
काठमाडौं। नेकपा(एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले माधवकुमार नेपालविरुद्ध राजनीतिक प्रतिशोध साँध्नको लागि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भ्रष्टाचारको मुद्दा चलाईएको बताएका छन्।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले पार्टीले नै प्रधानमन्त्री ओलीको निर्देशनमा नेपालविरुद्ध भ्रष्टाचारको मुद्दा चलाईएको भन्ने निश्कर्ष निकालेको बताएका हुन्।
उनले भने, ‘नितान्त राजनीतिक प्रतिशोध साँध्नको लागि ल्याईएको हो भन्ने हाम्रो निश्कर्ष छ। तथ्य र प्रमाणले त्यही कुरा बताउँछ। प्रधानमन्त्रीज्यूको निर्देशनमा हो, प्रष्ट छ।’
उनले प्रधानमन्त्री ओलीले षड्यन्त्रको राजनीति गर्ने गरेको भन्दै नेपालविरुद्ध प्रधानमन्त्री ओलीकै चर्को दबाबको कारण अख्तियारले मुद्दा दायर गरेको बताए।
उनले भने,‘केपी ओली जहिल्यैपनि षड्यन्त्रको राजनीति गर्नुहुन्छ। तर, षड्यन्त्र धेरै टिक्दैन्। देश–दुनियाँले भन्छ माधव नेपालको चरित्र, स्वभाव केलाउउने हो भने आफूलाई अनुचित लाभ लिएर यो निर्णय गरेको होला र भनेर प्रश्न गरेको छ?’
मन्त्रिपरिषदको नीतिगत निर्णयको बारेमा संविधानमा नै स्पष्ट बोलिएको भन्दै नीतिगत निर्णयमा अख्तियारको क्षेत्राधिकारभित्र नपर्ने उनको दाबी छ।
सामाग्री श्रोत :
नेपालगञ्ज (बाँके)। राप्ती नदीमा डुबेर आज एक युवकको मृत्यु भएको छ। बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीको नहरमा डुबेर कमल दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,का प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।
उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–७ बस्ने १९ वर्षीय दर्जी राप्ती नदीको दक्षिणतर्फको नहरमा डुबेका थिए। प्रहरी, नेपाली सेना, स्थानीयवासीलगायतको सक्रियतामा खोजी हुँदा करिब दुई घण्टापछि दर्जीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सामाग्री श्रोत :
तानसेन (पाल्पा)। राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत पुगेको छभने वित्तीय प्रगति ४८ प्रतिशत रहेको छ। सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि कामले गति लिएको हो।
अहिले ‘इन्भर्ट र लाइनिङ’ को काम धमाधम अघि बढिरहेको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले बताइन्। उनका अनुसार मुख्य टनेलको कुल एक हजार ८९ मिटरमध्ये इन्भर्टको ९९० मिटर काम सकिएको छभने लाइनिङको एक हजार १२६ मध्ये ६६० मिटर काम सकिएको हो।
इन्जिनियर ज्ञवालीले बाइपास–१ मा ‘इन्भर्ट र लाइनिङ’ को काम भइरहेको जनाउँदै बाइपास–३ मा ‘इन्भर्ट’ को काम सुरु भएको बताइन्। बाइपास–१ मा १५१ मिटर रहेकामा १४५ मिटर र लाइनिङको ११८ मिटर काम भइसकेको उनले उल्लेख गरिन्।
‘बाइपास–२ मा १६१ मिटर छ। यहाँ अहिलेसम्म इन्भर्ट र लाइनिङको काम सुरु भएको छैन्। बाइपास–३ मा १३० मिटर छ। जसमा इन्भर्टको ३६ मिटर काम भइसकेको छ। लाइनिङको काम भने सुरु भएको छैन्’, ज्ञवालीले भनिन्।
यहाँ यथाशीघ्र भित्तामा कङ्क्रेटिङ गर्ने, सडक निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ, विद्युत् जडान, अक्सिजन वारपार, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायत काम गरिने उनले जानकारी दिइन्। त्यसपछि सुरुङमार्गको उत्तर र दक्षिणपट्टि हेलिप्याड निर्माण गरिने उनको भनाइ छ।
सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन खण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार १२६ मिटर सुरुङमार्ग विसं २०७९ देखि निर्माण सुरु भएको हो। यो आयोजनअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भइसकेको छ। विसं २०८३ मा सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रु सात अर्ब ३४ करोड २१ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको थियो।
सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म पहिरोको जोखिमयुक्त क्षेत्र मानिन्छ। सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको इन्जिनियर ज्ञवालीले बताइन्।
यसअघि पहिरोका कारण क्षति ब्यहोर्नाका साथै त्रासदीमा यात्रा गर्नुपर्ने बाध्यतामा रहेका यात्री सुरुङमार्गको ‘ब्रेक थ्रू’ भएपछि खुसी भएका छन्। यो खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ तथा म्याग्दीसम्म सवारीसाधान आवतजावत गर्दछन्।
यहाँ हरेक वर्ष जाने पहिरोले जनधनको क्षति हुने गरेपछि सुरुङमार्ग निर्माण थालिएको हो। छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमित रूपमा सवारी आवागमन हुने सम्बद्ध आयोजनाले जनाएको छ।
बजेट सुनिश्चित भएपछि काम तीव्र गतिमा भइरहेको इन्जिनियर ज्ञवालीले उल्लेख गरिन्। सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेटमा यस खण्डका लागि रकम विनियोजना गरेपछि समयमा काम सम्पन्न हुने उनले विश्वास व्यक्त गरिन्।
सरकारले पाल्पा–सिद्धबाबा खण्डमा निर्माणाधीन सुरुङमार्ग र नागढुङ्गा सुरुङमार्गका लागि रु दुई अर्ब ६० करोड बजेट विनियोजन गरेको छ। बजेट विनियोजन भएपछि काम समयमा सम्पन्न हुनेमा आफूहरू विश्वस्त रहेको स्थानीय गोविन्द पोखरेलले बताए।
उनले भने, ‘आर्थिक मन्दीका कारण बजेट कटौती गरेर सुरुङमार्गको काम समयमा नसकिने हो भन्ने लागेको थियो। सरकारले बजेटमा प्राथमिकता दिएर रकम विनियोजन गरेपछि हामी ढुक्क छौँ।’
स्थानीय गम्भीर रायमाझीले कतिपय निर्माणाधीन आयोजनाहरू बजेट अभावमा अलपत्र परेका उदाहरण रहेका भन्दै सरकारले यस खण्डलाई प्राथमिकतामा राख्नु हाम्रा लागि खुसीको विषय भएको बताए। बजेट विनियोजनले सुरुङमार्गको काम निर्धारित समयमा सकिने भन्दै सुरुङमार्ग सम्पन्न भएपश्चात् आवागमन सहज हुने धारणा राखे।
सामाग्री श्रोत :
एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषित करलाई सहज बनाउने उद्देश्यले भएको वार्तामा ‘प्रगति’ भइरहेको जापानले शनिबार बताएको छ। दुई पक्षबीच ‘सहमतिको बिन्दु’ फेला भने नपरेको जापानी अधिकारीले बताएका छन्।
अमेरिकाको एक प्रमुख सहयोगी र सबैभन्दा ठूलो लगानीकर्ता जापानमाथि पनि अधिकांश देशहरूमा लगाइएको कर समान १० प्रतिशतको आधारभूत शुल्क लगाउने ट्रम्प प्रशासनले घोषणा गरेको छ। यसबाहेक कार, इस्पात र आल्मुनियममा कडा कर दरको घोषणा गरिएको छ।
ट्रम्पले अप्रिलको सुरुमा जापानमाथि थप २४ प्रतिशत ‘पारस्परिक’ कर लगाउने घोषणा गरेका थिए तर पछि जुलाईको सुरुसम्मका लागि अन्य देशहरूलाई जस्तै पनि वार्ताका लागि समय दिएका छन्।
जापानले ट्रम्पले घोषणा गरेका सबै कर हटाउन चाहेको छ।
अमेरिकाका लागि टोकियोका व्यापार प्रतिनिधि रयोसी अकाजावाले वासिङ्टनमा जापानी पत्रकारहरुसँग भने, “पाँचौं चरणको वार्ताका क्रममा हामीले सम्झौताको दिशामा थप प्रगति गरेका छौँ।”
उनले भनेका छन्, वार्तामा प्रगति भएको छ तर अहिलेसम्म सहमतिको बिन्दु पत्ता लगाउन सकिएको छैन।”
अकाजावाका अनुसार टोकियोले जतिसक्दो चाँडो सम्झौता गर्ने आशा गरेको छ, तर जुन १५ मा सुरु हुने जी–७ राष्ट्रहरूको शिखर सम्मेलनमा वार्ता जारी रहन सक्छ।
जापानका प्रधानमन्त्री शिगेरु इशिबा र ट्रम्पले क्यानडामा हुने जी–७ शिखर सम्मेलनको समयमा द्विपक्षीय वार्ता गर्ने योजना बनाएको बताइएको छ।
वासिङ्टनको कारमा २५ प्रतिशत कर लगाउने निर्णय टोकियोका लागि पीडादायी छ। सबै जापानी रोजगारीको लगभग आठ प्रतिशत यस क्षेत्रसँग सम्बन्धित छ।
विश्वको चौथो ठूलो अर्थतन्त्र जापानको अर्थतन्त्र सन् २०२५ को पहिलो त्रैमासिकमा ०.२ प्रतिशतले खुम्चिएको छ, जसले जुलाईमा हुने माथिल्लो सदनको चुनावअघि लोकप्रियता घटिरहेको देखिएका इशिबामाथि दबाब थपेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
मुस्ताङ। मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सेकुङ ताल र भुतर्छो तालमा १० हजार माछाका भुरा छाडिएका छन्। मुस्ताङका पूर्वसंघीय सांसद प्रेमप्रसाद तुलाचनको सहयोगमा थासाङस्थित नाकुम संरक्षण व्यवस्थापन समिति (सिएमसी)ले आज यहाँका दुर्व तालमा कमनकार्प जातका माछाका भुरा छाडिएका हुन्।
पूर्वसांसद तुलाचनको उपस्थितिमा थासाङ गाउँपालिका–२ का वडाध्यक्ष गौतम शेरचन र नाकुम संरक्षण व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूले माछाका भुरा छाडेका सिएमसीका सदस्य मनप्रसाद गौचनले जानकारी दिए।
समुन्द्री सतहदेखि करिब तीन हजार उचाइमा अवस्थित सेकुङ र भुतर्छो तालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माछाका भुरा छाडिएको वडा सिएमसी सदस्य गोविन्द शेरचनले जानकारी दिए।
राष्ट्रिय गौरवको बेनी—जोमसोम मुख्य राजमार्ग सडकबाट पश्चिमतर्फ उकालोबाट सवारीसाधनमार्फत १५ मिनेटमा पुग्न सकिने यी ताल धार्मिक तथा सांस्कृतिक महत्व भएर पनि ओझेलमा छन्।
सामाग्री श्रोत :
एजेन्सी– साउदी अरबका पवित्र शहरहरूमा बढ्दो तापक्रमका बीच हज यात्राका क्रममा कम्तीमा १३ जना इरानी नागरिकको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमले शनिबार जानकारी दिएका छन्।
इरानी रेड क्रिसेन्ट सोसाइटीको स्वास्थ्य तथा उपचार सञ्चालन एकाइले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सन् २०२५ को हज यात्राका क्रममा शुक्रबार (जुन ६) सम्म मृत्यु भएका इरानी हज यात्रीको कुल सङ्ख्या १३ पुगेको छ।”
“हालैका दिनहरूमा साउदी अरबका पवित्र शहरहरूमा तापक्रम ४७ डिग्री सेल्सियस र सोभन्दा माथि पुगेको छ, जसले गर्दा हज यात्रीहरूले व्यापक गर्मीको सामना गर्नुपरेको छ,” इरानले भनेको छ।
इरानका अनुसार यो बर्ष ८६ हजार ७०० इरानीहरू तीर्थयात्राका लागि साउदी अरब गएका छन्।
गत वर्ष साउदी अरबको हज यात्रामा ५१.८ डिग्री सेल्सियस (१२५ डिग्री फरेनहाइट) तापक्रम मापन गरिएको थियो भने यात्राका क्रममा २२ इरानीसहित एक हजार ३०० भन्दा बढीको मृत्यु भएको थियो।
अत्यधिक गर्मीका कारण शरीरको प्राकृतिक चिसोपना र प्रणालीहरू अस्तव्यस्त हुँदा समस्या उत्पन्न हुन्छ, जसले गर्दा चक्कर आउने र टाउको दुख्ने देखि अङ्गहरूले काम गर्न छोड्ने र मृत्यु हुनेजस्ता लक्षणहरू देखा पर्छन्।
शनिबार जारी विज्ञप्तिमा तीर्थयात्रीहरूलाई प्रत्यक्ष सूर्यको प्रकाशबाट जोगिन, शरिरमा पानीको मात्रा कम हुन नदिन र गर्मीको जोखिम कम गर्न अन्य सावधानीहरू अपनाउन पनि सल्लाह दिइएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जलवायु परिवर्तनका कारण हरेक वर्ष कम्तीमा पनि पाँच लाख मानिसको मृत्यु हुने गरेको आँकलन गर्दै वास्तविक सङ्ख्या ३० गुणासम्म हुन सक्ने चेतावनी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो पार्टी देश र जनताप्रति सधैँ उत्तरदायी रहेको बताएका छन्।
एमाले ओखलढुंगाको लिखु-काठमाडौं सम्पर्क मञ्चको तेस्रो अधिवेशनलाई आज यहाँ उद्घाटन गर्दै उनले लोकतन्त्र र गणतन्त्रको पक्षमा रहेको शक्तिलाई कमजोर बनाउने नियतले पछिल्लो समय एमालेमाथि आक्रमण भइरहेको बताए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘राष्ट्रियताको पक्षमा दृढतापूर्वक बोल्ने पार्टी कोही छभने त्यो एमाले हो। त्यसैले पार्टीमाथि आक्रमणको प्रयास भइरहेको छ। पार्टी आर्थिक विकास र समृद्धिका ‘एजेन्डा’ बोकेर अघि बढिरहेको छ, तर नेपाल आत्मनिर्भर भएर अघि बढेको देख्न नसक्ने शक्तिहरू विरुद्धमा लागिरहेको छन्।’
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी हशर्मा ओलीको अभिव्यक्तिका कारण एमालेविरुद्ध प्रहार नभएको उनको भनाइ थियो। एमाले केन्द्रीय सदस्य यज्ञराज सुनुवारले पार्टीले आगामी निर्वाचनमा एकल बहुमत ल्याउने गरी तयारी थाल्नुपर्ने बताए।
सोही अवसरमा मञ्चद्वारा प्रकाशित कम्युनिष्ट आन्दोलनको एकीकृत उपहार ‘लिखु सङ्गालो’ वरिष्ठ पोखरेलले उक्त विमोचन गरे। मञ्चका अध्यक्ष पूर्ण खड्काले पुस्तकमा कम्युनिष्ट आन्दोलनसम्बन्धी ६० जनाको लेखरचना रहेको जानकारी दिए।
सामाग्री श्रोत :
एमाले पार्टी देश र जनताप्रति सधैँ उत्तरदायीः वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकारले दुई लाखसम्मका योजना पनि संघीय सरकारअन्तर्गत राखेको बताएका छन्।
शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव पुनले संघीय सरकारअन्तर्गत २ लाखसम्मका आयोजना राखिएको बताएका हुन्।
उनले सरकारले ३ करोडभन्दा कम बजेटका आयोजना संघअन्तर्गत नराखेको दाबी गरे पनि बजेटमा २ लाखसम्मका आयोजना रहेको दाबी गरे।
शहरी विकास मन्त्रालयको विनियोजित बजेट १ खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रहेको छ। यो कुल बजेटको ६.०३ प्रतिशत हो। मन्त्रालयको आगामी बजेट चालू वर्ष २०८१।८२ को तुलनामा २७.७५ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा ९२ अर्ब ६३ करोड ५४ लाखको बजेट विनियोजन गरेको थियो। बजेट कहाँ र कसरी बढ्यो भन्नेमै मन्त्री स्वयं अचम्भित रहेको बताए। उनले योजनाहरू आफूखुसी राखेको स्पष्ट देखिएको पनि बताए।
पुनले भने, ‘योपटक हिजो शहरी विकास मन्त्रालयको विनियोजित बजेट आयो। गत वर्ष ९२ अर्ब थियो। यस पटक १ खर्ब १८ अर्ब पुगेको छ। २६ अर्ब त यसै पनि बढ्यो । तर उसको शिलिङ झन्डै ७२ अर्ब मात्रै थियो । त्यहाँ मन्त्री नै आफैँ आश्चर्य कहाँ बढ्यो थाहै नपाउने । हिजो मन्त्रालयको विनियोजन आएको छ । मन्त्रालयको विनियोजनमा दुई लाखका योजनाहरु रहेछन् । अनि किन यो ३ करोडको भनेर उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्रीलाई सोध्दा होइन, २५ लाख भन्दा मुनिको त हालेको छैन भन्नुभयो । यि दुई लाखको छ भन्दा उहाँ बोल्न सक्नुभएन । १७ हजारबाट कटाएको छैन । सशर्तमा झन अरु अरुतिर सारेको देखिन्छ । सशर्तको रकम गत वर्षको भन्दा बढेको छ । सशर्त त घटाउने हो खासमा । घटाउँदै गएर समानीकरणमा बढाइदिने हो । तीन करोडको योजना होइन, दुई लाखको योजना राखिएको आइसक्यो । यस पटक अलि मनपर्दी गरेको छ । एउटै शहरी विकास मन्त्रालयकै हेर्दा पनि त्यस्तै ३० देखि ३२ अर्ब चलखेल गरेको देखिन्छ । मसिना सबैखाले आफूखशी राखेको देखिन्छ।’
बजेटमा १६ औं योजनाको कुनै चर्चा नरहेको बताए। उनले संविधान जारी भएपछि माओवादी केन्द्रले विपक्षीमा रहेर पहिलो पटक बजेटको विषयमा आफ्ना धारणा राखेको बताए। नीति तथा कार्यक्रममाथि पनि पहिलोपटक आफ्ना धारणा राखेको जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले देश तथा विदेशमा सीपको आवश्यक पर्ने भएकाले जुनसुकै सीप सिक्न जरुरी रहेको बताएका छन्।
देश विकासका लागि सीप सिकेका युवा आवश्यक पर्ने भन्दै उनले हरेक युवाहरुले सीप सिक्न आवश्यक रहेको पनि बताए।
काठमाडौं महानगरपालिकाले आयोजना गरेको दोस्रो संकरणको सीप मेलाको शनिबार अवलोकन गर्दै सबैखाले डाटा राख्न सकियो भने सुशासन कायम गर्न सकिने पनि औंल्याए। उनले भ्रष्टाचार गर्ने विधि अपनाउन सुझाव पनि दिए।
अरुले गरेको कुरा हामी किन गर्न सक्दैनौं भन्ने महानगरले प्रमाण गरिदिएको दावी गरेको मुख्यमन्त्री लामाले सीप मेलाको प्रशंसा समेत गरे। नयाँ परिवर्तनका लागि टेक्नोलोजीलाई बढी प्रथामिकता दिए राम्रो हुने उनले बताए।
सामाग्री श्रोत :
सीप सिकेको युवा देश तथा विदेशमा काम गर्न सक्षम हुन्छ: मुख्यमन्त्री लामा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले हुलाक सेवालाई ईकमर्ससँग जोडेर आम्दानीको स्रोत बनाउने सम्भावना रहेको बताएका छन् ।
शनिबार विराटनगरमा आयोजित हुलाक सेवाको पुनःसंरचना विषयक कार्यक्रममा बोल्दै सरकारका प्रवक्तासमेत रहेका गुरुङले हुलाक सेवालाई मागीखाने संस्था नभई कमाइ गर्नसक्ने संस्थाको रूपमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए ।
“ईकमर्सको माध्यमबाट सेवासँगै आम्दानी गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गर्नुपर्ने छ,” मन्त्री गुरुङले भने, “सरकारले त्यसका लागि आवश्यक ऐन, कानुन र नीतिमा सुधार गरी प्रभावकारी बनाउन सक्छ ।”
कार्यक्रममा उनले हुलाक सेवा सुधारका लागि प्रविधिमैत्री जनशक्ति आवश्यक रहेको उल्लेख गर्दै जनशक्तिको संरचना अद्यावधिक गर्न पनि निर्देशन दिए । “कार्यालय व्यवस्थापनमा कर्मचारी साथीहरू लाग्नुपर्छ,” उनले भने, “हुलाक प्रविधिमैत्री संस्था बन्नुपर्छ ।”
जनतालाई अब सुन्दर नारा नभई काम चाहिएको र सरकार त्यसका लागि काम गरिरहेको उनको भनाइ थियो ।
पछिल्लो अध्यावधिक: जेठ २४, २०८२ २१:५०
सामाग्री श्रोत :
टेक पाना