
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा विद्यमान सबै किसिमका विभेदको अन्त्यगरी सभ्य समाज निर्माण गर्नुपर्ने बताएका छन्।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा पार्टीद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले समतामूलक समाज निर्माण गर्न सबै प्रकारका जातीय तथा सामाजिक विभेदलाई अन्त्य गर्नुपर्ने बताए।
संसद्बाट छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको १९ वर्ष पूरा भएको स्मरण गर्दै पूर्वप्रधानमन्त्री खनालले आफ्नो नेतृत्वको सरकारले जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन–२०६८ पारित गरी जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस मनाउन सुरुआत गरेको बताए।
छुवाछुतमुक्त घोषणा गरिएको लामो समय भए पनि जातीय विभेद तथा छुवाछुतजन्य हिंसाको अन्त्य हुन नसकेको बताउँदै उनले घोषणा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
नेता खनालले समाजमा विद्यमान शोषण, उत्पीडन र विकृतिलाई अन्त्य गर्न समाजवाद कार्यान्वयन गर्नुपर्ने उल्लेख गरे। उनले देश विकास तथा जनताको समृद्धिका लागि एकीकृत समाजवादीले अगाडि सारेको ‘यात्रा समृद्धिको र लक्ष्य समाजवादको’ भन्ने अभियान सार्थक बनाउन सबै वामपन्थी, प्रगतिशील, देशभक्त शक्तिहरूलाई एकताबद्ध हुन आग्रह गरे।
पार्टीका सचिव गणेश विकले मुलुकमा सामाजिक न्याय, समानता, समावेशी सिद्धान्तका आधारमा दलित वर्गका हकहित र अधिकारको संरक्षण गर्नुपर्ने विचार व्यक्त गरे।
सामाग्री श्रोत :
सभ्य समाज निर्माण गर्न सबै किसिमका विभेदको अन्त्य गर्नुपर्छ: पूर्वप्रधानमन्त्री खनाल
काठमाडौँ । डोङफेङ नामीले उत्पादन गरेको विद्युतीय सवारी मोडेल जेएफ-एस थ्री (JF-S3) ले हालसम्म १२,००० भन्दा बढी युनिट ४० भन्दा बढी देश तथा क्षेत्रहरूमा निर्यात गर्न सफल भएको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै आफ्नो विश्वव्यापी रणनीतिक विस्तार उल्लेखनीय रूपमा सफल भएको दाबी गरेको छ ।
कम्पनीका अनुसार, सन् २०२४ को डिसेम्बरदेखि युरोपमा डेलिभरी सुरु भएसँगै जेएफ-एस थ्रीले युरोपेली बजारमा उल्लेखनीय उपस्थिति जनाउँदै आएको छ । सन् २०२५ को जनवरीमा नेदरल्याण्डमा चिनियाँ ब्रान्डमध्ये जेएफ-एस थ्री सबैभन्दा धेरै बिक्री भएको विद्युतीय सवारी बनेको थियो । त्यस अवधिमा करिब ३०० युनिट डेलिभर गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विद्युतीय सवारीको प्रयोग विश्वमै भएको देश नर्वेमा यो मोडेलले पहिलो महिनामै १०० भन्दा बढी अर्डर प्राप्त गरेको कम्पनीले जनाएको छ । चिसो मौसममा समेत यसले देखाएको उत्कृष्ट प्रदर्शनका कारण यसले व्यापक प्रशंसा पाएको कम्पनीको दाबी छ ।
जेएफ-एस थ्रीलाई मेक्सिको सिटीमा शेयर्ड मोबिलिटी प्रोभाइडरहरूका लागि आधिकारिक सवारीको रूपमा प्रयोग गरिएको छ भने बैंककमा यसलाई मोबाइल कफी वर्कशपको रूपमा प्रयोग गरिएको छ ।
उत्पादन क्षमताको विस्तारका सन्दर्भमा डोङफेङ नामीले विश्वव्यापी संरचना निर्माणमा तीव्र प्रगति गरिरहेको जनाएको छ । कम्पनीले युरोपमा इन्टेलिजेन्ट सवारी तथा कनेक्टिभिटी प्रविधिमा केन्द्रित अनुसन्धान केन्द्र निर्माण गर्दैछ भने दक्षिणपूर्वी एसियामा एसेम्ब्ली प्लान्ट परीक्षण चरणमा पुगिसकेको छ । त्यहाँ यही वर्षको मध्यदेखि उत्पादन सुरु हुने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ २२:४०
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं। आइसिसी विश्वकप लिग–२ अन्तर्गतको स्कटल्याण्डमा जारी त्रिदेशीय सिरिजमा नेपाल लगातार दुई खेलमा विजयी भएको छ।
बुधबार भएको आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्सलाई हराउँदै नेपालले लगातार दोस्रो जित हासिल गरेको हो। पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई एक विकेटले हराएको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गर्यो।
नेदरल्यान्ड्सले दिएको दुई सय २६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। नेपालको जितमा आरिफ शेखले उत्कृष्ट ब्याटिङ गरे। उनले ७८ रनको अर्धसतकीय पारी खेले। ९९ बल खेलेका आरिफले ७ चौका र दुई छक्का प्रहार गरे।
यस्तै दीपेन्द्र सिंह ऐरीले ३८ बनाउँदा ओपनर कुशल भुर्तेलले २५, आसिफ शेखले १९, कप्तान रोहित पौडेलले २३ तथा गुल्शन झा र भीम शार्कीले ११/११ रन बनाए। नेदरल्यान्ड्सका माइकल लेभिटले दुई विकेट लिए।
यसअघि स्कटल्याण्डको डुन्डेमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ अोभरमा सबै विकेट गुमाउँदै दुई सय २५ रन बनाएको थियो।
नेदरल्यान्ड्सका नोवा क्रसले सर्वाधिक ४८ तथा कप्तान स्कट एडवार्डसले ४६ रन बनाए। विक्रमजित सिंहले ३८ रन बनाए। नेपालका सोमपाल कामीले तीन विकेट लिए। उनले ९.१ ओभरमा ४८ रन खर्चिए। यस्तै करन केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान दुई दुई विकेट लिए।
सामाग्री श्रोत :
काठमाडौँ । एग्रोटेक कम्पनी कनेक्ट किसानले एआई च्याटबट ‘कृषि बट’ सार्वजनिक गरेको छ । बुधबार राजधानीमा आइडिया स्टुडियोले आयोजना गरेको कार्यक्रम ‘आइडियाटोर’ मा सहभागी हुँदै कम्पनीले ‘कृषि बट’ नामको एआई असिस्टेन्ट टुल सार्वजनिक गरेको हो ।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कनेक्ट किसानको एआईलाई ‘कफी सुकाउने तरिका बारेमा बताउन सक्नुहुन्छ ?’ भनेर सोधेका थिए । यसको जवाफ ह्वाट्सएप च्याटमार्फत ‘कृषि बट’ ले दिएको थियो ।
कृषि बट प्रयोग गर्नका लागि मोबाइलमा ह्वाट्सएप डाउनलोड हुनुपर्छ । कनेक्ट किसानले उपलब्ध गराएको क्यूआर कोड मोबाइलले स्क्यान गरेपछि प्रयोगकर्ता सोझै ह्वाट्सएप च्याटबटमा पुग्न सक्छन् । ह्वाट्सएपमा पुगेपछि प्रयोगकर्ताले अडियो कुराकानीमार्फत कृषि सम्बन्धी जिज्ञासा राख्न सक्छन् । त्यसपछि बोलेर नै एआईले किसानलाई जवाफ दिनेछ ।
कम्पनीकी सीईओ सञ्जिता लामिछानेले भनिन्, “अहिले हामी परीक्षणकालीन अवस्थामा छौँ । हालका लागि यसले नेपालमा कफी खेतीका विभिन्न पक्षहरूको बारेमा मात्र जानकारी दिन सक्छ ।” यस्तै अन्य विभिन्न बाली कसरी खेती गर्ने लगायतका विषयमा पनि नेपालको भूगोल र परिवेशको आधारमा अध्ययन गरेर कृषि बटले अन्तर्क्रिया गर्नसक्ने बनाउने उनले उल्लेख गरिन् ।
“हामीले गुगलमा भएका जानकारीको आधारमा एआई च्याटबटलाई तालिम दिएका छैनौँ । नेपालको लागि काम लाग्ने गरी आफैँले रिसर्च गरेर राखेका हौँ ।”
कृषि बटसँग अङ्ग्रेजी र नेपाली दुबै भाषामा कुराकानी गर्न सकिन्छ । यस्तै टेक्स्ट लेखेर र बोलेर पनि कुराकानी गर्ने सुविधा छ । च्याटबटलाई म्यासेज पठाएको केही सेकेन्डमा जवाफ दिने गर्छ ।
कनेक्ट किसानले आफ्नो एपमार्फत किसानलाई विभिन्न बाली, रोग, किरा र समाधानको उपायबारेमा जानकारी दिँदै आएको छ । तर, किसानलाई एप प्रयोग गरेर बालीका बारेमा जानकारी लिन समस्या भएको महसुस गरेको लामिछानेले बताइन् ।
उनले थपिन्, “त्यही भएर बोलेर च्याट गर्न सक्ने सुविधा भएको एआई च्याटबट ल्याएका हौँ । तर, बोलेर जानकारी लिँदा भन्दा पनि भिडिओ नै हेरेर किसानले जानकारी लिन सक्नुभयो भने बुझ्न थप सजिलो हुन्छ । त्यसैले किसान जिज्ञासा एक-दुई मिनेटको भिडिओबाट एआईले जानकारी दिनसक्ने गरी पनि काम गरिरहेका छौँ ।”
पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ २३:३६
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– स्कटल्यान्डमा जारी आईसीसी विश्वकप लिग २ मा नेपालले नेदरल्यान्ड्समाथि शानदार जित निकालेको छ । नेपालको जितमा आरिफ शेख नायक बने । उनको अर्धशतकीय इनिङ्समा नेपालले नेदरल्यान्ड्विरुद्ध पाँच विकेटको जित निकाल्न सफल भयो ।
नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७ दशमलव १ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ७८ रनको इनिङ्स खेले । उनले सात चौका र दुई छक्का प्रहार गरे । उनले ९९ बलको सामना गरेका थिए ।
यस्तै उपकप्तान दीपेन्द्र सिंह ऐरीले पनि ३ चौकाको सहयोगमा ५१ बल खेल्दै अविजित ३८ रन बनाए । ओपनर कुशल भुर्तेलले २५, कप्तान रोहित कुमार पौडेलले २३, आशिफ शेखले १९, भीम शार्कीले ११ बनाउँदा गुल्शन झाले पनि नटआउट रहँदै ११ रन बनाए । ४८ औं ओभरको पहिलो बलमा उनले छक्का प्रहार गर्दै नेपाललाई जित दिलाए ।
नेदरल्यान्ड्सका माइकल लेभिटले २, भिभिएन किङ्ग्मा र पउल भान मीकारेनले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेदरल्यान्ड्स ४९ दशमलव १ ओभरमा अलआउट हुँदै २२५ रनमा समेटिएको थियो ।
नेदरल्यान्ड्सका लागि नोहा क्रोइसले सर्वाधिक ४८ रन बनाउँदा कप्तान स्कट एडवर्डसले ४६ रन बनाए । यस्तै विक्रमजीत सिंहले ३८, जच लियोन क्याचेटले २७, रोलेफ भान डर मर्भेले २१ र तेजा निदामनरुले १३ रन बनाए ।
अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यता नेपालका लागि सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । ९ दशमलव १ ओभर बलिङ गरेका कामीले ४८ रन खर्चिएर तीन विकेट लिएका हुन् ।
यस्तै करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले २/२ विकेट लिए । करणले १० ओभरमा ३५ रन खर्चिँदा सन्दीपले १० ओभरमा ४८ र ललितले ७ ओभरमा ३० रन खर्चिए ।
यो सिरिजमा नेपालले पहिलो खेल स्कटल्यान्डमाथि १ विकेटको शानदार जित निकालेको थियो । २९७ रनको लक्ष्य नेपालले ४९ दशमलव ५ ओभरमा ९ विकेट गुमाउँदै एक दिवसीयमा सबैभन्दा ठूलो रन चेज गर्दै जित निकालेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
ललितपुरको च्यासलस्थित एमाले बागमती प्रदेश कमिटीको कार्यालयमा वागमती प्रदेशअन्तर्गतका विभागीय प्रमुख, सचिव, जनसंगठन इञ्चार्ज तथा प्रमुखको बैठकलाई आज सम्बोधन गर्दै उनले जनतालाई पार्टीमा जोड्न सकेमात्र पार्टी बन्ने बताए।
महासचिव पोखरेलले पार्टी र संगठनमा काम नगर्नेहरूले जिम्मेवारी लिनु नहुने बताए। उनले जसका लागि काम गर्ने हो त्यही समुदायमा नरहने व्यक्तिले जिम्मेवारी पूरा गर्न नसक्ने बताए। ‘हामी पार्टीका नेताहरूलाई पदीय जिम्मेवारी दिने अर्थमा मात्र जनसंगठन बनाइरहेका छौँ, काम गर्न समुदायमा पुग्ने हिसाबले संगठन निर्माण भएकै छैन, हाम्रा जनसंगठन पार्टीका नेताहरूलाई व्यवस्थापन गर्ने थलो भएका छन्’, उनले भने।
महासचिव पोखरेलले पार्टी र संगठन निर्माणका बारेमा गम्भीर भएर सोच्नेबेला आएको बताए। ‘पार्टीको राजनीतिले मात्र जनाधार विस्तार हुँदैन, त्यसलाई समुदायमा आधारित बताउनुपर्छ’, उनले भने।
पार्टीका बागमती प्रदेश इञ्चार्ज राजन भट्टराईले मिसन–२०८४ लाई लक्षित गरेर जनसंगठन पार्टी विस्तारमा लाग्नुपर्ने बताए। पार्टीका प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले बागमती प्रदेशमा संगठन विस्तार तीव्र गतिमा भइरहेको जानकारी दिए।
सामाग्री श्रोत :
‘जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्छ’
काठमाडौँ । टिकटकले आफ्नो ‘फर यु’ (For You) पेजमा प्रयोगकर्ताहरूलाई थप नियन्त्रण दिनका लागि नयाँ फिचर ल्याएको छ । कम्पनीले यसका लागि ‘म्यानेज टपिक्स’ (Manage Topics) र एआई-आधारित किवर्ड फिल्टर (AI-powered Keyword Filters) नामक नयाँ फिचर ल्याएको हो ।
जसले प्रयोगकर्तालाई आफ्नो फिडमा देखिने सामग्रीलाई अझ राम्रोसँग व्यवस्थापन गर्न सघाउ पुर्याउने छन् । टिकटकको ‘म्यानेज टपिक्स’ फिचरमार्फत तपाईँले शीर्ष १० क्याटेगोरीमा विभाजन गरिएका कन्टेन्ट मध्ये आफ्नो ‘फर यु’ फिडमा कुन कत्तिको देखापर्ने बनाउने भनेर कस्टमाइज गर्न सक्नु हुनेछ । जसलाई रचनात्मक कला, डान्स, फेसन तथा ब्युटी, फुड एन्ड ड्रिङ्स, हेल्थ एन्ड फिटनेस, ह्युमर, लाइफस्टाइल, नेचर, पेट्स, स्पोर्ट् र ट्राभलसँग सम्बन्धित कन्टेन्टको रूपमा वर्गीकरण गरिएको छ ।
यो सुविधा गत वर्ष अमेरिकामा परीक्षण गरिएपछि अहिले विश्वव्यापी रूपमा लागु गरिएको टिकटकले जनाएको छ । कम्पनीका अनुसार यी सेटिङले विषयवस्तुहरूलाई पूर्ण रूपमा हटाउने छैनन् । यद्यपि प्रयोगकर्ताको रुचि परिवर्तन हुँदै जाँदा तिनीहरू कति पटक सिफारिस हुन्छन् भन्ने कुरामा प्रभाव पर्न सक्छ । सेटिङ मिलाएपछि, परिवर्तनहरू लागु हुन केही समय लाग्न सक्ने टिकटकले बताएको छ । यो सुविधाले तपाईँको ‘फर यु’ फिडमा देखिने भिडिओहरूलाई मात्र असर गर्नेछ ।
कसरी प्रयोग गर्ने ‘म्यानेज टपिक्स’ ?
यो सुविधा प्रयोग गर्नका लागि तपाईँ आफ्नो टिकटकको सेटिङहरूमार्फत Content preferences हुँदै Manage topics मा जानुपर्ने हुन्छ । यस बाहेक तपाईँ आफ्नो ‘फर यु’ फिडमा देखिएको कुनै पनि पोस्टको शेयर बटनमा ट्याप गरेर Why this video मा गएर Adjust your For You मार्फत Manage Topics मा जान सक्नुहुन्छ । त्यहाँबाट, तपाईँले प्रत्येक विषयवस्तु मुनि रहेको स्लाइडरलाई दायाँ/बायाँ सार्न सक्नुहुन्छ । जसले तपाईँ त्यस्ता भिओयोहरू कत्तिको हेर्न चाहनुहुन्छ भनेर सङ्केत गर्छ । सेटिङ मिलाएर Save मा ट्याप गर्नुपर्ने हुन्छ ।
पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ २२:४९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं- चितवनस्थित भरतपुर अस्पताल र कैलालीस्थित गेटा अस्पताल (दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय)मा एमबीबीएस सुरु गर्न ५ करोड बजेट विनियोजन गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस वर्षदेखि ती दुई ठाउँमा एमबीबीएस सुरु गर्ने लक्ष्य लिएको हो।
लामो समयदेखि गेटामा एमबीबीएस सुरु गर्ने भनिएपनि अझै तयारी पूरा भएको छैन। दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन भर्खरै पारित भएको छ।
त्यसैगरी भरतपुरले पनि एमबीबीएस सञ्चालनका लागि केही समयदेखि नै तयारी गरिरहेको छ।
सामाग्री श्रोत :
swasthyakhabar
गण्डकी। गण्डकी प्रदेश सरकारले पटकपटक नीति, कार्यक्रम र बजेटमा घोषणा गरेका महत्त्वपूर्ण खेल पूर्वाधारका योजना कार्यान्वयनमा आउन सकेका छैनन्। निर्माण सुरू हुन नसकी अलपत्र रहेका ती योजनालाई प्रदेश सरकारको नीति तथा कार्यक्रममा भने बर्सेनि प्राथमिकताकासाथ समावेश गर्ने गरिएको छ।
आज सार्वजनिक आगामी आव २०८२/०८३ को नीति तथा कार्यक्रममा पनि तिनै खेल पूर्वाधार निर्माणको घोषणाले निरन्तरता पाएको छ। खेलकुद प्रवर्द्धन गर्न पूर्वाधार निर्माण, खेलाडी सम्मान र खेल पर्यटनको विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। संघ, प्रदेश र स्थानीय तहबीचको साझेदारीमा मुस्ताङमा उच्च पर्वतीय रंगशाला निर्माणलाई अगाडि बढाउने जनाएको छ।
प्रदेश सरकारले आव २०७५/७६ मै मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा उक्त रंगशाला बनाउने घोषणा गरेको थियो। जसलाई संघ सरकारलेसमेत आगामी आवको बजेटमा समावेश गरेको छ। प्रदेश सरकारले घोषणा गरेकै वर्ष आयोजनाको प्राविधिक अध्ययन र विस्तृत परियोजना प्रतिवदेन (डिपिआर)का लागि रु एक करोड बजेट छुट्याएको थियो।
प्रदेश गौरवको आयोजनाका रूपमा रहेको सो आयोजनामा बर्सेनि छुट्टिने बजेट कामै नभई ‘फ्रिज’ हुने गरेको छ। जग्गा प्राप्तिमा भएको ढिलासुस्तीले रंगशाला निर्माणको योजना सुस्ताएको प्रदेश सरकारको भनाइ छ। प्रसिद्ध मुक्तिनाथ मन्दिरको दक्षिणपट्टी छिङ्गुरमा जग्गा व्यवस्थापनको काम भइरहेको जनाइएको छ। थोरङ्ग भञ्ज्याङ जाने मार्गको ३७ सय मिटरभन्दा बढीको उचाइमा छिङ्गुर क्षेत्र पर्छ। उक्त रंगशालामा फुटबल मैदान, कभर्डहलदेखि आवश्यक खेल पूर्वाधार बन्ने जनाइएको छ।
आगामी आवको नीति तथा कार्यक्रममा प्रदेशमा क्रिकेट रंगशाला निर्माणको पनि घोषणा गरिएको छ। उक्त घोषणा पनि नयाँ भने होइन। प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा समेटेको क्रिकेट रंगशाला पनि जग्गाकै कारण अन्योलमा परेको छ। पोखरा महानगरपालिका–३३ पशुपतिघाटमा अन्तरराष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको पहल विसं २०७१ देखि नै सुरू भएको थियो। प्रदेश सरकार बनेपछि लाखौँ खर्चेर रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि तयार पारियो।
रंगशाला निर्माणको काम सुरू हुन सकेन। रेखदेख र संरक्षण नहुँदा रंगशालाको जग्गा नदी कटानको जोखिममा परेको छ। पशुपतिघाटमा रंगशाला बनाउने योजना अलपत्र छाडेर प्रदेश सरकार अहिले नयाँ जग्गाको खोजीमा लागेको छ। पशुपतिघाटमा रंगशालाको योजना दिगो हुने नदेखिएपछि विकल्प खोजिएको प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
क्रिकेटको गन्तव्य सहरका रूपमा विकास गर्न पोखरामा अन्तरराष्ट्रिय मापदण्डको रंगशाला चाहिने खेल क्षेत्रको पदाधिकारीहरूको माग छ। क्रिकेट रंगशालाका लागि रु एक अर्ब ३६ करोड लागत लाग्ने अनुमान गरिएको छ। विस्तृत परियोजना प्रतिवदेनमा १८ हजार दर्शक क्षमताको प्यारापिटसहित टि-२०, एक दिवसीय र टेस्ट म्याच खेल मिल्नेगरी पूर्वाधार तयार पारिने उल्लेख छ।
रंगशालामा १३० भिभीआइपी सिट, एक हजार दुई भिआइपी र स्पेशल, ९०० सिट क्षमताको खेलाडी कक्ष, एक सय क्षमताको मिडिया कक्ष बन्ने जनाइएको थियो। स्रोत जुटाएर तीनरचार वर्षभित्रमै रंगशाला निर्माण गर्ने प्रदेश सरकारको योजना कार्यान्वयनमा भने आउन सकेको छैन। नीति तथा कार्यक्रममा संघ सरकारसँग मिलेर पोखरा रंगशालाको स्तरोन्नति गरिने उल्लेख छ। अन्तरराष्ट्रियस्तरको पोखरा रंगशालामा ‘फ्लड लाइट’ छैन।
केही खेल पूर्वाधारको पनि अभाव छ। ठूलो धनराशि खर्चेर बनाइएको रंगशालामा ‘फ्लड लाइट’ नहुँदा रात्रिकालीन खेलकुद सञ्चालन हुन सकेको छैन। अन्तरराष्ट्रिय फुटबल महासंघ (फिफा)को मान्यता पाउन पनि रंगशालामा ‘फ्लड लाइट’ अनिवार्य हुनुपर्छ। १६ हजार ५०० दर्शक क्षमताको उक्त रंगशालामा कतिपय खेल पूर्वाधार र भौतिक संरचनाको भने अझै पनि अभाव छ।
पोखरा रंगशालामा ‘फ्लड लाइट’का लागि करिब रु १२ करोड लाग्ने अनुमान गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्ले केही वर्षअघि ‘फ्लड लाइट’का लागि छुट्याएको रु पाँच करोड बजेट कोभिड–१९ महामारीका कारण काम हुन नसकी फिर्ता भएको थियो।
सामाग्री श्रोत :
काठमाडौँ । सामसङले आफ्ना प्रयोगकर्ताहरूका लागि एक महत्त्वपूर्ण सूचना जारी गरेको छ । कम्पनीले दुई वर्षदेखि निष्क्रिय रहेका सामसङ अकाउन्टहरूलाई डिलिट गर्ने नयाँ नीति ल्याएको हो ।
यदि तपाईँले पछिल्लो दुई वर्षयता आफ्नो सामसङ अकाउन्ट लगइन गर्नुभएको छैन भने आगामी ३१ जुलाईभित्र अकाउन्ट एक्टिभ गर्नुपर्नेछ । अन्यथा त्यस्तो अकाउन्ट सधैँका लागि मेटिनेछ ।
सामसङले ग्राहकहरूलाई ईमेलमार्फत निष्क्रिय अकउन्टहरूका बारेमा जानकारी दिन थालेको छ । सामसङले पठाएको ईमेलमा भनिएको छ, “यदि कुनै अकाउन्ट डिलिट भएमा त्यसमा पहुँच पाउन सकिने छैन र अकाउन्टमा जोडिएका सबै डेटा डिलिट हुनेछन् । साथै मेटिएका अकाउन्ट र डेटा पुनः प्राप्त गर्न सकिने छैन ।” यसको अर्थ, यदि भविष्यमा सामसङका डिभाइसहरूमा फर्किन चाहनु भयो भने तपाईँले आफ्नो पुरानो अकाउन्टमा रहेका डेटा गुमाउन सक्नुहुन्छ ।
यसले विशेषगरी ग्यालेक्सी स्टोर र सामसङ हेल्थ, ग्यालेक्सी वेयरेबल्स जस्ता सामसङका एपहरू प्रयोग गर्ने प्रयोगकर्ताहरूलाई असर गर्नेछ । यी सेवाहरूमा लगइन गर्न सामसङ अवश्यक आवश्यक पर्ने भएकाले डेटा गुम्ने जोखिम रहनेछ ।
आफ्नो अकाउन्ट कसरी बचाउने ?
तपाईँको सामसङ अकाउन्ट निष्क्रिय हुनबाट बचाउन एकदमै सजिलो छ । सामसङका अनुसार प्रत्येक दुई वर्षमा कम्तीमा एकपटक लगइन गरेमा अकाउन्ट सक्रिय रहेको मानिन्छ ।
तर तपाईँ भविष्यमा सामसङका उत्पादनहरूमा फर्किने योजनामा हुनुहुन्न भने आफैँ म्यानुअल रूपमा अकाउन्ट डिलिट गर्नुको साटो कम्पनीलाई नै मेटाउन दिन सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ २२:१८
सामाग्री श्रोत :
टेक पाना