२०८२ आश्विन ५ आईतवार
२०८२ आश्विन ५ आईतवार

काठमाडौँ । अब वैदेशिक रोजगारीका लागि अनलाइनमार्फत श्रम स्वीकृति लिन एक घण्टाभन्दा बढी कुर्नु नपर्ने भएको छ । वैदेशिक रोजगार विभागले एक घण्टाभित्रै श्रम स्वीकृति दिने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ ।

बिहीबार पत्रकार सम्मेलनमार्फत विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले अबको एक साताभित्र एक घण्टामै श्रम स्वीकृति दिने व्यवस्था लागु हुने जानकारी दिए । उनका अनुसार वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा आवश्यक सुधार सम्पन्न भइसकेको छ ।

“केही समयअघि श्रम स्वीकृति लिन ८-१० दिन लाग्थ्यो । हाल तीन दिनमा स्वीकृति दिन थालिएको छ । अब तीन-चार दिनभित्रै एक घण्टामा श्रम स्वीकृति दिनेछौँ,” उनले भने ।

यो सेवा सुरु भएपछि पहिलोपटक विदेश जान चाहने र दोहोरिएर जाने दुबै प्रकारका सेवाग्राहीले फेमिस प्रणालीमार्फत एक घण्टाभित्र श्रम स्वीकृति लिन सक्नेछन् ।

सरकारले वैदेशिक रोजगारी प्रक्रियालाई सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउन फेमिस प्रणाली लागु गरेको हो ।

पछिल्लो अध्यावधिक: जेठ ३, २०८२ १०:१४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। काठमाडौं महानगरपालिका ‘दोस्रो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल’ को विजेता भएको छ।

फाइनल खेलमा आयोजक गोदावरी नगरपालिकालाई पेनाल्टीमा ८-७ गोलले पराजित गर्दै महानगरपालिका दोस्रो सृङ्खलाको विजेता भएको हो। जितसँगै महानगरपालिकाको टीमले नगद ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ। उपविजेता आयोजक गोदावरीलाई नगद ३ लाख रुपैयाँसहित ट्रफी प्रदान गरिएको छ।

गएको वर्ष सम्पन्न पहिलो खेलमा पनि महानगरपालिका विजेता भएको थियो। यस वर्षको फाइनल खेलको निर्धारित समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि दुवै टीमलाई ५÷५ पेनाल्टी गोलको अवसर दिइएको थियो। यसमा दुवै टीमले सबै गोल प्रहार गरे। त्यसपछि दिइएको ३÷३ पेनाल्टी गोलको अवसरमा महानगरपालिकाले ३ र गोदावरी नगरपालिकाले २ गोल गरेको थियो।

यस्तै मध्यपुर थिमीलाई फेयर प्ले टिमको उपाधि दिइयो। महानगरपालिकाका कोच सन्तोष न्यौपानेलाई वेस्ट कोच उपाधि प्राप्त भयो। सरोज तामाङ्लाई वेस्ट डिफेन्डर, सुदीप गिरीलाई प्लेयर अफ द फाइनल, गोदावरी नगरपालिकाका समीर तामाङ्लाई इनर्जिङ् प्लेयर, अरुण लामालाई हाइएस्ट गोल स्कोरर, पासाङ् लामालाई प्लेयर अफ द टुर्नामेन्ट र विवेक सिलवाललाई वेस्ट गोल किपर उपाधि प्रदान गरिएको थियो।

गोदावरी नगरपालिकाको चापागाउँ, ताहाखेल खेल मैदानमा हिजो (शुक्रबार) फाइनल खेल भएको थियो। खेलमा महानगरपालिका ‘समूह बी’बाट र गोदावरी ‘समूह सी’बाट फाइनलमा पुगेका थिए।

महानगरपालिकाले पहिलो खेल चाँगुनारायण नगरपालिकासँग खेलेको थियो। यस खेलमा चाँगुनारायणलाई महानगरपालिकाले ५-० गोलले पराजित गरेको थियो। खेलमा राजकुमार पौडेल, विराज महर्जन, अखिलेश कार्की, सरोज तामाङ् र मनिष सेढाईँले महानगरपालिकाका लागि १-१ गोल दिलएका थिए। दोस्रो खेल मध्यपुर थिमीसँग खेलेको थियो। यस खेलमा सरोज तामाङ्ले गर्नुभएको १ गोलले महनगरपालिकालाई जिताएको थियो।

महानगरपालिकाबाट प्रशिक्षक सन्तोष न्यौपाने र पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका छन्। खेलाडीहरुको व्यवस्थापन खेलकुद विज्ञ नविन चित्रकारले गरेका थिए।

प्रतियोगितामा काठमाडौँ जिल्लाबाट काठमाडौँ महानगरपालिका, चन्द्रागिरी नगरपालिका, तारकेश्वर नगरपािलका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका गरी ६ वटा स्थानीय तह प्रतिस्पर्धामा छन्।

यस्तै ललितपुर जिल्लाबाट ललितपुर महानगरपालिका, आयोजक गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका र वागमती गाउँपालिकासहित ५ वटा स्थानीय तह छन्। भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका, मध्यपुर थिमी नगरपालिकाले भाग लिएका छन्।


सामाग्री श्रोत :

दोस्रो उपत्यकाव्यापी खुला मेयर कप प्रतियोगितामा काठमाडौं विजयी

काठमाडौँ – भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही पहिलो पटक कार्यक्रमका लागि नेपाल आएकी छिन् ।  शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ आयोजना हुने च्यारिटी कार्यक्रमका लागि अभिनेत्री फतेही नेपाल आएको आयोजक वल्र्डवाइड फिल्मस् नेटवर्क प्रालिका अध्यक्ष देव मगरले जानकारी दिए । 

उनले भने, “मनोरञ्जनमार्फत सामाजिक कार्यलाई सहयोग गर्ने उद्देश्यले हामीले यो कार्यक्रम गर्न लागेका हौँ, नेपालमा अभिनेत्री फतेहीको माग देखेर हामीले कार्यक्रमका लागि गरेको अनुरोधमा उहाँ सहमत हुनुभएको हो । उहाँसँगै नेपाली कलाकारले पनि सम्मानितरूपमा स्टेजमा प्रस्तुति दिनुहुनेछ ।” 

Ncell 2
Ncell 2

कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इन्द्रकला राई, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, प्रशेस पाण्डेलगायतले प्रस्तुति दिने आयोजक तथा इभेन्ट म्यानेजर मनिष कार्कीले जानकारी दिए ।

shivam cement
shivam cement

कार्कीका अनुसार उनी वसन्तपुर, पशुपतिलगायत सम्पदाको पनि भ्रमण गर्नेछिन् । बौद्धस्थित हायातमा आयोजना हुने कार्यक्रमका लागि उनीसँग २० बढी नृत्याङ्गना पनि सहभागी हुनेछन् । 

अभिनेत्री फतेहीको नृत्य रहेका ‘दिलबर दिलबर’, ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’, ‘स्नेक डान्स’ लगायतका गीत लोकप्रिय छन् । कार्यक्रमका लागि आज दिउसो ३ बजेदेखि नै सहभागीका लागि गेट खुल्ला गरिने आयोजकले बताएको छ । इभेन्टको लागि खल्ती एपमा गएर २, ४, ७ र १६ हजार दरको टिकेट काटट्ने सकिने बताइएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

उच्च रक्तचापबारे बुझ्नैपर्ने कुरा

शरीरको रक्तचाप सामान्य भन्दा बढी हुनुलाई उच्च रक्तचाप भनिन्छ। रक्तचाप माथिल्लो सिस्टोलिक र तल्लो डायस्टोलिक गरी दुई प्रकारको हुने गर्छ। 
माथिल्लो रक्तचाप ११० देखि १३० हुनुलाई सामान्य मानिन्छ, भने तल्लो रक्तचाप ७० देखि ८० भएको अवस्थालाई सामान्य मानिन्छ।

हालको नयाँ निर्देशिका अनुसार भने १३० देखि १४० को बीचलाई  सामान्य उच्च रक्तचाप भन्ने बुझिन्छ । अर्थात् ८० र ९० बीचलाई पनि सामान्य उच्च रक्तचाप भन्ने बुझिन्छ।

त्यस्तै दोस्रो ग्रेडमा १४० र १६० को बीचलाई उच्च रक्तचाप भनेर परिभाषित गरिएको छ । यदि माथिल्लो रक्तचाप १४० भन्दा माथि र तल्लो ९० भन्दा माथि रहेको अवस्थामा सामान्यतया चिकित्सकहरुले उच्च रक्तचापको औषधि सेवनका लागि सिफारिस गर्छन्।

नेपालमा उच्च रक्तचाप 
नेपालमा उच्च रक्तचाप भएका व्यक्तिहरु बारेको यकिन सर्वेक्षण भएको छैन । त्यसकारण उच्च रक्तचाप भएका व्यक्तिहरु क्ति छन् भनी निश्चित रुपमा भन्न सक्ने अवस्था छैन।

यद्यपि विभिन्न अध्ययन अनुसन्धानले पत्ता लगाए अनुसार नेपालमा १०–१५ प्रतिशत मानिसहरुमा कुनै न कुनै रुपमा उच्च रक्तचापको समस्या रहेको पाइएको छ ।यो केही संस्थाहरुले संस्थागत रुपमा पत्ता लगाएको तथ्यांक हो। 

उच्च रक्तचापका लक्षणहरु 
कतिपय अवस्थामा कुनै लक्षण बिना नै मानिसमा रक्तचापको समस्या आउने गर्छ । यद्यपि टाउको दुख्ने, रिंगटा लाग्ने,छाती दुख्ने तथा भारी हुने,मुटु ढुकढुक हुने लगायतका लक्षणहरु देखिन सक्छन्।

यदि उच्च रक्तचापका कारण अन्य अंगहरुमा समेत असर परेको अवस्थामा दृष्टिमा समेत समस्या ल्याउन सक्छ । उच्च रक्तचापका कारणका मृगौलाले सही रुपमा काम नगर्न पनि सक्छ। 

लामो समय उच्च रक्तचापको समस्या पश्चात् स्ट्रोकको समस्या देखा पर्न सक्छ।

कुन अवस्थामा बिरामीलाई औषधि सिफारिस गरिन्छ ?

उच्च रक्तचापमा बिरामी उमेर हेरेर चिकित्सकहरुले औषधि सेवनका लागि सिफारिस गर्छन्।  

सामान्यतया सिस्टोलिक रक्तचाप १४० भन्दा माथि तथा डायस्टोलिक रक्तचाप ९५ माथि भएको अवस्थामा औषधि सिफारिस गरिन्छ। 

विश्व स्वास्थ्य संगठनका अनुसार औषधि सेवन गरिसकेका मानिसहरुमा १ वर्षसम्म निरन्तर रुपमा रक्तचाप कम भएको अवस्थामा औषधि छोड्न मिल्छ । त्यो बाहेक यदि कसैलाई न्युनतम डोजको औषधि दिइएको छ, त्यो अवस्थामा बिरामीले जीवनशैली परिवर्तन गरेमा पनि औषधि सेवन छोड्न मिल्ने पनि हुनसक्छ।

यद्यपि एक पटक उच्च रक्तचापको औषधि सेवन गरिसकेका अधिकांश मानिसमा औषधि छुट्याउन मिल्ने सम्भावना एकदमै कम हुन्छ।


उच्च रक्तचापका कारण हुने जोखिम 
उच्च रक्तचाप भएका मानिसहरुले लामो समयसम्म पनि औषधिको सेवन नगरेमा मुटुको मांशपेशीहरु बाक्लो हुँदै जाने सम्भावना रहन्छ। लामो समयपछि त्यसले मुटुको च्याम्बर सानो हुँदै जान्छ । यस्तो अवस्थामा सामान्य हिडाइँमा पनि स्वाँ–स्वाँ हुने गर्छ।

समयमा उपचार नगरेमा उच्च रक्तचापका कारण कोलेस्ट्रोरेल उच्च हुने, हृदयाघात हुने, पक्षघात हुने, मिर्गाैला फेल हुने, आँखाको ज्योती गुम्ने, मुटुबाट निस्केको ठूलो नशा वा एओर्टा फुट्नेसम्मका जोखिम हुनसक्छ । जसले मान्छेको ज्यान जाने सम्मको खतरा हुनसक्छ।

त्यसकारण उच्च रक्तचापलाई साइलेन्ट किलर अर्थात् ‘सुषुप्त हत्यारा’ पनि भन्ने गरिन्छ । त्यसकारण उच्च रक्तचापलाई वेवास्ता गरी नियमित रुपमा औषधि सेवन नगरेमा यसले मानिसको ज्यान लिन्छ। 

विश्वका ३० प्रतिशत मानिसहरुमा कार्डियो भाष्स्कुलर रोग रहेको अनुमान गर्न सकिन्छ । संसारमा हुने कुल मृत्युमध्ये ३० प्रतिशत मृत्यु यसका कारण हुने गरेको छ । जसमा हृदयाघात, मस्तिष्कघात लगायत सम्पुर्ण रोगहरु पर्छन् । 

उच्च रक्तचाप हुनबाट कसरी बच्ने ?

–परिवारका अग्रजमा उच्च रक्तचापको समस्या भएका व्यक्तिले ३५ वर्ष पुरा भएपछि नियमित रुपमा रक्तचापको परीक्षण गर्ने । 
–अल्कोहल तथा बढी मात्रामा माछामासुको सेवन नगर्ने । 
–नियमित रुपमा शारीरिक व्यायाम गर्ने । 
–शरीरमा कोलेस्ट्रोरेल र सुगरको मात्रालाई नियन्त्रण गर्ने । 
–नुनको सेवन कम गर्ने । 
–कफीको सेवन कम गर्ने । 

 


 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरण यतिबेला सुनसान र त्रासमा छ । एकपछि अर्को भ्रष्टाचार काण्डले दूरसञ्चार क्षेत्रको नियमन गर्ने स्वायत्त निकाय थलिँदै गएको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामक्स) खरिद कार्यमा अनियमितता भएको भन्दै प्राधिकरण व्यवस्थापनका धेरै कर्मचारीमाथि मुद्दा चल्दा दैनिक कामकाज समेत प्रभावित हुने अवस्था आएको छ ।

राजस्व चुहावट, कल बाइपास र सेवाको गुणस्तर मापन गर्न भन्दै त्यतिबेला राज्यको करिब तीन अर्ब रुपैयाँ खर्च गरी टेरामक्स भित्र्याइएको थियो । तर, यो प्रणाली कार्यान्वयनमा आउनुको साटो उल्टै भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

बिहीबार मात्रै टेरामक्स प्रकरणमा पूर्व सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका बहालवाला सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ, जसमा तीन अर्ब २१ करोडभन्दा बढीको अनियमितता भएको आरोप छ ।

टेरामक्स अनियमितताको मुद्दामा प्राधिकरणका तत्कालीन अध्यक्षहरू दिगम्बर झा र पुरुषोत्तम खनालसहित बहालवाला कर्मचारीमाथि पनि मुद्दा चलेको छ । प्रशासन महाशाखाका निर्देशक दिपेश आचार्य, अनुगमन महाशाखाका निर्देशक विजयकुमार राय, पूर्वाधार महाशाखाका निर्देशक सुरेन्द्रलाल हाडा, फ्रिक्वेन्सी सेवा, गुणस्तर तथा सेवा प्रवाह अनुगमन शाखाका उपनिर्देशक अच्युतानन्द मिश्र, आर्थिक प्रशासन महाशाखाका उपनिर्देशक सुरेश बस्नेत, योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतीराम पन्थ, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशक सन्दीप अधिकारी, उपकरण स्तरीकरण शाखाका उपनिर्देशक हिरण्यप्रसाद बस्ताकोटी र आर्थिक प्रशासन महाशाखाका उपनिर्देशक सुरेश बस्नेतविरुद्ध मुद्दा परेको छ ।

अब मुद्दाको छिनोफानो नलागुन्जेल यी कर्मचारी निलम्बनमै पर्नेछन् । जसका कारण दूरसञ्चार प्राधिकरणको कामकाज स्वतः प्रभावित हुनेछ । निर्णय गर्ने तहमा रहेका कर्मचारीमाथि मुद्दा लागेपछि नयाँ योजना र काम हुने त कुरै भएन ।

यसअघि, एमडीएमएसमा पनि भ्रष्टाचार भएको भन्दै मुद्दा परेको थियो । मोबाइल फोनको कालोबजारी तथा अवैध रूपमा फोन भित्रिने अवस्था अन्त्य गर्ने उद्देश्यले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) परियोजना अघि बढाइएको थियो ।

तर अनियमितता भएको भन्दै २०८० सालको चैत १५ गते प्राधिकरणका पूर्व अध्यक्षहरूसहित १९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भयो । जसमा, निर्देशकहरू मीनप्रसाद अर्याल, दीपेश आचार्य र सुरेन्द्रलाल हाडा, उपनिर्देशकहरू विनोदचन्द्र श्रेष्ठ, रेवतीराम पन्थ, सन्दीप अधिकारी, सूर्यप्रसाद लामिछाने, अच्युतानन्द मिश्र र विजयकुमार राय यादव तथा सहायक निर्देशकहरू प्रतीक्षा पौडेल र निराजन कोइराला पनि थिए ।

यतिधेरै कर्मचारीमाथि मुद्दा लागेर निलम्बन हुँदा एक वर्षसम्म प्राधिकरणको काम निकै प्रभावित भयो । साधारण प्रशासनिक काम मात्र भए, नयाँ कुनै कार्यक्रम आएनन् । तर, यो मुद्दामा २०८१ सालको फागुन २२ गते विशेष अदालतले फैसला गर्दै दुई जना पूर्व अध्यक्षसहित विदेशी नागरिक मोहम्मद नुर अमिन र तीन विदेशी कम्पनीलाई दोषी ठहर गर्‍यो । प्राधिकरणका अरू कर्मचारीले भने सफाइ पाए ।

सफाइ पाएपछि कर्मचारीहरू कार्यालय पुगेर काम गरिरहेका थिए । सुस्ताएको प्राधिकरण गतिशील बन्ने झिनो आशा थियो । तर साढे दुई महिना पनि नपुग्दै टेरामक्स खरिदको अनियमितता प्रकरणमा अख्तियारले पुनः मुद्दा दर्ता गरेपछि प्राधिकरण सुनसान बनेको हो ।

यसै विषयमा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भेषराज कँडेल प्राधिकरणको अहिलेको प्रकरणले तत्कालका कामकाज र परियोजनामा असर गरे पनि दीर्घकालीन रूपमा राम्रो हुने बताउँछन् ।

“तत्कालको लागि प्राधिकरणका कामकाज प्रभावित भएका छन्, कर्मचारीमा त्रास छ । तर यसले दीर्घकालको लागि राम्रै गर्छ । निर्णय प्रक्रिया थप पारदर्शी हुनेछ भने कर्मचारी पनि सजग बन्नेछन्,” कँडेलले भने ।

दूरसञ्चार प्राधिकरणका अध्यक्षहरूलाई दबाब दिएर मन्त्रीहरूले “यस म्यान” बनाउने प्रवृत्तिका कारण पनि अध्यक्ष र कर्मचारीहरू भ्रष्टाचारमा मुछिएको हुन सक्ने उनको भनाइ छ ।

त्यस्तै, प्राधिकरणका एकजना कर्मचारीले दुखेसो गर्दै भनेका छन्- “अहिले प्राधिकरण निकै अफ्ठ्यारो अवस्थामा छ । यस्तै अवस्था लम्बिरह्यो भने दूरसञ्चार क्षेत्र झन् समस्याग्रस्त बन्दै जान्छ ।”

ती कर्मचारी अगाडि भन्छन्, “भ्रष्टाचार भएको हो वा होइन भन्ने विषय त अदालतले टुंग्याउला । तर अहिले भने प्राधिकरणका सबै कर्मचारी त्रासमा छन् । तलब खुवाउने चेक र दैनिक खर्चका बिलमा हस्ताक्षर गर्न पनि डराउनुपर्ने अवस्था छ ।”

तर, नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष कँडेलले राजनीतिक नेतृत्वले जे भन्छ, खुरुखुरु त्यही कुरा मान्दा कर्मचारी अप्ठ्यारोमा पर्ने भएकाले परियोजना र कार्यक्रमबारे निर्णय गर्दा चनाखो हुनुपर्ने बताउँछन् ।

“मन्त्रीले जे भन्यो, त्यही मान्दा समस्या हुन सक्छ भन्ने कुरा जान्नुपर्छ । उनीहरूको राजनीतिक स्वार्थका लागि कर्मचारी प्रयोग गरेका हुन सक्छन् । त्यसैले मन्त्रीले आदेश दियो वा तोक लगायो भनेर आँखा चिम्लेर निर्णय गर्नु हुँदैन,” उनले सुझाव दिए ।

मन्त्रीले लगातार दबाब दिएपछि आफूले राजीनामा दिएको स्मरण गर्दै कँडेलले भने, “मन्त्रीले गलत कामका लागि दबाब दियो भने कि त उसलाई बाइपास गरेर काम गरिरहने हो, सकिएन भने राजीनामा दिएर आनन्दले बस्ने ।”

प्राधिकरणमा नयाँ योजना ठप्प

दूरसञ्चार प्राधिकरणमा कर्मचारीहरूले नीतिगत वा प्रशासनिक फाइल अघि बढाउन डराउने अवस्था आएको छ । उनीहरू जोखिमपूर्ण निर्णयहरूबाट परै बस्न चाहेका छन्, जसले गर्दा परियोजनाहरूमा ढिलासुस्ती हुने र कार्यसम्पादनमा कमी आइरहेको छ । परिणामस्वरूप पछिल्लो २/३ वर्षयता प्राधिकरणले कुनै पनि ठुला परियोजना अघि बढाएको छैन । एमडीएमएस र टेरामक्स नै अलपत्र छन् ।

भ्रष्टाचारको आरोपको छायाँमा पर्न सक्ने डरले इमानदार कर्मचारीहरूको मनोबल पनि कमजोर बन्दै गएको एक कर्मचारीको गुनासो छ । यसले कर्मचारीको कार्यक्षमता र नवप्रवर्तनमा नकारात्मक असर परेको प्रत्यक्ष देख्न सकिन्छ ।दूरसञ्चार प्राधिकरण कर्मचारीहरूले जिम्मेवारी लिन हिचकिचाउने र निर्णय प्रक्रियालाई उच्च तहमा धकेल्ने प्रवृत्ति बढेको छ, जसले प्रशासनिक प्रक्रियालाई थप जटिल बनाएको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण शिथिल हुनु भनेको समग्र देशकै दूरसञ्चार क्षेत्रमा अन्योल देखिनु हो । प्राधिकरणका परियोजना र कर्मचारी बारम्बार भ्रष्टाचारका प्रकरणमा मुछिँदा नीतिगत निर्णयहरूमा समेत विश्वासको कमी देखिएको छ । नीतिहरू लागू भए पनि तिनको कार्यान्वयनमा अवरोध र विवादले दीर्घकालीन योजनाहरू प्रभावित भएका छन् । यसको उदाहरण एमडीएमएस र टेरामक्स काफी छ ।

 

एमडीएमएसले अवैध मोबाइल नियन्त्रण र राजस्व संकलनमा सहयोग गर्ने अपेक्षा गरिएको थियो, तर विवादका कारण अलपत्र जस्तै छ । भ्रष्टाचारका मुद्दाहरूले निजी क्षेत्रको विश्वास कमजोर भएको छ । ठेक्का प्रक्रियामा संलग्न कम्पनीहरूले जोखिम बढेको महसुस गरेका छन्, जसले विदेशी लगानी र प्राविधिक सहयोगलाई निरुत्साहित गरिरहेको छ ।

के हो त समाधान ?

दूरसञ्चार प्राधिकरणमा भएको भ्रष्टाचार प्रकरण र त्यसपछि पुरै संस्थान नै शिथिल भएको छ । यस्तो अवस्था आउन नदिन –

टेरामक्स र एमडीएमएस जस्ता प्रकरणले नेपालको दूरसञ्चार क्षेत्रलाई नै असर गरेको छ । कर्मचारीहरूमा बढ्दो त्रास र नीतिगत अन्योलले यो क्षेत्रको विकासमा बाधा पुर्‍याएको छ । यदि यस्ता प्रकरणहरूलाई समयमै सम्बोधन गरिएन भने नेपालको दूरसञ्चार क्षेत्र थप संकटमा पर्न सक्छ । यसले समग्र आर्थिक विकास र डिजिटल रूपान्तरणमा नकारात्मक असर पार्नेछ ।

पछिल्लो अध्यावधिक: जेठ ३, २०८२ ९:०





सामाग्री श्रोत :
टेक पाना

पाेखरा। शुक्रबार राति पोखरा महानगरपालिका-१० पृथ्वीचोकस्थित चाइनापुलबाट सेती नदीमा हाम्फालेका एक युवकको सशस्त्र प्रहरीले उद्दार गरेको छ।
नाम वतन नखुलेको अन्दाजी २०/२१ बर्षको युबक आत्महत्याको लागि हाम फालेको भन्ने खवर प्राप्त हुनासाथ सशस्त्र प्रहरीकाे कालिका गण कास्किबाट खटिएको विपद् व्यवस्थापन टोलीले राति ९:३५ बजे करिब ४५ मिनेटको प्रयासमा रोप रेस्क्यू प्रयोग गरी उद्दार गर्न सफल भएको हो ।

अन्दाजी १०० मिटर तल सेति नदीको खोंचबाट अर्धचेत अवस्थामा निकालिएका उनलाइ उपचारको लागि गण्डकी मेडिकल कलेज पठाइएको छ।


सामाग्री श्रोत :

सेतीको पुलबाट हाम्फालेका युवकको सशस्त्र प्रहरीद्वारा उद्दार

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेताद्वय मदनकुमार भण्डारी र जीवराज आश्रितको ३२ औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । 

यस अवसरमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा गर्ने कार्यक्रम रहेको छ । एमालेका पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठका अनुसार बल्खुमा एमालेको केन्द्रीय कार्यालय बनाउन मदन भण्डारीले अगुवाई गरेका थिए । 

Ncell 2
Ncell 2

विसं २०४६ सालको जनआन्दोलन सफल भएसँगै खुला भएको तत्कालीन सो पार्टीले राजधानीको बागबजारस्थित नेकपाका संस्थापक नेता नारायणविलास जोशीको घरमा केन्द्रीय कार्यालय राखेको थियो । त्यसपछि सो कार्यालय बल्खुमा सारिएको थियो ।

shivam cement
shivam cement

विसं २०७२ को भूकम्पबाट कार्यालयमा क्षति पुगेकाले  प्रयोग नै गर्न नसकिने भएपछि भत्काएको थियो । उक्त  परिसरको मध्यभागमा मदन भण्डारीको प्रतिमा रहेको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । सामाजिक सञ्जालमा तपाईँ लाइक बटन कतिको प्रयोग गर्नुहुन्छ ? हुन त आजभोलि स्याड, लभ, केयर लगायत अन्य रियाक्सनहरू पनि आइसकेका छन् । तर पहिले पहिले आफ्नो प्रतिक्रिया दिने माध्यम भनेको नै लाइक बटन हुने गर्थ्‍यो । आज पनि इन्टरनेटमा सबैभन्दा धेरै प्रयोग हुने आइकन सम्भवत: लाइक नै होला ।

यदि लाइक बटन नहुँदो हो त इन्टरनेट अहिलेको जस्तो हुने थिएन । फेसबुक र अन्य अनलाइन सेवाहरूले प्रयोगमा ल्याएको यो ‘थम्ब्स-अप’ आइकन डिजिटल संसारका लागि अनिवार्य नै बन्यो । हालै मार्टिन रिभस र रोबर्ट गुडसन नामका दुई लेखकले ‘Like: The Button That Changed the World’ शीर्षकमा एउटा पुस्तक सार्वजनिक गरेका छन् । उक्त पुस्तकमा यो लाइक बटनले इन्टरनेटमा मानिसहरूले कुनै पनि कुराको प्रतिक्रिया दिने प्रचलनलाई कसरी बदल्यो भनेर उल्लेख गरेको छ ।

केही प्रयोगकर्ता भने यो बटन खास त्यति रुचाउँदैनन् । तर मनपरे पनि नपरे पनि यो बटनले इन्टरनेटमा आफ्नो प्रभुत्व जमाएको छ । यो चिन्ह यति प्रभावशाली बन्यो कि फेसबुकले यसलाई आफ्नो सिलिकन भ्यालीको मुख्यालय बाहिर ठुलो साइनबोर्डमा राखेको थियो, जुन सन् २०२१ मा कम्पनीको नाम “मेटा प्लेटफर्म्स” मा रूपान्तरण हुँदा हटाइयो।

यो कथा सुरु हुन्छ प्राचीन रोमन साम्राज्यको ग्लाडियेटर युद्धबाट, जहाँ थम्ब्स-अप र थम्ब्स-डाउनले जीवन र मृत्युको संकेत गर्थ्यो । यसपछि सिधै २१औँ शताब्दीको सुरुआततिर, जब येल्प, ट्विटर, पेपाल, युट्युब, र जिमेलका संस्थापकहरू प्रयोगकर्तालाई निःशुल्क सामग्री उत्पादन गर्न उत्प्रेरित गर्न नयाँ तरिका सोच्दै थिए ।

सन् २००५ मे १८ मा, येल्पका कर्मचारी बब गुडसनले एक जना समीक्षकका पोस्टमा प्रतिक्रिया दिन सकिने थम्ब्स-अप र थम्ब्स-डाउन आइकनको स्केच बनाए । येल्पले त्यो कुरा अस्वीकार गर्‍यो र बदलामा “यूजफुल,” “फनी,” र “कूल” भन्ने विकल्पहरू ल्यायो । तर पछि त्यही स्केचले गुडसन र मार्टिन रिभ्सलाई यो पुस्तक लेख्न प्रेरित गर्‍यो ।

मार्टिन रिभ्स भन्छन्, “लाइक बटन सानो, तर अर्थपूर्ण छ । यसले भन्छ — ‘म तिमीलाई मन पराउँछु, तिम्रो सामग्री मन पर्छ, किनकि म तिमी जस्तै छु।’ तर पहिलो पटक कसले यो बटनको आविष्कार गर्‍यो भन्ने प्रश्नको उत्तर दिन धेरै गाह्रो छ ।”

बब गुडसनले मे १८, २००५ मा ‘लाइक’ बटन बन्ने साधारण अवधारणा समावेश गरेको स्केच

फेसबुकले फैलायो

फेसबुकले यो बटन बनाएको होइन तर उसैले यसलाई इन्टरनेटको मूलधारमा ल्यायो । सन् २००७ देखि नै फेसबुकमा इन्जिनियरहरूले लाइक बटन बनाउने प्रयास गरिरहेका थिए, तर मार्क जुकरबर्गले “सस्तो देखिन्छ” भनेर यसको विरोध गरिरहेका थिए । उनीसँग डर थियो कि यसले फेसबुकको छविमा असर गर्छ भनेर ।

त्यही बेला, फ्रेन्डफिड नामक अर्को सानो सामाजिक सञ्जालले सन् २००७ अक्टोबरमा आफ्नो लाइक बटन सार्वजनिक गर्‍यो । पछि गएर फेसबुकले उक्त कम्पनी खरिद गर्‍यो । तर यतिबेला यो प्रयास सफल भएन, प्रयोगकर्ताले यसलाई त्यति रुचाएनन् । फेसबुकले अन्ततः सन् २००९ फेब्रुअरी ९ मा लाइक बटन ल्यायो । यसपछि लाइक बटनले इन्टरनेटको दुनियाँलाई नै परिवर्तन गरिदियो ।

सुरुमा यसलाई “असम बटन” (Awesome button) नाम दिने निधो भयो तर पछि त्यसले काम दिएन । यसपछि यसको नाम लाइक बटन नै राखियो । लाइक बटन सार्वजनिक भएपछिको सफलता यति ठूलो भयो कि यसले प्रयोगकर्तालाई कुनै पनि अनलाइन सामग्रीमा संलग्न गराउने, तिनीहरूको रुचि बुझ्ने, र लक्षित विज्ञापन बेच्ने प्रक्रियालाई सहज बनाइदियो ।

आज फेसबुक (अहिलेको मेटा) को आम्दानीको ठूलो हिस्सा यही डेटा र प्रतिक्रिया प्रणालीको भरमा आधारित छ ।

लाइक बटनको सांस्कृतिक प्रभाव

लाइक बटनको अवधारणा कुनै एक जना व्यक्तिको विचार होइन, यो सामूहिक प्रयोग, चर्चा, र सांस्कृतिक प्रभावहरूको नतिजा हो । “ग्लाडियेटर” चलचित्रमा जोआक्विन फिनिक्सद्वारा अभिनीत सम्राट कमोडसले थम्ब्स-अप/डाउन प्रयोग गरेर यो लाइकको संकेतलाई थप लोकप्रिय बनाइदिएका थिए ।

त्यसअघि पनि, सन् १९७० को दशकको लोकप्रिय टिभी शो “ह्याप्पी डेज” मा फनजी नामक पात्रले थम्ब्स-अप दिएर खुसी व्यक्त गर्थे । अनि २००० को दशकको सुरुतिर, TiVO नामक डिजिटल भिडियो रेकर्डरले पनि यस्तै संकेतलाई रिमोट बटनमा प्रयोग गर्न थाल्यो । Hot or Not, Digg, Xanga, YouTube, Vimeo जस्ता प्लेटफर्महरूले पनि लाइक जस्तो प्रतिक्रिया प्रणालीको प्रयोगमा योगदान गरेका छन् ।

आधुनिक सामाजिक असर

आजको दिनमा, लाइक बटनलाई लिएर सकारात्मक मात्र होइन, नकारात्मक असरहरू पनि देखा परेका छन् । धेरै किशोरहरू आफूले पोस्ट गरेको सामग्रीलाई प्रतिक्रिया नआएपछि मानसिक दबाबमा पर्छन् । अर्कोतर्फ, लगातार लाइक खोज्ने प्रवृत्तिले मानिसहरूमा अति आत्मकेन्द्रित (narcissist) प्रवृत्तिको विकास गरेको छ ।

रिभ्स भन्छन्, “लाइक भन्ने कुरा हामी मानिसहरूको हजारौँ वर्षको सामाजिक विकासको नतिजा हो । यसमा हामी थाक्दैनौँ । हामीलाई मन पराउनु, प्रशंसा गर्नु, र सम्बन्ध बनाउनु स्वाभाविक चाहना हो ।”

लाइक बटन अहिलेको डिजिटल संसारको सबैभन्दा प्रभावशाली साधन बनेको छ । सानो बटनले इन्टरनेटको स्वरूप मात्र होइन, हाम्रो व्यवहार र सोच्ने तरिका पनि परिवर्तन गरिदिएको छ । शायद हामी अझै पनि त्यसको सम्पूर्ण प्रभाव बुझ्न सक्ने चरणमा पुगेका छैनौँ ।

एपीबाट साभार

पछिल्लो अध्यावधिक: जेठ ३, २०८२ ८:१७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं। काठमाडौं महानगरपालिकाले सिप मेलामा तालिम लिनका लागि आवेदन आव्हान गरेको छ।

जेठ ७ गतेदेखि काठमाडौँको टुँडिखेलमा सञ्चालन हुने मेलामा १० क्षेत्रका ३४ पेशासँग सम्बन्धित विषयमा तालिम सञ्चालन हुने सिप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले जानकारी दिएका हुन्।

सरकारी निकाय, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा दातृ निकायसँग सहकार्य गरेर तालिम निःशुल्क प्रदान गरिनेछ। यस वर्ष २०८२ जनालाई निःशुल्क तालिम दिने लक्ष्य राखिएको छ।

काठमाडौं महानगरपालिकाभित्र स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति र यसअघि सडक पेटीमा व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरुलाई तालिमको प्राथमिकतामा राखिनेछ। १८ वर्षदेखि ५८ वर्ष उमेर समूहका नेपाली नागरिकलाई तालिममा सहभागी गराइनेछ।

१० वटा क्षेत्रका ३४ विधामा प्रदान गरिने तालिमको सञ्चालन अवधि ३० दिनको हुनेछ। दैनिक ६ वटा कक्षा सञ्चालन गरेर १ सय घण्टा तालिम दिइनेछ।

आयोगका सहायक विज्ञ विवेक वास्तोलाका अनुसार आइसीटी क्षेत्रमा डिजिटल मार्केटिङ्, ड्रोन, रोवोटिक्स, फाइबर अव्टिक्स टेक्निसियन, बौद्धिक कृतिमता (एआइ) र यसको प्रयोग (एआइ एण्ड इट्स एप्लिकेसन) गरी ५ विधाका तालिम हुनेछन्।

स्पेशल एविलिटी सपोर्ट स्किल (साउन सिन्ड्रोम, अटिजम) मा हाउस किपिङ् (पिडब्लुडी) र केयर सर्भिस गरी २ वटा विधाका तालिम चल्नेछन्। इलेक्ट्रिक्समा ल्यापटप रिपेयर टेक्निसियन, एसी एण्ड रेफ्रिजेरेटर, सिसिटिभी रिपेयरिङ्, मोबाइल रिपेयरिङ् गरी ४ विधाका तालिम हुनेछन्।

गार्मेन्ट्समा गार्मेन्ट फेब्रिकेटर र बेसिक फेसन डिजाइनिङ् गरी २ विधामा तालिम हुनेछन्। कन्स्ट्रक्सनमा इलेक्ट्रिसियन, प्लम्बिङ्, मेसन, वेल्डिङ् र कार्पेन्ट्री गरी ५ विधामा तालिम हुनेछ। हस्पिटालिटीमा बारिस्ता, वेटर, फास्ट फुड र वेकरी गरी ४ विधामा तालिम हुनेछ।

अटोमोवाइल्समा इलेक्ट्रिक भेहिकल (इभी) मेन्टिनेन्स, हलुका सवारी साधन उपकरण मर्मत (लाइट भेहिकल मेसिन), विद्युतीय र इन्धनबाट चल्ने मोटरसाइकल र स्कुटर मर्मत गरी ३ विधामा तालिम सञ्चालन हुनेछ। आर्ट एण्ड स्कप्चरमा थाङ्का, सेरामिक्स (टेराकोटा) गरी २ विधामा तालिम हुनेछ। यसै विधामा ज्योतिष र पुरोहितको पनि तालिम चल्नेछ।

कृषिमा फूलको सजावट (फ्लावर डेकोरेसन) सम्बन्धी तालिम हुनेछ। सेवातर्फ सौन्दर्यकर्मी, मेकअप एण्ड हेयर, नेल टेक्निसियन, कपाल काट्ने (वार्वर) र स्टक मार्केट सम्बन्धी तालिम हुनेछ। तालिमका लागि जेठ ५ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ। यस सम्बन्धी थप जानकारी लिन परे महानगरपालिकाको टोल फ्री नम्बर ११८० मा सम्पर्क गर्न सकिनेछ।


सामाग्री श्रोत :

सिप मेलामा तालिम सञ्चालन गर्न आवेदन आव्हान : १० क्षेत्रका ३४ पेशाका तालिम गर्ने तयारी

काठमाडौँ –किशोर किशोरीलाई सही मार्ग अघि बढाउन व्यवस्थित रूपमा यौन शिक्षा दिनुपर्नेमा जोड दिइएको छ ।

बियोन्ड बेजिङ समितिद्वारा शुक्रबार यहाँ आयोजित ‘बृहत्तर यौनिकता शिक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा समितिका उपाध्यक्ष डा. लक्ष्मी तामाङले कक्षा ६, ७ र ८ मा स्वास्थ्य तथा शारीरिक शिक्षा अनिवार्य गरिए पनि लाजका कारण विद्यार्थीले नबढ्ने र शिक्षकले पढाउन नसक्ने वातावरणले समस्या भइरहेको बताइन् । कक्षा ९ र १० मा भने स्वास्थ्य शिक्षासम्बन्धी विषय ऐच्छिक वर्गमा समेटिएकाले सबैले पढ्न पाउने वातावरण नरहेको उनले जानकारी दिइन् । 

Ncell 2
Ncell 2

माध्यमिक तहसम्म स्वास्थ्य शिक्षा अनिवार्य गरिनुपर्नेमा अभियानकर्मी तामाङको जोड रहेको थियो । किशोर किशोरीलाई यौन शिक्षा दिएर सचेत बनाउन सके यौन रोगलगायत विकृतिमा नफस्ने भएकाले यस्ता विषयलाई सञ्चारमाध्यमले जागरण अभियान चलाउनुपर्ने उनको भनाइ थियो ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट