
काठमाडौँ । फेसबुकले तपाईँको फ्रेन्ड लिस्टको आधारमा फ्रेन्ड सजेस्ट अर्थात् नयाँ नयाँ साथीहरूको नाम सुझाउँछ जसलाई तपाईँ आफ्नो साथी बनाउन सक्नुहुन्छ । तर कहिलेकाही आफ्नो फिडमा आवश्यक कुरा भन्दा पनि ‘पिपल यु मे नो’ (तपाईँले चिन्नसक्ने व्यक्ति) भन्ने फेसबुकको सजेसन (सल्लाह) आएर नै हैरान भइन्छ । हुन त साथीको दायरा बढाउनका लागि यस्ता फिचर काम पनि लाग्छ । तर फिड नै हेर्न दिक्क समेत बनाउँछ । नचाहेको व्यक्तिको प्रोफाइल बारम्बार फिडमा आइरहँदा दिक्क लाग्नसक्छ । यसकै लागि भनेर मेटाले एउटा राम्रो काम भने गरेको छ । यदि तपाईँलाई पिपुल यु मे नो भनेर आउने फ्रेन्ड सजेसन मन पर्दैन भने तपाईँ सहजै यो सजेसनलाई बन्द पनि गर्न सक्नुहुन्छ ।
कसरी बन्द गर्ने फेसबुक फ्रेन्ड सजेसन ?
– आफ्नो फेसबुक प्रोफाइल खोलेर सेटिङ एन्ड प्राइभेसी (Setting & Privacy) अप्सनमा जानुहोस् । यसका लागि आईफोन प्रयोगकर्ताले आफ्नो फेसबुक प्रोफाइलको दायाँतिर सबैभन्दा तल भएको प्रोफाइल पिक्चर देखिने आइकनमा ट्याप गर्नसक्नुहुन्छ । यस्तै एन्ड्रोइड प्रयोगकर्ताले भने फोनको सबैभन्दा माथि दायाँतिर भएको प्रोफाइल आइकनमा ट्याप गर्न सक्नुहुन्छ ।
– यसपछि सेटिङमा ट्याप गर्नुहोस्
– प्रिफरेन्स (Preferences) सेक्सनभित्र भएको नोटिफिकेसन (Notification) मा ट्याप गर्नुहोस्
– यहाँ गएर पिपुल यु मे नो (People You May Know) मा ट्याप गर्नुहोस् ।
– यहाँ Push, e-mail र sms गरेर तीन ओटा अप्सन देख्न सक्नुहुन्छ । आफ्नो आवश्यकता अनुरुप कुन तरिकाले तपाईँ फ्रेन्ड सजेसन बन्द होस् भन्ने चाहनुहुन्छ त्यही अप्सनको टोगल अफ गरिदिनुहोस् । अथवा सबै बन्द गर्नका लागि सुरुमा नै भएको ‘Allow notifications on Facebook’ को टोगल अफ गरिदिनुहोस् ।
यसरी तपाईँले आफ्नो फिडमा आउने फ्रेन्ड सजेसन बन्द गर्न सक्नुहुन्छ । यदि तपाईँ पुन: सजेसन आओस् भन्ने चाहनुहुन्छ भने, यही प्रक्रिया दोहोर्याएर टोगल अन गर्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ १४:२०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ–मङ्गलबारको प्रतिनिधिसभा बैठक दिउँसो साढे दुई बजेसम्मका लागि स्थगित भएको छ।
बिहान साढे ११ बजे बसेको बैठकमा विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै नाराबाजी गरेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक सूचना टाँस गरेर साढे दुई बजेसम्मका लागि स्थगित गरिएको हो।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले बैठक सूचना टाँसेर साढे दुई बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन्।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने बताइरहेका छन्। बिहान बैठक सुरु हुने बित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाए।
त्यसपछि बोलेका प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले घटनाको छानबिनका लागि उच्च स्तरीय छानबिन आयोग नबन्दासम्म संसद् चल्न नदिने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले हिमालको संरक्षण हामी सबैको साझा कर्तव्य रहेको उद्घोष गरेका छन्।
एभरेष्ट समिटियर सम्मेलनको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले हिमाल आरोहणमा सफलता हासिल गर्ने सम्पूर्ण समिटियरहरूप्रति बधाई दिँदै हिमाली संस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने आवश्यकता औंल्याएका हुन्।
पाण्डेले भने, ‘हामी केवल संसारको शिखर चुम्नेहरूलाई बधाई दिन यहाँ आएका होइनौं, उहाँहरूको साहस, समर्पण र दृढताप्रति सम्मान प्रकट गर्न पनि यहाँ छौं।’
उनले शेर्पा समुदाय, गाइड, उद्धार टोली र हिमाली क्षेत्रमा निरन्तर खटिएर सेवा पुर्याउने सबैप्रति विशेष सम्मानसमेत व्यक्त गरे। ‘उहाँहरूको समर्पणले पर्वतीय यात्राहरूलाई सुरक्षित, प्रकृतिप्रति संवेदनशील र अझ अर्थपूर्ण बनाएको छ,’ मन्त्री पाण्डेले थपे।
सरकार पर्वतारोहणको प्रवर्द्धनका लागि पूर्वाधार, तालिम र वातावरणीय सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको मन्त्री पाण्डेले बताए। साथै, पर्वतीय पर्यटनसँगै स्थानीय समुदायको समृद्धि र जीवनस्तरमा सुधार ल्याउन प्रतिबद्ध रहेको पनि उनले जनाए।
मन्त्री पाण्डेले हिमालयलाई केवल भौगोलिक पर्वत नभई सभ्यता, संस्कृति र सहजीवनको सेतुका रूपमा चित्रित गर्दै भने, ‘यी हिमालहरू पवित्र छन्, र तिनीहरूलाई सुरक्षित राख्नु हाम्रो साझा जिम्मेवारी हो।’
जलवायु परिवर्तन र ग्लोबल वार्मिङका कारण हिमाली भविष्य संकटमा परेको उल्लेख गर्दै उनले भने, ‘अब समय आएको छ, हामीले सावधानी, बुद्धिमत्ता र सम्मानपूर्वक यी हिमालहरूको संरक्षण गर्न आवश्यक छ।’
उनले सम्पूर्ण मानव समाजलाई हिमालप्रतिको प्रतिबद्धता नवीकरण गर्न प्रेरणा दिने विश्वास व्यक्त गरे। सम्मेलनका क्रममा स्वदेशीदेखि विदेशी पर्वतारोहीलाई सम्मानसमेतत गरेका थिए।
सामाग्री श्रोत :
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक चेरी वर्ल्ड कम्युनिकेसन प्रालिको सञ्चालन अनुमति प्राप्त (लाइसेन्स) खारेज भएको छ ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणले मङ्गलबार एक सूचना सार्वजनिक गर्दै चेरी वर्ल्डको इन्टरनेट (ईमेल सहित) सेवा सञ्चालन अनुमति पत्र खारेज भएको जानकारी दिएको हो ।
नवीकरणका लागि तोकिएको समयावधिभित्र नियमानुसार निवेदन पेश नगरेकोले दूरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम गएको २९ वैशाखदेखि अनुमतिपत्र स्वतः खारेज भएको प्राधिकरणले उल्लेख गरेको छ ।
चेरी वर्ल्डले नियमानुसार तिर्न/बुझाउनुपर्ने रकमका सम्बन्धमा एक महिनाभित्र दूरसञ्चार प्राधिकरणमा अनुमतिपत्र व्यवस्थापन शाखामा सम्पर्क गर्न सूचित गरिएको छ । अन्यथा, प्रचलित कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ ८:४५
सामाग्री श्रोत :
टेक पाना
कैलाली–बाजुरामा मंगलबार नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।
बा ५च २२०९ नम्बरको जिप दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जगन्नाथ गाउँपालिका–३ मा टेलिकमको जिप दुर्घटना भएको खबर प्राप्त भएपछि प्रहरी टोली घटना स्थलतर्फ गएको छ।
मृतकको पहिचान हुन बाँकी रहेको तथा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकपाल हवारीले जानकारी दिए। घटनाबारे थप जानकारी आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहमा इजिप्ट सरकारबाट प्राप्त छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूका लागि आवेदन खुला गरेको छ। मन्त्रालयले जारी गरेको सूचना अनुसार शैक्षिक सत्र २०२५/२६ का लागि इजिप्ट सरकारले प्रदान गर्ने छात्रवृत्तिमा दुई जना नेपाली विद्यार्थीलाई अवसर प्रदान गरिनेछ।
छात्रवृत्ति लागि रेडियोलोजी र इन्टरलन मेडिसिन विषयमा एक/एक सिट खुला समूह अन्तर्गत उपलब्ध छ। इच्छुक र योग्य उम्मेदवारहरूले मिति २०८२ साल जेठ १३ गते बिहान १०:०० बजेबाट जेठ १६ गते अपराह्न ३:०० बजेसम्म आफ्नो अनलाइन प्रोफाइलमार्फत आवेदन दिन सक्नेछन्।
छनोट प्रक्रिया अन्तर्गत जेठ १७ गते शनिवार, उम्मेदवारहरूको भौतिक म्याचिङ कार्यक्रम आयोजना गरिनेछ।
कार्यक्रमको समयतालिका निम्नानुसार छ:
रजिष्ट्रेशन: बिहान १०:०० देखि ११:०० बजेसम्म
म्याचिङ सेसन सुरु: बिहान ११:१५ बजेबाट
म्याचिङ सेसनमा सहभागी हुन चाहने उम्मेदवारहरूले अनिवार्य रूपमा निम्न कागजातहरू साथमा ल्याउनु पर्नेछ:
१. एकीकृत प्रवेश परीक्षाको प्रवेशपत्र र स्कोरकार्ड
२. नेपाली नागरिकताको सक्कल प्रमाणपत्र
३. एकीकृत प्रवेश परीक्षामा आवेदन दिँदा पेश गरिएको शैक्षिक योग्यताको सक्कल प्रमाणपत्र
(समकक्षता प्रमाणपत्र आवश्यक पर्ने उम्मेदवारका हकमा सो प्रमाणपत्र समेत)
छात्रवृत्तिमा अध्ययनको अवसरका लागि योग्य नेपाली विद्यार्थीहरूलाई समयमै आवेदन दिन तथा म्याचिङ कार्यक्रममा उपस्थित हुन मन्त्रालयले अनुरोध गरेको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं । गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलका सांसदहरूको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांससहरुले संसद अवरोध गरेका थिए।
त्यसपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाको लागि स्थगित भएको जानकारी गराए।
सामाग्री श्रोत :
काठमाडौँ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आफैँ प्रविधिको उपलब्धि हो । तर पछिल्लो समय उसैले प्राविधिकको रोजगारी जोखिममा पारेको बहस तीव्र छ । ठुला प्रविधि कम्पनीहरूले सामान्य डेभलपरले गर्नसक्ने काम समेत एआईले सहजै गर्न सक्ने भन्दै कर्मचारी कटौती गर्दैछन् ।
वास्तवमा अहिले बजारमा यस्ता परिष्कृत एआई टुलहरू आएका छन्, जसले कुनै सामान्य वेबसाइट वा मोबाइल एप निर्माणका लागि आवश्यक कोडिङ क्षणभरमै तयार गरिदिन्छन् । प्रयोगकर्ताले दिइएको सानो निर्देशनकै आधारमा यस्ता टुलहरूले पूर्ण कोड लेखिदिन्छन् । यस्तै प्रविधिलाई ‘भाइब कोडिङ’ भनिन्छ ।
यो नयाँ शैलीको प्रोग्रामिङ विधि हो । विदेशका केही कम्पनीहरू त भाइब कोडिङमा मात्र केन्द्रित भएर व्यवसाय गरिरहेका छन् ।
भाइब कोडिङ के हो, कसरी काम गर्छ, यसका राम्रा र नराम्रा काम के छन् अनि यसलाई कसरी उपयोग गर्न सकिन्छ लगायतका विषयमा तल उल्लेख गरिएको छ:
भाइब कोडिङ के हो ?
भाइब कोडिङ एआईमा आधारित नयाँ प्रोग्रामिङ शैली हो । जहाँ प्रयोगकर्ताले प्राकृतिक भाषामा आफूले चाहेको कुरा लेख्छन् र एआईले त्यसकै आधारमा आवश्यक कोड लेखिदिन्छ ।
यो शब्द ‘भाइब कोडिङ’ एन्ड्रेज कारपाथी नामक एआई विज्ञले २०२५ को फेब्रुअरी २ मा आफ्नो एक्स (ट्वीटर) पोस्टमार्फत सार्वजनिक गरेका थिए । उनी ओपनएआईका सहसंस्थापक र टेस्लाका पूर्व एआई प्रमुख हुन् ।
उनका अनुसार भाइब कोडिङ भन्नाले ‘पूर्ण रूपमा भाइब्समा बग्ने’ कोडिङ शैलीलाई जनाइन्छ, जहाँ कोडिङ प्रक्रियालाई बिर्सिएर एआईसँगको संवादकै भरमा काम सम्पन्न गरिन्छ । उनी भन्छन्, “कोडिङ अब संवादमार्फत सम्भव छ । तपाईं चाहनुहुन्छ, एआईले त्यसको कोड तयार पारिदिन्छ ।”
उनले यो शब्द प्रयोग गरेसँगै भाइब कोडिङ शब्द अन्तर्राष्ट्रिय चर्चाको विषय बन्यो र मरियम वेबस्टर डिक्सनरी मा ‘स्ल्याङ एन्ड ट्रेन्डिङ नाउन’ (Slang&Trending noun) को रूपमा स्थान पायो ।
There’s a new kind of coding I call “vibe coding”, where you fully give in to the vibes, embrace exponentials, and forget that the code even exists. It’s possible because the LLMs (e.g. Cursor Composer w Sonnet) are getting too good. Also I just talk to Composer with SuperWhisper…
— Andrej Karpathy (@karpathy) February 2, 2025
भाइब कोडिङका फाइदा र चुनौती
एआई प्रविधिको आफ्नै त राम्रो र नराम्रो पक्ष छ, झन् यसले गर्ने कामको राम्रो र नराम्रो पक्ष नहुने त कुरा नै भएन । पहिले राम्रो पक्षको कुरा गरौं । यसको सबैभन्दा राम्रो पक्ष भनेको यसले कोडिङको कामलाई सहज र छिटो बनाएको छ । वेबसाइट वा एप तयार गर्न लाग्ने घण्टौँ घण्टाको समय एक घण्टा भन्दा पनि कम समयमा झरेको छ । यो भनेको कोडिङ सुपरपावर हुनुजत्तिकै हो । छिटो काम सकिनु मात्र भाइब कोडिङको फाइदा होइन, यसले नजानेका अनि भर्खर कोडिङ सिक्दै गरेका व्यक्तिहरूलाई पनि धेरै सहयोग गर्नसक्छ । अर्कोतिर कस्तो वेबसाइट बनाउने भन्ने अवधारणा छ तर कसरी बनाउने भन्ने थाहा नभएकाहरूका लागि यो उपयोगी छ ।
तर भाइब कोडिङ जति सहज छ उत्ति नै जोखिमपूर्ण पनि छ । एआईले बनाएको कोडिङ सुरक्षित छ कि छैन भन्ने नै मुख्य प्रश्न हुन्छ । कोड त तयार भयो, तपाईँले यसलाई आफ्नो क्लाइन्टलाई पनि बेच्नुभयो तर यसमा सुरक्षा कमजोरीहरू धेरै देखिन सक्छ, यसले डेभलपरको विश्वसनियतामाथि प्रश्न उठ्छ । डेभलपरले घण्टौँ समय लगाएर, धेरै अनुसन्धान र मेहनत गरेर तयार गरेको जस्तो विश्वासिलो नहुन पनि सक्छ । यो जोखिमबाट जोगिनका लागि पनि भाइब कोडिङमा पूर्ण रुपमा विश्वास नगर्न पनि सकिन्छ ।
यसबाट बच्न बरु सुरुवात कसरी गर्ने अथवा आफू कतै अल्झियो भने यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने लगायतका विषयमा परामर्श लिन सकिन्छ ।
भाइब कोडिङ कहाँ प्रयोग हुन्छ ?
यद्यपि भाइब कोडिङ नयाँ अभ्यास हो, विभिन्न क्षेत्रहरूमा यसको प्रयोग व्यापक हुँदै गइरहेको छ :
-
वेब डेभलपमेन्ट: फ्रन्टइन्ड तथा ब्याकइन्ड डेभलपरहरूले एचटीएमएल, सीएसएस तथा जाभास्क्रिप्ट कोड लगायतका लागि एआई टुल प्रयोग गरिरहेका छन् ।
-
डेटा साइन्स: डेटा साइन्टिस्टहरले जटिल अल्गोरिदमहरू तयार गर्न, ठुला डेटासेट डिलिट गर्न तथा डेटाको समिक्षा र प्रस्तुतिकरण नयाँ नयाँ तरिकाबाट गर्नका लागि एआई टुल प्रयोग गरिरहेका छन् ।
-
गेम डेभलपमेन्ट: पछिल्लो समय गेम डिजाइनरहरूले पनि भाइब कोडिङ प्रयोग गरेको पाइन्छ । स्क्रिप्टहरू तयार गर्न, कार्यक्षमताको समिक्षा गर्न तथा गेमप्ले मेकानिक्सहरू तयार गर्नका लागि एआई टुल प्रयोग हुने गरेको छ ।
-
आर्थिक क्षेत्र: आर्थिक क्षेत्रमा प्रयोग हुने विभिन्न फाइनान्सियल टेक्नोलोजीहरूमा पनि एआई कोडिङ प्रयोग भएको पाइन्छ । सुरक्षित कारोबार प्रणालीका लागि फ्रड डिटेक्ट गर्न, अस्वभाविक कारोबार पत्ता लगाउन लगायतका कामका लागि एआई टुल प्रयोग भइरहेको छ ।
-
स्वास्थ्य क्षेत्र: स्वास्थ्य क्षेत्रमा पनि एआई टुल निकै प्रयोग हुन थालेको छ । विभिन्न तथ्याङ्क व्यवस्थापन तथा रोगहरू पत्ता लगाउने टुल तयार गर्नका लागि भाइब कोडिङ प्रयोग गरिन्छ ।
भाइब कोडिङका लागि लोकप्रिय एआई टुलहरू
भाइब कोडिङका लागि हाल प्रयोगमा रहेका केही प्रमुख टुलहरू:
-
ChatGPT
-
GitHub Copilot
-
Replit Ghostwriter
-
Cursor
-
Claude (Anthropic)
-
Google Gemini
भाइब कोडिङले प्रविधिको दुनियाँमा एक प्रकारको रूपान्तरण ल्याइरहेको छ । यसले कोडिङको ढोका सबैका लागि खुला बनाइदिएको छ । तैपनि यसको प्रयोग सजग ढंगले गर्नु आवश्यक छ, ताकि सुरक्षा, विश्वसनीयता र कार्यक्षमतामा सम्झौता नहोस् ।
पछिल्लो अध्यावधिक: जेठ १३, २०८२ ११:८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले विपक्षी दलहरूले आफ्नो कुरा सुन्नुपर्ने बताएको छ।
प्रतिनिधिसभाको बैठकमा माओवादीबाट वर्षमान पुन र रास्वपाबाट शिशिर खनालले बोलेपछि आफूहरूले पनि बोल्न पाउनुपर्ने कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताएका हुन्।
विपक्षी दलका दुई सांसदले बोलेपछि सभामुखले घिमिरेलाई बोल्न दिएका थिए।
घिमिरेले भने, ‘उहाँहरूले संसदमा जे कुरा उठाउनुभएको छ, त्यो हामीले गम्भीरतापूर्वक सुन्यौँ। त्यसैले उहाँहरूले हाम्रो कुरा पनि सुन्नुपर्ने दायित्व हुन्छ।’
विपक्षीको होहल्लापछि सभामुखले घिमिरेलाई बोल्न रोके। विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोग नबनेसम्म सदन चल्न नदिने घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
विराटनगरको कञ्चनबारीस्थित मुलसडकमै छ, आर्या न्युरो हस्पिटल। उक्त अस्पतालको दायाँतिर छ डा प्रबन्ध निर्देशक समेत रहेका डा पंकज राज नेपालको ओपीडी कक्ष। ओपीडी कक्षसँगै जोडिएको डा नेपालको व्यवस्थापकीय कक्षमा उनी बस्ने कुर्सी छ । कुर्सीको पछाडी छ, नेपाल मात्रै होइन, विश्वमाझ आफ्नो सर्जरी सीपले प्रख्यात बनेका दिवंगत चिकित्सक उपेन्द्र देवकोटाको स्केच। आफ्नै हातले निर्मित स्केचमाथि ‘गुरुमन्त्र’ उल्लेख छ।
उपचारका लागि पस्नुअघि उनी आफ्नै हातले बनाएको डा देवकोटा आकृतिलाई श्रद्धाले अभिभावदन गर्छन्। स्थापित आफ्नो ज्ञान, इमान र लगनशीलता भएपनि यहाँस्म पुग्ने बाटो देखाउने व्यक्ति डा देवकोटा रहेको सगर्व बताउँछन्। उसो त डा देवकोटाले डा पंकजभित्रको न्युरोसर्जन पहिचान नगरेको भए उनी फिजिसियन बन्ने बाटोतिर लागेका हुन्थे। तर, डा देवकोटाले न्युरोसर्जरीको बाटो देखाइदिए, सीप सिकाइदिए र उनी यतातिर मोडिए।
डा नेपाल पूर्वी नेपालमा न्युरोसर्जरी सेवालाई फैलाउन योगदान गर्नेमध्येमा पर्छन्। अहिले धेरै बिरामीको पहिलो रोजाइमा पर्ने मध्येका स्थापित भएका छन्। उनीसँग स्वास्थ्यखबरले गरेको संवाद :
तपाईं काठमाडौंमा पनि स्थापित भइसक्नुभएको थियो। डा देवकोटाले माया गर्ने चेलामध्येमै पर्नुहुन्थ्यो। किन पूर्वतिर लाग्नुभयो ?
तपाईंले भनेको सही हो। सरले मलाई माया गर्नुहुन्थ्यो । काठमाडौंमा स्थापित भइसकेको थिएँ । न्युरो अस्पताल (हाल उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल) बाँसबारीमा युनिटको हेड भएर बसेको थिएँ। त्योबेला काठमाडौं केन्द्रीत उपचार थियो। बिरामी पूर्व इलामदेखि पश्चिमको सुदूरपश्चिमबाट बिरामी हामीकहाँ आउँथे । न्युरो अस्पताल बाँसबारी पुग्दा धेरै ढिलो भइसकेको हुन्थ्यो। टाउकोमा रगत जमेको बिरामी समयमै उपचार नपाएर कोमामा पुगिसकेको हुन्थ्यो। चाँडै उपचारको पहुँचमा पुगेको भए बचाउन सकिन्थ्यो।
त्योबेला लाग्यो- काठमाडौंमा सिमित इलेक्टिभ केस गरेर स्वास्थ्य प्रणालीमा सुधार हुँदैन । त्यतिबेला नै मैले गुरु डा देवकफटासँग सल्लाह गरेको थिएँ– हजुरले तालिम दिएकाहरु हामी आ-आफ्नो ठाउँतर्फ जान सकियो भने राम्रो हुन्थ्यो । यहाँको अभ्यास पेरीफेरिमा पुर्या उन सक्दा धेरै बिरामी बचाउन सकिन्थ्यो। उहाँले भावना बुझ्नुभयो। त्यहाँबाट निस्किन अनुमति दिनुभयो । उहाँ हुँदाहुँदै म छाडेर हिँडें।
त्योबेला आफ्नै अस्पताल खोल्नै हैसियत थिएन। त्यसैले स्थापित पूर्वको बीएण्डसी अस्पतालबाट सेवा सुरु गरें । मैले त्यहाँ सेवा सुरु गर्दा नै फरक पर्न थालिसकेको थियो। हाम्रो मान्यता सकेसम्म बिरामीको निजी उपचार सेवा पुर्या उने थियो । किनभने ढिलो हुँदा बिरामी तलबितलमा परिसक्छ । बिदेशमा त अझे एम्बुलेन्सभित्रै उपचार सुरु भइसकेको छ । हामीकहाँ विविध समस्या छन्। त्यस्तो अवस्थामा नपुगेपनि बिरामीको नजिकै न्युरो अस्पताल खुल्न थालेका छन्। सेवा दिन थालिएको छ। त्यसैका लागि म बाहिरिएँ।
झापामा कति वर्ष काम गरियो। त्यहाँको अनुभव कस्तो रह्यो ?
मैले झापामा चार वर्ष जति काम गरें। कोरोनाको बेला थियो। मैले त्यहाँ सेवा त दिइरहेको थिएँ तर अझै मनले मानिरहेको थिएन। आत्मसन्तुष्टि नहुन्जेल खोजी जारी रहने रहेछ । बिर्तामोड बसेर मेरो गाउँठाउँका बिरामीलाई उपचार सेवा दिन नसकेको कुरा खड्किरह्यो। मेरो मामाघर सिराहा र बुवा सप्तरी बस्नुहुन्थ्यो । त्यहाँबाट झापा पर नै पर्छ। पूर्वको सेन्टर भनेको इटहरी र बिराटनगर हो। त्यसैले मेरो रोजनाइ पहिले इटहरी नै थियो। त्यहाँ प्रयास गरियो तर एउटा सेन्टर स्थापना गरेर गुणस्तरीय उपचार सेवा दिन नसकिने महशुस भयो। त्यसपछि विराटनगरमा आइयो। यहाँ भावना मिल्नेहरुसँग मिलेर आफैंले न्युरो सेन्टर स्थापित गरियो।
बिरामीका लागि सहज होस् भनेर हामी रोडको मुखमै बसेका छौं। बिरामीको समय घटाउने र सेवा गुणस्तरीय दिने हाम्रो लक्ष्य हो।
उपत्यका बाहिर विशिष्टिकृत अस्पताल चलाउन र स्थापित गर्न कति मुश्किल हुने रहेछ ?
मैले त्यस्तो महशुस गर्ने मौका नै पाइनँ । मैले अस्पताल सुरु गरेको पहिलो दिनबाट नै अप्रेशसन सुरु भएको थियो। पहिलो दिन नै कम्पिकेटेड केसबाट सुरु भयो। म बिरामीको संख्यामा रमाउँदिनँ । आफूले कतिजनालाई सेवा दिएर निको पारियो भन्ने कुरामा मज्जा लिनेमा परें । त्यो भएपछि नाम पुगेन कि, बिरामी थोरै भए कि, भन्ने कहिल्यै सोच्न परेन। दिनेले अनेक प्रकारका प्रतिक्रिया दिन्छन्। बिरामी बढाउनुपर्योा भन्छन्। अन्य जनरल सेवा दिएर भिडभाड बढाउन भन्छन्। तर, हामी गुणस्तरीय न्युरो उपचार सेवामै केन्द्रीत छौं । इथिकल अभ्यास गर्ने हो। गाइडलाइनले भनेको र जानेको कुरा कार्यान्वयन गर्ने हो । त्यो गरिरहेका छौं । हरेक दिन बिरामी भेटेकै छौं।
व्यवस्थापकीय पक्षमा केही गाह्रो भयो होला । म यहाँ नयाँ थिएँ। पेरीफेरिमा काम गर्न चाहिने ज्ञान भने थियो । बाँसबारीमा डा देवकोटा सरको ‘हजार डिग्री’को तापक्रम झेलेको मान्छे, बिराटनगरको ‘गर्मी’लाई सहजै पचाएँ।
तपाईं आउनुअघि न्युरोसर्जरी सेवाको अवस्था कस्तो थियो विराटनगरमा ?
यहाँ राम्रै थियो। डा यमबहादुर रोका दाइ हुनुहुन्थ्यो। उहाँले नै विराटनगरमा न्युरोसर्जरी सेवा सुरु गर्नुभएको हो। उहाँको योगदानलाई हामी कहिल्यै भुल्न सक्दैनौं। उहाँको सहयोगले विराटनगरले न्युरोसर्जरीमा राम्रो प्रगति गरिरहेको थियो। अहिले त उहाँले छाडेर आफ्नै ठाउँ पोखरा फर्किनुभयो। मलाई जस्तै सबैलाई आफ्नै ठाउँ जान मन लागिहाल्ने रहेछ।
उहाँलाई लोड बढी थियो। अप्रेसन गरेपछि मान्छे थाक्छ। उहाँले सबैको उपचार धान्न सक्ने अवस्था थिएन । केस धेरै थिए, संख्या कम थियो । त्यही भएर पनि मलाई यहाँ स्थापित हुन सहज भयो। म आउनेबित्तिकै बिरामीहरु पाइहाल्नुको कारण त्यही थियो।
आफ्नै ठाउँमा आफूले नै सेन्टर स्थापना गरेर उपचार दिनु के-कति सन्तुष्टि हुँदो रहेछ र के-कति अप्ठ्यारा रहेछन्?
पहिले-पहिले कर्पोरेट अस्पतालमा काम गरिन्थ्यो। केस इमर्जेन्सी हुन्थ्यो, आर्थिक पक्षका कारण रोकिने पनि हुन्थ्यो । कतिपय अवस्थामा इथिकल इस्यु जस्तो महशुस हुन्थ्यो । यहाँ आएपछि त्यो पूरै न्युनिकरण गरेको छु । सबै मेरो नियन्त्रणमा भयो। बिरामीले ‘भोलि पैसा ल्याउँछु’ भन्दाखेरि ‘पैसा ल्याएपछि मात्रै उपचार सुरु गर्छु’ भन्नु परेन। तुरुन्त अप्रेसन चाहिएको छ भने ठीक छ, उपचार गर्दै गरौं भनेर अघि बढ्न मिल्छ। बिरामीले अनुमति दिएर उपचार गर्ने इच्छा जाहेर गर्नुपर्योो। अन्य कुराले रोकिँदैन। मलाई सन्तुष्ट बनाएको यही कुराले हो। पहिले एक-दुई केसमा यस्तो भोग्नुपरेको थियो। नरमाइलो लागेको थियो। बिरामीसँग पैसा भएन, त्यसैले निको पार्न सकिएन भन्ने अवस्था छैन । कोही दिन नसक्ने भएपनि १० प्रतिशत सहुलियत दिनुपर्नेमा राखेर उपचार गरेरै पठाइन्छ।
सबैभन्दा धेरै इमर्जेन्सी हेड र स्पाइन इन्जुरीमा पर्छ। त्योपनि सरकारले १ लाख रुपैयाँ दिन्छ । त्यसमा हाम्रो अस्पताल पनि सूचीकृत भएको छ । त्यस्तो हुँदा झन् बढीले फाइदा लिन पाउने भए। मुख्य कुरा आफ्नो अभ्यास हो, जे गर्नुपर्ने हो, त्यो गर्छौं नै। आफ्नो अस्पताल भएपछि बिरामीलाई समय दिन मन पनि बढी लाग्दो रहेछ। पहिले ५ बजे हतार हुन्थ्यो। अहिले जति बजे पनि केही छैन, जबसम्म बिरामी सुरक्षित महशुस हुँदैन, तबसम्म खटिइरहिन्छ।
तपाईंलाई न्युरोसर्जरीमा रुचि कसरी जाग्यो ?
एमबीबीएस गरेर काम सुरु गरिसकेपछि सम्म पनि मलाई न्युरो सर्जन बन्न मन नै थिएन । मलाई फिजिसियन बन्न मन थियो । त्योबेला फिजिसियनको चार्म देखेर मलाई त्यही बन्न इच्छा जागेको थियो।
जब मैले इन्टर्नसीप सकेर काठमाडौंमा जबका लागि अप्लाइ गरें। न्युरो अस्पताल बाँसबारीबाट कल आयो। भोलिपल्टबाट जागिर लागें। डा उपेन्द्र देवकोटासँग मेडिकल अफिसरका रुपमा काम गर्ने मौका पाएँ । काम गर्दै गएपछि महशुस भयो- सर्जरी पो रमाइलो हुँदो रहेछ। सर्जनको पो धेरै चार्म हुँदो रहेछ। डा देवकोटाले उत्प्रेरित गर्नुभयो। एकदिन म सरलाई मैले सर्जरीमा असिस्ट गरें। त्यो सकेर नोट लेख्दै थिएँ । उहाँले भन्नुभयो- तिम्रो त हातको स्किल राम्रो रहेछ। तिमी त सर्जन बन्नुपर्ने मान्छे रहेछ, किन सर्जन बन्न नखोजेको?
उहाँको त्यो भनाइ मेरा लागि वाणी भयो। मलाई लाग्न थाल्यो- हो न, हो म त्यसैका लागि पो हो कि ? त्यसपछि न्युरोसर्जरी नै पढ्ने भनेर सुरु गरियो। एमबीबीएस चिनबाट गरेको थिएँ। त्यसपछि एफसीपीएस गरेको हो। पाँच वर्षे कोर्स हुन्छ। नेपालमै पढाइ र तालिम हुन्छ तर रिकग्नाइज पाकिस्तानले गर्छ। अन्तिम परीक्षा पाकिस्तानले लिन्छ। जुन अहिले बन्द भएको छ। दु:ख लागिरहेको छ।
पढाइ निशुल्क थियो। परीक्षा शुल्क थोरै लिन्थ्यो। यो स्कलरसिप जस्तै थियो। काम गरुन्जेल राम्रै पैसा पनि पाइन्थ्यो। टू प्लस थ्री गरेर डिभाइड गरिएको कोर्स थियो। दुई वर्ष जनरल सर्जरीको कोर्स हुन्छ। त्यो मैले बीएण्डबी अस्पतालमा गरेको थिएँ। त्यसपछि तीन वर्ष न्युरो सर्जरी बाँसबारीमा डा देवकोटा अन्तर्गत रहेर गरेको हुँ।
त्यसअघि बीएण्डबी काम गर्दा पनि हप्ताको एकदिन सरको क्लास लिन जान्थें। न्युरो सर्जरीतिरै रुचि जागिसकेको थियो। त्यसैले यता काम सकेर हप्तामा एक दिन हुने उहाँको क्लास नबिराइ जान्थें।
यो अस्पताललाई तपाईंले कसरी सेटअप गर्नुभएको छ। आफ्नो गुरुको तस्विर देखियो। उहाँको झल्को आउने अन्य सेटअप पनि छन् ?
यो मैले आफैं सेटअप गरेको हो। इन्जिनियरसँग बसेर मेरो दिमागले भ्याएजति र सकेजति बाँसबारी न्युरोकै आउटलाइनमा फिट गरेको छु। मलाई काम गर्दा महशुस होस् कि म बाँसबारीमै काम गरिरहेको छु। जुन इन्टरियर डिजाइन हुन्छ नि, आइसियु र ओटीको कुरा भयो, उहीँदेखिको डिजाइन हो। ओटीभित्रका कोरिडोरको डिजाइन पनि मैले उताकै जस्तो बनाएको छु। लिफ्टदेखि हरेक कुरामा मैले बाँसबारीकै ‘मिनिफर्म’ अर्थात् ५० बेडसम्मको यहाँ बनाएको छु।
सामान मैले काम गर्दा त्यहाँ जे-जे थिए, त्यहीँ किनें। त्यहाँ एमआरआई पछि ल्याएको हो, म पनि त्यस मामलामा सरकै बाटोमा हिँड्छु । अलि पछि नै ल्याउँछु पहिले बाटो कसैले देखाइसकेको छ भने हिँड्न सजिलो भयो। यही बाटोबाट जाँदा त्यहाँ पुगिन्छ भन्ने थाहा भएकाले त्यही बाटोबाट जाने कोशिस गर्दैछु।
जुन-जुन न्युरोसर्जरीलाई इमर्जेन्सी चाहिन्छ, हरेक चिज कन्जुस्याइँ नगरी हरेक आइटम ल्याएर सुरु गरें। त्यसले खर्च अलि बढी लाग्यो।
चाहिने सामान सबै जुटाएर सुरु गरियो। त्यसैले लगानी भइसकेका कारण हामीले २५ बेडबाट सेवा सुरु गर्यौं । त्यसपछि ५० का लागि अप्लाइ गरिहाल्यौं, प्रक्रिया लामो छ। त्यसमा समय लाग्ने थियो। सुरुमै तयार ५० बेडका लागि गरिकसकेका थियौं। त्यसैले २५ सहजै पायौं। पछि ५० बेडमा अपग्रेड गर्यौं ।
यहाँ न्युरोबाहेक पनि सेवा दिने गरिएको छ कि छैन ?
हाम्रो एलाइड न्युरो साइन्सेज सेन्टर हो। एक्सिडेन्ट भएर बिरामी आउँदा टाउकोमा मात्रै चोट लाग्दैन, शरीरका अन्य अंगमा पनि समस्या आउँछ। अन्य समस्यासँग सम्बन्धित विशेषज्ञज्ञ तथा सर्जन पनि हामीसँग हुनुहुन्छ। एलाइड भएकाले न्युरोसँग जोडिएका अन्यस समस्याका बिरामी आउँछन्, त्यसका कन्सलटेन्ट छन्।
सामाग्री श्रोत :
swasthyakhabar