

हुम्ला – हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी लाप्चा लोलुङबाट कैलाश मानसरोवरको दूरदर्शन सुरु भएको छ । वैशाख महिनाको दोस्रो हप्तादेखि उत्तरी न्यालु, नारा, हिल्ला हुँदै लिमी जाने बाटो खुलेपछि जेठ महिनाको पहिलो सातादेखि आन्तरिक पर्यटक कैलाश मानसरोवरको दूरदर्शनका लागि लाप्चा पुग्ने गरेका नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले बताए ।
पर्यटकका लागि उत्कृष्ट गन्तव्यस्थल बन्नसक्ने सम्भावना भए पनि उचित व्यवस्थापनको अभावमा हाल आन्तरिक पर्यटक मात्रै यहाँ पुग्ने गरेको उनको भनाइ छ । कैलाश मानसरोवर दूरदर्शनका लागि जेठदेखि कात्तिकसम्म राम्रो समय मानिन्छ । हिउँदयामको छ महिनासम्म भारी हिमपात हुने हुँदा हिल्सा, न्यालु, यारी नारालगायत क्षेत्रमा जाने बाटोसमेत बन्द हुने गरेको छ ।
हिउँ पन्छाएर बाटो खुलेसँगै लिमी भ्यालीमा विस्तारै चहलपहल बढ्दै गएको वडाध्यक्ष पाल्जोर तामाङले बताए । “लिमीको लोलुङबाट कैलाश मानसरोवर प्रस्ट देख्न सकिन्छ । यो क्षेत्र हुम्ला सदरमुकाम सिमकोटदेखि १०५ किलोमिटर दूरीमा पर्छ । सडकको स्तरोन्नति हुने हो भने यो मार्गबाट हिल्साभन्दा अझ सहज रूपमा आवतजावत गर्न सकिनेछ”, उनले भने ।
हुम्लाको सदरमुकाम सिमकोटबाट गाडीमा एक दिनको यात्रामा लिमी भ्याली पुगिन्छ भने पैदलमार्गबाट भने चार दिन लाग्ने गरेको छ । लिमी उपत्यका जानेले खानेकुरा, टेन्ट, वाटरफ्रुप ज्याकेट, झोला, न्यानो कपडा, ट्रेकिङ सुज, लौरो, औषधि अनिवार्य रूपमा बोक्नुपर्छ । नेपाली भूमिबाटै कैलाश मानसरोवर दर्शन गर्ने ठाउँ भए पनि यसको प्रचारप्रसार नहुँदा पर्यटकको चहलपह बढ्न सकेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। नेपाली फुटबल टोलीले आज हङकङसँग मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दैछ। आज हङकङविरुद्धको हुने मैत्रीपूर्ण खेल र त्यस पछि लाओसविरुद्धको एएफसी एसियन कप २०२७ छनोट खेलका लागि प्रतिस्पर्धा हुनेछ।
जसअनुसार नेपालले जुन ५ मा हङकङसँग खेल्नेछ भने जुन १० मा लाओससँग छनोट खेल खेल्नेछ। राष्ट्रिय टोली गत मंगलबार हङकङ गएको छ भने सो मैत्रीपूर्ण खेलपछि लाओस जानेछ।
राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सो प्रतिस्पर्धाका लागि नेपाली टोलीको घोषणा यसअघि नै गरिसकेका छन्।
नेपाली टोलीः
अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, अरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, गिलेस्प्ये जंग कार्की, किरण चेम्जोङ, कृतिश रत्न छिन्जु, कुशल देउवा, मनिश कुमार, मनिष कुमार, लिम्बु, लकेन लिम्बु, रोहन कार्की, सनिश श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास ठकुरी बम, योगेश गुरुङ
सामाग्री श्रोत :

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबार (आज)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेका छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ १५ पैसा र बिक्रीदर १३७ रुपियाँ ७५ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ १२ पैसा र बिक्रीदर १५६ रुपियाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ४१ पैसा र बिक्रीदर १८६ रुपियाँ २२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६६ रुपियाँ ५४ पैसा र बिक्रीदर १६७ रुपियाँ २६ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ८३ पैसा र बिक्रीदर ८९ रुपियाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ तीन पैसा र बिक्रीदर १०० रुपियाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपियाँ ३५ पैसा र बिक्रीदर १०६ रुपियाँ ८२ पैसा निर्धारण गरिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ५१ पैसा र बिक्रीदर नौ रुपियाँ ५५ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०८ पैसा र बिक्रीदर १९ रुपियाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५७ पैसा र बिक्रीदर ३६ रुपियाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपियाँ ६२ पैसा र बिक्रीदर ३६ रुपियाँ ७३ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १९ पैसा र बिक्रीदर चार रुपियाँ २१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ३४ पैसा र बिक्रीदर ३७ रुपियाँ ५० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ २९ पैसा र बिक्रीदर ३२ रुपियाँ ४३ पैसा तोकिएको छ , यस्तै, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०४ पैसा र बिक्रीदर १० रुपियाँ ०९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २७ पैसा र बिक्रीदर १४ रुपियाँ ३३ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ९३ पैसा र बिक्रीदर २१ रुपियाँ ०३ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ४८ पैसा र बिक्रीदर १७ रुपियाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपियाँ ४८ पैसा र बिक्रीदर ४४९ रुपियाँ ४४ पैसा, बहराइन दिनार एकको खरिददर ३६३ रुपियाँ ७९ पैसा र बिक्रीदर ३६५ रुपियाँ ३८ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपियाँ २६ पैसा र बिक्रीदर ३५७ रुपियाँ ८२ पैसा रहेको जनाएको छ । भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ । यस्तै, वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कका ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। आइसिसी विश्वकप लिग–२ अन्तर्गतको आजको खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई सय २६ रनको लक्ष्य दिएको छ। स्कटल्याण्डको डुन्डेमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४९.१ अोभरमा सबै विकेट गुमाउँदै दुई सय २५ रन बनायो।
नेदरल्यान्ड्सका नोवा क्रासले सर्वाधिक ४८ तथा कप्तान स्कट एडवार्डसले ४६ रन बनाए। विक्रमजित सिंहले ३८ रन बनाए। नेपालका सोमपाल कामीले तीन विकेट लिए। उनले ९.१ ओभरमा ४८ रन खर्चिए। यस्तै करन केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान दुई दुई विकेट लिए।
नेपालले त्रिदेशीय सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई हराएको थियो।
सामाग्री श्रोत :

हैदाराबाद। रोयल च्यालेन्जर्स बेंगलुरू (आरसीबी)को विजयी परेडका क्रममा चिन्नास्वामी स्टेडियम नजिकै अचानक भागदौड मच्चिएको छ।
उक्त भागदौडमा दुर्घटनामा परिणत हुदाँ अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको एनडिटिभीले जनाएको छ। उसका अनुसार ५० भन्दा बढी गम्भिर घाइते भएका छन्। यो दुर्घटना बेंगलुरुको चिन्नास्वामी स्टेडियमको मुख्य गेट नजिक भएको हो।
हजारौं मानिसको भिडका कारण भीड एक्कासी अनियन्त्रित भई भागदौड भएको बताइएको छ। घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको छ ।
हजारौं फ्यानहरू हतारमा विभिन्न गेटहरूबाट स्टेडियममा प्रवेश गर्न खोज्दा भागदौड भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
सुरुमा सडक जामका कारण एम्बुलेन्स अस्पताल पुग्न नसकेको प्रहरीले जनाएको छ। भागदौडका कारण धेरै आरसीबी फ्यान स्टेडियम बाहिर बेहोस समेत भएका थिए। घ
कर्नाटक राज्य क्रिकेट संघले रोयल च्यालेन्जर्स बेंगलुरूले आइपीएल २०२५ मा ऐतिहासिक जित हासिल गरेपछि एक अभिनन्दन समारोह आयोजना गरेको थियो, जसमा हजारौं प्रशंसकहरू आएका थिए।
सामाग्री श्रोत :
आरसीबीको विजयी उत्सव मनाउने भिडमा भागदौड हुदाँ मृत्यु हुनेको संख्या ११ पुग्यो
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो विद्युतीय सेवा विस्तार गर्दै ‘इबिएल भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ । कम्पनीले २० जेठदेखि लागू हुने गरी यो कार्ड सार्वजनिक गरेको हो ।
इबिएल भर्चुअल क्रेडिट कार्ड मोबाइल बैंकिङ एप्लिकेसनमार्फत प्रत्यक्ष रूपमा उपभोग गर्न सकिने एक पूर्ण डिजिटल कार्ड हो । यस बैंकका ग्राहकहरूले जारी गरिएको मापदण्ड पुरा गरेर उक्त सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार सो सेवामार्फत न्यूनतम रु ५० हजारदेखि अधिकतम रु ५ लाखसम्मको भर्चुअल क्रेडिट सीमा प्रयोग गरी फोन पे क्यूआर स्क्यान गरेर वस्तु तथा सेवाको भुक्तानी, अनलाइन कारोबार तथा कार्ड व्यवस्थापन कामहरू गर्न सकिनेछ ।
यस सेवाअन्तर्गत ग्राहकले आफूले प्रयोग गरेको क्रेडिट सुविधा ४५ दिनसम्म उपभोग गर्न सक्नेछन् । साथै, ग्राहकको चाहनाअनुसार कुल बक्यौता रकमको न्यूनतम् १० प्रतिशतदेखि शतप्रतिशत भुक्तानी गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ ८:४२
सामाग्री श्रोत :
टेक पाना

बैतडी। भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड संक्रमण पुष्टि भएको छ। कोभिड पुष्टि हुनेमा दुई पुरूष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए।
कञ्चनपुरको पुनर्वासका २० वर्षका युवक, अछामको ढकारीका ३२ वर्षीय युवक र कैलालीको धनगढीकी २४ वर्षीया महिलामा कोभिड पुष्टि भएको हो। उनले भने, ‘भारतको विभिन्न सहरबाट गौरीफान्टा नाका भएर स्वदेश फर्किरहेका शंकास्पद ३६ जनाको परीक्षण गर्दा तीन जनामा कोभिड पुष्टि भएको छ। कोभिड पुष्टि भएका सबैलाई होम आइसोलेसन बस्न भनेका छौँ।’
कोभिड पुष्टि भएका सबैको पिसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाइएको निर्देशनालयका महामारी सम्पर्क व्यक्ति जोशीले जानकारी दिए। उनले भने, ‘कोभिड पुष्टि भएका तीनैजनाको स्याम्पल काठमाडौं पठाएका छौं। काठमाडौंमा पिसीआर परीक्षणपछि उनीहरूमा कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लाग्छ।’ भारत तथा अन्य छिमेकी राष्ट्रहरूमा कोभिड–१९ को संक्रमण देखा परिरहेकाले नेपालमा पनि यसको संक्रमण र महामारी निम्तन सक्ने भएकोले सुदूरपश्चिमका सबै सीमानाकामा सतर्कता अपनाइएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले संक्रमणको महामारी निम्तन सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ। सतर्कता अपनाउन तथा तयारी अवस्थामा रहन निर्देशन दिए पनि सुदूरपश्चिममा कोभिड संक्रमण भए नभएको पत्ता लगाउने किटको अभाव रहेको छ।
सामाग्री श्रोत :
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अगुवाइमा एमालेले ‘म झोले हो’ नारासहित सामाजिक सञ्जालमा नयाँ ट्रेन्ड जारी राखेको छ । सोमबारदेखि सुरु भएको यो ट्रेन्ड अहिले विशेषगरी फेसबुक र एक्समा चर्चामा छ । ‘झोले’ र ‘म झोले हो’ जस्ता शब्दहरू यी प्लेटफर्मका ‘पपुलर नाउ’ र ‘ट्रेन्डिङ’ मा देखिएका छन् ।
एमालेका नेता-कार्यकर्ता तथा समर्थकहरूले आफनो तस्बिरसहित ‘म झोले हो’ लेखिएको पोस्टर शेयर गरेका छन् । प्रधानमन्त्री ओली स्वयंले सामाजिक सञ्जालमा झोले भनेर खेदिएकै भरमा ‘सत्य अँगाल्न नछोडौँ’ भन्दै यो अभियान सुरु गरेका थिए ।
पछिल्लो समय आलोचकहरूले एमाले नेता-कार्यकर्तालाई व्यंग्य गर्दै ‘झोले’ भन्ने गरेको सन्दर्भमा यो अभियान पार्टीको रक्षात्मक र जवाफी रणनीतिको रूपमा आएको देखिन्छ । आलोचकहरूले ‘झोले’ शब्दलाई विवेकहीन, नेतापूजा गर्ने कार्यकर्ताको रूपमा अर्थ्याउँदै आलोचना गरिरहेका छन् । केहीले शब्दकोष र च्याटीजीपीटीले दिएको जवाफ भन्दै शेयर गरेका छन् ।
तर, एमाले कार्यकर्ताले यसै शब्दलाई गर्वको पहिचानका रूपमा अघि सार्दै प्रतिवाद गरेका छन् । कार्यकर्तालाई एकजुट पार्न यो साइबर अभियान उपयोगी हुने उनीहरूको विश्वास छ ।
यसैक्रममा एमाले महासचिव शंकर पोखरेलले बुधबार फेसबुकमा एक पोस्ट राख्दै एमाले नेता र कार्यकर्ताको झोलामा केके छन् भनेर एक ‘सूची’ नै प्रस्तुत गरेका छन् । उनले लेखेका छन्-
“नेकपा (एमाले)को नेता र कार्यकर्ताको झोलामा के छ ? भन्नेहरूका लागि-
१ मार्क्सवादी दर्शनः द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद
२ मार्क्सवादको सिर्जनात्मक विकासका क्रममा विकसित जनताको बहुदलीय जनवादको मौलिक कार्यक्रम र सिद्धान्त
३ जबजको प्रयोग र विकासका क्रममा विकसित परिपूर्ण लोकतन्त्रको नवीन मान्यता
४ असंलग्नता र पञ्चशिलको सिद्धान्तमा आधारित नेपालको हित केन्द्रित सन्तुलित परराष्ट्र नीति
५ जबजको सिद्धान्तमा आधारित पार्टी जीवनको लोकतान्त्रीकरणको नयाँ मान्यता
६ जनतासँगको घनिष्ठ सम्बन्धमा आधारित जीवनशैली र आचरणको गौरवपूर्ण परम्परा
७ प्रतिस्पर्धा, पहलकदमी र श्रेष्ठताको मान्यतामा आधारित समाजवाद निर्माणको नेपाली मार्गचित्र
आउनुहोस् ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि नेकपा(एमाले)को गौरवपूर्ण झोलालाई गौरवका साथ बोकौं । नेकपा (एमाले)का विरुद्धमा प्रतिकृयावादी, प्रतिगामी, अराजकतावादी र कम्युनिष्ट विरोधीहरुले सिर्जना गरेका सबै प्रकारका भ्रमहरुबाट नेपाली समाजलाई मुक्त गर्ने अभियानमा जुटौं ।
पोखरेलले पार्टीको राजनीतिक धारणा, कार्यशैली र सैद्धान्तिक सम्पदालाई ‘झोला’सँग जोड्दै अभियानको अर्थ र सन्देश दिन खोजेका छन् । पछिल्लो समय एमाले र अध्यक्ष ओलीविरुद्ध सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेका बेला ओलीकै अगुवाइमा ‘म झोले हो’ अभियान सुरु गरिएको हो । यसअघि एमालेले सामाजिक सञ्जालमा प्रभाव बढाउन र आलोचकलाई जवाफ दिन ‘साइबर सेना’ समेत गठन गरेको थियो ।
पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ १६:१५
सामाग्री श्रोत :
टेक पाना

तनहुँ। पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा आज दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ।
प्रहरीका अनुसार कास्की जिल्ला माछापुच्छ्रे–४ बस्ने २४ वर्षीय सरोज पौडेललको मृत्यु भएको हो। गम्भीर घाइते पौडेलको उपचारका लागि दमौली अस्पतालमा लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए।
जिल्लाको थर्पुबजारबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ९३९९ नम्बरको बस र विपरीत दिशामा गुडिरहेको ग १७ प ५१४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
सामाग्री श्रोत :
काठमाडौँ । सीएमआर नेपाल जर्नलिज्म एकेडेमीले पडकास्टिङसम्बन्धी नि:शुल्क तालिम सञ्चालन गर्ने भएको छ । पत्रकारिता क्षेत्रमा कम्तीमा तीन वर्षको अनुभव भएका पत्रकारलाई लक्षित गरी नेपाली भाषामा तालिम प्रदान गरिने एकेडेमीले जनाएको छ ।
एकेडेमीका अनुसार तालिममा पडकास्ट निर्माण, प्रसारण/प्रकाशन र प्रवर्द्धनसम्बन्धी सीपमूलक विषयवस्तु समावेश गरिनेछ । तालिम मुख्यतया अडियोमा केन्द्रित भएपनि भिडिओसम्बन्धी केही आवश्यक सीपहरू पनि सिकाइने बताइएको छ ।
यो तालिम काठमाडौँस्थित एकेडमीमा ६ दिन भौतिक, त्यसपछि ६ हप्ता अनलाइन र अन्त्यमा पुन: ६ दिन भौतिक कक्षा गरेर २२ असारदेखि २० भदौसम्म सञ्चालन हुनेछ ।
तालिमको शुल्क ९९ हजार रुपैयाँ निर्धारण गरिएकोमा छनोट भएका सहभागीहरूका लागि तालिम पूर्ण रूपमा नि:शुल्क हुने एकेडेमीले जनाएको छ ।
एकेडेमीले १२ जना सहभागी छनोट गर्नेछ । उपत्यकाबाहिरबाट आउने सहभागीको तालिम शुल्क, यातायात र आवास खर्च एकेडेमीले व्यहोर्नेछ भने उपत्यकाका सहभागीको तालिम शुल्क पनि एकेडेमीले नै व्यहोर्ने छ ।
तालिमका लागि इच्छुकले ८ असार (२२ जुन २०२५) सम्ममा आवेदन दिन सक्नेछन् । यसअघि एकेडेमीबाट नि:शुल्क तालिम लिइसकेकाले यस तालिममा सहभागी हुन नपाउने व्यवस्था गरिएको छ।
योग्य आवेदकले आफ्नो बायोडेटासहित यहाँबाट फारम भर्नु पर्नेछ ।
पछिल्लो अध्यावधिक: जेठ २१, २०८२ २१:४५
सामाग्री श्रोत :
टेक पाना







