२०८२ आश्विन १ बुधबार
२०८२ आश्विन १ बुधबार

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीका अनुसार दोर्दी गाउँपालिका–१ की ७० वर्षीया मिठी थापाको मृत्यु भएको हो ।
सामाग्री श्रोत :
नेपाललाइभ

भक्तपुर। अरनिको राजामार्ग विस्तार कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोक र भक्तपुरको सिमाना साँगादेखि धुलिखेल सडकखण्ड विस्तारको काम जारी रहेको छ।

करिब एक दशकदेखि नेपाल सरकारको प्राथमिकतामा परेर पनि विस्तार हुन नसकेको ६ लेनमा बनेको सूर्यविनायक–धुलिखेल सडक खण्ड अहिले पिच हुँदै गैइरहेको छ ।


सामाग्री श्रोत :

६ लेनमा बनेर पिच हुँदै गरेको अरनिको राजामार्गको धुलिखेल सडकखण्ड (तस्विरहरू)

काठमाडौँ । स्पेसएक्सको विशाल रकेट स्टारशिपको नवौं परीक्षण उडान असफल भएको छ । टेक्ससको स्टारबेसबाट मंगलबार साँझ (नेपाली समय अनुसार बुधबार बिहान ५:१५) प्रक्षेपण गरिएको ४०३ फिट अग्लो रकेट केही समयमै अनियन्त्रित भई टुक्रिएर​ समुन्द्रमा खसेको हो । यसअघिका दुई परीक्षण उडानमा यस्तै दुर्घटना भएको थियो ।

एलन मस्क नेतृत्वको स्पेसएक्सले उडानपछि केही नक्कली स्याटलाइट छोड्ने योजना बनाएको थियो । तर रकेटको ढोका पूर्ण रूपमा नखुलेपछि त्यो योजना असफल भयो । 

उडानका क्रममा यान अन्तरिक्षमा पुग्ने क्रममा अनियन्त्रित ढंगमा घुम्न थालेको थियो । त्यसपछि यानमा इन्धन चुहावट भई नियन्त्रण गुम्यो र अन्ततः हिन्द महासागरमा टुक्रियो । स्पेसएक्सले यान अनपेक्षित रूपमा टुक्रिएको पुष्टि गर्दै अर्को परीक्षणका लागि डेटा विश्लेषण गर्ने बताएको छ ।

यसपटकको परीक्षणमा पहिले जस्तै ‘चपस्टिक’ नामक उपकरण प्रयोग गरेर बुस्टर समात्ने योजना थिएन । बुस्टरसँग सम्पर्क गुमेपछि त्यो पनि टुक्रिएर गल्फ अफ मेक्सिकोमा खसेको बताइएको छ ।

यसअघि भएका दुई परीक्षण पनि क्यारिबियन क्षेत्र पार गर्न नपाउँदै असफल भएका थिए । कुनै मानवीय क्षति भने भएको छैन । उडानका लागि संघीय उड्डयन प्रशासनले गत हप्ता अनुमति दिएको थियो र उडान समय हवाई यातायात कम हुने समयमा तय गरिएको थियो ।

यो रकेट भविष्यमा चन्द्रमा र मंगल यात्राका लागि प्रयोग गर्ने लक्ष्य राखिएको छ । नासाले सन् २०२७ मा दुई अन्तरिक्ष यात्रीलाई चन्द्र सतहमाथि पुर्‍याउन स्टारशिप प्रयोग गर्ने तयारी गरिरहेको छ । त्यसका लागि स्पेसएक्सले अझै धेरै प्रगति गर्नुपर्ने देखिएको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ १४, २०८२ ९:२३





सामाग्री श्रोत :
टेक पाना

रुपन्देही – बुटवलको होराइजन चोकमा एक महिलासहित दुईजना बालिकाको वीभत्स हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार, बुटवल कालिकानगरका ३५ वर्षीय सुजन कोइरालाले आफ्नी पूर्वपत्नी ३० वर्षीया दीपा बस्याल ढकाल र उनकी दुई छोरीहरू– ७ वर्षीया स्नेहा ढकाल र ४ वर्षीया हिमानी ढकालको हत्या गरेका हुन् ।

दीपा बस्यालले सुजनसँग सम्बन्ध विच्छेद गरी पाल्पाका शंकर ढकालसँग पुनः विवाह गरेकी थिइन् । मृतक दुई बालिका शंकर र दीपाकी सन्तान हुन् । 

Ncell 2
Ncell 2

महिला र बालिकाहरूको हत्या गर्ने सुजन यस अघि आफ्नै दाजुको हत्या गरी जेल चलान भई केही वर्षअघि संविधान दिवसको दिन कैद माफी पाएर छुटेको बताइएको छ । 

प्रहरीका अनुसार, कोइरालाले पूर्वपत्नीलाई भेट्न भनेर घर बोलाएका थिए । बिहानैको समयमा चक्कु र घन प्रयोग गरी ती तीनै जनाको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक रानाले जानकारी दिए । मृतक दीपा स्वास्थ्यकर्मी थिइन् र पाल्पाको एक स्वास्थ्य संस्थामा कार्यरत थिइन् । हत्या अभियोगमा पक्राउ परेका कोइरालालाई प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

बागमती। मकवानपुरको भीमफेदी गाउँपालिका–८ स्थित कोगटे खोलामा डुबेर किशोरको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा काठमाडौं महाननगरपालिका–१२ लाजिम्पाटका १७ वर्षीय नामसोज हगङ्जबेगुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार डुबेर अचेत भएका निजलाई उद्धार गरी सिस्नेरीस्थित स्वास्थ्यचौकीमा ल्याइएकामा उपचारका क्रममा उनको मृत्यु भएको हो ।


सामाग्री श्रोत :

पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु

काठमाडौं –पछिल्लो समय महिलाको प्रजनन् स्वास्थ्यलाई लिएर ‘मेरो शरीर मेरो अधिकार हो’ भन्ने विषयमा बहस चलेता पनि गर्भपतनलाई सरकारले निरअपराधीकरणको व्यवस्था गरेको छैन, कानुनी रुपमा यसलाई आवश्यक संशोधन गरिनु पर्छ भन्दै विज्ञ सँगै सम्बन्धित क्षेत्रका व्यक्तिहरुले आवाज उठाएका छन् ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन र मुलुकी अपराध संहिताले गर्भपतनलाई अपराधीकरणको व्यवस्था गरेकाले ऐनमा गर्नुपर्ने आवश्यक संशोधनको विषयमा मंगलबार सञ्चारिका समूह नेपाल, सेन्टर फर रिप्रोडक्टिभ राइट्स र महिला, कानून र विकास मञ्च (एफ डब्लु एलडी)को संयुक्त आयोजनामा काठमाडौंमा एक छलफल कार्यक्रम भएको हो ।

कार्यक्रममा महिला, कानुन तथा विकास मञ्चका कार्यकारी निर्देशक तथा अधिवक्ता सविन श्रेष्ठ, नेपाल सोसाइटी अफ अब्स्टेटिरसियन एन्ड गाइनोकोलोजिष्ट (नेसोग)का अध्यक्ष डा. पदम राज पन्त, सिआरआरका बरिष्टकानुनी सल्लाहकार तथा प्रवक्ता प्रभाकर श्रेष्ठ, प्रजनन् स्वास्थ्य अधिकारको क्षेत्रमा कार्यरत अधिवक्ता सोनाली रेग्मी, लगायतले माथिका बिषयमा प्रतिवेदन पेस गरेका थिए ।

प्रस्तुति राख्दै महिला कानुन तथा विकास मञ्चका अध्यक्ष सबिन श्रेष्ठले सन् २०५८ मा गर्भपतनलाई कानुनी मान्यता पाएता पनी २०७४ को मुलुकी अपराध संहिता, र २०७५ को प्रजनन स्वास्थ्य अधिकार ऐन सन्दर्भमा कानुनी पाटोको व्याख्या गरे । जसमा १२ हप्ताको महिलाको मन्जुरीमा र २८ हप्ता जवर्रजस्तीकरणीको व्यवस्था गरीयो भने अर्कातीर मुलुकी फौजदारी संहीतामा दण्डसजाएको व्यवस्था गरेको जसको कारण १२ वर्षको बलात्कृत बालीकाले बच्चा जन्माउन परेको उदाहरण बारे जानकारी गराउनु भयो ।

कार्यक्रममा बोल्दै नेपाल सोेसाइटी अफ अब्स्टेट्रिसियन एन्ड गाइनोकोलोजिस्ट डा पदम राज पन्तले स्वास्थ्य पक्षबाट गर्भपतनको आवश्यकता र चुनौतिहरू बारे बोले । उनले भने, ‘एकातिर अधिकार दिइन्छ भने अर्र्कोतिर अनावश्यक सीमितता राखिन्छ ।’ कानुनीरूपमा २८ हप्तासम्म गर्भपतन सम्भव छ । एचआइभी संक्रमित महिलाका लागि विशेष खण्ड थपिनुपर्ने आवश्यकता उनले औंल्याए ।

Ncell 2
Ncell 2

प्रजनन स्वास्थ्य सम्बन्धी कार्यरत अधिवक्ता सोनाली रेग्मीले गर्भपतनको सवाल महिलाको आत्मसम्मान, निर्णयको अधिकार र जीवनको सुरक्षासँग जोडिएको भन्दै यसलाई यातना, बलात्कार, तथा बलजफ्ती गर्भवती बनाइएका अवस्थामा अनिवार्य उपचारको रूपमा हेर्नुपर्ने धारणा राखिन । उनले सन्दर्भ, तथ्याङ्क र वास्तविकतामाथि आधारित संवादको आवश्यकता औंल्याईन् ।

कानुनी सल्लाहकार प्रभाकर श्रेष्ठले संविधान, अन्तर्राष्ट्रिय प्रतिबद्धता र महिला अधिकारलाई सम्बोधन गर्दै सुरक्षित गर्भपतनमा पहुँच वृद्धि गर्न नीतिगत सुधार आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै सञ्चारिका समुहका अध्यक्ष कमला पन्थीले अपराधीकरणको व्यवस्था गरेको बिषयमा कानुनी रुपमा यसलाई आवश्यक संशोधन माथिका बिषयमा सरकारलाई मिडियाको माध्यमबाट एक किसिमको दबाब दिएर मिडियाले सकारात्मक भूमिका खेल्न सक्ने बताईन् ।

छलफलमा अधिकांश सहभागीहरूले विशेषगरी बालबालिका, बलात्कार पीडित र अपांगता भएका महिलाका केसमा अहिलेको कानुनी प्रक्रिया अपूरो र अपारदर्र्शी भएको उल्लेख गरेका थिए ।

केही सहभागिहरूले २० वर्ष मुनिका महिलाहरूमा गरिने गर्भपतन, लिंग पहिचान गरेर गरिने गर्भपतन, ग्रामीण क्षेत्रमा सुरक्षित सेवा नपाइनु लगायत समस्याहरू उजागर गरे ।

पत्रकार, स्वास्थ्यकर्मी, कानुन व्यवसायी, महिला अधिकारकर्मीहरूले सामाजिक कलङ्क, अपुष्ट जानकारी, र सरकारी असंलग्नता मुख्य चुनौतीको पाटोको रुपमा देखिएको पनि सहभागिहरुले औँल्याएका छन् ।

कार्यक्रममा उपस्थित सबै सरोकारवालाहरूले सुरक्षित गर्भपतन सेवा महिला अधिकारको अभिन्न हिस्सा भएकोमा भन्दै । कानुनी संशोधन, सेवा प्रवाहको सुधार, शिक्षा र जनचेतना अभिवृद्धि तथा मिडिया मार्फत सही सन्देश प्रवाह गर्नु आजको आवश्यकता हो भन्नेमा सबैको एक मत थियो ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

लन्डन। बेलायतको कुम्ब्रियाकी एक महिलासँग सम्बन्धित एउटा अनौठो घटना बाहिर आएको छ। महिलाको १३ वटा भित्री अंग निकालिएको छ।

ती महिलालाई क्यान्सर नामक रोग थियो, ३९ वर्षीया रेबेका हिन्दलाई ‘स्यूडोमाइक्सोमा पेरिटोनी’ (पीएमपी) नामक रोग लागेको थियो, यो एक अवस्था हो जसले लगभग एक लाख मानिसहरूलाई असर गर्छ।

हिन्दले पहिलो पटक डिसेम्बर २०१८ मा अफिसमा क्रिसमस पार्टी पछि लक्षणहरू महसुस गर्न थालिन्। सुरुमा उनलाई खानामा विषाक्त मिसिएको छ भन्ने लागेको थियो तर ८ हप्ताभन्दा बढी समयसम्म लक्षण रहिरहँदा उनी चिन्तित भइन्। जबसम्म उनलाई यो रोगको बारेमा थाहा भयो, धेरै ढिलो भइसकेको थियो र उनको शरीरका अधिकांश अंगहरु यो रोगबाट प्रभावित थिए।

ती महिलाले एक अन्तर्वार्तामा भनिन्, ‘म रोगको बारेमा सुनेर निकै निराश भएँ, तर मैले अगाडि बढ्नु पर्ने थियो।’ पिपुलमा प्रकाशित एक रिपोर्टका अनुसार पीएमपी एक दुर्लभ ‘म्यूसिनस क्यान्सर’ हो, जसले म्यूकसमा पाइने म्युसिन नामको बाक्लो पदार्थलाई पाचन प्रकियामा फैलाउँछ। यसले अक्सर पेट सुन्निने, दुख्ने, वाकवाकी लाग्ने र भोकमा परिवर्तन ल्याउँछ।

नोभेम्बर २०१९ मा, उनले अर्को ठूलो शल्यक्रिया गराइन्, जसमा उनको पित्तथैली, प्लीहा, ठूलो आन्द्रा, पाठेघर हटाइयो। यस्तो जीवन प्रक्रियाको बावजुद हिन्दको साहस अटल रह्यो।

उनले एक अन्तर्वार्तामा भनिन्, ‘यो वर्ष म ४० वर्षको भएँ र सबै कुरामा हो भन्न चाहन्छु।’ हिन्दले थप भनिन, ‘म सन्देश दिन चाहन्छु कि जब तपाईलाई स्टोमा वा टर्मिनल रोग हुन्छ, चीजहरू अविश्वसनीय रूपमा गाह्रो हुन्छन्। मेरो जीवन रोलर कोस्टर जस्तै छ। तर तपाईको सकारात्मक व्यवहारले तपाईलाई हराउन दिँदैन।’

अप्रिल २०१९ मा, ३४ वर्षको उमेरमा, हिन्दले उनको पहिलो ठूलो शल्यक्रिया गरायो, जसमा उनको एपेन्डिक्स, नाभि, ग्रन्थी र १.६ ग्यालन भन्दा बढी म्युसिन हटाइयो। तर उपचार यहाँ समाप्त भएन।


सामाग्री श्रोत :

शरीरका १३ अंग फालेर पनि बाँचिरहेकी छिन् बेलायती महिला

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरुले इतिहासकै तेस्रो सबैभन्दा ठूलो लक्ष्य पछ्याउँदै क्वालिफायर–१ मा स्थान सुरक्षित गरेको छ ।

मंगलबार इकाना स्टेडियममा लखनऊविरुद्ध २२८ रनको लक्ष्य ४ विकेट गुमाउँदै पूरा गर्‍यो । यस जितसँगै बेंगलुरुले अंक तालिकामा दोस्रो स्थानमा अन्त्य गरेको छ । अब टिमले २९ मे मा पञ्जाब किङ्ससँग क्वालिफायर–१ खेल्नेछ ।

बेंगलुरुका कप्तान जितेश शर्माले ३३ बलमा अविजित ८५ रन बनाए । मयंक अग्रवालले २३ बलमा अविजित ४१ रनको योगदान दिए । दुवैले १०७ रनको साझेदारी गरे ।

Ncell 2
Ncell 2

यस्तै विराट कोहलीले ५४ रन बनाए । उनले यस सिजनको ८ औं र समग्रमा ६३ औं आईपीएल अर्धशतक प्रहार गरे । उनले आईपीएलमा सबैभन्दा बढी अर्धशतक बनाउने क्रममा डेभिड वार्नर (६२ अर्धशतक) को कीर्तिमान तोडे । 

बेंगलुरुले टस जितेर पहिले बलिङ रोजेको थियो । यस्तोमा लखनउले २० ओभरमा ३ विकेट गुमाउँदै २२७ रनको विशाल स्कोर खडा गरेको थियो ।

पहिले ब्याटिङ गरेको लखनऊका कप्तान ऋषभ पन्तले ६१ बलमा अविजित ११८ रन बनाए । उनले ११ चौका र ८ छक्का प्रहार गरे । तर उनको शतकीय पारी हारसँगै छायामा परेको छ । उता मिचेल मार्शले ६७ रन बनाउँदै योगफल २०० माथि लैजान योगदान दिएका थिए । आईपीएलमा भोली देखि प्ले अफका खेलहरु हुनेछन् । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।

‘बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो। यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार) को पूजा गरिन्छ। पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ।

साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ।

कृष्णको हातमा सधै मुरली वा शंख बोकेको देखाइन्छ । यसबार आज यहाँ चर्चा गर्दै छौं । युद्धको उद्घोष गर्ने बेला उहाँको हातमा शंख देखिन्छ । र, रसिक अवस्थामा चाहि मुरली । कृष्णले युद्धका समयमा शंख बोकेको देखाइन्छ । यो अवस्था भनेको साधक सांसरिक सुखभोगबाट माथि उठिसकेको अवस्था हो ।

आफैभित्रको निराकारबाट ध्वनीहरु गुञ्जन थाल्छ वा त्यसको अनुभूत हुन थाल्छ, बाहिर र भित्रको ध्वनी एकाकार हुँदै जान्छ । यस्तो अवस्थामा भक्ति, संगीत, नृत्य र मनोरञ्जनमय हुन्छ ।

यसलाई मुरलीको धुन सुनिरहेका गोपिनीहरुको रासलिलाको रुपमा चित्रण गरिएको छ ।

बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ ?

हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।

बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।

बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थहरुमा पाइन्छ।

जसको कुण्डलीमा बुध ग्रहको दोष छ उसले बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।


सामाग्री श्रोत :

भगवान कृष्णले किन बोक्छन् मुरली ?

काठमाडौं। नेकपा एमाले निकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन्। पोखरा सभागृहमा मंगलबार सम्पन्न मतगणनाबाट प्रतिद्वन्द्वी सुमन पुरीलाई हराउँदै थेबे दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका हुन्।

थेबेले १ सय ८८ मत बढी ल्याउँदै विजयी भएका हुन्। उनले ७ सय ९६ मत ल्याउँदा पुरीले ६ सय ८ मत ल्याएका छन्। मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएका थिए।

यस्तै महासचिवमा महासचिवमा महेश चौलागाईं विजयी भएका छन्।


सामाग्री श्रोत :

युवा संघको अध्यक्षमा क्षितिज थेबे निर्वाचित

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट