२०८२ आश्विन ६ सोमबार
२०८२ आश्विन ६ सोमबार

काठमाडौँ । चार्टर्ड एकाउन्टेन्सी शिक्षालाई अझ सान्दर्भिक तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउने उद्देश्यले नेपालमा अबदेखि नयाँ पाठ्यक्रम लागु गरिने भएको छ ।

लेखाव्यवसायको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले द इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्ट्स इन इंग्ल्याण्ड एन्ड वेल्ससँगको प्राविधिक सहकार्यमा नयाँ पाठ्यक्रम विकास गरेको हो ।

आइक्यानका अनुसार प्राविधिक ज्ञानको अवधारणा अनुरूप तयार पारिएको पाठ्यक्रम चार्टर्ड एकाउन्टेन्सी शिक्षाको पहिलो, दोस्रो र तेस्रो तहका लागि क्रमशः डिसेम्बर २०२५, डिसेम्बर २०२६ र जुन २०२८ बाट लागु गरिनेछ ।

यस पाठ्यक्रम लेखाव्यवसायको सर्वोच्च निकाय  इन्टरनेसनल फेडेरेसन अफ अकाउन्ट्स  (आईएफएएसी) बाट जारी भएको अन्तर्राष्ट्रिय शिक्षा मापदण्ड (आईएफएस)मा आधारित छ । 

यसअन्तर्गत लेखा क्षेत्रका महत्त्वपूर्ण पक्षहरू संहिता, दीगोपना, प्रविधि र सार्वजनिक वित्त व्यवस्थापन लगायतका विषयवस्तु हरेक विषयको सान्दर्भिकता अनुसार समावेश गरिएको आइक्यानको भनाइ छ ।

नयाँ पाठ्यक्रमले देशलाई आवश्यक दक्ष लेखाव्यवसायी उत्पादन गर्न सघाउनुका साथै संस्थाका सदस्यहरूको अन्तर्राष्ट्रिय पहिचान र प्रतिस्पर्धी क्षमता बढाउने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८२ १७:३३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन्।

मङ्गलबार पार्टी केन्द्रीय  कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार अनुसार आफूहरूले फरक बिचार र मुलुक सञ्चालनको मार्गचित्र प्रस्तुत गरिरहेको समेत स्पष्ट पारेका हुन्।

Ncell 2
Ncell 2

 ‘आन्दोलन शान्तिपूर्ण हुन्छ। हामी भ्रष्टाचार, कुशासन,बेरोजगारी, योजनाबद्ध भइरहेको धर्मपरिवर्तनको विरुद्धमा छाैँ, हामी देशको समृद्धि र प्रगती चाहन्छौं, राष्ट्रियता बलियो बनाउन चाहन्छौ, प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो’,उनले भने। 

उनले आन्दोलनबारे पछिल्लो समय भ्रम सिर्जना गराउन खोजिएपनि चिर्दै अघि बढ्ने बताए। ‘सरकार हाम्रो जायज माग र आन्दोलन प्रति गम्भीर बनोस् भन्ने हाम्रो चाहना छ , दमन गर्न तर्फ अग्रसर भए जनताको अधिकार र भावनालाई कुण्ठित गर्ने दुष्प्रयास गरे स्वभाविक रूपमा असजिलो परिस्थिति निर्माण हुन्छ’, थापाको भनाइ छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन्।

आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार अनुसार आफूहरूले फरक विचार र मुलुक सञ्चालनको मार्गचित्र प्रस्तुत गरिरहेको समेत स्पष्ट पारे।

ब्रम्हलुट र मनपरितन्त्रलाई निरन्तरता दिनको लागि आफूहरूको आन्दोलनलाई गलत ढंगले दुष्प्रचार गर्न खोजिएको भन्दै उनले आपत्ति प्रकट गरे।

‘आन्दोलन शान्तिपुर्ण हुन्छ। हामी भ्रष्टाचार, कुशासन, बेरोजगारी, योजनावद्ध भैरहेको धर्मपरिवर्तनको विरुद्धमा छौं। हामी देशको समृद्धि र प्रगती चाहन्छौं। राष्ट्रियता बलियो बनाउन चाहन्छौं। प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। पछिल्लो समय केही भ्रम सिर्जना गराउन खोजिदैछ। त्यो चिर्दै अघि बढ्छौं,’ थापाले भने।

उनले थपे, ‘सरकार हाम्रो जायज माग र आन्दोलन प्रती गम्भीर बनोस् भन्ने हाम्रो चाहना छ। दमन गर्नतर्फ अग्रसर भए जनताको अधिकार र भावनालाई कुन्ठित गर्ने दुष्प्रयास गरे स्वभाविक रुपमा असजिलो परिस्थिति निर्माण हुन्छ।’

जेठ १५ गतेको तयारीमा जुट्न र बढीभन्दा बढी जनसहभागिता गराउन उपत्यका भरी जनजागरण अभियानमा क्रियाशिल हुन कार्यकर्ता पङ्क्तिलाई सो अ‍वसरमा निर्देशन सनेत उनले दिए।

यो देश बचाउने र बनाउने आन्दोलन भएकोले सबैको सहभागी जरुरी भएको थापाको तर्क छ।


सामाग्री श्रोत :

हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ, भडकाउने काम नगर्नुहोला : कमल थापा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाथरुममा लडेको भन्दै सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको छ । उक्त तस्बिरमा ‘प्रचण्ड’ शौचालयमा लडिरहेको जस्तो देखिन्छन् । निधारमा चोट देखिन्छ । सोही तस्बिरको क्याप्सनमा ‘बाजे बाथरूममा लडेको बेला फोटो खिच्ने चाहिँ को महान् व्यक्ति रहेछ ?’ भनेर लेखिएको छ । यही क्याप्सन र फोटोलाई अहिले थुप्रै सञ्जाल प्रयोगकर्ताले वास्तविक ठानेर भाइरल बनाइरहेका छन् । तर, टेकपाना फ्याक्ट-चेक डेस्कले उक्त तस्बिर एआईबाट तयार पारिएको तथ्य पत्ता लगाएको छ । 

दाबी

आइतबार, ११ मे २०२५ मा ‘मनोज भट्ट’ नामका फेसबुक प्रयोगकर्ताले ‘प्रचण्ड ट्वाइलेटमा लडेको तस्बिर सार्वजनिक’ भन्दै एउटा फोटो पोस्ट गरे । पोस्टमा प्रचण्ड शौचालयमा लडेर बेहोस् भएको जस्तो देखिन्छन् । हेर्नुहोस् ओरिजिनल पोस्टआर्काइभ पोस्ट

त्यसलाई पछ्याउँदै ‘दिब्या मल्ल बम’ नामकी फेसबुक प्रयोगकर्ताले ‘बाजे बाथरुममा लडेको बेला फोटो खिच्ने चाहिँ को महान व्यक्ति रहेछ।’ भन्ने क्याप्सन राख्दै सोही फोटो सोही दिन बेलुका ७ः३५ बजे पोस्ट गरेकी थिइन् । यो सामग्री तयार पार्दासम्म पोस्टमा ११ हजार बढी रियाक्सन, १४०० बढी कमेन्ट र ५०० बढी शेयर आएको छ । हेर्नुहोस् ओरिजिनल पोस्टआर्काइभ पोस्ट

अनुसन्धान

टेकपाना फ्याक्ट-चेक डेक्सले उक्त फोटोको तथ्यजाँच गर्न रिभर्स इमेज सर्च प्रक्रिया अपनायो । त्यसका लागि गुगल, यान्डेक्स, बिङ, टाइनी आई लगायतका प्लेटफर्ममा फोटो अपलोड गर्यौं । त्यस क्रममा ‘जङ्गबहादुर’ नामक फेसबुक पेजले सोही फोटोबाट १२ मेमा भिडिओ बनाएर अपलोड गरेको फेला पर्‍यो । सो रिल्समा यो सामग्री तयार पार्दासम्म ६६०० बढी रियाक्सन, ३२१ बढी कमेन्ट र ९०० बढी शेयर र साढे तीन लाख बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओआर्काइभ भिडिओ ।  

यसरी प्रचण्ड ट्वाइलेटमा लडेको भन्दै अपलोड भएको ओरिजिनल पोस्ट यहाँ  यहाँ, यहाँ, यहाँ, यहाँयहाँ क्लिक गरेर फेला पार्न सकिन्छ । आर्काइभ पोस्टका लागि यहाँ यहाँ, यहाँ, यहाँ, यहाँयहाँ क्लिक गर्नुहोस् ।

‘प्रचण्ड बाथरुम’, ‘प्रचण्ड ट्वाइलेट’, ‘Prachanda Barthroom’, ‘Prachanda Toilet’ जस्ता कीवर्ड फेसबुकमा सर्च गर्दा सोही फोटो र क्याप्सनसहितका अन्य पोस्ट भेटिन्छन् ।

तथ्य-जाँचका क्रममा हामीले सबैभन्दा पहिले उक्त फोटो कुनै सञ्चार माध्यममा आएको छ कि छैन भन्ने विश्लेषण गर्‍यौं । कुनै पनि आधिकारिक नेपाली सञ्चार माध्यमले उक्त फोटो राखेको भेटिएन । 

प्रचण्डपुत्री गङ्गा दाहालले ७ मे २०२५ मा एक फेसबुक पोस्ट राख्दै प्रचण्ड बाथरुममा लडेको जानकारी दिएकी थिइन् । उनले लेखेकी थिइन्, “गए राति बाथरुममा  चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटि अस्पतालमा सामान्य चेकजँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु । बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद ।” 

उक्त दिनको बिहानदेखि नै देशका अधिकांश सञ्चारमाध्यमले प्रचण्ड बाथरुममा लडेको भन्दै समाचार राखेका थिए । त्यसैलाई पछ्याउँदै फेसबुक प्रयोगकर्ताले छोटा क्याप्सन र एआईले तयार पारेका प्रचण्डको फोटो सार्वजनिक गरे । त्यही क्रममा ‘प्रचण्ड’ बाथरुममा लडेको जस्तो देखिने फोटो कुनै सामाजिक सञ्जाल प्रयोगकर्ताले सार्वजनिक गरे । र, त्यही फोटो वास्तविक भन्दै आइतबारदेखि भाइरल भयो । 

उक्त फोटो डेस्कमा विश्लेषण गर्दा एआईले तयार पारेको हो भन्ने सजिलै पत्ता लाग्छ । प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष र पूर्वप्रधानमन्त्री भइसकेका व्यक्ति होटलको बाथरुममा लडेको फोटो त्यति सजिलै बाहिर आउँदैन । त्यसैमाथि झन बेहोस् भएको जस्तो फोटो बाहिर आउँदा सहजै एडिट गरिएको फोटो हो भन्न सकिन्छ ।  

प्रचण्डको जुङ्गा, कपालको स्टाइल, उनी लडेको ठाउँ सबै विश्लेषण गर्दा कतैबाट पनि त्यो फोटो वास्तविक देखिंदैन । त्यस्तै फोटो एआईले बनाएको हो वा होइन भन्ने जाँच गर्ने वेबसाइट हाइभ मोडरेसनले पनि यो फोटो ९९.९९ प्रतिशत एआईले बनाएको देखायो । यो फोटो बनाउन च्याटजीपीटीको फोरओ मोडेलले बनाएको हुनसक्ने हाइभ मोडरेसनले उल्लेख गरेको छ । 

 

प्रचण्ड सहभागी भएका विभिन्न कार्यक्रमका लाइभ भिडिओ प्रचण्डकै फेसबुक पेजबाट प्रसारण हुने गर्छन् । ती भिडिओमा पनि कतै प्रचण्डको निधारमा त्यति ठुलो चोट लागेको देखिंदैन । तर, सामाजिक सञ्जालमा आएका पोस्ट र कमेन्टलाई हेर्दा अधिकांश प्रयोगकर्ता पोस्टबाट भ्रमित भएको देखिन्छ । 

दाबी

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेको फोटो सार्वजनिक भयो । 

दाबीकर्ता

मनोज भट्ट, दिब्या मल्ल बम, जङ्गबहादुर लगायतका फेसबुक पेज तथा प्रयोगकर्ता । 

तथ्य

प्रचण्ड ६ मे २०२५ बेलुका बाथरुममा लडेको समाचार सत्य हो । तर, उनी लडेको फोटो सार्वजनिक भयो भन्दै भाइरल भइरहेको फोटो च्याटजीपीटीले तयार पारेको हो । हालसम्म प्रचण्ड बाथरुममा लडेको वास्तविक फोटो सार्वजनिक भएको छैन । 

निष्कर्ष

मनोज भट्ट, दिब्या मल्ल बम, जङ्गबहादुर लगायतका फेसबुक पेज तथा प्रयोगकर्ताले दाबी गरेको जस्तो नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाथरूममा लडेको फोटो सार्वजनिक भएको छैन । ६ मे २०२५ बेलुका प्रचण्ड बाथरुममा चिप्लिएको र उनको निधारको बाहिरपट्टि सामान्य चोट लागेको समाचार सत्य हो । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताले फोटो सार्वजनिक भयो भन्दै भाइरल बनाइरहेको फोटो च्याटजीपीटीको भर्सन फोरओले तयार पारेको हो । त्यही फोटोको आडमा सामाजिक केही सञ्जाल प्रयोगकर्ताले प्रचण्ड यसरी लडेका रहेछन् भन्दै आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् । बाथरुममा लडेको घटनापछि प्रचण्ड सञ्चो भएर विभिन्न कार्यक्रममा उपस्थित भइरहेका छन् । तर, अहिले पनि सामाजिक सञ्जाल प्रयोगकर्ताले एआई-सिर्जित फोटो वास्तविक भन्दै शेयर गरिरहेका छन् । 

 प्रतिक्रिया

तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८२ १६:५१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्ने ‘सगरमाथा संवाद’मा एक सय ७५ विदेशी पाहुना सहभागी हुने भएका छन्।

परराष्ट्रमन्त्री तथा सगरमाथा संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले संवादको तयारीका सम्बन्धमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विदेशी पाहुनासहित करिब त्यतिकै सङ्ख्यामा नेपाली सहभागी हुने जानकारी दिइन्।

उनले भनिन्,‘संवादमा करिब ३५० जना सहभागी हुनुहुनेछ। बाह्र देशको उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुने छ।’

पहिलो संस्करणको सगरमाथा संवादको मुख्य विषय ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ रहेको छ। सगरमाथा संवाद नेपालले स्थापना गरेको एउटा अन्तरराष्ट्रिय मञ्च हो। मानव जगतका विभिन्न समस्या र मुद्दाबारे संवाद गर्ने, छलफल गर्ने तथा समाधानका लागि एउटा निष्कर्षमा पुग्ने यसको उद्देश्य रहेको छ।

‘संवादको तयारी अन्तिम चरणमा पुगेको छ। हामीले तयारीका विभिन्न चरण पार गरी यहाँसम्म आइपुगेका छौँ। हामीले १० वटा जति पूर्वसंवादलगायतका तयारी पूरा गरेका छौँ,’ मन्त्री डा राणाले भनिन्।

Ncell 2
Ncell 2

प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्बोधन हुने उक्त समारोहमा परराष्ट्रमन्त्री डा राणाले स्वागत मन्तव्य दिने कार्यक्रम छ। उक्त कार्यक्रममा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त श्रव्यदृश्य सामग्री प्रस्तुत गरिने छ।

भारत र चीनका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउनुहुने विशिष्ट पाहुना र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम रहेको संवाद सचिवालयले जनाएको छ।

कार्यक्रममा संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसङ्घका महासचिवले पठाउनुभएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिने छ। उद्घाट्नपछि १२ छुट्टाछुट्टै विषयमा कार्यक्रम सञ्चालन हुनेछन्। राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषय ज्ञाता र अनुसन्धानकर्ताको गहन ढङ्गको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा संभावनामा जोड दिइने कार्यक्रम रहेको मन्त्री डा राणाले बताए।

सगरमाथा संवादमा विभिन्न मुलुकका साथै सार्क, बिम्स्टेक, विश्व बैङ्क, एसियाली विकास बैङ्कलगायत विकास सहायता संस्था, विश्वविद्यालय, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायतबाट ६१ विदेशी तथा स्वदेशी संगठन एवं संस्थाले भाग लिनेछन्।

मन्त्री डा. राणााले नेपाललाई तटस्थ, संवादप्रेमी कूटनीतिको नेतृत्वदायी भूमिकामा स्थापित गर्न सकिन्छ भन्ने दृढ विश्वास रहेको उल्लेख गर्दै विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकास गरी राष्ट्रिय आत्मविश्वास बढाएर नेपालको विश्वव्यापी छविलाई उचित रूपमा स्थापित गर्न सकिन्छ भन्ने मान्यता राखिएको बताइन्।

 

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट भएको छ। आज नेप्से परिसूचक १४ दशमलव ८७ अंकले घटेर दुई हजार छ सय ३४ दशमलव २३ को बिन्दुमा कायम भएको हो।

आज तीन सय १४ कम्पनीको दुई करोड १८ लाख २८ हजार दुई सय ३१ कित्ता शेयर एक लाख दुई हजार चार सय ४५ पटक खरिदबिक्री हुँदा नौ अर्ब ६३ करोड ४८ लाख १२ हजार छ सय १२ बराबरको कारोबार भएको छ।

विकास बैंक समूह शून्य दशमलव ८८, जीवन बीमा शून्य दशमलव ९५ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। बैंकिङ शून्य दशमलव ३०, वित्त एक दशमलव ९१, होटल तथा पर्यटन दुई दशमलव २१, जलविद्युत् एक दशमलव १८ र लगानी समूह शून्य दशमलव ७९ प्रतिशतले घटेको छ।

त्यसैगरी, लघुवित्त शून्य दशमलव ६९, म्युचुअल फन्ड शून्य दशमलव १८, निर्जीवन बीमा समूह शून्य दशमलव ५९, व्यापार दुई दशमलव ४६ र अन्य समूह शून्य दशमलव ६० प्रतिशतले घटेको छ।

आजको कारोबारमा क्रेष्ट माइक्रोलाईफ इन्स्योरेन्स लिमिटेड र ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ९३ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज युनिभर्सल पावर कम्पनी लिमिटेड सबैभन्दा माथि छ। यो कम्पनीको रु ६७ करोड २० लाख ८५ हजार ८० बराबरको १५ लाख ४६ हजार चार सय ८९ कित्ता शेयर किनबेच भएको छ।


सामाग्री श्रोत :

दोहोरो अंकले घट्यो नेप्से, नौ अर्ब ६३ करोड ४८ लाखको कारोबार

काठमाडौँ । बागमती प्रदेश सरकारले सूचना प्रविधि क्षेत्रमा पाँच सय जनालाई रोजगारी उपलब्ध गराउने उद्देश्यले प्रक्रिया अघि बढाएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले यसका लागि आवश्यक तालिम प्रदान गर्न सहुलियतपूर्ण ऋण उपलब्ध गराउने सम्बन्धमा निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ ।

आइतबार सम्पन्न सम्झौता अनुसार मन्त्रालयले तोकेको सूचना प्रविधि सम्बन्धी तालिम लिन इच्छुक विद्यार्थीहरूलाई निक्षेप तथा कर्जा सुरक्षण कोषको रकमबाट न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराइनेछ ।

श्रम मन्त्रालयका सचिव वीरेन्द्रदेव भारतीले यस सम्झौताको मुख्य उद्देश्य ५०० जनालाई सूचना प्रविधि क्षेत्रमा रोजगार बनाउनु रहेको बताए । तालिममा सहभागी हुनका लागि कम्तीमा कक्षा १२ उत्तीर्ण गरेको हुनुपर्नेछ ।

सचिव भारतीले यो पहलले सूचना प्रविधिमा रुचि भए पनि आर्थिक अभावका कारण पढ्न समस्या भएका विद्यार्थीहरूलाई ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । मन्त्रालयले प्रदान गर्ने यो तालिम कम्तीमा ६ महिनाको हुनेछ ।

हाल तालिम प्रदान गर्ने विश्वविद्यालय तथा पाठ्यक्रम छनोट र तालिमपछि विद्यार्थीहरूलाई रोजगारी दिलाउन रोजगारदाताको खोजी कार्य बाँकी रहेको सचिव भारतीले जानकारी दिए ।

उनले भने, “हामी यही आर्थिक वर्ष २०८१/०८२ भित्र विश्वविद्यालय र रोजगारदातासँग सम्झौता गर्ने गरी काम गरिरहेका छौँ। आगामी आर्थिक वर्षबाट तालिम सञ्चालन गर्ने योजना छ।”

हालको बजारको मागलाई ध्यानमा राखेर सूचना प्रविधि क्षेत्रका विभिन्न विधामा तालिम सञ्चालन गरिने मन्त्रालयले जनाएको छ । सचिव भारतीले पहिलो चरणमा ६ महिनाको तालिम सम्पन्न भएपछि ५०० जनालाई रोजगारी दिने लक्ष्य राखिएको र यो योजना सफल भएमा बजारको आवश्यकता अनुसार अन्य विषयमा पनि युवाहरूलाई रोजगारीमूलक तालिम प्रदान गरिने बताए ।

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८२ १५:५३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– साताको पहिलो दिन आइतबार ११ अंकले गिरावट भएको सेयर बजार मंगलबार पनि गिरावट आएको छ। 

यस दिन नेप्से सूचक १४.२४ अंकले गिरावट हुँदै २६३४ अंकमा रोकिएको हो।

Ncell 2
Ncell 2

सेयर बजार गिरावट आएसँगै कारोबार रकम पनि गिरावट आएको छ। आइतबार १० अर्ब २० करोड रुपैयाँभन्दा बढी कारोबार हुँदा आज साढे ९ अर्बभन्दा बढी कारोबार भएको हो।

आज दुई कम्पनीको सेयर मूल्यले सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन्। जसमा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स र ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड रहेका छन्। सबैभन्दा बढी सेयर मूल्य गिरावट हुने कम्पनीमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन्।

जसमा ७७ कम्पनीको सेयर मूल्य बढ्दा १६८ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। एउटा कम्पनीको सेयर मूल्य स्थिर भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ — चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) रेमिट्यान्समार्फत ११ खर्ब ९१ अर्ब ३१ करोड रुपैयाँ भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १० प्रतिशतले बढेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले जनाएको छ । गत वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १७.२ प्रतिशतले बढेको  थियो ।
‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ७.३ प्रतिशतले बढेर ८ अर्ब ७४ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो,’ राष्ट्र बैंकको मासिक प्रतिवेदनमा भनिएको छ ।
गएको ९ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख ५८ हजार २ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ४९ हजार ६ सय ५२ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख २७ हजार ८ सय ४२ र २ लाख ११ हजार २ सय २६ रहेको थियो ।

सामाग्री श्रोत :
deshparadesh

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदको बजेट अधिवेशनमा विषयमूखी भएर प्रभावकारी रुपमा छलफलमा भाग लिने निर्णय गरेको छ।

मंगलबार सिंहदरबारमा आफ्ना पार्टीका सांसदलाई बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा विज्ञबाट प्रशिक्षित गर्दै रास्वपाले संसदमा बिषयमुखी भएर प्रभावकारी रुपमा छलफलमा भाग लिने लिने निर्णय गरेको हो।

रास्वपा सांसद डा. स्वर्णीम वाग्लेले बजेट प्राविधिक विषय भएकाले विज्ञबाट अन्तक्र्रिया र प्रशिक्षण गराउने काम भएको जानकारी दिए। पूर्वअर्थसचिव रामेश्वर खनालबाट बजेटका प्राविधिकका साथै लुकेका पाटोका विषयमा सांसदलाई जानकारी गराउने काम भएको वाग्लेले बताए।

वाग्लेले बजेटका सिद्धान्त र प्राथमिकता, बजेट लगाएतका विषयमा रास्वपा सांसदले सदनमा प्रभावकारी रुपमा छलफलमा भाग लिने जिकिर गरे।


सामाग्री श्रोत :

बजेट अधिवेशनमा प्रभावकारी रुपमा छलफलमा भाग लिने रास्वापाको निर्णय

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट