काभ्रेपलाञ्चोक- ‘एनपीए इन्टरनेशनल कन्फरेन्स २०२५’ काठमाडौं विश्वविद्यालय, धुलिखेलमा यही २९ देखि ३१ मे २०२५ सम्म हुने भएको छ। सम्मेलनमा फार्मास्युटिकल विज्ञान, परम्परागत चिकित्सा तथा फार्मेसी अभ्याससम्बन्धी विषयमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन आयोजना हुँदैछ।
नेपाल फर्मास्युटिकल एसोसिएसन (एनपीए) को आयोजनामा र काठमाडौं विश्वविद्यालयको सहकार्यमा हुन लागेको यो सम्मेलनमा नेपाल, चीन, बंगलादेश, भारत, फिलिपिन्सलगायतका देशका विज्ञ तथा अनुसन्धानकर्ताहरूको सहभागिता रहने एनपीएका महसचिव सञ्जीव शर्मा कट्टेलले बताएका छन्।
कार्यक्रमको उद्घाटन एनपीएका अध्यक्ष ललित मोहन पन्तको अध्यक्षतामा र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा अच्युतप्रसाद वाग्ले को प्रमुख आतिथ्यमा हुनेछ। उद्घाटन समारोहमा राष्ट्रिय गान, स्वागत मन्तव्य र औपचारिक उद्घाटन कार्यक्रम पनि समावेश गरिएको छ।
सम्मेलनमा चार प्रमुख वैज्ञानिक सत्र सञ्चालन हुनेछन्, जसमा विषयगत अनुसन्धान र छलफल गरिनेछ। फार्मास्युटिकल साइन्स सत्र, परम्परागत चिकित्सा सत्र फार्मास्युटिकल व्यवस्थापन र नीति
र फार्मेसी अभ्यास सत्र रहने कट्टेलले बताए।
फार्मास्युटिकल साइन्स सत्रमा अध्यक्षता प्राडा फाङ यी र सह-अध्यक्षता प्राडा रजनी शाक्यले गर्ने यस सत्रमा बायोइक्विभालेन्स परीक्षण, एन्टि-एचआईभी यौगिकहरू, लिपिड न्यानोक्यारियर्स, र मेटल कम्प्लेक्सहरूको बायोएक्टिभिटीबारे अनुसन्धान प्रस्तुत गरिनेछ।
अर्को परम्परागत चिकित्सा सत्र रहेको छ। प्राडा लिमेल लिन र प्राडा शुनशियाङ लिको संयोजनमा सञ्चालन हुने यस सत्रमा चिनियाँ तथा नेपाली चिकित्सा प्रणाली, औषधीय वनस्पति र जडिबुटीको आधुनिक चिकित्सामा प्रयोगबारे गहन अनुसन्धान प्रस्तुत गरिनेछ। प्राडा धर्म खनालले नेपालको परम्परागत चिकित्सा अभ्यासमाथि कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।
फार्मेसी अभ्यास सत्रमा ‘गुड फार्मेसी प्राक्टिस’ र मधुमेह तथा उच्च रक्तचापजस्ता दीर्घरोगको व्यवस्थापनमा फार्मासिस्टहरूको भूमिकाबारे अनुसन्धान प्रस्तुत गरिनेछ। सत्रको संयोजन मिस ईवा टेरासाल्मी र डा योलान्डा रोब्लेसले गर्नेछन्। त्यसैगरी फार्मास्युटिकल व्यवस्थापन र नीति सत्रको अध्यक्षता प्राडा उपेन्द्र नागैच र सह-अध्यक्षता एसोसिएट प्राडा गुलाम मोहम्मद खानले गर्नेछन्।
कार्यक्रमको अन्तिम दिन विद्यार्थी तथा अनुसन्धानकर्ताहरूका लागि पोस्टर प्रस्तुति सत्र आयोजना गरिनेछ, जसमा उनीहरूले आफ्ना अनुसन्धान दृश्यात्मक रूपमा प्रस्तुत गर्नेछन्। समापन सत्रमा आयोजकहरूले यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले नेपालमा फार्मेसी शिक्षा, अनुसन्धान र वैज्ञानिक सहकार्यलाई प्रवर्द्धन गर्ने विश्वास एनपीएको रहेको छ।
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। नेपाली कांग्रेसका नेता एवम पूर्वमहामन्त्री डा.शशांक कोइरालाले गृहमन्त्री रमेश लेखकमाथि लागेको आरोप गलत भएको बताएका छन्।
सोमबार पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा आयोजित पदाधिकारी एवम पूर्वपदाधिकारी बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै डा.कोइरालाले लेखकको बचाउ गरेका हुन्।
लेखकले बैठकमा भिजिट भिषा प्रकरणबारे स्पष्ट कुरा राखेकाले उनीमाथि आरोपमात्र लागेको डा.कोइरालाको भनाइ थियो। बैठकमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने पार्टीभित्रकै नेताहरुलाई कारबाही गर्नुपर्छ भन्ने अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिएको पनि उनले बताए।
बैठकमा डा.शेखर कोइराला, डा.सुनिल शर्मा र राजेन्द्र बजगाईंले गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर अभिव्यक्ति दिएकाले कारबाहीको कुरा उठेको पनि डा.शशांकले बताए।
‘हामीले सभापतिलाई उनीहरूलाई बोलाउनुस् र के भएको हो सोध्नुस् भनेका छौं। सभापतिजीले पनि स्पष्टीकरण लिनेबारे हुन्छ वा हुन्न भन्नु भएको छैन्, हेर्छुमात्रै भन्नुभएको छ,’ उनले भने। तीन जना नेतालाई स्पष्टीकरण सोध्नैपर्ने डा.शशांकको भनाइ थियो।
सामाग्री श्रोत :
गृहमन्त्रीको राजीनामा माग्ने नेताहरुमाथि स्पष्टीकरण सोध्ने कुरा भएको छः शशांक कोइराला
काठमाडौँ । चिनियाँ स्मार्टफोन कम्पनी भिभोले फोटोग्राफी प्रेमीलाई लक्षित गर्दै ‘भिभो भी ५० लाइट’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यो फोनलाई भी सिरिजको हालसम्मकै उच्च ब्याट्री क्षमता र फोटोग्राफीमा केन्द्रित प्रविधियुक्त मोडलको रूपमा प्रस्तुत गरेको छ ।
६,५०० एमएएचको ब्लु वल्ट ब्याट्री रहेको फोनमा ९० वाटको फ्ल्यास चार्ज प्रविधि दिइएको छ । ६.७७ इन्चको १२० हर्ज अल्ट्रा भिजन पी–ओलेड डिस्प्ले सहित फोनमा प्रिमियम डिजाइन, ग्लो रिङ क्यामेरा मोड्युल र हाई-ग्लास मेटालिक फ्रेम जस्ता विशेषता छन् ।
भी ५० लाइटमा ५० मेगापिक्सेलको सोनी आई मुख्य क्यामेरा र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । साथै, एआई इरेज, एआई फोटो इनह्यान्स जस्ता स्मार्ट फोटोग्राफी टुलले प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउने कम्पनीको दाबी छ ।
प्रोसेसरका हिसाबले फोन मिडियाटेक डाइमेन्सिटी ६३०० (फाइभजी) र स्न्यापड्रागन ६८५ (फोरजी) गरी दुई भेरियन्टमा उपलब्ध छ । ८ जीबी र्याम + २५६ जीबी स्टोरेज भएको मोडलको मूल्य ३७,९९९ रुपैयाँ र १२ जीबी र्याम + २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ४५,९९९ रुपैयाँ तोकिएको छ ।
सार्वजनिक कार्यक्रममा भिभो नेपालका ब्रान्ड एम्बेसडर पारस खड्काको उपस्थिति रहेको थियो भने कमेडियन एलन जङ थापा, आयुष श्रेष्ठ, अपूर्व क्षितिज सिंह र बीटी कान्छाले प्रस्तुति दिएका थिए ।
पछिल्लो अध्यावधिक: जेठ १२, २०८२ १५:४८
सामाग्री श्रोत :
टेक पाना
एजेन्सी–गाजामा शरणार्थीहरु बसोबास गरिहको एक विद्यालयलगायतका स्थानमा सोमबार भएको इजरायली आक्रमणमा कम्तिमा ५२ जनाको मृत्यु भएको उद्धारकर्ताहरूले बताएका छन्।
गाजाका नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमुद बासलले भने, “विद्यालयमा भएको आक्रमणमा कम्तिमा ३३ जना मारिएका र उनीहरुमध्ये अधिकांश बालबालिका भएको बताउनुभएको छ।”
उहाँका अनुसार सयौं मानिसहरू शरण लिइरहेको ‘फाहमी अल–जरजावी स्कूल’मा भएको आक्रमणमा ३३ जनाको मृत्यु भएको र ६० जनाभन्दा बढी घाइते भएका छन्।
त्यसैगरी, उत्तरी गाजा पट्टीको जबालिया शहरमा रहेको अब्द रब्बो परिवारको घरलाई लक्षित गरी आज बिहान लडाकू विमानले आक्रमण गर्दा कम्तीमा १९ जनाको मृत्यु भएको बासलले बताए।
इजरायलले आफ्नो गाजा आक्रमणलाई विस्तार गरेको छ र हमासको पराजयको उद्देश्यको रूपमा दशौं हजार पूर्व सैनिक तथा सुरक्षकर्मीलाई सक्रिय बनाएको छ।
गाजा पट्टीमा लगभग तीन महिनाको मानवीय आपूर्तिको नाकाबन्दीपछि हिंसाको तीव्रताले इजरायलविरूद्ध अन्तर्राष्ट्रियस्तरमा आलोचना भइरहेको छ।
गत हप्ता म्याड्रिडमा विश्वका नेताहरूले युद्धको अन्त्यका लागि आह्वान गरेका थिए भने मानवीय संस्थाहरूले उपलब्ध सहयताले गाजामा भोक र स्वास्थ्यको सङ्कट रोक्न पर्याप्त नभएको बताएका छन्।
इजरायली सेनाले ‘फाहमी अल–जरजावी’ स्कूलमा हमास र इस्लामिक जिहादको कमान्ड र नियन्त्रणको केन्द्रभित्र काम गर्ने प्रमुख आतङ्ककारीहरूलाई आक्रमण गरेको बताएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अभियानमा इजरायललाई गरेको समर्थन सकेसम्म चाँडो रोक्ने बताएका छन्।
यस्तै अरब र युरोपेली राष्ट्रहरूलाई द्वन्द्वको अन्त्यका लागि स्पेनका विदेश मन्त्री जोसे म्यानुएल अल्बारेजले इजरायलमाथि हतियार प्रतिबन्ध लगाउन आह्वान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। नेपाली यात्रुहरूको यात्रालाई अझ सहज र विशेष बनाउने उद्देश्यसहित, नेपालको प्रमुख अनलाइन ट्राभल प्लेटफर्म sastotickets.com ले अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त प्रिमियम लगेज ब्रान्ड Swiss Military सँग आधिकारिक सहकार्य घोषणा गरेको छ । यस साझेदारीमार्फत गुणस्तरीय ट्राभल ब्याग तथा लगेजहरू अब निक्कै किफायती मूल्यमा उपलब्ध हुनेछन् ।
यस विशेष सहकार्य अन्तर्गत, सस्तो टिकेट्समार्फत फ्लाइट बुक गर्ने यात्रुहरूलाई स्विस मिलिट्री को लगेज तथा ब्याकप्याक कलेक्सनमा ४०% सम्म छुट प्राप्त हुनेछ । सस्तो टिकेट्स मार्फत टिकट काटिसकेपछी यात्रुहरूलाई छुट प्राप्त गर्न विशेष लिंक तथा क्युआर कोड इमेलमार्फत प्राप्त हुनेछ, जसको प्रयोग गरी उनीहरूले स्विस मिलिट्रीको प्रिमियम उत्पादनमा आकर्षक छुट पाउन सक्नेछन् ।
विश्वभर टिकाउ र स्टाइलिश ट्राभल गियरको लागि परिचित स्विस मिलिट्रीले हालै नेपालमा आफ्नो आयात तथा वितरण कार्य सुरु गरेको छ । यो जसले नेपाली बजारमा उच्च गुणस्तर र भरपर्दो सामानको ग्यारेन्टी दिने उद्देश्य बोकेको छ, स्विस मिलिट्रीले आफ्ना उत्पादनहरुमा १० वर्षको वारेन्टी समेत प्रदान गर्दै आएको छ । नेपालको बजारमा यस्तो वारेन्टी र आर्कषक छुट सुविधा पहिलोपटक आएको हो ।
स्विस मिलिट्री नेपालका प्रतिनिधि वासु सर्राफ भन्छन्, “नेपालको अग्रणी अनलाइन ट्राभल एजेन्सी सस्तो टिकेट्ससँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौं । हाम्रो उद्देश्य यात्रुको समग्र यात्रा अनुभवलाई उचाइमा पु¥याउनु हो । उनीहरूलाई स्विस मिलिट्रीको विश्वस्तरीय लगेज किफायती मूल्यमा उपलब्ध गराउनु हो ।”
सस्तो टिकेट्सका मार्केटिङ प्रमुख विशाल दाहाल ले पनि यस सहकार्यमा उत्साह व्यक्त गर्दै भने, “हाम्रो उद्देश्य सधैं नेपाली यात्रुहरूलाई सस्तो, सहज र भरपर्दो यात्रा सेवा प्रदान गर्नु हो । पछिल्लो ८ वर्षमा हामीले ग्राहकहरूको विश्वास जित्दै उत्कृष्ठ ब्रान्ड निर्माण गरेका छौं । स्विस मिलिट्रीसँगको यो सहकार्य मार्फत हामीले हाम्रा ग्राहकहरूलाई यात्रा सुरु हुनु अघि नै अझ उत्कृष्ट अनुभव दिन खोजेका हौं ।”
नेपालको ट्राभल तथा ई–कमर्स क्षेत्रमा यो पहिलो प्रकारको सहकार्य हो, जसले उत्कृष्ट उत्पादनलाई सहज अनलाइन बुकिंगसँग जोड्ने नयाँ अभ्यास सुरु गरेको छ । दुबै कम्पनीहरूले भविष्यमा पनि यस्तै नविन र भ्यालु एडिसन गर्ने थप योजनाहरू ल्याउने प्रतिबद्धता जनाएका छन् ।
यहाँ स्मरणीय छ यो छुट पाउन ग्राहकले www.sastotickets.com/offers वा स्विस मिलिट्रीको आधिकारीक विक्री कक्ष जहाँबाट पनि स्विस मिलिट्रीका लगेज तथा ब्याग प्याक खरिद गर्नसक्नेछन् ।
सामाग्री श्रोत :
सस्तो टिकेट्स र स्विस मिलिट्रीबीच सहकार्य-लगेज किन्दा ४० प्रतिशत छुट
काठमाडौँ । निद्रा नपर्दा होस् या मन बेचैन हुँदा । जब जब मानसिक स्वास्थ्यमा केही समस्या भएको महसुस हुन्छ, त्यसलाई शान्त बनाउन धेरैले ध्यानसँग सम्बन्धित सङ्गीत सुन्ने गर्छन् । तनाव झनै बढ्दै जाँदा विशेषज्ञहरूको नै सहारा लिने क्रम बढेको छ ।
यही ध्यानसँग बढ्दो आकर्षणलाई महसुस गर्दै सम्मोहनकर्ता गौरव सिटौलाले ध्यानमा सघाउनका लागि गत वर्षबाट काठमाडौँको हाडीगाउँमा ‘ग्रोथ हब नेपाल’ कम्पनी खोले । जसमार्फत डिप्रेसन तथा एन्जाइटीजस्ता मानसिक समस्या भोगिरहेका व्यक्तिलाई ध्यान गराउन थाले ।
त्यस बेलामा ध्यानका विभिन्न कोर्स गराइरहँदा अङ्ग्रेजी भाषामा ती कोर्सहरू अनलाइनमा भेट्टाएको बिरामीहरूले बताउँथे । तर त्यो धेरै प्रभावकारी नभएकाले नेपाली भाषामा नै ध्यानका विभिन्न कोर्स ल्याउन उनीहरूले माग गरेको सिटौला बताउँछन् ।
उनी भन्छन्, “मैले पनि हेड स्पेस नामको मेडिटेट एप प्रयोग गरेको थिएँ । तर नेपाली भाषामा भने ध्यानसँग सम्बन्धित एपहरू बनेका थिएनन् । त्यसैले हामीले एप बनाउने निर्णय गर्यौँ ।” त्यसैले कम्पनीको सुरुवाती दिनमै एप बनाउने निर्णयमा पुगेको र यही महिना (मे, २०२५) मा ‘मेडिटेट नेपाल’ एप सार्वजनिक गरेको उनी सुनाउँछन् ।
यो एप नेपालकै पहिलो मेडिटेसनसँग सम्बन्धित एप रहेको उनको दाबी छ । उक्त एप गुगल प्लेस्टोर र एप्पल स्टोरमा उपलब्ध छ । यहाँ क्लिक गरेर एप डाउनलोड गर्न सकिन्छ ।
आफ्ना बिरामीहरूले अङ्ग्रेजी भाषाबाट मेडिटेसनका कक्षा लिएपनि नेपाली भाषामा ध्यान गर्दा थप प्रभावकारी महसुस गरेको बताउने गरेको उनले सुनाए । उनी भन्छन्, “नेपालीमा ध्यान सुन्दा भावुक भएर आँखाबाट समेत आशु खसेको बताउनुहुन्छ ।” यस एपमा ७०० जनाभन्दा धेरै सक्रिय प्रयोगकर्ता जोडएको उनले सुनाए ।
मेडिटेट नेपालको एपमा अध्यात्म, मानसिक स्वास्थ्य, सिर्जनशीलता, भावना, सफलता, निद्रा, सम्बन्ध, कृतज्ञता जस्ता विषयमा ध्यानका लागि सामग्री उपलब्ध छन् । यस्तै राम्रो निद्राका लागि सुमधुर सङ्गीत समेत उपलब्ध छन् । हाल मेडिटेट नेपालमा ५० भन्दा बढी अडियो सामग्री उपलब्ध छन्।
प्रयोगकर्ताले नि:शुल्क तथा सदस्यता लिएर मेडिटेट नेपाल एप प्रयोग गर्न पाउँछन् । एपमा ६ ओटा ध्यानका भिडिओहरू नि:शुल्क गरिएको छ । यस्तै अन्य भिडिओहरू समेत ६ पटकसम्म नि:शुल्क सुन्न सकिन्छ ।
त्यसभन्दा बढी सेवा लिन भने सदस्यता नै लिनुपर्ने उनले बताए । प्रिमियम ग्राहकका लागि अफलाइन डाउनलोडको फिचरसमेत उपलब्ध गराइएको छ । यस्तै ग्राहक बन्न चाहनेहरूका लागि तीन महिना, ६ महिना तथा एक वर्षको सब्सक्रिप्सन गरी तीन ओटा प्याकेज तोकिएको छ ।
तीन महिनाको सदस्यता शुल्क एक हजार ९९९ रुपैयाँ, ६ महिनाको लागि तीन हजार ३६९ रुपैयाँ र एक वर्षको सदस्यताका लागि पाँच हजार ३९९ रुपैयाँ शुल्क तोकिएको छ । लन्च अफरको रूपमा तीन महिनाको सदस्यता शुल्क एक हजार १११ तोकिएको उनले जानकारी दिए ।
यस्तै, हरेक महिना नयाँ नयाँ भिडिओ सामग्री तयार पारेर आफ्ना ग्राहकलाई उपलब्ध गराउने उनले बताए । सिटौला भन्छन्, “एप सार्वजनिक गर्नुभन्दा पहिला एक वर्ष हामीले प्रोडक्सनमा नै समय बिताएका थियौँ । इन-हाउस नै सामग्री तयार गरेका हौँ । प्रिमियम सदस्यहरूलाई नयाँ नयाँ सामग्रीहरू उपलब्ध गराउँछौँ ।” प्रयोगकर्ताको सुझाव र रुचि अनुसार नयाँ नयाँ सामग्रीसमेत थप्दै जान सर्वेक्षण समेत गर्ने उनले सुनाए ।
सदस्यता लिने प्रयोगकर्ताको लागि एपको अडियोमात्र नभएर प्रत्यक्ष रूपमा पनि ध्यानका कक्षाहरू लिने तयारी उनको छ । उनी भन्छन्, “अहिले एपमा त लाइभ अनलाइन कक्षा लिने सुविधा छैन । जुम वा मिटिङबाट सदस्यता लिने ग्राहकलाई मेडिटेसनका लाइभ अनलाइन कक्षा लिने योजना बनाएका छौँ ।”
पछिल्लो अध्यावधिक: जेठ १२, २०८२ १४:५३
सामाग्री श्रोत :
टेक पाना
एजेन्सी–गत हप्ता युद्धपोत उद्घाटनका क्रममा दुर्घटना भएको घटनामा जिम्मेवार ठहर गर्दै उत्तर कोरियाले चार जनालाई पक्राउ गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जानकारी दिएको छ।
देशका सर्वोच्च नेता किम जोङ उनको उपस्थितिमा गरिएको सो कार्यक्रममा योद्धपोत पल्टेर बन्दरगाहमा आधा डुबेको थियो।
पक्राउ पर्ने चार जनामा पार्टीको केन्द्रीय समितिको हतियार उद्योग विभागका उपनिर्देशक रि ह्योङ सन पनि रहेका छन्। कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार यो दुर्घटनामा मुख्य जिम्मेवार उनलाई बनाइएको छ।
त्यस्तै, दुर्घटना भएको चोङजिन बन्दरगाहका मुख्य इन्जिनियर काङ जोङ चोल, निर्माण वर्कसपका प्रमुख हान क्योङ हाक र प्रशासनिक मामिलामा उप–प्रबन्ध किम योङ हाक छन्।
किमले उक्त दुर्घटनालाई ‘आपराधिक कार्य’ ठहर गर्दै यसमा जिम्मेवारलाई कारबाही गर्ने बताएका थिए। बुधबार भएको यस दुर्घटनामा ५ हजार टनको युद्धपोत समयभन्दा अघि नै पानीमा खसेर डुब्न पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
नयाँदिल्ली- भारतमा कोभिड १९ फैलिन थालेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हाल देशभर १००९ सक्रिय संक्रमितहरू छन्।
सबैभन्दा धेरै सक्रिय केस केरलमा ४३० रहेका छन्। त्यसपछि महाराष्ट्रमा २०९ र दिल्लीमा १०४ केस पुष्टि भएका छन्।
राज्य अनुसार केरल – ४३०, महाराष्ट्र – २०९, दिल्ली – १०४, गुजरात – ८३, तमिलनाडु – ६९, कर्नाटक –४७, उत्तर प्रदेश – १५, राजस्थान – १३ र पश्चिम बंगाल – १२ रहेका छन्। अन्यमा दोहोरो अंक छोएको छैन।
कोभिडका बढ्दो केसबारे समाचार संस्था पीटीआईले कर्नाटकका स्वास्थ्य मन्त्री दिनेश गुंडु रावसँग गरेको कुराकानीमा उनले चिन्ताजनक नरहेको बताए। उनले भने, ‘दक्षिणपूर्वी एसियाली देशहरूमा कोभिडका केस बढेको सुनिएको छ, तर ती पनि सामान्य लक्षण भएका केसहरू हुन्। भारतमा हाल देखिएका केसहरू पनि सामान्य प्रकृतिका छन्।’
महाराष्ट्र र केही स्थानहरूमा केही मृत्यु भएकामा तर ती कोभिडका कारणले मात्रै नभएको बताएका छन्। ती बिरामीहरूलाई अरू पनि स्वास्थ्य समस्या रहेको उनको भनाइ छ।
उनले भने, ‘यद्यपि, हामी सतर्क र सावधान रहनुपर्छ। हामी परिस्थितिको निगरानी गरिरहेका छौं र केही सल्लाहहरू पनि जारी गरेका छौं।’
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडाैं। काठमाडौंको बलम्वुमा निर्माण भइरहेको फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ।
बलम्बु-सिस्नेखोला सुरूङमार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न बलम्बुमा फ्लाइओभर पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो। हाल सो फ्लाईओभरका मुख्य संरचना निर्माणको काम पूरा भएको छ भने कालोपत्रेको काम भइरहेको छ।
निर्माणाधीन नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै सवारीसाधनलाई राजमार्गबाट सुरुङमार्गमा पठाउनका लागि बलम्वुमा फ्लाइओभर निर्माण गरिएको हो। दुई लेनको सो फ्लाइओभरको कुल लम्बाइ १२८ मिटरको रहेको छ।
यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माणाधिन फ्लाईओभरको निरीक्षण गरेका थिए। त्यसक्रममा उनले सो फ्लाईओभर निर्माण पूरा भए पछि काठमाडौं भित्रिने र बाहिरिने सवारी साधनको जाम हुने अवस्थाको अन्त्य हुने जनाए।
त्यस्तै बलम्बु-सिस्नेखोला सुरूङको समेत मुख्य संरचना निर्माण भई सञ्चालनको अन्तिम अवस्थामा पुगेको छ। भौतिक पूर्वाधार तथा यातायातका सचिव केशवकुमार शर्माका अनुसार सुरुङ सञ्चालनको मोडालिटी निर्माण भइरहेको छ।
सोही मोडालिटी अनुसार सुरुङ्बाट सवारी साधन सञ्चालन गराउने मन्त्रालयको तयारी छ।








सामाग्री श्रोत :
बलम्वुमा निर्माणधीन फ्लाइओभरको काम अन्तिम चरणमा
काठमाडौँ । अनलाइन डिजाइनिङ प्लेटफर्म क्यान्भाको सेवा विश्वव्यापी रूपमा अवरुद्ध भएको छ । नेपाली समय अनुसार सोमबार दिउँसो करिब १२ बजेदेखि यसका प्रयोगकर्ताले सेवामा समस्या आएको गुनासो सामाजिक सञ्जालमा व्यक्त गरिरहेका छन् ।
अहिले क्यान्भाको मोबाइल एप तथा वेबसाइट दुवैले राम्रोसँग काम गरिरहेका छैनन् । प्रयोगकर्ताहरूका अनुसार एप खोल्न खोज्दा ‘एप खुल्न समय लागिरहेको छ’ (App is taking time to load) भन्ने नोटिस देखिने र वेबसाइटमा ‘कनेक्सन टाइमआउट’ (Connection timed out) जस्ता त्रुटि देखा परिरहेका छन् ।
अनलाइन सेवाको अवरोध ट्रयाक गर्ने प्लेटफर्म ‘डाउन डिटेक्टर’ले पनि क्यान्भामा विश्वव्यापी रूपमा समस्या आएको पुष्टि गरेको छ । डाउन डिटेक्टरका अनुसार पनि नेपाली समय सोमबार मध्याह्न १२ बजेदेखि नै क्यान्भाका सेवाहरू प्रभावित भएका हुन् ।
क्यान्भाले आधिकारिक रूपमा यस समस्याबारे हालसम्म कुनै विज्ञप्ति वा जानकारी सार्वजनिक गरेको छैन । सेवा अवरुद्ध हुँदा विश्वभरका लाखौं डिजाइनर, विद्यार्थी तथा अन्य प्रयोगकर्ता प्रभावित भएका छन् । खासगरी विद्यार्थी र सोसल मिडिया मार्किङका पेसेवरमाझ क्यान्भा चर्चित छ । क्यान्भा कसरी सुरु भयो भन्नेबारे विस्तृतमा पढ्न यहाँ क्लिक गर्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: जेठ १२, २०८२ १२:५९
सामाग्री श्रोत :
टेक पाना