

काठमाडौं–सर्वोच्च अदालतले अर्थशास्त्री प्रा.डा विश्व पौडेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने आफ्नो प्रशासनको आदेशलाई सदर गरेको छ।
न्यायाधीश सपना प्रधान मल्लको इजलासले दरपीठ आदेश सदर गरेको सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिए। यो आदेशसँग पौडेललाई गभर्नर नियुक्ति गर्न सरकारलाई सहज भएको छ।
तर नियुक्तिपछि उनको योग्यता र अरु प्रश्न उठाई आगामी दिनमा रिट निवेदन दर्ता हुने सम्भावना भने टरिसकेको छैन।
अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले अर्थशास्त्री पौडेललाई गभर्नर नियुक्त गर्न नहुने भन्दै सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- स्वास्थ्य सञ्चालन मापदण्ड २०७७ र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० लाई परिमार्जन गर्नका मन्त्री प्रदीप पौडेलले केही दिनअघि समिति गठन गरेका थिए। उक्त समितिमा आफ्नो सहभागिता हुनुपर्ने पत्र अफिनले मन्त्री पौडेललाई दिएको हो।
अफिनका अध्यक्ष डा पदमबहादुरख हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ, ‘जुनैपनि बेला सरकारी स्वार्थ, सरकारी स्वास्थ्य संस्थाका प्रतिनिधीहरुले मात्र आजको भौगोलिक, वैज्ञानिक, सामाजिक सबै विषय र नागरिकको चाहाना आदि बुझ्न कठिन नै हुन्छ् । तसर्थ विगत जस्तै यस्तै मनसाय राखी काम गर्ने हो भने झन् पछिसम्म समस्या पर्ने हुँदा निजी, सरकारी सबै मिली राम्रो निर्देशिका बनाई विवाद सधैंका लागि अन्त्य गर्न आग्रह गर्दै ८१ प्रतिशत उपचारमा संलग्न निजी स्वास्थ्य संस्थाको कमाण्डर अफिनलाई पनि प्रतिनिधित्व गराइयोस् भनी यो निवेदन पेश गर्दछौं।’
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा गठित समितिमा मन्त्रालयका एघारौं तहका सहसचिव डा अनुप बास्तोला, वीर अस्पतालका प्रमुख नर्सिङ प्रशासक रोशनी लक्ष्मी तुईतुई, स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. समीरकुमार अधिकारी, कानून उपसचिव गोपीकृष्ण रेग्मीलगायत छन्।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गैरसरकारी र सरकारी दुवै पक्ष मिलेर जोखिमलाई न्यूनिकरणको काममा लाग्नुपर्ने बताएका छन्।
मंगलबार मनसुन पूर्वतयारी सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा उनले गैरसरकारी, निजी क्षेत्र र राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरु सबै मिलेर जोखिम न्यूनिकरण र व्यवस्थापन गर्ने काममा लाग्नुपर्ने बताए।
उनले भने, ‘अहिले गैरसरकारी संस्था, निजी क्षेत्र र राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरु जसले जोखिम न्यूनिकरण गर्ने र व्यवस्थापन गर्ने कुरामा सहयोग गर्न सक्नुहुन्छ उहाँहरुसँग अन्तरक्रिया र छलफल गरेर सरकारी र गैर सरकारी दुईवटै क्षेत्र मिलेर जोखिमलाई न्यूनिकरण गरौं भन्ने हो।’
यस्तै, उनले मनसुनको समयमा हुने विपदका जोखिमहरु न्यूनिकरण गर्ने र विपद भयो भने त्यसको व्यवस्थापन कसरी गर्ने भनेर विपद प्राधिकरणले निरन्तर छलफल र तयारीहरु गरिरहेको पनि बताए।
उनले भने, ‘पूर्व मनसुनको अवस्थामा छौ। केही समयपछि मनसुन सुरु हुन्छ। त्यसकारण अहिले प्राधिकरणले निरन्तर रुपले मनसुनको समयमा हुने विपदका जोखिमहरु न्यूनिकरण गर्ने र विपद भयो भने त्यसको व्यवस्थापन कसरी गर्ने भनेर निरन्तर छलफल र तयारीहरु गरिरहेको छ।’
सामाग्री श्रोत :
काठमाडौँ । नेकपा एमालेकी सांसद सुनिता बरालले सूचना प्रविधि क्षेत्रलाई नेपालको आर्थिक कूटनीतिको केन्द्रमा राख्न माग गरेकी छन् ।
प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा बोल्दै उनले नेपाल विश्वव्यापी डिजिटल अर्थतन्त्रतर्फको परिवर्तनबाट आर्थिक वृद्धिको ठूलो अवसर पाउने मोडमा रहेकाले आईटी क्षेत्रलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराइन् ।
“नेपालको आर्थिक कूटनीतिमा सूचना प्रविधि क्षेत्रलाई केन्द्रमा राख्नुपर्छ,” एमालेकी सचेतक समेत रहेकी बरालले भनिन्, “हाम्रा कूटनीतिक मिसनहरूले नेपालको आईटी क्षमतालाई नेपाल बाहिर कसरी सक्रिय रुपमा प्रवर्द्धन गर्न सकिन्छ भन्ने कुरा प्राथमिकतामा राख्न जरुरी छ ।”
उनका अनुसार डिजिटल अर्थतन्त्रले परम्परागत क्षेत्रलाई उछिन्दै विश्वव्यापी जीडीपीको ४.५ प्रतिशत हिस्सा ओगटेको छ, जुन २.५ गुणा छिटो दरमा वृद्धि भइरहेको छ ।
“विश्वको ध्यान र प्राथमिकता तान्न सफल आईटी क्षेत्र हाम्रो देशको आर्थिक कूटनीतिको केन्द्रमा राखेर काम गर्न नेपाल सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छु,” उनले भनिन् ।
पछिल्लो अध्यावधिक: जेठ ६, २०८२ १२:५५
सामाग्री श्रोत :
टेक पाना

सुर्खेत–खानेपानीमन्त्री प्रदीप यादवले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सुर्खेत शिवशक्तिधाम, पञ्चपुरीस्थित पञ्चपुरी नगरपालिका वडा नम्बर १, २ र ३ मा रहेको सालकोट बृहत् खानेपानी आयोजनाको मंगलबार उद्घाटन गर्दै मन्त्री यादवले संविधानमा उल्लेख भएका जनताका आधारभूत आवश्यकता पूरा गर्न सरकार लागिपरेको बताएका हुन्।
नेपाली जनताको स्वास्थ्य र जीवनस्तर उकास्न सुरक्षित खानेपानी अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्री यादवले भने,“खानेपानी आयोजना पूरा भएसँगै स्थानीय बासिन्दालाई स्वच्छ पानीको सहज पहुँच हुनेछ, जसले स्वास्थ्य, शिक्षा र आर्थिक क्षेत्रमै सकारात्मक प्रभाव पार्नेछ।”
खानेपानीमा जनताको पहुँच पुर्याउनु सरकारको प्रमुख प्राथमिकता भएको उल्लेख गर्दै मन्त्री यादवले योजनाको निर्माण मात्र नभई तिनको प्रभावकारी कार्यान्वयनमा समेत आफू गम्भीरतापूर्वक लागिपरेको स्पष्ट पारे।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इञ्जिनियर रामुकमार श्रेष्ठले जलवायु परिवर्तनलगायत कारणले नागरिकले सुक्खा समयमा पानीको समस्या र वर्षायाममा पानीबाट हुने समस्या भोगिरहेकाले समाधानका लागि खानेपानी विभागले अग्रसरताका साथ काम गरिरहेको बताए।
उनले भने,“यस पञ्चपुरी सालकोट बृहत् खानेपानी योजनाले पञ्चपुरीवासीको आगामी ३० वर्षसम्मको खानेपानीको समस्या सामाधान गर्नेछ। सङ्घीय खानेपानी कार्यालय, प्रदेश कार्यालय, स्थानीय तह सबैको संयुक्त पहलमा यस योजनाको दिगो सञ्चालन हुने मैले विश्वास लिएको छु।”
सालकोट बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष डिल्लीराम निउरले सरकारले आयोजनालाई प्राथमिकता दिई समयमा सम्पन्न गराएकामा धन्यवाद व्यक्त गरेका थिए। उनले आगामी दिनमा यस्तो सेवा अन्य वडामा पनि विस्तार गर्न माग गरे।
सालकोट बृहत् खानेपानी आयोजनाबाट पञ्चपुरी नगरपालिकाको तीन वडाका करिब दुई हजार ७७१ घरधुरीका कम्तीमा पनि १५ हजारभन्दा बढी नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा लिइएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय सुर्खेतका निमित्त प्रमुख मनिषकुमार राजले जानकारी दिए।
कार्यक्रममा सङ्घीय सांसद हृदयराम थानी, पूर्वसांसद नवराज रावत, कर्णाली प्रदेशका सांसद विन्दमान विष्ट, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव मीना श्रेष्ठ, जिल्ला समन्वय प्रमुख गङ्गाराम सुनार, पञ्चपुरी नगरपालिकाका नगर प्रमुख लालवीर भण्डारी, पञ्चपुरी नगरपालिकाका उपप्रमुख मुक्तिदेवी रेग्मी पुरी, प्रमुख जिज्ला अधिकारी जगदीश्वर उपाध्यायलगायत स्थानीयवासी एवं जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- मानव स्वास्थ्यका लागि हानिकारक सुर्तिजन्य पदार्थमा अधिकतम मात्रामा कर वृद्धि गर्न सांसदले सुझाएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भुसालले उक्त कुरा राखेकी हुन्।
उनले सरकारलाई बुँदागत रुपमा ४ सुझाव दिएकी छिन्। उनले भनिन्, ‘अधिकतम मात्रामा कर वृद्धि गर्ने, खुल्ला बिक्री वितरणमा नियन्त्रण गर्ने, प्रयोगसम्बन्धी विज्ञापनमा प्रतिबन्ध लगाउने र पाठ्यक्रममा सुर्तीजन्य पदार्थको हानिकारक असर समावेश गर्ने बताएकी हुन्।
उनले नेपालमा सुर्तीजन्य पदार्थको सेवन निकै चुनौतीका रुपमा देखा परिरहेको बताउँदै भनिन्, ‘कुल जनसंख्याको ३२ प्रतिशतले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको तथ्यांकले देखाउँछ। युवाहरूमा भेप र हुक्काको प्रयोग बढ्दै गएको कुरा चिन्ताजनक रहेको छ। विश्वव्यापी तथ्यांक अनुसार, करिब ३० प्रतिशत क्यान्सरको कारण सुर्तीजन्य पदार्थकै सेवनबाट हुन्छ।’
सुर्तीजन्य पदार्थ सस्तो मूल्यमा सहजै उपलब्ध रहेको बताउँदै विशेषगरी शैक्षिक संस्थाहरू नजिकै रहेका चिया पसल र किराना पसलहरूमा बिक्री वितरण भइरहेको उल्लेख गरिन्।
उनले थपिन्, ‘विद्यालय पोसाकमै बालबच्चाहरू सुर्तीजन्य पदार्थको सेवन गरिरहेका भेटिन्छन्। नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण ऐन भएपनि त्यसको कार्यान्वयनमा कमजोरी रहेको छ।’
सामाग्री श्रोत :
swasthyakhabar

भारत। मुम्बईको केईएम अस्पतालमा सोमबार दुई जना कोभिड पोजिटिभ बिरामीको मृत्यु भएको छ।
तर, उनीको मृत्यु कोभिडका कारण नभई दीर्घकालीन रोगका कारण भएको चिकित्सकहरुले बताएका छन्। एक बिरामीलाई मुखको क्यान्सर र अर्कोलाई मृगौला रोग नेफ्रोटिक सिन्ड्रोम थियो। उनीहरू कोभिड संक्रमित थिए।
यसैबीच, एसियाको सिंगापुर, हङकङ, चीन र थाइल्याण्डमा कोरोनाभाइरसका केसहरू फेरि बढिरहेका छन्। यी देशहरूमा नयाँ केसहरूको संख्या बढ्दै गएको छ।
सिंगापुरमा मे १ देखि मे १९ सम्म ३ हजार कोभिडका बिरामी भेटिएका छन्। अप्रिलको अन्तिम सातासम्म यो संख्या ११ हजार १ सय थियो। यहाँ केसहरूमा २८ प्रतिशतले वृद्धि भएको जनाइएको छ।
उता, जनवरी देखि हङकङमा ८१ कोभिडका बिरामी भेटिएका छन्। जसमध्ये ३० जनाको मृत्यु भइसकेको छ भने चीन र थाइल्याण्डमा पनि अलर्ट जारी गरिएको छ।
यद्यपी यहाँ बिरामीको संख्याबारे भने केही जानकारी दिइएको छैन। भारतमा जनवरी १ देखि मे १९ सम्म २५७ केस रिपोर्ट गरिएको छ।
सामाग्री श्रोत :
काठमाडौँ । नेपाल टेलिकमको मोबाइल डेटामा समस्या देखिएको छ । अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायक टाटाको लिङ्कमा समस्या आएपछि मङ्गलबार दिउँसो केही समय सेवा प्रभावित भएको कम्पनीले जनाएको छ ।
कम्पनीका सहप्रवक्ता नवीन मिश्रले यो समस्या नेपाल टेलिकमबाट नभई अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रदायकबाट आएको बताए । उनका अनुसार दिउँसो करिब २:०३ बजे टाटाको अन्तर्राष्ट्रिय ब्यान्डविथ लिङ्क डाउन भएको थियो ।
“हाम्रो इन्टरनेसनल ब्यान्डविथमध्ये टाटाको लिङ्क डाउन भएपछि सबै ट्राफिक एयरटेलतर्फ मोडिँदा इन्टरनेट सुस्त भएको हो,” सहप्रवक्ता मिश्रले टेकपानासँग भने, “करिब २:३० बजेतिर टाटाको लिङ्क पुनः सुचारु भएपछि इन्टरनेट सेवा सामान्य अवस्थामा फर्किएको छ ।”
नेपाल टेलिकमसँग अन्तर्राष्ट्रिय ब्यान्डविथ लिङ्कका रूपमा टाटा र एयरटेल छन् । टाटाको लिङ्क डाउन हुँदा सम्पूर्ण ट्राफिक एयरटेलमा केन्द्रित भएपछि अत्यधिक चापका कारण ग्राहकले सेवा सुस्त अनुभव गरेको मिश्रले बताए ।
पछिल्लो अध्यावधिक: जेठ ६, २०८२ १६:०
सामाग्री श्रोत :
टेक पाना

एजेन्सी–बन्दुकधारीहरूले मेक्सिकोको सबैभन्दा घातक राज्यमा केही नाबालिगसहित सात जनालाई गोली हानेर मारेका छन्। त्यहाँ लागुपदार्थ कार्टेलहरूबीचको हिंसाले क्याथोलिक चर्चको निन्दा निम्त्याएको छ।
मध्य राज्य गुआनाजुआटोमा भएको यो आक्रमण स्थानीय समयानुसार सोमबार बिहान २ः०० बजे सान फेलिप सहरको एक प्लाजामा भएको थियो। त्यहाँ स्थानीय प्रहरीले गोली हानाहानको रिपोर्टपछि सबै पुरुषसहित सात शव र क्षतिग्रस्त भ्यान फेला पारेको स्थानीय सरकारले एक विज्ञप्तिमा बताएको छ।
अधिकारीहरूले त्यस क्षेत्रमा सक्रिय सान्ता रोसा डी लिमा गिरोहसँग सम्बन्धित सन्देशहरू भएका दुई ब्यानर पनि फेला पारेको विज्ञप्तिमा उल्लेख छ।
गुआनाजुआटो एक फस्टाउँदो औद्योगिक केन्द्र र धेरै लोकप्रिय पर्यटन गन्तव्यहरूको घर हो, तर आधिकारिक हत्या तथ्याङ्कअनुसार यो मेक्सिकोको सबैभन्दा घातक राज्य पनि हो।
हिंसात्मक अपराध सान्ता रोसा डी लिमा गिरोह र ल्याटिन अमेरिकी राष्ट्रको सबैभन्दा शक्तिशाली मध्ये एक जलिस्को न्यु जेनेरेसन कार्टेल बीचको द्वन्द्वसँग जोडिएको छ।
क्याथोलिक चर्चका मेक्सिकाली नेताहरूले सोमबार गोली हानाहानको निन्दा गर्दै यसलाई बहुसङ्ख्यक क्याथोलिक रहेको देशको ‘सामाजिक संरचना कमजोर हुने, दण्डहीनता र विशाल क्षेत्रहरूमा शान्तिको अभावको चिन्ताजनक सङ्केत’ भनेका छन्।
“यति धेरै समुदायलाई घाइते बनाइरहेको हिंसाको लहरमा हामी उदासीन रहन सक्दैनौँ”, मेक्सिकोका बिशपहरूको सङ्गठन मेक्सिकोको एपिस्कोपल कन्फरेन्सले एक विज्ञप्तिमा भन्यो, “गोली प्रहार पीडादायी आवृत्तिका साथ दोहोरिरहेका धेरैमध्ये एक थियो।”
डिसेम्बरमा मेक्सिकोको चर्चले युद्धरत कार्टेलहरूलाई युद्धविराम घोषणा गर्न आह्वान गरेको थियो।
आधिकारिक आँकडा अनुसार गुआनाजुआटोले गत वर्ष मेक्सिकोको कुनै पनि राज्यमा सबैभन्दा धेरै तीन हजार एक सय ५१ हत्या रेकर्ड गरेको थियो। जुन राष्ट्रिय स्तरमा हत्याको १० दशमलव पाँच प्रतिशत हो।
सन् २००६ मा सेनाले लागुपदार्थ विरुद्ध अभियान सुरु गरेयता मेक्सिकोमा करिब चार लाख ८० हजार हिंसात्मक मृत्युको सङ्ख्या पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । भारत र पाकिस्तान बीच स्थायी र पूर्ण युद्धविरामको लागि चीनले दुई देशबीच रचनात्मक भूमिका खेल्ने बताएको छ। पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दार चीनको भ्रमणमा छन्। भारत-पाकिस्तान तनावको बीचमा चीनले दुवै देशसँग सम्पर्क कायम राख्न र क्षेत्रीय शान्ति कायम राख्न समर्थन गर्ने बताएको छ ।
चीनले सोमबार भारत र पाकिस्तानबीच स्थायी युद्धविरामलाई प्रवर्द्धन गर्न रचनात्मक भूमिका खेल्ने बताएको छ। पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दार तीन दिने भ्रमणमा चीन आइपुग्दा यो भनिएको हो।
भारतको अपरेशन सिन्दूर पछि पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री मोहम्मद इशाक दारको यो पहिलो प्रमुख भ्रमण हो। मे ७ मा भारतले पाकिस्तान प्रशासित कश्मीर र पाकिस्तानमा हमला गर्यो। चीनले भारत र पाकिस्तान दुवैलाई आफ्ना महत्वपूर्ण छिमेकीको रूपमा वर्णन गर्दै दुवैसँग राम्रो सम्बन्ध कायम राख्ने कुरामा जोड दियो।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले क्षेत्रीय शान्ति र स्थिरता कायम राख्न चीनले दुवै पक्षसँग सम्पर्क कायम राख्ने बताए। उनले चीन पाकिस्तानको सदाबहार सहयोगी भएको र दुई देशबीचको सम्बन्धलाई ठूलो महत्त्व दिने पनि बताए।
यसबाहेक, माओ निङले भने ‘चीनले छिमेकी देशहरूसँगको सम्बन्ध सद्भाव, पारस्परिक लाभ र साझा भविष्यमा आधारित होस् भन्ने चाहन्छ।’ चार दिनसम्म सीमापार आक्रमण भएपछि मे १० मा भारत र पाकिस्तानबीच युद्धविराम भएको थियो।
चीनले दुवै देशलाई शान्त रहन र स्थितिलाई नबिग्रन आग्रह गरेको छ। माओले भारतको आरोपको प्रश्नलाई टार्दै भने कि पाकिस्तान द्वन्द्वमा चीनले कस्तो प्रकारको सहयोग गर्यो भन्ने बारेमा यो अनुसन्धान एक सक्षम अधिकारीबाट गरिनुपर्छ।
चीनले हालै पाकिस्तानलाई सैन्य उपकरणको आपूर्ति बढाएको छ। स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटको एक रिपोर्ट अनुसार २०२० देखि २०२४ सम्म पाकिस्तानले गरेको कुल हतियार खरिदको ८१ प्रतिशत चीनबाट भएको छ।
सामाग्री श्रोत :
भारत र पाकिस्तानबीच स्थायी युद्धविरामका लागि मध्यस्थता गर्न चीन तयार







