२०८२ भाद्र २८ शनिबार
२०८२ भाद्र २८ शनिबार

काठमाडौँ । क्यामेराम्यानमाथि दुर्व्यवहार गरेको भन्दै वरिष्ठ अधिवक्ता शम्भु थापा आलोचनाको केन्द्रमा परेका छन् । नेकपा (एकीकृत समाजवादी) पार्टीको कार्यालयबाहिर पत्रकार उमेश कार्कीको क्यामेरातर्फ थापाले आक्रोशपूर्ण व्यवहार गर्दै हात हानेको भिडिओ सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रसारित भएपछि उनको आलोचना सुरु भएको हो ।

बिहीबार साँझ बानेश्वरस्थित नेकपा एस पार्टी कार्यालयबाट बाहिर निस्कने क्रममा थापाले नेपालप्रेसका पत्रकार कार्कीमाथि हातपात गरेको दृश्य देखिने भिडिओ फेसबुकमा शेयर भइरहेको छ । भिडिओमा अन्य पत्रकारहरूले थापाको व्यवहार गैरजिम्मेवार भएको भन्दै आक्रोश पोखेको सुनिन्छ ।

नेकपा एस अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि बिहीबार भ्रष्टाचार मुद्दा दायर भएसँगै वरिष्ठ अधिवक्ता थापा कानुनी परामर्शका लागि पार्टी कार्यालय पुगेका थिए । थापा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षसमेत हुन् ।

यस घटनापछि अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले थापाको व्यवहारलाई लिएर आलोचना गरेका छन् । 

पछिल्लो अध्यावधिक: जेठ २२, २०८२ २१:५०





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले संसदको गतिरोध अन्त्यका लागि प्रतिपक्षी दल जिम्मेवार बन्न नसकेको बताएका छन् । 

संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले बिहीबार संसदको गतिरोध अन्त्य हुने र गृहमन्त्रीले बोल्न पाउने विश्वास सत्तापक्षको रहेपछि प्रतिपक्षी दल जिम्मेवार बन्न नसक्दा संसद अवरुद्ध हुन पुगेको बताए । 

Ncell 2
Ncell 2

उनले शुक्रबार १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको अवस्थामा सहज रुपमा सदन चल्न बिपक्षीले सहयोग गर्ने विश्वास व्यक्त गरे । बजेटका बिषयमा सदनमा छलफल हुन नदिने कुरा गलत बिषय भएको भन्दै उनले यसलाई प्रतिपक्षीले बुझ्न जरुरी रहेको उल्लेख गरे । 

त्यस्तै उनले पतञ्जली जग्गा हिनामिना प्रकरणमा केपी ओलीको निर्देशनमा आफूमाथि भ्रष्टाचारको मुद्दा दर्ता भएको माधव नेपालको टिप्पणीप्रति आपत्ति जनाएका छन् । उनले माधव नेपालको टिप्पणी प्रतिशोधपूर्ण अभिव्यक्ति भएको बताए । 

उहाले संवैधानिक आयोगहरूले गरेका काममा प्रधानमन्त्रीलाई जोड्नु उपयुक्त नहुने धारणा राखे । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

जनकपुर। मधेस–प्रदेश सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन (पिएफएम) मूल्यांकन अन्तिम चरणमा पुगेको जनाएको छ। यो मूल्यांकन एशियाली विकास बैंक (एडिबी)को प्राविधिक सहयोगमा स्वमूल्यांकन विधिबाट अगाडि बढाइएको हो।

आज जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयमा एडिबीका प्रतिनिधिमण्डलले मुख्यमन्त्री सतिशकुमार सिंहसँग भेटगरी मूल्यांकनको प्रगतिबारे जानकारी गराएको हो। एडिबी निर्देशक श्रीनिवासन जनार्दनमको नेतृत्वमा आएको टोलीले हालसम्मको मूल्यांकन प्रक्रिया, नतिजा र आगामी कार्ययोजनाबारे छलफल गरेको हो।

छलफलमा प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा सोहनप्रसाद साह, साथै एडिबीका वरिष्ठ अधिकृत जुलीका र कृष्ण पाठकको उपस्थिति थियो।

प्रदेश सरकारले पारदर्शिता, उत्तरदायित्व र प्रभावकारी बजेट कार्यान्वयनको लक्ष्यसहित सार्वजनिक वित्तीय व्यवस्थापन सुधारका लागि यो मूल्यांकन अघि बढाएको हो।

नेपालमा यसअघि गण्डकी प्रदेशले पिएफएम मूल्यांकन पूरा गरिसकेको छ भने मधेस प्रदेशको मूल्यांकन अन्तिम चरणमा पुगेको एडिबी प्रतिनिधिमण्डलले जनाएको छ।


सामाग्री श्रोत :

मुख्यमन्त्री सिंहसँग एडिबी टोलीको भेट

काठमाडौँ । नेपाली बजारमा सेरेस ब्रान्डका ५०० बढी विद्युतीय सवारी ‍सञ्चालनमा आएका छन् । सेरेसको नेपालस्थित आधिकारिक वितरक एमएडब्लू अटोमोबाइल्सले नेपाली सडकमा गुड्ने ईभी सङ्ख्याबारे जानकारी दिएको हो ।

कम्पनीका अनुसार तीन नयाँ मोडेल छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

हालै सेरेस ब्रान्डबारे बजारमा केही अफबाह फैलिएको भन्दै एमएडब्लू अटोमोबाइल्सले सेरेसको सेवा र कारोबार नियमित रूपमा चलिरहेको उल्लेख गरेको छ । ग्राहकको विश्वास र सेरेसप्रतिको सन्तुष्टि नै बजारमा सेरेसको मजबुत उपस्थिति पुष्टि गर्ने आधार बनेको कम्पनीको दाबी छ ।

“कम्पनीले बिक्रीपछिको सेवा सुदृढ बनाउन देशभर सेवा केन्द्रहरूको सञ्जाल विस्तार गरेको छ । यसले गर्दा मर्मत तथा सर्भिसको पहुँच झन् सहज र छिटो भएको छ । हाल सेरेस ईभीहरू १२२ चार्जिङ स्टेसनमार्फत सशक्त रूपमा सपोर्ट भइरहेका छन्,” कम्पनीले भनेको छ ।

 

पछिल्लो अध्यावधिक: जेठ २२, २०८२ २०:४२





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– सुनचाँदी व्यवसायीहरुले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गरेका छन्।

नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी आर्थिक बर्षको बजेटमा सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गरेका हुन्।

संघर्ष समितिले बजेटमा अव्यवहारिक र अनावश्यक रुपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएको जनाएको छ। यसले उपभोक्ताहरुलाई आर्थिक भार थपिनुका साथै उद्योगी, व्यवसायी, कालिगढहरुलाई विस्थापित हुने अवस्था सिर्जना भएको संघर्ष समितिको भनाइ छ।

Ncell 2
Ncell 2

नगदसरह सम्पत्तिको मान्यता भएको वस्तुलाई बिलाशिताका रूपमा व्याख्या गरिनु संविधान विपरित रहेको नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिका संयोजक विपेन्द्र रामुदामुले बताए। उनले सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लागू गर्न खोजिएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको समेत माग गरे। 

आगामी २०८२÷०८३ को बजेटमा भएको व्यवस्थाले यसमा आवद्ध व्यवसायी, कालिगढ, कर्मचारीको जीविकोपार्जन र भविष्यमाथि नै प्रश्न उठ्ने सम्भावना बढेको र राज्यको राजश्व संकलनमा पनि प्रभाव पर्ने निश्चित रहेको संघर्ष समितिको निष्कर्ष छ।

 

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएइ) जाने कामदारका लागि न्यूनतम एक हजार दिराम तलब निर्धारण गरेको छ।

मन्त्री शरतसिंह भण्डारीले सरकारले बजारको अवस्था हरेर तलब निर्धारण गरेको जानकारी दिँदै युएईस्थिति दूतावासको सुझावमा न्यूनतम तलब एक हजार हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा मन्त्रीस्तरीय निर्णय गरिएको बताए। उनले तोकिएको नयाँ तलब नदिने रोजगारदाताले नेपाली श्रमिक लैजान नपाउने बताए। युएई जाने कामदारको न्यूनतम तलब सुविधा एक हजार दिरामभन्दा कम भए मागपत्र प्रमाणिकरण नहुने बताइएको छ।

‘युएई जाने कामदारको हकमा पहिले आठ सय, एक हजार र एक हजार दुई सय दिराम तलबको अनुपात लागू थियो। तर, अब अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकको क्रमशः न्यूनतम एक हजार, एक हजार दुई सय र एक हजार पाँच सय दिराम तलब निर्धारण गरिएको छ’, मन्त्री भण्डारीले भने, ‘तोकिएकोभन्दा कम तलब भए कुनै पनि मागपत्र प्रमाणीकरण हुनेछैन।’

युएई जाने नेपाली कामदारको हितमा यो निर्णय उपलब्धिमुलुक हुने उनले विश्वास व्यक्त गरे।


सामाग्री श्रोत :

युएई जाने नेपाली श्रमिकको तलब निर्धारण

काठमाडौँ । गुगल फोटोजले आफ्ना प्रयोगकर्ताका लागि फोटो ग्यालरीमा सर्च गर्ने प्रक्रियालाई अझ सहज र सटीक बनाउने एउटा महत्त्वपूर्ण अपडेट रोलआउट सुरु गरेको छ । प्रयोगकर्तालाई तस्बिरभित्र रहेका निश्चित शब्दको आधारमा खोज्न मिल्ने सुविधाको रूपमा यो नयाँ फिचर ल्याइएको हो । 

अपडेटमार्फत गुगल फोटोजले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर तस्बिरमा भएको टेक्स्ट पहिचान गर्ने क्षमतामा अझ सुधार गरेको छ । अब प्रयोगकर्ताले कुनै निश्चित शब्द खोज्नका लागि त्यसलाई कोटेसन मार्क अर्थात् उद्धरण चिन्ह (” “) भित्र राखेर सर्च गर्न सक्नेछन् । उदाहरणका लागि, यदि तपाईँले “passport” भनेर उद्धरण चिन्ह भित्र राखेर खोज्नुभयो भने गुगल फोटोजले तपाईँलाई तस्बिरमा स्पष्ट रूपमा “passport” शब्द देखिएका फोटोहरू मात्र देखाउनेछ ।

यो परिवर्तन विशेष गरी स्क्रिनशट, स्क्यान गरिएका कागजातहरू, रसिदहरू वा अन्य कुनै पनि टेक्स्ट भएका तस्बिरहरू राख्ने व्यक्तिहरूका लागि अत्यन्तै उपयोगी हुनेछ । त्यसो त यसअघि पनि गुगल फोटोजले सामान्य किवर्डहरूबाट तस्विरमा रहेका टेक्स्ट पत्ता लगाउन सक्थ्यो । तर सर्चमा देखिने रिजल्टहरूमा प्रायः असम्बन्धित फोटोहरू पनि देखिने गर्थे । अब उद्धरण चिन्हको प्रयोगले रिजल्टलाई स्पेसिफिक तथा फोकस्ड बनाउनेछ । जसले स्क्रोलिङमा बिताउनु पर्ने घण्टौँको समय बचाउन मद्‍दत गर्नेछ । यसले विशिष्ट किसिमका फोटोहरू पत्ता लगाउन धेरै छिटो र सटीक बनाउनेछ ।

सानो सुधार जस्तो लागे पनि यो फिचर गुगलले गत महिना गुगल फोटोजको दसौँ वार्षिकोत्सवको अवसरमा घोषणा गरेका महत्त्वपूर्ण अपग्रेडहरू मध्ये एक हो । यस अपडेटले प्रयोगकर्ताहरूलाई आफ्ना फोटोहरू झन् सजिलैसँग फेला पार्न र व्यवस्थित गर्न मद्दत गर्नेछ । 

यद्यपि, यो फिचर पूर्ण रूपमा त्रुटि रहित भने छैन । गुगलका अनुसार, यो फिचरले तस्बिरमा भएको टेक्स्ट स्पष्ट रूपमा चिन्न सकेको अवस्थामा सबैभन्दा राम्रो काम गर्छ । यदि शब्द पढ्न गाह्रो छ, कुनै विशेष किसिमको फन्टमा लेखिएको छ, वा आंशिक रूपमा अस्पष्ट छ भने सर्चले त्यसलाई पत्ता लगाउन नसक्ने सम्भावना हुन्छ । साथै, यसले सबै भाषाहरूमा समान किसिमले सटीकताका साथ टेक्स्ट पहिचान गर्न सक्दैन ।

गुगल सपोर्टका अनुसार यो फिचर क्रमशः रोलआउट भइरहेको छ र सबै प्रयोगकर्ताका लागि तत्कालै उपलब्ध नहुन सक्छ । यदि तपाईँको अकाउन्टमा यो अपडेट आइसकेको छैन भने गुगलले चाँडै उपलब्ध हुने बताएको छ । एक पटक यो सुविधा उपलब्ध भएपछि, तपाईँले उद्धरण चिन्हभित्र कुनै विशिष्ट शब्द टाइप गरेर यो फिचरको उपयोगिता परीक्षण गर्न सक्नु हुनेछ ।

 

पछिल्लो अध्यावधिक: जेठ २२, २०८२ १९:५८





सामाग्री श्रोत :
टेक पाना

बिहीबार दिउँसो कोशी ब्यारेजको सप्तरी क्षेत्रमा पूर्वअभ्यास गर्ने क्रममा सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता भएका हुन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- स्वास्थ्य बीमा बोर्डको सुविधा थैली समयानुकुल बनाउन गठित प्राडा प्रदीप वैद्यको संयोजकत्वको समितिले काम सुरु गरेको छ। बोर्डका सूचना अधिकारी विकेस मल्ल ठकुरीका अनुसार समितिको पहिलो बैठक बिहिबार बसेको हो। 

बैठकले पहिलो दिन विषय प्रवेशका साथै परिचयात्मक कार्यक्रम गरेको छ र आगामी दिनमा कसरी अघि बढ्ने भन्ने बारे छलफल गरेको छ। 

जेठ १४ मा प्राडा वैद्यको संयोजकत्वमा दश सदस्यीय कार्यदल गठन भएको थियो। समितिका सदस्यमा डा. शर्मा पौडेल, डा. डम्बर खड्का, डा. सन्ध्या चापागाईं, डा. सन्तोष पौडेल, रोशनी तुइतुइ, डा. कालुसिंह खत्री, डा. देवेन्द्रप्रसाद ज्ञवाली र रञ्जना पोखरेल सदस्य छन् । समितिको सदस्य सचिवमा भने डा. कृष्णहरि खनाल तोकिएका छन्।

समितिलाई प्रतिवेदन बुझाउन ३० दिनको समयावधी दिइएको छ।  कार्यादेशमा भनिएको छ, ‘स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सुविधा थैलीलाई वर्तमान स्वास्थ्य सेवाको आवश्यकता, सेवाको उपलब्धता, तथा सेवा प्रवाहको व्यवहारिक पक्षसँग समायोजन गर्नु अपरिहार्य भएको  सन्दर्भमा स्वास्थ्य बीमा बोर्डको सुविधा थैली समायुकुल बनाउन त कार्यदल गठन गरिएको छ । कार्यदलको कार्यविवरण यसै साथ संलग्न गरिएको छ ।

 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टचारको मुद्दा दर्ता भए पछि नेकपा एकीकृत समाजवादी छलफलमा जुटेको छ। पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा शीर्ष नेताहरूको अनौपचारिक बैठक जारी रहेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै अध्यक्ष नेपालसहितका शीर्ष नेताहरू छलफलमा सहभागी भइरहेका छन र त्यहाँ केही कानुन व्यवसायीसमेत रहेको जनाइएको छ।

अख्तियारले आज अध्यक्ष नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। बैठकपछि यो विषयमा पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने नेताहरूले बताएका छन्।


सामाग्री श्रोत :

माधव नेपाल कानुन व्यवसायीसँग छलफलमा

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट