२०८२ आश्विन ५ आईतवार
२०८२ आश्विन ५ आईतवार

गीतकार सुरेश शिवाकोटीको नयाँ गीत ‘के लाई हतार’ सार्वजनिक भएको छ । गायक गोविन्द मधुर आचार्य, सुष्मा बिसी र विन्दु विसीको सामुहिक स्वर रहेको लोक लयको यो गीतमा गोविन्दकै संगीत छ।

निरेन श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा गीतकार सुरेशसँगै गायक गोविन्द, मोडलहरु सन्देश थापा, सञ्चिता बोलखी, प्रेमराज लामिछाने लगायतको अभिनय देख्न सकिन्छ।

एचबिएन किस्मतको एरेन्ज, सुरज भुषालको ब्याकग्राउन्ड स्कोर रहेको गीतको भिडियो चक्र बरालले खिचेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका छन् ।


सामाग्री श्रोत :

सुरेशको ‘के लाई हतार’मा देखिए जुना, सञ्चिता, गोविन्द र सन्देश (भिडिओ)

काठमाडौं। पार्किङमा राखेको अवस्थामा काठमाडौंबाट माइक्रोबस चोरी भएको छ। काठमाडौं महानगरपालिका–१६ बनस्थलीस्थित विश्वकर्मा बाबा वर्कशप तथा चार्जिङ सेन्टरभित्रको पार्किङबाट चोरी भएको बागमती प्रदेश ०१–००२ ज ६७६६ नम्बरको विद्युतीय माइक्रोबस प्रहरीले धादिङमा भेट्टाएको छ।

उक्त माइक्रोबस स्याङ्जाको बिरुवा गाउँपालिका–१ घर भई काठमाडौंको बनस्थली बस्ने १९ वर्षीय सुदीप थापाले चोरी गरी धादिङ पुर्‍याएको अवस्थामा जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

प्रहरीले माइक्रोबस चोरीमा संलग्न थापालाई आज सार्वजनिक गरेको हो। उनीविरुद्ध चोरीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। थापाले गत वैशाख २९ गते बिहान ४ः ३० बजे पार्किङबाट माइक्रोबस चोरेर लगेको खुलेको छ।


सामाग्री श्रोत :

काठमाडौंबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो, एक जना पक्राउ

लुम्बिनी। बुटवलमा महङ्गा गाडीका पार्टस्को कारोबार गर्दै आएका प्रतिष्ठित व्यवसायीविरुद्ध राजस्व चुहावट गरेको अभियोगमा आज मुद्दा दायर भएको छ।

राजस्व अनुसन्धान कार्यालय, बुटवलको अनुसन्धान तथा तहकीकातबाट रुपन्देहीको तिलोत्तमा नगरपालिका–४, शुभलक्ष्मी पथका जगनन्नाथ खनाल र तिलोत्तमा नगरपालिका–४ नयाँमिलका दधिराम खरेललविरुद्ध राजस्व अनुसन्धान कार्यालय बुटवलले राजस्व चुहावट गरेको अभियोगमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको कार्यालय प्रमुख, प्रमुख राजस्व अधिकृत विवेक घिमिरेले जानकारी दिए।

राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय, बुटवलमार्फत राजस्व चुहावटसम्बन्धी कसूरमा अनुसन्धान गर्दा विपक्षी खरेल र साझेदारविरुद्धको उक्त कसुर पत्ता लगाएको हो। उनीहरुले सञ्चालन गर्दै आएको शुभलक्ष्मी अटो लिंक प्रालिका सञ्चालक खनाल र खरेलविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा २० (६) बमोजिम मुद्दा दायर गरेको विभागका प्रवक्ता कृष्णकुमारी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । खरेल पश्चिम नेपाल बस व्यवसायी प्रालीका अध्यक्ष हुन्। उनले आफूहरु सञ्चालक रहेको फर्मबाट गाडीका महँगा पार्टसहरु राजस्व छली गरेर ल्याउने र बिक्रीवितरण गर्ने गरेको पाइएको छ।

शुभलक्ष्मी अटो लिंक प्रालीको आफ्नै वर्कशप र गोदामको खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गरी बीलबिजक, खरिद खाता, बिक्री खातालगायत अन्य आवश्यक कागजात तथा मालवस्तुको अध्ययन तथा अनुसन्धान गर्दा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा ४ (छ) र (झ) बमोजिमको कसूर गरेको पुष्टि भएकाले उनीहरु लाई ऐनको दफा २ (छ १) बमोजिम चुहावट भएको भन्सार महसुल, मूल्य अभिवृद्धि कर र आयकरसहितको बिगो रु ७२ लाख ११ हजार ३०० कायम गरी ऐनको दफा २३ (१) बमोजिम बिगो असुलउपर गरी बिगोको शतप्रतिशत जरिवानासहित रु एक करोड ४४ लाख २२ हजार ६०० मात्र असुलउपरगरी हदैसम्मको कैद सजायको मागदाबी गरिएको विज्ञप्तिमा उल्लेख छ।

उनीहरुविरुद्ध अदालतमा आजै भएको थुनछेक बहसपछि मुद्दामा पेस भएका प्रमाणका आधारमा प्रतिवादीहरु कसुरदार होइनन् भन्ने अहिले नै भन्न नसकिने ठहरसहित विशेष अदालत ऐन २०४९ को दफा ७ ‘घ’ बमोजिम प्रतिव्यक्ति रु २० लाख धरौटीमा छाड्ने आदेश भएको राजस्व अधिकृत घिमिरेले जानकारी दिए।

राजस्व छलीमा संलग्न रहेको भन्दै रुपन्देहीमा राजस्व अनुसन्धान कार्यालयले विभिन्न व्यावसायिक प्रतिष्ठान तथा प्रतिष्ठित व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ। राजस्व अनुसन्धान कार्यालय बुटवलले त्यस्ता व्यक्ति तथा प्रतिष्ठानउपर राजस्व चुहावटमा अनुसन्धान गरी अदातलमा मुद्दा दायर गरेको छ।


सामाग्री श्रोत :

राजस्व चुहावट गरेको अभियोगमा व्यवसायीविरुद्ध मुद्दा दायर

काठमाडौं– जिल्ला अदालत कञ्चनपुरले पत्रकार खेम भण्डारीलाई गाली बेइज्जती मुद्दामा एक महिना कैद र जरिवाना हुने फैसला गरेको छ । 

निर्मला पन्त बलात्कार र हत्या प्रकरणमा समाचार लेख्ने क्रममा तथ्यहीन आरोप लगाएको भन्दै भण्डारीलाई दोषी ठहर गरिएको हो।

कन्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको बिहीबारको इजलासले मानसखण्ड दैनिककको सम्पादक भण्डारीलाई दोषी ठहर गर्दै कैदको फैसला सुनाएको हो ।

Ncell 2
Ncell 2

भण्डारीलाई १ महिना कैदका साथै १० हजार जरिवाना र १ लाख क्षतिपूर्ति तिराउने फैसला भएको छ ।

निर्मला पन्त प्रकरणमा तथ्यहीन रुपमा आफूलाई जोड्दै सामाचार लेखेको भन्दै कन्चनपुरका तत्कालीन एसपी दिल्लीराज बिष्ट (हाल एसएसपीबाट अवकाश)का छोरा किरण बिष्टले उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।

shivam cement
shivam cement

१० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै निम्बुखेडा खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् । यो प्रकरणका आरोपी अहिलेसम्म पहिचान हुन सकेको छैन ।

यस सम्बन्धमा पटक–पटक अनुसन्धान भएका छन् । सीआईबीको टोलीलेसमेत अनुसन्धान गर्दा पनि ठोस कुरा पत्ता लाग्न सकेको छैन । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुुक्त राष्ट्रसंघको एसिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक आयोगको कार्यकारी सचिवालयका उपमहासचिव अर्मिदा सलसिंह अलिस्जाहबानाले बिहीबार शिष्टाचार भेट गरेकी छन्।

भेटका अवसरमा अलिस्जाहबानाले नेपालले यही जेठ २ देखि ४ गतेसम्म आयोजना गर्न लागेको सगरमाथा संवादको सफलताको कामना गर्दै वातावरणीय मुद्दामा नेपाललाई दिइँदै आएको सहयोग निरन्तर रहने विश्वास दिलाइन्।

प्रधानमन्त्री ओलीले सगरमाथाको मुलुक नेपालको अग्रसरतामा वातावरणीय महत्त्वबारे विश्वलाई गम्भीररूपमा ध्यानाकर्षण गराउन सगरमाथा संवादको आयोजना गरिएको जानकारी गराए। भेटका अवसरमा नेपालका लागि संयुक्त राष्ट्रका आवासीय प्रतिनिधि हाना सिङ्गर र परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए।


सामाग्री श्रोत :

प्रधानमन्त्रीसँग राष्ट्रसंघीय अधिकारीको भेट

काठमाडौं– सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टलाई अदालतले थप २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गरेर कैदमा राख्न प्रहरी र डिल्लीबजार कारागारलाई पत्र लेखेपछि उनी वैशाख १७ मा पक्राउ परेका थिए । 

Ncell 2
Ncell 2

उनको पत्रलाई सर्वोच्च अदालत प्रशासनले ‘अनधिकृत’ भनेपछि रेशमलाई पक्राउने विष्ट आफैँ पक्राउ परेका थिए । उनीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले लिखत किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको गम्भीर रुपमा ध्यानाकर्षण गराउन सगरमाथा संवादको आयोजना गरिएको बताएका छन्।

सगरमाथा संवादको पूर्वसन्ध्यामा आज नेपाली उच्च पदाधिकारीहरुका लागि प्रधानमन्त्रीद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वातावरणीय मुद्दामा लापरबाही र विलम्ब गरिए विनाशमा पुगिने भएकाले यसमा संसारको ध्यान पुग्न जरुरी रहेको बताए।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाशीध प्रकाशमान सिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, डा बाबुराम भट्टराई र झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, मन्त्रीगणलगायत सहभागी थिए।

यही जेठ २ देखि ४ गतेसम्म नेपाल सरकारले पहिलो पटक काठमाडौंमा सगरमाथा संवादको आयोजना गर्दैछ। कार्यक्रमका लागि हालसम्म ३७ देशका १६० विदेशी पाहुना नेपाल आइसकेका छन्।


सामाग्री श्रोत :

वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजनाः प्रधानमन्त्री

काठमाडौँ । सरकारको पन्ध्रौँ योजना अनुरूप सूचना प्रविधिको क्षेत्रमा अपेक्षित प्रगति हासिल हुन नसकेको देखिएको छ । महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार सञ्चार तथा सूचना प्रविधिको सहज पहुँच, भरपर्दो सेवा र रोजगारी वृद्धिको लक्ष्यजस्ता क्षेत्रको प्रगति कमजोर देखिएको हो ।

२०७५/७६ लाई आधार वर्ष मानेर तय गरिएका सूचकहरूमध्ये अधिकांशमा २०८०/८१ सम्मको लक्ष्यअनुसार उपलब्धि हासिल हुन सकेको छैन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार यस वर्ष सूचना प्रविधिबाट रोजगारी सिर्जना, डिजिटल साक्षरताको स्तर, सूचना प्रविधिसम्बन्धी उद्योगको वृद्धि, सरकारी सेवा अनलाइनमार्फत प्रवाहजस्ता महत्त्वपूर्ण सूचकका तथ्यांक प्राप्त हुन सकेका छैनन् ।

रोजगारीका लागि २०८०/८१ मा १० हजार जनालाई सूचना प्रविधिको माध्यमबाट रोजगारी दिने लक्ष्य लिइएको थियो । यस्तै, डिजिटल साक्षरताको दर ८० प्रतिशत पुर्‍याउने लक्ष्य राखिएको थियो । तर, दुबै सूचकसम्बन्धी अद्यावधिक तथ्यांक सार्वजनिक हुन सकेका छैनन् ।

त्यसैगरी, सरकारी डेटा सेन्टर एउटा थप्ने लक्ष्यमा कुनै प्रगति भएको छैन । एक्सचेन्ज मेल सर्भिस (ईएमएस) सेवा ६० जिल्लामा विस्तार गर्ने भनिए पनि २९ जिल्लामै सीमित भएको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय ज्ञान पार्क स्थापना गर्ने योजना पनि शून्य प्रगतिमा सीमित भएको छ । यद्यपि, एउटा सञ्चारग्राम स्थापना गर्ने लक्ष्य भने पूरा भएको छ ।

साइबर सुरक्षाको क्षेत्रमा पनि निर्धारित लक्ष्य प्राप्त हुन सकेको छैन । राष्ट्रिय साइबर सुरक्षा इकाई चार ओटा बनाउने योजना थियो, तर हालसम्म एउटा इकाई स्थापना भएको प्रतिवेदनमा उल्लेख छ ।

महालेखा परीक्षकको प्रतिवेदनमा आवधिक योजनाको लक्ष्य प्राप्त हुने गरी कार्यक्रम कार्यान्वयन गर्नका लागि सम्बन्धित मन्त्रालयलाई सुझाव दिइएको छ ।

त्यस्तै, वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनतर्फ पनि मन्त्रालयको प्रगति कमजोर देखिएको छ ।

प्रतिवेदनमा भनिएको छ, “मन्त्रालयअन्तर्गत राष्ट्रिय योजना आयोगबाट वार्षिक विकास कार्यक्रममा समावेश भएका कार्यक्रममध्ये डिजिटल नेपाल फ्रेमवर्का आठ क्षेत्र/निकायबिच समन्वय गरी एकीकृत बजेट निर्माण हुन नसकेको, सुरक्षण मुद्रण छापााना स्थापना गरी मुद्रण कार्य हुन नसकेको, विद्युतीय भुक्तानी प्रणाली पूर्ण रुपमा कार्यान्वयनमा नआएको, ललितपुरमा डेटा सेन्टर र इन्टरनेट एक्सचेन्ज सेन्टर निर्माण नभएको, ललितपुरको खुमलटारमा जग्गा विवादा कारण ज्ञानपार्क निर्माण हुन नसकेको स्थित छ ।”

पछिल्लो अध्यावधिक: जेठ १, २०८२ ७:४८





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– काठमाडौंको बनस्थलीबाट माइक्रोबस चोरेर धादिङ पुर्‍याउने व्यक्ति पक्राउ परेका छन् । बनस्थलीस्थि विश्वकर्मा बाबा वर्कसप तथा चार्जिङ सेन्टरभित्रको पार्किङबाट बागमती प्रदेश ०१-००२ ज ६७६६ नम्बरको विद्युतीय माइक्रोबस चोर्ने स्याङ्जाका सुदीप थापा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपीलराज बोहराका अनुसार स्याङ्जा, बिरुवा गाउँपालिका १ घर भई बनस्थली बस्दै आएका १९ वर्षीय थापा पक्राउ परेका हुन् ।

Ncell 2
Ncell 2

जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा उनलाई पक्राउ परिएको एसपी बोहराले बताए । थापालाई चोरीसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान पक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’को तयारी पूरा भएको छ। ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो पटक सगरमाथा संवाद शुक्रबारदेखि यही जेठ ४ गतेसम्म काठमाडौंमा हुँदैछ।

संवादको उद्घाटन समारोह शुक्रबार बिहान ‘द सोल्टी होटल’मा हुनेछ। परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले संवादको तयारीका सम्बन्धमा जानकारी दिँदै सम्मेलनमा १७५ विदेशी पाहुनासहित करिब त्यतिकै सङ्ख्यामा नेपाली सहभागी हुने बताइन्।

उनले भनिन्, ‘संवादको तयारी पूरा भएको छ, संवादमा करिब ३५० जना सहभागी हुनुहुनेछ। बाह्र देशबाट उच्च तहको प्रतिनिधिमण्डल सहभागी हुनेछ।’ चीन, भारतलगायत मुलुकका विशिष्ट पाहुना नेपाल आइसक्नुभएको छ भने अन्य मुलुकका विशिष्ट अतिथि आउनेक्रम जारी रहेको मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्बोधन हुने उद्घाटन समारोहमा परराष्ट्रमन्त्री डा राणाले स्वागत मन्तव्य दिनेछन्। उक्त कार्यक्रममा संवादसम्बन्धी तयार पारिएको एक चिनारीयुक्त श्रव्यदृश्य सामग्री प्रस्तुत गरिनेछ। भारत र चीनका तर्फबाट प्रतिनिधिमण्डलको नेतृत्व गरेर आउने विशिष्ट पाहुना र कोप–२९ का अध्यक्ष तथा अजरबैजानका राष्ट्रपतिका जलवायु विषयसम्बन्धी प्रतिनिधिले सम्बोधन गर्ने कार्यक्रम रहेको संवाद सचिवालयले जनाएको छ।

कार्यक्रममा संवादलाई सम्बोधन गरी संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पठाएको श्रव्यदृश्य सामग्री पनि प्रस्तुत गरिनेछ। उद्घाटनपछि बिहान ११ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलनको प्रारुपमा ‘प्लेनरी सेसन’ आयोजना हुनेछ। यस सत्रमा सहभागी सबै राष्ट्र र अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनको प्रस्तुती रहनेछ।

शुक्रबार दिउँसो २ः३० बजेदेखि १२ छुट्टाछुट्टै विषयका समानान्तर सत्रको सुरुआत हुनेछ। सबै सत्र शनिबार ४ः३० बजेसम्म सम्पन्न हुने कार्यसूची छ। राजनीतिज्ञ, नीति निर्माता, विद्वान, विज्ञ एवं विषय ज्ञाता र अनुसन्धानकर्ताको गहन ढंगको छलफल एवं विचार आदानप्रदान तथा विश्लेषणका माध्यमबाट जलवायु परिवर्तन र पर्वतीय समस्या समाधान तथा सम्भावनामा जोड दिइनेछ।

सगरमाथा संवादमा विभिन्न मुलुकका साथै सार्क, बिम्स्टेक, विश्व बैंक, एसियाली विकास बैंकलगायत विकास सहायता संस्था, विश्वविद्यालय, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्थालगायतबाट ६१ विदेशी तथा स्वदेशी संगठन एवं संस्थाले भाग लिने परराष्ट्र मन्त्रालयका सहसचिव एवं संवादको प्रचारप्रसार समितिका संयोजक लोकबहादुर पौडेल क्षेत्रीले बताए। उनले विश्वव्यापी मुद्दामा नेपालको प्रतिबद्धतालाई उजागर गर्दै सहयोग र साझेदारी विकास गरी राष्ट्रिय आत्मविश्वास बढाएर नेपालको विश्वव्यापी छविलाई उचित रूपमा स्थापित गर्न सकिन्छ भन्ने मान्यता राखिएको उल्लेख गरे।

संवाद आयोजनाका लागि प्रधानमन्त्री ओलीको संयोजकत्वमा उच्चस्तरीय निर्देशक समिति, परराष्ट्रमन्त्री डा राणाको संयोजकत्व र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको सहसंयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव राजकुमार श्रेष्ठको संयोजकत्वमा सचिवालय गठन गरिएको छ। संवादमा उच्चस्तरीय उद्घाटन सत्रसहित एक ‘प्लेनरी सेसन’, समानान्तर सत्र तथा केही साइड इभेन्टहरू पनि हुने तालिका रहेको सचिवालयका सदस्यसचिवसमेत रहनुभएका वन मन्त्रालयका सहसचिव डा महेश्वर ढकालले जानकारी दिए। तेस्रो तथा अन्तिम दिन विदेशी पाहुनालाई हिमाल देखाउनका लागि पर्वतीय उडानको व्यवस्था मिलाइएको छ भने संवादको काठमाडौं घोषणा जारी गरिने उनले बताए।

संवाद नेपालले संरक्षणमा गरेको आफ्ना असल अभ्यासबारे विश्वलाई जानकारी गराउन र जलवायु संकट समाधानमा विश्वका असल अभ्यास तथा सामाधानका उपाय सिक्नका लागिसमेत उपयोगीसिद्ध हुने बताइएको छ। संयुक्त राष्ट्रसंघले यो वर्ष २०२५ लाई अन्तरराष्ट्रिय हिमनदी संरक्षण वर्षका रूपमा घोषणा गरेका सन्दर्भमा संवादमा पनि महत्वका साथ हिमालका विषय उठाइनेछन्।

‘संवादमा खासगरी हिमालबाट समुद्रसम्म परिरहेका असर, दिगो हरित अर्थ व्यवस्था, जलवायु हानिनोक्सानी न्यूनीकरण, जलवायु न्याय र मानवताको भविष्य, क्षेत्रीय र वैश्विक साझेदारीलगायत विषयमा छलफल गरिनेछ’, सहचिव डा ढकालले भने। सरकारले संवादमा हुने छलफल, मन्थन, संवादबाट निस्किने निचोड तथा निष्कर्षलाई नीति निर्माणमा समेट्ने जनाएको छ।

सगरमाथा संवाद एक बहुसरोकारवाला संवाद मञ्च हो, जुन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्वका प्रमुख मुद्दाहरूमाथि विचार–विमर्श गर्न समर्पित छ। यो संवादको नाम विश्वको सर्वोच्च शिखर सगरमाथाको नामबाट राखिएको हो। यसको उद्देश्य मानवताको साझा हित र सामूहिक कल्याणको अवधारणालाई प्रवर्द्धन गर्नु हो। आगामी दिनमा यो संवाद प्रत्येक दुई वर्षमा आयोजना गर्ने सरकारले निर्णय गरेको छ।

विश्वव्यापी हरितगृह ग्यासको उत्सर्जनमा नेपालको भूमिका न्यून छ। तर जलवायु परिवर्तनका असरबाट भने अत्यन्त प्रभावित भइरहेको छ। बढ्दो जलवायु परिवर्तनका असरका कारण जलवायुजन्य हानिनोक्सानी, विपद्, जैविक विविधिताको हस, वायु प्रदूषणलगायत विश्वव्यापी संकटले नेपालजस्ता अल्पविकसित, हिमाली देश र यहाँका नागरिक सबैभन्दा बढी आक्रान्त छन्। यस परिस्थितिमा संवादले जलवायु संकट समाधानमा साझा धारणा बनाउन तथा सामूहिक कल्याण प्रवर्द्धन गर्ने विश्वव्यापी प्रयासमा योगदान गर्नसक्ने जीवन्त संवाद मञ्चको रूपमा आफूलाई प्रमाणित गर्ने उद्देश्य लिएको छ।

भीष्मराज ओझा/रासस


सामाग्री श्रोत :

‘सगरमाथा संवाद’को तयारी पूरा, शुक्रबार उद्घाटन हुने

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट