
काठमाडौं। नेकपा एमालेका उपमहासचिव एवम् पूर्वमन्त्री प्रदीप ज्ञवालीले पटक-पटक अवसर पाएकाहरूबाटै पार्टी जोगाउन मुस्किल परिरहेको बताएका छन्।
नेकपा एमाले दोलखा-काठमाडौं सम्पर्क मञ्चले पार्टीका स्वर्गीय नेता पशुपति चौलागाईंको स्मृतिमा आइतबार आयोजना गरेको चौथो स्मृति सभालाई सम्बोधन गर्दै उनले पटक-पटक अवसर प्राप्त गर्नेहरू नै असन्तुष्ट बनी पार्टीमाथि निरन्तर प्रहार गर्ने प्रवृत्ति बढेको बताएका हुन्।
स्वर्गीय नेता पशुपति चौलागाईंको निरन्तरता, निष्ठा र इमानदारिता स्मरण गर्दै उपमहासचिव ज्ञवालीले भने, ‘अहिले राजनीतिमा धेरै खालका विकृतिहरू देखिन थालेको छ। पार्टीमा लामो समय काम गर्दा पनि एउटा वडा अध्यक्षको टिकटसम्म नपाएका मान्छे निरन्तर पार्टी काममा खटिइहरेका छन्, तर पार्टीमा पटक-पटक अवसर प्राप्त गर्नेहरू भने सधैं असन्तुष्ट बन्ने र पार्टीमाथि घात-प्रतिघात अनि विभाजनको स्थितिसम्म पु¥याउने गम्भीर प्रवृत्ति बढेर गएको छ। यो हाम्रो चुनौती पनि हो।’
निष्ठा र इमानदारिताको राजनीति गर्नेहरूमा व्यक्तिगत अपेक्षा केही नदेखिएको तथा पार्टीको विजयमा खुसी बन्ने गरेको भए पनि एक पटक अवसर पाएकाहरू पटक–पटक अवसर खोजिरहने र नपाए पार्टीविरोधी गतिविधिमा लाग्ने गरेको उनको भनाइ छ।
‘एकपटक अवसर पायो र दोस्रोपटक अवसर पाएन भने असहयोगी बन्दिने, दोस्रोचोटी पायो तेस्रो चोटी पाएन भने घात गर्न थाल्ने, तेस्रो चोटी पायो चौथो चोटी पाएन भने पार्टी विभाजनमा जाने, अहिले विभाजनमा देखिएका पात्रहरूको यसो अनुहार हेर्नुहोस् त कतिचोटी प्रधानमन्त्री भएका, मन्त्री भएका, सांसद भएका, मेयर भएका पटक–पटक अवसर पाएका साथीहरू हुनुहुन्छ,’ उपमहासचिव ज्ञवालीले भने, ‘जति धेरै अवसर पायो त्यत्ति धेरै गुनासो, जति धेरै अवसर पायो त्यति धेरै घात, मैलेबाहेक अरु कसैले पाउन हुँदैन, मैले अरुलाई ठाउँ दिनुहुन्न भन्ने प्रवृत्ति कम्युनिष्ट आन्दोलनमा नचाहँदोगरी भित्रिन थालेको छ। यो कुराहरूलाई परास्त गर्नका लागि हामीले पशुपति चौलागाईंलाई सम्झिनुपर्छ।’
यस्तै, उनले अब कोरा राजनीति गर्नेर जनतासँग जोडि नसकिने बताएका छन्। जनतासँग जोडिने राजनीतिका लागि जनताको दैनिक जीवनसँग जोड्ने वा जनताको जीवनस्तरलाई माथि उठाउनका लागि राजनीतिक केन्द्रित गर्नुपर्ने उनको भनाइ छ।
‘अब हाम्रो राजनीति केवल कोरा राजनीति होइन, जनताको जीवनसँग जोडिएको, जनताको समृद्धिसँग जोडिएको, जनताको विकाससँग जोडिएको राजनीति हुनुपर्छ। राजनीतिले डेलिभरी दिन सकेन, जनताको जीवनमा परिणाम ल्याउन सकेन, परिवर्तन ल्याउन सकेन भने त्यो कोरा राजनीति हुन्छ,’ उनले भने, ‘पशुपति चौलागाईंलाई स्मरण गरिरहँदा हामीले हाम्रो राजनीतिलाई जनताको दैनन्दिन जीवनसँग जोड्ने वा जनताको जीवनस्तरलाई माथि उठाउनका लागि केन्द्रित गर्नुपर्दछ।’
उपमहासचिव ज्ञवालीले कार्यकर्ताका कुरा सुन्ने, आफ्नो कुरा प्रष्ट राख्ने, पब्लिक रिलेशन राम्रो राख्ने नेताका रूपमा पहुपति चौलागाईंलाई सम्झिरहेको र त्यस्ता नेताको लिगेसी, स्मृति र असलतालाई निरन्तर अगाडि बढाउने प्रयास गरेकोमा दोलखा-काठमाडौं सम्पर्क मञ्च र जिल्ला कमिटी दोलखालाईसमेत धन्यवाद ज्ञापन गरे। कार्यक्रममा सम्पर्क मञ्चले वर्ष २०८२ का लागि तयार पारेको आकर्षक भित्तेपात्रो पनि विमोचन गरिएको थियो।
सामाग्री श्रोत :
पटक-पटक अवसर पाएकाहरूबाटै पार्टी जोगाउन नसक्ने भइयो : प्रदीप ज्ञवाली
बुटवल – २५६९औँ बुद्ध जयन्तीको कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली सोमबार लुम्बिनी पुगेका छन् । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरेका छन् । जयन्ती प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।
लुम्बिनी विकास कोषले बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेसहित संघीय सरकारका मन्त्रीहरू, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश मन्त्रिपरिषद्का सदस्यहरू, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुने कार्यक्रम रहेको जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
मुम्बई। बलिउड अभिनेता शाहिद कपुरका लागि यो वर्ष खासै रहेन । उनको फिल्म ‘देवा’ बक्स अफिसमा नराम्रोसँग फ्लप हुन पुग्यो तर पनि उनको लोकप्रियता र पारिश्रमिक शुल्कमा भने कुनै कमी आएको छैन।
यसैबिच, उनी बहुप्रतिक्षित वेब सिरिज ‘फर्जी’ को सिक्वेलमा काम गर्न लागिरहेका छन । यो सिरिजका लागि शाहिदले आफ्नो करियरमा सबैभन्दा बढी पारिश्रमिक लिइरहेका छन् ।
शाहिदले २०२३ मा प्राइम भिडियोको हिट सिरिज ‘फर्जी’ बाट डिजिटल डेब्यू गरेका थिए। अब पनि फेरी उनी ‘फर्जी २’ मा आफ्नो पुरानो र हिट चरित्रमा देखिने भएका छन् । राज र डीकेले श्रृंखलालाई फेरि पनि निर्देशन गर्दैछन् ।
पिंकभिलाको रिपोर्ट अनुसार शाहिद कपुरले दोस्रो सिजनको लागि ४५ करोड भारु ठुलो पारिश्रमिक लिएका छन । जसअनुसार यो पारिश्रमिक उनको करियरकै अहिले सम्मकै ठूलो शुल्क हो। शाहिदले सामान्यतया एउटा फिल्मका लागि २५ देखि ३० करोड रुपैयाँ लिइरहेको बेला उनले एक्कासी पारिश्रमिक शुल्क बढाएका हुन् ।
रिपोर्टमा यो पनि भनिएको छ कि ‘फर्जी २’ को छायांकन २०२५ को अन्त्यबाट सुरु हुने अपेक्षा गरिएको छ। हाल राज र डीके आफ्नो आगामी प्रोजेक्ट ‘रक्त ब्रह्माण्ड’ को सुटिङमा व्यस्त छन्। अहिलेको यो प्रतिबद्धता पूरा गरेपछि उनले ‘फर्जी २’ को प्रि–प्रोडक्सन सुरु गर्ने छन् ।
स्रोतका अनुसार ‘फर्जी २’ को मुख्य कथालाई लिएर शाहिद कपुरसँग यसअघि नै चर्चा भइसकेको थियो । दोस्रो सिजनमा शाहिद कपूर, विजय सेतुपति र के के मेनन बीचको उच्च दाउको भिडन्त हुनेछ, जसले अपराध–थ्रिलर श्रृंखलाको तीव्रतालाई अझ बढाउँछ। ‘फर्जी २’ आगामी वर्षको अन्त्यसम्ममा रिलिज हुने जनाइएको छ ।
शोको पहिलो सिजनमा विजय सेतुपति, राशि खन्ना, भुवन अरोरा र काव्या थापरले पनि महत्त्वपूर्ण भूमिकामा देखिएका थिए ।
सामाग्री श्रोत :
शाहिद कपुरले लिए करिअरकै सबैभन्दा बढी पारिश्रमिक, पुग्यो ४५ करोड
काठमाडौँ –राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन् ।
पच्चीस सय ६९औँ बुद्धजयन्तीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । सन्देशमा भनिएको छ, “बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव, एसियाका तारा एवं विश्व शान्तिका अग्रदूत गौतम बुद्धको पच्चीस सय ६९ औँ बुद्धजयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बी एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।”
वैशाख शुक्लपक्षको पूर्णिमा तिथिको दिन गौतमबुद्धको त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेकाले आजको तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूद्वारा गौतमबुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिनका रूपमा बुद्धजयन्ती मनाउने गरिन्छ । यस दिन गुम्बा, विहार, मठ, स्तूपा र चैत्यमा बुद्धको विशेष पूजा–अर्चना, प्रार्थना, ध्यान, प्रवचनलगायत विविध कार्यक्रम गरी बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति अर्पण गरिन्छ ।
राष्ट्रपतिले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिएको पनि सन्देशमा व्यक्त गरेका छन् ।
गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबीच शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भनी राष्ट्रपतिले कामना समेत व्यक्त गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
इस्तानबुल । रूस र युक्रेनबीच युद्धविराम वार्ताको आयोजना गर्न टर्की तयार भएको छ ।
रूसी राष्ट्रपति भ्लादिमर पुटिनले १५ मेसम्म युक्रेनसँग शान्तिबार्ता गर्न चाहेको र त्यो इस्तानबुलमा गर्न सक्ने जनाएको भोलीपल्ट टर्कीले दुबै देश बिच मध्यस्थता गर्न र बार्ता स्थल आयोजक बन्न तयार भएको सन्देश दिएको हो ।
वीवीसीका अनुसार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग सो को जानकारी दिएका हुन् ।
टर्कीको राष्ट्रपति कार्यालयका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इस्तानबुलमा युक्रेनसँग सीधा वार्ता गर्ने प्रस्ताव गरे पछि राष्ट्रपतिले एर्दोगनले सो घोषणा गरेका हुन् ।
टर्कीले युक्रेन–रुस वार्ताको आयोजना गरेको यो पहिलो पटक होइन, यसअघि पनि दुई देशका प्रतिनिधिमण्डलहरूले इस्तानबुलमा नै भेटघाट गरेका थिए।
युक्रेनका राष्ट्रपति भ्लादिमर जेलेन्स्कीले भने कि युक्रेनले रुसले आज अर्थात १२ मे देखि नै सुरु हुने गरी युद्धविराम हुने अपेक्षा गरेका छन् । ‘रूसका प्रतिनिधि भेटन युक्रेन तयारी अवस्थामा छ,’ उनले भने ।
जेलेन्स्कीले युक्रेन युद्धविराम वार्ताका लागि पुटिनलाई भेट्न तयार रहेको बताउँदै युद्ध अन्त्य गर्ने रुसको विचारलाई सकारात्मक संकेत भनिसकेका छन्।
उनले अगाडी भनेका थिए, ‘युक्रेनले रसियाले युद्धविरामको पुष्टि गर्ने आशा गर्दछ, त्यो पूर्ण, दिगो र भरपर्दो होस, र मे १२ देखी नै लागुहोस ।’
त्यसो त ३० दिने युद्धविरामको माग गर्ने युरोपेली नेताहरूले कीभमा भेटेको केही घण्टापछि नै पुटिनले मे १५ मा युक्रेनसँग सीधा वार्ता गर्न आह्वान गरेका थिए।
एक दुर्लभ टेलिभिजन सम्बोधन मार्फत पुटिनले युक्रेनसँग शान्तिवार्ता गर्न चाहेको रूसी समाचार एजेन्सी तासले सार्बजनिक गरेको थियो ।
त्यस अघि दोस्रो विश्वयुद्दमा बिजयी भएको ८० औं बार्षिकोत्सवमा पुटिनले चिनियाँ समकक्षी सि जिनपिङलगायत विश्वका २० भन्दा राष्ट्रका राष्ट्र र सरकार प्रमुखसँग भेटबार्ता गरेका थिए ।
मस्कोमा भएको विश्वका नेताहरूसँग भएको सो भेटबार्ताले पनि पुटिन माथी बार्ता र सम्बादमार्फत जान तयार रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सामाग्री श्रोत :
के टर्कीमा होला त रूस र युक्रेन बिच वार्ता ? यस्तो छ अवस्था!
काठमाडौं – यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ताका लागि तयार रहेको बताएका छन् ।
जेलेन्स्कीलेले सामाजिक सञ्जालमार्फत युद्ध अन्त्यको विषयमा पुटिनसँग प्रत्यक्ष वार्ता गर्न तयार रहेको बताएका हुन् । उनले यो भेटवार्ता बिहीबार टर्कीको इस्तानबुलमा हुन सक्ने समेत बताएका छन् ।
यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले यूक्रेनलाई टर्कीमा रूससँग प्रत्यक्ष वार्ता गर्न आग्रह गरेका थिए । जेलेन्स्कीले एक्समा लेखेका छन्, ‘अब अरू ज्यान गुमाउनुको कुनै अर्थ छैन । म बिहीबार पुटिनलाई टर्कीमा कुरिरहेको हुनेछु, व्यक्तिगत रूपमा ।’
यूक्रेन वार्ताका लागि तयार रहेका जेलेन्स्कीले यसअघि नै स्पष्ट पारेका छन् । उनले वार्ताको पहिलो सर्त युद्धविराम भएको बताएका छन् ।
शनिबार राति राष्ट्रपति पुटिनले पनि यूक्रेनलाई ‘गम्भीर वार्ता’को निम्तो दिएका थिए । रुस–यूक्रेन युद्ध सन् २०२२ मा सुरु भएको थियो, जब रुसले यूक्रेनमा हमला गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले यदि रूसले ३० दिनको युद्धविराममा सहमति जनायो भने युक्रेन वार्ताका लागि तयार हुने बताएका छन्। साथै उनले मे १५ मा इस्तानबुलमा वार्ता हुन सक्ने संकेत समेत दिएका छन्।
राष्ट्रपति जेलेन्स्कीले तीन वर्षअघि सुरु भएको युद्धयता पहिलोपटक रूसबाट केही सकारात्मक संकेत देखिएको बताए। उनले यसलाई शान्तिको दिशामा प्रारम्भिक पाइला भएको उल्लेख गरे।
सामाजिक सञ्जालमार्फत उनले भने, “एक दिनका लागि पनि हिंसा जारी राख्नुको अर्थ छैन। यदि रूसले पूर्ण, विश्वसनीय र स्थायी युद्धविराममा सहमति जनायो भने युक्रेन वार्ताका लागि तयार छ।”
राष्ट्रपति जेलेन्स्कीका प्रमुख सल्लाहकार एन्ड्री यर्माकले पनि वार्ताका लागि पहिलो शर्त युद्धविराम भएको स्पष्ट पार्दै भने, “पहिला ३० दिनको युद्धविराम, त्यसपछि मात्र अन्य विषयमा छलफल हुनेछ।”
यता, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि वार्ताका लागि मे १५ को मिति प्रस्ताव गरे। तर, उनले युक्रेन र उसका पश्चिमी सहयोगीहरूद्वारा प्रस्तावित ३० दिने युद्धविरामको मागबारे कुनै प्रत्यक्ष प्रतिक्रिया जनाउनुभएको छैनन्।
सामाग्री श्रोत :
रूसले ३० दिने युद्धविराममा सहमति जनाए मात्र वार्ता सम्भवः युक्रेन
काठमाडौं – आज २५६९औँ बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ । आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो ।
बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।
बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ ।
आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरिन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी संकलन भएको छ। पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म ७७ लाख ३५ लाख ८७ हजार ९१५ रुपैयाँ रोयल्टी जम्मा भएको हो।
सगरमाथाबाट मात्रै ६७ करोड ६० लाख ९ हजार २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ। सर्वोच्च शिखर सगरमाथासहित २६ हिमाल आरोहणका लागि ११९ आरोही समूहका दुई सय ४० महिला र ८८७ पुरुष गरी कूल एक हजार १२७ जनाले आरोहण अनुमति लिएका छन्।
विभागका निर्देशक लीलाधर अवस्थीका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणमा ४५ आरोही समूहका ८४ महिला र ३७२ पुरुष गरी कूल ४५६ आरोहीले आरोहण अनुमति लिएका छन्।
सगरमाथा आरोहणका लागि ५७ देशका आरोही आएका हुन्। आमादब्लममा १० समुहका १०२, ल्होत्सेमा नौ समूहका १०७, मकालुमा आठ समूहका ७९, कञ्चनजंघामा सात समूहका ७५, नुस्सेमा छ समूहका ७६ र अन्नपूर्णमा छ समूहका ६६ आरोही छन्।
वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ। यो याममा सगरमाथा आरोहणका लागि विश्वभरबाट उल्लेख्य सङ्ख्यामा आरोही आउँछन्। आरोहण अनुमति जारी रहेकाले अझै सङ्ख्या बढ्नसक्ने विभागको अनुमान छ।
सामाग्री श्रोत :
महोत्तरी । वैशाख पहिलो साताको वर्षालगत्तै अचाक्ली गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी बढेको छ। वैशाखको हालसम्म ४७ सर्पदंशका बिरामीको उपचार गरिएको छ। बर्दिबास–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रका उपचार टोली प्रमुख सैनिक प्राविधिक भोला चौधरीले वैशाख पहिलो सातामा दुई पटक वर्षा भएपछि त्यसयता गर्मी बढेसँगै सर्पदंशका घटना बढेका बताए। “सर्पदंशका घटना सबै महिनामा धेरथोर हुन्छन्, यहाँ […]
सामाग्री श्रोत :