२०८२ भाद्र २८ शनिबार
२०८२ भाद्र २८ शनिबार

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।

गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७९, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ५६, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु ४०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु रातो (मुडे) प्रतिकिलो रु ३९, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३८, गाजर (लोकल) प्रतिकिलो रु ५८, बन्दा (लोकल) प्रतिकिलो रु १६, काउली स्थानीय प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो रु ३५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु २५, भन्टा लाम्चो प्रतिकिलो रु २०, भन्टा डल्लो प्रतिकिलो रु ३२, तने बोडी प्रतिकिलो रु ४०, मकै बोडी प्रतिकिलो रु ७० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु १५०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ४२, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ३५, घिउ सिमी राजमा मूल्य प्रतिकिलो रु १२०, भटमास कोसा प्रतिकिलो रु १३०, तीतो करेला प्रतिकिलो रु ४५, लौका प्रतिकिलो रु ३०, परबर (लोकल) प्रतिकिलो रु ५५, परबर (तराई) प्रतिकिलो रु ५०, चिचिण्डो प्रतिकिलो रु ३०, घिरौला प्रतिकिलो रु ४२, झिगुनी प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ४५, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ३०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु २५, भिण्डी प्रतिकिलो रु ५० कायम गरिएको छ ।

यस्तै, सखरखण्ड प्रतिकिलो ७५, पिँडालु प्रतिकिलो रु १२०, रायोसाग प्रतिकिलो रु ३२, पालुङ्गो साग प्रतिकिलो रु ४०, प्याज हरियो प्रतिकिलो रु ७५, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ३२०, कुरिलो प्रतिकिलो रु ३००, निगुरो प्रतिकिलो रु ३० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकिलो रु ७५, चुकुन्दर प्रतिकिलो रु ७५, सजीवन प्रतिकिलो रु १२०, रातो बन्दा प्रतिकिलो रु ७५, जिरीको साग प्रतिकिलो रु ८०, ग्याठकोभी प्रतिकिलो रु ५५, सेलरी प्रतिकिलो रु १२०, पार्सले प्रतिकिलो रु ४००, सौफको साग प्रतिकिलो रु १००, पुदिना प्रतिकिलो रु ११०, गान्टेमूला प्रतिकिलो रु ४०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १४० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकिलो रु २००, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ६५, आँप (दशहरी) प्रतिकिलो रु ७५, अङ्गुर (हरियो) प्रतिकिलो रु २५०, अङ्गुर (कालो) प्रतिकिलो रु ३५०, तरबुजा (हरियो) प्रतिकिलो रु ४०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकिलो रु ५०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु १४, रुखकटहर प्रतिकिलो रु ६५, मेवा (भारतीय) प्रतिकिलो रु १००, लिची (लोकल) प्रतिकिलो रु १४०, लिची (भारतीय) प्रतिकिलो रु २२० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी सुकेको प्रतिकिलो रु ४२०, खुर्सानी हरियो प्रतिकिलो रु ५०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ४५, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु ४०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडेखुर्सानी प्रतिकिलो रु ८५, हरियो धनियाँ प्रतिकिलो रु ४५, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु १८०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी हरियो प्रतिकिलो रु १२०, ताजा माछा (रहु) प्रतिकिलो रु ३३०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३२०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु ९०० तोकेको छ ।


सामाग्री श्रोत :

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वायु प्रदूषणको अवस्था तत्कालै बुझ्न सकिने ड्यासबोर्ड सार्वजनिक गरेको छ । ‘काठमाडौँ महानगर वायु गुणस्तर निगरानी ड्यासबोर्ड’ नाम दिइएको उक्त प्रणाली बिहीबार विश्व वातावरण दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।

ड्यासबोर्डमार्फत काठमाडौँ महानगर क्षेत्रका १८ स्थानमा जडान गरिएका सेन्सर उपकरणबाट प्राप्त पीएम २.५ र वायु गुणस्तर सूचकांक (एयर क्वालिटी इन्डेक्स) का विवरण वास्तविक समयमा हेर्न सकिने बताइएको छ ।

महानगरको वेबसाइटमा रहेको ‘वायु गुणस्तर निगरानी’ (kathmandu.gov.np/kmc-air-quality-monitoring) आइकनमा क्लिक गरेपछि ड्यासबोर्डमा पुग्न सकिन्छ । यसमा स्थानको नाम, सूचकांक, नक्सा र स्वास्थ्यका लागि चेतावनी दिने रङ्ग संकेत समावेश छन् ।

हरियो रङ्ग राम्रो, पहेँलो मध्यम, सुन्तला संवेदनशील वर्गका लागि सचेत रहनुपर्ने, रातो सबैका लागि अस्वस्थ्य, बैजनी गम्भीर असर र गाढा खैरो अत्यधिक जोखिमपूर्ण अवस्थाको सूचक हो ।

वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईका अनुसार प्रणालीले नागरिकलाई वायु प्रदूषणको अवस्था हेरेर जीवनशैली अनुकूल बनाउने सन्देश दिन्छ ।

स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले यस ड्यासबोर्डबाट प्राप्त तथ्याङ्कले सहरी स्वास्थ्य नीतिनिर्माणमा सहयोग पुग्ने विश्वास राखे ।

छत्रपाटी चिकित्सालय, लैनचौर, कलंकी चोक, बालाजु बाइसधारा उद्यान, परोपकार स्त्री तथा प्रसुति रोग अस्पताल, थापाथली, महानगर प्रहरी बलको क्षेत्रीय कार्यालय नयाँ बसपार्कमा लगायत स्थानमा जडान गरिएका क्ल्यारिटी नोड–एस नामका सेन्सरहरू सौर्य ऊर्जाबाट सञ्चालनमा छन् । यी सेन्सरले पीएम २.५ को स्तर मापन गर्छन् ।

महानगरको ‘हेल्दी सिटी नेटवर्क’ परियोजनाअन्तर्गत ल्याइएको यो प्रणालीले जनचेतनामूलक सामग्री, सूचकांक बुझ्न सहयोग गर्ने जानकारी, सावधानी अपनाउने सन्देश, सवारी प्रदूषण चेकजाँचको विवरण तथा विगत सात दिनको तथ्यांकसमेत देखाउँछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पीएम २.५ कणहरू फोक्सो र रक्तप्रवाहमा प्रवेश गरी दीर्घरोग उत्पन्न गर्न सक्छन् । यसैले, महानगरले वायुको गुणस्तर मापनमार्फत नागरिक स्वास्थ्य जोगाउने प्रयासलाई सशक्त बनाएको जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ ७:५६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको छ । बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् । 

Ncell 2
Ncell 2

यस्तै, राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने छ । सो बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहने छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं।  जनता समाजवादी पार्टीका नेता डा वीरेन्द्रप्रसाद महतो विसं २०७९ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिरहा-४ बाट निर्वाचित भएका हुन्।

जनता समावादी पार्टी नेपालका प्रमुख सचेतक महतो नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा वन तथा वातारणमन्त्री थिए।

बैंक तथा वित्तीय क्षेत्रका अनुभवी उनीसँग राससका समाचारदाता सुशील दर्नालले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

माननीयज्यू हिजोआज के गर्दै हुनुहुन्छ?

राजनीतिक प्राणी भएपछि भेटघाट, विचार–विमर्श, पार्टीका बैठक यस्तैमा व्यस्त हुने गरिएको छ । जनप्रतिनिधिका नाताले जिल्ला आवातजावत पनि उस्तै चलिरहेको हुन्छ । यसको अलावा सामाजिक क्षेत्रमा पनि सक्रिय छु ।

प्रतिनिधिसभामा तपाईंको अनुभव कस्तो रह्यो ?

संसदीय यात्रा, अनुभव रोचक र रमाइलो नै छ । संसद् आफँैमा जनप्रतिनिधिको सर्वोच्च थलो हो । मेरा लागि सदन हरेक दिन नयाँ सिकाइ भएको छ । नीति निर्माणमा हाम्रो हस्तक्षेपकारी भूमिका बढाउनुपर्छ । अहिले कानुन बनाउनेभन्दा पनि विकासप्रति सांसदको सक्रियता देख्छु । सार्वभौम सांसदको भूमिकालाई नजरअन्दाज नगरियोस भन्ने मेरो सुझाव रही आएको छ ।

संविधान कार्यान्वयनको अवस्थालाई कसरी हेर्नुभएको छ ?

संविधान जारी भएको एक दशक पूरा हुन लागेको छ । हामीले यसबीचमा दुई वटा आमनिर्वाचन सम्पन्न गरेका छौँ । यो अवस्थामा संविधान कार्यान्वयनमा प्रभावकारिता नै देखिएको छ । तर, केही कुरामा ढिलासुस्ती भएको छ । प्रदेशलाई बलियो बनाउन सकिएको छैन । अझैसम्म प्रहरी ऐन दिन सकिएको छैन । सङ्घीय निजामती ऐन जारी भएको छैन । प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउँदा मात्रै सङ्घीयता कार्यान्वयन हुन्छ ।

यो संविधानलाई परिस्कृत गरिनुपर्छ भन्ने मत राख्ने दलको प्रतिनिधि भएका नाताले अब संविधान संशोधन गर्ने बेला आएको छ । यसप्रति अहिलेको कांग्रेस–एमाले नेतृत्वको सरकारले पहलकदमी पनि लिएको छ । यो सुखद पक्ष हो । जनतालाई अधिकार सम्पन्न बनाउने सवालमा संविधान अझै परिस्कृत हुनुपर्छ । संविधान अपुरो र अधुरो भयो भन्नेका आवाजलाई पनि अब हुने संशोधनमा समेटिनुपर्छ । परिवर्तनको लागि अग्रभागमा लडेका राजनीतिक शक्तिबीच आपसी सहमति र बृहत् छलफलबाट नै संशोधनको निष्कर्षमा पुग्नुपर्छ ।

संविधान संशोधनको विषयमा तपाईको विचार के छ ?

हाम्रो पार्टीले संविधान संशोधनको माग संविधान जारी भएकै दिनदेखि उठाउँदै आएको छ । संविधान जारी हुँदा मुलुक आन्दोलित थियो । पटकपटक संविधान संशोधनको लागि पहल भएका छन् । तर, यसपटक दुई ठूला दल कांग्रेस र एमालेले जिम्मेवारीबोध गरेर अग्रसरता लिएका छन् ।

हामीलाई आशा छ–यो सरकारले सबै पक्षको भावनालाई समेटेर संविधानलाई सबैको साझा दस्तावेज बनाउने सवालमा निर्णायक भूमिका खेल्नेछ । संशोधन प्रक्रिया आफँैमा जटिल विषय भएकाले सबै पक्षको सहमति लिएर अघि बढाउँदा बढी प्रभावकारी हुने विश्वास लिएको छु ।

सुशासनको लागि सरकारलाई तपाईंको सुझाव के छ ?

सुशासन देश विकासको लागि पहिलो शर्त हो । हाम्रो देशमा राजनीतिक स्थायित्व नहुँदा विकासको गति सुस्ताएको छ । सुशासन शासकको चरित्रको कुरा हो । कर्मचारीतन्त्रलाई चुस्त बनाउनुपर्छ । अहिलेको सरकारले सुशासनलाई पहिलो शर्त बनाएर काम गरिराखेको छ । लोकतन्त्रलाई अझै उन्नत बनाउनको लागि पनि सरकारले सुशासनको विषयमा कुनै सम्झौता गर्नुहुँदैन । सरकारले बोली र व्यवहारमा एकरूपता ल्याउनुपर्छ । बेथिति, विसङ्गति र विकृतिलाई जरैदेखि उखेल्न सरकार निर्मम होस भन्ने सुझाव छ ।

संघीयतालाई अझै सुदृढ बनाउन के गर्न आवश्यक छ ?

सङ्घीयता गणतन्त्रको आत्मा हो । मुलुक सङ्घीयतामा गएको आज १० वर्ष भयो । सङ्घीयताको मूल मर्मअनुसार काम हुनुपर्छ । तीनै तहबीच उचित समन्वयको अभाव खड्किएको छ । केन्द्रले तल्लो तहसम्म अधिकार पु¥याउने सवालमा कञ्जुस्यार्इं गर्नुहुँदैन । यसलाई प्रभावकारी रूपमा अगाडि बढाउन आवश्यक कानुनको निर्माणमा विलम्ब भइरहेको कुरा मैले माथि पनि बताइसकेको छु । त्यसैले सङ्घीय कानुनको निर्माण यथाशक्य गरिनुपर्छ ।

केन्द्र सरकारको जग हल्लिनासाथ प्रदेश तहसम्म हुने हलचल र सरकार परिवर्तन हुने महारोग बनेको छ । केन्द्रमा सरकार परिवर्तन हुँदा प्रदेशमा पनि नराम्रो प्रभाव परेको देखियो । यसको सुधारको लागि गम्भीर पहल गरिनुपर्छ । यो विषय पनि संविधान संशोधनको बेलामा समेटिनुपर्छ ।

युवा पलायन रोक्नका लागि के गर्न सकिएला ?

रोजगारी, उच्च शिक्षाको लागि नेपालबाट विदेश जाने युवाको सङ्ख्या ठूलो छ । देशभित्रै उचित रोजगारीको प्रवन्ध मिलाउनुपर्छ । ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्ने उद्योग तथा कलकारखाना खोलिनुपर्छ । यो प्रविधिको युग हो । सरकारले युवालाई प्रोत्साहन गर्न स्टार्टअपमा राम्रो स्किम लगाएको छ ।

स्टार्टअप उद्यमीलाई सीप विकास, व्यवसाय विस्तार, बजारीकरण र मूल्य शृङ्खलामा आबद्ध गर्न सहुलियतपूर्ण कर्जा कार्यक्रम, तीन प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउन उचित रकमसमेत विनियोजन गरेको छ । यसले युवा पलायन रोक्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु ।

युवाको निम्ति सरकारले केकस्ता कार्यक्रम तर्जुमा गर्नुपर्छ ?

यो देशको दक्ष जनशक्ति भनेको नै युवा हो । युवाको उज्जवल भविष्यको लागि सरकारले पनि गम्भीर पहल लिनुपर्छ । युवाका लागि उद्यमशीलता विकास गरिनुपर्छ । उचित समयमा उचित रोजगारीको प्रबन्ध गरिनुपर्छ । अहिले सरकारले शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक योग्यता, व्यवसाय दर्ता, सीप परीक्षणको प्रमाणपत्र र परियोजना प्रस्तावको आधारमा बिनाधितो दुई लाखदेखि २० लाखसम्म तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने कुरा बजेटमा सुनिश्चित्ता गरेको छ ।

तपाईं वन तथा वातावरणमन्त्री हुँदा गर्नुभएको मुख्य मुख्य काम के–के हुन ?

वन तथा वातावरण मन्त्रालयमा छोटो समय नेतृत्व गर्दा नीतिगत सुधारमा विशेष ध्यान दिएँ । महत्वपूर्ण मानिएका वन ऐन ल्याउन पहल गरेँ । विकास निर्माणमा वन जहिल्यै पनि बाधक भनिँदै आएको छ । त्यसमा सुधारको लागि भूमिका खेलेको छु । वातावरण संरक्षणको क्षेत्रमा छोटो अवधिमा मैले सुधारको लागि पनि आवश्यक पहल गरेको छु ।

कोप–२९ मा नेपालको आफ्नो एजेण्डा स्थापित गर्न पहिलो पटक आफ्नै प्रदर्शनी राखिएको थियो । त्यो नेपालको लागि अति नै प्रभावकारी मञ्चको रुपमा स्थापित भयो त्यो । जलवायु न्यायको सिद्धान्तअनुरुप नेपालको हित संरक्षणको लागि अन्तरराष्ट्रिय मञ्चमा बहस पैरवी गरेको मेरो भूमिका अहिले पनि स्मरणीय नै छ । जलवायु कोषमा वित्तीय पहुँच अभिवृद्धि गर्न भूमिका खेलेको छु ।

पछिल्लो समय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको छ, यसबारे तपाईंको धारणा के छ ?

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको ठूलो त्याग, तपस्या र बलिदानीबाट प्राप्त व्यवस्था हो । नेपाली जनताको प्रत्यक्ष सहभागिता र पटक–पटक संघर्ष गरेर ल्याएको उत्कृष्ट व्यवस्था भएकाले यसको सवलीकरणमा विशेष ध्यान दिनुपर्छ । अहिले व्यवस्थामाथि प्रश्न उठेकोभन्दा पनि देश र जनताको अवस्थामा सुधारको आवाज हो भनेर मैले बुझेको छु । यो व्यवस्था कार्यान्वयनको सवालमा पनि केही कमीकमजोरी भएका छन् । त्रुटि सच्याउँदै जानुपर्छ । शासकीय सोचमा आमूल परिवर्तन ल्याउनुपर्छ । सुशासन कायम गर्ने सवालमा सरकार र नेतृत्वमा बसेकाले एकदमै निर्मम भएर कदम चाल्नुपर्छ । एकैपटक र एकैदिन सबै कुरा हुँदैन, परिवर्तन देखिँदैछ । विकास निर्माण भैरहेका छन् । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यमा विशेष ध्यान दिनुपर्नेछ ।

देशको अवस्था परिवर्तन भएको छ, जनताको अवस्था अझै सुधार गर्नको लागि के गर्न सकिन्छ ?

देशमा केही नभएको होइन, भइरहेको छ । विकास निर्माणका काम पनि भइरहेकै छन् । जनताका समस्यालाई सरकारले गम्भीर रुपमा लिनुपर्छ । सेवामा प्रभावकारिता देखाउनुपर्छ । गरिबी हटाउने र रोजगारी सिर्जना गर्ने बिषयलाई जोड दिनुपर्छ । निजी क्षेत्रको सहकार्यमा देशमै रोजगारी सिर्जना गर्नतर्फ सरकारले पाइला चालिसकेको छ । देश विकास लागि सबैले हातेमालो गर्नुपर्छ । हाम्रो देश प्राकृतिक स्रोत र साधनले अत्यन्तै धनी देश हो । यो देश हामी आफँैले बनाउने हो । कोही विदेशी आएर देश बनाइदिँदैनन् । देश धनी भएपछि मात्रै जनता पनि धनी हुन्छन् । देश र जनतालाई शिरमा राखेर काम गर्नपर्ने आजको आवश्यकता छ । तीनै तहका सरकारबीच उचित समन्वय गरेर विकास र समृद्धिको यात्रामा अघि बढ्नुपर्छ । नीतिगत सुधारको थालनी भएका छन् । अबको दशक लगानी दशकको घोषणा गरेर मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउनुपर्छ ।

अन्त्यमा के भन्न चाहनु हुन्छ ?

निराश नबनौँ । हामीलाई प्रकृतिले धेरै कुरा दिएको छ । हामीले सोचमा परिवर्तन ल्याउनुपर्छ । यो देशलाई समृद्ध बनाउन सकिन्छ । सबै मिलेर असल कर्म गरौँ । राम्रो काममा सबैको साथ र सहयोग हुनुपर्छ । हामीले भावी पुस्तालाई सुन्दर देश सुम्पिनुपर्नेछ । नेपालको भविष्य सुन्दर छ । प्रकृतिबाट ठगिएका देशले आज विकासमा ठूलो फड्को मारिसकेका छन् । हामीलाई त प्रकृतिले असीमित स्रोत दिएको छ, यसको उचित प्रयोगले समृद्धिको यात्रामा अघि बढिरहेका छौँ । सरकार, निजी क्षेत्र, राजनीतिज्ञ र जनता मिलेर देशको भलाइको लागि काम गर्ने हो भने समृद्ध नेपालको सपना साकार पार्न समय लाग्दैन ।


सामाग्री श्रोत :

निराश नबनौँ, देशलाई समृद्ध बनाउन सकिन्छः डा वीरेन्द्र महतो

काठमाडौँ । जापानका वैज्ञानिकहरूले समुद्री प्रदूषण र समुद्री जीवजन्तुमाथि पर्ने असर न्यूनीकरण गर्न सक्ने नयाँ प्रविधिको विकास गरेका छन् । राइकेन सेन्टर फर इमर्जेन्ट म्याटर साइन्स र टोकियो विश्वविद्यालयका अनुसन्धानकर्ताले तयार पारेको यो प्लास्टिक समुद्री पानीमा एक घण्टाभित्रै घुल्ने दाबी गरिएको छ ।

टोकियो नजिकैको वाको सहरमा रहेको प्रयोगशालामा परीक्षणका क्रममा वैज्ञानिकहरूले प्लास्टिकको सानो टुक्रा नुनपानीमा राखेर झोलाइदिँदा करिब एक घण्टामा पूरै घुलिएको देखाएका हुन्  ।

अनुसन्धान टोलीका प्रमुख ताकुजो आइडाका अनुसार यो प्लास्टिक पेट्रोलियमबाट बनेको प्लास्टिकजत्तिकै बलियो भए पनि नुनमा परेपछि घुलिन्छ र हानिकारक अवशेष छोड्दैन । पानीमा घुलेपछिका अंशहरू प्राकृतिक जीवाणुले सजिलै पचाउन सक्ने भएकाले यसले सूक्ष्म प्लास्टिक (माइक्रोप्लास्टिक) बन्ने सम्भावना हटाउँछ ।

हालसम्म यसको व्यावसायिक उत्पादन सुरु नभए पनि प्याकेजिङ लगायतका क्षेत्रमा चासो बढिरहेको अनुसन्धान टोलीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघ वातावरण कार्यक्रम (यूएनईपी) का अनुसार २०४० सम्ममा प्लास्टिक प्रदूषण तीन गुणा बढ्ने र वार्षिक २३ देखि ३७ मिलियन मेट्रिक टन प्लास्टिक फोहोर समुद्रमा जाने अनुमान गरिएको छ ।

“हामीले भविष्यका पुस्तालाई राम्रो वातावरण सुम्पनुपर्छ भन्ने सोचका साथ यो प्रविधिको विकास गरेका हौं,” आइडाले भने ।

समुद्रमा घुल्न सक्ने प्लास्टिकको कच्चा पदार्थ तयार पार्ने प्रक्रिया देखाउँदै अनुसन्धानकर्ता । तस्बिर- रोयटर्स/मानामी यामाडा

वैज्ञानिकहरूका अनुसार माटोमा पनि नुनको मात्रा हुने भएकाले झन्डै पाँच सेन्टिमिटरको प्लास्टिक टुक्रा जमिनमा राख्दा करिब २०० घण्टापछि विघटन हुन्छ । साथै, यो प्लास्टिक विषादीरहित, अघुलनशील र कार्बन डाइअक्साइड नउत्सर्जन गर्ने भएकाले वातावरणमैत्री हुने दाबी गरिएको छ ।

-रोयटर्सको सहयोगमा

 

पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ ७:१९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – स्पेन यूइएफए नेसन्स लिगको फाइनल प्रवेश गरेको छ । गएराति जर्मनीको एमएचपी एरिनमा दोस्रो सेमिफाइनलमा फ्रान्सलाई ५–४ ले पराजित गर्दै स्पेन फाइनल पुगेको हो । स्पेन अब उपाधिका लागि पोर्चुगलसँग भिड्ने छ । फाइनल आइतबार हुने छ । फ्रान्स र जर्मनीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

१७ वर्षीय फरवार्ड लामिन यमलले स्पेनका लागि २ गोल गरे । निको विलियम्सले २२औं र मिकेल मेरिनोकाले २५औं मिनेटमा गोल गर्दै स्पेनलाई २–० ले शुरूआती अग्रता दिएका थिए । ५४ औं मिनेटमा यमलले पेनाल्टीमा गोल गरे । ५५औं मिनेटमा पेड्रीले विलियम्सको पासमा गोल गरेपछि ५९औं मिनेटमा फ्रान्सका लागि किलियन एमबाप्पेले पेनाल्टीमा गोल गरेका थिए । 

तर, यमलले ६७औं मिनेटमा आफ्नो दोस्रो र स्पेनको चौथो गोल गोल गरेपछि खेल लगभग सकिएजस्तो देखिएको थियो । तर, फ्रान्सका परिवर्तित खेलाडी रायान चेर्कीले आफ्नो अन्तर्राष्ट्रिय डेब्यूमा एमबाप्पेको पास समातेर शानदार गोल गरे ।

Ncell 2
Ncell 2

स्पेनी डिफेन्डर डानी भिभियनले ८४ औं मिनेटमा आत्मघाती गोल गरेपछि खेल थप रोचक बनेको थियो । इन्ज्युरी समयको तेस्रो मिनेटमा रान्डल कोलो मुआनीले खेललाई ५–४ को रोमाञ्चक अवस्थामा पुर्‍याए । तर फ्रान्सले बराबरी गोल गर्न नसकेपछि स्पेन फाइनलमा पुगेको हो । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ


काठमाडौं। हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै  स्थानहरुमा मेघगर्जन […]
सामाग्री श्रोत :

मौसम पूर्वानुमान: यी चार प्रदेशमा मेघ गर्जनसहित बर्षाको सम्भावना

काठमाडौं। नेपाल र हङकङबीचको अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ।

हङकङको राष्ट्रिय रंगशालामा आज सम्पन्न खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन्। खेलको दोस्रो हाफको अतिरिक्त समयमा नेपाल १० खेलाडीमा सीमित भएको थियो। नेपालका मणि लामाले दुईवटा पहेँलो कार्ड पाएपछि मैदानबाट बाहिरिएका थिए।

एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपाल र हङकङले आज मैत्रीपूर्ण खेल खेलेका हुन्।


सामाग्री श्रोत :

नेपाल र हङकङबीचको खेल बराबरी


काठमाडौं। नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टचारको मुद्दा राजनीतिक प्रतिशोध भएको बताएको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा बसेको शीर्ष नेताहरूको बैठले अध्यक्ष नेपालविरुद्ध गलत, भ्रमपूर्ण र योजनाबद्ध तरिकाबाट षड्यन्त्र भएको निष्कर्ष निकालेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दर्ता गरेसँगै अध्यक्ष नेपालसहितका शीर्ष नेताहरूले कानुन व्यवसायीहरुसँग छलफल गरेका थिए। छलफलपछि […]
सामाग्री श्रोत :

नबिराउनू, नडराउनू, अरु कुरा कानुनी कुरा छन्ः माधव नेपाल

कैलाली। उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालयले घोषणा गरेका १२ सहरलाई व्यवस्थित बनाउन योजना बनाएको बताएका छन्।

नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले त्यसलाई कार्यान्वयन गर्नका लागि मन्त्रालयले जोड दिइरहेको बताउनुभयो । उहाँले यसै वर्ष सहरी विकास नीति पारित भएको समेत जानकारी दिए।

उनले भने, ‘सहरी विकास नीति मन्त्रिपरिषद्बाट पारित भइसकेपछि अब त्यसलाई संसद्मा लैजान विधेयकको तयारी अन्तिम चरणमा पुगेको छ।’

सहरी विकास ऐन आइसकेपछि सहरको व्यवस्थित रुपमा विकास गरिने उनले बताए। राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को संयुक्त सरकार बनेको उपप्रधानमन्त्री सिंहले उल्लेख गरे।

कर्मचारीले गलत गरेकै आधारमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने विषय उपयुक्त नभएको उनले बताए। ‘अध्यागमनका कर्मचारीले गल्ती गरेकै कारण अख्तियारले छानबिन गरिरहेको छ। अख्तियारको छानबिन चलिरहेकै बेला सोझै गृहमन्त्री लेखकको राजीनामा मागेर सदन अवरुद्ध गर्नु ठीक होइन’, उनले भने।


सामाग्री श्रोत :

व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले योजना बनाएको छ: उपप्रधानमन्त्री सिंह

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट