२०८२ आश्विन ५ आईतवार
२०८२ आश्विन ५ आईतवार

काठमाडौं- बिना चिकित्सकीय लाइसेन्स  नामका अघि ‘डर्म्याटोलोजिस्ट तथा डा’ लेखाएकी रेखा थापा (सोम कुमारी बलम्पाकी)ले डाक्टर भनेर सेवा नदिएको बताएकी छिन्। नेपाल मेडिकल काउन्सिलले छापा मारेको विषयमा प्रकाशित समाचारको प्रतिक्रिया पठाउँदै उक्त कुरा प्रस्ट्याएकी हुन्।

उनले भनेकी छिन्,  ‘म पूर्ण रुपमा ब्युटी कोजी ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टरमा काम गर्दै आएको र क्लिनिकमा काम नगरेको बेहोरा जानकारी गराउँदछु।’

गत वैशाख २८ गते उनी कार्यरत संस्थामा नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ र डर्म्याटोलोजी सोसाइटीको संयुक्त टोलीले छापा मारेको थियो। चिकित्सकीय अभ्यासका लागि अनुमति पत्र अर्थात् लाइसेन्स नलिइ चिकित्सकका रुपमा प्रस्तुत गरेर सेवा दिएको गुनासोका आधारमा छापा मारिएको थियो। 

त्यसक्रममा उनले आफूलाई ‘डाक्टर तथा डर्म्याटोलिजिस्ट’ प्रस्तुत गरेका प्रमाण फेला परेका थिए। उनले विभिन्न संघ/संस्थाबाट पाउने प्रमाण पत्रमा आफ्नो नाम ‘डा रेखा थापा’  तथा ‘डर्म्याटोलोजिस्ट’  लेखाएको छापा मार्ने क्रममा भेटिएको काउन्सिलले जनाएको छ।   डर्म्याटोलिजिस्टका रुपमा प्रस्तुत गर्न एमबीबीएस पछि थप छाला तथा यौनरोगमा एमडी गरेको हुनुपर्छ। 


डर्म्याटोलोजिस्ट लेखिएको प्रमाणपत्र

तर, उनले उक्त डिग्री गरको कुनै प्रमाण पत्र तथा उक्त रुपमा प्रस्तुत गर्न लाइसेन्स देखाउन सकेकी छैनन्।  नेपाल मेडिकल काउन्सिल ऐन २०२० (संशोधन २०७४) अनुसार लाइसेन्स बिना चिकित्सा सम्बन्धी कामकारबाही गर्न पाइँदैन। दफा २६ मा दर्ता किताबमा नाम दर्ता नभएका व्यक्तिहरूले चिकित्सा सम्बन्धी व्यवसाय गर्न मनाही गरिएको छ।

उपदफा १ मा भनिएको छ,  ‘दर्तावाला चिकित्सकहरू बाहेक अरू व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले आधुनिक चिकित्साको व्यवसाय गर्न पाउने छैन।’ कसैले उक्त दफा बमोजिम कसूर गरेमा निजलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। लामो समयदेखि रोकिँदै आएको नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सइ)को तलबमान र ग्रेड समायोजन गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले तलबमान र ग्रेड समायोजन गर्ने निर्णय भएको हो। कनिष्ठ प्रहरी अधिकृतहरूको बढुवा हुन लामो समय लाग्ने गरेको भन्दै ०७८ मा सरकारले प्रहरी नियमावली संशोधन गरी सइ र इन्स्पेक्टरबीच वरिष्ठ सइ पद थपेको थियो।

तर उनीहरुले खाइपाइ आएको तलब भन्दा पनि कम भएपछि असन्तुष्ट रहेका सइलाई सरकारले न्याय गरेको छ।

मन्त्रिपरिषदको यो निर्णयसँगै उनीहरूको तलब बढ्ने भएको छ। यसअघि उनीहरूले बढुवा हुँदा पनि खाइपाइ आएकोभन्दा कम तलब पाउँदै आएका थिए। ‘नेपाल प्रहरीका प्रहरी वरिष्ठ नायब निरीक्षकहरूको तलबमान र ग्रेड समायोजन गर्ने,’ मन्त्रपरिषदको निर्णयमा भनिएको छ।

ग्रेड समायोजनका लागि गत १७ साउनमै सर्वाेच्च अदालतले परमादेश दिएको थियो। त्यसको करिब १० महिनापछि बल्ल कार्यान्वयन भएको छ। तह र फुली बढ्दा पनि वरिष्ठ सइहरूको तलब घटेको थियो। बढुवा हुँदा उनीहरूको तलब दुई सय ६२ रुपैयाँ घटेको थियो।

वरिष्ठ सइको एक हजार चार सय १८ जनाको दरबन्दी छ। बढुवा गरे पनि त्यसअनुसार तलबमान र ग्रेड समायोजनमा ढिलाइ भएको थियो। बढुवा भएको करिब तीन वर्षपछि यो समस्या समाधान भएको छ। मन्त्रिपरिषदको बैठकपछि उनीहरुले तीन वर्षकै तलब पाउनेछन्।

गत साउनमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको इजलासले यससम्बन्धी परमादेश दिएको थियो। वरिष्ठ सइको आधारभूत तलब ४० हजार नौ सय ९८ रुपैयाँ छ।

उनीहरूले अधिकतम दुई ग्रेड थप पाउने भएकाले तीन हजार सात सय ३२ मात्र पाउने गरेका छन्। तर, सइको तलब भने ४३ हजार नौ सय ९४ रुपैयाँसम्म छ। वरिष्ठ सइले अधिकतम दुई ग्रेड मात्र पाउने प्रावधान राख्दा यस्तो समस्या सिर्जना भएको हो।


सामाग्री श्रोत :

बढुवा भएको चार वर्षपछि प्रहरीका वरिष्ठ सइको तलबमान र ग्रेड समायोजन

एजेन्सी – गाजामा इजरायली पछिल्लो हवाई आक्रमणमा परि ११४ जनाको मृत्यु भएको छ । अमेरिका समर्थित एक सङ्गठनले यस महिनाको अन्त्यसम्ममा सहायता वितरण शुरु गर्ने बताइरहेका बेला बिहीबार बिहानैदेखि ‘वेस्ट व्याङ्क’ क्षेत्रमा इजरायली सेनाद्वारा व्यापक हवाई आक्रमण भएको हो । 

गाजाको नागरिक सुरक्षा निकायका अनुसार बिहीबार बिहानैदेखि इजरायली बमबारीमा परी मृत्यु हुनेको सङ्ख्या ११४ पुगेको छ । दक्षिणी शहर खान युनिसमा विस्थापित परिवारहरूलाई आश्रय दिने घर र पालहरूमा बम विस्फोट हुँदा महिला र बालबालिकासहित ५६ जनाको मृत्यु भएको स्थानीय नासेर अस्पतालले जनाएको छ । 

Ncell 2
Ncell 2

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका जबालिया शरणार्थी शिविरमा रहेको स्वास्थ्य क्लिनिक र प्रार्थना हलमा गरिएको आक्रमणमा  १३ जनाले ज्यान गुमाएका छन् ।  दक्षिणी गाजाको खान युनिस शहरमा कम्तीमा नौ अलग–अलग ठाउँमा हवाई आक्रमण भएको बताइएको छ । 

shivam cement
shivam cement

यसैबीच इजरायलले दक्षिणी गाजामा आक्रमण गर्दैगर्दा उत्तरी गाजा शहरका केही भागहरू छोड्न मानिसहरूलाई आदेश दिएको समाचारमा उललेख छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई समुदायस्तरीय संघसंस्थाहरुले विश्व नेताका रुपमा सम्मान गरेका छन् । उपप्रमुख डंगोल स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन हुनुले ज्यापु समुदायको विश्वस्तरमा गौरव बढेको भन्दै काठमाडौँको खुशिँवुमा रहेको ज्यापु संस्कृति विकास कोष, ज्यापु महागुथि नेपाः केन्द्रीय समिति र ज्यापु महागुथि नेपाः ये महानगर समितिले संयुक्त रुपमा सम्मान प्रदान गरेका हुन् ।

सम्मान ग्रहण गर्दै उपप्रमुख डंगोलले, काठमाडौंको मौलिक पहिचानलाई संरक्षण र प्रवर्धन गर्न इमान्दारितापूर्वक काम गरिरहने प्रतिवद्धता व्यक्त गरिन् । राजनीतिक नेतृत्व र आफूले गरिरहेका कामका बारेमा उल्लेख गर्दै उनले भनिन्, ‘म राजनीतिक पृष्ठभूमि भएको परिवारको सदस्य होइन । मेरो परिवारमा कसैले पनि राजनीति गर्नुहुन्न । म पनि सामाजिक र सांस्कृतिक क्षेत्रको उत्थानका लागि समुदायमा काम गरिरहेकी थिएँ । यसरी काम गरिरहँदा सामाजिक तथा सांस्कृतिक रुपान्तरण र मौलिकता प्रवर्धनका लागि राजनीतिक नेतृत्वमा पुगेर नीतिमार्फत काम गर्न सकिन्छ भन्ने अनुभूति भयो । यसपछि म समुदायकै हौसला र प्रेरणाले राजनीतिमा आएकी हुँ । विश्व आर्थिक मञ्चको ग्लोबल सेपर्स काठमाडौं हवको सदस्य हुँदै विश्व स्तरीय मञ्चमा ४० वर्ष उमेर समूहमुनिका नेताका रुपमा चयन भएपछि मैले थप जिम्मेवारी महसुस गरेकी छु ।’

उनले समुदायबाट प्राप्त सम्मानले लक्ष्यप्रति थप आँट र हौसला प्राप्त भएको भन्दै जनस्तरको अपेक्षालाई इमान्दारितापूर्वक वहन गर्ने प्रतिवद्धता जनाइन् ।

 


सामाग्री श्रोत :

विश्व युवा नेताका रुपमा उपप्रमुख डंगोल सम्मानित

काठमाडौं – नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको छ ।

रोजगारदाता कम्पनी टाट पल्टिने अवस्थामा पुगी कामविहीन भएका चार सय ६९ नेपाली नागरिकमध्ये केहीले तलबभत्ता उपलब्ध गराउन र नेपाल फिर्ता तथा अन्य कम्पनीमा स्थानान्तरणका लागि पहल गरिदिन अनुरोध गरेका थिए । कामदारको अनुरोधपछि राजदूतावासले समस्या समाधानका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको जनाएको छ ।

नेपाल फर्कन चाहनेको हकमा बहिर्गमन भिसाका लागि साउदी सरकारको सम्बन्धित श्रम कार्यालयलाई आवश्यक कागजातसमेत पठाइसकिएको नेपाली दूतावासले जनाएको छ ।

Ncell 2
Ncell 2

साउदी अरबबाट नेपाल जान इच्छुक नेपाली श्रमिकलाई र विशेषगरी सेन्दान इन्टरनेसनल कम्पनीमा कार्यरतलाई यथाशक्य बहिर्गमन भिसा जारी गरिदिन अनुरोध गर्दै आवश्यक पहल गरिसकिएको दूतावासले जनाएको छ ।

नेपाल फर्कन चाहनेको हकमा बाँकी सेवा सुविधा प्राप्त गर्ने कानूनी आधार पूरा गरी फर्काउने तथा साउदी अरबका अन्य कम्पनीमा स्थानान्तरण भई रोजगार गर्न चाहनेका लागि आवश्यक प्रक्रियालाई सहजीकरण गर्न साउदी सरकारको श्रम मन्त्रालय र सम्बन्धित अन्य निकायहरूमा भएका वार्ता तथा छलफल सकारात्मक रूपमा अगाडि बढेको छ ।

shivam cement
shivam cement

समस्यामा परेका नेपाली नागरिकलाई धैर्यताका साथ रहन तथा खाना, आवास र स्वास्थ्यसम्बन्धी समस्या परेमा राजदूतावासमा सम्पर्क गर्न भनिएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। संघीय संसद अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दैछ।

शुक्रबार सिंहदरबारमा बिहान ८ बजे बैठक बस्न लागेको हो।

आज बस्ने बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० का सम्बन्धमा समितिको अन्तिम मस्यौदा प्रतिवेदन माथि छलफल गरिने कार्यसूची रहेको छ।


सामाग्री श्रोत :

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली बजारमा ‘सीएमएफ फोन टु प्रो’ मोबाइलको प्रि-बुकिङ एक घण्टामै सकिएको छ । बिहीबार दिउँसो १२:४० बजे सुरु गरिएको प्रि-बुकिङ ग्राहकको अत्यधिक मागका कारण एक घण्टामै बन्द भएको कम्पनीले जानकारी दिएको छ ।

“मे १८ (जेठ ५) सम्म चल्ने भनिएको प्रि-बुकिङ सबै स्लट भरिएपछि एक घण्टामै बन्द गरिएको हो,” कम्पनीका प्रतिनिधिले टेकपानासँग भने ।

 यो फोन खरिदमा ग्राहकलाई ६ हजार ४९९ रुपैयाँ मूल्य पर्ने बड्स टु ए (Buds 2a) निःशुल्क दिने प्रस्ताव गरिएको थियो । नेपाली बजारमा यो मोडेल दुई भेरियन्टमा उपलब्ध हुनेछ । ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य ३४ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ३९,४९९ रुपैयाँ रहेको छ ।

फोनको बिलिङ र आधिकारिक बिक्री आगामी ६ जेठदेखि सुरु हुने कम्पनीले जानकारी दिएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २, २०८२ ७:१२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाकोसमेत आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ।

दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा  मूख्यतया सफादेखि आंशिक बदली रहनेछ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका ‍एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

राति भने कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ।

कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका ‍एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका भू-भाग लगायत देशका पहाडी भूभागका पनि धेरै स्थानहरूमा अधिकतम तापक्रम बढ्ने सम्भावना रहेको छ।

साथै कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

उक्त मौसमी अवस्थाका कारण  दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ।


सामाग्री श्रोत :

मौसम पूर्वानुमान : मुलुकभर गर्मी बढ्ने, दुई प्रवेशमा वर्षाको सम्भावना

जुम्ला। जुम्लाको तिला गाउँपालिका–१ गाडगुडेनीमा जिप दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन्।

कर्णाली राजमार्गअन्तर्गत तिलाको गाडगुडेनीमा क१ज ३७ नम्बरको जिप दुर्घटना हुँदा चालक २० वर्षीय दिनेश नेपाली र हिमा गाउँपालिका–६ महावैपाथरखोलाका ५५ वर्षीय धनराज अधिकारी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोहित रसाइलीले जानकारी दिए।

घाइते दुवैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। जिप सडकदेखि २०० मिटर तल तिला नदीमा खसेको प्रहरीले जनाएको छ।


सामाग्री श्रोत :

जिप दुर्घटनामा दुई जना घाइते

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमको सञ्चालक समितिले बिहीबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

निगमले इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको जनाएको छ। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाइएको छ।

नयाँ मुल्यअनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १५४।५०, दोस्रोमा १५६ र तेस्रोमा १५७ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १३९।५०, दोस्रोमा १४१ र तेस्रोमा १४२ रुपैयाँ भएको छ।


सामाग्री श्रोत :

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट