२०८२ आश्विन ३ शुक्रबार
२०८२ आश्विन ३ शुक्रबार

काठमाडौं । एप्पलको आगामी आईफोन १७ एयरबारे दुई नयाँ महत्त्वपूर्ण जानकारी लिक भएको छ । गत शुक्रबार दक्षिण कोरियाली सामाजिक सञ्जाल नेभरमा येक्स ११२२ (yeux1122) नामक लिकरले नयाँ मोडेलको ब्याट्री क्षमता र तौलको जानकारी लिक गरेका हुन् । 

यस अकाउन्टले प्रायः चिनियाँ सामाजिक सञ्जालमा लिक भएका जानकारीलाई सङ्कलन गरी सहज रूपमा उपलब्ध गराउने गर्छ । सप्लाई चेनबाट आएका जानकारी शेयर गर्ने सन्दर्भमा यस अकाउन्टलाई केही हदसम्म विश्वसनीय मानिन्छ ।

नयाँ पोस्टमा आईफोन १७ एयरका केही मुख्य विवरणको चर्चा गरिएको छ । खासगरी यसको तौल, ब्याट्री क्षमता र मोटाइ सम्बन्धी विशेष जानकारी राखिएको छ । यी विवरण ‘मास प्रोडक्सन कन्फर्मेड स्याम्पल’ (ठुलो उत्पादनका लागि पुष्टि भएको नमूना) बाट आएको बताइएको छ ।

पोस्टमा आईफोन १७ एयरको मोटाइ ५.५ एमएम हुने बताइएको छ । यो जानकारी यसअघि विश्लेषक मिङ-ची कुओले पनि उल्लेख गरेका थिए । यसको तौल १४५ ग्राम हुनेछ भने यसमा २८०० एमएएच क्षमताको ब्याट्री हुनेछ । 

हालै आईफोन १७ एयरमा अपेक्षाभन्दा कम ब्याट्री क्षमता हुने भन्नेबारे धेरै रिपोर्ट बाहिरिएका छन् । एप्पलको आन्तरिक परीक्षणले लगभग ६०-७० प्रतिशत प्रयोगकर्ताले मात्र फोनबाट पूरा दिनको ब्याट्री लाइफ पाउने देखाएको छ । जबकि परम्परागत रूपमा यो सङ्ख्या ८०-९० प्रतिशत हुने गर्छ ।

२८०० एमएएचको ब्याट्री क्षमता त्यति आश्चर्यजनक भने होइन । यो लगभग पाँच वर्ष पुरानो आईफोन १२ र आईफोन १२ प्रो को ब्याट्री क्षमता (२८१५ एमएएच) को हाराहारीमा छ । ती दुबै फोनको ब्याट्री लाइफ उत्कृष्ट नभए पनि खराब भने थिएन ।

एप्पलले आईओएस १९ मा एआई-पावर्ड ब्याट्री अप्टिमाइजेसन फिचर पनि लागू गरिरहेको बताइएको छ । यसले गर्दा कमजोर ब्याट्री क्षमतालाई केही हदसम्म मद्दत पुर्‍याउने सम्भावना छ । आईफोन १६ मा ३५६१ एमएएच र आईफोन १६ प्लसमा ४६७४ एमएएच ब्याट्री रहेको छ । यसको अर्थ, आईफोन १७ एयरमा स्ट्यान्डर्ड आईफोनको तुलनामा लगभग २० प्रतिशत र समान स्क्रिन साइजको आईफोनको तुलनामा लगभग ४० प्रतिशत कम ब्याट्री हुनेछ ।

पोस्टमा २८०० एमएएच सेल साइजको उच्च-घनत्व भएको ब्याट्री जडान गर्ने ‘सम्भावना’ रहेको पनि उल्लेख छ । यदि यो लागु भएमा यसले ‘वास्तविक क्षमता’ १५ देखि २० प्रतिशतले बढ्नेछ । यदि यो सफल भएमा आईफोन १७ एयरले स्ट्यान्डर्ड आईफोनको ब्याट्री लाइफको बराबरी गर्न सक्नेछ ।

लिक भएको जानकारी अनुसार आईफोन १७ एयरको तौल लगभग १४५ ग्राम हुनेछ । यो आईफोन एसई २ (१४८ ग्राम) र आईफोन १३ मिनी (१४१ ग्राम) को तौलको हाराहारी हो । यसको अर्थ प्रयोगकर्ताले ६.६ इन्चको ठुलो स्क्रिनमा सानो आईफोनको जस्तै हलुका भएको अनुभव गर्न सक्नेछन् ।

आईफोन १७ एयर साँच्चै हल्का महसुस हुने र यसले चर्चामा रहेको ‘एयर’ नामलाई सार्थक तुल्याउने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ६, २०८२ १५:७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पौडेललाई गभर्नर नियुक्त गर्नेगरी सहमति जुटेको स्रोतले जानकारी दिएको छ।

यसअघि कांग्रेस र एमालेबीच कसलाई गभर्नर बनाउने भन्नेबारे विवाद हुँदै आएको थियो। 

Ncell 2
Ncell 2

लामो रस्साकस्सीबीच मंगलबार बिहान उनीहरूबीच सहमति जुटेको हो।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा.डा. पौडेल यसअघि सिफारिस समितिमा थिए। उनलाई कांग्रेसले गभर्नरका लागि अघि सारेपछि सिफारिस समितिबाट राजीनामा दिएका थिए।

सहमतिसँगै आजै गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ भने लगत्तै मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय हुने छ। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

रौतहट– रौतहटको राजपुर नगरपालिका वडा नम्बर ४ मा औषधि पसल अनुगमन गर्न गएको सरकारी टोलीमाथि स्थानीयको एक समूहले आक्रमण गरेका छन्। 

फार्मेसी दर्ता नगरी औषधि बिक्री गर्दै आएको उजुरीका आधारमा अनुगमनमा खटिएको औषधि व्यवस्था विभाग क्षेत्रीय कार्यालय वीरगञ्जको टोलीमाथि आक्रमण हुँदा दुईजना कर्मचारी घाइते भएका छन्। 

घटनामा फार्मेसी निरीक्षक ओमप्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा घाइते भएका र उनीहरूको अवस्था समान्य रहेको विभागीय प्रमुख शम्भु साहले जानकारी दिए।

अनुगमन टोलीमा औषधि व्यवस्था विभागसँगै जिल्ला प्रशासन कार्यालय रौतहटका खरिदार उमेश प्रसाद र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रुद्रराज कँडेल सहभागी थिए। 

स्थानीयले प्रतिकारका क्रममा निरीक्षक कँडेलको मोबाइल फोनसमेत तोडफोड गरेका छन्। घटनाको क्रममा राजपुर नगरपालिका वडा नम्बर ५ की ५५ वर्षीया सुमित्रा देवीले सरकारी कर्मचारीलाई जोगाउने प्रयास गर्दा उनी आफैँ घाइते भएकी छिन्। उनको अहिले प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ। 

अनुगमन टोलीले स्थानीय शेख नेक महम्मदले हार्डवेयरमा वर्षौँदेखि औषधि पसल सञ्चालन गर्दै आएको उजुरीका आधारमा सोही स्थानमा छापा मारेको थियो। 

पसल न त दर्ता थियो, न त विक्री वितरणको अनुमति नै। त्यहाँबाट केही प्रतिबन्धित औषधिसमेत फेला परेको जनाइएको छ। 

रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको र दोषीमाथि कानुनी कारबाही हुने बताएका छन्। 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिसका लागि गभर्नर छनोट समितिले बैठक आह्वान गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आज दिउँसो भेटवार्ता भएसँगै अर्थमन्त्री विष्णु पौडेलले समितिको बैठक बोलाएका हुन्।

गभर्नर छनोट सिफारिस समितिको बैठक ४ बजे बस्ने गरी बोलाइएको छ।

अर्थमन्त्री अध्यक्ष रहेको गभर्नर छनोट सिफारिस समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद डा. पोषराज पाण्डे सदस्य छन्।


सामाग्री श्रोत :

गभर्नर सिफारिस समितिको बैठक आह्वान

काठमाडौँ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि सूचना प्रविधि तालिम प्रदायक ब्रोडवे इन्फोसिसले आफ्ना सबै आईटी कोर्समा १८ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

नयाँ सीप सिक्न चाहने र आईटी क्षेत्रमा उच्च अध्ययनको सोच बनाएका विद्यार्थीलाई लक्षित गर्दै सस्थाले यो अफर ल्याएको हो ।

काठमाडौंको तिनकुनेमा अवस्थित संस्थाले प्रोग्रामिङ, साइबर सुरक्षा, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डिजिटल मार्केटिङ, ग्राफिक डिजाइन, पाइथन, इथिकल ह्याकिङलगायतका कोर्सहरू सञ्चालन गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ६, २०८२ १३:५२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ–गभर्नर छनोट सिफारिस समितिको बैठक आह्वान भएको छ।

समितिको संयोजक समेत रहेको अर्थमन्त्री विष्णु पौडेलले मंगलबार अपराह्न बस्ने गरी समितिको बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको हो। 

Ncell 2
Ncell 2

गत चैत ११ गते गठन भई दुई पटकसम्म पुनर्गठन भएको समितिका सदस्यमा पूर्व गभर्नरबाट महाप्रसाद अधिकारी र विज्ञ सदस्यबाट पोषराज पाण्डे सदस्य छन्। 

समितिले तीन जनाको नाम सिफारिस गर्नेछ। जसमध्ये आजै साँझ बस्ने मन्त्रिपरिषद् बैठकबाट एक जनालाई गभर्नर नियुक्ति गर्नेछ। शीर्ष प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटपछि पौडेलले बैठक बोलाएका हुन्।


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

अछाम- जिल्लाको बयालपाटा अस्पतालमा आकस्मिक प्रसूति शल्यक्रिया सेवा पुनः सुचारु भएको छ। एमडिजीपी डाक्टरले राजिनामा दिएपछि २ हप्तासम्म रोकिएको सेवा पुनः सुचारु भएको हो। 

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले एक जना डाक्टर बयालपाटा अस्पालमा खटाएपछि सेवा सुचारु भएको हो। 

सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयको सिफारिस बमोजिम सामाजिक विकास मन्त्री मेघराज खड्काको निर्देशनमा मन्त्रालयले एक जना एडभान्स एसबिए डाक्टरलाई बयालपाटा अस्पतालमा खटाएको छ। 

छात्रवृति करार सेवाका डाक्टर कृष्ण बहादुर सोडारीलाई मन्त्रालयले बयालपाटा अस्पतालमा खटाएपछि आइतबारबाट आकस्मिक प्रसूति शल्यक्रिया सुरु भएको हो। आइतबार अस्पतालमा हाजिर भएका डाक्टर सोडारीले सोमबार साँझ एक महिलाको शल्यक्रिया मार्फत प्रसूति गराएका छन्। 

मेल्लेख गाँउपालिका वडा नं. ५ की २३  वर्षीया ईश्वरी विकको शल्यक्रिया मार्फत प्रसूति भएको हो। ति महिलाको गर्भाशयमा एम्नियोटिक तरल पदार्थ एकदमै कम भएको, पानी बगिरहेको, बच्चाको दिशा (मिकोनियम) मिसिएको तथा भु्रणको बायाँ पृष्ठ भागतर्फको स्थितिमा रहेकोले शल्यक्रिया गर्नुपरेको डाक्टर सोडारीले बताए। विकले पहिलो बच्चालाई जन्म दिएकी छन्। 

उक्त शल्यक्रियामा डाक्टर सोडारी सहित डाक्टर मन्दिप पाठक, एनेस्थेसिया महेन्द्र कुवँर, नर्स राजेश्वरी केसी, भारती गौतम र सहयोगीमा लक्ष्मि विकको टिम सहभागी थियो। 
 

सामाग्री श्रोत :
swasthyakhabar

रूकुम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गतको टोलीले रूकुमको चौरजहारीमा जनयुद्धका घाइते, अपाङ्ग, सहिद परिवार र बेपत्ता व्यक्तिका आफन्तहरूसँग अन्तरक्रिया गरेको छ।

चौरजहारी नगर समितिको कार्यालयमा आयोजित कार्यक्रममा सहभागी जनयुद्धपीडितहरूले आफूहरूले भोगिरहेका समस्या तथा राज्यबाट पाउनुपर्ने अधिकारका विषयमा आफ्नो धारणा राखेका छन्।

घाइते अपाङ्गको उपचार, बेपत्ता व्यक्तिहरूको राज्यद्वारा मान्यता, सहिद परिवारका सन्तानको शिक्षादेखि रोजगारीसम्मका विषयमा अझै ध्यान दिनुपर्ने माग गरिएको थियो।

कार्यक्रममा अध्यक्ष प्रचण्डले पनि जनताको पीडा बुझ्ने, संवाद गर्ने र पार्टीभित्रको समीक्षा गर्दै नयाँ रूपमै जनतामा जान अभियान सञ्चालन गरिएको बताए।

उनले पार्टीले विगतमा सहिद र घाइते परिवारका पक्षमा विभिन्न कामहरू गरेको जानकारी दिँदै सहिद घोषणामा केन्द्रबाट तल तलको आकडा मागिएको भएपनि विवरण पठाउँदा केही त्रुटिका कारण सबैलाई समेट्न नसकेको बताए।

अध्यक्ष प्रचण्डले (सत्य निरूपण तथा मेलमिलाप आयोग) सम्बन्धी विधेयकमा भएको ढिलाइप्रति दुःख व्यक्त गर्दै हाल बनेको समितिले अब कार्यविधिअनुसार काम गर्नुपर्ने बताए।

बेपत्ता व्यक्तिहरूलाई पनि सहिदसरह मान्नुपर्ने र तिनको सम्मानसाथ क्षतिपूर्ति राज्यले दिनुपर्ने पनि उनको भनाइ छ।

उनले भने, ‘हामी क्रान्ति पूरा गरेर होइन, सम्झौताबाट आएको अवस्था हो। अहिलेको गणतन्त्रलाई समाजवादी गणतन्त्रमा रूपान्तरण गर्न सबैको साथ आवश्यक छ। म समाजवादी क्रान्तिको यात्रामा कमि कमजोरी सुधारेर अघि बढ्ने प्रतिबद्धता जनाउँछु।’

अभियान टोलीले मुलुकका विभिन्न ठाउँमा पुगेर जनयुद्धका पीडितहरूसँग प्रत्यक्ष संवाद गर्ने, पार्टीको कमजोरीहरूको समीक्षा गर्ने र जनतामा विश्वास पुनःस्थापना गर्ने उद्देश्य रहेको जानकारी गराए।


सामाग्री श्रोत :

सहिद घोषणामा केही त्रुटि भएको छ : प्रचण्ड

काठमाडौँ । नेपाली बजारमा आधिकारिक रूपमा ‘सीएमएफ फोन टु प्रो’ उपलब्ध भएको छ । नथिङ कम्पनीले दुई स्टोरेज भेरियन्टमा यो मोडेलको बिक्री सुरु गरेको हो ।

८ जीबी र्‍यामसहित १२८ जीबी स्टोरेज क्षमताको मोडेलको मूल्य ३४ हजार ९९९ रुपैयाँ तोकिएको छ भने ८ जीबी र्‍याम र २५६ जीबी स्टोरेज क्षमताको मोडेलको मूल्य ३९ हजार ४९९ रुपैयाँ रहेको छ ।

यसअघि खुलेको प्रि-बुकिङ ग्राहकको अत्यधिक मागका कारण एक घण्टामै बन्द भएको कम्पनीले जनाएको छ । ‘वन्डरफुल बाइ डिजाइन’ नारासहित प्रस्तुत गरिएको यो फोन आकर्षक डिजाइन, उच्च स्टोरेज र मूल्य–गुणस्तरको सन्तुलनमा आधारित रहेको कम्पनीको दाबी छ ।

स्मार्टफोनसँगै कम्पनीले सीएमएफ बड्स सिरिज अन्तर्गत नयाँ इयरबड्स मोडल उपलब्ध गराएको छ । यसअन्तर्गत सीएमएफ बड्स २ को मूल्य ७ हजार ४९९ रुपैयाँ, सीएमएफ बड्स २ प्लसको मूल्य ८ हजार ९९९ रुपैयाँ र सीएमएफ बड्स २ए को मूल्य ६ हजार ४९९ रुपैयाँ तोकिएको छ । 

पछिल्लो अध्यावधिक: जेठ ६, २०८२ १३:१२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिटको सुनुवाइ जारी छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ हुँदैछ।

सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा रहेका लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा यसअघि पनि पटक पटक पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेको भन्दै सुनुवाइ हुन सकेको थिए।

Ncell 2
Ncell 2

बटुवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई धरौटीमा रिहा गरेको थियो। तर, उच्च अदालत बुटवलले भने पुर्पक्षमा पठाएपछि उनले यसविरुद्ध पनि सर्वोच्चमा निवेदन दिएका थिए।

यी दुवै रिटको पेशी न्यायाधीश सुवेदी र ढकालको इजासमा परेको थियो। अहिले यो मुद्दाको सुनुवाइ हुँदैछ।

त्यसैगरी सहकारी प्रकरणमा थुनामै रहेका पूर्वडीआईजी छविलाल जोशीको मुद्दा पनि न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा सुनुवाइ हुँदैछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट