
काठमाडौँ –नेकपा एमाले भृकुटिमण्डपमा आयोजना गर्न लागेको गणतन्त्र दिवस समारोह र राजावादीहरूले राजतन्त्र पुनः स्थापना अभियानको कार्यक्रम आज एकै दिन हुने भएकाले काठमाडौंको सुरक्षा व्यवस्थामा कडा पारिएको छ ।
सत्तामा रहेको पार्टी एमालेले जेठ १५ कै मितिलाई छनौट गरेर गणतन्त्र स्थापनाको उत्सव मनाउने र राजावादीहरूले गणतन्त्र स्थापनाको दिनलाई पारेर शान्तिपूर्ण आन्दोलन गर्ने भएपछि दुवै पक्षलाई भेट हुन नदिने गरी ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।‘ काठमाडौंमा अप्रिय घटना हुन नदिने गरी सुरक्षाकर्मी परिचालन भएको छ’, जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी घोषित अघोषित गरी ६ हजार सुरक्षाकर्मी परिचालित भएका छन् । ‘पर्याप्त संख्यामा प्रहरी परिचालन गरिएको छ’, केन्द्रीय प्रहरी प्रवक्ता रमेश थापाले भने । उनका अनुसार काठमाडौं उपत्यकामा सबै स्थानमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ । यता सशस्त्र प्रहरीले पनि अघिल्लो पटक भन्दा यसपटक अलि सजग भएर परिचालन गरेको जनाएको छ । ‘जिल्ला सुरक्षा समितिको निर्णय अनुसार सशस्त्र प्रहरी अन्य सुरक्षा अंग सँग समन्वय गरेर परिचालित भएको छ’, सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता लालबाबु पण्डितकी पत्नीको निधन भएको छ । बिरामी बिमला महतको गएराति उपचारको क्रममा निधन भएको हो।
उनको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो। नेकपा एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा उनीहरुबीच जनवादी बिहे भएको थियो। उनी करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्।
सामाग्री श्रोत :
काठमाडौँ । गणतन्त्र दिवस २०८२ को अवसरमा नेपाल टेलिकमले विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले जेठ १४ देखि १६ गतेसम्म लागु हुने गरी विभिन्न डेटा प्याक तथा फेस्टिभ कम्बो प्याक अफर ल्याएको हो ।
यस अफरमा ६ जीबी डेटा रु. १११ मा, १३ जीबी डेटा रु. १९९ मा, २० जीबी डेटा रु. २९९ मा र ३० जीबी डेटा रु. ३९९ मा उपलब्ध छ ।
यस्तै १ एमबीपीएस स्पिडसहितको अनलिमिटेड डेटा र १०० मिनेट एनटी-एनटी भ्वाइस सेवा रु. ४९ मा प्रदान गरिएको छ ।
यही अवसरमा फेस्टिभ कम्बो प्याकअन्तर्गत ३० जीबी डेटा, ६०० मिनेट सबै नेटवर्कमा भ्वाइस र २०० एसएमएस रहेको प्याक रु. ७८९ मा उपलब्ध छ, जुन प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेडका लागि ३० दिनसम्म प्रयोग गर्न सकिनेछ ।
अफर लिनका लागि *1415*11# डायल गर्न वा नेपाल टेलिकमको एप प्रयोग गर्न सकिनेछ ।
पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ १०:१९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं – सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न प्रस्तुत हुने आर्थिक वर्ष २०८२÷०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मध्याह्न मन्त्रिपरिषद् बैठक हुँदैछ ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
सङ्घीय संसद्मा अपराह्न ३ः०० बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट आज संघीय संसद्मा प्रस्तुत गर्दैछ। जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप अर्थमन्त्री विष्णु पौडेलले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन्।
अर्थमन्त्री पौडेलले बुधबार नै संसद्मा बजेटसँग आश्रित आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ। आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रालयले २० खर्ब हारहारीको आकारको बजेट ल्याउने लागेको छ।
यसपटक स्वास्थ्यको बजेट केही बढ्ने अनुमान गरिएको छ।
स्वास्थ्यले एक खर्ब हाराहारीमा बजेट पाउने सम्भावना रहेको बताइन्छ। आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई ८२ अर्ब ८८ करोड २८ लाखको बजेट सिलिङ दिइएको थियो। हालका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पटक पटक आग्रह गरेपछि मन्त्रालयले थप १३ अर्ब बढी रकमको सिलिङ पाएको थियो। थपिएको रकमपछि स्वास्थ्य मन्त्रालयले ९६ अर्बको सिलिङ प्राप्त गरेको छ।
यो आधारमा हेर्दा पनि स्वास्थ्यले यस पटक एक खर्ब हाराहारीमा बजेट पाउने सम्भावना देखिन्छ।
बजेटमा स्वास्थ्यका पूर्वाधार निर्माण, स्वास्थ्य बीमा, डिजिटल हेल्थ कार्यक्रम, आधारभूत र जीवनरक्षक औषधि तथा औषधिजन्य सामग्रीको उत्पादनलाई थप प्रोत्साहन गर्ने लगायतका कार्यक्रम आउने बताइएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज अपराह्न प्रस्तुत हुने आर्थिक वर्ष २०८२-०८३ को राजस्व र व्ययको अनुमान (बजेट) अनुमोदन गर्न मध्याह्न मन्त्रिपरिषद् बैठक बस्दैछ।
बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। आजै अपराह्न राष्ट्रिय योजना आयोगका अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आयोगको बैठक हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
संघीय संसद्मा अपराह्न ३ः०० बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची छ।
सामाग्री श्रोत :
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद्हरूले विदेश जाँदा ठगीमा परेका वा घुस दिन बाध्य बनाइएका नेपालीलाई ईमेल र ह्वाट्सएपमार्फत प्रमाण पठाउन आग्रह गरेका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट राख्दै सांसद् हरि ढकाल, शिशिर खनाल, सोविता गौतम लगायतले प्रमाण पठाइदिन अनुरोध गरेका हुन् ।
“विदेश जानुअघि वा पछि तपाईंलाई कसले, कुन माध्यमबाट, कुन खातामा कति घूस तिर्न बाध्य बनायो ? यदि तपाईंसँग प्रमाण छ भने, कृपया मलाई [email protected] मा पठाइदिनुहोस्,” सांसद् गौतम लेखेकी छिन्, “अन्याय सहेर बस्ने होइन, बोल्ने र बदल्ने समय आएको छ । भ्रष्टाचारविरुद्धको अभियानमा एकजुट हौँ ।”
त्यस्तै सांसद् खनालले ईलेल एड्रेस ‘[email protected]’ र सांसद् हरि ढकालले ह्वाट्सएप नम्बर ९८५११६४१६८ मा प्रमाण पठाइदिन अनुरोध गरेका छन् ।
उनीहरूको पोस्टपछि सामाजिक सञ्जालमा रास्वपासँग जोडिएका अन्य व्यक्तिले पनि आफ्नो विवरण राख्दै प्रमाण पठाइदिन आग्रह गरेका छन् ।
भिजिट भिसा प्रकरणमा सचिवालयका कर्मचारीको नाम मुछिएपछि गृहमन्त्री रमेश लेखकमाथि राजीनामा दिन चौतर्फी दबाब बढेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हाल भिजिट भिसा प्रकरणमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख प्रमुख तीर्थराज भट्टराईसहित गिरोहमा संलग्न रहेको आरोप लागेका पाँच जनामाथि अनुसन्धान गरिरहेको छ । उनीहरूका मोबाइललगायत विद्युतीय उपकरण बरामद गरी अनुसन्धान अघि बढाइएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १५, २०८२ ९:५७
सामाग्री श्रोत :
टेक पाना
दैलेख – पूर्वराज्यमन्त्री एवम् संविधानसभा सदस्य गणेशबहादुर खड्काको निधन भएको छ । नेपाली कांग्रेसका तर्फबाट दैलेख क्षेत्र नम्बर १ बाट २०६४ सालको संविधानसभा र त्यसअघि २०४८ तथा २०५१ को प्रतिनिधिसभा चुनावमा निर्वाचित खड्काको आज (बिहीबार) बिहान निधन भएको हो ।
क्यान्सर रोगसँग जुधिरहेका ८२ वर्षीय खड्कालाई काठमाडौंको महाराजगंजस्थित शिक्षण अस्पतालमा उपचार गराएर केही दिनअघि दैलेख सदरमुकामस्थित निवासमा लगिएको थियो । वि.सं. १९९९ सालमा दैलेखमा जन्मिएका खड्काले नेपाली कांग्रेस दैलेखको सभापतिका रुपमा लामो समय काम गरेका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । गाजाको दक्षिणी सहर रफाहमा खाना लिन आएका मानिसहरूबीच भागदौड भएको छ ।
जसका कारण ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । यसबाहेक ७ जना बेपत्ता रहेका छन् ।
अल जजिराको रिपोर्ट अनुसार इजरायली सैनिकले हावामा गोली हानेपछि भागदौड सुरू भएको थियो । इजरायली सेनाले आफ्ना सैनिकहरूले भीडलाई नियन्त्रणमा राख्न चेतावनी गोली चलाएको बताएको छ।
गाजाका मानिसहरूलाई खाना उपलब्ध गराउन खाद्य केन्द्रहरू सुरु भइरहेका छन्। हजारौं मानिसहरूको भीड रफाह शहरको यस्तै एउटा केन्द्रमा खाना लिन भेला भएको थियो। इजरायली गोलीबारी पछि हजारौं प्यालेस्टाइनीहरू खानाको लागि केन्द्रमा पुगेका थिए।
गाजाको सरकारी मिडिया कार्यालयले एक विज्ञप्तिमा भन्यो, ‘आज रफाहमा के भयो त्यो जानाजानी नरसंहार र एक स्पष्ट युद्ध अपराध हो।’
हाल एक हप्ताको लागि गाजामा सहायता पठाइने भएको छ। यस समयमा, इजरायलले गाजामा खाना वितरण गर्न नयाँ वितरण केन्द्रहरू निर्माण गर्नेछ। यी केन्द्रहरू इजरायली सेनाको निगरानीमा हुनेछन्। यसलाई अमेरिकी कम्पनीहरूले सञ्चालन गर्नेछन्।
सामाग्री श्रोत :
एजेन्सी – अर्बपति एलन मस्कले ट्रम्प प्रशासनको जिम्मेवारीवाट बाहिरिने घोषणा गरेका छन् । उनी स्वयंले घोषणा गरेका छन् कि उनी संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन छोड्दैछन्, जहाँ उनले संघीय सरकारमा लागत कटौती गर्न एक महिना लामो परियोजनाको नेतृत्व गरेका थिए ।
‘विशेष सरकारी कर्मचारीको रूपमा मेरो निर्धारित समय सकिएपछि, म राष्ट्रपति डोनाल्ड ट्रम्पलाई व्यर्थ खर्च कम गर्ने अवसरको लागि धन्यवाद दिन चाहन्छु,’ उनले एक्समा लेखेका छन् ।
‘डिओजिए मिशनले समयको साथ मात्र बलियो बनाउँछ किनकि यो सरकारभरि जीवनको एक तरिका बन्छ,’ मस्कले सरकारी दक्षता विभागलाई उल्लेख गर्दै भने । जसका उनी शीर्ष व्यक्ति थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ