२०८२ भाद्र २९ आईतवार
२०८२ भाद्र २९ आईतवार

काठमाडौँ । पछिल्ला केही वर्षहरूमा स्मार्टफोनलाई प्रयोगकर्तामैत्री बनाउनका लागि युरोपेली सङ्घ (ईयू) ले विभिन्न नियमहरू लागु गर्दै आइरहेको  छ । यसै अनुरूप सबै फोनमा यूएसबी-सी कनेक्टर प्रयोग गर्नुपर्नेदेखि लिएर एप्पललाई थर्ड पार्टी एप र साइड लोडिङ सुविधा उपलब्ध गराउन बाध्य पार्नेसम्मका नियमहरू लागु भएका छन् । 

यसैबिच जुन महिनादेखि लागु हुने गरी ईयूले नयाँ नियम ल्याउने तयारी गरिरहेको छ । जुन २० देखि लागु हुने तयारीमा रहेको उक्त नियम अनुसार अब सबै स्मार्टफोन र ट्याबलेटहरू अचानक खस्दा केही नहुने, सामान्य कोरिएमा केही नहुने र पानी र धुलो प्रतिरोधात्मक हुनुपर्नेछ । यस्तै ब्याट्रीको क्षमता पनि वृद्धि हुनुपर्ने उल्लेख गरिएको छ । 

अब बन्ने स्मार्टफोन र ट्याबलेटमा ८०० पटक चार्जमा राख्दा र चार्जबाट निकाल्दा पनि ब्याट्री लाइफ ८० प्रतिशतभन्दा कम नहुने गरी निर्माण गर्नुपर्नेछ । यस्तै फोनको उत्पादन बन्द भएको सात वर्षसम्म पनि कम्पनीले फोनका अति आवश्यक पार्टपुर्जाहरू ५ देखि १० दिनभित्र उपलब्ध गराउनु पर्ने नियम बनाइएको छ ।

यस्तै फोनको अन्तिम युनिट विक्री भएको दिनदेखि पाँच वर्षसम्म अपरेटिङ सिस्टमको अपग्रेड उपलब्ध गराउनु पर्नेछ । साथै कुनै पनि सफ्टवेयर र फर्मवेयर रिप्लेस गर्नुपरेमा कुनै पनि मर्मतकर्ताबिच भेदभावबिना सुविधा उपलब्ध गराउनुपर्ने नियममा उल्लेख छ । 

अर्थात् फोन वा ट्याब्लेटमा कुनै प्रकारको सफ्टवेयर र फर्मवेयर मर्मत गर्नका लागि कुनै मर्मत कम्पनीलाई पहुँच दिने अनि कुनैलाई नदिने गर्न पाइने छैन । 

ईयूले नियम बनाएका केही नियमहरूले कम्पनीहरूलाई समेत सहज बनाउने छ । किनभने सामान्य खस्दा केही नहुने, पानीका छिटा वा धुलोले केही नहुने फोनहरू अहिले बजारमा सहजताका साथ उपलब्ध भइरहेका छन् । साथै सामसङ लगायत केही कम्पनीहरूले आफ्नो फोनमा ७ वर्षसम्मको सफ्टवेयर अपडेट पनि दिइरहेका छन् । यसले गर्दा पहिलेदेखि नै यसमा काम गरिरहेका कम्पनीहरूलाई भने नयाँ नियमले खासै फरक पार्ने देखिदैँन । 

यद्यपि चिनियाँ कम्पनी साओमी, ह्वावे लगायतलाई भने यो नियमले असर पार्ने देखिन्छ । यी कम्पनीहरूले हाल स्मार्टफोन सार्वजनिक भएको दिनदेखि पाँच वर्षसम्मका लागि सफ्टवेयर अपडेट दिँदै आएका छन् । यी नियमहरू सुरुवाती चरणमा युरोपेली बजारमा लागु हुने र क्रमशः अन्य देशहरूमा पनि प्रचलनमा आउने अपेक्षा गरिएको छ ।  

पछिल्लो अध्यावधिक: जेठ २०, २०८२ १२:५६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले रमेश लेखकले छानबिनलाई सहयोग गर्न राजीनामा दिनुपर्ने अडान थयावत् राखेको छ।

बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले विगतका गृहमन्त्रीको कार्यकालको समेत भिजिट भिसा प्रकरण सम्बन्धित छानबिन/आयोग बनाउनुपर्ने निष्कर्ष निकालेको रास्वपाका प्रवक्ता मनिष झाले बताएका छन्।

विगतको पनि छानविन गर्न सके यसलाई सधैको लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने निर्णय भएको बताए। उनले भने, ‘आवश्यक छानबिन गर्नको लागि मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्रीले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्छ।’

यसबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्रीले सदनमा आएर प्रतिबद्धता ब्यक्त गर्नुपर्ने माग विपक्षी दलले अघि सारेका छन्। तिन बुँदाको निष्कर्ष लिएर प्रतिपक्ष दलका प्रमुख सचेतकहरू सभामुख कार्यकक्षमा हुँदै गरेको बैठकमा सहभागी हुन गएको बताए।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

दाङ- राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४ सय बेडको नयाँ भबनको लागि ९० करोड बढि बजेट परेको छ।  आर्थिक वर्ष २०८२/८३  को लागि भवन निर्माणको लागि ७० करोड र गतवर्षको मौज्दात रकम गरेर ९० करोड बजेट बिनियोजन भएको हो। 

प्रतिष्ठानमा मेसिनरी औजार अनुदान तर्फ १६ करोड ८४ लाख  बजेट आएको छ। 

प्रतिष्ठानको चालु खर्चको लागि २५ करोड ६६ लाख र पुजिगत सशर्त अनुदान तर्फ २ करोड ६२ लाख बजेट परेको छ।  अस्पताल परियोजना प्रतिष्ठानको विकासमा कोशेढुङ्गा सावित हुने रजिष्ट्रार प्रा. श्याम लम्सालले बताए !
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडाैं। बिभिन्न माग राख्दै यातायात व्यवसायीहरुले मंगलबार पनि सार्वजनिक यातायात बन्दलाई निरन्तरता दिएका छन्।

सरकारसंगको छलफलमा निजी गाडीले पनि यात्रु बोक्न पाउनेगरी गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली स्थगन गर्ने सहमति भएपनि कार्यान्वयन नभएसम्म आन्दोलन जारी राख्ने व्यवसायीको अडानका कारण सार्वजनिक यातायात सञ्चालन हुन नसकेको हो।

गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेपछिमात्रै आफूहरुका आन्दोलन फिर्ता हुने यातायात व्यवसायीहरुले जनाएका छन्।

सार्वजनिक यातायात बन्द भएपनि साझा यातायात, मयुर यातायात र केही विधुतीय बसहरु भने सञ्चालन भएका छन्। त्यस्तै नेपाल प्रहरीले पनि काठमाडौंमा निशुल्क बस सञ्चालन गरेको छ।

सार्वजनिक यातायात चल्न नसकेपछि सर्वसाधारणहरुले राइड सेयरिङ प्रयोग गरेका छन्।

यसैबीच सार्वजनिक सवारी साधान नचल्दा राइड सेयरिङले बढी भाडा लिने गुनासो आएपछि ट्राफिक प्रहरीले बिभिन्न स्थानमा चेकजाच गरेको छ भने आफुखुसी भाडा लिने चालकलाई कारवाही समेत गरेको छ।


सामाग्री श्रोत :

सार्वजनिक यातायात नचल्दा समस्यामा यात्री (तस्बिर)

काठमाडौँ । नेपाल टेलिकमले कोशी प्रदेशभित्र कम्पनीका पोल प्रयोग गर्दै आएका केबल टिभी अपरेटर र इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरूलाई चालू आ.व. ०८१/८२ को पोल भाडा भुक्तानी तथा सम्झौता नवीकरणका लागि असार १५ गतेसम्मको समय दिएको छ ।

मंगलबार एक सूचना जारी गर्दै कम्पनीले तोकिएको म्यादभित्र भुक्तानी र नवीकरण नगर्ने सेवा प्रदायकका केबुलहरू १६ असारदेखि कुनै पनि समयमा हटाइने चेतावनी दिएको छ । पोल प्रयोगको सम्झौता बिना टेलिकमको पूर्वाधार प्रयोग गर्नेहरू स्वयं नै उत्पन्न हुने क्षति तथा जिम्मेवारीका लागि उत्तरदायी हुने समेत सूचनामा उल्लेख गरिएको छ।

“यस कम्पनीको कोशी प्रदेशभित्र पोलहरू प्रयोग गरिरहनुभएका सम्पूर्ण Cable TV Operators र ISP हरूले पोल प्रयोग गर्ने सम्बन्धी सम्झौता तथा नवीकरण कार्य गरी अनिवार्य रूपमा आ.व. ०८१/८२ सम्मको पोलभाडा वापतको रकम मिति २०८२/०३/१५ गतेभित्र यस कम्पनीको नजिकको कार्यालय वा प्रादेशिक निर्देशनालय विराटनगरमा सम्पर्क गरी भु्क्तानी गर्नुहुन अनुरोध छ,” सूचनामा उल्लेख छ । 

सम्बन्धित सेवा प्रदायकहरूलाई नेपाल टेलिकमको नजिकको कार्यालय वा प्रादेशिक निर्देशनालय विराटनगरमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २०, २०८२ १०:२१





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– संविधान र गणतन्त्र पक्षधर संसद्‌मा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूको बैठक बसेको छ।

मंगलबार प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्ष, संसद् भवन नयाँ बानेश्वरमा सुरु बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा लगायत संसदमा साझा धारणा बनाउने विषमा छलफल गर्ने माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका हुन्। 

सोमबार बसेको माओवादी संसदीय दलको बैठकले गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको थियो। 

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक समेत जोडिएको भन्दै विपक्षी दलहरूले राजीनामा माग गर्दै लगातार संसद बैठक अवरोध गर्दै आएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । भारतको क्रिकेट बोर्ड पाकिस्तानको अडानका अगाडि झुकेको छ । यसअघि पाकिस्तानमा हुने आइसीसी प्रतियोगिता खेल्न आफू पाकिस्तान नजाने तर पाकिस्तानलाई भारतमा खेल्न बाध्य पारेको भारतीय क्रिकेट बोर्डले यस पटक भने पाकिस्तानलाई झुकाउन सकेन ।

यसअघि भारतले २०२४ को एसिया कप खेल्न र २०२५ को च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान जान अस्वीकार गरेको थियो । यो प्रतियोगितामा भारतका खेल तेस्रो देशमा खेलाइयो । पाकिस्तान भने भारतले आयोजना गरेका प्रतियोगिता खेल्न भारत आइरहेको थियो । पछिल्लो पटक पाकिस्तान २०२३ को विश्वकप खेल्न भारत आएको थियो ।

भारतमा खेल्न पाकिस्तान तयार हुनुपर्ने तर भारत आफू भने पाकिस्तान जान नमान्ने भएपछि यसपटक पाकिस्तानले पनि भारतसँग झुक्न अस्वीकार गर्यो । यसपटकको महिला क्रिकेट विश्वकपको आयोजक भारत हो तर पाकिस्तानले भारतमा खेल्न अस्वीकार गरिदियो । परिणामस्वरूप अब महिला क्रिकेट विश्वकपमा पाकिस्तानका खेलहरू भारतको सट्टा श्रीलंकामा खेलाइने भएका छन्।

यस वर्षको सुरुमा भारतले पुरुष च्याम्पियन्स ट्रफीको लागि पाकिस्तानमा खेल्न अस्वीकार गरेको थियो। त्यसपछि, आईसीसीले दुवै देशले आयोजना गर्ने प्रतियोगिताहरूको लागि ‘तटस्थ स्थल’ प्रस्तुत गरेको थियो।

पाकिस्तानका गृहमन्त्रीले अप्रिलमा भनेका थिए – ‘पाकिस्तानको महिला टोली भारत जाने छैन। अब भारतले पाकिस्तानको खेल कहाँ आयोजना गर्ने भन्ने व्यवस्था गर्नुपर्नेछ।’

भारतले यस वर्ष सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म महिला क्रिकेट विश्वकप आयोजना गर्दैछ। यी खेलहरू भारत र श्रीलंकामा आयोजना हुनेछन्।

भारतमा यी खेलहरू बेंगलुरु, गुवाहाटी, इन्दौर र विशाखापट्टनममा आयोजना हुनेछन् भने श्रीलंकामा यी खेलहरू कोलम्बोमा आयोजना हुनेछन्।

पाकिस्तानले श्रीलंकामा सात समूह खेल खेल्नेछ जसमा भारत र इङ्गल्याण्ड विरुद्धका खेलहरू समावेश छन्।

सेमिफाइनल पनि श्रीलंकामा हुनेछ। यदि पाकिस्तान फाइनलमा पुग्यो भने फाइनल खेल पनि श्रीलंकामा हुनेछ।


सामाग्री श्रोत :

पाकिस्तानको अडानका अगाडि झुक्यो भरतीय क्रिकेट बोर्ड

काठमाडौँ । नेपाल यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले नेपालमा राइड शेयरिङ शब्दलाई गलत रूपमा परिभाषित गरिएको अभिव्यक्ति दिएका छन् । टेकपानासँगको कुराकानीमा उनले नेपालमा राइड शेयरिङको नाममा व्यावसायिक सेवा प्रवाह भइरहेको प्रति आपत्ति जनाएका हुन् ।

“राइड शेयरिङ भनेको एप अन गरेर सडकमा यात्रु कुर्ने सेवा होइन,” अध्यक्ष स्वाँरले तर्क गरे, “यो त  एउटा सुविधा हो, जसमा आफ्नो गन्तव्यतर्फ जाँदै गर्दा खाली सिटमा सोही दिशामा जाने कोही यात्रुलाई लिएर जानु हो । तर नेपालमा यसलाई पूर्ण रूपमा व्यावसायिक रूपमा अँगालिएको छ ।”

महासङ्घ राइड शेयरिङको विरोधमा नभएको तर रातो नम्बर प्लेटलाई पेसागत रूपमा सार्वजनिक सवारीको रूपमा प्रयोग गर्न दिने निर्णयको विरोध गरिएको उनले स्पष्ट पारे । “मन्त्रीदेखि मिडिया सबैले यो त राम्रो प्रविधि हो, यसलाई ल्याउनुपर्छ भन्छन् । तर नेपालमा भने यसको परिभाषा नै गलत रूपमा गरिएको छ । पेसाको हिसाबले जाने हो भने सार्वजनिक सवारीको जस्तै नीति नियम मानेर जानुपर्छ । रातो नम्बर प्लेट प्रयोग गरेर सेवा दिन पाइँदैन,” उनले थपे । 

अध्यक्ष स्वाँरका अनुसार महासङ्घले सङ्घ, प्रादेश र स्थानीय सरकारबिच समन्वय गरी राइड शेयरिङसम्बन्धी नीति बनाउन र फास्ट ट्रयाकमा कार्यान्वयन गर्नुपर्ने माग राखेको छ । अहिलेको अव्यवस्थित प्रणालीले व्यावसायिक यातायात क्षेत्रलाई अप्ठ्यारोमा पारेको महासङ्घको ठहर छ ।

पछिल्लो अध्यावधिक: जेठ २०, २०८२ १०:५१





सामाग्री श्रोत :
टेक पाना

कोरिया – राष्ट्रपति युन सुक योलमाथिको महाअभियोग पारित भएपछि अहिले दक्षिण कोरियामा निर्वाचन भइरहेको छ । मतदान नेपाली समय अनुसार साँझ पौने ५ बजेसम्म चल्ने जनाइएको छ । निर्वाचनको अग्र मोर्चामा विपक्षी नेता ली जाय म्युङ छन् । यसैगरी, अहिलेका मन्त्री सत्तारुढ किम मुन सु उम्मेदवार छन् ।

अहिले भएको निर्वाचनको पृष्ठभूमि डिसेम्बर महिनामा युनको अप्रत्याशित कदम र उनको ओरालो यात्रासँग जोडिएको छ । लामो समय देखिको मित्र शक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको कर नीति पछि आफूलाई कुन स्थानमा राख्ने भन्ने कुराको तय गर्नु नयाँ राष्ट्रपतिका लागि मुख्य चुनौतीमा विषय हो ।

उम्मेदवार भएका विपक्षी नेता म्युङमाथि पनि धेरै अभियोग लगाइएको छ । निर्वाचनको समयमा यसका सबै सुनुवाइ स्थगित भएका छन् । उनले जित हात पारेमा पनि यसले त्यस देशमा कानुनी झमेला उत्पन्न गर्नसक्ने छ । एजेन्सी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। नेपाली भाषाका गायक सज्जु मानन्धरको स्वरमा रहेको सबैलाई छोडेर बोलको गीतको रिमेक भिडियो सार्वजनिक गरिएको छ।

काठमाडौंको रन्जना सिनेप्लेक्समा एक कार्यक्रमकाबिच भिडियो सार्वजनिक गरिएको हो। सो अवसरमा बोल्दै बरिष्ठ गीतकार तथा कार्यक्रमका सभापति दिनेश अधिकारीले २४ वर्ष अघि निर्माण गरिएको म्यूजिक भिडियो परिमार्जित गरेर निर्माण गर्दा झनै उत्कृष्ठ बनेको भन्दै निर्माण यूनिटलाई शुभकामना व्यक्त गरे।

सो अवसरमा बोल्दै गायक सज्जु मानन्धरले २४ वर्षपछि सोही गीत्मा पुरानै टिमसँग जोडिएर काम गर्दा मज्जा नै बेग्लै भएको बताउँदै रमाइला पक्षहरुकाबारेमा खुलेर आफ्ना रोचक किस्सा सुनाएका थिए।

त्यस्तै कार्यक्रममा बोल्दै संगीतकार जुगल डंगोलले सबैलाई छोडेर नयाँ साज सज्जाका साथमा अझै परिस्कृत र समय सान्र्दभिक भएको बताएका थिए। त्यस्तै कार्यक्रममा बोल्दै भिडियोका निर्देशक कृष्णदेव रुपाखेतीले २४ वर्ष अघि आँफूले निर्देशक गरेको भिडियोमा फेरि जोडिन पाउँदा खुशी व्यक्त गरेका थिए।

उनले २४ वर्ष अघिको समय र अहिलेको परिवर्तित समयमा प्रबिधिको विकाशसँगैको काम गर्दा आँफू पनि समयसँगै रुपान्तरित भई सबैलाई छोडेरसम्म आइपुग्दा आफ्नो कामबाट सन्तुष्ट रहेको बताए। सो अवसरमा सबैलाई छोडेरका अभिनेता बिन्दे मर्हजनले पनि आफ्ना रमाइला अनुभवका बारेमा बोलेका थिए।

भिडियोमा बिन्देसँग नायिका प्रियंका कार्कीको रोमान्टिक अभिनय देख्न सकिन्छ। डाक्टर राजु मानन्धरका शब्द सृजना रहेको सबैलाई छोडेरमा जुगल डंगोलको संगीत रहेको छ। सार्वजनिक गीतका गीतकार डाक्टर मानन्धर ललितकला क्याम्पसका पूर्व क्याम्पस प्रमुख हुन् भने हाल उनी अष्ट्रेलियामा प्राध्यापनको क्षेत्रमा क्रियाशिल छन्।

सार्वजनिक गीतको छायांकन उत्सब दाहालले गरेका हुन् भने विष्णु खड्काले सम्पादन गरेका हुन्। कार्यक्रम गायक सज्जु मानन्धरकी स्वर्गिय आमा गंगादेवी मानन्धरको स्मृतिमा आयोजना गरिएको थियो।

कार्यक्रममा सभापतिका रुपमा साहित्यकार स्नेह सायमी, बरिष्ठ संगीतकार राजु सिंह, गायक सज्जु मानन्धरका पिता दिलबहादुर मानन्धर, बरिष्ठ तथा पाका गायक भिम तुलाधर, लोकप्रिय संचारकर्मी सुष्मा श्रेष्ठ, सुमन सायमी लगायतको बाक्लो उपस्थिति रहेको थियो।

भव्य रुपमा सम्पन्न कार्यक्रममा निर्माण यूनिटका सदस्य तथा कार्यक्रममा उपस्थित बरिष्ठ व्यक्तिहरुलाई सम्मान गरिएको थियो। उक्त कार्यक्रम केडी रुपाखेती क्रियशनको आयोजनामा सम्पन्न भएको थियो।


सामाग्री श्रोत :

सज्जु, कृष्णदेव, बिन्दे, डाक्टर राजु र जुगलको सहकार्यक्रममा फेरि जन्मियो सबैलाई छोडेर

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट