२०८२ भाद्र २८ शनिबार
LATEST NEWS
२०८२ भाद्र २८ शनिबार

एजेन्सी– भारतमा कोभिड–१९ का सक्रिय बिरामीहरू ५ हजार नाघेका छन्। 

त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जारी गरेको तथ्याङ्क अनुसार देशभरमा कोभिड–१९ का कुल ५ हजार ३६४ सक्रिय बिरामी पुष्टि भएका छन्। 

Ncell 2
Ncell 2

यी मध्ये धेरैजसो बिरामीहरू केरलामा छन्। केरला पछि, गुजरात, पश्चिम बङ्गाल र दिल्लीमा धेरै सङ्क्रमित भेटिएका छन्। 

केरलामा कोभिडका १ हजार ६७९ सक्रिय बिरामीहरू रहेको बताइएको छ। यो सङ्ख्या गुजरातमा ६१५, पश्चिम बङ्गालमा ५९६ र दिल्लीमा ५९२ छन्। मन्त्रालयका अनुसार यस वर्ष हालसम्म देशमा कोरोनाका कारण ५५ बिरामीको मृत्यु भएको छ।


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं। संघीय संसद् प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रतिपक्षी दलको आजको बैठकले भरपर्दो छानबिनका विषयमा सहमति भए प्रतिनिधिसभाको बैठकको अवरोध खुल्ने निर्णय गरेको बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठक पनि चल्न नसकेपछि संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस विषयमा सत्तापक्ष सकारात्मक हो वा होइन भनी बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गर्ने निर्णय पनि प्रतिपक्षी दलको बैठकले गरेको जानकारी दिए।

संसदीय छानबिन समिति या पूर्वन्यायाधीशको संयोजकत्वमा न्यायिक छानबिन समिति बनाउने भन्नेमा सत्तापक्षसँग सहमति जुट्न बाँकी रहेको नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका नेता दाहालले बताए। पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई मुद्दा चलाउन लागिएकामा अचम्मित लागेको उनको भनाइ छ ।

‘अदालतले माधव नेपाललाई न्याय नै गर्छ भन्ने ठान्छु, ललिता निवास र पतञ्जली प्रकरणका नीतिगत निर्णयमा अख्तियारले फरक निर्णय गरेको छ, नीतिगत निर्णयकै बारेमा अख्तियारले फरकफरक निर्णय गर्दा अचम्म लागेको छ’, उनले भने।


सामाग्री श्रोत :

भरपर्दो छानबिनमा सहमति भए प्रतिनिधिसभाको अवरोध खुल्छः अध्यक्ष दाहाल

काठमाडौँ । अर्बपति उद्यमी एलन मस्क र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको वाकयुद्धले स्पेसएक्सको करिब २२ अर्ब डलरको सरकारी सम्झौता जोखिममा परेको छ । मस्कले ट्रम्पको कर कटौती र खर्चसम्बन्धी विधेयकको आलोचना गरेपछि सुरु भएको विवादले अमेरिकी अन्तरिक्ष कार्यक्रममा ठूलो परिवर्तन ल्याउन सक्ने देखिएको हो ।

गत हप्ता मस्कले ट्रम्पको कर-कटौती र खर्चसम्बन्धी विधेयकको आलोचना गरेपछि सुरु भएको यो विवादले बिहीबार उग्र रूप लिएको थियो । राष्ट्रपति ट्रम्पले ओभल अफिसबाटै मस्कको आलोचना गरे । त्यसपछि मस्कले सामाजिक सञ्जाल एक्समा श्रृङ्खलाबद्ध रूपमा पोस्टमार्फत ट्रम्पमाथि व्यङ्ग्यात्मक टिप्पणी गरे । त्यही पोस्टको जवाफमा ट्रम्पले मस्कका कम्पनीसँगको सरकारी सम्झौता रद्द गर्ने चेतावनी दिएका थिए ।

ट्रम्पको चेतावनीलाई गम्भीर रूपमा लिँदै मस्कले सुरुमा नासाले प्रयोग गर्दै आएको स्पेसएक्सको ‘ड्र्यागन’ अन्तरिक्षयानलाई ‘सेवाबाट हटाउने’ घोषणासमेत गरेका थिए । तर, त्यसको केही घण्टापछि नै उनी आफ्नो भनाइबाट पछि हटे । एक्समा एक प्रयोगकर्ताले दुवैलाई ‘शान्त हुन र केही दिन पछि हट्न’ आग्रह गरेपछि मस्कले जवाफ दिंदै भने, “राम्रो सल्लाह । ठीक छ, हामी ड्र्यागनलाई सेवाबाट हटाउँदैनौं ।”

नासाको एक प्रमुख व्यावसायिक साझेदारबाट यस्तो धम्की आउनुलाई अभूतपूर्व घटनाका रूपमा हेरिएको छ । करिब पाँच अर्ब डलरको सम्झौताअन्तर्गत ड्र्यागन क्याप्सुल अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा अन्तरिक्षयात्रीलाई लैजान र ल्याउन सक्ने एकमात्र अमेरिकी यान हो । यसले मस्कको कम्पनीलाई अमेरिकी अन्तरिक्ष कार्यक्रमको एक महत्त्वपूर्ण हिस्सा बनाएको छ ।

यो विवादले राजनीतिक प्रतिशोधका लागि राष्ट्रपति ट्रम्प कतिसम्म जान सक्छन् भन्ने प्रश्न उठाएको छ । यदि उनले नासा र पेन्टागनसँग भएका अर्बौं डलरका सम्झौता रद्द गरे भने यसले अमेरिकी अन्तरिक्ष अभियानको प्रगतिलाई सुस्त बनाउन सक्ने बताइएको छ ।

नासाकी प्रेस सेक्रेटरी बेथानी स्टिभन्सले रोयटर्सलाई भनिन्, “हामी अन्तरिक्षमा राष्ट्रपतिका उद्देश्य पूरा गर्न हाम्रा औद्योगिक साझेदारसँग काम गरिरहनेछौं ।”

यो विवादले ‘विश्वकै शक्तिशाली’ राष्ट्रपति र विश्वकै धनाढ्य उद्योगपतिबिचको निकट सम्बन्धलाई तोडेको छ । यसअघि ट्रम्प र मस्कको निकट सम्बन्धबाट स्पेसएक्सले फाइदा उठाउँदै आएको थियो । विवादपछि मस्कको सम्पत्ति निरन्तर ओरालो लागिरहेको छ ।

ट्रम्पसँगको विवादले स्पेसएक्सलाई केही हदसम्म असर गरे पनि यो विनाशकारी नहुने रोयटर्सले विश्लेषकको भनाइ राख्दै लेखेको छ । खासगरी कम्पनीले रकेट प्रक्षेपण र स्याटलाइट सञ्चार उद्योगमा बलियो बजार हिस्सा बनाइसकेजको अवस्थामा यस्तो विश्लेषण गरिएको हो । स्पेसएक्सका लगानीकर्ता फोर्टुना इन्भेस्टमेन्टका सीईओ जस्टस परमारले रोयटर्सलाई भने, “यो विनाशकारी त हुने छैन । तर यसले पक्कै पनि आम्दानी र सम्झौताका अन्य अवसर गुमाउनेछ ।”

नासाकी पूर्व उपप्रशासक लोरी गार्भरले स्पेसएक्सको सम्झौता रद्द गर्नु कानुनी रूपमा सम्भव नहुने बताइन् । “एक अनियन्त्रित सीईओले अन्तरिक्षयान बन्द गर्ने धम्की दिनु र अन्तरिक्षयात्रीको जीवन जोखिममा पार्नु अस्वीकार्य छ,” उनले भनिन् ।

पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ १६:१३





सामाग्री श्रोत :
टेक पाना

ओली नेतृत्वको सरकार सफल बनाउन सम्पूर्ण ठाउँबाट प्रयास गरिरहेका छौ : गगन थापा
सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार अभियोगमा अदालतमा मुद्दा दर्ता भइसकेपछि अब उनको पद निलम्बनमा परिसकेको छ । प्रचलित कानुनअनुसार उनी सांसद पदबाट निलम्बित भइसकेका छन् र अब उनले पार्टी अध्यक्षको रुपमा समेत काम गर्न पाउँदैनन् ।

पार्टीको अध्यक्षकै पद निलम्बनमा परेपछि अब एकीकृत समाजवादी पार्टी कसरी अगाडि बढ्छ भन्ने विषयमा चासो बढेको छ । पार्टी अध्यक्ष नेपाल पार्टीको प्रतिनिधि सभा संसदीय दलको नेतासमेत भएको अवस्थामा अब पार्टीको बाहिरी नेतृत्व मात्रै नभइ प्रतिनिधि सभामा दलका सांसदहरुको नेतृत्व कसले गर्छ भन्ने प्रश्न पनि उठेको छ ।

प्रचलित कानुनले एकीकृत समाजवादी पार्टीलाई अध्यक्षको हकमा दुई विकल्प दिन्छ । एउटा विकल्प हो कार्यवाहक अध्यक्षले पार्टीको नेतृत्व गर्ने । पार्टी अध्यक्षको पद निलम्बनमा रहेको अवस्थामा पार्टीको केन्द्रीय कमिटी, स्थायी कमिटी र पदाधिकारी जस्ता नेतृत्व तहका कमिटीले निर्णय गरेर अर्को कसैलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिन सक्छन् । यो अवस्थामा अध्यक्ष माधव नेपाल नै रहन्छन् तर उनले काम गर्न पाउँदैनन् । पार्टीले तोकेको कार्यवाहक अध्यक्षले पार्टी अध्यक्षको रुपमा काम गर्छन् ।

दोस्रो विकल्प भनेको नेपालले अध्यक्ष पदबाटै राजीनामा दिने हो । यस्तो अवस्थामा नेपाल अध्यक्ष रहने छैनन् । उनको ठाउँमा दोस्रो बरियताको नेता वा पार्टीले तोकेको व्यक्तिले अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन् । नेपालले राजीनामा दिएको अवस्थामा पार्टीले प्रचलित कानुन र पार्टीको विधानअनुसार अर्को कुनै कार्यवाहक अध्यक्ष बनाउन सक्छ वा आकस्मिक विकल्प प्रयोग गरी पूर्ण अधिकारसहितको अध्यक्ष नै निर्वाचित गर्न सक्छ ।

पार्टीमा नेपालपछि दोस्रो बरियतामा रहेका सम्मानित नेता झलनाथ खनालका अनुसार पार्टीले अहिलेसम्म कसलाई नेतृत्व दिने भन्ने निर्णय गरिसकेको छैन । ‘हामीले पार्टीका विभिन्न कमिटीमा छलफल गरेर निर्णय गर्छौं’ उनले डिसीनेपालसँग भने ‘पार्टीका कमिटीहरुले जे निर्णय गर्छन् त्यही अनुसार पार्टीको भावी नेतृत्व तय हुन्छ ।’

खनालले पार्टी अध्यक्ष नेपालले राजीनामा दिने वा नदिने भन्ने विषयमा पनि कुनै जानकारी नभएको बताए । पद निलम्बनमा पर्ने तर राजीनामा दिन अनिवार्य नहुने भएकोले त्यो अध्यक्षको व्यक्तिगत कुरा भएको उनले बताए । ‘राजीनामा दिने वा नदिने भन्ने पार्टी अध्यक्षको व्यक्तिगत कुरा हो’ उनले भने ‘उहाँले जे ठिक ठान्नुहुन्छ त्यही गर्नुहुन्छ ।’

आफू पार्टीमा दोस्रो बरियतामा रहेको भए पनि नेतृत्वमा आफ्नो दावेदारी नभएको उनले बताए । ‘पार्टीका कमिटीले के निर्णय गर्छन् भन्ने मुख्य कुरा हो’ उनले भने ‘पार्टीले जे निर्णय गर्छ त्यही हुन्छ ।’ पार्टीको संसदीय दलको नेतृत्वको हकमा पनि पार्टीका सांसदहरुले प्रचलित कानुन र पार्टीको विधान बमोजिम निर्णय गर्ने उनले बताए ।


सामाग्री श्रोत :

माधव नेपालको पार्टीमा अब कसले गर्छ राज ?

काठमाडौँ । राइड-हेलिङ सेवा प्रदायक इनड्राइभले नेपालमा आफ्नो आधिकारिक कार्यालय उद्घाटन गरेको छ । कम्पनीले स्थानीय बजारमा सेवा विस्तारका साथै चालक साझेदारहरूलाई प्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने उद्देश्यसहित ललितपुरस्थित कुपन्डोलमा कार्यालय सञ्चालनमा ल्याएको हो ।

नयाँ कार्यालय चालक समुदायलाई सशक्त बनाउने र सेवा गुणस्तर सुधार गर्ने केन्द्रको रूपमा कार्यालय सञ्चालन हुने इनड्राइभले जनाएको छ । कार्यालयमार्फत व्यक्तिगत रूपमा चालक सपोर्ट र तालिम, सुरक्षा-केन्द्रित कार्यक्रम, स्थानीय बजारअनुकूल सेवा सञ्चालन र समुदायसँगको सम्बन्ध विस्तारका पहल गरिने बताइएको छ ।

“हामी हाम्रा चालक साझेदारहरू र काठमाडौँ उपत्यकामा यहाँका समुदायका लागि हाम्रा ढोका खोल्न पाउँदा उत्साहित छौं,” इनड्राइभमा एपीएसीका क्षेत्रीय निर्देशक मार्क टोलीले भने, “यो कार्यालय केवल कार्यस्थान मात्र नभई चालकहरूलाई सफल बनाउन र इनड्राइभसँग जोडिन सघाउने सपोर्ट सेन्टर पनि हो ।”

नयाँ कार्यालयमा चालकहरूलाई व्यावसायिक दक्षता बढाउन र उच्चस्तरीय सेवा प्रदान गर्न नियमित प्रशिक्षण सत्र सञ्चालन गरिनेछ ‍। समस्या परेका अवस्थामा चालकहरूले कार्यालयमै आएर सहयोग लिन सक्ने व्यवस्था गरिएको छ ।

इनड्राइभ नेपालकी निर्देशक रीता पोखरेलले नेपाललाई कम्पनीका लागि प्रमुख बजारका रूपमा उल्लेख गर्दै भनिन्, “स्थानीय चालकहरूसँग बलियो साझेदारी निर्माण गर्नु हाम्रो प्राथमिकता हो । ललितपुरमा कार्यालय सुरु गर्नु हाम्रो गहिरो प्रतिबद्धताको संकेत हो ।”

कार्यालय उद्घाटनको अवसरमा बोल्दै पूर्वभौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं प्रतिनिधि सभा सदस्य प्रकाश ज्वालाले यातायात क्षेत्रमा कुनै पनि प्रकारको सिन्डिकेट हुनु नहुने धारणा व्यक्त गरे ।

“अहिलेको युग प्रतिस्पर्धाको हो । नयाँ प्रविधि प्रयोग गर्दै राइड शेयरिङ सेवाहरू सहज रूपमा प्रयोग गर्न पाउनु सबैको हक हो । सिन्डिकेट हुनुहुँदैन । सार्वजनिक यातायात र राइड शेयरिङ दुवैलाई व्यवस्थित गर्न संघीय सरकारले छिटोभन्दा छिटो आवश्यक कानुन ल्याउनुपर्छ । राइड शेयरिङलाई रोक्ने होइन, यसले सहयोग गरिरहेको छ- त्यसैले यसलाई प्रोत्साहन गर्नुपर्छ,” ज्वालाले भने ।

 

पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ १५:१३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– प्रतिनिधिसभाको बैठक आइतबार दिउँसोसम्मलाई स्थगित गरिएको छ। 

आज १ बजेलाई तय गरिएको बैठक भिजिट भिसा प्रकरणमा सत्तापक्ष र प्रतिपक्षबिच कुरा नमिलेपछि आइतबार दिउँसो १ बजेसम्मलाई स्थगित गरिएको हो।

Ncell 2
Ncell 2

आज दिउँसो बजेका लागि बोलाइएको बैठक दिउँसो ३ बजे सूचना टाँसेर आइतबारसम्मका लागि सारिएको सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिएका छन्। 

यसअघि भिजिट भिसा प्रकरणमा प्रतिनिधिसभा बैठक जेठ १३ गते र २२ गते सुरु भएर कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो। जेठ १४, २०, २१ र २३ सूचना टाँसेर सारिएको हो।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडाैं। नेपाल सम्पदा संघको आयोजनामा जेठ ९ गतेदेखि सञ्चालित फोटो प्रदर्शनीको काठमाडौंस्थित बबरमहलमा जारी छ।

काठमाडौं उपत्यकाको मौलिक एवं परम्परागत सामाजिक परिवेश र विविध कालखण्डका नेपाली परिघटनालाई आधार बनाएर चित्रकार हरिप्रसाद शर्माले कोरेका चित्रहरु उक्त प्रदर्शनीमा राखिएको हो।


सामाग्री श्रोत :

हरिप्रसादले कोरेका चित्रहरु आर्ट काउन्सिलमा (तस्बिहरु)

काठमाडौँ । बलिउड अभिनेता आमिर खानले आफ्ना आगामी फिल्म कुनै पनि ओटीटी प्लेटफर्ममा नआउने बताएका छन् । केही दिनअघि प्रसारित एक पडकास्टमा उनले आफ्नो ‘सितारे जमीन पर’ चलचित्र केवल सिनेमाघरहरूमा मात्र लाग्ने, तर अन्यत्र कतै पनि नआउने स्पष्ट पारेका हुन् ।

“अब युट्युबको कुरा उठ्छ, त्यो त अफवाह मात्रै हो । म आफैँले मिडिया र विभिन्न थ्योरीहरूमा पढेको छु कि फिल्म कतै अरू प्लेटफर्ममा रिलिज हुने भनेर, तर त्यो सबै गलत हो,” खानले भनेका छन् ।

आफूलाई फिल्म रिलिज गर्ने विषयमा विभिन्न प्लेटफर्मबाट प्रस्ताव आएको उनले सुनाए । तर पे-पर-भ्यू, ओटीटी आदिबाट आएका सबै प्रस्तावहरूलाई आफूले साइडमा राखेको खानको भनाइ थियो । “किनकि अहिले म सिर्फ थिएटर रिलिजमा ध्यान दिइरहेको छु,” उनले भने ।

के साँच्चिकै ओटीटी प्लेटफर्मप्रति नकारात्मक छन् आमिर खान ?

फिल्म उद्योगले पछिल्ला १५-२० वर्षमा लिएका निर्णयहरू गलत भएको र त्यसले यस उद्योगको बिजिनेसलाई क्रमशः कमजोर बनाइरहेको खानको बुझाई छ । उनले भनेका छन्, “हामी आफैँ दोषी छौँ । हामीले सोचविचार गरेर यस्ता अभ्यासहरू अपनायौँ, जसले गर्दा बिजनेस घट्दै गयो । अहिले त फिल्म रिलिज भएको ४-६ हप्तामै ओटीटीमा आइदिन्छ, जसले थिएटर (फिल्म हल) को महत्त्व नै घटाएको छ ।”

“यो यस्तो कुरा हो कि म तपाईँलाई भन्छु, ‘यो मग १० रुपैयाँमा लिनुहोस्’ । तर तपाईँलाई थाहा छ कि ८ हप्तापछि त्यही मग तपाईँको घरमा निःशुल्क आइपुग्नेछ भने तपाईँ किन पैसा तिर्नुहुन्छ ?,” खानले ओटीटी प्लेटफर्मले फिल्म उद्योगमा पारेको प्रभावबारे स्पष्ट पार्दै भनेका छन् ।

भन्छन्ः म ओटीटी विरुद्ध छैन

यद्यपि आफू ओटीटी प्लेटफर्मको विरुद्ध नरहेको खानले बताए । “यस्ता प्लेटफर्मले राम्रो काम गरिरहेका छन् । म आफैँ पनि दर्शकको रूपमा ओटीटीबाट खुसी छु,” उनले भनेका छन्, “तर म फिल्म बनाउँदा थिएटरका लागि बनाउँछु । थिएटरमा आएको फिल्म केही हप्तामै ओटीटीमा आउँछ भन्ने सोच मलाई ठीक लाग्दैन ।”

त्यसैले, ‘सितारे जमीन पर’ यही २० जुनमा केवल सिनेमाघरहरूमा रिलिज हुनेछ । कतिपयले अबको १०/१५ वर्षमा थिएटरको भविष्य सकिने पूर्वानुमान समेत गरिरहेका छन् । तर आफूले भने सिनेमा र थिएटरमा विश्वास राख्ने खानले बताए । “हुन सक्छ म बेवकुफ छु, तर मेरो विश्वास त्यहीँ छ । त्यसैले मैले अरू प्लेटफर्महरूलाई सम्मानपूर्वक हुन्न भनिसकेको छु ।”

खानका अनुसार ‘सितारे जमीन पर’ रुवाउने नभई हँसाउने फिल्म हो । तर त्यो हाँसो सँगसँगै एउटा महत्त्वपूर्ण सन्देश पनि दिइने उनले बताए । “यो फिल्मले तपाईँलाई खुसी महसुस गराउनेछ- तपाईँको मन प्रफुल्ल पार्नेछ,” उनले भने ।

ओटीटीकै कारण ‘लापता लेडिज’ फिल्मले राम्रो व्यवसाय गर्न नसकेको खानको बुझाई छ । “त्यो फिल्ममा न त सलमान, न शाहरुख, न आइटम गीत, न एक्सन- केही थिएन । तसर्थ, दर्शकहरू त्यो फिल्म हेर्न थिएटरमा ‘वर्ड-अफ-माउथ’ कै कारण मात्र जाने थिए,” खानले अगाडि भने ।

“तर हामीलाई पहिले नै थाहा थियो कि केही हप्तापछि त्यो फिल्म नेटफ्लिक्समा आउने वाला छ । त्यसैले दर्शकहरूले सोचे- ‘केही दिनमा घरमै हेर्न पाइनेछ ।’ परिणामस्वरूप लापता लेडिजले थिएटरमा १८–२० करोड मात्रै कमायो । यदि ओटीटीमा नआएको भए १०० करोडभन्दा बढी कमाउन सक्थ्यो ।”

के यो आमिर खानको अन्तिम फिल्म हो ?

पडकास्टका क्रममा ६० वर्षका खानले एक अर्को फिल्म बनाउने आफ्नो धोको रहेको सुनाए । “मेरो एक सपना छ – म महाभारत बनाउन चाहन्छु । ‘सितारे जमीन पर’ को रिलिजपछि म त्यसमै लाग्नेछु । मलाई लाग्छ, त्यो प्रोजेक्ट सकेपछि अब केही बाँकी छैन भन्ने महसुस हुन सक्छ । महाभारत यति ग्रान्ड प्रोजेक्ट हो, जसमा स्केल, इमोसन, लेयर, क्यारेक्टर, सबै कुरा छ,” उनले भनेका छन् ।

“हो, म चाहन्छु म मेरो जीवनको अन्तिम दिनसम्म पनि काम गरिरहुँ – ‘आई डाई विद माई शुज अन’ । तर यदि केही अन्तिम काम गर्नु पर्‍यो भने, त्यो महाभारत हुनेछ ।”

पछिल्लो अध्यावधिक: जेठ २३, २०८२ १३:५६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– राष्ट्रिय सभाको बैठक बसिरहेको छ। बैठकमा बजेट सम्बन्धमा छलफल भइरहेको छ।

दुवै सदनमा भिजिट भिसा प्रकरणमा पनि व्यापक विरोध भइरहेको छ।माओवादी सांसद विष्णुबहादुर विकले आकस्मिक समयमा बोल्दै गृहमन्त्रीको राजीनामाको माग गरेका छन्। 

Ncell 2
Ncell 2

यता प्रतिनिधि सभा बैठक भने बस्न सकेको छैन। भिजिट भिसा प्रकरणलाई नै विषय उठाएर गृहमन्त्रीको राजीनामा माग गर्दै विपक्षी दलले बैठक अवरुद्ध गर्दै आएका छन्। 

बिहीबार साँझ करिब १२ मिनेट बैठक बसे पनि विपक्षीको विरोधपछि सभामुखले बैठक स्थगित गरेका थिए। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट