२०८२ आश्विन ४ शनिबार
२०८२ आश्विन ४ शनिबार

इनरुवा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ गतेदेखि काठमाडौंमा सुरु हुने आन्दोलन शान्तिपूर्ण हुने बताएका छन्।

सुनसरिको इनरुवामा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आन्दोलनको बारेमा अनावश्यक भ्रम फैलाउन खोजिएको भन्दै थापाले आन्दोलन शान्तिपूर्ण भद्र अवज्ञाको रुपमा अघि बढ्ने दाबी गरे।

‘निर्धक्क भएर काठमाडौं आउनुहोस् , गणतन्त्र मान्दिन धर्म निरपेक्षता मान्दिन भन्ने अधिकार संविधानले नै दिएको छ। धारा २७४ ले यसको बिकल्प खोज्ने अधिकार स्विकार गरेको छ, गणतन्त्रको बिकल्प खोज्ने कुरा संविधान बिरोधि होइन,’ उनले स्पष्ट पारे।

अनावश्यक हस्तक्षेप गर्ने, बल प्रयोग गर्ने र दुष्प्रचार गर्ने काममा सरकारले समय बर्वाद नगरोस् भन्दै अहिलेको कुशासन र भ्रष्टतन्त्रको विरुद्धमा जनता जागिसकेको उनको जिकिर थियो।

‘यो राष्ट्रबादी आन्दोलन हो, नेपाल र नेपाली जनताको हितको लागि नेपाली जनता मिलेर गर्नलागेको आन्दोलन हो। कुनै बिदेशी प्रभाब र उक्साहट छैन,’ थापाले थपे।

आन्दोलन तयारीको क्रममा थापा जिल्ला दौडाहामा छन्। कार्यक्रममा नेताहरू तारानाथ लुइँटेल, तेज कुरुङ्वाङ, बल्लभ दाहाल, माधव आचार्य , रामबिलास मेहतालगायतले बोलेका थिए।


सामाग्री श्रोत :

एमालेका केन्द्रीय सल्लाहकार श्रेष्ठ राप्रपा नेपालमा प्रवेश

काठमाडौँ — चैत १५ गतेको तीनकुने घटनाका मुख्य योजनाकार मानिएका व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

आइतबार न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंसहित २६ जनालाई अनुसन्धानका लागि थप ४ दिन म्याद दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

पछिल्लो पटक प्रसाईंविरुद्ध वैशाख ३० गते ५ दिन म्याद थप भएको थियो । प्रसाईंविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरमा मुद्दा दर्ता भएको छ ।

Ncell 2
Ncell 2

चैत १५ गते प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार रहेकोमा चैत २८ गते प्रहरीको विशेष ब्युरोले भारतमा प्रकाउ गरीचैत २९ गते बिहान उनलाई भद्रपुर ल्याएको थियो । त्यसपछि उनलाई जहाजबाट काठमाडौं ल्याइएको हो ।

व्यवसायी प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । सुवेदीले उनै प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गरेका थिए ।

shivam cement
shivam cement

चैत १५ गते प्रसाईंले नै भाँडभैलो मच्चाएपछि राजावादीहरूको प्रदर्शन हिंस्रक बनेको थियो । प्रदर्शनका क्रममा एक सञ्चारकर्मीसहित २ जनाको मृत्यु भएको थियो । साथै दर्जनौँ गाडीमा आगजनी र व्यक्तिगत तथा सरकारी सम्पत्तिमा समेत आगजनी भएको थियो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार एवम् नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले विद्युत आपूर्ति बन्द भएको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाउने काम भइरहेको बताएका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राखेर नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यलाई सजग रहन समेत आग्रह गरेका हुन् ।  

उनले लेखेका छन्, “सजग रहनुहोला, बलेको बत्ति मुनि बसेर पोस्ट लेख्दै ‘बिजुली गयो’ भन्ने न्यारेटिभ बनाइँदै छ।” उनले नेपाली समाजले विद्युत कसरी आयो भन्ने थाहा नभइ देवता खडा गरेको आरोप लगाएका छन्  । उनले थप लेखेका छन्, “देवत्वकरणको पर्दा भित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन् ।”

समाजमा सेवा दिने व्यक्तिले भन्दा कथा बनाउने व्यक्तिको चर्चा रहेको बताउँदै उनले यस्तो समयमा राम्रो काम गरेपछि सामाजिक सञ्जालमा त्यसको चर्चा नहुने बताए । उनले भनेका छन्, “यस्तो बेलामा तपाईँले इमान्दार प्रयास गर्नुभयो भने पनि, त्यो ‘फिड’ मा देखिँदैन, किनकि त्यो ‘फ्रेम’को हिस्सा होइन।”

यस्तो अवस्थामा सजग रहेर काम गर्न रिमालले प्रबन्ध निर्देशक शाक्यलाई आग्रह गरेका हुन् । हालको समाज कन्टेन्ट बनाउने खेलमा लागेको उनले आरोप लगाएका छन् । उनले भनेका छन्, “कर्ममा अडिग रहनुहोस्, तर ‘कन्टेन्ट’ को दुनियाँले तपाईँलाई ‘कन्टेन्ट’ बनाउने खेलमा लागेको छ भन्ने कुरा नबिर्सिनुहोस्।”

यसअघि गत बिहीबार (जेठ १) मा काठमाडौँसहित पूर्वी र मध्ये नेपालका अधिकांश क्षेत्रमा लामो समयसम्म बत्ति गएको थियो । दुई घण्टाभन्दा लामो समयसम्म बत्ती नहुँदा सामाजिक सञ्जालमा प्रबन्ध निर्देशक शाक्यको आलोचना भएको थियो । 

यसपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै शाक्यले प्राविधिक कठिनाइका कारण बिहिबार उक्त समस्या आएको स्पष्टीकरण दिएका थिए । तर पनि समय समयमा विद्युतीय आपूर्ति बन्द हुने समस्या भने आइरहेका छन् । योसँगै सामाजिक सञ्जालमा प्रबन्ध निर्देशक शाक्यलाई लिएर चर्को आलोचना भइरहेको छ । 

पछिल्लो अध्यावधिक: जेठ ४, २०८२ १६:७





सामाग्री श्रोत :
टेक पाना

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई तीन सय शय्यामा स्तरोन्नतिका लागि प्रक्रिया सुरु भएको छ।

अस्पतालको स्तरोन्नति गरी देशकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाउने लक्ष्य राखिएको छ। त्यसका लागि अस्पतालको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भइसकेको अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिए।

अस्पतालको स्तरोन्नति प्रक्रियाअन्तर्गत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयारीका लागि क्षेत्र निर्धारण गर्न लागिएको र त्यसका लागि सहरी विकास तथा भवन निर्माण विभागले सूचना जारी गरेको उनले बताए।

उपचार केन्द्रको अस्पताल भवनको स्तरोन्नति, आयोजना निर्माण तथा सञ्चालन गर्न, प्रस्तावित आयोजनाको संरचनामा अस्पताल भवन, आकस्मिक सेवा भवन, बहिरङ्ग विभाग, प्रशासनिक भवन, व्यावसायिक भवन, कुरुवा घर, कर्मचारी आवास, खानेपानी ट्याङ्की, अक्सिजन प्लाण्ट, फोहर व्यवस्थापन कक्ष, शवगृह, खेलमैदान, पार्किङ, बहुउद्देश्यीय भवन, पार्क र हेलिप्याड प्रस्ताव गरिएको छ। त्यसका लागि पाँच सय ४७ रोपनी जग्गा आवश्यक पर्ने देखिएको डा. श्रेष्ठले बताए।

पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापना भएको श्वासप्रश्वाससम्बन्धी विशिष्टिकृत अस्पतालमा हाल पचास जनरल वार्ड मात्र रहेकाले श्वासप्रश्वासका बिरामीको उपचारमा समस्या भइरहेको छ। सरकारले वि.सं. २०६७ मा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो। सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व वि.सं. २०७५ मा उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो। हाल उपचार केन्द्रको नाममा सात सय ४० रोपनी जग्गा प्राप्ति भइसकेको छ।

पचास शैय्याको अस्पतालमा सवारी दुर्घटनाका घाइतेबाहेक झाडापखला, टाइफाइड, ज्वरो, ग्याष्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन्। जनतालाई सहज रूपमा सबै प्रकारका स्वास्थ्य सेवा दिने उद्देश्यसहित सुविधा विस्तार गरिएको अस्पतालले जनाएको छ।

अस्पतालमा तनहुँको शुक्लागण्डकी, भीमाद नगरपालिका र म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासीका केही गाउँपालिकाबाट सेवाग्राही आउने गरेका छन्।

अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ। त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ। अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, प्रयोगशाला, भिडियो एक्सरे, माइनर अप्रेसनलगायत सेवा दिइरहेको छ।

अस्पतालमा दैनिक दुई सय ५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेकामा तीमध्ये करिब ५० जना बिरामी श्वासप्रश्वाससम्बन्धीका रहेका अस्पतालले जनाएको छ। रासस


सामाग्री श्रोत :

जिपी कोइराला अस्पताललाई तीन सय शय्यामा स्तरोन्नति गरिने

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौं काठमाडौं महानगरपालिका- ८ जयवागेश्वरीस्थित पशुपति क्षेत्र विकास कोषको पाले सुत्ने घरमा जुवातास खेलिरहेका ७ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जयवागेश्वरी बस्ने ६६ वर्षीय भीम संगत, ६७ वर्षीय कविन्द्र भण्डारी, ५९ वर्षीय ईश्वरराज भण्डारी, ४५ वर्षीउ अनुज संगत र ५६ वर्षका बुद्धि तामाङ तथा धादिङको गजुरी गाउँपालिका- ८ घर भएका ४३ वर्षीय देवीबहादुर अधिकारी र बागलुङको वेशीखोला गाउँपालिका– १ घर भएका ५४ वर्षका रेशम सिजालीलाई १ लाख ७ हजार ९१५ रूपैयाँसहित नियन्त्रणमा लिइएको छ ।

Ncell 2
Ncell 2

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद र ४ बुक ताससहित पक्राउ गरेको काठमाडौं प्रहरीले जनाएको छ ।

shivam cement
shivam cement

यसैगरी काठमाडौं महानगरपालिका-  २९ अनामनगरबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुरको मध्यपुर थिमि नगरपालिका– ३ बस्ने दोलखा भीमेश्वर नगरपालिका- ७ घर भएका ४० वर्षीय रामजी बस्नेतसहित १० जनालाई २ लाख ५७ हजार ४०० रूपैयाँ र ९ बुक ताससहित पक्राउ गरिएको छ ।

प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरूलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं – सांसद प्रतिमा गौतमले मिर्गौला रोगबाट पीडित बिरामीहरूको दयनीय अवस्था र अङ्ग प्रत्यारोपणको समस्याबारे संसदमा जोडदार रूपमा कुरा उठाएकी छिन्। उनले मिर्गौला रोगीहरूको जीवन रक्षा गर्न अङ्ग प्रत्यारोपण सम्बन्धी नीतिगत प्रावधानहरूको प्रभावकारी कार्यान्वयन र मस्तिष्क मृत्यु कार्यक्रमलाई छिटोछरितो बनाउन सरकारसँग माग गरेकी हुन्।

सांसद गौतमले भनिन्, ‘मिर्गौला रोगबाट पीडित ९० प्रतिशत बिरामीहरू अङ्गदाता नपाएर ज्यान गुमाइरहेका छन्। हाल करिब ८,००० बिरामीहरू अङ्गदाताको पर्खाइमा छन्। अङ्गदाता अभावमा धेरैजसो बिरामीहरू डाइलेसिसमा निर्भर छन्, जसले उनीहरूको शारीरिक, मानसिक र आर्थिक जीवनलाई कष्टकर बनाएको छ।”

सरकारले डाइलेसिसमा मात्र वार्षिक करिब डेढ अर्ब रुपैयाँ खर्च गरिरहेको उनले बताइन्।

उनले मानव शरीरको अङ्ग प्रत्यारोपण सम्बन्धी नियमावली २०७३ मा मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्ग लिन पाउने प्रावधान रहेको उल्लेख गर्दै यो प्रावधान पूर्ण रूपमा कार्यान्वयन नहुँदा बिरामीहरूको बाँच्ने आशा निराशामा परिणत भएको बताए। मस्तिष्क मृत्यु कार्यक्रमको प्रभावकारिता बढाउन सके मिर्गौला पीडितहरूको समस्या समाधानमा ठूलो योगदान पुग्ने उनको भनाइ छ।

सभामुखमार्फत् सरकारलाई सम्बोधन गर्दै सांसद गौतमले अङ्ग प्रत्यारोपण सम्बन्धी कानुन र नीतिहरूलाई प्रभावकारी बनाउन र मस्तिष्क मृत्यु कार्यक्रमलाई सरल र छिटो बनाउन तत्काल कदम चाल्न आग्रह गरे।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौँ । टुटलले आफ्ना राइडरहरूका लागि शून्य प्रतिशत कमिसनमा आधारित राइड-हेलिङ सब्सक्रिप्सन योजना ‘टुटल प्रो’ सार्वजनिक गरेको छ। 

भोलि जेठ ६ गतेदेखि लागू हुने यो योजनाले बाइक र ट्याक्सी चालकहरूलाई मासिक शुल्क तिरेर अनलिमिटेड सवारी सेवा दिन र १०० प्रतिशत आम्दानी आफ्नै खातामा राख्न सुविधा दिनेछ । यस अन्तर्गत बाइक राइडर मासिक ९९९ रुपैयाँमा टुटल प्रोको सब्स्क्रिप्सन लिन सक्नेछन् भने क्याब राइडरले एक हजार ९९९ रुपैयाँमा सब्सक्रिप्सन लिन सक्नेछन् । 

योजनाको सुरुवातमा भने अफरका रुपमा बाइक चालकका लागि रु. ४९९ र ट्याक्सी चालकका लागि रु. ९९९ मासिक शुल्क तोकेको छ । कम्पनीका अनुसार चालकले एकपटक यो सब्सक्रिप्सन लिइसकेपछि महिनाभर गरेको कुनै पनि राइडमा कमिसन तिर्नुपर्ने छैन । यसमा बीमा र कर बाहेकका अन्य थप शुल्क नलाग्ने बताइएको छ।

हाल कम्पनीले बाइकमा १५ प्रतिशत र क्याबमा १२ प्रतिशत कमिशन लिँदै आएको छ । 

ज्याप सर्भिसेस प्रा. लि. का प्रबन्ध निर्देशक रुबिक जोशीले टुटल प्रोलाई ‘गेम चेन्जर’ योजना भन्दै चालकलाई पारदर्शिता, आम्दानीको पूर्ण अधिकार र कामको स्वतन्त्रता दिने उद्देश्यले ल्याइएको बताए । 

टुटल प्रो योजनाले २४/७ सवारी सेवा दिने सुविधा, सीमाहीन यात्राको अवसर र पारदर्शी शुल्क संरचना उपलब्ध गराउने कम्पनीको भनाइ छ । यो योजना ती चालकहरूका लागि उपयुक्त हुने कम्पनीको विश्वास छ, जो पार्टटाइम वा फुलटाइम रुपमा बढी आम्दानी गर्न चाहन्छन्, र कमिसन कटौतीबाट थाकिसकेका छन्। इच्छुक चालकहरूले टुटल एप डाउनलोड गरी योजना सुरु गर्न सक्नेछन् ।

पछिल्लो अध्यावधिक: जेठ ४, २०८२ १७:४४





सामाग्री श्रोत :
टेक पाना

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले व्यक्ति र राजनीतिलाई गालि गरेर मात्रै देश सुधार्न नसकिने बताएका छन्।

आइतबार गण्डकी आयुर्वेद अस्पतालमा विशेष सेवाको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले व्यक्ति र राजनीतिलाई गालि गरेर मात्रै देश सुधार्न नसकिने भन्दै सक्षम र सकारात्मक काम गर्न सक्ने मान्छे राजनीतिमा आउनुपर्ने बताए।

उनले भने, ‘जनताले आफ्नो जनप्रतिनिधि आफैंले छान्ने हो। र त्यो बाट राज्य सञ्चालन गर्ने हो। म अहिले यहाँको मुख्यमन्त्री छु। मैले भन्दा राम्रो गर्न सक्ने, इच्छा राख्ने हिम्मत हुनेहरुले मलाई विस्थापित गरेर आउनु हुन्छ मेरो ठाउँमा। यहाँ व्यक्ति र राजनीतिलाई गालि गरेर केवल व्यक्तिगत कुरा मात्रै गरेर केहि कुरा सुधार्न सकिँदैन। सक्षम र गर्न सक्ने मान्छे राजनीतिमा आउनुपर्छ। नभएका कामहरु गरेर देखाउनुपर्ने अहिलेको आवश्यकता हो। तब मात्रैa नेपाल बन्न सक्छ।’

त्यस्तै उनले नकारात्मक कुराले नेपाल बनाउन नसकिने पनि धारणा राखे।

सबै सकारात्मक कामहरु गर्दै गयो भने मात्रै स्वास्थ्य, शिक्षा सबै क्षेत्रलाई अगाडि बढाउन सकिने उनको भनाई छ।

उनले भने, ‘नकारात्मक कुराले नेपाल बनाउन सकिँदैन। नेपाल बनाउनको लागि यसमा सबैको सकारात्मक सोचका साथ अगाडि बढ्न सक्यौं भने मात्रै हामीले गर्न सक्छौं। हाम्रै पालामा राम्रो गर्न सक्छौं। हामी सबै सकारात्मक कामहरु गर्दै गयौं भने स्वास्थ्य, शिक्षा सबै क्षेत्रलाई अगाडि बढाउन सक्छौं।’


सामाग्री श्रोत :

नेताहरूलाई गालि गरेर मात्रै देश सुधार्न सकिँदैन : मुख्यमन्त्री पाण्डे

काठमाडौं– रसुवा भन्सार नाकाबाट करिब ७ किलो सुन बरामद भएको छ । केरुङबाट स्याउ लिएर आएको कन्टेनरमा उक्त परिमाणको सुन बरामद भएको हो । 

रसुवा भन्सार कार्यालय प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार ७ वटा बिस्कुट र केही साना टुक्रामा सुन बरामद भएको हो । 

Ncell 2
Ncell 2

बरामद भएको सुनको तौल करिब ७ किलो ६ सय ग्राम रहेको भन्सार कार्यालयले जनाएको छ ।  सीमावर्ती चिनियाँ बजार केरुङबाट सुन आइरहेको छ भन्ने सुराकीका आधारमा नाकामा खानतलासी गर्दा सुन बरामद भएको उनले बताए । चालकको सिटनजिकै फल्स बटम बनाएर सुन राखिएको उनको भनाइ छ ।

shivam cement
shivam cement

चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप जाँचका लागि सुन बैंकमा लगिएको पनि भन्सार कार्यालयले जनाएको छ । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ हुन थालेपछि सुन तस्करीका लागि तस्करहरूले उत्तरी नाका प्रयोग गर्न थालेका छन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

 

काठमाडौँ । सामसङले हालै सार्वजनिक गरेको अति पातलो फोन एस २५ एज निर्माणमा एप्पलको आईफोन १७ एयरको कुनै प्रभाव नरहेको स्पष्ट पारेको छ । गत साता ग्यालेक्सी एस २५ एजको बारेमा जानकारी दिने क्रममा कम्पनीका स्मार्टफोन उत्पादन विशेषज्ञ कादेश बेकफोर्डले यस्तो बताएका हुन् ।

“यो आईफोन १७ एयरसँग सम्बन्धित छैन । यो फोन बनाउन हामीले हरेक पाटपुर्जालाई पातलो बनावटमा अट्ने गरी पुनः डिजाइन गर्नुपरेको हो जुन पक्कै पनि सजिलो काम होइन,” बेकफोर्डले भनेका थिए । ग्याजेट्स रिभ्युअरले सामसङको एस २५ एजलाई आईफोन १७ एयरसँग तुलना गरिरहे पनि कम्पनीले आधिकारिक रूपमा यस फोनका कुनै जानकारी बाहिर ल्याएको छैन । तर, विभिन्न देशका लिकरहरूले वर्षोंदेखि यसको चर्चा गर्दै आएका छन् । 

यस वर्षको सेप्टेम्बरमा यो मोडेल सार्वजनिक हुने अपेक्षा गरिएको छ । आईफोन १७ एयर र सामसङ एस २५ एजमा कुन फोन केमा राम्रो भन्ने जान्न चाहनु हुन्छ भने यहाँ क्लिक गर्न सक्नुहुन्छ ।

यो नयाँ डिभाइस ५.८ एमएम पातलो छ । यो मोडेल सामसङको अहिलेसम्मकै सबैभन्दा पातलो ग्यालेक्सी एस स्मार्टफोन भएको कम्पनीको दाबी छ । यसलाई सफल बनाउन कम्पनीले २०० मेगापिक्सेल क्यामेरा लगायत हरेक पाटपुर्जालाई सानो ठाउँमा अट्ने गरी विशेष तरिकाले मिलाएको छ ।

बेकफोर्डका अनुसार यसका लागि  आरएन्डडी (अनुसन्धान र विकास) मा लामो समय लागेको छ । यो भनेको एप्पलको आईफोन १७ एयरको हल्ला सुरु हुनुभन्दा धेरै अघिदेखि नै यसमा काम सुरु भइसकेको थियो । “मैले ग्यालेक्सी जेड फ्लिप ५ सार्वजनिक भएको हप्ता (अगस्ट २०२३) देखि नै एजको बारेमा थाहा पाएको थिएँ,” उनले कार्यक्रममा भने ।

चर्चामा आएको एप्पलको पातलो फोन आईफोन १७ एयरबाट प्रभावित नभएको भन्दै कम्पनीले दाबी गरे पनि यसमा केही समानता हुन सक्ने देखिन्छ । लिक भएका जानकारी अनुसार आईफोन १७ एयरमा केवल एउटा ४८ मेगापिक्सेल लेन्ससहितको सामान्य क्यामेरा, ५ देखि ६ एमएमको बीचको मोटाइ हुनेछ । यसको मूल्य भन्ने प्रो म्याक्स मोडेलको तुलनामा निकै कम हुनेछ । 

यदि सामसङ आफ्नो प्रतिस्पर्धी एप्पलको पातलो स्मार्टफोनबाट प्रभावित भएको होइन भने कम्पनीले एस २५ सिरिजमै किन नयाँ मोडेल ल्यायो ? बेकफोर्डका अनुसार कम्पनीको बजार अनुसन्धान टिमले ‘अल्ट्रा’ फोन चाहने तर मोटो भएकाले प्रयोग गर्न हिचकिचाउने प्रयोगकर्ताका लागि यो फोन ल्याउने योजना बनाएको थियो । त्यसैले यसमा २०० मेगापिक्सेल क्यामेरा, स्न्यापड्रागन ८ एलिट चिपसेट र टाइटेनियम फ्रेम उपलब्ध गराइएको छ ।

एजमा ग्यालेक्सी एस २५ का ग्यालेक्सी एआई सुइट फिचर पनि दिइएको छ । त्यसका साथै १२ मेगापिक्सेल अल्ट्रा-वाइड लेन्स र १२ मेगापिक्सेल सेल्फी सेन्सर पनि यसमा समावेश गरिएको छ । 

एस २५ एजको ब्याट्रीलाई लिएर भने प्रयोगकर्ताले गुनासो गरेका छन् । फोन पातलो बनाउने बहानामा कम्पनीले ब्याट्रीमा सम्झौता गरेको भन्दै आलोचना भइरहेको छ । यसमा कम्पनीले ३९०० एमएएच क्षमताको ब्याट्री उपलब्ध गराएको छ । यो भनेको ग्यालेक्सी एस २५ अल्ट्राको भन्दा ११०० एमएएच सानो हो । पातलो फोन ट्रेन्डमा आएदेखि चिपको दक्षता र सफ्टवेयर अप्टिमाइजेसनमा धेरै सुधार भएको देखिन्छ । तर, तिन फोनको कमजोर ब्याट्री लाइफले नै प्रयोगकर्तामाझ राम्रो प्रभाव पार्न नसकेको प्रवृत्ति छ । 

अब ग्यालेक्सी एस २५ एजको पनि त्यस्तै नियति हुन्छ वा यसले पातला ह्यान्डसेटका लागि नयाँ मार्ग स्थापना गर्छ भन्ने हेर्न बाँकी छ ।

पछिल्लो अध्यावधिक: जेठ ४, २०८२ १७:५९





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट