२०८२ आश्विन २ बिहीबार
२०८२ आश्विन २ बिहीबार

उदयपुर– उदयपुरको कटारी नगरपालिका–४ गबुवाकी १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । 

शनिबार बेलुका बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा कटारी–४ गबुवाका २५ वर्षीय राजकुमार तामाङ, १९ वर्षीय पुजन श्रेष्ठ, २० वर्षीय नवीन श्रेष्ठ र २० वर्षीय जीवन तामाङ पक्राउ परेका हुन् ।

Ncell 2
Ncell 2

पीडित बालिकाले ईलाका प्रहरी कार्यालयमा दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी हरिहरनाथ योगीले बताए । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी योगीले बताए ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

मुगु । नेपालकै प्रमुख पर्यटकीय केन्द्र रारामा १३ हजारभन्दा बढी पर्यटक पुगेका छन्। गत वर्ष साउनदेखि यही वैशाख मसान्तसम्म उनीहरूले रारा क्षेत्रको भ्रमण गरेका हुन्।

रारा राष्ट्रिय निकुञ्जको कार्यालयका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेले दिएको जानकारीअनुसार गत वैशाख मसान्तसम्म रारा घुम्न आएका पर्यटक सङ्ख्या हेर्दा विगत वर्षभन्दा यो वर्ष बढेको देखिएको छ। सो अवधिमा आन्तरिक पर्यटक १२ हजार ७६१, सार्क राष्ट्रका ४५ र अन्य देशका २०८ जनाले राराको भ्रमण गरेका छन्।

आर्थिक वर्ष २०८०/८१ मा १७ हजार २९७ पर्यटकले राराको भ्रमण गरेका थिए। तर यस वर्ष वैशाखमै १३ हजार बढी पर्यटक रारा पुगेकाले असार मसान्तसम्म अझै बढने र गत वर्षभन्दा बढी पर्यटक रारा पुग्ने आश गरिएको अधिकृत न्यौपानेले बताए।

यस्तै विभिन्न शीर्षकमा रु ४४ लाख ९१ हजार राजस्व संकलन भएको छ। रारा राष्ट्रिय निकुञ्जको कार्यालयले यही जेठ ५ गतेसम्म विभिन्न शीर्षकमा सो राजस्व संकलन गरेको हो। यसमध्ये पर्यटन शुल्कबाट रु ३१ लाख २७ हजार राजस्व उठेको छ। रारा घुम्न आउने पर्यटकमध्ये आन्तरिकतर्फ प्रति व्यक्ति रु एक हजार, सार्क राष्ट्रका नागरिकलाई रु एक हजार ५०० र विदेशी अन्य देशका नागरिकलाई रु तीन हजार पर्यटन शुल्क तोकेको छ।

सडक स्तरोन्नति नहुँदा रारा आउन सास्ती

राज्यले रारा पुग्ने सडक कर्णाली राजमार्ग र नाग्म–गमगढी सडक स्तरोन्नति गरे पर्यटकको सङ्ख्या बढ्ने रारा मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष विष्णुबहादुर रावल बताउछन्।

उनी भन्छन्, “सडकको अवस्था नाजुक छ, ठूला गाडी गुड्न सडक साँघुरो छ, सडक पानी पर्दा हिलाम्य र घाम लाग्दा धुलाम्य हुन्छ। रारा विमानस्थलमा नियमित हवाइ उडान हुने हो भने कर्णाली प्रदेशकै आर्थिक अवस्थामा सुधार आउने देखिन्छ।”

रारामा पर्यटकमैत्री भौतिक पूर्वाधारको अभाव छ। त्यसैले रारामा अझ बढी पर्यटक भित्र्याउन र पर्यटकको बसाइ लम्ब्याउन सरकारले बृहत् रारा विकास प्राधिकरण गठन गरी यहाँको विकासका लागि कदम चाल्नुपर्छ। रासस


सामाग्री श्रोत :

१० महिनामा १३ हजार पर्यटक रारा पुगे

काठमाडौं । कपिराइटको निहुँमा अत्यधिक रकम असुलेको (हप्ता असुली गरेको) आरोप लगाउँदै एसियन न्युज इन्टरनेसनल (एएनआई) विरुद्ध भारतीय कन्टेन्ट क्रियटरहरू एकजुट भएका छन् । कन्टेन्ट क्रियटरले आफ्नो भिडिओमा प्रयोग गरेको केही सेकेन्डको फुटेजलाई लिएर एएनआईले कपिराइट स्ट्राइक हान्ने र पछि च्यानल बन्द गर्ने धम्की दिएर मोटो रकम (फिरौती) माग्ने गरेको भन्दै उनीहरू एक भएका हुन् ।

४१ लाखभन्दा बढी सब्सक्राइबर भएका भारतीय युट्युबर मोहक मङ्गलले आइतबार एक भिडियो सार्वजनिक गरेपछि यो विवाद सतहमा आएको छ । भिडिओमा मोहकले एएनआईले कसरी फिरौती रकम मागिरहेको छ भन्दै प्रमाणसहित विस्तृत जानकारी दिएका छन् ।

मोहकका अनुसार उनका दुई ओटा भिडिओमा ११ सेकेन्डभन्दा कम समयको क्लिप प्रयोग गर्दा एएनआईले कपिराइट स्ट्राइक लगाएको छ । उनले २० मेमा कोलकाता बलात्कार प्रकरणसम्बन्धी भिडिओका लागि पहिलो कपिराइट स्ट्राइक पाएका थिए । मोहकले एएनआईको ११ सेकेन्डको फुटेज प्रयोग गरेका थिए । त्यसको केही दिनपछि ‘अपरेसन सिन्दूर’ नामक अर्को भिडिओमा पनि कपिराइट स्ट्राइक आयो । यो ३८ मिनेट लामो भिडिओमा रक्षामन्त्री राजनाथ सिंह देखिएको जम्मा ९ सेकेन्डको फुटेज प्रयोग गरिएको उनको दाबी छ । 

युट्युबको नियमानुसार कुनै च्यानलमा तीन ओटा कपिराइट स्ट्राइक आएमा उक्त च्यानल स्वतः मेटिन्छ ।

मोहकले अगाडि भने, “एएनआईले हामीसँग आठ ओटा कपिराइट लगाउने विकल्प भएको धम्की दिँदै च्यानल बन्द हुनबाट जोगाउन ४० लाख भारतीय रुपैयाँ फिरौती तिर्न वा एक वर्षका लागि एएनआईको महँगो सब्सक्रिप्सन लिनुपर्ने दबाब दिइरहेको छ ।”

यसपछि मोहकको टिमले एएनआईका एक प्रतिनिधिसँग सम्पर्क गरेको थियो । मोहकले नयाँ भिडिओमा कुराकानीको रिक्रियसन अडियो राखेका छन् । त्यसमा एएनआईका कर्मचारीले फुटेज ‘कति लामो समय प्रयोग भयो’ भन्दा पनि अनुमति बिना प्रयोग गरेको कारण स्ट्राइक लगाइएको स्पष्ट पारेका थिए ।

पछि ईमेलमार्फत कुराकानी हुँदा एएनआईले वार्षिक ४८ लाख भारतीय रुपैयाँ र त्यसमाथि जीएसटी (वस्तु तथा सेवा कर) समेत तिर्न माग गरेको थियो । यदि उक्त रकम भुक्तानी नगरिए च्यानल नै मेटाइदिने धम्की दिइएको मोहकले आफ्नो भिडिओमा खुलासा गरेका छन् । च्यानल डिलिट नै भए पनि आफू फिरौती रकम नतिर्ने भन्दै उनले प्रमाणसहित सूचना तथा प्रसारण मन्त्रालयलाई पत्र पठाएका छन् । उनले भिडिओमा ईमेलको ननुना राख्दै अन्य क्रियटरलाई पनि सप्रमाण ईमेल पठाउन अनुरोध गरेका छन् ।

एएनआईको यस्तो कार्यप्रति अन्य भारतीय कन्टेन्ट क्रियटरहरूले पनि सामाजिक सञ्जालमा व्यापक विरोध जनाइरहेका छन् । अधिकांश क्रियटरले भने आफूहरू मोहकको साथैमै भएको भन्दै आड दिइरहेका छन् । चर्चित युट्युबर ध्रुव राठीले उक्त भिडिओमा कमेन्ट गर्दै लेखेका छन्, “तपाईंलाई पूर्ण समर्थन छ । यस्तो लाग्छ कि एएनआईले जबर्जस्ती असुलीको धन्दा चलाइरहेको छ । सबै क्रियटर यसको विरुद्ध एकजुट हुन आवश्यक छ ।”

अर्का चर्चित युट्युबर नितिश राजपुतले पनि मोहकलाई सान्त्वना दिंदै युट्युबले क्रियटरको हितमा काम गर्नुपर्ने धारणा राखेका छन् । “युट्युबले यस्तो कदम चाल्नुपर्छ जसले गर्दा वर्षौंको कडा मिहिनेतपछि क्रियटरले आफूलाई असहाय महसुस गर्न नपरोस्,” राजपुतले कमेन्ट गर्दै लेखेका छन् ।

अर्का युट्युबर थगेशले आफ्नो अनुभव बाँड्दै एएनआईले दुई सेकेन्डको क्लिप प्रयोग गरे बापत १५ लाख मागेको दाबी गरेका छन् । 

भारतीय कमेडियन तथा युट्यबर कुनाल कम्राले एएनआईलाई युट्युबले प्रतिबन्ध लगाउनुपर्ने माग राखेका छन् । उनले लेखेका छन्, “युट्युब इन्डियालाई जवाफदेही बनाउनुपर्छ र कन्टेन्ट क्रियटरलाई ब्ल्याकमेल गरेको आरोपमा एएनआईलाई आफ्नो प्लेटफर्मबाट प्रतिबन्ध लगाउनुपर्छ । प्लेटफर्म क्रियटरले बनाउँछन्, एएनआई जस्ता चोरहरूले होइन ।”

मोहकको भिडिओपछि इन्टरनेटमा एएनआईका डिजिटल च्यानल ब्लक गर्ने, अनसब्स्क्राइब गर्ने र कन्टेन्ट क्रियटरको समर्थन गर्दै कमेन्ट गर्ने ट्रेन्ड बढेको छ ।

यसअघि अन्य क्रियटरले पनि च्यानल बन्द हुनबाट जोगाउन एएनआईलाई लाखौं रकम बुझाएको समाचार आइरहेका छन् ।

पछिल्लो अध्यावधिक: जेठ ११, २०८२ २१:१९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–  नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१÷८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै सेयर धितो कर्जाको जोखिम भार शतप्रतिशतमा झारेको हो ।

Ncell 2
Ncell 2

केन्द्रीय बैंकले सेयर बजार तथा घरजग्गाको लगानी अनुत्पादक हुने भएकाले जोखिम उच्च हुने भन्दै जोखिम भार बढाएको थियो । तर, नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत सेयर बजारको जोखिम भार १२५ प्रतिशतलाई घटाई सयमा झारेका हुन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । नेपाल समाजवादी पार्टीको संयोजकमा गंगानारायण श्रेष्ठ चुनिएका छन्। आइतबार सहअध्यक्ष श्रेष्ठले केन्द्रीय समिति पुनर्गठन गरी नेतृत्व आफ्नो हातमा लिएका हुन्।

ललितपुरस्थित एकान्तकुनामा बसेको पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी केन्द्रीय समिति पुनर्गठन गरी सहध्यक्ष गंगानारायण श्रेष्ठलाई संयोजक तोक्ने निर्णय गरेको हो। बैठकले गत ३ चैत्र २०८० मा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको पार्टी एकता संयोजन समितिको संयुक्त बैठकले गरेको ३ बुँदे निर्णयको आधारमा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय पनि गरिएको छ। माओवादी केन्द्रसँग १२ जेठमा एकता गरिने संयोजक श्रेष्ठले जानकारी दिए।

१२ जेठमा ललिपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११:३० मा माओवादी केन्द्र र नेसपाका बिचमा एकता घोषणा गरिने भएको छ।

पूर्व सहमती अनुसार माओवादी केन्द्रसँग एकता गर्नबाट तत्कालिन अध्यक्ष महिन्द्र राय यादव पछि हटेपछि श्रेष्ठ एकताको प्रक्रियामा अघि बढेका हुन्। २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना श्रेष्ठको पक्षमा उभिएका छन्।

त्यसैगरी १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना केन्द्रीय सदस्य एकताको पक्षमा उभिएका संयोजक श्रेष्ठले जानकारी दिए।


सामाग्री श्रोत :

नेसपा संयोजकमा गंगा श्रेष्ठ चुनिए, भोलि माओवादी केन्द्रसँग एकता हुँदै

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ मा ल्याउने कार्यक्रमका लागि सर्वसाधारणसँग सुझाव मागेको छ । यसका लागि छुट्टै अनलाइन पोर्टल सार्वजनिक गर्दै महानगरले अनलाइन सुझाव सङ्कलन गर्न लागेको हो । 

काठमाडौँमा आगामी आर्थिक वर्षका लागि कस्ता कस्ता आयोजना ल्याउन चाहेको हो प्रतिक्रिया दिन सर्वसाधारणलाई महानगरले अनुरोध गरेको छ । यहाँ क्लिक गरेर महानगरको नीति तथा कार्यक्रम र बजेटमा आफ्ना सुझाव दिन सकिन्छ । यस पोर्टलमार्फत महानगरका विभिन्न विभाग तथा कार्यक्रमका लागि सुझाव दिन सकिने बताइएको छ। 

सुझाव जुनसुकै व्यक्तिले पनि दिन सक्ने विकल्प दिइएको छ । सुझाव दिँदा आफ्नो विवरण गोप्य राख्न वा सम्पर्क नम्बर र ठेगानाहरू उपलब्ध गराउन पनि सकिन्छ । सुझावसँगै सम्बन्धित कागजातहरू छन् भने त्यो पनि अपलोड गर्न सकिने व्यवस्था उक्त पोर्टलमा छ । 

पोर्टलबाट नागरिकले १५ जेठसम्म आफ्ना सुझाव तथा प्रतिक्रिया पठाउन सक्नेछन् । त्यहाँ आएका सुझावलाई समेटेर महानगरपालिकाको आगामी बजेटका साथै नीति तथा कार्यक्रम बन्नेछ । 

नागरिकका चाहना, साझेदार, सरोकारवालाका अपेक्षालाई नीति, बजेट तथा कार्यक्रममा समेट्ने उद्देश्यले अनलाइनबाट सुझाव तथा प्रतिक्रिया सङ्कलन गर्न लागिएको महानगरले जनाएको हो । महानगरका पूर्वाधार, आर्थिक, सामाजिक, कार्यालय सञ्चालन, प्रशासन, सुशासन लगायतका विषयमा सुझाव दिन सकिन्छ । 

पछिल्लो अध्यावधिक: जेठ ११, २०८२ १६:२७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं–नेकपा एमालेले विद्यार्थी संगठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने भएको छ। 

केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको हो। उमेर हद लगाउने निर्णयसँगै सचिवभन्दा माथिका सबै पदाधिकारी बाहिरिने छन्।

नेतृत्वको स्वभाविक दावेदार रहेका उपाध्यक्षहरू धर्म गिरी, मर्यादा बिष्ट, नारायण घर्ती र गोविन्द गिरी उमेर हदका कारण संगठनबाट बाहिरिनेछन्।अध्यक्ष पदका बलिया दाबेरदार रहेका महासचिव नरेश रोकाया पनि उमेर हदका कारण संगठनबाट बाहिरिनेछन्।

सचिवहरू मनोज ताम्ली, सञ्जीव धिताल, आशिर्वाद सुवेदी र विनिता काफ्ले पनि उमेर हदका कारण संगठनबाट बारिने भएका छन्।

३२ वर्ष उमेर नकटेका सचिवहरु दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई र अञ्जना सिवाकोटीले भने नेतृत्वमा दावी गर्न सक्नेछन्। अर्थात् उमेर हदका कारण यी जना पदाधिकारी स्वभाविक नेतृत्वको दाबेदार बनेका छन्।

Ncell 2
Ncell 2

अनेरास्ववियुको आगामी २५–२८ जेठमा महाधिवेशन हुँदैछ। कीर्तिपुरमा हुने यही महाधिवेशनबाट उमेर हद लगाउने एमालेले निर्णय गरेको छ। बैठक स्रोतका अनुसार पार्टी सचिव योगेश भट्टराईले आगामी महाधिवेशनबाट लागू हुनेगरी निर्णय गर्न प्रस्ताव गरेका थिए।

अहिले अध्यक्ष हुने भनेर खालको तयारी धेरै अगाडि बढाइसकेका छन्, अर्कोपटक लागू गर्दा कसो होला ?’, सचिव भट्टराईले विकल्प प्रस्तुत गरेका थिए।

तर अध्यक्ष केपी शर्मा ओलीले यही महाधिवेशनबाट उमेर हद लगाएर जानुपर्ने निर्णय सुनाए।


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

भरतपुर– न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा भरतपुर देशकै संघिय अस्पतालहरुमा प्रथम भएको छ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले गरेको  मुल्याङ्कनमा ८८ प्रतिशत अङ्क सहित  भरतपुर अस्पताल देशकै पहिलो अस्पताल बनेको हो। 

मन्त्रालयले देशभरीका १५ वटा संघिय अस्पतालमा यो अनुगमन गरेको थियो। 

मन्त्रालयका वरिष्ठ कन्सल्ट्यान्ट डा. फणिन्द्र बरालले उत्कृष्ट अङ्क सहित भरतपुर अस्पतालले ‘ग्रिनजोन’ स्टिकर प्राप्त गरेको जानकारी दिए। ‘ग्रिनजोन’ स्टिकर ८५ प्रतिशत भन्दा वढी अङ्क ल्याउने अस्पताललाई मात्रै दिइने गरिन्छ । ‘ग्रिनजोन’ स्टिकर  पाउने भरतपुर अस्पताल एक मात्रै अस्पताल भएको उनले  जनाए। 


 

‘अस्पतालको सेवा प्रवाहको तयारी अवस्थाको मूल्याङ्कनमा भरतपुर अस्पताल देशकै उत्कृष्ट अस्पताल बन्यो’, उनले भने।  मन्त्रालयका अनुगमन टिमका सदस्य समेत रहनु भएका डा. बरालले अस्पतालले दिने सुशासन तथा ब्यवस्थापन, चिकत्सकिय सेवा र फोहोर मैला लगाएतका वस्तुहरुको ब्यवस्थापनमा अन्तर्गत पर्ने सहयोगी सेवाका आधारमा न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गर्ने गरिएको बताउनुभयो । यो हरेक वर्ष मन्त्रालयले गर्ने गर्दछ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश वुढाथोकीको नेतृत्वमा रहेको टिमले भरतपुर अस्पतालको अनगमन गरेको थियो। 

मन्त्रालयका वरिष्ठ कन्सल्ट्यान्ट तथा अनुगमन समितिका सदस्य डा. दिपेन्द्र पाण्डेले यो अनगमन मूल्याङ्कनका आधारमा मात्रै अस्पतालको सेवा सुविधापूर्ण रुपमा सुधारिएको भन्न नसकिने बताउनुभयो । 
“मूल्याङ्कन रिपोर्टले  अस्पतालको सेवा सुविधामा सुधार आएको भन्दा पनि सेवा प्रवाहको तयारी अवस्थामा उत्कृष्ट छ भन्दा राम्रो होला”, उनले भने। 

भरतपुर अस्पतालका अध्यक्ष राजु पौडेलले  निरन्तर र सकरात्मक प्रयत्नले मात्रै नतिजा राम्रो आएको प्रतिकृया दिए।  


 

‘अस्पतालको सेवा सुविधा  सुधारकालागि हामीले काम गरि रहेका छौँ अहिले त्यै नतिजा देखिएको हो’, उनले भने। 

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले गुणस्तरीय सेवामा आफूहरु निरन्तर लागिरहेको बताए। 

‘अस्पतालको सिङ्गो टिम नै सेवा सुधारमा लागि रहेको छ । जसको परिणाम राम्रो आयो’, उनले भने। 

देशकै संघीय असपताल मध्येको एक भरतपुर अस्पताल देशकै मध्यभाग भरतपुरमा रहेको छ। यो अस्पतालले विभिन्न विशिष्टकृत सेवा दिदै आएको छ। 

मन्त्रालयले गरेको अनुगमनमा यो अस्पतालले हरेक वर्ष जसो आफूलाई स्तरवृद्धि गराउँदै आएको छ । मन्त्रालयका अनुसार २०७८ को अनुगमनमा ५२ प्रतिशत, २०७९ को अनुगमनमा ६२ प्रतिशत, २०८० को अनुगमनमा ६४ प्रतिशत, २०८१ को अनुगमनमा ७७ प्रतिशत र २०८२ को अनुगमनमा ८८ प्रतिशत अङ्क प्राप्त भएको मन्त्रालयले जनाएको छ।  


 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेश प्रक्रियागत रुपमा त्रुटि रहेको निष्कर्ष निकालेको छ ।

आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेशलाई कानुनी रुपमा स्वीकार गर्ने भन्दै प्रक्रियागत रुपमा भने त्रुटि रहेको निष्कर्ष निकालेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

सर्वोच्चको आदेशमा त्रुटि र कमजोरी भेटिएको भन्दै उहाले यस बिषयमा सार्वजनिक रुपमा बहस गर्ने उल्लेख गरे। यद्धपी अदालतको आदेश प्रति आफूहरूको सम्मान नै रहेको र त्यसलाई कानूनी रुपमा मान्न तयार रहेको उनले बताए।

त्यस्तै बैठकले हालै अध्यागमन बिभागमा भएको भ्रष्टाचारले वर्तमान सत्ता गठबन्धनको औचित्य पुष्टि हुँदै गएको ठहर गरेको छ। कार्यवाहक प्रवक्ता झाले अरु दलका नेतालाई प्रमाणित नगरेरै थुनामा राख्ने तर पुरानो दललाई थुनामा राख्न प्रमाणित हुनुपर्ने अवस्था देखिएको जिकिर गरे।

उनले देशमा सुशासनका लागि आन्दोलनमै जानुपर्ने अवस्थाका बारेमा पनि बैठकमा छलफल भएको जानकारी दिए। झाले आगामी संसद बैठकमा रास्वपा विभिन्न विषयमा सशक्त रुपमा प्रस्तुत हुने बताए। मंगलबार बस्ने संसद बैठक सामान्य नहुने उनले बताए।


सामाग्री श्रोत :

लामिछानेको निवेदनमा सर्वोच्चको आदेश प्रक्रियागत रुपमा त्रुटिपूर्ण रहेको रास्वपा निष्कर्ष

काठमाडौँ । भिजिट भिषाको दुरुपयोग गरेको आरोप लागेका एमालेका नेता तथा गृहमन्त्री रमेश लेखकको विषयमा बोल्दै एमालेका महासचिव शंकर पोखरेलले सोसल मिडिया र आमसञ्चार माध्यममा आएका टिप्पणीका आधारमा फैसला नहुने अभिव्यक्ति दिएका छन् । 

आइतबार बसेको एमालेको पार्टी केन्द्रीय सचिवालय बैठकपछि बसेको पत्रकार सम्मेलनमा उनले पार्टीको तर्फबाट यस्तो प्रतिक्रिया दिएका हुन् । 

महासचिव शंकर पोखरेलले कुनै पनि घटनाको अनुसन्धान गर्ने छुट्टै निकाय हुने भएका कारण सञ्चार माध्यम वा सोसल मिडियाका माध्यमबाट पार्टीले अभियोजन गर्ने हक नराख्ने स्पष्ट पारे । 

“कुनै पनि विषयमा अनुसन्धान गर्ने अभियोजन गर्ने निकायहरू छन् । हामी आम सञ्चार माध्यम वा सोसल मिडियाका माध्यमबाट अभियोजन गर्ने हक राख्दैनौँ,” उनले भने, “राजनीतिक दलहरू सुशानको पक्षमा पैरवी गर्दछन् । अनुसन्धान गर्ने निकाय अनुसन्धान गर्दछन् । दोषी देखिएकाहरू कारबाहीमा पर्छन् । सोसल मिडिया र आम सञ्चार माध्यममा के टिप्पणी भयो भन्ने आधारमा फैसला हुँदैन ।” 

पछिल्लो अध्यावधिक: जेठ ११, २०८२ १८:३९





सामाग्री श्रोत :
टेक पाना

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट