२०८२ आश्विन ७ मंगलवार
२०८२ आश्विन ७ मंगलवार

एजेन्सी–पाकिस्तानी सेनाले ३-४ सय ड्रोनमार्फत भारतको सैन्य पूर्वाधारलाई लक्षित गरी हमला गरेको भारतले दाबी गरेको छ।

भारतीय विदेश मन्त्रालयले शुक्रबार अपरान्ह प्रेस ब्रिफिङ गर्दै यस्तो जानकारी दिएको हो।

पाकिस्तानी सेनाले बिहीबार राति सैन्य पूर्वाधारहरूलाई निशासना गरी ड्रोन हमला गरेको भारतीय सेनाकी कर्णेल सोफिया कुरैशीलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

कर्णेल सोफियाले भनिन्, ‘लेहदेखि सरक्रिकसम्मका ३६ स्थानमा ३०० देखि ४०० ड्रोन हमलाको प्रयास भएको थियो। भारतीय सुरक्षा बलले काइनेटिक र गैर-काइनेटिक माध्यमबाट त्यसमध्ये धेरै ड्रोनहरूलाई खसाल्न सफल भयो।’

ड्रोन मार्फत पाकिस्तानले भारतको वायु रक्षा प्रणाली परीक्षण गर्न र गुप्तचरबारे जानकारी संकलन गर्न खोजेको भारतको आरोप छ।

Ncell 2
Ncell 2

भारतीय सेनाका अनुसार ड्रोनको भग्नावशेषको फोरेन्सिक जाँच भइरहेको छ। प्रारम्भिक अनुसन्धानले यी ड्रोनहरू टर्कीमा निर्मित भएको भारतले आशंका गरेको छ।

‘पाकिस्तान तर्फबाट सीमामा भारी गोलाबारी भइरहेको छ। यस गोलाबारीबाट केही भारतीय सेनाका सैनिकहरू मारिएका छन्। भारतको जवाफी कारबाहीमा पाकिस्तानले ठूलो क्षति बेहोरेको छ,’ उनले भनिन्।

यद्यपि, कर्णेल सोफियाले सीमामा पाकिस्तानले गरेको गोलाबारीमा मारिएका वा घाइते भएका भारतीय सैनिकहरूको संख्याको बारेमा कुनै जानकारी दिइनन्।

shivam cement
shivam cement

तर पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भारतको उक्त दाबीलाई अस्वीकार गरेका छन्। भारतको दाबी अस्वीकार गर्दै आसिफले भने, ‘हामीले अहिलेसम्म केही गरेका छैनौं। जब पाकिस्तानले आक्रमण गर्छ, सबैले थाहा पाउनेछन्।’

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। यस वर्षको आरोहण याम सुरु भएसँगै आज सात जना शेर्पा सगरमाथा शिखरमा पुगेका छन्। उनीहरू यस वर्षको आरोहणका लागि डोरी टाँग्दै (रोप फिक्सिङ) साँझ ५ः०० बजे शिखरमा पुगेको पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीले जानकारी दिए।

विभागका अनुसार ‘एटके एक्सपीडिसन’ अन्तर्गत खटिएका शेर्पाहरूले डोरी टाँग्ने काम सम्पन्न गरेका हुन्। अशोक लामाले नेतृत्व गरेको सो टिममा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा रहेका छन्।

‘सगरमाथाको चुचुरमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ। अब अरु आरोही पनि मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्ने छन्’, निर्देशक अवस्थीले भने।


सामाग्री श्रोत :

सगरमाथा शिखर पुगे सात शेर्पा, डोरी टाँग्ने काम सम्पन्न

काठमाडौँ । ई-स्पोर्ट्स संघ नेपाल (ईसान) को आयोजनामा ‘ईसान पब्जी मोबाइल एसियन च्याम्पियनशिप २०२५’ सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको सहकार्यमा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा १४ देशका ५१ टोली भिड्दै छन् ।‍

यसअन्तर्गत नेपालसहित मलेसिया, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बङ्गलादेश, जोर्डन, सिरिया, लाओस, लेबनान, मङ्गोलिया, श्रीलंका र माल्दिभ्सका पब्जी टिम सामेल छन् । नेपालका डीआरएस गेमिङ नेपाल, होरा ई-स्पोर्ट्स र नेपेक्स ई-स्पोर्ट्सले प्रतिस्पर्धा गरिरहेका छन् ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा हरेक दिन पाँच गेम हुनेछन् । प्रतिस्पर्धामा सहभागीमध्ये उत्कृष्ट ६ टोलीले पुरस्कार पाउनेछन् । यसका लागि कुल पुरस्कार राशि १० लाख रुपैयाँ निर्धारण गरिएको छ । 

आयोजकका अनुसार शीर्ष ६ स्थान हासिल गर्ने टोलीमध्ये पहिलो हुनेले चार लाख, दोस्रो हुनेले दुई लाख, तेस्रो हुनेले एक लाख ५० हजार, चौथो हुनेले एक लाख र पाँचौँ र छैटौँ हुनेले ५०/५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताका सबै खेल ईसानको युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८२ १९:१०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम सरकारले औपचारिकताका लागि मात्रै ल्याएको जस्तो देखिएको बताएका छन् । 

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जनतामा निराशा पैदा गरेको उनले उल्लेख गरेका हुन् । 

Ncell 2
Ncell 2

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा आफ्नो धारणा राख्दै अध्यक्ष लिङ्देनले भने, “यो नीति तथा कार्यक्रमप्रति जनताको आशा पनि छैन, भरोसा पनि छैन ।” 

shivam cement
shivam cement

फरक मत राख्ने पार्टीको मतलाई पनि सम्मान गर्नुपर्ने अध्यक्ष लिङ्देनको भनाइ थियो । बूढीगण्डकी जस्तो राष्ट्रिय गौरवको आयोजना नीति तथा कार्यक्रमको प्राथमिकतामा नपरेकामा उनले आपत्ती व्यक्त गरे । नीति तथा कार्यक्रममा युवालाई रोजगारी सिर्जना गर्ने कुनै पनि कार्यक्रम समावेश नगरिएको उनले टिप्पणी गरेका छन् । 

सांसद राजेन्द्रप्रसाद पाण्डेले आर्थिक मन्दी, युवा पलायन र रेमिट्यान्सको भरमा देशको अर्थतन्त्र निर्भर रहनुपर्ने अवस्था भएको बताए । “विभिन्न जातजातिबीच द्वन्द्व छ, यतिबेला संस्थाका असक्षमता र कुशासनलाई सच्याउने ठोस योजना लिएर नीति तथा कार्यक्रम आउन सकेन, आम जनताको जीविकोपार्जनमा देखिएका समस्या समाधान गर्नेगरी यो नीति तथा कार्यक्रम आउन सकेन”, उनले भने ।  

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–२ बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका ३२ वर्षीय अर्जुन सुर्खेती, काठमाडौं तार्केश्वर नगरपालिका–५ बस्ने २४ वर्षीय रूपेश ढकाल र दाङ बबई गाउँपालिका–५ घर भएका ५० वर्षीया मोतीसरा खत्री रहेका छन्।

पक्राउ परेकामध्ये अर्जुन र रूपेशले जर्मनी पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३५ लाख रूपैयाँ तथा मोतीसराले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएका थिए।

पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अर्जुनलाई बुढानिलकण्ठ नगरपलिका–८ बाट र रूपेशलाई काठमाडौं महानगरपालिका–१२ बाट बुधबार तथा मोतीसरालाई काठमाडौं महानगरपालिका–१३ बाट बिहीबार पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।


सामाग्री श्रोत :

वैदेशिक रोजगारीको नामामा ठगी, तीन जना पक्राउ

काठमाडौँ । आफूले खिचेका नेपालका प्राकृतिक सम्पदाको फोटो विकिपिडियामा अपलोड गरेर पुरस्कार जित्न सकिने भएको छ । विश्वभरका प्राकृतिक सम्पदा स्थललाई विकिमिडिया परियोजनामार्फत प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित अन्तर्राष्ट्रिय फोटो प्रतियोगिता ‘विकी लभ्स अर्थ’ मा सहभागी भई पुरस्कार जित्न सकिने भएको हो ।

विकिपिडियाले १ मेदेखि १५ जुनसम्म यो कार्यक्रम सञ्चालन गरिरहेको छ । 

‘विकी लभ्स अर्थ’ नेपालमा प्राकृतिक सम्पदा स्थलको प्रवर्द्धन गर्ने एक अनलाइन फोटोग्राफी प्रतियोगिता हो भने यो अन्तर्राष्ट्रिय वार्षिक फोटोग्राफी प्रतियोगिता ‘विकी लभ्स अर्थ (WLE)’ को एक हिस्सा हो । नेपालले सन् २०१४ देखि २०२३ सम्म निरन्तर भाग लिंदै आएको छ । 

यस प्रतियोगिताको माध्यमबाट हालसम्म करिब साढे २८ हजारभन्दा बढी तस्बिर विकिपिडियामा क्रियटिभ कमन्स लाइसेन्स अन्तर्गत अपलोड भइसकेका छन् । फोटोग्राफीमा नयाँ रुचि राख्नेदेखि अनुभवी फोटोग्राफरसम्म सबैले यसमा भाग लिनसक्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिले नेपालका प्राकृतिक सम्पदाको फोटो पठाउनुपर्ने हुन्छ । त्यस्तो फोटो म्यानुपुलेट गरिएको छ र देखिने वाटरमार्क छ भने अस्वीकार हुनेछ । त्यस्तै फोटो अपलोड गर्दा सहभागीले आफ्नो ईमेल एड्रेस उपलब्ध गराउनुपर्ने हुन्छ । त्यस्तै फोटोको क्याप्सन र डिस्क्रिप्सन पनि राख्नुपर्ने हुन्छ । त्यसका लागि फोटोको क्याटेगोरी पनि छनोट गर्नुपर्छ । याद गर्नुहोस् तपाईंले अपलोड गर्ने फोटोको कपिराइट दाबी तपाईंंले गर्न पाउनु हुनेछैन । यो स्वतः क्रियटिभ कमन्स लाइसेन्स अन्तर्गत पर्नेछ ।  

१५ जुनभित्र पठाइएका फोटो मात्र योग्य मानिनेछन् । अपलोड गर्नका लागि सहभागीले यहाँ क्लिक गरेर विकिमिडिया कमन्समा साइन इन गर्ने वा नयाँ खाता खोल्नुपर्नेछ । र, आयोजकले उपलब्ध गराएको ‘अपलोड बटन’ मा ट्याप गरी फोटो उपलब्ध गराउन सकिनेछ । 

विकिपिडियामा आइसकेपछि आफ्नो उक्त फोटोलाई सामाजिक सञ्जालमा #WLENepal र #WLE2025 ह्यासट्यागसहित शेयर गर्न पनि आयोजकले आग्रह गरेका छन् । स्थानीय स्तरका विजेताहरूका लागि पुरस्कार पछि घोषणा हुनेछ भने अन्तर्राष्ट्रिय स्तरका विजेताले अमेजन वा अन्य अनलाइन प्लेटफर्मका लागि भौचर पाउनेछन् ।

यस वर्षको प्रतियोगिताका विजेताको घोषणा सन् २०२५ को सेप्टेम्बर अन्त्यमा गरिने विकिपिडियाले जनाएको छ । जुलाई महिनामा राष्ट्रिय निर्णायक मण्डलले नेपालका प्राकृतिक सम्पदा स्थलका उत्कृष्ट १० तस्बिरहरू छनोट गरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि पठाउनेछन् । निर्णायक मण्डलले तस्बिरहरूको प्राविधिक गुणस्तर, मौलिकता र विकिपिडियाका लागि तस्बिरको उपयोगिता जस्ता मापदण्डका आधारमा मूल्याङ्कन गर्नेछ ।

नेपालका लागि यस कार्यक्रमको आयोजक टिममा निर्मल दुलाल र नविन सापकोटा रहेका छन् । थप जानकारी आयोजकको फेसबुक पेजमा सम्पर्क गर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८२ १८:१३





सामाग्री श्रोत :
टेक पाना

ओखलढुङ्गा–सोलुखुम्बु र ओखलढुङ्गाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘स्पार्क कार’को आयोजनामा आजदेखि ‘तेस्रो स्पार्क एड्भेञ्चर’ सुरु भएको छ। 

काठमाडौँबाट कलाकार, उद्यमी, समाजसेवीलगायत २०० जनाभन्दा बढी सहभागी टोली आज सोलुखुम्बुका लागि प्रस्थान गरेको हो। आजदेखि यही वैशाख २८ गतेसम्म सोलुखुम्बुको पात्तले गौरीटाप र ओखलढुङ्गाको रुम्जाटारमा स्पार्क एडेभेञ्चरअन्तर्गत विभिन्न कार्यक्रम आयोजना गरिने छन्। 

‘गेट वे टु एभरेष्ट’ थिममा आयोजना गरिएको स्पार्क एड्भेञ्चरमा राजेश हमाल, क्याप्टेन विजय लामा, राजु लामा, आस्था राउत, सुनिता दुलाललगायतका कलाकार सहभागी छन्। 

“दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवद्र्धन गर्दै ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेञ्चर आयोजना गरिएको हो”, स्पार्क कारका निर्देशक सीताराम घिमिरेले भने, “सहभागीहरुले विद्युतीय सवारीसाधनमा दुईतर्फी यात्रा गर्नुहुनेछ।”काठमाडौँबाट सडकमार्ग हुँदै एकैदिनमा पुग्न सकिने गौरीटाप सगरमाथालगायतका हिमाल अवलोकनका लागि उपयुक्त गन्तव्य हो। 

समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय दृष्टिले सम्भावना भएको गन्तव्य हो। काठमाडौँबाट २३० किलोमिटरको दूरीमा रहेको गौरीटाप नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा पर्छ। 

Ncell 2
Ncell 2

सत्ययुगमा माता गौरीले तपस्या गरेको यो स्थान धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। माता गौरीले तपस्या गरेको स्थानमा रहेको शीलामा ‘गौरी’ नामक गाईले दूध दिने क्रममा बाघले आक्रमण गरेको सो क्रममा गाईको टाप (खुर) ढुङ्गामा बसेकाले यस ठाउँको नाम गौरीटाप रहन गएको जनविश्वास छ। 

चारपाङ्ग्रे सवारीमै बसेर सगरमाथा हिमशृङ्खलालाई नजिकैबाट अवलोकन गर्न सकिने गौरीटाप ओझेलमा परेको पर्यटकीय गन्तव्य हो। यहाँबाट सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला गौरीशङ्कर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनजङ्घालगायतका हिमाल तथा चुचुराको दृश्यावलोकन गर्न सकिन्छ। लालीगुराँसको घनाजङ्गल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुराँस पाइन्छन्। धार्मिक दृष्टिले महत्त्वपूर्ण गौरीटापमा गौरीशङ्कर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर, शिव पञ्चायन मन्दिर छन्। 

स्पार्क एड्भेञ्चरको पहिलो दिन आज काठमाडौँबाट पात्तले गौरीटापसम्म विद्युतीय सवारीसाधनमा यात्रा गरिने छ। दोस्रो दिन सूर्योदय र हिमशृङ्खलाको दृश्यावलोकनपछि दिउँसो रुम्जाटार पुगिनेछ। सोही दिन साँझ स्थानीय संस्कृतिसहित राष्ट्रिय कलाकारको प्रस्तुतिमा साङ्गीतिक कार्यक्रममा सहभागी पाहुना र स्थानीय रमाउनेछन्। सो दिन सहभागीहरु स्थानीय परिकारको स्वाद र रहनसहनमा रमाउँदै ओखलढुङ्गाको रुम्जाटारको घरबास (होमस्टे)मा रात बिताउनेछन्। यसबाट ग्रामीण पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको स्पार्क एड्भेञ्चरका संयोजक अमरदीप भट्टराई बताउछन्।

shivam cement
shivam cement

यसै ठाउँको नामबाट बनेको ‘घुमिफिरी रुम्जाटार’ उखान नेपाली जनजिब्रोमा प्रचलित छ। गुरुङ समुदायको बाहुल्यता रहेको रुम्जाटार कुनै समय भेडापालन र राडीका लागि प्रख्यात थियो। यहाँ उत्पादन हुने भेडाको ऊनबाट बनेको राडी रुम्जाटार विमानस्थलबाट काठमाडौँसम्म पुर्याइन्थ्यो। तेस्रो दिन सहभागीहरु विद्युतीय सवारीसाधनमै काठमाडौँ फर्कने तालिका छ।

प्रत्येक वर्ष प्रचुर पर्यटकीय सम्भावना भएका तर ओझेलमा परेका गन्तव्य तथा गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले स्पार्क एड्भेञ्चर आयोजना हुँदै आएको छ। स्पार्क कारले पहिलो वर्ष सन् २०२२ मा लमजुङको भुजुङमा भिरमौरीको मह सिकार अवलोकनलाई प्रवद्र्धन गरेको थियो भने दोस्रो संस्करणमा सन् २०२३ मा ‘वाइल्ड स्टे विथ चौँरी’ थिममा दोखला र रामेछापको सीमानामा रहेको शैलुङको पर्यटन प्रवद्र्धन गरेको थियो।

साहसिक पर्यटनका क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले यात्रुहरूका लागि यातायातको व्यवस्थापन गर्दै आइरहेको छ। सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभरि ड्राइभरसहित विभिन्न प्रकारका सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको बताएका छन्।

शुक्रबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले गभर्नर नियुक्तिमा केहि ढिलाइ भए पनि यस विषयलाई लिएर सत्तारुढ दलभित्र कुनै मतभेद नरहेको बताएका हुन्।

उनले केहिदिनभित्रै नियमित प्रक्रियाबाट सरकारले गभर्नर नियुक्त गर्ने दाबी गरे। गभर्नर भन्ने पद कुनै दलको नहुने भन्दै उनले सरकारले उपयुक्त पात्रलाई उपयुक्त समयमा नियुक्त गर्ने बताए।

फरक प्रसंगमा बर्तौलाले संविधान विपरित गतिविधि गर्ने जोकोहिलाई पनि कानुनी दायरामा ल्याउनुपर्ने उल्लेख गरे।


सामाग्री श्रोत :

गभर्नर नियुक्तिमा सत्तारुढ दलभित्र मतभेद छैन : महेश बर्तौला

काठमाडौँ । भारत सरकारले चर्चित अनलाइन मिडिया ‘द वायर’ को वेबसाइटमाथि देशव्यापी प्रतिबन्ध लगाएको छ । शुक्रबारदेखि भारतभरबाट thewire.in वेबसाइटमा पहुँच अवरुद्ध गरिएको हो ।

इन्टरनेट सेवा प्रदायकहरूले भारतको सूचना प्रविधि ऐन, २००० अन्तर्गत सूचना तथा प्रविधि मन्त्रालयको आदेशअनुसार उक्त वेबसाइट ब्लक गरिएको जनाएका छन् । द वायरले सरकारको यो कदमलाई संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताको स्पष्ट उल्लंघन भन्दै सामाजिक सञ्जालमा कडा विरोध जनाएको छ ।

द वायरले वक्तव्यमा लेखेको छ, “भारतका लागि अत्यन्तै संवेदनशील समयमा सत्य, विवेकपूर्ण, निष्पक्ष र तर्कसंगत आवाजहरूलाई दबाउने यस्तो सेन्सरशिपको हामी विरोध गर्छौं ।”

भारतमा वेबसाइट ब्लक गरिएको यो घटना पछिल्ला महिनामा सञ्चारमाध्यममाथिको प्रतिबन्धको तेस्रो उदाहरण हो । यसअघि फेब्रुअरीमा तमिल भाषाको म्यागेजिन विकटन (Vikatan) को वेबसाइट प्रधानमन्त्री मोदीमाथि व्यङ्ग्यात्मक कार्टुन प्रकाशन गरेपछि बिना पूर्वसूचना ब्लक गरिएको थियो । सो कदमविरुद्ध विकटनले मद्रास उच्च अदालतमा मुद्दा हालेपछि प्रतिबन्ध हटाउने आदेश आएको थियो ।

त्यस्तै, केही दिनअघि मात्रै केरलामा आधारित स्वतन्त्र मिडिया संस्था ‘Maktoob Media’ को एक्स अकाउन्ट कानुनी मागका आधारमा भारतमा रोकिन पुगेको थियो । यसको विरोधमा संस्थापक सम्पादक अस्लाह कायालक्कथले यसलाई ‘प्रेस स्वतन्त्रतामाथिको हमला’ भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका थिए ।

द वायरले सरकाको प्रतिबन्धविरुद्ध आवश्यक कानुनी कदम चाल्ने बताएको छ । “हामी सत्य र तथ्यमा आधारित समाचार सम्प्रेषणबाट विचलित हुने छैनौं,” द वायरले वक्तव्यमा लेखेको छ ।

यसैबिच द वायरका संस्थापक सम्पादक सिद्धार्थ वरदराजनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “कम्तीमा दुईवटा इन्टरनेट सेवा प्रदायकले आफ्ना ग्राहकहरूलाई द वायर वेबसाइट पहुँच गर्न नसकिने कारण सरकारले उक्त साइट ब्लक गर्न आदेश दिएको बताएका छन् । भारतका केही पाठकहरूले भने ब्लक गर्ने आदेश पूर्ण रूपमा लागू नहुञ्जेलसम्म http://thewire.in सिधै पहुँच गर्न सक्ने सम्भावना छ । The Wire भारतमा VPN मार्फत पूर्ण रूपमा पहुँच योग्य छ, त्यसैले ‘मोदीको महान पर्खाल’ पारि पनि जीवन सम्भव छ । विदेशमा रहेका पाठकहरूले पनि हामीलाई सजिलै पहुँच गर्न सक्छन्, र हामी चाँडै नै एउटा मिरर साइट सुरु गर्दैछौं ।”

पछिल्लो अध्यावधिक: बैशाख २६, २०८२ १७:१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–वैवाहिक बलात्कार मुद्दाका प्रतिवादीलाई प्रहरीले कतारबाट पक्राउ गरेको छ। 

पर्सा जिल्ला, वीरगञ्ज महानगरपालिका– ३१, बेलवाप्रसौनीका समसुदिन अन्सारी पक्राउ परेका हुन्।

Ncell 2
Ncell 2

पत्नी बलात्कारको मुद्दा लागेपछि उनी वैदेशिक रोजगारीका लागि कतार गएका थिए। केन्द्रीय प्रहरी सञ्जाल इन्टरपोलबाट रेडकर्नर नोटिश जारी भएपछि पक्राउ परेका हुन्।

shivam cement
shivam cement

उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सा बुझाइने नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट