
ढोरपाटन (बागलुङ)। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रप्रति जनतामा नयाँ आशा पलाएको बताएका छन्। मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा बागलुङको बुर्तिबाङ आएका उनले यहाँ आयोजित आमसभालाई सम्बोधन गर्दै पार्टी नयाँ गतिमा अगाडि बढिरहेको उल्लेख गरे।
मध्यपहाडी जनजागरण अभियानमा आमनागरिकको गुनासा र सुझाव ग्रहण गर्दै पार्टी अगाडि बढिरहेको बताउँदै अध्यक्ष दाहालले यो अभियानले देशमा नयाँ राजनीतिक वातावरण बनाउने विश्वास व्यक्त गरे। पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले आगामी दिनमा राष्ट्रिय एकतालाई सुदृढ गर्दै किसान, मजदुरका, उत्पीडन वर्गका समस्या समाधानमा केन्द्रित हुने वातवरण बनाउने उल्लेख गरे।
आफू प्रधानमन्त्री हुँदा देशमा ठूला परिवर्तन भएको भन्दै अध्यक्ष दाहालले राष्ट्रिय गौवरको आयोजना मध्यपहाडी लोकमार्गसहित अन्य कतिपय योजना तत्कालीन समयमा थालनी गरेको दाबी गरे। मध्यपहाडी लोकमार्गले मध्यपहाडमा बस्ने लाखौँ जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको उनले विश्वास व्यक्त गरे।
अध्यक्ष दाहालले भने, ‘नेपालमा स्वच्छ र स्वस्थ राजनीति गर्ने परिपाटीको विकास भएको छैन। अबमा दिनमा सबै राजनीतिक दल इमान्दारीपूर्वक जनताका पक्षमा केन्द्रित हुनुपर्ने जरुरी छ। पार्टीले सुरु गरेको मध्यपहाडी जनजगरण अभियानमा माओवादी केन्द्रप्रति जनताको आशा पलाएको पाएका छौँ। यो यात्रा आमनागरिकको सुझाव ग्रहण गर्ने र पार्टीलाई मजबुत बनाउनका लागि हो।’
पछिल्लो समय देशमा भ्रष्टाचार मौलाउँदै गएको बताउँदै उनले यसलाई न्यूनीकरण गर्न पार्टीले खबरदारी गर्दै आएको उल्लेख गरे।
सामाग्री श्रोत :
काठमाडौँ । कर्णाली प्रदेशका विभिन्न स्थानमा नेपाल टेलिकमको सेवा प्रभावित भएको छ । कोहलपुर चिसापानी क्षेत्रमा आएको हावाहुरीका कारण कोहलपुर-सुर्खेत ३३ केभी विद्युत् लाइन अवरुद्ध भएपछि दूरसञ्चार सेवा प्रभावित भएको कम्पनीले जनाएको छ ।
नेपाल टेलिकम प्रादेशिक कार्यालय, सुर्खेतका अनुसार २०८२ जेठ ७ गतेदेखि कर्णाली प्रदेश अन्तर्गतका केही जिल्लाहरूमा वायरलेस (टुजी/थ्रीजी/फोरजी) तथा वायरलाइन (एफटीटीएच) सेवाहरू सञ्चालनमा कठिनाइ आएको हो ।
विद्युत् आपूर्ति नहुँदा आवश्यक ब्याट्री तथा पावर ब्याकअप उपकरणहरू न्यून भई केही सेवा अवरुद्ध भएको कम्पनीको भनाइ छ । सेवा सञ्चालनमा ल्याउने प्रयासस्वरूप कतिपय स्थानका उपकरणहरू सक्रिय गरिएको र अन्य स्थानमा पोर्टेबल जेनेरेटरको माध्यमबाट सेवा पुनः सञ्चालन गर्ने प्रयास भइरहेको बताइएको छ ।
पछिल्लो अध्यावधिक: जेठ ८, २०८२ १६:३२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ–सगरमाथा संवादको सन्देशसहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फिर्ता भएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्याललाई एक तह बढुवा गरिएको छ।
सगरमाथाको सफल आरोहण गरी साहसिक कार्य गरेबापत सशस्त्र प्रहरी बल नेपालले उनलाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव निरीक्षक पदमा पदोन्नति गरेको हो।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले बिहीबार सशस्त्र प्रहरी नायव निरीक्षक पदमा बढुवा भएका छत्याललाई दर्ज्यानी चिन्ह प्रदान गर्नुका साथै सगरमाथा सफल आरोहणको बधाई समेत दिए। महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूले सगरमाथा आरोहण गर्न सक्छु भन्ने भावना लिई साहसिक कार्य गर्दा सबैमा हौसला मिल्ने चर्चा गर्दै सगरमाथा आरोहण गर्ने व्यक्तिको मात्र नभई देश र संगठनको नाम समेत उच्च रहने बताए।
उनले सगरमाथा लगायतका हिमालहरू आरोहण गर्ने आट, साहस र हौसला सबैमा प्रदान होस् भन्ने विश्वास प्रकट गर्नुहुँदै आगामी वर्षदेखि सशस्त्र प्रहरी बल नेपालका सबै प्रदेश कार्यालयहरूमा हिमाल आरोहण गर्ने अभियान नै सुरु गर्ने बताए।
यही जेठ ४ गते बिहान ९ः२० बजे उनले सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए। सशस्त्र प्रहरी नायव निरीक्षक छत्याल सगरमाथा आरोहण लागि वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं– चन्द्रागिरि नगरपालिका–४ स्थित थानकोटमा २५ श्ययाको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत भएको छ।
जर्मन सरकारको आर्थिक एवम् प्राविधिक सहयोगमा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ‘स्याटेलाइट’ अस्पतालका रुपमा सो स्थानमा नयाँ अस्पताल बन्न लागेको हो।
यसका लागि जर्मन विकास बैंक ( केएफडब्लु) ले प्रारम्भिक खाका स्वीकृत गर्दै विस्तृत खाकाको तयारी थालेको जानकारी नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र चन्द्रागिरि नगरपालिकालाई जानकारी गराएको छ।
यो खाकाकोे तयारीसँगै अव भवन बनाउन बोलपत्रको बाटो खुला भएको छ भने छिट्टै बोलपत्र आह्वान हुने जनाइएको छ। विस्तृत खाका तयार गर्नका लागि स्थलगत अध्ययन गर्न केएफडब्लुको केन्द्रिय कार्यालय जर्मनको बर्लिनबाट उच्चस्तरीय टोलीले बुधबार अस्पताल बन्न लागेको स्थानको अवलोकन एवम् चन्द्रागिरि नगरपालिकाका प्रमुखसहित अन्य जननिर्वाचित प्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, जनस्वास्थ्य शाखा एवं अन्य उच्च प्राविधिक कर्मचारीसँग छलफलसमेत गरेको छ।
छलफलमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले अस्पताल बनाउन नगरपालिकाले आवश्यक सहजीकरण गर्दै आएको र आगामी दिनमा सहजीकरण जारी राख्ने जानकारी सो उच्च स्तरीय टोलीलाई दिए। उनले नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नगरपालिका र केएफडब्लुबीचका अस्पतालका विषयमा भूमिका स्पष्ट पारिसकिएको बताए।
उहाँले भन्नुभयो, “केएफडब्लुले अस्पतालको प्रारम्भिक खाका स्वीकृत गरेकामा धन्यवाद दिन चाहन्छु। अब म अस्पतालको विस्तृत खाका तयार गर्न र बोलपत्र आह्वान गरेर थप काम सुरु गर्न आग्रह गर्दछु।”केएफडब्लु टोलीका मिसेल स्वीपर, प्राडा योर्क ह्युकेल्बक, रेबिक्का ट्रेइगर, निकोल आना पास्कल जिनेन र स्टुआर्ट किङले छलफलका क्रममा राख्नुभएको जिज्ञासालाई नगर प्रमुख गिरीले जवाफ दिँदै विशेषज्ञ अस्पताल बनाउन स्थानीय सरकारले आवश्यक सबै समन्वय गर्ने गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
छलफलमा नगर उपप्रमुख बसन्ती श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, नगरप्रवक्ता एवं चन्द्रागिरि–४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गी, सामाजिक विकास समितिका संयोजक एवम् चन्द्रागिरि–१५ का वडाध्यक्ष घनश्याम लुइँटेल, चन्द्रागिरि–११ का वडाध्यक्ष नरेन्द्रराज श्रेष्ठ, चन्द्रागिरि–५ का वडाध्यक्ष राजेन्द्र महर्जनलगायत कार्यपालिका सदस्य एवं उच्चतहका कर्मचारीको उपस्थिति थियो।
सामाग्री श्रोत :
swasthyakhabar
सुर्खेत । सुर्खेत विमानस्थल थप दुई दिन गरिएको छ। विमानस्थलको धावनमार्ग (रनवे) मा खाल्डो परेपछि मंगलबारदेखि बन्द गरेर निर्माण थालिएको थियो।
पहिले खाल्डो परेको ठाउँमा मर्मतको काम सकिएपछि अर्को ठाउँमा पनि जमिनमुनीबाट पानी निस्किएपछि थप दुई दिन बन्द गरी काम थालिएको विमानस्थल प्रमुख हिराजन काफ्लेले जानकारी दिए।
विहीबारदेखि विमानस्थल सुचारु गर्ने योजना भए पनि अर्को ठाउँको समस्याले फेरी दुई दिनका लागि विमानस्थल बन्द गरिएको काफ्लेले बताए।
‘पहिले भ्वाङ (खाल्डो) परेको ठाउँको मर्मत सकिए पनि नजिकै १० मिटरको दुरीमा पुनः अर्को ठाउँमा जमुनीमुनीबाट पानी निस्किएको छ,’ काफ्लेले भने, ‘दुई दिनमा काम सकेर विमानस्थल सञ्चालन सञ्चालनमा ल्याउने प्रयासमा छौ। खाल्डो परेको रनवे क्षेत्र यसअघि बस्ती उठाएर विस्तार गरिएको क्षेत्र हो।
नेवार स्कुलतर्फको उत्तरी क्षेत्रको रनवेमा खाल्डो परेपछि मंगलबारदेखि विमानस्थल बन्द गरेर काम थालिएको थियो।
शनिबारदेखि नियमित उडान र अवतरण गराउने गरी निर्माणको काम भइरहेको विमानस्थलले जानकारी दिएको छ। सुर्खेत विमानस्थलबाट बुद्ध र श्री एयरलायन्सले दैनिक चार उडान सुर्खेत–काठमाडौं–सुर्खेत रुटमा उडान भर्दै आएका छन्।
सामाग्री श्रोत :
काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय सवारी (ईभी) मा फेरि कर बढ्ने आशंकाले व्यवसायीहरूमा अन्योल बढेको छ । पछिल्लो समय चोभार सुक्खा बन्दरगाह, रसुवा र तातोपानी नाकामा ठुलो संख्यामा ईभी थुप्रिन थालेका छन् । व्यवसायीहरूका अनुसार सरकारले बजेटमार्फत पुनः कर बढाउने सम्भावना रहेकाले अग्रिम रूपमा सवारीसाधन भित्र्याउन थालिएको हो ।
विगत वर्षहरूमै सरकारको कर नीतिले बजारमा व्यापक प्रभाव पारेको छ । आर्थिक वर्ष २०७७/७८ मा भन्सार महसुल ४० प्रतिशतबाट घटाएर १० प्रतिशत र अन्तःशुल्क ६० प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरेपछि ईभीको आयातमा तीव्र वृद्धि भएको थियो । सोही वर्ष करिब १,७०० ईभी नेपाल भित्रिएकोमा त्यसपछिका दुई वर्षमा क्रमशः ३,५०० र ५,६०० युनिट भित्रिएका थिए । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो नौ महिनामै ६,७०० भन्दा बढी ईभी भित्रिएको भन्सार विभागले जनाएको छ ।
तर, आर्थिक वर्ष २०८१/८२ मा सबै क्षमताका ईभीमा पुनः कर वृद्धि गरिएको छ । ५० किलोवाटभन्दा कम क्षमताका गाडीमा भन्सार महसुल १० बाट बढाएर १५ प्रतिशत र अन्तःशुल्क ५ प्रतिशत लागु गरिएको छ । ५० देखि १०० किलोवाट क्षमताका ईभीमा भन्सार महसुल १५ बाट बढाएर २० प्रतिशत र अन्तःशुल्क १५ प्रतिशत कायम गरिएको छ ।
यस्तै, ११ सिटे भ्यानमा १० प्रतिशत कर लगाइएको छ भने १६ सिटसम्मका सार्वजनिक सवारीसाधनमा भन्सार र अन्तःशुल्क दुवैमा १०-१० प्रतिशत कर लागु गरिएको छ । यसले सार्वजनिक गाडीको मूल्य करिब १० लाख रुपैयाँले महँगो भएको व्यवसायीहरू बताउँछन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल, नेपाल चेम्बर अफ कमर्सलगायतका संस्थाहरूले सरकारले आगामी बजेटमा कर नबढाउन माग गरेका छन् । नाडाले ५० किलोवाटसम्मका गाडीमा भन्सार महसुल ५ प्रतिशत र अन्तःशुल्क शून्य कायम गर्नुपर्ने सुझाव दिएको छ । त्यसैगरी, ५०-१०० किलोवाट क्षमताका गाडीमा भन्सार महसुल १० प्रतिशत कायम गर्नुपर्ने माग गरिएको छ ।
व्यवसायीहरूका अनुसार ईभीको प्रयोग बढेमा पेट्रोलियम पदार्थको आयात घट्ने, वातावरण स्वच्छ हुने, स्वदेशी विद्युतको उपयोग बढ्ने र हरित कोषमार्फत वैदेशिक लगानी समेत आकर्षित हुने सम्भावना छ ।
नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक यातायातमा प्रयोग हुने ईभीहरू वातावरणमैत्री र स्वरोजगार प्रवर्द्धक भएकाले कर नबढाउन सुझाव दिएको छ । “विद्युतमै आधारित भएर सञ्चालन हुने यी सवारीसाधनले तेलको आयात घटाउने र आर्थिक गतिविधि विस्तारमा सहयोग पुर्याउने छन्,” उसको सुझावपत्रमा उल्लेख छ ।
हाल ललितपुर, पोखरा, धरान लगायतका पालिकाहरूले सार्वजनिक सेवामा ईभी प्रयोग गर्न थालेका छन् । देशभर ६० भन्दा बढी चार्जिङ स्टेसन स्थापना भइसकेको छ । तर, ईभीको कार्यक्षमता, चिसो मौसममा ब्याट्रीको प्रभाव, दोस्रो बजारको अभाव र वित्तीय पहुँचजस्ता चुनौती भने कायमै छन् ।
पछिल्लो अध्यावधिक: जेठ ८, २०८२ १५:४६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं–साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सेचेञ्ज (नेप्से)मा वृद्धि भएको छ।
बिहीबार सेयर बजार १९.४० अंकले बढ्दै २६८९ विन्दुमा पुगेर बन्द भएको छ। योसँगै कारोबार रकम झण्डै १० अर्ब नजिक पुगेको छ।
बिहबिार भएको कारोबारमध्ये १०४ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ। यस्तै, १४२ कम्पनीको मूल्य गिरावट हुँदा एक कम्पनीको सेयर मूल्य स्थिर भएको छ।
कारोबारका आधारमा आज ओम मेगाश्री फार्मास्युटिकल लिमिटेड कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। एनआइसी एशिया बैंक र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कम्पनीको मूल्य ८ प्रतिशतले बढेको छ।
यस्तै, एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। जसमा बाराही हाइड्रो पावर पब्लिक लिमिटेडको सेयर मूल्यमा सबैभन्दा बढी गिरावट आएको हो।
आज नौ अब अर्ब ८२ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ। यो अघिल्लो दिनको तुलनामा गिरावट आएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनलाई मेटास्टेटिक प्रोस्टेट क्यान्सरको निदान भएको छ। उनलाई पिसाबसम्बन्धी समस्या बढ्दै गएको कारण परीक्षण गर्दा प्रोस्टेटमा गाँठो (नोड्युल्स) देखिएको थियो।
यो गाँठो डिजिटल रेक्टल परीक्षण (डिआरइ) मार्फत पत्ता लाग्ने सम्भावना उच्च हुन्छ। डिआरइ परीक्षणमा चिकित्सकले औंला मार्फत मलाशयबाट प्रोस्टेट ग्रन्थिलाई महसुस गर्छन्। सामान्यतः स्वस्थ प्रोस्टेट चिल्लो र ओखर आकारको हुन्छ। तर, प्रोस्टेटको समस्या देखिएपछि गाँठो कडा, उठेको र अनियमित महसुस हुन्छ —औंलाको जोर्नी जस्तै।
यस्ता सबै गाँठो क्यान्सरकै सङ्केत हुन् भने हुँदैन — केही गाँठो बिनाइन प्रोस्टेट हाइपरप्लासिया (बिपिएच) वा प्रोस्टेटमा ढुङ्गा (क्याल्सिफिकेसन) जस्ता अन्य कारणले पनि हुन सक्छ।तर, बाइडेनको हकमा पिएसए (प्रोस्टेट- इस्पेसिफिक एन्टिजेन) परीक्षण, इमेजिङ तथा बायोप्सी लगायत थप परीक्षणपछि प्रोस्टेट क्यान्सर पुष्टि भएको हो। पछि गरिएको स्क्यानमा क्यान्सर हड्डीमा फैलिएको पाइएपछि यसलाई उच्च जोखिमयुक्त मेटास्टेटिक प्रोस्टेट क्यान्सर भनेर भनिएको हो।
के हो मेटास्टेटिक प्रोस्टेट क्यान्सर?
‘मेटास्टेटिक’ भन्नाले क्यान्सर कोशिकाहरु आफ्नो स्थानबाट शरीरका अन्य अंग तथा भागमा फैलिएको अवस्था हो। बाइडेनको प्रोस्टेट क्यान्सर हड्डीमा फैलिएको छ।
सामान्यतया प्रारम्भिक चरणको प्रोस्टेट क्यान्सरको उपचारपछि ५ वर्षे जीवनदर लगभग १०० प्रतिशत हुन्छ। तर, मेटास्टेटिक अवस्थामा यो जीवनदर झरेर लगभग ३७ प्रतिशतमा पुग्छ। यद्यपि, यी तथ्याङ्क औसत हुन् र व्यक्तिगत स्वास्थ्य, उमेर, क्यान्सरको प्रकृति र उपचारको प्रभावकारिता माथि निर्भर गर्छन्।
ग्लीसन स्कोर के हो?
प्रोस्टेट क्यान्सरको गम्भीरता मापन गर्न ग्लीसन स्कोर प्रयोग गरिन्छ, जुन ६ देखि १० सम्मको हुन्छ।
स्कोर ६–७: ढिलो बढ्ने, कम आक्रामक क्यान्सर
स्कोर ८–१०: छिटो फैलिने, अत्यन्त आक्रामक क्यान्सर
बाइडेनको ग्लीसन स्कोर ९ रहेको छ, जुन अत्यन्त आक्रामक क्यान्सरको सङ्केत हो, जसलाई तत्काल उपचार आवश्यक हुन्छ।
उपचार विकल्पहरू
बिनाइन (नफैलिएको) प्रोस्टेट क्यान्सर प्रायः प्रोस्टेटको शल्यक्रिया (प्रोस्टेक्टोमी) वा रेडिएसन थेरापी द्वारा उपचार गर्न सकिन्छ। तर, मेटास्टेटिक प्रोस्टेट क्यान्सरमा उपचारको उद्देश्य रोग निको पार्ने होइन, लक्षण कम गर्नु, क्यान्सर अझ फैलिनबाट रोक्नु र जीवनस्तर सुधार गर्नु हो।
प्रमुख उपचारहरू:
हर्मोन थेरापी (एडिटी): टेष्टोस्टेरोन नियन्त्रण गरी क्यान्सरको वृद्धि रोक्ने।
केमोथेरापी: क्यान्सर बढ्नबाट रोक्ने औषधिहरू।
रेडिएसन थेरापी: विशेष गरी हड्डीमा फैलिएको क्यान्सरमा दुखाई र लक्षण कम गर्न।
इम्युनोथेरापी र जीन-आधारित उपचार: शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय पार्ने वा जेनेटिक लक्ष्यहरूमा आधारित उपचार।
सहायक उपचार: दुखाइ नियन्त्रण, थकान र जीवनस्तर सुधार गर्न।
थकान, यौन कार्यमा परिवर्तन, गर्मी हुने, चिडचिडापन हुने, मुड स्विङ, मांसपेशी गुम्ने आदि जस्ता यी उपचारहरुका कारण देखिन सकिने साइड इफेक्टहरु हुन्।
लक्षणहरू के-के हुन सक्छन्?
पिसाब वा वीर्यमा रगत देखिनु
बारम्बार पिसाब लाग्नु
राति सुतेको बेला पनि पिसाब आएर बिउँझिनु
पिसाब सुरु गर्न गाह्रो हुनु
अनियन्त्रित पिसाब बग्नु
कम्मर, हड्डी दुख्नु
थकान, तौल घट्नु र कमजोरी महसुस हुनु
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं । सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सुझाव कार्यान्वयनको लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुब्बा गुरुङले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सुझाव कार्यान्वयनको लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ स्वीकृत गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
यस्ता छन् मन्त्रिपरिषद्का निर्णहरु
१. उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सुझाव कार्यान्वयनको लागि तयार गरिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना, २०८२ स्वीकृत गर्ने।
२. २०८२ जेठ १० गतेदेखि ११ गतेसम्म अष्ट्रियाको भियनामा सञ्चालन हुने Global Forum for Human Trafficking Survivors-Voice of Resilience मा नायब महान्यायाधिवक्ता श्री संजीवराज रेग्मीलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने।
३. नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा डा. विश्वनाथ पौडेल, चितवनलाई नियुक्त गर्ने।
४. २०८२ जेठ ११ गतेदेखि १९ गतेसम्म जनवादी गणतन्त्र चीनमा आयोजना हुने Fourth Dialogue on Exchanges and Mutual Learning among Civilizations कार्यक्रममा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीलाई स्वीकृति दिने।
५. नवनिर्मित चारलेनको महाकाली पुल आसपास महाकाली नदीको बिच भागमा जम्मा भएको नदीजन्य पदार्थ हटाई व्यवस्थापन गर्ने तथा बाढीजन्य विपद् न्यूनीकरणका लागि आवश्यक पर्ने अस्थायी नदी नियन्त्रणको कार्य नेपाली सेनामार्फत गराउन स्वीकृति प्रदान गर्ने।
६. नेपाली सेना, सैनिक प्राविधिक सेवा, सैनिक स्वास्थ्य समूह अन्तर्गत मेडिकल उपसमूहका एकजना महासेनानीको पदावधि थप गर्ने।
७. २०८२ जेठ १५ गतेदेखि १७ गतेसम्म Dushanbe, Republic of Tajikistan मा आयाजना हुने Leaders round Tables of the International Conference on Glaciers Preservation कार्यक्रममा सहभागी हुन वन तथा वातावरण राज्यमन्त्री माननीय रुपा वि.क.लाई स्वीकृति प्रदान गर्ने।
८. अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समिति ९पाँचौ संशोधन० आदेश, २०८२ स्वीकृत गर्ने।
९. सुर्खेत उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको १२६५८।६० बर्गमीटर जग्गा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशको प्रशासकीय भवन निर्माण प्रयोजनमा उपयोग गर्नका लागि कर्णाली प्रदेश सरकारलाई उपलब्ध गराउन स्वीकृति दिने।
सामाग्री श्रोत :
काठमाडौँ – मन्त्रिपरिषद् बैठकका नौ वटा निर्णय सार्वजनिक भएका छन्।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले बिहीबार पत्रकार सम्मेलन गरी बैठकका निर्णय सार्वजनिक गरेका हुन्।
सार्वजनिक निर्णयमा नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलको नियुक्तिदेखि केही मन्त्रीको विदेश भ्रमण स्वीकृति र नेपाली सेनाका महासेनानीको पदावधि थप्नेसम्म छन्।
यस्तो छ सूची :
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ