छैन, तर जनताले महसुस गरे । श्री ५ ज्ञानेन्द्र दरवार छोडेर जनताको नासो जनतालाई सुम्पिएँ भनेर हाँसिहाँसी हात हाल्लाएर हिँडिबक्स्यो । तर, जनताको नासो हामीले थाम्न सकेनौं, प्रभु यो तिम्रै हो, अब हाम्रो नासो तिमीले नै राखिदेउ भनेर राजालाई सुम्पिने हो ।

श्री ५ ज्ञानेन्द्रले पनि यदि म राजा हुने हो पनि नेपाली जनताको सदिच्छाअनुसार हुने छु भनेर हुकुम भएको छ । त्यसैले अब छिट्टै नेपालमा संवैधानिक राजसंस्थाको स्थापना हुन्छ । वैदिक सनातक अधिराज्य नेपालको स्थापना हुन्छ ।

shivam cement
shivam cement

हामी राजावादी भएको हुनाले श्री ५ को इच्छा जाहेर गर्नुपर्छ । हामीले बहुदल चाहुम्ला नचाहुम्ला, त्यो भिन्दै हो । तर श्री ५ को सन्देशमा बहुदलीय प्रजातन्त्र भनिबक्सेको हुँदा बहुदलीय प्रजातन्त्रको संस्थागत विकासको हामीले पुकारा गरौं ।

अब २०८२ सालमा जनताको सदिच्छा पूरा हुने छ भनिबक्सेको छ । कहिले हुन्छ त अब ? जेठ लागेपछि हुन्छ । मैले जेठ १५ गतेको अवधि तोक्या छु ।

कुनै मान्छे मर्नुपर्यो भने उसैको जन्म महिना, जन्म राशी, जन्म बार, जन्म नक्षेत्रमा मर्छ । १५ गते गणतन्त्रको स्थापना भएको हो । २०८२ साल जेठ १५ गते गणतन्त्रको अवसान हुन्छ र श्री ५ ज्ञानेन्द्रको गद्दीमा आरोहण हुन्छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

गण्डकी। दोस्रो मुख्य पर्यटकीययाममा यहाँको अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आउजाउ बढेको छ। गत अप्रिलमा मात्र ४४ हजार सात सय ६३ विदेशी पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ।

जुन गत वर्ष सोही महिनाको तुलनामा १० हजार आठ सय ५२ ले बढी हो। सन् २०२४ को अप्रिलमा ३३ हजार नौ सय ११ जना पर्यटकले उक्त क्षेत्रमा भित्रिएका थिए। ‘एक्याप’ को आँकडाअनुसार पछिल्ला वर्षमा पर्यटन आगमन दर वृद्धि भइरहेको छ।

कोभिड–१९ महामारीका बेला थलिएको यस क्षेत्रको पर्यटन पुनः पुरानै लयमा फर्किएको ‘एक्याप’ का प्रमुख डा रविन कडरियाले बताए। मार्चदेखि मे महिनासम्म धार्मिक भ्रमणदेखि पदयात्राका लागि उल्लेख्य मात्रामा पर्यटक यस क्षेत्रमा आउने गरेको उनको भनाइ छ। गत मार्चमा ३६ हजार आठ सय ३४ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए।

त्यसअघि फेब्रुअरीमा १२ हजार ६८ र जनवरीमा नौ हजार तीन सय ५९ पर्यटक मात्र उक्त क्षेत्रमा आएका थिए। सन् २०२५ लागेयता अघिल्ला वर्षहरूको तुलनामा पर्यटक आगमन दर बढेको प्रमुख डा कडरियाले बताए। सन् २०२४ को पहिलो चार महिनामा ७८ हजार नौ सय ६८ पर्यटक भित्रिएकामा यो वर्षको पहिलो चार महिनामा एक लाख तीन हजार २४ पर्यटक आएका हुन्।

सन् २०२३ को सोही अवधिमा जम्मा ६८ हजार सात सय ५६ पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए। अन्नपूर्ण क्षेत्र पदयात्रा पर्यटनका लागि विश्वप्रसिद्ध गन्तव्य हो। वर्षात् र जाडो याममा यस क्षेत्रमा आउने पदयात्री पर्यटकको सङ्ख्या न्यून हुने गरे पनि अन्य सययमा भने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने गरेको छ।

सडकमार्गबाट घुम्न र पदयात्रा गर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढेको आयोजना कार्यालयले जनाएको छ। मुक्तिनाथलगायत गन्तव्यमा जाने अधिकांश भारतीय पर्यटकले सडक मार्ग प्रयोग गरे पनि अन्य मुलुकका पर्यटकले भने पदयात्रा रुचाउने गरेका छन्। ‘एक्याप’ले अन्नपूर्ण चक्रीय पदमार्गमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्यांक राख्ने गरेको छ।

अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, कास्कीको मर्दी हिमाल, सिक्लेस, ल्वाङ, घान्द्रुक गाउँ, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानी, पुनहिललगायत गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्।

सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङका १५ स्थानीय तहका ८७ वडा पर्छन्। अन्नपूर्ण क्षेत्र प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, सम्भयता, संस्कृति आदि कारणले आन्तरिक तथा बाह्यक पर्यटकको रोजाइमा पर्ने गरेको छ।

हिमशृङ्खलासहितका आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, हावापानी, स्थानीयवासीको आतिथ्यता र सेवा सुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा चिनिएको छ। कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायतका मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा गर्न सकिन्छ।


सामाग्री श्रोत :

एकै महिनामा साढे ४४ हजार पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिए

काठमाडौँ । नेपालमा एलन मस्कको स्याटलाइट इन्टरनेट सेवा स्टारलिंक कहिले आउँछ भन्ने प्रश्न उठिरहेको बेला देशको हिमाली क्षेत्रमा भने यो सेवा बिना अनुमति नै प्रयोग भइरहेको पाइएको छ । सगरमाथा आरोहणका लागि आएका आरोहीहरूको सुविधाका लागि हिमाल आरोहण सञ्चालन गर्ने (एक्सपिडिसन) कम्पनीहरूले स्टारलिंकको इन्टरनेट उपलब्ध गराइरहेको खुलासा भएको हो ।

हाल नेपालमा हिमाल आरोहणको मुख्य मौसम (स्प्रिङ सिजन) चलिरहेको छ । जानकारहरूका अनुसार यही सिजनदेखि स्टारलिंकको इन्टरनेट प्रयोगमा आएको हुन सक्छ । कन्स्टिलेसन प्रालिका प्रबन्धक सनातन गजुरेलले नेपालमा यसरी अनधिकृत रूपमा इन्टरनेट सेवा दिने काम पहिले पनि हुने गरेकोमा यस पटक स्टारलिंक थपिएको बताए ।

उनले भने, “यो पहिलो घटना होइन । पहिले पनि हामीले यस्ता अवैधानिक डिभाइस र सिमहरू धेरै फेला पारेका थियौं । आरोहीहरू आफ्नै देशबाट यस्ता डिभाइसहरू बोकेर आउने गरेका पनि छन् । यो पटक भने एलन मस्कको इन्टरनेट प्रयोगमा आएको भन्ने सुनिएको छ ।”

गजुरेलका अनुसार नेपालमा हाल प्रयोग भइरहेको स्याटलाइट फोन र डेटाको तुलनामा स्टारलिंक धेरै सस्तो भएका कारण यो प्रयोगमा आएको हुन सक्छ । तर, दर्ता नभई अन्य कम्पनीले सेवा दिँदा आफ्नो लगानी असुरक्षित हुने उनको भनाइ छ । हाल नेपालमा केही कम्पनीहरूले ग्लोबल मोबाइल पर्सनल कम्युनिकेसन्स बाइ स्याटलाइट (GMPCS) मार्फत सेवा दिइरहेका छन् । यसअन्तर्गत फोन कलको प्रति मिनेट शुल्क करिब १७० रुपैयाँ र १ एमबी डेटाको शुल्क ६०६ रुपैयाँ पर्छ । स्टारलिंकको सेवा भने यसको तुलनामा ५० प्रतिशतसम्म सस्तो हुन सक्ने अनुमान छ ।

उनले थपे, “हामीले यस्ता अनधिकृत सेवाका विषयमा नियामक (दूरसञ्चार प्राधिकरण) लाई जानकारी गराइरहेका हुन्छौं । सेवा दिने भए दर्ता भएर आएर सेवा दिनुपर्छ ।”

यता नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले स्टारलिंकलाई इन्टरनेट सेवाका लागि कुनै पनि प्रकारको अनुमति नदिएको पुष्टि गरेको छ । प्राधिकरण स्रोतका अनुसार अनुमति वा दर्ताका लागि कुनै प्रक्रिया नै अगाडि बढेको छैन ।

प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै अग्ला हिमालको बेसक्याम्पहरूमा अनुमतिबिना स्याटलाइट इन्टरनेट सेवा उपलब्ध गराइरहेको जानकारी आएकोले त्यस्तो कार्य नगर्न/नगराउन आग्रह गरेको छ ।

प्राधिकरण स्रोतले भन्यो, “हामीलाई प्राप्त जानकारी अनुसार आरोहणमा आएका विदेशी आरोहीहरूले उतै प्रयोग गरिरहेको डिभाइस नेपालमा पनि ल्याउने र प्रयोग गर्न गरेका छन् । दर्ता नभए पनि नेपालमा सेवा दिन स्टारलिंकलाई सहज छ । अन्तरिक्षबाट देखिने फुटप्रिन्टका आधारमा उनीहरूले सेवा सहजै उपलब्ध गराउन सक्छन् ।”

कन्स्टिलेसन प्रालिका प्रबन्धक गजुरेलका अनुसार विदेशी आरोहीहरूले नेपाल आउँदा प्रयोग भएकै डिभाइस र सिम लिएर आउने र फर्कने बेला फिर्ता नलाने गर्दा पनि यहाँ कम्पनीले सोही डिभाइस प्रयोग गरिरहने प्रवृत्ति देखिएको छ । अर्कोतर्फ, स्टारलिंकले नेपालका कम्पनीहरूलाई एजेन्टको रूपमा सेवा उपलब्ध गराइरहेको खुलेको छ । सब्सक्रिप्सन अर्को देशबाट गर्दा पनि यहाँ सेवा प्रयोग गर्न मिल्ने भएका कारण सेवाको दुरुपयोग पनि भएको उनको भनाइ छ ।

भुटान, भारत, पाकिस्तान लगायत छिमेकी देशहरूले स्टारलिंकलाई अनुमति दिइरहँदा नेपालमा पनि यो सेवा ल्याउने चर्चा भइरहेको छ । तर हालसम्म औपचारिक रूपमा कुनै प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८२ १८:५२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–  महान्यायाधिवक्ता कार्यालय नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना गर्नेविरुद्ध ठगी मुद्दा चलाउने निर्णय गरेको छ ।  

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा नेपाल बाल संगठनका तत्कालीन पदाधिकारी, कर्मचारी र जग्गा बद्नियतपूर्ण रुपमा जग्गा लिजमा भोग गरिरहेको बृहस्पति विद्या सदनका सञ्चालकविरुद्ध ठगीमा मुद्दा चलाउने निर्णय गरेको हो ।

अनाथका लागि सरकारले संगठनलाई उपलब्ध गराएको जग्गा तेस्रो पक्षलाई बद्नियतपूर्ण रुपमा दिइएको भन्दै यसमा ठगी भएको महान्यायाधिवक्ता कार्यालयले किटान गरेको हो ।

Ncell 2
Ncell 2

२०८१ वैशाख दोस्रो साता नेपाल बाल संगठनले बृहस्पति विद्या सदनसँग गरेको लिज सम्झौता खारेज गरेको थियो । त्यसपछि बृहस्पति यसविरुद्ध उच्च अदालत पाटन गएकामा दुवै पक्षलाई ‘आर्बिटेसन’बाट विवाद सुल्झाउन र मुद्दामा नलैजान चलखेल भएको थियो । 

मिलेमतोमा संगठनले २९ रोपनी ४ आना जग्गा बृहस्पतिलाई वि.सं. २१३१ सालसम्म लिजमा दिने गरी बद्नियतपूर्ण निर्णय गरेको थियो ।

shivam cement
shivam cement

त्यसपछि यो प्रकरणमा भएको हिनामिनाको खोजबिन र अनुसन्धान अघि बढेको थियो । योबीचमा अनुसन्धान दबाउन पनि चलखेल भएका थिए । तर, दबाका बीच अघि बढेको अनुसन्धानका आधारमा अब भने ठगीमा मुद्दा दायर हुने भएको हो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ


काठमाडौं। नेकपा (एमाले) नेता एवं प्रगतिशील साहित्यकार प्रदीप नेपालको अन्त्येष्टि गरिएको छ। पशुपतिस्थित विद्युतीय शवदाहगृहमा उहाँको पार्थिव शरीरलाई आज साँझ अन्त्येष्टि गरिएको हो। त्यसअघि उनीप्रति नेकपा (एमाले)का उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णु पौडेल, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शंकर पोखरेल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा (माले)का महासचिव सिपी मैनाली, पूर्वउपप्रधानमन्त्री वामदेव गौतमलगायतका […]
सामाग्री श्रोत :

नेता नेपालको पशुपतिमा अन्त्येष्टि

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट