२०८२ आश्विन ७ मंगलवार
२०८२ आश्विन ७ मंगलवार

काठमाडौं – आइसिसी महिला टी–ट्वान्टी विश्वकप कप एसिया क्वालिफायरमा नेपाल र हङकङको खेल वर्षाले रद्ध भएको छ । 

नेपाल र हङकङबीचको खेल राति परेको पानीको कारण आउट फिल्ड भिजेपछि टस नै हुन सकेन । आजको खेलमा नेपाल र हङकङले अंक बाँडेका छन् । 

Ncell 2
Ncell 2

क्वालिफायरमा नेपालसहित आयोजक थाइल्यान्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईबीच प्रतिस्पर्धामा छन् । 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

नयाँ दिल्ली । भारत सरकारले सामाजिक सञ्जाल प्लेटफर्म एक्सलाई भारतमा ८ हजार भन्दा बढी खाता ब्लक गर्न निर्देशन दिएको छ ।

पाकिस्तानसँग युद्दको चर्किदै गए पछि भारतले एलन मस्कको एक्सलाई ८ हजार टविटर खाता ब्लक गर्न कार्यकारी आदेश जारी गरेको हो ।

नभए कम्पनिले सम्भावित जरिवाना भोग्नुका साथै कम्पनीका स्थानीय कर्मचारीहरूलाई महत्त्वपूर्ण जरिवाना र कारावाससहितको सजायँ पनि हुने विश्वव्यापी सरकारी मामिला टोलीले जनाएको छ।

एक्सको एक पोस्टमा संगठनले भन्यो कि सो आदेशहरूमा अन्तर्राष्ट्रिय समाचार संस्थासहित चर्चित एक्स प्रयोगकर्ताहरूको सम्बन्धित खाताहरूमा भारतमा
प्रदर्शन गर्न नदिनलगायतका मागहरू समावेश गरिएको छ।

‘हामीले खाताहरू ब्लक गर्ने कुनै प्रमाण वा औचित्य प्राप्त गरेका छैनौं,’ उसले भन्यो, ‘तर आदेशको पालना गर्न एक्सले भारतमा मात्र निर्दिष्ट खाताहरू भने रोक्न सक्छ ।’

‘हामी भारत सरकारको मागहरूसँग असहमत छौं। सम्पूर्ण खाताहरू ब्लक गर्नु अनावश्यक मात्र होइन, यो अवस्थित र भविष्यका सामग्रीको सेन्सरशिप हो र अभिव्यक्ति स्वतन्त्रताको मौलिक अधिकारको विपरीत हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यो संगठनको लागि सजिलो निर्णय थिएन।’

‘यद्यपि, भारतमा प्लेटफर्मलाई पहुँचयोग्य राख्नु भारतीयहरूको जानकारी पहुँच गर्ने क्षमताको लागि महत्त्वपूर्ण छ,’ यसले भन्यो, ‘ब्लक गर्ने आदेशबाट प्रभावित सबै प्रयोगकर्ताहरूले अदालतबाट उचित राहत खोज्नुपर्छ।’


सामाग्री श्रोत :

भारतले एक्सलाई भन्यो, ‘८ हजार खाता ब्लक गर्नु, नभए कारबाही भोग्नुु

काठमाडौँ । भारतीय सरकारले सामाजिक सञ्जाल कम्पनी एक्स (पहिलेको ट्वीटर) लाई ८,००० भन्दा बढी अकाउन्टहरू भारतमा रोक्न कार्यकारी आदेश जारी गरेको छ । योसँगै कम्पनीले उक्त अकाउन्टहरू भारतमा मात्र नदेखिने गरी प्रतिबन्ध लगाउने प्रकृया सुरु गरेको छ ।

बिहीवार एक पोस्ट राख्दै कम्पनीले यस विषयमा जानकारी दिएको हो । कम्पनीका अनुसार प्रतिबन्ध लगाइएका अकाउन्टहरूमा अन्तर्राष्ट्रिय समाचार संस्थाहरू र चर्चित एक्स प्रयोगकर्ताहरू रहेका छन् । भारतीय सरकारले अकाउन्टमा प्रतिबन्ध लगाउन अनुरोध गरेपनि अधिकांश अकाउन्टहरूको कुन सामग्रीले भारतको कुन कानून उल्लंघन गरेको हो भन्नेबारे स्पष्ट प्रमाण वा विवरण भने दिइएको छैन ।

“हामी भारत सरकारका मागहरूसँग सहमत छैनौं। सबै अकाउन्टहरू रोक्नु अनावश्यक निर्णय हो, यसले अभिव्यक्ति स्वतन्त्रताको हनन गर्छ। यो वर्तमान र भविष्यको सामग्रीको सेन्सरसिप हो,” एक्सले आफ्नो पोस्टमा उल्लेख गरेको छ । 

यो निर्णय कम्पनीका लागि पनि सहज नभएको तर निर्देशन गरिए अनुरूप अकाउन्टहरू बन्द गर्न आफू बाध्य भएको पनि कम्पनीले उल्लेख गरेको छ । यद्यपि, कम्पनीले कानुनी विकल्पहरूको खोजी गरिरहेको जानकारी दिएको छ ।

एक्सले भारतस्थित प्रयोगकर्ताहरूलाई कानुनी सहायता लिन आग्रह गरेको छ र प्रभावित प्रयोगकर्ताहरूलाई  सूचना पनि दिइसकेको जनाएको छ। 

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८२ ९:१२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – भारत–पाकिस्तान युद्धको तनाव चुलिएसँगै दुवै देशको शेयर बजारमा पहिरो गएको छ । बिहीबार पाकिस्तानी शेयर बजार ६ प्रतिशतले ओरालो लागेको थियो । यता, भारतीय बजारमा पनि भारी गिरावट देखिएको छ । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण बिहीबार दुवै देशका शेयर बजार भारी गिरावटसहित बन्द भएका हुन् ।

भारतका प्रमुख स्टक एक्सचेन्ज सेन्सेक्स र निफ्टी दुवैमा करिब आधा प्रतिशतको गिरावट दर्ज गरिएको छ । उता, पाकिस्तानको कराँची स्टक एक्सचेन्जमा लगानीकर्तामा त्रास फैलिएको देखियो । त्यहाँ भारी बिक्रीको दबाब परेको छ ।

Ncell 2
Ncell 2

कारोबार सत्रका क्रममा किनबेच नै रोक्नुपर्‍यो, जसको कारण थियोे, शेयर मूल्यमा भारी गिरावट । कराँची स्टक एक्सचेन्जको सूचकांक केएसई १०० ले कारोबारमा ६ प्रतिशतभन्दा बढी गिरावट भोग्नुपर्‍यो । मुद्रा बजारमा पनि तनाव देखिएको छ ।

shivam cement
shivam cement

यता भारतीय रुपियाँ अमेरिकी डलरसँग तुलना गर्दा एक प्रतिशतभन्दा बढीले कमजोर भएको छ । पाकिस्तानी रुपियाँमा पनि गिरावट आएको छ । दुवै देशका लगानीकर्तामा चिन्ता बढिरहेको छ । बिहीबार दुबै देशले एक–अर्कामाथि ड्रोन आक्रमणको आरोप लगाएका छन् ।

भारतले जानकारी मंगलबार राति पाकिस्तान र पाकिस्तान शासित कश्मीरमा हवाई आक्रमण गरेको थियो । त्यसयता दुई देशबीच भीषण युद्धको अवस्था बन्न थालेको छ । अहिले दुवै देशले एक अर्का बिच मिसायल, ड्रोन आक्रमणको अवस्था छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

प्रदुषणको अवस्था
सरकारबाट स्वीकृत वायु गुणस्तर सुचकाङ्क अनुसार ०–५० हुँदा राम्रो,५१–१०० हुँदा मध्यम,१०१–१५० हुँदा संवेदनशील समुहका लागि अस्वस्थ ,१५१–२०० अस्वस्थ,२०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको संकेत गर्छ । पछिल्लो साता काठमाडौंको एयर क्वालिटी इनडेक्स २ सय भन्दा माथि छ। 

काठमाडौं उपत्यकाको  प्राकृतिक बनावटका कारण हामीले सास फेर्ने तातो हावा सामान्यतया माथि जान्छ। यसै क्रममा माथिको चिसो हावा तल आउनुपर्ने हुन्थ्यो, जुन अहिले भएको छैन  
त्यस्तै वायु प्रदुषण गराउने कारक तत्वहरुका ठमाडौंमा यथेष्ट मात्रामा रहेका छन्। जसमा सवारी साधन, उद्योगबाट निस्कने धुलो, धुँवा,आगलागी, डढेलो पर्छन् । एक प्रकारको धुलोको कण जमिनमा मिल्छ भने अर्काे हावा नै रहेको हुन्छ।

हावा रहेको धुँलोको कण श्वासप्रश्वास तथा आँखाको माध्यमबाट हाम्रो शरीरमा प्रवेश गर्छ । वायु प्रदुषणले श्वासप्रश्वासका बिरामीको संख्या बढाउँछ। 

आँखामा वायु प्रदुषणले दुई प्रकारका समस्या ल्याउँछ । पहिलेदेखी नै आँखाको एलर्जीको समस्या भएकाहरुलाई वायु प्रदुषणले झनै असर गर्छ । हाल नेपाल आँखा अस्पतालमा दैनिक ७ सय बिरामी ओपिडीमा आउने गरेका छन् । करिब १५ प्रतिशत बिरामीलाई वायु प्रदुषणको असर परेको पाइएको छ। 

लक्षणहरु

– आँखा रातो हुने । 
– आँखा पोल्ने । 
– आँशु बग्ने । 
– आँखा दुख्ने । 
– आँखा हेर्न असहज हुने । 
– आँखा जालो देखिने । 

वायु प्रदुषणमा आँखाको सुरक्षा कसरी गर्ने ?

– सकेसम्म बाहिर ननिस्कने । 
– मर्निङ तथा इभिनिङ वाक नजाने । 
– कतै जाँदा सवारी साधनको प्रयोग गर्ने । 
– प्रोटेक्टिभ ग्लासको प्रयोग गर्ने । 
– आँखा रातो तथा पोल्ने भएमा सफा पानीले आँखा तथा मुख धुने । 
– आँखामा बेस्सरी पानी छ्याप्नु हुँदैन । 
– सकेसम्म मोबाईल तथा कम्युटरको प्रयोग कम गर्ने । 
– आँखा हेर्न नै समस्या भएमा नजिकैको आँखा केन्द्रमा परीक्षण गराउने । 

धुलोको कारण आँखालाई दीर्घकालीन रुपमा पनि असर गर्छ । लामो समयसम्म धुँलोमा एक्सपोजर हुँदा आँखाको बाहिरको जालो खस्रो हुँदै जान्छ । धेरै समयसम्म पनि जालो खस्रो हुँदा आँखा जहिले पनि सुख्खा हुन्छ । त्यसकारण सडकमा व्यापार गर्नेहरुको आँखामा सुख्खापनाको समस्या बढी हुन्छ । आँखाको सुख्खापनाको समस्यामा सुरुमा औषधिबाट नै निको हुन्छ । सर्जरी गर्नुपरेमा आँखाको जालो नै काट्नुपर्ने अवस्था आउन सक्छ। 

निरन्तर टियर प्लसको प्रयोगले आँखामा हुनसक्छ क्षति 

टियर प्लसमा रहेको एक प्रकारको तत्वले जसले आँखामा पानीको मात्रा अर्थात् आँशुको मात्रा बढाउने गर्छ । यो टियर प्लस एक ब्रान्डको नाम हो । हामी चिकित्सकले कुनै पनि ब्रान्डलाई बढावा दिनु उचित हुँदैन। 

आँखा बिजाउँदा तथा रातो हुँदा टियर प्लस तथा यो जस्तै अन्य आौषधिको प्रयोग गरिन्छ । अस्पताल जान सम्भव नहुँदा केही समयले यसको प्रयोगले आँखालाई खासै हानी गर्दैन । यद्यपि निरन्तर रुपमा यस्ता औषधिको प्रयोग राम्रो मानिदैन। 

(डा ढुंगेल नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा कार्यरत छन्)


 

सामाग्री श्रोत :
swasthyakhabar

ईस्लामबाद । पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पिएसएल) युएईमा सारिएको छ ।

भारत र पाकिस्तानबीच तनाव बढेपछि सुरक्षाको कारण देखाउदै पिएसएलका बाँकी खेल युएई सारेको पाकिस्तान क्रिकेट बोर्डले जानकारी दिएको छ ।

भारतले रावलपिण्डीस्थित स्टेडियम नजिक ड्रोन आक्रमण गरेको भन्दै पिएसएलका खेलहरु रोकिएको थियो ।

जारी पिएसएलमा अब लिग चरणका चार खेल र प्लेअफका चार गरि ८ खेल खेल्न बाँकी रहेको छ ।


सामाग्री श्रोत :

भारतसँगको युद्द तनाव, पाकिस्तानी लिगका बाँकी खेल अब युएईमा हुने

काठमाडौँ – आज वैशाख २६ गते अर्थात् ७३औँ कानुन दिवस । न्यायपालिकाप्रतिको जनविश्वासलाई अझ बलियो बनाउन तथा न्यायमा सबैको पहुँच सुनिश्चित गर्दै न्यायिक सुशासनको प्रवद्र्धनमा जोड दिँदै आज कानुन दिवस मनाइँदै छ । 

कानुन र न्यायको क्षेत्रमा चासो राख्नेहरूका लागि यो विशेष दिन हो । विसं २००७ मा प्रजातन्त्र स्थापनापश्चात् २००८ सालमा प्रधान न्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा यो दिनलाई कानुन दिवसका रूपमा मनाउन प्रारम्भ भएको हो । उक्त ऐन २००९ साल पुस ८ गतेको गजेटमा प्रकाशन भई प्रधान न्यायालय गठन भएको र त्यसैको जगमा हालको सर्वोच्च अदालतको स्थापना भएको हो । न्यायपालिकालाई कार्यपालिकाबाट पृथक राखी स्वतन्त्र, निष्पक्ष र तटस्थ न्यायपालिकाको स्थापना, विधिको शासन र आधुनिक न्याय प्रणालीको श्रीगणेश सोही दिनदेखि भएको मानिन्छ । 

Ncell 2
Ncell 2

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्य तथा विशिष्ट अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सर्वोच्च अदालतको आयोजनामा आज अपराह्न यहाँ विशेष कार्यक्रम गरी यो दिवस मनाइँदै छ । 

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ३६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु ७०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ३५, भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, भटमास कोसा प्रतिकिलो रु १५०, तितो करेला प्रतिकिलो रु २०, लौका प्रतिकिलो रु २५, परबर (लोकल) प्रतिकिलो रु ५०, परबर (तराई) प्रतिकिलो रु ६०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौला प्रतिकिलो रु ३०, झिगुनी प्रतिकिलो रु ८०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु २५, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ३०, सलगम प्रतिकेजी रु ८०, भिण्डी प्रतिकिलो रु ४५ कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ६०, बरेला प्रतिकिलो रु ५०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ५०, रायो साग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु ८०, तोरीको साग प्रतिकिलो रु ३५, मेथीको साग प्रतिकिलो रु ८०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ ।

निगुरो प्रतिकिलो रु ४५, ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु ८०, कोइरालो प्रतिकिलो रु १८०, रातो बन्दा प्रतिकिलो रु ६०, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकेजी रु ६०, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु २४०, गान्टे मूला प्रतिकिलो रु ५०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३४०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २८०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १४०, तरबुजा हरियो प्रतिकिलो रु ५०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ६०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, रुख कटहर प्रतिकिलो रु ८०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४६०, आभोकाडो प्रतिकिलो रु ६४० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ७०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ४००, भेडे खुर्सानी प्रतिकिलो रु ७५, लसुन हरियो प्रतिकिलो रु १००, हरियो धनिया प्रतिकिलो रु १००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३००, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १६०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ ।


सामाग्री श्रोत :

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौं –भारत र पाकिस्तानले एक अर्कामाथि ड्रोन र मिसाइल आक्रमण गर्न थालेपछि दुवै देशले नागरिकहरूको सुरक्षामा उच्च सतर्कता अपनाएको छ । सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै बिहीबार भारतले २४ वटा विमानस्थल बन्द गरेको भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सले जनाएको छ ।

बिहीबारदेखि दिल्ली विमानस्थलमा मात्रै ९० वटा उडानहरू रद्द गरिएका छन् । पाकिस्तानले भारत प्रशासित जम्मू, पन्जाब, गुजरात र राजस्थानका भूभागहरूमा हवाइ आक्रमण गर्न थालेपछि भारतको नागरिक उड्डयन प्राधिकरणले विमानस्थल बन्द गर्ने निर्णय गरेको हो । 

Ncell 2
Ncell 2

पाकिस्तानका रक्षामन्त्री खावाजा आसिफले बिहीबार भारतका २५ वटा ड्रोन झारेको बताएका थिए । पाकिस्तानी सेनाले लाहोर, रावलपिण्डी र कराँची लगायत क्षेत्रबाट ड्रोन र मिसाइल प्रयोग गरी भारतीय ड्रोन झारेको बताइएको छ । भारतले पनि एयर डिफेन्स प्रयोग गरी पाकिस्तानी ड्रोन र मिसाइल आक्रमण रोकेको उल्लेख छ । पश्चिमी र उत्तरी भारतमा पाकिस्तानले प्रहार गरेका कयौं ‘टार्गेट’ निष्क्रिय पारेको भारतले बताएको छ ।

shivam cement
shivam cement

पाकिस्तानले भारत नियन्त्रित कश्मिरमा ४० देखि ५० जना भारतीय सेना मारेको पनि दाबी गरेको छ । ‘हामीले उनीहरूको सैनिक इलाकामा विस्फोट गरेका छौं,’ पाकिस्तानको सञ्चार मन्त्री अतुल्लाह तरारले स्काइ न्युजसँग भनेका छन् । बुधबार भारतले अपरेसन सिन्दुरको नाममा पाकिस्तानका नौ स्थानमा आक्रमण गरेको थियो । पाकिस्ताले त्यसको जबाफ दिने बताउँदै आएको छ ।

बन्द गरिएका विमानस्थलहरू अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलहरू छन्। विमानस्थल बन्द गरिँदा भारतका एयरलाइन्स कम्पनीहरूले ठूलो घाटा ब्यहोर्नुपरेको भनेर हिन्दुस्तान टाइम्समले लेखेको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने छ। आज पनि केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक बर्ष २०८२–८३ को नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ।

गत बैशाख २२ गतेदेखि निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ। गत बैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेको पर्सि पल्टदेखि निरन्तर छलफल चलिरहेको हो।

नीति तथा कार्यक्रममा आर्थिक, सामाजिक, वैदेशिक सम्बन्ध जस्ता विषयमा सरकारले तय गरेका नीतिबारे संघीय संसद्मा छलफल हुने गर्छ। नीतिमाथि जननिर्वाचित सांसदहरूको सुझाव समेतका आधारमा सरकारले प्राथमिकीकरण गरेर बजेट ल्याउने अभ्यास छ।

तर, नीति तथा कार्यक्रममाथि स्वस्थ छलफलभन्दा बढी राजनीतिक प्रतिशोध, आग्रह, पूर्वाग्रह, विरोध, बचाउ र टीका-टिप्पणीमै सांसदहरू बढी केन्द्रित देखिएका छन्। सरकारको नीति तथा कार्यक्रमका विषयभन्दा बढी राजनीतिक छेडखानी र आरोप/प्रत्यारोपले प्राथमिकता पाइरहेको छ।

 


सामाग्री श्रोत :

प्रतिनिधिसभा बैठक बस्दै, नीति, कार्यक्रममाथि छलफल जारी रहने

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट