
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छाडा भएर राजावादीले आक्रमण गरे प्रतिवाद गर्ने गरि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
आइतबार काठमाडौंमा योङ कम्युनिष्ट लिग नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रचण्डले राजावादी छाडा बनेर आफूहरुमाथि आक्रमण गर्ने कोसिस गरिरहेको भन्दै राजावादीले आक्रमण गरे प्रतिवाद गर्ने गरि तयार रहन नेता कार्यकर्तालाई निर्देशन दिए । प्रचण्डले राजावादीहरुले पैसाको बलमा भाडाको मान्छे ल्याएर उफार्ने काम गरेको आरोप लगाए ।
उनले गणतन्त्र माओवादीको बलमा मात्रै आएको हो भन्दै प्रचार गर्न खोजिएको उल्लेख गर्दै गणतन्त्र सवै जनताको भएको भएको जिकिर गरे । माओवादी र प्रचण्डलाई एक्लो पार्ने र अरुलाई भ्रम छर्ने गरि राजावादीले कुप्रचार गरिरहेको उनले बताए ।
त्यस्तै अध्यक्ष प्रचण्डले यथास्थितिवाद र प्रतिगमनबिरुद्ध संघर्ष गर्दै गणतन्त्रको बिकास गर्दै समाजवादी गणतन्त्रतर्फ डोहो¥याउने जिम्मेवारी र चूनौति माओवादीको काँधमा रहेको उल्लेख गरे ।
उनले गणतन्त्रलाई समर्थन गरेको भरमा भ्रष्टाचारीलाई जोगाउने, कुशासन कायम गर्ने, इमान्दारहरुलाई कारवाही गर्ने काम सरकारबाट भएकाले प्रतिगमनले टाउको उठाउने मौका पाएको बताए ।
प्रचण्डले आफुहरुको अभियान फेरी सुरु हुने र जनतासंग माओवादीलाई जोड्दै पार्टीलाई बलियो बनाउने जिकिर गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२९ गाइघाटस्थित मुग्लिन नारायणगढ सडक खण्डमा टिप्पर दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।
नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ क ०२१५ नम्बरको टिप्पर गति अनियन्त्रीत भइ बाटोको साइडमा पल्टिँदा टिप्परमै च्यापिएका चालकोको सशस्त्र प्रहरी बलले उद्धार गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नं.१७ गण हेक्वा चितवनबाट सुरक्षाकर्मीको टोलीले घटना स्थल पुगी च्यापिएर गम्भीर घाइते भएका चलकको उद्धार गरेको हो। घाइते चालकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि भरतपुरतर्फ पठाइएको छ।
सामाग्री श्रोत :
काठमाडौँ । अमेरिकी प्रतिबन्धका बाबजुद चिनियाँ प्रविधि कम्पनी ह्वावे र चिप निर्माता सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेसनल कर्प (SMIC) ले अत्याधुनिक ३ न्यानोमिटर (nm) चिप्स विकास गर्ने महत्त्वाकाङ्क्षी योजनामा काम गरिरहेका छन् । सन् २०२६ सम्ममा ३ एनएम चिपको उत्पादन सुरु गर्ने ह्वावेको लक्ष्य छ ।
सन् २०१९ मा अमेरिकाले ह्वावे लगायतका चिनियाँ प्रविधि कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो । यसले ह्वावेलाई क्वालकम र इन्टेल जस्ता अमेरिकी फर्महरूबाट आवश्यक कम्पोनेन्टहरू प्राप्त गर्नबाट रोकेको थियो । विशेषगरी अत्याधुनिक सेमिकन्डक्टरहरूमा चिनियाँ कम्पनीको पहुँच बन्द गरिदिएको थियो । सन् २०२० देखि चीनले एएसएमएल जस्ता कम्पनीहरूबाट एड्भान्स चिप निर्माण प्रणाली, एक्स्ट्रिम अल्ट्राभायोलेट (EUV) लिथोग्राफी प्रविधिमाथिको पहुँच गुमाएको छ । ईयूभीले चिप निर्माण प्रक्रियालाई सरल बनाउँछ, जुन एकदमै महँगो प्रविधि हो ।
गत वर्षदेखि एएसएमएललाई चीनमा दोस्रो-स्तरको डिप अल्ट्राभायोलेट (DUV) लिथोग्राफी मसिनहरूको सबैभन्दा एड्भान्स संस्करणहरू बेच्न पनि प्रतिबन्ध लागेको छ । यी प्रतिबन्धहरूले ह्वावेलाई एड्भान्स एआई चिपको उत्पादनमा सुधार ल्याउन व्यवधान पुर्याएको छ ।
ह्वावेले हालै आफ्नो मेट ६० प्रो स्मार्टफोन र मेटबुक फोल्ड ल्यापटप जस्ता डिभाइसहरूमा प्रयोग हुने किरिन ९००० एस / किरिन एक्स ९० जस्ता चिप तयार पारेको छ । यद्यपि ह्वावेले यसलाई ‘५ एनएम चिप’ भनेको छ ।
विभिन्न चुनौतीहरूका बाबजुद ह्वावेले चीनको घरेलु सेमिकन्डक्टर उद्योगका लागि ३ एनएम चिप उत्पादनको अनुसन्धान र विकास आधिकारिक रूपमा सुरु गरिसकेको छ । सन् २०२६ मा डिजाइन ‘टेप-आउट’ गर्ने र उत्पादन सुरु गर्ने उसको लक्ष्य रहेको छ । एसएमआईसी ३ एनएम चिप उत्पादनमा ह्वावेको म्यानुफ्याक्चरिङ साझेदार हुनेछ ।
चीन सरकारले सेमिकन्डक्टर क्षेत्रमा अर्बौँ युआन लगानी गरी घरेलु अनुसन्धान, शिक्षा, र उत्पादनलाई बढावा दिएको छ । यदि ह्वावे र एसएमआईसीले ३ एनएम चिप उत्पादनमा आंशिक सफलता मात्रै प्राप्त गरे भने पनि त्यो चीनका लागि सेमिकन्डक्टरको आत्मनिर्भरता तर्फको साङ्केतिक र रणनीतिक कोसेढुङ्गो हुनेछ ।
पछिल्लो अध्यावधिक: जेठ १८, २०८२ १७:१२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरूले पैसाको बलमा भाडाका मान्छे ल्याएर उफार्ने काम गरिरहेको आरोप लगाएका छन्।
पार्टीको भ्रातृ संगठन वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
‘अहिले राजावादीहरू बडो कताकताबाट पैसा ल्याएका छन्। पैसा त उनीहरूले थुपारेकै होलान्। त्यही पैसाको बलमा भाडाको मान्छे ल्याउने, छाडा बनाउने, जाँड खुवाउने, उफार्ने गरेको मैले देखिरहेको छु। तपाईंहरूले देखिराख्नुभएको छ,’ प्रचण्डले भनेका छन्।
उनले राजावादीहरू छाडा भएको र आफूहरूमाथि आक्रमण गर्ने कोशिस भइरहेको भन्दै त्यसको प्रतिवाद गर्नेगरी तयार रहन नेता कार्यकर्तालाई आग्रह गरे।
‘त्यसकारण, हामी जाइलाग्ने चाहीँ होइन। उनीहरूको आन्दोलनमा गएर आक्रमण गर्ने चाहिँ भन्न मैले खोजेको होइन,’ उनले भने, ‘तर, उनीहरू छाडा भएका छन्। छाडा भएर हामीहरूमाथि आक्रमण गर्ने कोशिस गर्दैछन्। यदी उनीहरू आइलाग्छन् भने इँटको जवाफ पत्थरले दिनेगरी तयारी गर्नुस्। गर्नैपर्छ।’
त्यसक्रममा प्रचण्डले नुवाकोटमा शनिबार भएको एक कार्यक्रममा एउटा राजावादी त्यस्तै छाडा व्यवहार देखाएको स्मरण गरे।
‘म हिजोको नुवाकोटको घटना मात्र सुनाउँछु। म बोल्दै थिएँ। एउटा राजावादी अराजक रहेछ। म प्रश्न गर्छु गर्छु भन्दै आक्रोशित भयो’, उनले भने ‘मैले राजावादीको वैचारिक र राजनीतिक आलोचना गर्दै थिएँ उसलाई सही सक्नुभएनछ।’
नुवाकोटमा भएको कार्यक्रममा जनार्दन अधिकारी नामका राप्रपाका स्थानीय नेताले प्रचण्डले सम्बोधन गर्दागर्दै बिचमै प्रश्न गरेका थिए। सो क्रममा अधिकारीमाथि हातपात भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
अछाम- अछाम जिल्लामा रहेको बयालपाटा अस्पतालको सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट प्रदेश अन्र्तगतको ५० शय्याको अस्पतालका रुपमा सञ्चालन गर्ने भएको हो।
आर्थिक बर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख नजिर मियाँले बयालपाटा अबयालपाटा अस्पताललाई प्रदेश सरकारले आफैं सञ्चालन र व्यवस्थापन गर्ने बताए।
नीति तथा कार्यक्रम बाचन गर्दै प्रदेश प्रमुख मियाँले प्रदेश सरकारले आवश्यक कानुनी प्रक्रिया पुरा गरि अस्पतालको स्वामित्व प्रदेश सरकारले लिने र सञ्चालन गर्ने प्रदेश स्तरको अस्पतालको रुपमा सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाइने बताए।
यसअघि सामाजिक विकास मन्त्रालयसंगको साझेदारीमा न्याय हेल्थ नेपाल नामक गैर सरकारी संस्थाले अस्पतालमा सञ्चालन तथा व्यवस्थापन गर्दै आईरहेको थियो। गत माघ महिनामा न्याय हेल्थ नेपालले बयालपाटा अस्पतालको सञ्चालन व्यवस्थापनका लागि २ वटा विकल्प राख्दै प्रदेश सरकारलाई पत्र लेखेको थियो।
न्याय हेल्थ नेपालले दिएको दुई वटा विकल्प मध्ये पहिलो विकल्प न्याय हेल्थ नेपालकै व्यवस्थापनमा प्रदेश सरकारले ५० प्रतिशत आर्थिक अनुदान निशर्त सहयोग सहितको लागत साझेदारीमा कानुनी आधार नभएको भन्दै प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दोश्रो विकल्पमा गएको हो।
न्याय हेल्थ नेपालले दिएको दोश्रो विकल्प बयालपाटा अस्पताल सञ्चालनको हालकै मोडेलमा (एकीकृत स्वास्थ्य सेवा प्रणाली) प्रदेश सरकारले नै सञ्चालन र व्यवस्थापन गर्ने रहेको थियो।
उक्त दोश्रो विकल्प अनुसार प्रदेश सरकारको मुख्यमन्त्री स्तरिय बैठकबाट सामाजिक विकास मन्त्री मेघराज खड्को संयोजकत्वमा निर्देशक समिति र प्राध्यापक डाक्टर चेतराज पन्तको संयोजकत्वमा कार्यकारी समिति गठन गरेको थियो।
उक्त कार्यकारी समितिले समेत न्याय हेल्थ नेपालले सञ्चाल गरेका कार्यक्रम बयालपाटा अस्पताल र सामुदायिक स्वास्थ्य कार्यक्रमको स्थलगत अनुगमन निरिक्षण गर्दै सुदूरपश्चि प्रदेश सरकारले आगामी दिनमा समेत हालकै मोडेलमा सञ्चालन गर्नुपर्ने सिफारिस गरेको थियो।
सो सिफारिसको आधार तथा सामाजिक विकास मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट समेत बयालपाटा अस्पतालको स्वामित्व ग्रहण गर्नका विभिन्न बुँदा सहितको प्रस्ताव प्रदेश सरकारको मन्त्रिपरिषदको बैठकमा पेश गरेको थियो।
उक्त प्रस्ताव मन्त्री परिषदबाट स्वीकृत भएपछि सामाजिक विकास मन्त्रालयले अस्पतालको स्वामित्व ग्रहण गर्ने प्रक्रिया सुरु गरिएको थियो। मन्त्रिपरिषदबाट प्रस्ताव स्वीकृत भएपछि शुक्रबार सार्वजनिक भएको नीति तथा कार्यक्रममै बयालपाटा अस्पतालको सञ्चालन व्यवस्थापन प्रदेश सरकारले गर्ने बुँदा समेटिएको छ।
अब अस्पतालको स्वामित्व ग्रहण गर्न पहिलो चरणमा लगत्तै न्याय हेल्थ नेपालसंग ग्रहण हस्तान्त्ररणका लागि सम्झौता गरिने मन्त्री मेघराज खड्काले बताए।
दोश्रो चरणमा बयालपाटा अस्पतालको ओएनएम गरी प्रदेश सरकार ऐन नियम अनुसार ५० शय्या अस्पतालको सरकारी दरबन्दी अनुसार हाल कार्यरत कर्मचारीलाई नियक्ती, व्यवस्थापन लगायतका काम सुरु हुने उनले बताए।
यी सबै प्रक्रिया पुरा भएपछि हाललाई बयालपाटा अस्पताल सञ्चालन व्यवस्थापनको लागि प्रदेश सरकारबाट गठन आदेश जारी गरि अस्पताल नियमित सञ्चालन गरिने र न्याय हेल्थ नेपाल संग सहकार्य र प्राविधिक सहयोगका लागि अनुरोध गर्ने मन्त्री खड्काले बताए।
बिगत १६ बर्ष देखि बयालपाटा अस्पताल सुरुमा संघिय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र २०७४ पश्चात सुदूर पश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसंगको साझेदारीमा न्याय हेल्थ नेपालले सञ्चालन व्यवस्थापन गर्दै आइरहेको छ।
बयालपाटा अस्पतालमा स्थापनाकाल देखि नै सबै सेवा निःशुल्क रुपमा प्रदान हुँदै आइरहेका छन् भने हालसम्म करिब १५ लाख नागरिकले निःशुल्क सेवा लिइसकेका छन्।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जलवायु परिवर्तनलाई गम्भिर रुपमा लिएर विश्वले कार्वन उत्सर्जन गर्न रोक्नुपर्ने बताएका छन्।
सोमबार नेपाली कांग्रेस वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले विश्व वातावरण दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल जलवायु परिवर्तनको चपेटामा पर्नु अन्यायपूर्ण अवस्था भएको भन्दै अन्य राष्ट्रहरुले कार्वन उत्सर्जन रोक्नुपर्ने बताए।
उनले भने, ‘अव ढिलो नगरी जलवायु परिवर्तनलाई गम्भीर रुपमा लिएर विश्वले कार्वन उत्सर्जन रोक्नको निम्ति उत्तिकै आवश्यक छ। केही राष्ट्रहरुले कार्वन उत्सर्जन उच्च रुपमा बढाइरहँदा जलवायु परिवर्तनको ढृष्टिकोणले संवेदनशील राष्ट्रहरुले यस अवस्थामा भोगिरहनु अन्यायपूर्ण अवस्था हो।’
सभापति देउवाले नेपालले जलवायु न्यायको लागि विश्वसामु आफ्नो स्पस्ट धारण राख्नु आवश्यक रहेको पनि बताए। उनले सहजताको नाममा प्लास्टिकको प्रयोगले वातावरणमा नकरात्मक प्रभाव परेकोले यसबाट माथी उठ्नुपर्ने बताए।
‘हामीले प्लास्टिकका झोला र बोतलको सट्टा कपडाको झोला र स्थानीय स्तरमा उपलब्ध अन्य वैकल्पिक साधनहरुको प्रयोग गर्दै आइरहेका छौ। सहजताको नाममा प्लास्टिकको प्रयोगले हाम्रो वातावरणमा परेको नकरात्मक प्रभावबाट माथी उठ्नुपर्ने समय आएको छ। यसमा पार्टीका सबै तहबाट सहयोग र समर्थन हुने विश्वास लिएको छु,’ उनले भने।
सामाग्री श्रोत :
जलवायु न्यायका लागि नेपालले विश्वसामु स्पस्ट धारण धारणा राख्नुपर्छ : देउवा
काठमाडौँ । सरकारले राइड शेयरिङ एपहरूलाई वैधानिकता प्रदान गर्न थालेसँगै सार्वजनिक यातायात व्यवसायीहरूले त्यसको विरोध गर्न थालेका छन् । सार्वजनिक यातायात बचाउ केन्द्रीय सङ्घर्ष समितिले आइतबार काठमाडौँको माइतीघरदेखि बिजुली बजारसम्म हातमा कालो पट्टी बाँधेर विरोध जनाएका हुन् ।
यस्तै सोमबारदेखि भाडामा चल्ने सबै यातायातहरू थन्क्याएर आन्दोलनको तयारी भएको सार्वजनिक यातायात केन्द्रीय महासङ्घका महासचिव भरत नेपालले बताए । माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने उनको भनाई छ ।
गण्डकी प्रदेश सरकारले ३० वैशाखमा ‘राइड शेयरिङ नियमन तथा व्यवस्थापन नियमावली’ स्वीकृत गरेको थियो । त्यससँगै नियमावलीलाई लिएर आपत्ति जनाउँदै यातायात व्यवसायीले चरणबद्ध रूपमा आन्दोलन थालेका हुन् ।
उक्त नियमावली सङ्घीय कानुनसँग बाझिने गरी बनाइएको महासचिव नेपालले बताए । उनले भने, “अरू प्रदेश पनि नियमावली बनाएर स्वीकृत गर्ने क्रममा छन् । यो नियमावली खारेज गर्नुपर्छ ।” यस्तै नियमावली हटाउनुका साथै मजदुरको हक हित र सार्वजनिक यातायातको सुविधाका विषयमा सात बुँदे माग राख्दै सोमबारदेखि विरोधमा उत्रिने तयारी गरेको उनले सुनाए । आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोन जारी रहने उनको भनाई छ ।
निजी सवारी साधनले सार्वजनिक यातायात जसरी यात्रु ओसारपसार गर्न नपाउने व्यवस्था यातायात व्यवस्था ऐन, २०४९ मा रहेको उल्लेख गर्दै यातायात राइड शेयरिङको विरोध गरिरहेका छन् । राइड शेयरिङ उक्त ऐन विपरीत भएको उनीहरूको जिकीर छ ।
सोही विषयमा सार्वजनिक यातायात व्यवसायीहरूले सर्वोच्च अदालतमा समेत रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले १३ असोज २०८१ मा राइड शेयरिङलाई निजी सवारी साधनमार्फत यात्रु ओसारपसार गर्न रोक लगाउँदा चालकहरूको रोजगारीको हकमा प्रतिकूल असर पुग्ने फैसला सुनाएको थियो ।
“राइड शेयरिङ व्यवसायलाई नकार्नुको साटो यसलाई व्यवस्थित गर्दै यस प्रकारको यातायात सेवामा समेत महिला, अपाङ्गता भएका यात्रुहरूलाई समायोजन गरिनु पर्ने अनिवार्यता रहेको छ । यस सम्बन्धमा सुरक्षाको स्थापित मापदण्ड व्यवस्थित गरिनु पर्ने देखिन्छ । राइड शेयरिङ सेवा प्रदायक सवारीको दर्ता, सञ्चालन, व्यवस्थापन तथा अनुगमन निरीक्षणका लागि आवश्यक कानुनी व्यवस्था मार्फत वैधानिक रूपमा त्यस्तो यातायात सेवा सञ्चालन हुनुपर्ने देखिन्छ,” सर्वोच्चको फैसलामा भनिएको छ ।
सर्वोच्चले कुनैपनि सवारीलाई नियम बनाएर सञ्चालनमा ल्याउन सकिने भनेर कानुनी प्रावधान बनाउने बाटो खोलेपछि उक्त नियमावली गण्डकी प्रदेश सरकारले स्वीकृत गरेको थियो । तर, नियमावलीले सार्वजनिक यातायात व्यवसायीलाई मर्कामा पार्ने भन्दै व्यवसायीहरू विरोधमा उत्रिएका हुन् ।
पछिल्लो अध्यावधिक: जेठ १८, २०८२ १५:३८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ– वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन गर्दा राप्रपा नेपालका अध्यक्ष कमल थापालगायत पक्राउ परेका छन्।
राजावादी समूह राजधानीको नारायण चौर क्षेत्रबाट बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो।
राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुफद्ध प्रदर्शन गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
चितवन- बालकुमरी कन्या मध्यमिक विद्यालय भरतपुर-२, चितवनमा रजस्वला स्वास्थ्य जनचेतना मेला सम्पन्न भएको छ। स्वास्त्यंगी, इनिसियशन फर चेन्ज, युवा नेपाल र ग्रेस इन्टरनेशनल चितवनको संयुक्त आयोजनामा मेला सम्पन्न भएको हो।
विश्वभर मे महिनालाई ‘रजस्वला स्वास्थ्य जनचेतना महिना’ को रुपमा मनाइने गरिन्छ। मे महिनाको अवसर पारी स्कुल पढने किशोर किशोरीहरुलाई लक्षित गरेर आयोजना गरिएको उक्त मेलामा बालकुमरी कन्या मावि र लिटल फ्लावर स्कुलको ३०० बढी विद्यार्थीको उपस्थिति रहेको थियो।
मेलामा कुल ८ ओटा स्टलहरु थिए। हरेक स्टल रजस्वलाका विभिन विधाहरुका लागि निर्धरित थियो। अन्तर्क्रिया र छलफलका साथै विद्यार्थीहरु्का लागि खेलहरु र फेस पेनटिगंका स्टलहरु पनि राखिएको थियो। यसका सथै सोहि दिन रजस्वला शिर्षकमा चित्रकला प्रतिस्पर्धा समेत आयोजना गरिएको थियो। यस किसिमको रजस्वला स्वास्थ्य जनचेतना मेला चितवनमै पहिलो पटक आयोजना गरिएको स्वास्त्यंगीको सह-संस्थापक अश्नना अवस्थीले जानकरी दिइन्।
स्वास्त्यंगी, पुरानो मेडिकल कलेजमा एमबिबिएस आध्यनरत विद्यार्थीहरुले स्थापना गरेको एक सामाजिक संस्था हो। विशेषतह महिला स्वास्थ्यको क्षेत्रमा काम गर्ने यस संस्थाले बिगतका दिनहरुदेखि भरतपुरका विभिन्न विद्यालयमा आध्यनरत छात्राहरुलाई महिनावारीको सुरुवात, महिनावारीको समयमा प्रयोग गर्नुपर्ने स्यानिटरी नयाप्किन, मेनसुरल कप, टेमपुन र यसका साथै महिनावारीको बेलाका समस्या र यसका समाधानबारे आभिमुखिकरणको कार्यक्रम गर्दैआइरहको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । जुलुस लिएर बालुवाटार जाने क्रममा थापालाई पक्राउ गरिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।
राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा उनी आइतबार नक्सालको नाराणचौरबाट पक्राउ परेका हुन् । प्रहरी टोलीले उनलाई तान्दै भ्यानमा हालेको थियो । यस क्रममा थापाले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
सामाग्री श्रोत :