२०८२ भाद्र ३० सोमबार
LATEST NEWS
२०८२ भाद्र ३० सोमबार

काठमाडौं– नेकपा एमाले सांसद सूर्यबहादुर थापाले नेपाली नोटहरुमा पृथ्वीनारायण शाह र गौतम बुद्धको तस्वीर राख्न गभर्नरलाई सुझाव दिएका छन्। 

यसो भए नेपाली नोटको महत्व बढ्ने उनको भनाइ छ।

सोमबार अर्थ समितिको बैठकमा बोल्दै थापाले राष्ट्र एकीकरण गर्नेको तस्वीर नोटमा हुनुपर्ने धारणा राखेका हुन्। 

आफू राजावादी नभएको प्रष्टीकरण दिँदै थापाले भने, ‘म गणतन्त्रवादी हो। गणतन्त्र ल्याउन लडेकै हो तर पृथ्वीनरायण शाहको फोटो नोटमा राख्नुपर्छ। नेपालको एकीकरण गर्ने पृथ्वीनरायण शाहको फोटो राखे नोटको इज्जत समेत बढ्छ।’

उनले नेपाली नोटमा शान्तिका दूत गौतम बुद्धको फोटो समेत राख्नुपर्ने बताए। बैठकमा नवनियुक्त गभर्नर विश्वनाथ पौडेलसमेत सहभागी छन्।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- राष्ट्रिय चिकित्सक संघ, नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। नव-निर्वाचित केन्द्रीय समिति सदस्यहरूले प्रधामन्त्री ओलीसँग भेटमा  स्वास्थ्य शिक्षाका विद्यार्थीलाई सहुलियत ब्याजदरको ऋणका लागि समेत आग्रह गरेका छन्। 

राष्ट्रिय चिकित्सक संघ, नेपालका अध्यक्ष प्राडा विकाश गौचनले संघले पैरवी गर्दै आएका विभिन्न ८ विषय प्रधानमन्त्री समक्ष राखेका थिए। जसमध्ये  एउटा उक्त बुँदा थियो। 
संस्थाका प्रवक्ता डा अरुण उप्रेतीले जारी गरेको बिज्ञप्तिअनुसार  सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाइ थप अध्ययन र लोकसेवाको परीक्षामा सामेल हुन दिने लगायतका विषयमा समेत प्रधानमन्त्रीसँग कुराकी भएको गियो।

‘अध्यक्ष डा गौचनले  संघले पैरवी गर्दै आएका विभिन्न विषयका साथै ग्रामीणक्षेत्रमा स्वास्थ्य सेवा सुधारमा संघका आवधारणा बारे जानकारी गराउनु भयो। प्रधानमन्त्रीज्यूले संघका धारणाप्रति सहमति जनाउँदै यस्ता व्यवस्थाले चिकित्सा सेवा र शिक्षा थप सुलभ हुने भएकाले चिकित्सकको व्यक्तिगत विकासको लागि मात्र नभएर राज्यकै लाभका लागि यस्ता नीति आवश्यक रहेको बताउनुभयो।’
डा उप्रेतिका अनुसार नव-निर्वाचित टोलिलाई बधाई दिंदै जिम्मेवारीपूर्वक काम गरेर चिकित्सक समुदायको हितमा अग्रसर भइदिन प्रधानमन्त्री ओलीले आग्रह गरेका छन्। उनले चिकित्सकहरूको भूमिका जनस्वास्थ्य प्रणालीको मेरुदण्ड भएको उल्लेख गर्दै स्वास्थ्य सेवा सुधारका लागि संघसँग सहकार्य गर्दै अघि बढ्ने समेत बताएका छन्।

भेटवार्ताका क्रममा संघक नवनिर्वाचित महासचिव डा सम्राट पराजुलीले निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाइ आठौँ तहको मेडिकल अधिकृत बराबरको निर्वाह भत्ताको सुनिश्चितता गर्न प्रधानमन्त्रीले लिएको अडानको प्रशंसा गरेका थिइए। 

प्रधानमन्त्री ओलीले आवासीय चिकित्सकहरु पूर्णकालीन चिकित्सक रहेको स्वीकार्दै उनीहरु श्रमको सम्मान गर्न न्युनतम निर्वाह भत्ता तोकिएको बताए। आवासीय चिकित्सकले उचित पारिश्रमिक पाउनु उनीहरुको अधिकार रहेको जिकिर गर्दै, आयोगको निर्णय सरकारले पूर्ण पालना गराउने पुन: प्रतिबद्धता जनाएका छन्। 

प्रधानमन्त्री ओलीलाई भेट्न उक्त संस्थाका पदाधिकारीका साथै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा मंगल रावल, राष्ट्रिय चिकित्सक संघ, नेपालका पूर्वअध्यक्ष डा जागेश्वर गौतम  लगायत पुगेका थिए।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। यातायात व्यवसायीले आजदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्।

सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको आह्वानमा सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बन्द गर्ने निर्णय गरेको हो। बन्द भएसँगै आज बिहानैबाट काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन प्रभावित बनेको छ।

कोटेश्वर(जडिबुटी क्षेत्रमा यातायात व्यवसायी जम्मा भएर सडक रोकेपछि प्रहरी परिचालन भएको छ। गण्डकी प्रदेश सरकारले वैशाख ३१ गते राइड सेयरिङसम्बन्धी नियमावली मन्त्रिपरिषद्बाट पारित गरेको थियो।

गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली प्रदेशको राजपत्रमा जेठ १ गते प्रकाशन भएर कार्यान्वयनको बाटो खुला भएको छ । त्यसपछि सार्वजनिक यातायात व्यवसायी आक्रोशित बनेका हुन्।


सामाग्री श्रोत :

सार्वजनिक यातायात ठप्प हुँदा यात्रु मारमा (तस्बिर)

काठमाडौँ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि लक्षित गर्दै तालिम प्रदायक संस्था ‘प्रशिक्षण’ले आगामी जुन ४ देखि सुरु हुने ‘करियर कन्क्लेभ २०२५’ मा निःशुल्क आईटी तालिम प्रदान गर्ने भएको छ ।

उक्त तालिममा आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सुरक्षा, रोबोटिक्स, प्रोग्रामिङ (आधारभूतदेखि मध्यम तहसम्म), इन्टरनेट अफ थिङ्स (आईओटी), वेबसाइट डेभलपमेन्ट तथा गेम डेभलपमेन्टलगायतका विषयमा सहभागीलाई तालिम प्रदान गर्न लागिएको हो ।

विद्यार्थीहरूलाई प्रविधि क्षेत्रमा करियर बनाउन आवश्यक सीप प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गर्न लागिएको संस्थाले जनाएको हो । 

तालिममा सहभागीहरूले उद्योगमै कार्यरत विज्ञ प्रशिक्षकबाट कक्षा लिने, व्यवहारिक अभ्यास गर्ने, परियोजना निर्माणमा संलग्न हुने र तालिम पूरा गरेपछि प्रमाणपत्र समेत प्राप्त गर्ने व्यवस्था रहेको छ ।

सीमित सिट मात्र उपलब्ध हुने भएकाले इच्छुक विद्यार्थीहरूले समयमै नाम दर्ता गर्न आयोजकले आग्रह गरेको छ । तालिममा सहभागी हुन इच्छुकले यो लिङ्कमा गई गुगल फर्म भर्नुपर्न पर्नेछ ।

पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ १२:४५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– सार्वजनिक यातायात सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका माग सम्बोधन गर्नका लागि सरकार व्यवसायीहरूबीच वार्ता कमिटी गठन गर्ने सहमति भएको छ।

सोमबार गृहमन्त्री रमेश लेखक र यातायात व्यवसायीहरूबीचको छलफलपछि समस्या समाधानका लागि वार्ता टोली गठन गर्ने सहमति जुटेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिएका हुन्।

स्वाँरले वार्ताका लागि व्यवसायी पक्षबाट चार र सरकार पक्षबाट सात जना गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयोजकत्वमा वार्ता टोली गठन भएको बताए।

आज दिनभरमा बसेर एउटा निचोड निकाल्ने, प्रदेश सरकारले गरेका काम स्थगन गर्ने र यातायात व्यवसायीहरूले पनि आन्दोलन फिर्ता लिने वातावरण बनाउन अनुरोध गर्ने बताए।

उनले प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’को मान्यतालाई स्थगन गर्ने र आफूहरुले गरेको आन्दोलनलाई पनि सघन गर्ने गरी अगाडि बढ्ने वातावरण बनाउनका लागि छलफल दिनभरी नै चल्ने बताए।

उनले भने, ‘हामीले सरकारसँग धेरै पटक सम्झौताहरु सरकारसँग गर्यौं। यसपाली उधारो सम्झौंता गर्नेवाला छैनौं। कुनै नाजयज मागहरु राखेका छैनौं। गण्डकी प्रदेश सरकारले गैरकानुनी रुपमा राइड सेयरिङलाई मान्यता दिएको छ यो फिर्ता लिनुपर्छ भनेका हौं। तर आजको छलफलमा वार्ता कमिटी गठन गर्ने सहमति भएको छ। वार्ता कमिटीमा यातायातका चार र  अन्य मन्त्रालयका सात गरि ११ जनाको वार्ता कमिटि गठन गरेर आजबाटै छलफल हुने सहमति भएको छ। आज दिनभरी नै बसेर यसको निचोड निकालेर प्रदेश सरकारले ल्याएको राइड सेयरिङको मान्यतालाई स्थगन गर्ने गरेका आन्दोलनलाई पनि सघन गर्नेगरी अगाडि बढ्ने वातावरण बनाउनका लागि अनुरोध गरेका छौं। अब यातायातमा कहिले पनि आन्दोलन नहुने गरेर एउटा वातावरण बनाउनुपर्छ।’

विभिन्न माग राख्दै यातायात व्यवसायीहरुले आन्दोलन गरिरहेका छन्। आज देशभरि नै सार्वजनिक यातायात ठप्प रहेको छ। विशेषगरी अहिले उनीहरुले ‘राइड सेयरिङ’को विरोध गरिरहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। व्यवसायीले सार्वजनिक यातायात सञ्चालन नगरेपछि नेपाल प्रहरीले सर्वसाधारणलाई सेवा दिन आज काठमाडौं उपत्यकामा निःशुल्क बस सञ्चालन गरेको छ।

प्रहरी प्रधान कार्यालयले विभिन्न दुईवटा रूटमा निःशुल्क बस सञ्चालन गरेको हो। प्रहरी प्रधान कार्यालय नक्सालबाट ती बस काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न गन्तव्यमा छुट्ने प्रहरीले जनाएको छ।

नक्सालबाट बालुवाटार, महाराजगन्ज, नयाँ बसपार्क, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल रुटमा बस चल्नेछ।

यस्तै नक्सालबाट रातोपुल, गौशाला, एयरपोर्ट, काटेश्वर, सल्लाघारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, महाराजगन्ज, बालुवाटार हुँदै नक्सालसम्को रुटमा पनि प्रहरीको बस चल्नेछ।

यसैबीच प्रहरीले यात्रुसँग बढी भाडा नलिन विभिन्न राइड सेयरिङ कम्पनीका राइडरहरूलाई निर्देशन दिएको छ। बढी भाडा लिने र अफलाइन यात्रु ओसार्ने गरेको गुनासो आएपछि प्रहरीले त्यस्तो निर्देशन दिएको हो। यात्रुसँग बढी भाडा लिएको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा उजुरी दिन प्रहरीले अनुरोध गरेको छ।


सामाग्री श्रोत :

काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सञ्चालन

 

काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तार गर्दै युवावर्गलाई डिजिटल सेवामा सशक्त बनाउने उद्देश्यले नेपाल टेलिकमले विद्यार्थी लक्षित निःशुल्क सिमकार्ड वितरण अभियान सञ्चालनमा ल्याएको छ । विशेषगरी, एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरू तथा ब्रिजकोर्स सञ्चालन गर्ने शैक्षिक संस्थाहरूमा अध्ययनरत युवाका लागि यो कार्यक्रम जारी राखिएको कम्पनीले जनाएको छ । ‍

कम्पनीका अनुसार यो अभियान सिमकार्ड वितरणमा मात्र सीमित नभई डिजिटल सचेतना अभिवृद्धि गर्नेतर्फ केन्द्रित एक रणनीतिक प्रयास पनि हो ‍ । टेलिकमले विभिन्न सरकारी तथा वित्तीय कामकाज जस्तै; राष्ट्रिय परिचयपत्र बनाउँदा, बैंक खाता खोल्दा वा चलाउँदा, सवारी चालक अनुमतिपत्रको आवेदन दिँदा, नागरिक एपमा दर्ता हुँदा तथा सरकारी सेवामा ओटीपी आवश्यक पर्ने कामहरूमा सम्पर्क नम्बरको रुपमा आफैंको नाममा दर्ता भएको सिमकार्ड प्रयोग गर्नुपर्ने आवश्यकता उल्लेख गर्दै विद्यार्थीहरूलाई आफ्नै नाममा सिमकार्ड लिन प्रेरित गरेको छ । यसबाट उनीहरू जिम्मेवार डिजिटल नागरिक बन्न सहयोग पुग्ने कम्पनीको विश्वास ‍छ ।

यस अभियानअन्तर्गत निःशुल्क प्रदान गरिने सिमकार्डसँगै डेटा, भ्वाइस कल सुविधा र एसएमएसजस्ता सेवा प्याकेजहरू समावेश गरिएका छन् । साथै, एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि विशेष ‘एसईई अफर’ पनि यही सिमकार्डमार्फत सिधै सक्रिय गर्न सकिने व्यवस्था गरिएको छ । 

यो अभियान देशभरका विभिन्न ब्रिजकोर्स तथा अन्य शैक्षिक संस्थाहरूमा समेत चरणबद्ध रूपमा सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । नेपाल टेलिकमले सम्बन्धित शैक्षिक संस्थाहरूमा पुगेर सिमकार्ड वितरणका साथै विद्यार्थीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उपलब्ध अफरबारे जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ ११:३३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – आन्दोलनरत व्यवसायीले सार्वजनिक यातायात बन्द गरेपछि अलपत्र परेका यात्रुका लागि काठमाडौँ उपत्यकाका विभिन्न रुडमा नेपाल प्रहरीले निःशुल्क बसे सेवा सुरु गरेको छ ।

जसमा पहिलो रुट अन्तरगत नक्साल–बालुवाटार–टिचिङ–चक्रपथ–नयाँ बसपार्क–बालाजु–स्वयम्भू–कलंकी–बल्खु–सातदोबाटो–लगनखेल–जावलाखेल–थापाथली–माइतीघर–पुतलीसडक र जयनेपाल सम्म रहेको छ ।

यस्तै दोस्रो रुट नक्साल–रातोपुल–गौशाला–एअरपोर्ट–कोटेश्वर–ठिमी–सल्लाघारी–सूर्यविनायक–चाबहिल–सुकेधारा–चक्रपथ–टिचङ–वालुटावार रहेको छ ।

यातायात व्यवसायीले राइड सेयरिङसम्बन्धि कानुनको विरोध गर्दै आज देशभर सार्वजनिक यातायात बन्द गरेका छन् । यधपी यातायात व्यवसायी र सरकारबीच गृह मन्त्रालयमा वार्ता चलिरहेको छ । 

500238791_1023630443232812_2855515829949812657_n-1748844028.jpg

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

भारत- पुडुचेरी सरकारले ब्याचलर अफ मेडिसिन, ब्याचलर अफ सर्जरी र ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एन्ड सर्जरी समावेश भएको एकीकृत चिकित्सा पाठ्यक्रम ल्याउने तयारी गरिरहेको छ।

जवाहरलाल इन्स्टिच्युट अफ पोस्टग्र्याजुएट मेडिकल एजुकेसन एन्ड रिसर्चमा यो नयाँ कार्यक्रम ल्याउने घोषणा केन्द्र सरकारका स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री प्रताप राव जाधवले मङ्गलबार गरेका हुन्।

जिपमेर को नविकरण गरिएको आपत्कालीन तथा ट्रमा केयर केन्द्रको उद्घाटन गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री जाधवले यो कार्यक्रम हाल अवधारणाको चरणमा रहेको र नयाँ पाठ्यक्रम तयार गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दिए।

उक्त अवसरमा मन्त्रीले जिपमेर मा सार्वजनिक आवश्यकता अनुसार स्वास्थ्य सेवा विस्तार गरिने बताए। उनले संस्थाको गभर्निङ निकायसँगको बैठकपछि अस्पतालका विभिन्न विभागको अवलोकन गरेका थिए। ‘संस्थाको विकासका लागि आवश्यक सम्पूर्ण आर्थिक सहयोग केन्द्र सरकारले गर्नेछ, बजेट अभावको कारण रोकावट  आउने छैन,’ उनले स्पष्ट पारे।

यस वर्ष केन्द्र सरकारले जिपमेर लाई १,४५० करोड रुपैयाँको ग्रान्ट-इन-एड प्रदान गरिसकेको छ। हाल जिपमेर  बाट दैनिक ६,००० भन्दा बढी बाहिरी बिरामी सेवा लिने गर्दछन् भने संस्थामा १,८०० शैय्याको इन-पेसन्ट सेवा रहेको छ।

यद्यपि, भारतीय मेडिकल एसोसिएसनले प्रस्तावित कार्यक्रमको निन्दा गर्दै यसलाई ‘दुर्भाग्यपूर्ण’ कदम भनेको छ। एसोसिएसन भन्छ, ‘यो विभिन्न चिकित्सा प्रणालीहरूको यस प्रकारको ‘अवैज्ञानिक मिश्रण’ले न त चिकित्सकहरूलाई न त बिरामीहरूलाई लाभ पुर्‍याउँछ।’
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ कम्पनीले आज बिहानैबाट मनपरी भाडा असुल्न थालेका छन्। सार्वजनिक यातायात बन्द भएसँगै राइड सेयर गर्ने कम्पनीले आज बिहानैबाट भाडा बढाएर मोबाइल एपमा राख्न थालेका हुन्।

आज पनि बन्दका कारण यात्रुको चाप बढेपछि पठाओ, इन्ड्राभ, टुटललगायत राइड सेयरिङका चालकले अफलाइन बार्गेनिङ गरेको र बढी भाडा लिएको गुनासो आउन थालेपछि नेपाल प्रहरीले उजुरी दिन आग्रह गरेको छ।

यात्रु ठगीमा परे नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन प्रहरीले अनुरोध गरेको छ।

सूचनामा भनिएको छ, ‘विभिन्न च्ष्मभ कजबचष्लन ब्उउ मार्फत यात्रुहरुलाई बढी भाडा लिने र Offline Bargaining गर्ने गरेको गुनासोहरु आइरहेको हुनाले राइडरहरुले यस्ता कार्य नगर्न तथा गर्ने गरेको पाइएमा नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन हुन अनुरोध गर्दछौं।’


सामाग्री श्रोत :

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट