
काठमाडौँ–नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिका सदस्य एवं पूर्वगभर्नर महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश विनोद शर्माको इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको हो।
अधिवक्ता नवीन धितालले दायर गरेको रिटमा सर्वोच्चले आज अन्तरिम आदेश भने दिएन। यसका लागि आगामी जेठ ४ गते दुवै पक्षलाई छलफलमा बोलाएको अधिवक्ता धितालले जानकारी दिएका छन्।
अधिवक्ता नवीन धितालले अधिकारी पदमा रहँदै गठित गभर्नर सिफारिस समितिमा नियुक्त गरिएको भन्दै आइतबार रिट दर्ता गरेका थिए ।पदमा बहाल रहेकै अवस्थामा गठन भएको सिफारिस समितिमा बसेर काम गर्नु कानुनविपरीत भएको दाबी रिटमा गरिएको छ । अधिकारीले चैत २४ मा उमेर हदका कारण अवकाश पाएका थिए।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा चैत १६ गते गभर्नर सिफारिस समिति गठन भएको थियो। समितिबाट पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि अधिकारीलाई वैशाख १७ गते सो समितिमा नियुक्त गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठामडौं- नेपालमा राष्ट्रिय क्यान्सर प्रतिष्ठान अर्थात नेसनल क्यान्सर इन्स्टिच्युट स्थापना हुने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले क्यान्सर इन्स्टिच्युट स्थापनाका लागि आवश्यक कदम अगाडि बढाएको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यसका लागि सम्भाव्यता अध्ययन समिति गठन गरेका छन्। समितिले काम समेत अगाडि बढाइ सकेको छ।
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा विश्वराम पौडेलको संयोजकत्वमा गठित समितिले आवश्यक काम अगाडि बढाएको हो।
समितिले क्यान्सर इन्स्टिच्युटका लागि कार्यक्षेत्र पहिचान गर्ने र विज्ञहरुको रोष्टर तयार गरी सुझाब संकलगन गर्ने निर्णय गर्दै आवश्यक काम अगाडि बढाएको छ।
समितिमा डा गिसुपनिख प्रसिको, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निर्देशक डा शिवजी पौडेल, भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा उज्जवल चालिसे, स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेल, गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्मा सदस्य रहेका छन्। यस्तै मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक भक्तबहादुर केसी सदस्य सचिव रहेका छन्।
समितिको कार्य विवरण यस्ता छन्:
१. क्यान्सर विधासंग सम्वन्धित विज्ञसंग राय परामर्श गरी Nepal Cancer Institute मा के कस्ता सेवा संचालन गर्न आवश्यक छ भन्ने सम्वन्धमा सिफारिस गर्ने ।
२. Nepal Cancer Institute स्थापना गर्न उपयुक्त जग्गा र सम्भाव्य स्थानहरुको पहिचान गरी सिफारिस गर्ने । ३. Nepal Cancer Institute को स्थापनको लागि वित्तीय खाका तयार पेश गर्ने ।
४. उल्लेखित कार्य जिम्मेवारी पुरा गरी सुझाव सहितको सम्भाव्यता अध्ययन प्रतिवेदन ३ महिना भित्र पेश गर्ने ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं । सन् २०१३ मा संजय लीला भन्सालीको टिभी श्रृंखला सरस्वतीचन्द्रबाट आफ्नो अभिनय करियर सुरु गरेकी शाइनी दोशीको बाल्यकाल पीडादायी थियो । शाइनीका अनुसार जब उनी धेरै सानी थिइन्, उनका बुबाले उनकी आमा र भाइलाई छोडेर गएका थिए, जसका कारण उनले परिवारलाई सहयोग गर्न चाँडै काम गर्नुपरेको थियो। तर उनलाई आर्थिक बोझले मात्र सताएको थिएन। […]
सामाग्री श्रोत :
काठमाडौँ । नेपालमा फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ताको संख्या ३१ लाख नाघेको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले उपलब्ध गराएको तथ्यांक अनुसार २०८१ सालको चैत मसान्तसम्ममा फिक्स्ड इन्टरनेट ग्राहकको संख्या ३१ लाख ३० हजार ६५५ पुगेको छ ।
आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना अर्थात् साउन मसान्तसम्म इन्टरनेट ग्राहक २९ लाख ३ हजार २७० थिए । नौ महिनाको अवधिमा कुल दुई लाख २७ हजार ३८५ ग्राहक थपिएका छन् । यसमध्ये वर्ल्डलिंक, वेबसर्फर, भायानेट, वाईफाई नेपाल र डिश मिडिया तीव्र रूपमा ग्राहक विस्तार गर्न सफल भएका छन् ।
सबैभन्दा धेरै ग्राहक थप्ने कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड रहेको छ । साउनमा नौ लाख ३१ हजार ९९ ग्राहक रहेको वर्ल्डलिंकले चैत मसान्तसम्ममा १० लाख ९३१ ग्राहक बढाएको छ । नौ महिनाको अवधिमा कम्पनीले ६९ हजार ८३२ ग्राहक थपेको हो । देशमा १० लाख ग्राहकको आँकडा पार गर्ने वर्ल्डलिंक एक मात्र सेवा प्रदायक हो ।
रफ्तारमा ग्राहक थप्ने दौडमा वर्ल्डलिंकपछि वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम्स रहेको छ । नौ महिनाको अवधिमा वेबसर्फरले ४८ हजार १०७ ग्राहक थप्दै कुल एक लाख ८६ हजार ६६७ पुर्याएको छ । विशेषगरी भदौ र मंसिर महिनामा यो कम्पनीले धेरै ग्राहक बढाएको देखिन्छ ।
यता भायानेटले ३५ हजार ८८४, वाईफाई नेपालले ३० हजार ७९१ र डिश मिडिया (डिशहोम)ले २२ हजार ५६९ ग्राहक थपेका छन् । वाईफाई नेपालले यो अवधिमा ग्राहक संख्या दोब्बर बनाएको छ । डिशहोमले अन्य महिनाको तुलनामा माघ महिना बढी ग्राहक थपेको देखिन्छ ।
अर्कोतर्फ क्लासिक टेक, सबिसु, ब्रोडलिङ्क, सजिलो नेट लगायत कम्पनीहरूले पनि केही हजार ग्राहक थपेका छन् । देशको दोस्रो ठुलो इन्टरनेट सेवाप्रदायक रहेपनि नेपाल टेलिकमको वृद्धि भने न्यून रहेको छ । नौ महिनायता टेलिकममा जम्मा एक हजार ९३४ ग्राहक थपिएका छन् ।
यस अवधिमा केही इन्टरनेट सेवा प्रदायकहरूले ग्राहक गुमाएका छन् । एरोनेटले चार हजार ३६४, कनेक्ट नेपालले दुई हजार ३२२, फाइबर वर्ल्डले एक हजार ८० ग्राहक गुमाएका छन् । यो अवधिमा अधिकांश साना सेवा प्रदायकहरूले ग्राहक गुमाएको देखिन्छ ।
ग्राहक संख्याका आधारमा शीर्ष १० फिक्स्ड इन्टरनेट सेवा प्रदायक (चैत २०८१ सम्म)
क्र.स.
|
सेवा प्रदायक
|
ग्राहक संख्या
|
१.
|
वर्ल्डलिङ्क
|
१,०००,९३१
|
२.
|
नेपाल टेलिकम
|
३५०,५७५
|
३.
|
डिशहोम
|
३४६,७७९
|
४.
|
सुबिसु
|
३१२,६२७
|
५.
|
भायानेट
|
२४५,१५४
|
६.
|
वेबसर्फर
|
१,८६,६६७
|
७.
|
क्लासिक टेक
|
१,८०,९९९
|
८.
|
टेकमाइन्ड्स
|
८५,०५१
|
९.
|
सीजी नेट
|
७९,९८३
|
१०.
|
वाईफाई नेपाल
|
७०,६७५
|
पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८२ १३:४६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ –सोमबार वर्षापछि आएको बाढीले अवरुद्ध बीपी राजमार्ग खुलेको छ।
सोमबारबाट अवरुद्ध राजमार्ग मंगलबार साढे १२ बजेबाट सञ्चालनमा ल्याएको काभ्रेका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकालले जानकारी दिएका हुन्।
बिहानै ८ बजेदेखि सडक विभागको ४ वटा जेसीबी, ५ वटा टिपर लगेर कल्भर्टहरू बगाएको ठाउँमा फिलिङ गरिएको छ,’ उनले भने, ‘अहिले सडक पूर्ण रुपमा सञ्चालमा आएको छ ।’
उनका अनुसार अस्थायी डाइभर्सन बनाएर यातायात चल्न सक्ने बनाइएको छ। राजमार्गको माम्तीमा रोशी खोलाको बाढीले डाइभर्सन बगाएपछि त्यस क्षेत्रको यातायात अवरुद्ध भएको थियो।
पूर्वबाट आइरहेको सवारीलाई खुर्कोट र नेपालथोकमा तथा काठमाडौंबाट पूर्व गइरहेका गाडीलाई भकुण्डेबेसीमा रोकिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । पाकिस्तानी सेनाको इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपीआर) ले गत हप्ता भारतसँगको सैन्य झडपमा पाकिस्तानी सेना र वायुसेनाका ११ सैनिक मारिएको बताएको छ।
मंगलबार जारी गरिएको आईएसपीआरको विज्ञप्तिमा भनिएको छ – भारतसँगको लडाईंमा एक स्क्वाड्रन लिडर सहित पाँच वायुसेनाका कर्मचारी मारिएका छन् र अन्य छ जना सेनाका कर्मचारी पनि मारिएका छन्।
आईएसपीआरले जारी गरेको विज्ञप्ति अनुसार, मे १० मा भएको भारतीय आक्रमणमा सबै कर्मचारी मारिएका थिए।
विज्ञप्तिमा भनिएको छ – मे ६-७ को राति भएको भारतीय आक्रमणमा सात महिला र १५ बालबालिकासहित ४० जनाको मृत्यु भएको छ भने १२१ जना घाइते भएका छन्। घाइतेहरूमा १० महिला र २७ बालबालिका छन्।
झण्डै चार दिनको लडाईंपछि, भारत र पाकिस्तानले अन्ततः शनिबार युद्धविरामको घोषणा गरे।
यसअघि सोमबार, केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआइएसएफ) मुख्यालयले एक्समा ‘अपरेशन सिन्दूर’ मा आठ भारतीय सुरक्षाकर्मीको मृत्यु भएको बताएको थियो।
सामाग्री श्रोत :
भारतीय आक्रमणमा पाकिस्तानका स्क्वाड्रन लिडरसहित ११ सैनिक मारिए
काठमाडौं – भारतमा जारी साफ यु-१९ च्याम्पियनसिप अन्तर्गत समूह बी को विजेता बन्न आज समुह चरणको अन्तिम खेलमा नेपाल र भारत भिड्दैछन्।
खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ।
यो समूहको साफ च्याम्पियनसिपमा तेस्रोपल्ट आमुन्नेसामुन्ने हुँदा यी दुई टोलीको ध्यान भने समूह ‘बी’ को शीर्ष स्थान कब्जा गर्नेमा केन्द्रित हुनेछ। पहिले नै सेमिफाइनलको स्थान सुरक्षित गरिसकेका दुवै टोलीका लागि यो अन्तिम समूह चरणको खेल निर्णायक बन्नेछ।
नेपालले आइतबार श्रीलंकालाई ५-० ले हराएको थियो। त्यस्तै विहीबार भएको खेलमा भारतले श्रीलंकामाथि ८-० को जित दर्ता गरेको थियो। यो समूहबाट नेपाल र भारत सेमिफाइनलमा प्रवेश गर्दा श्रीलंका भने बाहिरिएको छ।
आज नै समूह ए तर्फ पनि अघि बढ्ने टोलीको छिनोफानो हुनेछ। समूह ए मा बंगलादेश ४ अंक जोड्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। आज हुने माल्दिभ्स र भुटानको खेलले अर्को टोलीको टुंगो लाग्नेछ। भुटानलाई जित आवश्यक छ भने माल्दिभ्सले बराबरी गरेपनि सेमिफाइनल पुग्नेछ। बंगलादेशले माल्दिभ्ससँग २-२ को बराबरी खेल्दा भुटानलाई ३-० ले हराएको थियो।
नेपालले सन् २०१५ मा भएको पहिलो संस्करण र सन् २०१७ को यू१८ उमेर समूहको संस्करण जितेको थियो।त्यसको आठ वर्षपछि अर्थात २०२३ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो भेटमा भने भारतले उसैगरी बदला लिँदै पेनाल्टी सुट आउटमा नेपाललाई ३–२ ले पाखा लगाउँदै फाइनलमा स्थान बनायो र उपाधि नै हात पार्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (एमडी/एमएस/एमडीएसलगायत)को प्रवेश परीक्षा लिएको करिब तीन महिना बित्न लागेको छ। तर यस प्रवेश परीक्षामा सामेल भएका हामी हजारौं चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको विशेषज्ञ तहको अध्ययनमा भर्ना अनिश्चित छ। आयोगले आफैँ निर्धारण गरेको स्वेच्छिक क्यालेन्डर र गत वर्षहरुसँग तुलना गर्दा वैशाख १८ बाट कक्षा प्रारम्भ भइसक्नु पर्ने थियो। बितेका वर्षहरुको अनुभवमा भर्ना (म्याचिङ)को प्रक्रिया सकिन करिव दुई महिना लाग्ने देखिन्छ, जसले गर्दा यदि आजको दिनमा भर्ना प्रक्रिया सुरु भएपनि कक्षा सुरु हुन कम्तिमा दुई महिना लाग्ने छ। यो अनिश्चितताले देशका हजारौं युवा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमा नैराश्यता छाएको छ।
लामो समयको मिहिनेत र तयारी पश्चात विशेषज्ञता हासिल गर्न पाएको अवसर गुम्ने पो हो कि भन्ने चिन्ताले सताएको छ। यो सबै विषयको केन्द्रमा रहेको छ, आवासीय चिकित्सकहरुले आठौ तहको मेडिकल अधिकृत सरह निर्वाह भत्ता पाउनु पर्ने माग र निजि मेडिकल कलेजले निर्वाह भत्ता दिनु परे स्नातकोत्तर तह नै नपढाउने अडान। आजका दिनसम्म केही निजी मेडिकल कलेजले आवासीय चिकित्सकलाई आठौं तहको भत्ता दिएपनि अधिकांशले आन्दोलनरत चिकित्सकलाई अस्पतालमा पुन: प्रवेशको वातावरण नै बन्न दिइरहेका छैनन्। यस विकराल परिस्थितिको सामाधान गर्न जिम्मेवार सरकार भने निजी मेडिकल कलेजसँग गठजोड गरी यस मौकाको फाइदा उठाउँदै एमबीबीएस्/बीडीएसको सिट बढाएर अर्बौं चलखेल गर्ने दाउमा छ।
आवासीय चिकित्सकको परिचय
स्नातक तह (एमबीबीएस/बीडीएस)को अध्ययन पश्चात् र नेपाल मेडिकल काउन्सिलमा दर्ता पश्चात एक व्यक्ति दक्ष चिकित्सकको रुपमा दर्ता हुन्छ। त्यस पश्चात उसले गर्ने स्नातकोत्तर तहको अध्ययनलाई रेजिडेन्सी भनिन्छ र यस्ता चिकित्सकलाई आवासीय चिकित्सक (रेजिडेन्ट डाक्टर) भनिन्छ। खासमा भन्नु पर्दा आवासीय चिकित्सक अन्य विधाको स्नातकोत्तर विद्यार्थी भन्दा यसअर्थमा फरक हुन्छ कि ऊ अस्पतालको सक्रिय मानवस्रोतको अभिन्न अंग हुन्छ र उसले अन्य दर्तावाल चिकित्सक जस्तै बिरामीको उपचारमा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। यसै सन्दर्भमा रेजिडेन्सीलाई संसारभर प्रशिक्षार्थी (अन जब ट्रेनिङ) मानिन्छ र उचित निर्वाह भत्ता समेतको व्यवस्थापन गरिएको छ।
नेपालका सबै सरकारी अस्पतालहरुमा आवासीय चिकित्सकलाई छात्रवृत्तिको साथसाथै आठौं तहको मेडिकल अधिकृतको तलब सरहको निर्वाह भत्ता सुनिश्चित गरिएको छ। यसको बदलामा छात्रवृत्ति प्राप्त गर्ने चिकित्सकहरुले अध्ययन पश्चात् दुई बर्ष कारारमा नेपाल सरकारको लागि काम गर्नुपर्ने व्यवस्था छ। विभिन्न विश्वविद्यालयबाट सम्वन्धन प्राप्त निजी मेडिकल कलेजमा भने करिब २४ लाख शुल्क बुझाएपछि मात्र अध्ययन गर्न पाइन्छ र करिब २० हजार रुपैयाँ मात्र निर्वाह भत्ताको रुपमा उपलव्ध गराउने व्यवस्था छ। यसबाहेक चिकित्सा शिक्षा आयोग आफैँले सम्बन्धन दिएका केहि निजि अस्पतालहरुमा भने परीक्षा शुल्क बापत करिब ३ लाख खर्च गरे पछि आठौ तहको निर्वाह भत्ता सहित अध्ययन गर्न पाईन्छ र यस पश्चात कुनै करारनामामा सम्झौता समेत गर्नु पर्दैन। हाल नेपालमा मेडिसिटि अस्पताल, बी एण्ड बी अस्पताल, ग्रान्डी अस्पताल लगायतमा यो विधिबाट विशेषज्ञता हासिल गर्न पाईन्छ।
आठौं तहको निर्वाह भत्ता के हो ?
निजी मेडिकल कलेजहरुले दावी गरेजस्तो आवासीय चिकित्सक अन्य स्नातकोत्तर विद्यार्थी जस्तो होइनन् र उनीहरुले मागेको निर्वाह भत्ता आफुसंग रहेको स्नातक तहको डिग्री (एमबीबीएस/बीडीएस) को आधारमा पाउनु पर्ने जायज माग हो। यसका अलावा यो आठौं तहको निर्वाह भत्ता नेपाल सरकारले मेडिकल अधिकृतहरुलाई सातामा करिब ४० घण्टा काम गरेबापत उपलव्ध गराउने तलब हो, जबकी आवशीय चिकित्सकले सातामा १०० घण्टा भन्दा बढी काम गर्नु पर्ने वाध्यता छ। यसमा थप अध्ययन गर्नको लागि भनेर शुल्कको रुपमा छुट्टै २४ लाख रुपैया पनि बुझाएका हुन्छन्। यस्तोमा भन्नु पर्दा कुनै पनि निजि मेडिकल कलेजहरुलाई आवासीय चिकित्सक भए बापत मेडिकल अधिकृत र विशेषज्ञ चिकित्सकको दरवन्दीमा कटौती गर्ने छुट पनि हुने देखिन्छ। माथि उल्ल्लेख गरे झैँ नेपालका केहि निजी अस्पतालले त परीक्षा शुल्क मात्र लिएर आठौ तहको निर्वाह भत्ता समेत उपलव्ध गराएर तालिम प्रदान गरिरहेको उदाहरण त देश भित्रै नै छ। तसर्थ, निजि मेडिकल कलेजहरुलाई आवसीय चिकित्सकलाई आठौँ तहको निर्वाह भत्ता उपलव्ध गराउदा कुनै घाटा हुने सवाल नै छैन। यस्तोमा प्रश्न उठ्छ, आखिर किन त यी निजि मेडिकल कलेजहरुले यत्तिका दिन सम्म आवासीय चिकित्सकको भर्ना नै नलिने अड्डी कसेर बसे। यसको सरल जवाफ छ, स्नातकोत्तर तहको भर्नालाई अवरोध गरेर स्नातक तहको सिटमा मोलमोलाई गर्नु।
एमबीबीएस/बीडीएसको सिट बढाउनु किन गलत?
करिब १० बर्ष पहिले नेपालका केहि निजि मेडिकल कलेजमा करिब १५० विद्यार्थीले एमबीबीएस पढ्न पाउँथे। विडम्बना त के भने उनीहरुलाई सम्वन्धन दिने त्रिवि र केयू दुवैका कलेजहरु र नेपालका अन्य प्रतिस्ठानहरुमा समेत त्यति सिट थिएन। यस्तोमा नेपाली जनताको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने एमबीबीएस जस्तो विधामा गुणस्तर कायम गर्नु पर्छ भनेर डा गोविन्द केसीको पटकपटकको सत्याग्रहले चिकित्सा शिक्षा सुधार गर्न बनेको माथेमा आयोगको प्रतिवेदन कार्यन्वयनमा गयो र यसले देशभरका मेडिकल कलेजहरुमा एमबीबीएसको सिट अधिकतम १०० मा सिमित गरिदियो। उनकै अनसनको बलमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को निर्माण र चिकित्सा शिक्षा आयोगको गठन भएको हो। हाल सरकारले यहि व्यवस्था उल्टाउन आवासीय चिकित्सकलाई अठौं तहको निर्वाह भत्ता दिने सर्तलाई बहाना बनाएको छ। यसले गर्दा आवासीय चिकित्सक र हामी परीक्षार्थी चिकित्सकहरुको काँधमा बन्दुक राखी निजी मेडिकल कलेजको पक्षपोषण गर्न खोजिएको प्रष्ट छ।
सरकार र निजी मेडिकल कलेजहरु अहिले के दावी गरिरहेका छन् भने डा गोविन्द केसीको कारणले गर्दा नेपालमा अवैधानिक तवरले एमबीबीएस को सिट घटाइयो र यसले गर्दा विद्यार्थीहरु विदेश पलायन भएर देशलाई अर्बौ घाटा भयो। मैले आफ्नो एमबीबीएस पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान- पाटन अस्पतालबाट सम्पन्न गरेको हो। त्यस क्रममा हामी एक ब्याचमा करिब ६० जना विद्यार्थी मात्र थियौं। यस्तोमा क्लिनिक पोस्टिङमा करिब १०-१२ जानाको एउटा समुह बनाएर विभिन्न विधामा ३-३ महिना को अवधिलाई परिक्रमा गर्थ्यौं। पाटन अस्पताल देशकै ठुलो सरकारी अस्पताल मध्ये एक हो र त्यहाँ विरामीको अत्याधिक चाप हुने गर्दछ। तर पनि कयौं विधिहरु सिक्न हामीले आफु भन्दा सिनियर-जुनियर, आवासीय चिकित्सक र नर्सिङका विद्यार्थीहरुसँग पालो कुर्दै प्रतिस्पर्धा गर्नुपर्ने हुन्थ्यो, जसले गर्दा हामी १०-१२ जाना नै बढी भएको जस्तो अनुभव हुन्थ्यो।
यस्तोमा पाटन अस्पताल भन्दा कम बिरामीको प्रवाह हुने अस्पतालहरुले १०० जना विद्यार्थीलाई कसरी पढाउछन् होला ? चिकित्सा शिक्षाको अध्ययन अन्य विधा जस्तो कक्षा कोठामा बसेर सम्पन्न हुने अध्ययन होईन, यसमा त बिरामी संग बोल्नु पर्छ, जाँच्नु पर्छ र उनीहरु संगै सिक्नु पनि पर्छ। यस्तोमा नेपालका कुनै पनि निजि मेडिकल कलेज १०० जना विद्यार्थी पढाउने पनि क्षमता राक्छन् त भन्ने प्रश्न उठ्ने ठाँउ हुदाहुदै थप सिट थप्नु भनेको नेपालीहरुको दक्ष चिकित्सकद्वारा सेवा पाउने अधिकारलाई कुण्ठित गर्नु हो। अनि वर्तमान पूर्वाधार मै एमबीबीएस/ बीडीएस को शुल्क चाहि नघटाई सिट मात्र प्नु भनेको केहि व्यापारीहरुलाई अर्बौ फाईदा मात्र पुर्याउनु हो। फेरी नेपाल सरकारले आफैँ एमबीबीएसतहको शुल्क करिब ४५ लाख तोकेको छ र यत्रो शुल्क दिएर बनेको एमबीबीएसडाक्टरलाई आठौ तहको निर्वाह भत्ता ४८,७३७ सुनिस्चित गर्न पनि आनाकानी गरिरहेको छ। यसले पन:श्च राज्यको नियत माथि प्रश्न खडा गर्छ। सरकारको उत्तरदायित्व यस देशका आमजनता, विद्यार्थी र श्रमजीवी चिकित्सक प्रति हुनु पर्ने हो कि केहि नजी मेडिकल कलेजका साहुजीहरु प्रति ?
रह्यो कुरा विद्यार्थीहरु विदेश पलायन भइरहेको कुरा। नेपालमा चिकित्सा शिक्षाको स्नातक तहको अध्ययन गर्न र विदेश गएर अध्ययन गर्न समेत चिकित्सा शिक्षा आयोगले लिने प्रवेश परीक्षा पास गर्नै पर्ने व्यवस्था छ। यो व्यवस्थाको सुरुवाती दिनहरुमा जब प्रवेश परीक्षामा कम्तिमा ५० प्रतिशत अंक आए मात्र डाक्टर बन्न पाईन्थ्यो। यसले गर्दा क्षमतावान विद्यार्थीहरुले मात्र प्रवेश परीक्षा उत्तीर्ण गर्थे र उनीहरुलाई पढ्न नेपाल मै सिट पर्याप्त हुने भएकाले विदेसिने दर स्वात्तै घटेको थियो। तर कम विद्यार्थी पास हुने देखेर, त्यसका कारणहरु नपहिल्याई आयोगले अब परीक्षा दिने मध्ये ५० प्रतिशत विद्यार्थी पास हुने व्यवस्था ल्यायो। यसले गर्दा करिब १२,००० परीक्षार्थी मध्ये ६००० पास हुने नै भए र नेपालमा उपलव्ध करिब २००० एमबीबीएसको सिट अपर्याप्त हुने नै भयो। यसले के देखाउछ भने डा. केसीको अनसन पश्चात गुणस्तर कायम गर्न गरिएको व्यवस्था राज्यले नै उल्टाएर नेपाली विद्यार्थीलाई विदेश पठाइरहेको छ।
आवासीय चिकित्सकको श्रमद्वारा लाखौं नाफा गर्ने निजी मेडिकल कलेजहरुसँग आफुले गरेको श्रम बराबरको हक र निर्वाह भत्ता मागिएको हो। एमबीबीएस अध्ययन गर्न करिब ४५ लाख शुल्क तोकेको सरकार सँग त्यो शुल्क तिरेर पढ़िसकेपछिको चिकित्सकले पाउनु पर्ने न्युनतम आधारभूत हक मागिएको हो तर सरकार भने उल्टै आवासीय चिकित्सकहरुको आधारभूत आवश्यकता पुरा गर्ने नाममा एमबीबीएस/बीडीएसको सिट र शुल्क बढाउने कुकर्ममा लागेको छ। अनि यहि क्रममा हजारौ युवा चिकित्सक/ स्वास्थ्यकर्मीहरुको विशेषज्ञ बन्ने बाटोमा तगारो हालेर बसेको छ।
अन्त्यमा
आवसीय चिकित्सकहरुले आठौं तहको निर्वाह भत्ता मागेका केवल केहि पैसाको आम्दानी हुन्छ भनेर होइन। यो माग आफु सँग रहेको एमबीबीएस/बीडीएसको डिग्री र नेपाल मेडिकल काउन्सिलमा दर्ता भए बापत आफु दक्ष चिकित्सक रहेको कुराको सम्मान र आत्मबोध समेत हो। गत वर्ष स्वास्थ्यकर्मीको लागि सुरक्षित कार्यस्थल संघर्ष समिति संग नेपाल सरकारले गरेको सहमतिमा स्पस्ट सँग आवासीय चिकित्सकलाई आठौ तहको निर्वाह भत्ता दिने र उनीहरुको कार्यबोझ (ड्युटी समय) सम्वन्धमा अध्ययन समिति बनाई प्रतिवेदन पेश गर्ने र उक्त प्रतिवेदन लागु गर्ने कुरा छ। त्यसैमा टेकेर बनाईएको डा. टंक बुर्लाकोटी प्रतिवेदन स्वास्थ्य मन्त्रालयमा पेश भईसकेको छ र उक्त प्रतिवेदन सार्वजनिक गर्दै कार्यान्वनमा गए आवासीय चिकित्सकका धेरै समस्याहरुको हल निक्सिने थिए।
निर्वाह भत्ताका अतिरिक्त बुर्लाकोटी प्रतिवेदन बमोजिम वैज्ञानिक ड्युटी समय तोकिए हामी जस्ता युवा चिकित्सक जो देश मै बसेर सेवा दिन भनि आयोगले लिएका प्रवेश परीक्षामा समावेश भयौँ, प्रोत्साहित हुने थियौँ। आजका युवा चिकित्सकलाई देश र दुनियामा के भईरहेको छ भनेर राम्रो संग अवगत छ। साथै ज्ञान र सिपको आधारमा संसारको जुनसुकै कुनामा गएर सेवा दिने सामर्थ्य छ भन्ने कुरा नि जगजाहेर नै छ, यस्तोमा चिकित्सकको बौद्धिक पलायन रोक्न पनि स्नातकोत्तर तहको भर्ना प्रक्रिया तत्काल सुचारु गर्नु पर्छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं । दक्षिण कोरियामा आयोजित २६औं जेओन्जु अन्तरराष्ट्रिय चलचित्र महोत्सवको समापन कार्यक्रममा नेपाली कवि एवं कलाकार जीवन खत्रीसहित कलाकारलाई सम्मान गरिएको छ।
खत्रीसहित नेपाली कविहरू सुनिलदिप्त राई र दिलीप वान्तवाले मुख्य भूमिकामा अभिनय गरेको डकुमेन्ट्री चलचित्र ‘मेसिनको देशमा’ महोत्सवमा उत्कृष्ट भई समापन समयको विशेष शो प्राप्त गरेको थियो। आयोजकका अनुसार सुरुआती चलचित्र र समापनको चलचित्रलाई विशेष मानिन्छ र यसलाई महोत्सको अनुहार भनिन्छ।
सो सम्मान खत्रीका साथै डकुमेन्ट्रीकी निर्माता तथा निर्देशक किम ओक यङ, सहायक निर्देशक किम सनहाय, नेपाली भाषाकी अनुवादक इ गिजु मुना र मोहन कार्कीलगायत डकुमेन्ट्री निर्माण टोलीलाई रातो कार्पेटले सम्मान गरिएको हो।
महोत्सव कोरियाका तीन प्रमुख अन्तरराष्ट्रिय चलचित्र महोत्सवहरू मध्ये एक हो। २६औं जोओन्जु अन्तरराष्ट्रिय चलचित्र महोत्सव आयोजकका अनुसार महोत्सवकामा विश्वभरबाट दुई हजार ४९७ चलचित्रहरू पेस गरिएका थिए र ५७ देशका २२४ चलचित्रहरू नौ हजार १४८ कथानक चलचित्रहरू र ७६ छोटा चलचित्रहरू) प्रदर्शन गरिएका थिए। तीमध्येबाट उत्कृष्ट दुई चलचित्रलाई सुरुआत र समापनको विशेष शो प्रदान गरिएको थियो।
दश दिन चलेको महोत्सवमा सुरुआती फिल्म राडु जुडद्वारा निर्देशित ‘कन्टिनेन्टल’ २५ छनोट भएको थियो भने समापनका लागि काव्य डकुमेन्ट्री चलचित्र ‘मेसिनहरूको देशमा’ उत्कृष्ट हुँदै समापनको शो पाएको थियो । महोत्सव आयोजक समितिका अध्यक्ष मिन वू बेओमले हालसम्मकै संस्करणको उच्चतम रेकर्ड हासिल गर्न कार्यक्रम सफल रहेको बताए। सम्मानबाट मुलुकको प्रतिष्ठा अन्तरराष्ट्रियजगत्मा बढेको कवि खत्रीले बताए। रासस
सामाग्री श्रोत :
काठमाडौँ । के तपाईं ट्वाइलेटमा मोबाइल चलाउँदै लामो समय बस्ने गर्नुहुन्छ ? सावधान हुनुहोस्, यो सामान्य बानीले तपाईंको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । विशेषगरी युवाहरू ट्वाइलेटमा मोबाइल लिएर जानुलाई सामान्य ठान्छन् । उनीहरूलाई मोबाइल नहेरी आरामपूर्वक बस्नै ‘गाह्रो’ हुन्छ । ट्वाइलेटमा बसेर सामाजिक सञ्जाल हेर्ने, भिडिओ हेर्ने वा लेख पढ्ने बानीले समय बितेको पत्तै हुन्न । तर यसले दीर्घकालीन रूपमा शरीर र मनमा नकरात्मक असर पार्न सक्छ ।
लामो समय ट्वाइलेटमा बस्दा मलद्धार आसपासका मांसपेशीहरूमा अत्यधिक दबाब पर्न जान्छ, जसले कब्जियत, फिस्टुला, फिसर जस्ता रोग निम्त्याउँछ । अपोलो स्पेक्ट्रा अस्पताल, मुम्बईका जनरल सर्जन डा. लकिन वीरा भन्छन् “ट्वाइलेटमा धेरै समय बस्दा गुप्ताङ्ग र वरिपरिका अंगमा संक्रमण हुने सम्भावना उच्च हुन्छ । ट्वाइलेटको वातावरणमा रहेका किटाणुहरू मोबाइलको माध्यमबाट तपाईँको किचन र सुत्ने कोठासम्म पुग्न सक्छन् । यस्ता किटाणुहरू खानपानमार्फत पेटमा गएमा जटिल संक्रमण हुन सक्छ ।”
हालैका एक अनुसन्धान अनुसार २० देखि ६५ वर्ष उमेर समूहका ४५ प्रतिशत मानिस कब्जियतको कारण अस्पताल भर्ना भएका छन् । उनीहरूमध्ये कैयौँले ट्वाइलेटमा लामो समय मोबाइल प्रयोग गर्ने गरेको बताएका छन् । लामो समय बस्दा शरीरको रक्तसञ्चारमा असर पर्छ, स्नायुमाथि दबाब पर्छ, सुन्निने समस्या आउँछ र विभिन्न दीर्घरोगको जोखिम बढ्छ ।
यस्ता बानीले शारीरिक मात्रै नभइ मानसिक स्वास्थ्यमा पनि असर पार्छ । तनाव, चिढचिढोपन, डिप्रेसन, अनावश्यक रिस उठ्ने, अरूको कुरामा चित्त नबुझ्ने समस्या बढ्न सक्छ । यो बानीले आफन्तसँगको सम्बन्धमा समेत असर गर्न सक्छ । साथै लामो समय मोबाइल हेर्दा शरिरमा भारीपन, घाँटी र पीठ्यु दुख्ने, हातखुट्टा झमझमाउने जस्ता लक्षण देखिन्छन् ।
कोभिड १९ पछि मोबाइल प्रयोग अझ बढी भएको छ । धेरै काम मोबाइलमै हुने भएकाले ट्वाइलेटभित्र पनि काम गर्ने बानी बस्न थालेको छ । तर डाक्टरहरू भन्छन्- यस्तो बानीले मुटुरोग, मधुमेह, मोटोपन, स्ट्रोक, नसा च्यापिने, जोर्नी दुख्ने जस्ता समस्या निम्त्याउँछ ।
मोबाइलको निरन्तर प्रयोगले भोकको मात्रा गडबड गराउँछ, कहिले भोक लाग्दैन, कहिले अत्यधिक लाग्छ । रक्तमा चिनी र इन्सुलिनको सन्तुलन बिग्रन्छ । यसले टाइप २ मधुमेह, कोलेस्ट्रोल बढ्ने, स्ट्रोकजस्ता जोखिम निम्त्याउँछ ।
तर यसबाट बच्ने उपाय पनि छन् । सबैभन्दा पहिले, ट्वाइलेटमा मोबाइल लैजान छोड्नुहोस् । साटोमा किताब वा पत्रिका पढ्ने बानी बसाल्न सकिन्छ । आफैंमा नियम बनाउनुहोस् कि ‘मैले ट्वाइलेटमा ५ देखि १० मिनेटमात्रै बस्नुपर्छ’ । चाहनु भए टाइमर वा अलार्मको प्रयोग गर्न सक्नुहुन्छ । भित्तामा सम्झाउने स्टिकर टाँस्नुहोस्, जसले तपाईँलाई समयमै ट्वाइलेटबाट निस्कन सहयोग गर्छ ।
मोबाइल प्रयोगको समय सीमा निर्धारण गर्नुहोस् । मोबाइल नलिइकन ध्यान वा श्वासप्रश्वास अभ्यास गर्नुहोस् ।
थप सजिलो लागे पनि ट्वाइलेटमा मोबाइल चलाउने बानीले तपाईंको स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ । स्वस्थ जीवनशैलीका लागि साना परिवर्तनहरू महत्वपूर्ण हुन्छन् । आजैदेखि मोबाइल ट्वाइलेट बाहिरै छोड्ने संकल्प गरौँ ।
टाइम्स अफ इन्डिया, बीबीसी लगायतका मिडियाको सहयोगमा तयार पारिएको ।
पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८२ ११:२३
सामाग्री श्रोत :
टेक पाना