२०८२ आश्विन ३ शुक्रबार
२०८२ आश्विन ३ शुक्रबार

काठमाडौँ–सिंहदरबारमा संसद्को शिक्षा समिति बैठक सुरू भएको छ।  

बुधबार दिउँसो सुरु भएको बैठकमा शिक्षा उपसमितिले पेश गरेको विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनमा छलफल हुनेछ।

Ncell 2
Ncell 2

बैठकमा सदस्यहरूले आफ्नो धारणा राख्ने र त्यसपछि दफावार छलफल हुनेछ। बैठकमा शिक्षा तथा प्रविधिमन्त्री रघुजी पन्त समेत सहभागी छन्। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- संयुक्त राष्ट्रसंघको यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी संस्था युएनएएफपिए र मनकामना दर्शन प्रालीले लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्धि र सरकारी निजी साझेदारी मार्फत समुदायको सुदृढीकरणका लागि सहयोग सम्झौता गरेका छन्।

लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्यमा टेवा दिन पर्यटन क्षेत्रको एक अग्रणी संस्था मार्फत लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सम्बन्धी सूचना सामग्री क्षमता तथा रोजगार सहयोगको क्षेत्रमा काम गर्ने सम्झौता भएको हो।

काठमाडौंमा जेठ ६ मा गरिएको उक्त सम्झौतामा युएनएएफपिएको तर्फबाट याेन याेङ हङ र मनकामना दर्शन प्रणालीका तर्फबाट एशू श्रेष्ठले हस्ताक्षर गरेका छन्। 

यस समझदारी मार्फत दुवै पक्षले आगामी दुई वर्षसम्म पैरवी र क्षमता अभिवृद्धिका क्षेत्रमा सहकार्य गर्दै महिला तथा किशोरीलाई सूचना प्रदान गर्ने र हिंसा प्रभावितका लागि पुनर्स्थापनाका अवसरहरू प्रदान गर्ने वातावरण निर्माण गर्ने उल्लेख छ।

सामाग्री श्रोत :
swasthyakhabar

पर्वत। गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक गौरवको आआयोजना’अन्तर्गत पर्वतको जलजलामा निर्माणाधीन सडक छ वर्षदेखि अलपत्र बनेपछि वैकिल्पक मार्ग बनाउन थालिएको छ। जलजला गाउँपालिका–७ मिलनचोकबाट सल्यान–घायखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक आयोजना छ वर्षदेखि अलपत्र बनेको हो।

ठेकेदार कम्पनीले समयमा काम नगर्दा सडक अलपत्र बनेपछि स्थानीयले वैकिल्पक मार्ग खोल्न थालेका हुन्। उक्त खण्डअन्तर्गत मिलनचोकबाट सल्यानसम्मको तीन दशमलव ५०० मिटर गत वर्ष कालोपत्र भए पनि सोभन्दा माथिको सात दशमलव पाँच किलोमिटर सडक अलपत्र बनेको हो।

धाइरिङ्गस्थित किराखोरमा बर्सेनि झर्ने पहिरोका कारण वर्षायाममा सडक पूर्णरूपमा क्षति हुने गरेकाले वैकिल्पक मार्ग निर्माण गर्न थालिएको जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार पहिरो नपर्ने र बस्तीसमेत सुरक्षित हुने दिशातर्फबाट वैकिल्पक मार्ग खोलिएको छ।

वैकल्पिक मार्गका रूपमा सल्यानबाट घायखेतसम्मको ट्राक परिवर्तन गर्न थालिएको अध्यक्ष आचार्यले बताए। ठेकेदारले समयमा काम नगर्दा किराखोर पहिरोमा बर्सेनि समस्या बढेपछि वैकल्पिक मार्ग खोली हाल स्तरोन्नतिको काम भइरहेको उनले जानकारी दिए।

दुई किमी लामो सडकको नयाँ मार्ग जलजला गाउँपालिकाले आफ्नै लगानीमा खोलेको हो। सोही सडकमा चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट विनियोजित बजेटले स्तरोन्नति सुरु गरिएको आचार्यले बताए। टेवा पर्खाल लगाउने, ग्याबियन जाली भर्ने, घुम्ती सुधारलगायत काम भइरहेका जनाउँदै उनले स्तरोन्नति सम्पन्न भएपछि बाह्रै महिना यातायातको सुविधा पुग्ने उल्लेख गरे।

आवागमन अत्यन्तै कठिन रहेको उक्त सडकको भौगोलिक अवस्था सुधार र स्तरोन्नतिका लागि रु १० करोडको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयार गरी प्रदेश र सङ्घीय सरकारसँग बजेट माग गरिएको उनले बताए।

यो दुई किमी सडकले सल्यानबाट घायखेत जोड्ने छभने किराखोरको पहिरोतर्फको सडकमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने स्थानीय हेमनाथ आचार्यले बताए।

उनका अनुसार सडक अलपत्र पर्दा धाइरिङ्गका एक हजारभन्दा बढी परिवारले समस्या भोग्दै आएका छन्। तरकारीको पकेट क्षेत्र मानिएको धाइरिङ्गमा उत्पादित वस्तु निकासी तथा भुमे ठाकुर र जलजला जानेआउने पर्यटक तथा भक्तजनलाई समस्या पर्दै आएको उनले बताए।

विसं २०७८ मङ्सिर ५ गते निर्माण सम्पन्न गर्नेगरी विसं २०७६ मङ्सिर ६ गते रु २८ करोड १३ लाखमा १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्र गर्नेगरी ठेक्का सम्झौता भएको थियो।

सडक निर्माणको जिम्मा पाएको हिमदुङ एण्ड थोकर निर्माण सेवाले विभिन्न बाहना बनाउँदै समयमा काम नगर्दा आयोजना अलपत्र बनेको जिल्लास्थित पूर्वाधार विकास कार्यालयका कार्यालय प्रमुख सन्तोष अर्यालले जानकारी दिए। उनका अनुसार सडकको हालसम्म ६४ प्रतिशत मात्रै प्रगति भएको छ।

सडक सम्पन्न गर्न पटकपटक निर्माण व्यावसायीलाई म्याद थप गरे पनि विभिन्न बाहना बनाउँदै ढिलासुस्ती गरिरहेको प्रमुख अर्यालले बताए। उनका अनुसार कार्यालयले पटकपटक कालोसूचिमा राखेर काम सम्पन्न गर्न ताकेता गरेपनि अटेर गर्दै आएको छ।

सडक निर्माणलाई सम्पन्न नगरी अलपत्र पारेर छाडिएकाले बस्ती क्षेत्रमा पहिरोको जोखिम बढेको स्थानीय पूर्ण परियारले बताउनुभयो। उहाँका अनुसार निर्माणले निरन्तरता नपाउँदा बनाइएका संरचना पनि भत्किएर जीर्ण बनेका छन्।

यसैबीच गण्डकी प्रदेशसभाका सांसद भक्त कुँवरले उक्त सडकको अनुगमन गर्दै गौरवको आयोजना समयमा सम्पन्न हुन नसकेपछि स्थानीय पालिकाले खोलेको वैकल्पिक मार्गलाई अघि बढाउन आवश्यक बजेट विनियोजन गर्न पहल गर्ने प्रतिवद्धता जनाए। आगामी आर्थिक वर्षको बजेटमा उक्त मार्गलाई पूर्णता दिनेगरी बजेट व्यवस्थापन गरिने उनले बताए। रासस


सामाग्री श्रोत :

गौरवको आयोजना ६ वर्षदेखि अलपत्र

चितवन–चितवनलाई पर्यटकीय राजधानी वनाउन माग गरिएको छ। 

जिल्ला समन्वय समितिको अगुवाईमा यहाँका सात पालिकाले जिल्लालाई पर्यटकीय राजधानी वनाउन आग्रह गरेका हुन्।

जिल्ला समन्वय समिति चितवनको प्रमुख नारायणप्रसाद अधिकारीका अनुसार सात पालिका र सरोकारवालाको बैठकले जिल्लालाई पर्यटकीय राजधानी वनाउन अनुरोध गरेसँगै आँफूले पहल थालेको जानकारी दिए।

Ncell 2
Ncell 2

उनले भने, “आज हामी बागमती प्रदेशका मुख्यमन्त्रीलाई औपचारीक रूपमा आग्रह गर्दै छौँ।” जिल्लाका सात पालिकाका प्रमुख एबं प्रतिनिधि, निजी क्षेत्र, पर्यटन व्यवसायी, पर्यटन विज्ञ तथा सरोकारवालाले बागमती प्रदेश सरकारलाई पर्यटकीय राजधानी घोषणाको लागि सिफारिस गर्ने निर्णय गरेको हो।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सफारी पर्यटनको दृष्टीले  विश्वकै उत्कृष्ठ गन्तव्य चितवन पर्यटकीय राजधानीका लागि उपयुक्त हुने बताए। भरतपुर महानगरपालिकाले गत वर्षलाई भ्रमण वर्ष २०२४ को रूपमा मनाएको थियो।

रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले चितवन सबैभन्दा धेरै पर्यटकीय गतिविधि हुने जिल्ला भएको बताए। चितवन राष्ट्रिय निकुञ्जमा रहेको जैविक विविधता, दुर्लभ वन्यजन्तुको अवलोकन, अध्ययन तथा अनुसन्धानका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यटक यहाँ आउने गरेको उहाँ बताउछन्। 

सरकारको १०० गन्तव्यमा २० हजार ताल, पटिहानी र सोमेश्वर गढी सूचिकृत छन् भने उत्कृष्ट गन्तव्यमा मेघौलीलाई समावेश गरिएको छ। 

पर्यटन विज्ञ विश्वराज सुवेदीले पर्यटनको राजधानी लागि प्रकृति, साँस्कृति, धार्मिक र साहासिक पर्यटकीय गन्तव्य, सहज पहुँच, प्रयाप्त आवस सुविधा, पर्यटक सूचना केन्द्र तथा आवश्यक पूर्वाधार भएकाले पर्यटकीय राजधानी घोषणा गर्न योग्य रहेको बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ


काठमाडौं । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ। आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएका छन्। ग्याँस लिग भई आगलागी हुँदा क्यान्टिनमा रहेको सामान जलेर नष्ट भएको बताइएको छ। सोबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्म काठमाडौंबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार […]
सामाग्री श्रोत :

सिग्मा कलेजको क्यान्टिनमा आगलागी

काठमाडौँ। गुगलले आफ्नो सबै एआई टुलको एक्सेस दिने नयाँ सब्सक्रिप्सन मोडेल सार्वजनिक गरेको छ । मङ्गलबार आयोजित गुगल आईओ (I/O) कार्यक्रममा कम्पनीले नयाँ सब्क्रिप्सन मोडेल ‘एआई अल्ट्रा’ घोषणा गरेको हो । 

यसका लागि प्रयोगकर्ताले प्रति महिना २४९.९९ अमेरिकी डलर (करिब ३४ हजार रुपैयाँ) तिर्नुपर्नेछ । यो नयाँ प्लान लिने प्रयोगकर्ताले गुगलका एआई एप जेमिनाई, नोटबुकएलएम, व्हिस्क र नयाँ एआई भिडियो जेनेरेसन टुल ‘फ्लो’ प्रयोग गर्न सक्नेछन् । निःशुल्क यी प्लेटफर्म प्रयोग गर्दा सीमित प्रम्प्टमा मात्र काम गर्न सकिन्छ । त्यही सीमितताका कारण यी टुल प्रयोग गर्न नपाएका प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यो नयाँ सब्स्क्रिप्सन प्लान ल्याएको हो ।

‘एआई अल्ट्रा’ प्लान अन्तर्गत प्रयोगकर्ताले जेमिनाई २.५ प्रो को नयाँ रिजनिङ मोड ‘डिप थिङ्क’ पनि प्रयोग गर्न पाउनेछन् । यो मोडेल ‘अत्यन्त जटिल’ गणित र कोडिङका लागि डिजाइन गरिएको हो । यसले क्रोममा जेमिनाईको एक्सेस दिने कम्पनीले जनाएको छ । यसले गर्दा यो नयाँ सब्स्क्रिप्सन लिने प्रयोगकर्ताले आफ्नो ब्राउजरभित्रै त्यसको छेउमा जेमिनाई एआई प्रयोग गर्न सक्नेछन् । 

यो नयाँ सब्स्क्रिप्सन लिने प्रिमियम सदस्यले गुगलको एआई अनुसन्धान प्रोटोटाइप ‘प्रोजेक्ट मेरिनर’ पनि प्रयोग गर्न सक्नेछन् । यसले एकै पटकमा १० ओटासम्म काम स्वचालित रूपमा गर्न सक्छ । खासगरी जानकारी खोज्ने, बुकिङ गर्ने र विभिन्न प्रडक्ट खरिद गर्ने काम यो टुलले गर्न सक्छ । 

‘एआई अल्ट्रा’ योजना खरिद गर्ने प्रयोगकर्ताले युट्युब प्रिमियम पनि प्रयोग गर्न सक्नेछन् । त्यस्तै गुगल फोटोज, ड्राइभ र जीमेलमा ३० टीबीसम्मको स्टोरेज पनि पाउने कम्पनीले उल्लेख गरेको छ । यो नयाँ सब्स्क्रिप्सन मोडेल मङ्गलबारदेखि अमेरिकामा उपलब्ध भइसकेको छ भने कम्पनीले अन्य देशमा पनि विस्तार गर्न सुरु गरेको छ ।

गुगलले प्रति महिना १९.९९ डलर पर्ने ‘एआई प्रो’ प्लान पनि अपग्रेड गरेको छ । यसले अब भिडिओ जेनेरेसन टुल ‘फ्लो’ र क्रोममा जेमिनाईमा अतिरिक्त शुल्क बिनै एक्सेस दिनेछ । अर्थात यो प्लान गर्ने प्रयोगकर्ताले फ्लोमा एआई भिडिओ तयार पार्न सक्नेछन् । अपग्रेड गरिएको ‘एआई प्रो’ प्लान पहिले अमेरिकामा र त्यसपछि अन्य प्रयोगकर्ताका लागि उपलब्ध हुने गुगलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ७, २०८२ १२:३३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन्।

पदभार ग्रहणपछि पहिलो निर्णयका रुपमा पाँच सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा उनले हस्ताक्षर गरेका हुन्।

Ncell 2
Ncell 2

पदभार ग्रहणपछि उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए। मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जानेछौं’ गभर्नर पौडेलले भने।

गभर्नरका अर्का आकांक्षी राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा स्वीकृतिको विषय भने आन्तरिक भएको उनले बताएका छन्।


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्व पौडेलबीच भेटवार्ता भएको छ। बुधबार बिहान अर्थ मन्त्रालयमा पुगेर गभर्नर पौडेलले अर्थमन्त्री पौडेलसँग भेट गरेका हुन्।

सो अवसरमा अर्थमन्त्री पौडेलले नवनियुक्त गभर्नरलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। उनले वित्तीय नीति र मौद्रिक नीतिबीच समन्वय कायम गरी अघि बढ्ने बताउँदै गभर्नर पौडेलले अर्थतन्त्र र मौद्रिक क्षेत्रमा देखिएका समस्याहरू समाधानमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

नवनियुक्त गभर्नर पौडेलले अर्थ मन्त्रालयले देशको अर्थतन्त्रको नेतृत्व गर्ने र नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत वित्तीय नीति कार्यान्वयनमा सहयोग पुर्‍याउने बताए। उनले वित्तीय क्षेत्रको प्रभावकारिता अभिवृद्धिका लागि राष्ट्र बैंकको नियामकीय र सुपरीवेक्षकीय क्षमता वृद्धिमा जोड दिने प्रतिबद्धता व्यक्त गरे।

भेटका अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, राजस्व सचिव दिनेशकुमार घिमिरेलगायतले गभर्नर पौडेललाई बधाई तथा शुभकामना दिएका थिए।


सामाग्री श्रोत :

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटवार्ता

काठमाडौँ । ह्वावेले फोल्डिङ स्क्रिन भएको नयाँ ल्यापटप सार्वजनिक गरेको भोलिपल्टै अमेजनले पनि यस्तै डिभाइसको तयारी गरिरहेको समाचार बाहिर आएको छ । सप्लाई चेनसम्बन्धी सूचना दिने विश्वसनीय स्रोत मिङ-ची कुओका अनुसार अमेजनले पनि ह्वावेकै जस्तै ल्यापटप विकास गरिरहेको छ । कुओ प्रायः एप्पलसम्बन्धी सूचनामा विशेषज्ञ मानिन्छन् ।

‘मेटबुक फोल्ड अल्टिमेट’ मोडेलको ह्वावे ल्यापटपको स्क्रिन फोल्ड गर्दा १३ इन्चको ल्यापटप जत्तिकै देखिन्छ भने अनफोल्ड गर्दा १८ इन्चको स्क्रिन उपलब्ध हुन्छ ।

यस्तै फोल्डिङ स्क्रिन भएको ल्यापटपमा एप्पलले पनि काम गरिरहेको चर्चा गरिन्छ । कुओका अनुसार एप्पलको यस्तो ल्यापटप सन् २०२७ वा २०२८ तिर मात्रै ठुलो परिमाणमा उत्पादनमा जानेछ । अमेजनले भने त्यसभन्दा एक वर्ष अघिदेखि अर्थात् सन् २०२६ वा २०२७ तिर उत्पादन सुरु गर्ने अनुमान गरिएको छ ।

तर, यी ल्यापटपहरू कुन अपरेटिङ सिस्टममा चल्ने भन्नेबारे अझै स्पष्ट भइसकेको छैन । अमेजनले विन्डोज रोज्छ कि आफ्नै फायर ओएस प्रयोग गर्छ भनेर खुलाइएको छैन । त्यस्तै, एप्पलले म्याकओएस प्रयोग गर्ने कि आईप्याडओएस भन्ने प्रश्न पनि उठिरहेको छ ।

यस्तो प्रविधिको उपकरण बजारमा आउन अझै केही समय लाग्ने भए पनि आगामी महिनाहरूमा थप जानकारीहरू पक्कै आउला ।

 

पछिल्लो अध्यावधिक: जेठ ७, २०८२ ९:१४





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य पाँच हजारले बढेको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि परेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँमा कारोवार भइरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोवार भएको थियो । 

Ncell 2
Ncell 2

यस्तै चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको एक हजार ९९० मा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ९ सय ४० रुपैयाँमा कारोवार भएको थियो । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट