२०८२ आश्विन ७ मंगलवार
२०८२ आश्विन ७ मंगलवार

काठमाडौँ –संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दैछ । बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेका अनुसार आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि सांसदहरूको जिज्ञासा र  प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची छ । 

Ncell 2
Ncell 2

नीति तथा कार्यक्रममाथि दर्ता भएका ३७ संशोधन प्रस्तावलाई निर्णयका लागि प्रस्तुत गरिने छ । वैशाख २२ गतेदेखि प्रतिनिधिसभामा यो विषयमा छलफल सुरु भएको थियो । 

shivam cement
shivam cement

प्रधानमन्त्रीको जवाफ पछि सभामुख देवराज घिमिरेले सरकारको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रममालाई सदन समक्ष निर्णयार्थ प्रस्तुत गर्नेछन् ।

यस्तै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफलका लागि प्रस्ताव पेश गर्ने छन् । राष्ट्रियसभामा पनि प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने र संशोधन प्रस्तावलाई निर्णयका लागि प्रस्तुत गरी पारित गर्ने कार्यसूची छ । 

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

नेपालमा फार्मेसी क्षेत्र आज एउटा गम्भीर संकटको सामना गरिरहेको छ। बी फार्म र एम फार्म जस्तो उन्नत डिग्री लिएका युवा फार्मासिस्टहरू देशभित्र आफ्नो योग्यताको अनुसार जागिर नपाएर, पाएको ठाउँमा पनि न्यून पारिश्रमिक र अस्थिर अवस्थामा काम गर्न बाध्य छन्। यो अवस्था न सुधारिएसम्म नेपालको फार्मेसी क्षेत्र समृद्ध हुने सम्भावना कमजोर देखिन्छ, र दिनदिनै बढ्दै गएको “ब्रेन ड्रेन” (विदेश पलायन) रोक्न झनै कठिन हुनेछ।

सरकारी र निजी अस्पतालमा फार्मासिस्टहरूको अवस्था
नेपालका ठूला सरकारी तथा निजी अस्पतालहरूमा फार्मासिस्टहरूलाई पाँचौं तहमा मात्र नियुक्ति गरिन्छ, त्यो पनि स्थायी रूपमा नभई करारमा। एम फार्मसम्मको पढाइ सकेका युवा, जसले औषधि व्यवस्थापन, औषधि सुरक्षा र गुणस्तर जाँचमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्, उनीहरूलाई औषधि वितरण गर्ने सामान्य कर्मचारीझैं व्यवहार गरिन्छ। अस्पतालहरूमा फार्मासिस्टको भूमिका औपचारिक रूपमा स्वीकारिएको छैन जस्तो देखिन्छ र यसले हतोत्साही बनाइरहेको छ।

सामुदायिक फार्मेसीमा दयनीय स्थिति
सामुदायिक फार्मेसीहरूमा त झन् अवस्था झन् खराब छ। फार्मासिस्टहरूलाई मासिक रु १२,००० देखि १३,००० मात्र पारिश्रमिक दिइन्छ, त्यो पनि दिनमा ८-१० घण्टा काम गराएर। यस्तो पारिश्रमिकमा फार्मासिस्टहरूले आफ्नो र आफ्नो परिवारको जीवनयापन गर्न निकै मुस्किल पर्छ, र पेशागत आत्मसम्मान समेत गुम्दै गएको महसुस हुन्छ।

औद्योगिक क्षेत्रको चुनौती
फार्मास्युटिकल उद्योगमा पनि फार्मासिस्टहरूको अवस्था सन्तोषजनक छैन। अधिकांश नेपाली औषधि कम्पनीहरूले सुरुवाती तलब रु १८,००० देखि २०,००० मात्र दिन्छन्, चाहे त्यो बी फार्म होस् वा एम फार्म पास गरेकाहरू। यस अवस्थामा न त उनीहरूको पेशागत विकास सम्भव छ, न त दीर्घकालीन रूपमा देशमा फार्मा उद्योगको स्तर उकास्ने सम्भावना। उद्योगमा फार्मासिस्टहरूको योग्यताको सम्मान नहुनु र उनीहरूलाई प्रवर्द्धनको अवसर नदिनु ठूलो समस्या बनेको छ।

फार्मेसी संगठनहरूको मौनता
नेपाल फार्मास्युटिकल एसोसिएसन (एनपीए), नेपाल फार्मेसी काउन्सिल (एनपीसी) जस्ता संगठनहरूले फार्मासिस्टहरूको समस्या समाधानमा अहिलेसम्म कुनै प्रभावकारी पहल गरेका छैनन्। यी संस्थाहरूले सरकारसमक्ष आफ्नो आवाज पुर्याउने र नीति निर्माणमा दबाब सिर्जना गर्ने जिम्मेवारी निभाउनुपर्ने हो, तर उनीहरूको मौनताले युवा फार्मासिस्टहरूमा निराशा बढाइरहेको छ।

स्वास्थ्य मन्त्रालयको उदासीनता
नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फार्मेसी क्षेत्रप्रति देखाएको उदासीनताले समस्या झनै गहिरो बनाएको छ। डाक्टर र नर्सहरूका लागि ५०० भन्दा बढी सिट सिर्जना गर्ने योजना बनिरहेको छ, तर फार्मासिस्टहरूका लागि कुनै ठोस योजना छैन। यस्तो बेवास्ताले सरकार फार्मेसी क्षेत्रको सम्भावना र महत्वप्रति अनभिज्ञ वा बेपरवाह देखिन्छ भन्ने सन्देश दिन्छ।

छिमेकी देशहरूको उदाहरण
भारत आज ‘फार्मेसी अफ द वर्ल्ड’ को रूपमा चिनिन्छ, जसको पछाडि त्यहाँको सरकारी नीतिहरूको ठूलो भूमिका छ। चीन कच्चा औषधि पदार्थ (एपीआई) का सबैभन्दा ठूला आपूर्तिकर्तामध्ये एक हो, र फार्मास्युटिकल उद्योगमा ठूलो लगानी गरिरहेको छ। नेपालमा भने फार्मास्युटिकल उद्योग र फार्मेसी क्षेत्र अस्तित्व संकटमा छ। यदि सरकारले ध्यान नदियो भने हामी छिमेकी मुलुकहरूसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियतमा रहन सक्दैनौं।

युवा फार्मासिस्टहरूको विदेश पलायन
आजका एम फार्म र  बी फार्म गरेका युवाहरू नेपालमा आफ्नो भविष्य देखिरहेका छैनन्। उनीहरूमा विदेश जाने, त्यहाँ राम्रो काम र सम्मान पाउने चाहना बढ्दो छ। यो प्रवृत्ति रोक्न सकेनौं भने, नेपालले दक्ष जनशक्ति गुमाउने मात्र होइन, देशको फार्मेसी क्षेत्रको विकासमा ठूलो धक्का लाग्नेछ।

समाधानका लागि के गर्न सकिन्छ?

१. सरकारी नीति र योजनाहरू: फार्मासिस्टहरूको लागि स्थायी सरकारी पद सिर्जना गरिनु पर्छ, करार प्रणाली अन्त्य गर्नुपर्छ, र पारिश्रमिकमा वृद्धि गर्नुपर्छ।

२. औद्योगिक सुधार: फार्मास्युटिकल कम्पनीहरूले फार्मासिस्टहरूको योग्यता अनुसार पारिश्रमिक दिनुपर्छ र पेशागत विकासको अवसर दिनुपर्छ।

३. संगठनहरूको सक्रियता: एनपीए, पीएचएन, एनपीसी  जस्ता संस्थाहरूले सरकार र उद्योगसँग बारम्बार वार्ता गरेर दबाब सिर्जना गर्नुपर्छ।

४. शिक्षा र अनुसन्धानमा लगानी: अनुसन्धान र नवप्रवर्तनमा लगानी बढाएर घरेलु फार्मास्युटिकल उद्योगको स्तर वृद्धि गर्न सकिन्छ।

५. जनचेतना अभिवृद्धि: आमजनतालाई फार्मासिस्टको भूमिका र महत्वबारे सचेत बनाउनुपर्छ, जसले सामाजिक सम्मान बढाउन मद्दत गर्छ।

निष्कर्ष
नेपालको फार्मेसी क्षेत्रलाई जोगाउन र अगाडि बढाउन सरकार, उद्योग, संगठन र फार्मासिस्टहरू सबै मिलेर काम गर्नुपर्छ। युवा फार्मासिस्टहरूलाई विदेशिनबाट रोक्ने उपाय तत्काल खोजिनुपर्छ, र उनीहरूको योग्यतालाई सम्मान गर्दै देशभित्रै अवसर सिर्जना गरिनुपर्छ। यदि अहिले नै पहल गरिएन भने, भोलिको नेपालले योग्य फार्मासिस्टहरू गुमाउने मात्र होइन, औषधि क्षेत्रमा आत्मनिर्भर बन्ने सपना समेत गुमाउनेछ।
 

सामाग्री श्रोत :
swasthyakhabar

आजको राशिफल बि.सं २०८२ वैशाख २८ गते आइतबार, ई.सं २०२५ मे ११, नेपाल सम्बत ११४५ बछलाथ्व चतुर्दशी, नाम संवत्सर, सूर्य उत्तरायनं, वसन्त ऋतु, वैशाख शुक्ल चतुर्दशी, चन्द्रमा बृष राशीमा, सुर्य मेष राशीमा, नक्षत्रः भरणी, करणः गर, योगः ब्यातित । आज नेपालमा सूर्योदय बिहान ०५ः१९ मा भएको छ, सूर्यास्त साँझ ०६ः४३ मिनेटमा हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जीरा खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर १९ मिनेट देखि ८ बजेर २३ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

अनावश्यक र बाध्यताका काममा रुमल्लिनु पर्ने हुन्छ, नियमित र व्यवहारिक खर्च बढ्न सक्छ, तर वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ हुनेछ, विदेशी सम्पत्तिको उपयोग गरी फाइदा बटुल्ने समय हो । विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा धन लाभ भए पनि आत्मसम्मानमा बाधा पर्न सक्छ । बाध्यात्मक काममा सञ्चित धनको उपयोग हुनेछ । कार्यक्षेत्रमा व्यस्त रहनाले आपसी समन्वय र भेटघाटको असहजता हुने तथा मन पिरोलिने दिन हो, अझ साँझपख मन हतास र भावुक बन्नसक्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

दाजुभाइ अथवा घनिष्ठ मित्रका बारेमा कुनै शुभ समाचार प्राप्त हुनेछ । हरेक क्षेत्रबाट खुसियालीको वातावरण प्राप्त हुने सम्भावना छ । सरकारी ठेक्कापट्टा, गृहनिर्माण, फर्निचर र साजसज्जाका सामाग्री, बालबालिकाका सरसामाग्री, खानपीनका सुख्खा सामाग्री, गरगहना र सुनको कारोबारमा लाभ पाउन सकिन्छ । कुनै काम त्यस्ता हुन्छन्, जसमा घरव्यवहार छलेर पनि काम गर्नुपर्ने हुन्छ, कुनै निजी काम वा छोराछोरीको खुसीका लागि थप खर्च गर्ने परिस्थिति बन्नसक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

क्यारियर र पेसाप्रतिको सोच सल्बलाउन सक्छ, लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ । आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न आजको दिन अनुकूल समय देखिन्छ । कुनै कुरामा दुविधा भएमा अभिभावक वा बुजुर्ग व्यक्तिहरूसँग छलफल गरी अघि बढेमा काम गर्न सहजता हुनेछ । पुरस्कार प्राप्त गर्ने ग्रहयोग बनेको छ, त्यसैले आलस्य त्यागेर मिहिनेत गरेमा राम्रो उपलब्धि हासिल हुने दिन हो, प्रतिस्र्पद्धीसमेत सहयोग माग्दै तपाईंसामु आउनसक्छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूर्ण बन्नसक्छन्, भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । ख्याति, प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुनेछ । बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ । व्यापारबट्टा र आर्थिक क्रियाकलापबाट सदा झैं फाइदा नै हुनेछ, नयाँ ठाउँमा लगानी गर्ने मनसाय छ भने अघि बढ्नु उचित हुन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

स्वास्थ्यस्थितिप्रति चनाखो हुनुपर्छ, ढाडकम्मर, पेट र आँखाका बिरामीहरूले सतर्कता अपनाउने तथा दवाइपानी र आहारविहारमा ध्यान पुर्याउने समय हो । नयाँ र नौलो विषयवस्तुको जानकारी लिन सकिने दिन हो, तर जुनसुकै कुरामा हडबड र शीघ्रता हानिकारक बन्नसक्छ । जोखिम र सङ्कटले घेरेको समय छ, धेरै बटुल्ने इच्छा गर्दा मूल धन नै गुमाउने परिस्थिति बन्नेछ, त्यसैले दुराशा र महत्त्वाकाङ्क्षालाई थाती राखी संयमताका साथमा आफ्नो कामलाई निरन्तरता दिनुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

कल्पना र भावुकतामा धेरै समय बित्नसक्छ, अलि मिहिनेत गरेमा मात्र सफलता मिल्ने दिन भएकाले मनोरञ्जन र खेलवाड त्यागेको ठीक हुन्छ । कल्पनाशील र भावुक बन्ने दिन हो, फाल्तु कुरामा समय बिताउनुभन्दा काममा ध्यान दिने समय हो । थालेको कामलाई पूर्ण गर्ने प्रयास गर्नुपर्छ, नत्र तपाईंका अपेक्षाहरूमा कमी आउनसक्छ । कार्यालयमा नौलो कामको जिम्मा लिएर मज्जाले खट्नुपर्ने समय छ, तर आज घरपरिवार र जीवनसाथीको चाहनालाई मनन गरी समय दिनुपर्ने परिस्थिति सिर्जना हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

बढी खर्च हुने तथा व्यर्थका काममा अल्मलिएर दिन बित्ने परिस्थिति छ । झगडाको योगसमेत बनेको हुँदा मुखलाई कन्ट्रोलमा राखी काममा खटेको जाती हुन्छ । कुनै आधिकारिक वार्तालाप वा व्यापारिक बैठकका बारेमा उत्सुकता बढ्ने समय हो, नयाँ करार वा समझौताको सम्भावना पनि देखिन्छ । अनावश्यक चिन्ता सलबलाउने दिन हो, नियमित कामधन्दामा पनि जाँगर लाग्दैन । हरेक काममा सफलता प्राप्त गर्न निकै खट्नुपर्ने समय छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

कुनै प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ । ज्ञान वा अनुभव बढाएर व्यक्तित्वलाई अपडेट गर्नु समुचित हुन्छ । कुनै नयाँ कामको थालनी गरौं भन्ने लागेको छ भने प्रयास गर्नुहोला । तालिम वा ज्ञान बढाउने विषयमा सरिक हुने र लाभ पाउने समय हो, जुनियर स्टाफ वा छोराछोरीका माध्यमबाट पनि लाभ हुनेछ । मनको कुरो खुलस्त पार्ने दिन हो, पार्टनरसँग असन्तुष्टि र निराशाका बारेमा बताउनुहोला, एकअर्काको मनोभाव बुझी काम गर्नसके सम्बन्धमा दृढता आउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

बाध्यात्मक घरायसी काममा खट्नुपर्ने हुँदा कार्यक्षेत्रमा प्रभाव पर्नसक्छ, तथापि श्रम गरेबमोजिम राम्ररी नै कार्यालयको काम सम्पादन हुनेछ । सँगीसाथी र विश्वासपात्रले नै निचो देखाउने र गोपनीयता भङ्ग गर्ने प्रयास गर्नेछन् । व्यक्तिगत जीवनका बारेमा बढी खुलस्त हुनु राम्रो मानिंदैन । कामप्रतिको लगनशीलताका कारण प्रशस्त लाभ मिल्नेछ, घरपरिवारबाट पनि शुभ समाचार आउने दिन हो, मातापिता वा वयोबृद्ध व्यक्तिको आशीर्वाद प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुनेछ, अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा काम बिग्रन सक्छ । पारिवारिक वातावरण सुखमय रहनेछ, सँगीसाथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय हो, कहीं कतै भ्रमणमा निस्कने योगसमेत बनेको छ । सहकार्यको भावना विकसित हुनेछ, पुराना साथीभाइसित भेटघाट हुने तथा पढाइरलेखाइ र उन्नत भविष्यका बारेमा छलफल हुने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ । निजी काम वा आन्तरिक खुसीका लागि केही धन खर्च गर्नुपर्ने हुन्छ, तर सोच्दै नसोचेको कुनै ठाउँबाट आकस्मिक लाभसमेत पाउन सक्नुहुन्छ । विद्वान् र गुरुजनको सामीप्य र प्रेरणा पाउने समय हो । आन्तरिक प्रतिभाको उपयोग गरी वा अतिरिक्त क्रियाकलापद्वारा नाम चम्काउन सक्नुहुन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

विपरीत परिस्थिति भए पनि कामलाई कुशलतापूर्वक झेल्नसक्ने सार्मथ्यको विकास गर्न सकिने छ । पेसागत उन्नतिका लागि गरेको प्रयास सार्थक बन्नेछ । आफ्नो इच्छानुरूप कार्य गर्न पाउँदा मन प्रसन्न रहनेछ । घरायसी र व्यवहारिक काममा खट्दासमेत फुर्ती जाग्न गई तन पनि स्वस्थ रहनेछ । स्वनिर्णयमा गरेका काममा सफलता मिल्ने दिन भए पनि कुनै महत्त्वकाङ्क्षी काम गर्दै हुनुहुन्छ भने जानकार व्यक्तिको सुझाव ग्रहण गर्नुहोला ।


सामाग्री श्रोत :

आज आइतबार, कस्तो छ तपाईंको राशिफल?

काठमाडौं। सवारी ज्यान मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका(५ घर भएका ३८ वर्षीय सुदिप प्रसाद बनलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत काठमाडौंको २०७६ चैत २ गतेको फैसलाले ६ महिना कैद र २ हजार रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका–५ छालिङबाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको छ।

 


सामाग्री श्रोत :

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

मध्यविन्दु (नवलपरासी ब सु पू)। यहाँको कावासोती नगरपालिका—१ लोकाहा जंगलमा भएको मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु भएको छ।

यहाँको मुण्डेबाट लोकाहातर्फ आउँदै गरेको लु १३ प ७०२ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका—११ शान्तिटोलका २४ वर्षीय ईश्वर दर्लामी र २१ वर्षीय सागर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।


सामाग्री श्रोत :

मोटरसाइकल दुर्घटनामा दाजुभाइको मृत्यु

गाईघाट (उदयपुर)। पिकअप जिप दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ। आज गाईघाटबाट विराटनगर जाने क्रममा सुनसरीको दुहबी नगरपालिका–३ को फुटनी चोकमा दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको हो।

प्रदेश २ –०१–००च २१५ नंको पिकअप गाडी अनियन्त्रित भई सडक छेउको विद्युत् पोलमा ठोकिएको र गाडीको अगाडिपट्टि सवार खतिवडाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। यहाँको त्रियुगा नगरपालिका–८ गैरुन स्थायी घर भएका खतिवडा आज बिहान कामविशेषले विराटनगर गएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक केदारमान दोङले जानकारी दिए।

दुर्घटनामा चालक उदयपुरकै चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र उनका १४ वर्षीया छोरी घाइते भएका छन्।


सामाग्री श्रोत :

दुर्घटनामा परी प्रहरी सहायक निरीक्षकको मृत्यु

भेरीगंगा (सुर्खेत)। जिल्लाको चौकुने गाउँपालिकामा १२४ वटा गिद्ध फेला परेका छन्। गाउँपालिकाले वन तथा वातावरण ऐन लागू गरी जैविक विविधता संरक्षणमा जोड दिन थालेपछि यहाँका वन क्षेत्रमा गिद्धको सङ्ख्या बढ्न थालेको हो।

गाउँपालिका अध्यक्ष खड्क विकले विगतमा कहिलेकाहीँ मात्रै देखिने गरेकामा हाल १२४ वटा गिद्ध यही स्थानमा बस्न थालेको बताए। उनले जैविक विविधता कायम गर्न भन्दै १२ वटा समूह निर्माण तथा दुईजना कर्मचारी नियुक्त गरी संरक्षणका काम थालनी गरेको जानकारी दिए।

‘गाउँपालिकाले गौशाला सञ्चालनमा ल्याएर छाडा गाईगोरु त्यहाँ राख्न थालिएको छ। बुढो उमेर भएर मरेका गाईगोरुलाई राख्ने ठाउँ बनाइएपछि आहाराको खोजीमा गिद्धहरू पालिकामा आउन थालेका छन्’, अध्यक्ष विकले भने, ‘गाड्नेभन्दा पनि बस्तीभन्दा टाढा वनमा लिएर मरेका गाईगोरु राखिदिन्छौँ, गौशालाका कर्मचारीलाई रेखदेखका लागि खटाउने गरेका छौँ, अनि आहारा खोज्दै गिद्धहरु यहाँका वन क्षेत्रमा आउन थालेका छन्। अहिले १२४ वटा गिद्ध यस क्षेत्रमा छन्।’

अब ती गिद्ध संरक्षणका लागि चराविद् एवम् माथिल्लो तहका सरकारसँग समन्वय भइरहेको गाउँपालिकाले जनाएको छ। यसका साथै गाउँपालिका क्षेत्रमा भित्र भेरी र कर्णाली नदीसमेत पर्दछ। त्यहाँ रहेका विभिन्न प्रजातिका माछा संरक्षणका लागिसमेत योजना बनाएर काम भइरहेको अध्यक्ष विकले जानकारी दिए। हाल यी दुवै नदीको दोभानमा पाइने रातो माछालगायतका अन्य जलचरको संरक्षणका लागि माछा मार्न रोक लगाइएको छ।

‘पालिकाले जारी गरेको ऐनमा भएको व्यवस्थाअनुसार विभिन्न क्षेत्रका व्यक्तिहरू सम्मिलित १२ वटा छुट्टाछुट्टै समूह बनाएका छौँ। यी समूहले जैविक विविधता कायम गराउनका लागि अध्ययन–अनुसन्धानका साथै जैविक विविधता कायम राख्न काम गरिरहेका छन्। ती समूहको उद्देश्य भनेको वन जोगाउनेदेखि चराचुरुंगीको बासस्थानका लागि उपयुक्त वातावरण निर्माण गर्नु हो’, अध्यक्ष विकले भने।

वन ऐन बनाइसकेपछि सामुदायिक वनबाट सञ्चित कोषमा राजस्व संकलन समेत सुरु भएकमा हाल उक्त कोषमा करिब रु २२ लाख राजस्व संकलन गरिएको छ। कर्णाली प्रदेश, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले चौकुने गाउँपालिकामा गिद्ध बढेको भन्ने विषयमा अध्ययन गरेर योजना बनाइने जनाएको छ। उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले कर्णाली जैविक विविधताले धनी रहेको भन्दै यसलाई कायम राख्नेगरी योजना बनाइने प्रतिबद्धता जनाए।


सामाग्री श्रोत :

चौकुनेमा एक सय चौबिस गिद्ध

काठमाडौं। भारत र पाकिस्तानले युद्धविराम घोषणा गरेको तीन घण्टामै जम्मु कश्मिरको श्रीनगरमा विस्फोट भएको छ। जम्मु कश्मिरका मुख्यमन्त्री ओमार अब्दुल्लाहले श्रीनगरमा विस्फोट भएको दाबी गर्दै सामाजिक संजाल एक्समा भिडियो राखेका छन्।

भारतीय मिडियाहरुले पनि युद्धविरामको केही घण्टापछि पाकिस्तानले सीमा क्षेत्रमा गोलीबारी शुरु गरेको र ड्रोनको आक्रमण समेत असफल बनाएको दाबी गरेका छन्।

भारतीय मिडियाका अनुसार पाकिस्तानले कश्मिरका अखनूर, पुंछ, नौशेरा, श्रीनगर, आरएसपुरा, सांबा, उधमपुर क्षेत्रमा आक्रमण गरेको बताइएको छ। विस्फोटसँगै जम्मु कश्मिरसहित राजस्थान र पंजाबका सीमा क्षेत्रका जिल्लामा ब्ल्याकआउट भएको छ।

यस अघि आज साँझ ५ बजेदेखि भारत र पाकिस्तान सबै प्रकारका आक्रमण रोक्न सहमत भएको घोषणा गरेका थिए।


सामाग्री श्रोत :

३ घण्टामै युद्धविरामको उल्लंघन, श्रीनगरमा विस्फोट भएको जम्मुका मुख्यमन्त्रीको दाबी

झापा। कोशी प्रदेशमा क्षयरोगका सङ्क्रमित पत्ता लगाउन कृत्रिम बौद्धिकता (एआई) प्रविधियुक्त एक्स–रे उपकराण् प्रयोगमा ल्याइएको छ। यही प्रविधिबाट क्षयरोगका बिरामी पत्ता लगाउन थालिएको हो।

कोशी प्रादेशिक स्वास्थ्य निर्देशनालय धनकुटाका सम्पर्क व्यक्ति तुलसीप्रसाद गुरागाईंका अनुसार प्रदेशका १० वटा जिल्लामा निःशुल्क स्वास्थ्य शिविरमार्फत एक हजार व्यक्तिको एआई जडित प्रविधिबाट एक्स–रे गर्दा क्षयरोगका एक सय नयाँ सङ्क्रमित पत्ता लागेका हुन्।

स्वास्थ्य मन्त्रालयले सातै प्रदेशलाई एआई जडित अत्याधुनिक एक्स–रे उपकरण उपलब्ध गराएको र त्यही उपकरण आलोपालो पालिकामा पुर्‍याएर क्षयरोगीको खोज पड्ताल भइरहेको उनले जानकारी दिए।

सरकारले मुलुकलाई क्षयरोगमुक्त बनाउने अभियानअन्तर्गत पुराना बिरामीको उपचार र नयाँ सङ्क्रमित पत्ता लगाउने कार्यमा जोड दिएको छ। वडास्तरमा आयोजना हुने निःशुल्क स्वास्थ्य शिविरमा ६० वर्षमाथिका सबैको एआई जडित एक्स–रेबाट क्षयरोगको जाँच भइरहेको उनले बताए।

शिविरमा क्षयरोगका बिरामी रहेका घरका १५ वर्षमाथिका सबै र रुखाखोकीलगायत समस्या भएका बिरामीको अनिवार्य परीक्षण गरिन्छ। एआई जडित एक्स–रे प्रयोग गर्न कोशी प्रदेश स्वास्थ्य निर्देशनालयले दुई जना दक्ष प्राविधिक रेडियोलोजिष्टलाई उक्त उपकरणसँगै पालिकामा पठाउने गरेको छ।

एआई जडित एक्सरेबाट परीक्षण गर्दा रोग भए प्रष्ट देखाउने र हुने सम्भावना (शङ्कास्पद सङ्क्रमित) समेत देखाउने भएकाले यो प्रविधि उपयोगी रहेको गुरागाईंले बताए। उनका अनुसार उक्त उपकरणले एक दिनमा औसत तीन सय जनाको चेक जाँच गर्न सकिन्छ। परीक्षण गर्दा फेला परेका नयाँ सङ्क्रमितलाई शिविरमा चिकित्सकले औषधि दिने र शङ्कास्पद सङ्क्रमित फेला परेमा खकार परीक्षणका लागि अस्पताल पठाइदिने गरिएको छ।

झापाको मेचीनगर, कचनकवल, झापा, दमक र गौरादह पालिकामा क्षयरोग खोज पड्तालका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना भइरहेका छन्। शिविरमा एआई जडित एक्स–रे प्रयोग भइरहेको मेचीनगर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले बताइन्।

‘हाम्रो नगरको वडा नं ४ को स्वास्थ्य शिविरमा पहिलो पटक एआई एक्स–रे उपकरण प्रयोगमा ल्याएका छौँ’, उनले भनिन्, ‘शिविरमा दुई सय ३० को परीक्षण गर्दा छ जना क्षयरोगका नयाँ सङ्क्रमित र २५ जना शङ्कास्पद सङ्क्रमित फेला परेका छन्।’


सामाग्री श्रोत :

कोशीमा क्षयरोगका सङ्क्रमित खोज्न एआई एक्स-रेको प्रयोग

नगवा (पर्सा)। खानेपानीमन्त्री प्रदीप यादवले देशभरिका खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिने बताएका छन्

आज वीरगञ्ज महानगरपालिका–१६ मा नागवामा खानेपानी ट्यांकीको शिलान्यास कार्यक्रममा मन्त्री यादवले नेपाली जनतालाई शुद्ध र सुरक्षित खानेपानी वितरणका लागि प्रयाप्त बजेट विनियोजन गरिने उल्लेख गरे।

उनले भने, ‘नागरिकलाई शुद्ध, स्वच्छ र सुरक्षित खानेपानी वितरण गर्नु सरकारको प्रमुख लक्ष्य हो। खानेपानीका क्षेत्रमा प्रयाप्त बजेट विनियोजन हुन्छ। सबै नागरिकलाई सुरक्षित पानी वितरण गर्ने योजनासहित कार्य भइरहेको छ।’

आगामी आर्थिक वर्ष २०८२/८३ मा सबै नागरिकलाई स्वच्छ र गुणस्तीय खानेपानी उपलब्ध गराउने तथा सरफाइका क्षेत्रमा लगानी वृद्धि गरेर दिगो विकासका लक्ष्य हासिल गरिने मन्त्री यादवले बताए। उनले भने, ‘आगामी वर्ष तराई–मधेस, हिमाल र पहाडका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानी पु¥याउने उद्देश्यले सिंगो मन्त्रालय लागिपरेको छ। खानेपानीको पहुँच वृद्धि गरी स्थानीय तह र उपभोक्ताको सहलगानीमा खानेपानी आयोजना एकीकृत रूपमा सञ्चालन गर्नेछौँ।’

नागवा खानेपानी ओभरहेड ट्यांकी आयोजना १८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बताउँदै आफूले मन्त्रीको हैसियतले यथासमयमा काम सम्पन्न होस् भनेर नियमित अनुगमन गर्ने मन्त्री यादवले प्रतिबद्धता जनाए।

उनले भने, ‘मैले आफ्नो निर्वाचन क्षेत्रका जनतालाई प्रत्यक्ष रूपमा लाभ पुग्ने एउटा ऐतिहासिक आयोजनाको शिलान्यास गर्न पाउँदा गर्व महसुस गरिरहेको छु। गाँस, बास, कपडा जस्तै पानी पनि मानव जीवनको आधारभूत आवश्यकता हो र आज हामी त्यो आधारभूत हक सुरक्षित गर्न एक कदम अघि बढेका छौँ।’

यस आयोजनाबाट वडा नं १५ र १६ का करिब तीन हजार पाँच सय घरधुरी लाभान्वित हुने खानेपानी संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकालले जानकारी दिए। उनका अनुसार हालसम्म खानेपानीको अभावमा दैनिक जीवनमा कठिनाइ भोगिरहेका यहाँका नागरिकलाई उक्त आयोजना सम्पन्न पश्चात् सहज, शुद्ध र पर्याप्त पानी आपूर्ति हुने विश्वास लिइएको छ।

खानेपानी वितरणका लागि करिब रु तीन करोड ५० लाखको लागतमा उक्त ओभरहेड ट्याङ्की निर्माण सुरु भएको नेपाल खानेपानी संस्थानले जनाएको छ। आजको उक्त कार्यक्रममा वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंह, वीरगञ्ज–१६ का वडासदस्यद्वय लवंगी देवी र प्रमोद यादव, वीरगञ्ज–१५ का वडाध्यक्ष रमेश यादव, जनता समाजवादी पार्टी (जसपा)का जिल्ला अध्यक्ष तथा बहुदरमाईका नगरप्रमुख सिङ्घासनसाह तेली, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, जसपा केन्द्रीय सदस्यद्वय जन्नत अन्सारी र पुरुषोत्तमलाल झालगायतको सहभागिता थियो।


सामाग्री श्रोत :

‘खानेपानी आयोजनालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन हुन्छ’

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट