
अछाम– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावललाई सहकार्यको प्रस्ताव राखेका छन् ।
जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग पुष्पलाल मार्ग जागरण अभियानअन्तर्गत अछामको साँफेबगरमा पुगेर प्रचण्डले रावलसँग फोन संवाद भएको पनि बताए ।
अछाम नेता रावलको गृहजिल्ला हो । त्यहाँ पुगेर प्रचण्डले भने, ‘म यहाँ आउँदै गर्दा बाटोमै भीम रावलको सम्पर्क कार्यालय देखेँ, मैले हिजोमात्र फोनमा कुरा गरेको थिएँ । उहाँले कार्यक्रम सफलताको शुभकामना पनि भन्नुभएको थियो । मैले तपाईं हामी बसेर कुरा गर्नुपर्ने ठाउँमा तपाईं कोकोसँग कुरा गरिराख्नुभएको छ भनेको छु ।’
उनले भीम रावलसहित इमानदार कम्युनिष्टहरु एकै ठाउँमा आउनुपर्ने बताए ।
प्रचण्डले भने, ‘मैले यहाँबाट पनि भीम रावलसहित देशभक्त इमानदार कम्युनिष्टहरुलाई सहकार्य गर्न अपिल गर्न चाहन्छु, अन्त भौतारिरहनु जरुरी छैन । केही फाइदा हुनेवाला छैन । भीमजीप्रति मैले संवादसहित यो अपिल गर्न चाहन्छु ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौँ । नेपाली भाषामा डोमेन प्रयोग गरिएको पहिलो वेबसाइट ‘क्यान.संगठन’ सार्वजनिक भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले ‘युनिभर्सल एक्सेप्टेन्स’ (यूए) कार्यक्रम अन्तर्गत शनिबार सो वेबसाइट सार्वजनिक गरेको हो ।
यो प्रविधि अन्तर्गत नेपाली भाषामै वेबसाइटको यूआरएल (ठेगाना) लेख्न सकिनेछ । यसअन्तर्गत सरकारी वेबसाइटदेखि ईमेल सेवा समेतमा भाषा सहजता ल्याउने बताइएको छ ।
कार्यक्रमका समन्वयकर्ता उदीप बरालका अनुसार ‘क्यान डट संगठन’ डोमेनको वेबसाइट देवनागरी लिपिमा ‘क्यान.संगठन’ को रूपमा सार्वजनिक गरिएको हो । युनिभर्सल एक्सेप्टेन्स (यूए) को अवधारणाअनुसार स्थानीय भाषामा डोमेन र ईमेल लेख्न मिल्ने र त्यस्ता यूआरएल तथा ईमेललाई प्रणालीले स्वीकार गर्ने तयारीलाई सहयोग गर्ने उद्देश्य राखिएको उनले बताए ।
“हाम्रो कार्यक्रमको मुख्य उद्देश्य भनेको हाल वेबसाइटहरू अंग्रेजीमा प्रयोग भइरहेकोमा अब नेपालीमा पनि डोमेन उपलब्ध गराउनु हो । देवनागरी लिपि भारतले प्रयोग गरिसकेको हुनाले हामीलाई यो लिपि प्रयोग गर्न सहज छ । यसैको निरन्तरता स्वरूप हामीले क्यान डट संगठन दर्ता गरी नेपालको पहिलो नेपाली वेबसाइट सुरु गरेका छौं,” उनले टेकपानासँग भने ।
कार्यक्रमका टेक लिड राहुल शाक्यका अनुसार यदि कुनै प्लेटफर्मले देवनागरी भाषामा लेखिएको डोमेन तथा ईमेल ठेगाना स्वीकार गर्छ भने त्यसलाई यूए-रेडी (UA-ready) भनिन्छ । नेपालमा डोमेनलाई स्थानीय भाषामा परिवर्तन गर्ने यो पहल यूए ह्याकाथन २०२५ अन्तर्गत गरिएको उनले बताए ।
“नेपाली डोमेन आएपछि ईमेल पनि नेपालीमा आउँदा कस्तो होला ? अहिले राहुल डट शाक्य एट द रेट एबिसी डट कम जस्ता ईमेल एड्रेस एक्सेप्ट हुन्छन् । तर नेपालीमा लेखिएको ईमेल एड्रेस एक्सेप्ट हुँदैन । यदि ईमेललाई नेपालीमा पनि स्वीकार गर्ने हो भने त्यस्ता प्लेटफर्महरूलाई युनिभर्सल एक्सेप्टेन्स रेडी (UA Ready) भनिन्छ,” उनले भने ।
कार्यक्रममा करिब ९० जना सहभागी भौतिक रुपमा र ५० जना अनलाइनमार्फत सहभागी भएका थिए । यूए ह्याकाथनमा भने ४० जना युवाले सहभागिता जनाएका थिए । कार्यक्रमको नेतृत्व विवेक सिलवालले गरेका थिए ।
“आजको कार्यक्रममा हामीले नेपालको पहिलो नेपाली डोमेन सुरु गर्यौं । अब हाम्रो ध्यान अन्य प्लेटफर्महरू नेपाली भाषालाई सपोर्ट गर्न कत्तिको तयार छन् भनेर मूल्याङ्कन गर्ने र युवाहरूलाई नेपालीमा ईमेल ठेगाना प्रयोग गर्दाका नियम र प्रक्रियाहरू सिकाउनेमा केन्द्रित छ । यही उद्देश्यका साथ यूए ह्याकाथन नेपाल २०२५ आयोजना गरिएको हो,” सिलवालले भने ।
क्यान महासंघले अन्तर्राष्ट्रिय संस्था आइक्यान (ICANN) को सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरेको हो । आइक्यानले हालसम्म विश्वका ५० भन्दा बढी देशमा युनिभर्सल एक्सेप्टेन्स दिवसका कार्यक्रम आयोजना गरिसकेको छ ।
कार्यक्रममा सहभागीहरूलाई स्थानीय भाषामा डोमेन र ईमेल बनाउने तरिका, प्लेटफर्महरूलाई कसरी यूए-रेडी बनाउने भन्ने विषयमा तालिम दिइएको थियो । यो पहलले भविष्यमा सरकारी तथा निजी संस्थाका वेबसाइटहरू पनि नेपाली भाषामै उपलब्ध गराउने सम्भावनालाई बलियो बनाएको क्यान महासंघले बताएको छ ।
पछिल्लो अध्यावधिक: जेठ ३, २०८२ १९:३६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं। काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ राडरस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
आज दिउँसो बा६०प १७९५ नंको मोटरसाइकललाई बाप्र-०३-००१ ख १२४७ नंको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक गोरखा घर भएका ३४ वर्षीय सुरज खड्काको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सामाग्री श्रोत :
काठमाडौं– नेपाली कांग्रेसले अहिलेको सत्तारुढ गठबन्धन परिवर्तन गर्ने पार्टीको कुनै सोच नरहेको स्पष्ट पारेको छ ।
संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक श्याम घिमिरेले माओवादीसँग गठबन्धन गर्ने कुरा वा सरकार परिवर्तनको योजना नरहेको बताएका हुन् ।
प्रमुख सचेतक घिमिरेले पार्टी सभापतिले माओवादी नेताहरूसँग छलफल गर्नु सामान्य भएको भन्दै माओवादीसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको स्पष्ट पारे ।
उनले गभर्नर नियुक्तिको विषय प्राविधिक कारणले ढिलाइ भएको र यसमा सत्ता साझेदार दल नेकपा एमालेले दिन नचाहेको भन्ने कुरामा पनि कुनै सत्यता नरहेको जिकिर गरे । उनले अब चाँडै नै गभर्नर नियुक्ति हुने पनि स्पष्ट पारे ।
त्यसैगरी, कांग्रेस सांसद प्रकाशशरण महतले पनि डडेलधुराबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी सभापति शेरबहादुर देउवालाई फोन गर्नु संयोग मात्र भएको बताए । यसअघि देउवाको गृह जिल्ला पुगेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेको स्मरण गर्दै उनले प्रचण्डले पनि त्यहाँ पुगेर देउवालाई सम्झेको मात्र जिकिर गरे ।
महतले प्रचण्ड र सभापतिबिचको कुराकानी सामान्य विषय भएको र यसमा सरकार परिवर्तनको कुनै गुञ्जायस नरहेको जिकिर गरे । महतले ठुला दुई पार्टीको गठबन्धन रहेको अवस्थामा कांग्रेसका कुराहरू यथेष्ट सुनिएन की भन्ने चिन्ता सांसदहरूको रहेको बताए । कतिपय नियुक्तिमा भइरहेको ढिलाइका विषयमा पनि सांसदहरूले चासो व्यक्त गरेको उनले जानकारी दिए ।
नेपाली कांग्रेसका सांसदहरूले सरकारको कार्यशैली प्रति भने असन्तुष्टि जनाएका छन् । बैठकमा कांग्रेस सांसदहरूले सरकार एकतर्फी ढंगले अघि बढिरहेको र कांग्रेसको कुरा नसकेको भन्दै सरकारको कार्यशैली प्रति असन्तुष्टि जनाएका हुन् । साथै उनीहरूले गभर्नर लगायतका विभिन्न नियुक्ति विनाकारण अड्काएर राखेको समेत बताएका थिए ।
बैठकमा सांसदहरूले समान ढंगले बजेटको वितरण हुनुपर्ने लगायतका सुझाव दिएका थिए । आजको बैठकमा बजेटलगायतका विविध विषयमा छलफल गरिएको थियो । प्रमुख सचेतक घिमिरेका अनुसार सांसदहरूले बजेटको विषयमा भएको छलफलमा सक्रियतापूर्वक सहभागिता जनाएका थिए । उनले भने, ‘सांसदहरूले बजेट वितरणको कुरा, सबैलाई समान ढंगले वितरण गर्नुपर्ने कुरा तथा सन्तुलित विकास हुनुपर्ने कुरा राखेका थिए ।
संयुक्त सरकारमा कांग्रेसको पोजिसनका विषयमा पनि सांसदहरूले कुरा राखेको उनले बताए । बैठकले चन्द्रकान्त भण्डारीको स्वास्थ्यलाभको कामना गर्नुका साथै दुई वटा शोक प्रस्ताव पारित गरेको घिमिरेले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । अमेरिकी सरकारले चिनियाँ प्रविधि कम्पनी ह्वावे टेक्नोलोजीजले उत्पादन गरेको ‘एसेन्ड’ (Ascend) नामक कम्प्युटर चिपको विश्वव्यापी प्रयोगमा रोक लगाउने नियम ल्याएपछि चीनले कडा आपत्ति जनाएको छ ।
विश्वका दुई प्रमुख अर्थतन्त्रबिचको व्यापार द्वन्द्व चर्किंदै जाँदा चीनले बिहीबार उक्त निर्णयप्रति असन्तुष्टि जनाएको हो । एपीमा प्रकाशित समाचार अनुसार, चीनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालमा चिनियाँ सामानमा लगाइएको १४५ प्रतिशतसम्मको भन्सार शुल्कविरुद्ध आफ्नो वाचा अनुरूप केही प्रतिबन्ध हटाइरहेको दाबी गरेको छ ।
यस क्रममा चीनले अमेरिकामा निर्यात गर्न रोक लगाइएको ‘रेअर अर्थ’ (Rare Earth) खनिजमा प्रतिबन्ध हटाउने निर्णय गरेको छ । यी खनिजहरू अत्याधुनिक प्रविधिमा आवश्यक सामग्री मानिन्छन् ।
हालै जेनेभामा भएको द्विपक्षीय बैठकका बाबजुद अमेरिका–चीनबीचको तनाव अझै चर्किएको देखिएको छ । यही साता, अमेरिकी वाणिज्य विभागअन्तर्गतको ब्युरो अफ इन्डस्ट्री एन्ड सेक्युरिटी (बीआईएस) ले निर्देशन जारी गर्दै ह्वावेको ‘एसेन्ड’ सेमिकन्डक्टरहरू अमेरिकी प्रविधिको प्रयोगमार्फत विकास गरिएको आशंका जनाउँदै ती चिप अमेरिकी निर्यात नियन्त्रण अन्तर्गत पर्ने जनाएको छ ।
अमेरिकी पक्षले ती चिप सम्भवतः अमेरिकी निर्यात नियन्त्रण उल्लङ्घन गर्दै निर्माण गरिएको हुन सक्ने आशंका गरेको छ । यस्तो अवस्थामा तिनको प्रयोगले निर्यात नियन्त्रण ऐन उल्लङ्घन गर्ने अमेरिकी सरकारको ठम्याइ छ ।
यसै सन्दर्भमा चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता हे योङ चियानले पत्रकार सम्मेलनमा प्रतिक्रिया दिँदै भने, “अमेरिकाको यस्तो कदमले दुवै देशको आर्थिक तथा प्रविधि क्षेत्रलाई असर गर्नेछ ।”
पछिल्लो अध्यावधिक: जेठ ३, २०८२ १६:१४
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं। नेपाली कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणा आज ‘सगरमाथा बेसक्याम्पमा जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयमा विशेष संवाद सम्पन्न भएको छ।
महामन्त्री शर्माको निमन्त्रणामा गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्री पाण्डे सगरमाथामा आधारशिविर पुग्नुभएको शर्माको सचिवालयले जनाएको छ। संवाद ३१ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पालाई सम्मान गरेर सुरु गरिएको थियो। विशेष संवादमा सरकारले तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने १६ बुँदे कार्यबारे स्थानीयका तर्फबाट आरोही बाबु शेर्पाले वाचन गरेका थिए।
लुक्लादेखि पाँच दिन लगातार पदयात्रा गरेर सगरमाथा आधारशिविर पुगेका महामन्त्री शर्मा यो साता आरोहण प्रशिक्षण र हिमाली क्षेत्रका नागरिक एवं हिमाल आरोहण क्षेत्रले भोग्नुपरेका समस्या पहिचान गरेर फिल्डबाटै सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराउन व्यस्त छन्।
सोह्र बुँदा ग्रहण गर्दै गृहमन्त्री लेखकले अहिलेको सरकार जलवायु परिवर्तन र हिमाली जीवनको मुद्दामा गम्भीर ढङ्गले कार्य गर्न समर्पित रहेको बताए। त्यस्तै पर्यटनमन्त्री पाण्डेले पर्यटन क्षेत्रको समग्र विकास गर्न दिइएका १६ बुँदाको कार्यान्वयनमा आफू विशेष सक्रियता साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे।
महामन्त्री शर्माले आधारशिविरमा सञ्चार टावर, भरियाको बिमा, सुरक्षा युनिटजस्ता विषयमा सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिँदै कार्बनउत्सर्जन बढी गर्ने ठूला राष्ट्रहरुमाथि दबाब बढाउन साना राष्ट्रहरुको नेतृत्व नेपालले गर्नुपर्ने बताए।
कार्यक्रममा कीर्तिमानी आरोही कामिरिता शेर्पा, डा आशीष पौडेल, मिङ्मा छिरिङ शेर्पा, दावा शेर्पा, पासाङ भोटेलगायतले सगरमाथा क्षेत्रले भोग्दै आएको संकट समाधान गर्न सरकारले विशेष योजना बनाउनुपर्नेमा ध्यानाकर्षण गराएका थिए।
सामाग्री श्रोत :
डोटी– माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीलाई सर्वसाधारण जनताले सत्तामा पुर्याएको बताएका छन् ।
हिजोबाट सुरु भएको ‘जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनता जागरण अभियान’ अन्तर्गत आज डोटीमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादीलाई अन्य कुनै पार्टीले सत्तामा नपुर्याएको बताए ।
‘हामीलाई विस्तृत शान्ति सम्झौतासम्म पुर्याउने, तीनपटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्याउने कुनै कांग्रेस होइनन्, कुनै एमाले होइनन्,’ उनले भने, ‘तपाईँ हामीजस्तै गरिब, मजदुर, किसान, उत्पीडित वर्ग समुदायले पुर्याएको हो ।’ उनले पार्टी सत्तामा हुँदाका बखत सत्तामा पुर्याउने वर्ग समुदायलाई दिनुपर्ने जति समय आफूहरूले नदिएकामा आत्मालोचना पनि गरे । ८/१० वर्षमा जनताको बीचमै गएर जनताकै मुखबाट समस्या सुन्नुपर्नेमा त्यसो हुन नसकेकाले त्यस्तो कमजोरी सुधार्न पार्टीले जनता जागरण अभियान सञ्चालन गरेको उनको भनाइ छ ।
अध्यक्ष दाहालले आत्मालोचित भएर आफूहरू जनताको सामु आएको र जनताका पिरमर्का सुनेर राष्ट्रव्यापी बनाउने पनि बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं – नेपाल जनस्वास्थ्य सम्मेलन २०८२ मा जारी गरिएको घोषणा पत्रले नेपालको स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ र समतामूलक बनाउन महत्त्वपूर्ण प्रतिबद्धताहरू व्यक्त गरेको छ। सरकारी, गैरसरकारी निकाय, शैक्षिक संस्था, नागरिक समाज, जनस्वास्थ्यकर्मी र विज्ञहरूको सहभागितामा आयोजित यो सम्मेलनले स्वास्थ्य क्षेत्रका चुनौती र अवसरहरूलाई सम्बोधन गर्न ठोस कार्ययोजना प्रस्तुत गरेको हो।
नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा र अत्यावश्यक सेवामा समान पहुँचको ग्यारेन्टी गरेको छ। यद्यपि, स्वास्थ्य प्रणालीले विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ। सम्मेलनले यी चुनौतीहरूलाई सम्बोधन गर्दै स्वास्थ्य सेवालाई लागत-प्रभावकारी र समतामूलक बनाउन जोड दिएको छ।
सबै तहका सरकारबीच नीति निर्माण, समन्वय र कार्यान्वयनमा समन्वयका लागि पैरवी गर्ने बताइएको छ। यो कदमले दिगो विकास लक्ष्यहरू र नेपाल स्वास्थ्य क्षेत्र रणनीतिलाई व्यवहारमा उतार्न सहयोग गर्ने अपेक्षा छ।
पारदर्शी बजेट प्रणाली, साधनको कुशल उपयोग र परिणाममुखी खर्च व्यवस्थापनमार्फत स्वास्थ्य क्षेत्रमा वित्तीय स्रोतको सुनिश्चितता गरिने छ। स्वास्थ्य बीमालाई प्रभावकारी बनाएर व्यक्तिगत स्वास्थ्य खर्च र क्याटस्ट्रफफिक हेलेथ एक्सिपेन्डिचर न्युनिकरणका लागि पहल गर्ने बताइएको छ।
स्थानीय सरकारको क्षमता अभिवृद्धि, तथ्यमा आधारित अनुसन्धान, जनस्वास्थ्यकर्मीको गुणस्तर सुनिश्चितता, प्रविधि र नवप्रवर्तनdf जोड दिइएको छ।
नेपाल जनस्वास्थ्य सम्मेलन २०८२ को घोषणा पत्रले स्वास्थ्य क्षेत्रमा सुधारका लागि स्पष्ट मार्गचित्र प्रस्तुत गरेको बताइएको छ। यो घोषणाले नेपालको स्वास्थ्य प्रणालीलाई थप समावेशी, प्रभावकारी र दिगो बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा आयोजक संस्थाको रहेको छ।
यस्तो छ घोषणापत्र
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं । शर्ट भिडिओ स्ट्रिमिङ प्लेटफर्म टिकटकले ध्यान गर्न सघाउने फिचर ल्याउने भएको छ । बिहीबार एक ब्लग सार्वजनिक गर्दै कम्पनीले प्रयोगकर्तालाई ध्यान गर्न सघाउने फिचर उपलब्ध गराउन थालेको जानकारी दिएको हो ।
परीक्षणकै चरणमा रहेको यो फिचर केही सीमित किशोरकिशोरीका लागि उपलब्ध भइसकेको छ । कम्पनीका अनुसार यस फिचरको प्रयोगपछि राति अबेरसम्म टिकटक स्क्रोल गर्ने बानीबाट प्रयोगकर्ता विस्तारै टाढिन्छन् ।
१८ वर्षभन्दा कम उमेरका लागि यो फिचर डिफल्ट रूपमा इनेबल हुनेछ । यदि त्यो उमेर समूहका प्रयोगकर्ताले राति १० बजेपछि एप प्रयोग गर्न खोज्दा स्क्रिनमा ‘मेडिटेसन अभ्यास’ गर्न प्रेरित गर्ने नोटिस देखिन्छ ।
उक्त नोटिसमा ट्याप गरेपछि प्रयोगकर्ताले ध्यान गर्ने तरिका सिक्न पाउनेछन् । मेडिटेसन फिचर अन गरेपछि आँखालाई आनन्द दिने किसिमको स्क्रिन र मस्तिष्कलाई आनन्द दिने सङ्गीत बज्नेछ । त्यससँगै ब्रिदिङ एक्सरसाइजका लागि के गर्ने भन्ने अप्सन देखिन्छ ।
यदि १८ वर्षभन्दा कम उमेर समूहका प्रयोगकर्ताले यो नोटिस अस्वीकार गरे र एपमा भिडिओ स्क्रोल गर्न थाले भने दोस्रो पटक पूरै स्क्रिन ढाकिने प्रम्ट देखिनेछ । र, त्यसमा प्रयोगकर्ताका लागि सुत्न प्रेरित गर्ने शब्द हुनेछन् ।
विगत केही वर्षदेखि नै टिकटकले किशोरकिशोरीका लागि विभिन्न फिचरहरू ल्याउँदै आएको छ । खासगरी युवापुस्तामा यस प्लेटफर्मको प्रभाव व्यापक भएकाले त्यसैलाई मध्यनजर गर्दै कम्पनीले स्वास्थ्यका हिसाबले उपयोगी फिचर ल्याइरहेको छ ।
१८ वर्षभन्दा माथिका प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न एपको स्क्रिन टाइम सेटिङ पेजमा जानुपर्ने हुन्छ । त्यहाँबाट आफ्नो सुत्ने समय सेट गर्नुपर्ने हुन्छ । त्यसपछि यो फिचर एक्टिभेट हुन्छ ।
यससँगै टिकटकले विश्वका १९ देशका ३१ मानसिक स्वास्थ्य संस्थालाई २३ लाख डलर बराबरको एड क्रेडिट दान गर्ने घोषणा गरेको छ ।
पछिल्लो अध्यावधिक: जेठ ३, २०८२ १७:२१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपाल भ्रमणमा रहनुभएका भुटानका ऊर्जा तथा प्राकृतिक स्रोतमन्त्री जेम छिरिङबीच भेटवार्ता भएको छ।
नेपाल सरकारले शुक्रबारदेखि यहाँ आयोजना गरेको ‘सगरमाथा संवाद’ का अवसरमा उहाँहरुबीच आज भेटवार्ता भएको हो। भेटमा उहाँहरुबीच नेपाल र भुटान दुवै हिमाली मुलुक भएको र जलवायु परिवर्तनबाट बढी प्रभावित हुनुपरेको परिस्थितिमा साझेदारी गरेरअघि बढ्ने विषयमा छलफल भएको थियो।
त्यस अवसरमा मन्त्री शाहीले भुटानले ऊर्जा, प्राकृतिक स्रोत र वातावरण संरक्षणमा गरेको दिगो विकास प्रयास अनुकरणीय रहेको बताएको वन मन्त्रालयले जनाएको छ ।
उनीहरुबीच पर्वतीय कूटनीतिका माध्यमबाट यस क्षेत्रका साझा हित प्रभावकारी रूपमा प्रस्तुत गर्न सकिने तथा अन्तरराष्ट्रिय मञ्चमा वातावरण र जैविक विविधता संरक्षणका लागि दुई देशले समन्वय गर्ने बारेमा समेत छलफल भएको थियो।
सामाग्री श्रोत :