
काठमाडौं। आइसिसी विश्वकप लिग–२ अन्तर्गत चौथो चरणको आफ्नो पहिलो खेलमा नेपालले टस जितेको छ। स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका छन्। त्रिकोणात्मक एक दिवसीय उक्त शृङ्खलामा नेपाल र स्कटल्यान्डसँगै नेदरल्यान्डस् रहेको छ।
हालसम्म नेपाल र स्कटल्यान्डबीच आठ एकदिवसीय अन्तरराष्ट्रिय खेल भएको छ। जसमा नेपालले चार र स्कटल्यान्डले तीन खेलमा जित निकालेका छन्। एक खेल भने नजिताविहीन भएको थियो। विश्वकप लिग–२ मा नेपाल १२ खेलबाट ६ अंकका साथ अंक तालिकाको पुछारमा छ भने स्कटल्यान्ड १६ खेलबाट २० अंक जोडेर चौथो स्थानमा छ।
आजको खेलमा नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित उपकप्तान दीपेन्द्रसिह ऐरी, भीम सार्की, आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, सन्दीप लामिछाने, गुल्शन झा, सोमपाल कामी, करण केसी र रिजन ढकाल रहेका छन्।
सामाग्री श्रोत :
आइसिसी विश्वकप लिग–२: नेपालले स्कटल्यान्डविरुद्ध फिल्डिङ गर्दै
काठमाडौँ । गण्डकी प्रदेश सरकारले ल्याएको राइड शेयरिङ सम्बन्धी नियमावलीको विरोधमा आन्दोलनमा उत्रिएका यातायात व्यवसायीसँग वार्ता गर्न संघीय सरकारले समिति गठन गरेको छ । गृहमन्त्री रमेश लेखकको उपस्थितिमा सोमबार गृह मन्त्रालयमा सरोकारवाला निकाय र व्यवसायीबिच भएको छलफलमा वार्ता समिति गठन गर्ने र आजै दोस्रो चरणको वार्ता गर्ने सहमति जुटेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्ण पन्थको संयोजकत्वमा गठन भएको समितिमा सरकारको तर्फबाट सात र व्यवसायीको तर्फबाट चार जना सदस्य रहने छन् ।
सार्वजनिक यातायात सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएका व्यवसायीहरूसँग संवादमार्फत समस्याको समाधान खोज्न समिति बनाइएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारले हालै जारी गरेको ‘राइड शेयरिङ सञ्चालन तथा नियमन सम्बन्धी नियमावली २०८२’ खारेज गर्नुपर्ने प्रमुख मागसहित सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलनमा छन् । सातै प्रदेशमा निजी सवारीसाधनलाई सार्वजनिक सवारी सरह यात्रु ओसार्न दिने तयारी गरिएको र संघीय सवारी ऐनसँग बाझिने किसिमले नियम बनाइएको भन्दै उनीहरूले विरोध जनाएका छन् ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ १६:७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेपालले आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा टस जितेको छ।
स्कटल्याण्डको डुन्डिमा रहेको फोर्थहिल क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन्।
८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज हो। लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ। पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ।
नेपाल १२ खेलमा ६ अंकका साथ लिग तालिकाको पुछारमा छ। स्कटल्याण्ड सिरिजमा घरेलु टोली र नेपाल सहित नेदरल्याण्ड्सको समेत सहभागीता रहेको छ। स्कटल्याण्ड १६ खेलमा २० अंकका साथ चौथो र नेदरल्याण्ड्स २० खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ।
नेपालको प्लेईङ-११
रोहित पौडेलको (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, रिजन ढकाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
जनकपुर– कान्ति बाल अस्पतालको आयोजना तथा वल्ड चाइल्ड क्यान्सर र टुगेदर अगेन्स्ट चाइल्डहुड क्यान्सरको सहयोगमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरमा दुईदिने सेयर्ड केयर सेन्टर स्थापना तालिम सम्पन्न भएको छ।
जेठ १२ र १३ गते भएको तालिमको प्रमुख अतिथि मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या सचिव राजेन्द्रकुमार मिश्र थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै सचिव मिश्रले भने, ‘यस्ता कार्यक्रमले बाल क्यान्सरका बिरामीको उपचार सहज र छरितो हुने तथा आर्थिक भार कम हुने विश्वास छ।’
कार्यक्रमको अध्यक्षता गरेका अस्पताल निर्देशक डा जामुन प्रसाद सिंहले बाल क्यान्सर उपचार कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक प्रावधानहरू व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे।
तालिममा कान्ति बाल अस्पतालका बाल क्यान्सर विशेषज्ञ डा सुधीर सापकोटा र डा सनि सिपाई तथा स्टाफ नर्स वन्दना अधिकारी र कञ्चन देवकोटाले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए।
यसैगरी, जेठ १४ गते बाल प्रशामक स्याहार सम्बन्धी एकदिने तालिम पनि सम्पन्न भएको छ। उक्त तालिममा डा सुधीर सापकोटा र नर्स वन्दना अधिकारीलाई नेपालका प्रथम बाल प्रशामक स्याहार चिकित्सक डा विप्लव घिमिरेले सहजीकरण गरेका थिए।
दुवै तालिममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाल रोग विभागमा कार्यरत चिकित्सक र नर्सहरूको सहभागिता रहेको थियो। यस्ता तालिमले बाल क्यान्सर उपचार र स्याहारमा गुणस्तरीय सुधार ल्याउने अपेक्षा गरिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले समग्र अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले गृहकार्य गरिरहेको बताएका छन्।
बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ लाई संसोधन गर्न बनेको विद्येयकका सम्बन्धमा अर्थमन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र नेपाल राष्ट्र बैंक बिच सोमबार अर्थ समितिमा भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।
ठूलो मात्रामा विदेशी रकम सञ्चीत हुँदा तरलता थुप्रिएको र अर्थतन्त्रमा त्यसले प्रभाव पारेको बताउँदै उनले आगामी दिनमा सबैभन्दा तल्लो बर्गलाई ऋण उपलब्ध गराउने र त्यसले केहि हदसम्म अर्थतन्त्र गतिशील हुन सहयोग गर्नसक्ने धारणा व्यक्त गरे। उनका अनुसार यतिबेला नेपालमा करिब १७÷१८ अर्ब डलर विदेशी मुद्रा संञ्चीत रहेको छ।
‘एकै व्यक्ति वा संस्थाले ठुलो मात्रामा ऋण पाउनु भन्दा सोहि ऋण धेरै जनाले पाउँदा पनि अर्थतन्त्र अझ बढी चलायमान हुन्छ। त्यसलै सबैभन्दा तल्लो बर्गले पनि ऋण पाओस भन्ने हाम्रो मनशाय हो,’ छलफलमा बोल्दै उनले भने। त्यस्ता बर्गको अवस्था बुझ्न आफु केहि दिन पश्चिम नेपालको भ्रमणमा जान लागेको समेत उनले उल्लेख गरे।
यतिबेला अधिकांश व्यवसाय राम्रोसँग नचलेको उदाहरण दिंदै उनले सोहि कारण खराब ऋण बढ्दै गएको बताए। खराब ऋण बढ्नै जानुको मुख्य कारण अझैंपनि नेपालमा उद्यमशिलता बलियोगरी स्थापित नहुनुले भएको उनको भनाई छ।
व्यवसायी असफल हुँदा खराब ऋण बढ्ने र त्यसले समग्र अर्थतन्त्रमा असर गर्ने बताउँदै उनले खराब ऋणलाई कम गर्ने र समग्र अर्थतन्त्र चलायमान बनाउन आफुले गृहकार्य गरीरहेको बताएका हुन्।
सामाग्री श्रोत :
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक सीजी नेट पाँचौं वर्षमा प्रवेश गरेको छ । १ जुन २०२१ देखि औपचारिक रूपमा सेवा सुरु गरेको सीजी नेटले आइतबार सफलतापूर्वक चौंथो वर्ष पार गरेको हो ।
सीजी नेटले इन्टरनेट सेवामा प्रतिस्पर्धा मूल्य ल्याउँदै सस्तो दरमा उच्च गतिको इन्टरनेट उपलब्ध गराएपछि चर्चा पाएको थियो । विशेषगरी मासिक ९९९ रुपैयाँमै १२० एमबीपीएस गतिको इन्टरनेट प्याकेज सार्वजनिक गरेपछि प्रयोगकर्ताले पहिलो पटक १००० रुपैयाँ भन्दा कम मूल्यमा तीव्र गतिको इन्टरनेटको अनुभव गर्न पाएका थिए । यसले बजारमा एक किसिमको तरङ्ग नै पैदा गर्यो ।
‘ग्राहक पहिलो’को अवधारणालाई आत्मसात गर्दै अघि बढिरहेको सीजी नेटले ‘फास्टेस्ट फिक्स विदइन फास्टेस्ट सिक्स’ (Fastest Fix within Six) मोडेललाई प्राथमिकतामा राखेको छ । यो मोडेल अन्तर्गत ग्राहकको कुनै पनि इन्टरनेट सम्बन्धी समस्या छ घण्टाभित्र समाधान गर्ने कम्पनीले प्रतिबद्धता जनाएको छ ।
हालसम्म सीजी नेटले १४ जिल्लामा आफ्ना २१ शाखामार्फत ८० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । सुलभ मूल्यमा गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराएको कारण छोटो समयमा लोकप्रिय बन्न सफल भएको कम्पनीको दाबी छ । स्थापना कालदेखि नै गुणस्तरीय सेवा किफायती मूल्यमा दिनेमै केन्द्रित रहेको बताइएको छ । आगामी दिनमा सेवा विस्तार र ग्राहक सुविधामा नवीनता ल्याउने योजना कम्पनीको छ ।
पाँचौं वर्षमा प्रवेशको अवसरमा कम्पनीले नयाँ आकर्षक अफर ल्याएको छ । यस अन्तर्गत ग्राहकले १५०, २५० र ३५० एमबीपीएस गतिको इन्टरनेट प्लानमा २,५०० रुपैयाँसम्म नगद छुट पाउनेछन् । नगद छुट नलिने ग्राहकले १५० र २५० एमबीपीएस इन्टरनेटमा थप तीन महिना र ३५० एमबीपीएस इन्टरनेटमा चार महिनाको बोनस पाउने कम्पनीले जानकारी दिएको छ । यी अफर लिन ग्राहकले १२ महिनाको प्लान खरिद वा नवीकरण गर्नुपर्ने छ ।
त्यस्तै, सन् २०२१ को जुन महिनामा सेवा जडान गरी हालसम्म पनि निरन्तर प्रयोग गरिरहेका ग्राहकलाई कम्पनीले चार महिनाको ‘लोयल्टी बोनस’ दिने घोषणा गरेको छ । साथै, सानो तथा मध्यम आकारका कार्यालयका लागि कम्पनीले ल्याएको ‘अफिस प्याकेज’ मा २० प्रतिशत छुट घोषणा गरिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ १४:२८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– प्रधानमन्त्री केपी ओलीले दास मानसिकता बोकेका मानिसहरू नागरिक सर्वोच्चता छाडेर राजतन्त्रको पक्षमा उभिएको टिप्पणी गरेका छन्।
संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नागरिक सर्वोच्चता छाडेर एउटा परिवारले सधैँ शासन गर्न पाउनुपर्छ भन्नेहरूको मानसिक दरिद्रता देख्दा पनि विचित्र लागेको बताएका हुन्।
उनले भने, ‘कस्तो मानसिक दरिद्रता ? आज स्कुल क्याम्पस गएका, विश्वका समाचार सुनेका, ठूलाठूला देशहरू निर्वाचित जनप्रतिनिधिले चलाएका देखेकै छन् त ? सबैभन्दा ठूलो जनसङ्ख्या भएको चीन निर्वाचित जनप्रतिनिधले चलाएका छन्, भारत, अमेरिका पनि निर्वाचित जनप्रतिनिधिले चलाएका छन्, अरू ठूला देशहरू पनि, केही देशमा राजतन्त्र खुम्चिएर साँच्चै शेरमोनियल भएर टिकेको छ। दुनियाँबाट राजतन्त्रको औचित्यको न वैज्ञानिकता छ, न न्यायिकता छ। केही छैन।’
राजतन्त्रको माग लिएर आउनेहरूको चेतना देख्दा दया लागेर आउने ओलीले टिप्पणी गरे।
त्यस्तै संसदीय दलको बैठकमा बोल्दै ओलीले विपक्षीहरूले अवरोध गरेपनि संसद् चल्ने बताएका हुन्।
‘यसरी चल्दैन। तपाईँहरू तयारी भएर बस्नुहोस्। उहाँहरू (विपक्षी) कराउनु होला, संसद् अगाडि बढाउनुपर्छ’, ओलीले भने। संसद् चलाउन प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग कुरा गर्न खोजेपनि सम्भव नभएको ओलीले बताए।
त्यसैगरी ओलीले गृहमन्त्रीको राजीनामा नआउने पनि बताए।
‘अहिले केही नपाएर गृहमन्त्रीको राजीनामा। केही तथ्य प्रमाण केहीले छोएको छैन। एउटा कर्मचारीलाई बोलाएर सोध्यो भनेको भरमा,’ प्रधानमन्त्री ओलीले भने, ‘राजीनामा कसैको माग्यो, नभए संसद् अवरोध यस्तो हुँदैन।’
संसद् अवरोध गर्ने कार्य प्रतिगमन, असंवैधानिक र अलोकतान्त्रिक भएको पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- नेकपा (एमाले) निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल को अध्यक्ष पदमा पाँच जनाको उम्मेदवारी दिएका छन्।
सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासका साथै निर्वाचन प्रक्रिया अघि बढाइएको हो। अध्यक्ष पदमा निवर्तमान अध्यक्ष डा झलक गौतम, उपाध्यक्षहरु रामहरि ढकाल, जगत नेपाली, भिमराज सिंह र अनुशासन आयोगका निवर्तमान अध्यक्ष रहेका त्रिलोक चन्द्र गुरुङले उम्मेदवारी दिएका हुन्।
एक महिलासहित दुई उपाध्यक्ष पदमा निवर्तमान महासचिव डा सन्तोष पौडेल, पुष्पराज खनाल, रुपा केसी, शारदा खनाल, अन्जु बस्नेतले उम्मेदवारी दिएका छन्।
महासचिव पदमा निवर्तमान उपमहासचिव अमृता बराल र निवर्तमान निर्वाचन आयोगका अध्यक्ष रहेका मदन ओलीले उम्मेदवारी दिएका छन्। उपमहासचिव पदमा अनुप केसी र खगराज पोखरेलले उम्मेदवारी दिएका छन भने सचिव पदमा डा प्रशान्त आचार्य, चन्द्र सुनार, प्रकाश सेवा, डा धर्मेन्द्र यादव, सिद्ध ढुंगाना, सुशील शाही, कुरान अलि ठकुराइ, हरिलाल आचार्य, राजकुमार पौडेल गरी ९ जनाको उम्मेद्वारी परेको छ ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं । अमेरिकी प्रहरीले कोलोराडोको बोल्डर शहरको एक मलमा एक व्यक्तिले मानिसहरूलाई आगो लगाउन थालेको बताएको छ। यस घटनामा धेरै मानिसहरू जलेका छन् र उनीहरूको उपचार भइरहेको छ।
प्रहरीका अनुसार जब यो आक्रमण भयो केही मानिसहरू इजरायली बन्धकहरूको समर्थनमा मार्च निकालिरहेका थिए। यी मानिसहरूले यस क्षेत्रमा प्रायः यस्ता शान्ति मार्चहरू गर्छन्।
यस आक्रमणपछि अनुसन्धान एजेन्सी एफबीआईका वरिष्ठ अधिकारीहरूले सामाजिक सञ्जालमा बयान दिएका छन्।
एफबीआई प्रमुख काश पटेलले सामाजिक सञ्जालमा लेखेका छन्, “हामी कोलोराडोको बोल्डरमा भएको आतंकवादी आक्रमणको बारेमा जानकार छौं र यसको गहन अनुसन्धान भइरहेको छ। हाम्रा एफबीआई एजेन्टहरू र स्थानीय कानून प्रवर्तन अधिकारीहरू घटनास्थलमा छन् र जानकारी उपलब्ध हुँदै जाँदा हामी अद्यावधिकहरू प्रदान गरिरहनेछौं।”
एफबीआईका अर्का वरिष्ठ अधिकारी डान बोन्गियोले पनि आफ्नो टोली घटनास्थलमा पुगेको बताए।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, “हामी यो घटनालाई आतंकवादी कार्य र लक्षित हिंसाको रूपमा अनुसन्धान गरिरहेका छौं। यस अनुसन्धानमा कुनै पनि कसर बाँकी राखिने छैन।”
बोल्डर प्रहरी प्रमुख स्टीफन रेडफर्नले आक्रमणमा धेरै जना घाइते भएको बताए, जसमा धेरै जना जलेर घाइते भएका पनि छन्।
उनले अभियुक्तलाई फेला पारेर हिरासतमा लिइएको बताए। अभियुक्तलाई पनि सामान्य चोट लागेको छ र उनलाई अस्पताल लगिएको छ।
यद्यपि, स्थानीय प्रहरीले अहिलेसम्म यो घटनालाई आतंकवादी हमलाको रूपमा लिएको छैन।
सामाग्री श्रोत :
काठमाडौँ । सत्तारुढ नेकपा एमालेले सामाजिक सञ्जालमार्फत ‘म झोले हो’ अभियान सुरु गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिपछि सुरु भएको यो अभियानमा पार्टी उपाध्यक्ष/उपप्रधानमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहित शीर्ष नेतादेखि कार्यकर्ता र समर्थकसम्म सक्रिय हुन थालेका छन् ।
शनिबार नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय अधिवेशनमा प्रधानमन्त्री ओलीले “म नेकपा एमालेको झोले हुँ, म जनताको झोले हुँ” भन्दै आफूलाई झोले भन्नमा गर्व हुने बताएपछि यो अभियान सुरु भएको हो ।
उक्त अभिव्यक्तिपछि ओलीले पुन: सोमबार सामाजिक सञ्जाल फेसबुकमा ‘म झोले हो’ लेखिएको पोष्टर सार्वजनिक गरे । ओलीले लेखेका छन्, “हिजोआज एउटालाई भगवान बनाउनु पर्यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ।”
ओलीको पोस्टपछि एमाले अन्य नेतादेखि कार्यकर्ताले सामाजिक सञ्जालमा यस्तै किसिमका पोस्टर र सन्देशहरू पोस्ट गर्न थालेका छन् ।
सामान्यतया ‘झोले’ शब्द राजनीतिक रूपमा व्यंग्यका लागि प्रयोग हुँदै आएपनि एमालेले यसलाई सकारात्मक अर्थमा परिभाषित गर्दै कार्यकर्तालाई गौरवको प्रतीक र दलको पहिचान निर्माण गर्ने प्रयत्न गरेको देखिन्छ । नेताहरूले सामाजिक सञ्जालमा लेख्दै आफूलाई ‘विकासको झोला बोक्ने’, ‘राष्ट्रको इज्जत जोगाउने झोले’ का रूपमा प्रस्तुत गरेका छन् ।
पछिल्लो अध्यावधिक: जेठ १९, २०८२ १४:२
सामाग्री श्रोत :
टेक पाना