२०८२ भाद्र २७ शुक्रबार
२०८२ भाद्र २७ शुक्रबार

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालको स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ कार्यक्रम ल्याएको छ। मन्त्रालयले आगामी आर्थिक वर्षदेखि लागु हुने गरी प्रत्येक गाउँ र नगरपालिकामा जनस्वास्थ्य अधिकृत मार्फत स्वास्थ्य प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ‘म स्वस्थ मेरो समुदाय स्वस्थ: घरटोलमा स्वास्थ्य प्रवर्धन कार्यक्रम’ नामको नयाँ कार्यक्रम ल्याएको छ। उक्त कार्यक्रम बजेटमा परिसकेको र त्यसको कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सचिवालयले जनाएको छ।

मन्त्री पौडेलले नेपालमा पछिल्लो समय जनस्वास्थ्यका क्षेत्रमा ठूलो चुनौतीका रुपमा देखा परेको कडा खालका नसर्ने रोगहरुको भार कम गर्न, नयाँ नयाँ रोग तथा समस्याहरुको समयमा नै पहिचान गर्न, मानिसहरुले रोग लाग्नै नदिने उपायहरुका विषयमा घरटोलमै जनचेतना फैलाउन उक्त कार्यक्रम ल्याएको सचिवालयले जनाएको छ।

यो कार्यक्रम अन्तर्गत देशका महानगरपालिका र उपमहानगरपालिका बाहेकका सात सय ३६ स्थानीय तहमा सातौं तहका जनस्वास्थ्य अधिकृत नियुक्त हुने छन्। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा उनीहरुका लागि आवश्यक तलब सहित कार्यक्रमका लागि पनि बजेटको व्यवस्था भएको छ। महानगर र उपमहानगरमा जनस्वास्थ्यकर्मीको दरबन्दी यसअघि देखिनै रहेका कारण मन्त्रालयले बाँकी रहेका सात सय ३७ पालिकामा जनस्वास्थ्य अधिकृतको व्यवस्था गर्न लागेको हो। 

‘म स्वस्थ मेरो समुदाय स्वस्थ: घरटोलमा स्वास्थ्य प्रवर्धन कार्यक्रम’ भने सबै ७५३ वटै स्थानीय तहमा सञ्चालन हुने छ। यो कार्यक्रम अन्तर्गत जनस्वास्थ्य अधिकृतले समुदाय स्तरमा नसर्ने रोगका विषयमा जनचेतना जगाउने र फागुन महिनामा स्क्रिनिङ अभियान नै चलाउने, मानसिक स्वास्थ्य प्रवर्धन तथा आत्महत्या रोकथाम सम्बन्धि जनचेतना कार्यक्रम गर्ने, स्वस्थ जीवनशैली र सरसफाइ सम्बन्धी छरिएर रहेका कार्यक्रमहरुलाई एकीकृत गर्दै अगाडि बढाउने लगायतका कामहरु गर्ने छन्।

मन्त्रालयले जनस्वास्थ्य अधिकृतहरुले गर्ने कामहरुका विषयमा कार्यविधि समेत बनाइरहेको मन्त्रि पौडेलको सचिवालयले जनाएको छ। उक्त कार्यविधिमा स्वास्थ्य मन्त्रालय अन्तर्गतका कार्यक्रमसँगै विद्यालय स्वास्थ्य, सरसफाइ, शुद्ध पिउने पानी, खाद्यन्न लगायत समुदायमा स्वास्थ्य कार्यक्रमका विषयमा कार्यविधिमा जनस्वास्थ्य अधिकृतको कार्यविवरण उल्लेख हुने छ।

मन्त्री पौडेलका विज्ञ सल्लाहकार प्रताप पौडेलका अनुसार नेपालमा मानिसहरुको अस्वस्थ जीवनशैली र खानपान बढ्दै जाँदा नसर्ने रोगको भार बर्षेनी बढ्दो क्रममा रहेकाले तथ्यांकले देखाइरहेकाले त्यसलाई मध्यनजर गर्दै यो नयाँ कार्यक्रम ल्याइएको हो।

‘नेपालमा जनस्वास्थ्यका क्षेत्रमा थुप्रै चुनौतीहरु रहेका छन्, त्यसमा पनि सबैभन्दा ठूलो चुनौती भनेको नै नसर्ने रोग हो। त्यसकारण यो चुनौतीलाई सामना गर्न हामीले यो कार्यक्रम ल्याउन लागेका हौं,’ उनले भने, ‘यसमा के हुन्छ भन्दा जनस्वास्थ्य अधिकृतले आफ्नो पालिकामा जनस्वास्थ्यका समस्याहरुको समयमा नै पहिचान गर्ने छन्। उनीहरुले मानिसहरुलाई रोग लाग्नै नदिने विषयमा काम गर्ने छन्। रोग लागिहालेको अवस्था भएमा त्यसको समयमा नै पहिचान गर्न पनि उनीहरुको योगदान रहने छ। यो भयो भने अहिले रोगको उपचारका लागि नागरिक र सरकारले जुन आर्थिक भार खेप्नु परेको छ, त्यो घट्छ।’

उनले अहिलेको समय अनुसार नेपालका स्वास्थ्यका कार्यक्रमहरु पनि ‘सिफ्ट’ हुनुपर्छ भनेर मन्त्रालयले जनस्वास्थ्यका क्षेत्रमा सकारात्मक पाइला चालेको जानकारी दिए। पौडेलले यो कार्यक्रम स्थानीय तहमा केन्द्रित गर्नुको कारण खुलाउँदै भने, ‘आधारभूत स्वास्थ्य, सहरी स्वास्थ्य, विद्यालय र समुदाय स्वास्थ्य, सरसफाइ र सुद्धता लगायतका विषयहरु स्थानीय तहको अधिकारभित्र रहेको छ। नागरिकलाई रोग लाग्नै नदिने जस्ता विषयहरु स्थानीय तहमा भए पनि त्यस अनुसार काम गर्ने डेडिकेटेड जनशक्तिको भने अहिलेसम्म व्यवस्था थिएन। त्यसकारण यो पटकबाट जनस्वास्थ्य अधिकृत कै व्यवस्था गरिएको हो।’

उनका अनुसार जनस्वास्थ्य अधिकृतले पालिकाका सबै स्वास्थ्य संस्थाहरु र विद्यालय नर्स लगायकता जनशक्तिसँग समन्वय गरेर तथ्यांकहरु समेत संकलन गर्ने काम गर्ने छन्। यसका साथै उनीहरुले नागरिक आरोग्य कार्यक्रमलाई पनि सहजीकरण गर्दै प्रभावकारी कार्यान्वयनमा लैजाने छन्।
 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका अनुसार दक्षिणी गाजामा राहत वितरण केन्द्र नजिकै इजरायली सेनाको गोली लागेर छ जना प्यालेस्टिनीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।

एजेन्सीका प्रवक्ताले शनिबार बिहान मानिसहरू खाद्यान्न लिन राहत केन्द्र पुगेको बेला गोलीबारी सुरु भएको बताए।

प्रत्यक्षदर्शीबाट प्राप्त जानकारी अनुसार जब मानिसहरू राहत केन्द्रतर्फ जान थाले, इजरायली सैनिकहरूले गोली चलाएका थिए।

यसैबीच, इजरायली सेनाले एक संदिग्ध व्यक्ति आफूतिर आउँदै गरेको कारणले मात्र चेतावनीस्वरूप गोली चलाएको बताएको छ।

राहत केन्द्रहरूमा पुग्ने प्रयास गर्दा यस हप्ता अहिलेसम्म धेरै प्यालेस्टिनी नागरिकहरूको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्।

अमेरिका र इजरायल समर्थित गाजा मानवीय फाउन्डेसनले सुरक्षा र भीड नियन्त्रण सुनिश्चित गर्न राहत वितरण अस्थायी रूपमा रोकेको बताएको छ।

यसको बाबजुद पनि, मानिसहरू इजरायली सैन्य क्षेत्रसँग सिमानामा पर्ने चौबाटोमा हरेक दिन भेला हुन्छन् र जहाँबाट उनीहरू राहत केन्द्रमा जानुपर्छ।

इजरायल रक्षा बलले एक विज्ञप्तिमा भनेको छ कि उनीहरूले गाजाका मानिसहरूलाई पहिले नै जानकारी गराइसकेका छन् कि यो क्षेत्र रातमा सक्रिय युद्ध क्षेत्र बन्छ।

हमासबाट धम्की आएकोले शनिबार खाना वितरण गर्न नसक्ने जीएचएफले बताएको छ। यद्यपि, हमासले त्यस्ता कुनै पनि आरोपलाई अस्वीकार गरेको छ।


सामाग्री श्रोत :

गाजामा राहत केन्द्र नजिकै गोलीबारी हुँदा छ प्यालेस्टिनीको मृत्यु

काठमाडौँ । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पहाडी र पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल लगायत १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूमाथि नेपाल टेलिकमको बिलिङ प्रणालीको विषयमा भ्रष्टाचार गरेको अभियोग लगाइएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । उनका अनुसार अख्तियारले उनीहरू विरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो दाबी गरेको छ।

यसअघिका बहालवाला प्रबन्ध निर्देशक सुनिल पौडेल पनि भ्रष्टाचार मुद्दामा तानिएपछि एक वर्ष रिक्त रहन पुगेको सो पदमा गएको २० भदौ २०८० मा पहाडीले नियुक्ति पाएकी थिइन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक रहँदा पेमेन्ट गेटवे परियोजनामा भ्रष्टाचार गरेको ठहर भएपछि पौडेललाई अदालतले ९ वर्ष जेल सजायका साथै ४६ करोड ५३ लाख रुपैयाँभन्दा बढी बिगो तथा जरिबाना भराउने फैसला गरिसकेको छ ।

यस बाहेक उनी विरुद्ध सिंगापुर बैँकमा पैसा जम्मा गरेको भन्दै विदेशी विनियम ऐन उलङ्घन गरेको तथा आरआईएससी र एचसीआई सर्भर खरिदमा अनियमितता गरेको भन्दै दर्ता भएका बाँकी दुई मुद्दा समेत विशेष अदालतमा विचाराधीन छन् । 

पछिल्लो अध्यावधिक: जेठ २५, २०८२ १३:५४





सामाग्री श्रोत :
टेक पाना

इम्फाल– जातीय तनावले ग्रसित भारतीय राज्य मणिपुरले कट्टरपन्थी समूहका केही सदस्यको गिरफ्तारीको विषयमा प्रदर्शनकारीहरू र सुरक्षा बलहरूबीच झडप भएपछि इन्टरनेट बन्द र कर्फ्यू लगाएको प्रहरीले आइतबार बताएको छ।

भारतको उत्तरपूर्वमा रहेको मणिपुरमा दुई वर्षभन्दा बढी समयदेखि मुख्यतः हिन्दू मैतेई बहुसङ्ख्यक र मुख्यतः इसाई कुकी समुदायबीच आवधिक झडपहरू भइरहेका छन्। यी झडपमा दुई सय ५० भन्दा बढी मानिसको मृत्यु भएको छ।

पछिल्लो हिंसा शनिबार कट्टरपन्थी मैतेई समूह अरम्बाई तेङ्गोलका एक कमाण्डरसहित पाँच सदस्यको गिरफ्तारीको खबरपछि सुरु भएको थियो।

तिनीहरूको रिहाइको माग गर्दै आक्रोशित भिडले प्रहरी चौकीमा आक्रमण गरी राज्यको राजधानी इम्फालका केही भागमा बसमा आगो लगाइदियो र सडक अवरुद्ध गर्‍यो।

मणिपुर प्रहरीले ‘विकसित कानून र शृङ्खला अवस्था’ का कारण इम्फाल पश्चिम र विष्णुपुरसहित पाँच जिल्लामा कर्फ्यूको घोषणा गरेको छ।

“जिल्ला मजिस्ट्रेटहरूले निषेधाज्ञा जारी गरेका छन्। नागरिकहरूलाई आदेशको पालना गर्न अनुरोध गरिएको छ”, प्रहरीले विज्ञप्तिमा भनेको छ।

कुकी समुदायविरुद्धको हिंसाको योजना बनाएको आरोप लागेको अरम्बाई तेङ्गोलले पनि उपत्यकाका जिल्लाहरूमा १० दिनको बन्दको घोषणा गरेको छ।

राज्यको गृह मन्त्रालयले पछिल्लो अशान्तिलाई नियन्त्रणमा ल्याउन अस्थिर जिल्लाहरूमा सबै इन्टरनेट र मोबाइल डाटा सेवाहरू पाँच दिनका लागि बन्द गर्न आदेश दिएको छ।

Ncell 2
Ncell 2

सन् २०२३ मा हिंसाको प्रारम्भिक प्रकोपको समयमा मणिपुरमा महिनाौँसम्म इन्टरनेट सेवाहरू बन्द गरिएको थियो। हिंसाले सरकारी तथ्याङ्कअनुसार करिब ६० हजार मानिसलाई आफ्नो घरबाट विस्थापित गरेको थियो।

राज्यका हजारौँ बासिन्दा अझै पनि चलिरहेको तनावका कारण घर फर्कन सकेका छैनन्।

मैतेई र कुकी समुदायहरूबीच लामो समयदेखिको तनाव भूमि र सार्वजनिक जागिरहरूको प्रतिस्पर्धाको वरिपरि घुमेको छ।

अधिकारकर्मीहरूले स्थानीय नेताहरूले राजनीतिक लाभका लागि जातीय विभाजन बढाएको आरोप लगाएका छन्।


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं – जुन महिनाभर  वीर अस्पतालले ब्रेन ट्युमरका बिरामीहरुको नि:शुल्क शल्यक्रिया गर्ने भएको छ।अस्पतालमा स्थापना भएको  राष्ट्रिय ब्रेन ट्युमर केन्द्रले जुन महिनाभर ब्रेन ट्युमरको नि:शुल्क शल्यक्रिया गर्ने  भएको हो । 

ब्रेन ट्युमर दिवसका अवसरमा  जुन महिनााभरिलाई ब्रेन ट्युमरका बिरामीहरुको शल्यक्रिया नि:शुल्क गर्ने घोषणा गरिएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष प्राडा राजीव झाले बताए। ब्रेन ट्युमरका बिरामीलाई लामोसम्म पर्खाइमा नराखी ४८ घन्टाभित्र नै शल्यक्रिया गरिने प्राडा झाले स्वास्थ्यखबरसँगको कुराकानीमा बताए। 

‘हाल ब्रेन ट्युमरको शल्यक्रियाका लागि २ सातासम्म कुर्नुपर्ने बाध्यता छ, हाल रहेकै जनशक्ति तथा स्रोत साधनलाई अधिकतम प्रयोग गरिन्छ,’ डाक्टर झाले भने, ‘हरेक वर्ष २६०० को हाराहारीमा  ब्रेन ट्युमरका  बिरामी भेटिन्छन्,’‘ब्रेन ट्युमरका बिरामी ४० देखि ५० वर्ष उमेरका सबभन्दा बढी भेटिएका छन्।’   

ब्रेन ट्युमर दिवसका अवसरमा केन्द्रले प्रभातफेरी कार्यक्रम गरेको थियो। प्रभातफेरी पश्चात् आयोजना गरिएको  विशेष  कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल समेत सहभागिता थिए । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले वीर अस्पतालमा स्थापना भएको ब्रेन ट्युमर केन्द्रलाई देशकै उत्कृष्ट केन्द्रका रुपमा विकास गर्नका लागि निर्देशन दिएका थिए। ‘ब्रेन ट्युमर सकेसम्म नभएको राम्रो यदि भइहाल्यो भने पनि वीर अस्पताल जस्ता सरकारी अस्पतालले यसको उपचार हुन्छ नआतिऔं,’ मन्त्री पौडेलले कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भने। 

ब्रेन ट्युमर केन्द्रले सार्वजनिक गरेको तथ्यांक अनुसार ट्युमर धेरै देखिनेमा औसत उमेर ४६/३२ वर्ष रहेको छ। अर्थात् ४०-५० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ट्युमर पत्ता लागेको केन्द्रका अध्यक्ष डा झा बताउँछन्। 

देशभरका २० भन्दा बढी न्युरोसर्जिकल केन्द्रहरूबाट मस्तिष्क ट्युमर भएका १ हजार ७ सय ३९ जना बिरामीहरूको तथ्याङ्क सङ्कलन गरिएको छ। प्राप्त तथ्याङ्कका आधारमा नेपालमा हरेकवर्ष करिब २ हजार ५०० देखि २ हजार ६०० नयाँ मस्तिष्क ट्युमरका बिरामीहरू पहिचान हुने अनुमान गरिएको छ। कुल २।२ करोड जनसङ्ख्या अनुसार यसको आवधिक्ता लगभग ११.४- ११.८ प्रति १ लाख जनसङ्ख्या रहेको देखिएको छ।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडाैं। भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने भएको छ।

सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका मुख्य सचेतकको छलफल पछि कांग्रेस प्रमुख सचेत श्याम घिमिरेले प्रतिपक्षी सहमतिमा आएपनि नआएपछि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने जानकारी दिएका हुन्।

प्रतिपक्षीले सहयोग गरे सहज ढंगले अघि बढ्ने तर असहयोग गरे बिरोधकाबीच संसद सञ्चालन हुने उनले बताए। घिमिरेले अहिलेसम्म प्रतिपक्षी आफ्नो अडानबाट पछि नहटेको उल्लेख गरे।

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले यसअघि सूचना टाँस गरि संसद स्थगीत गर्ने काम अव नहुने बताए। उनले सूचना टाँस गरि बैठक स्थगित हुने हिजोको निरन्तरता नहुने भन्दै बजेटमाथिको छलफल आरम्भ हुने, निजामती विधेयक पेश हुने उल्लेख गरे।

अब संसदका समग्र प्रक्रिया अघि बढ्ने र यसमा प्रतिपक्षीले सहयोग गर्ने उनले बताए। छलफलमा सभामुख घिमिरेले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक पटक संसद बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाएका थिए।


सामाग्री श्रोत :

विपक्षीको विरोधकाबीच संसद चलाउने सत्ता पक्षको तयारी

काठमाडौँ । एप्पलले आफ्ना आईफोन र म्याकबुकका लागि भारतमा बिक्रीपछिको मर्मत सेवाको जिम्मा टाटा समूहलाई सुम्पेको छ । यो महत्त्वपूर्ण कदमले भारतको द्रुत गतिमा बढिरहेको स्मार्टफोन बजारमा एप्पलको उपस्थितिलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ । 

रोयटर्सका अनुसार, एप्पलले मर्मत कार्यको जिम्मेवारी ताइवान-आधारित विस्ट्रोनको भारतीय इकाई, आईसीटी सर्भिस म्यानेजमेन्ट सोलुसन्सबाट टाटालाई हस्तान्तरण गरेको हो । यो मर्मत कार्य टाटाको कर्नाटकस्थित आईफोन एसेम्बली क्याम्पसमा गरिनेछ । यद्यपि यस विषयमा एप्पल, विस्ट्रोन र टाटाले भने आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएका नदिएको द इकोनोमिक्स टाइम्सले लेखेको छ । 

टाटाले दक्षिण भारतका तीन ओटा केन्द्रहरूमा आईफोन एसेम्बल गर्दै आएको छ, जसमध्ये एउटाले केही आईफोन कम्पोनेन्टहरू पनि उत्पादन गर्छ । टाटा इलेक्ट्रोनिक्ससँग पेगाट्रोनको तमिलनाडुस्थित एसेम्बली लाइनमा ६०% स्वामित्व पनि रहेको छ । यो विस्तारले एप्पलको आपूर्ति शृङ्खलामा टाटाको भूमिकालाई अझ गहिरो बनाएको छ ।

एप्पलले चीनमा केन्द्रित उत्पादन मोडेलबाट हट्ने रणनीति अपनाएको छ । टाटा यस प्रक्रियामा एप्पलको एक प्रमुख साझेदारको रूपमा उदाएको छ । एप्पलका सीईओ टिम कुकले संयुक्त राज्य अमेरिकामा बेचिने अधिकांश आईफोनहरू भारतका कारखानाहरूमा बन्ने बताइसकेका छन् ।

भारत विश्वको दोस्रो ठुलो मोबाइल फोन उत्पादक बनेको छ । अप्रिलदेखि अक्टोबर २०२४ सम्ममा भारतमा आईफोन उत्पादनको एफओबी (फ्रेट अन बोर्ड) मूल्य १० अर्ब डलर पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३७% बढी हो । यी मध्ये ७०% उत्पादन निर्यात गरिएको थियो । एप्पलले २०२७ देखि २०२८ सम्ममा भारतको आईफोन उत्पादनमा विश्वव्यापी हिस्साको २५% पुर्‍याउने योजना बनाएको छ ।

भारतको स्मार्टफोन बजारमा आईफोनको बिक्री आकाशिनुका कारण मर्मत बजारमा पनि महत्वपूर्ण वृद्धि हुने अनुमान गरिएको छ । काउन्टरपोइन्ट रिसर्चको अनुमान अनुसार, सन् २०२३ मा भारतमा लगभग १ करोड १० लाख आईफोन बिक्री भएका थिए । जुन एप्पलको ७% बजार हिस्सा हो, जुन २०२० मा केवल १% मात्र थियो । 

साइबरमिडिया रिसर्चका उपाध्यक्ष प्रभु रामले यस विकासले टाटामा एप्पलको बढ्दो विश्वासलाई सङ्केत गर्छ । भविष्यमा एप्पलले संयुक्त राज्य अमेरिकामा जस्तै भारतमा पनि सिधै मर्मत गरिएका (रिफर्बिस्ड) डिभाइसहरू बेच्ने बाटो खुल्न सक्ने बताएका छन् । 

यस्तो हुनेछ मर्मत प्रक्रिया 

भारतभर रहेका एप्पलका आधिकारिक सेवा केन्द्रहरूले सामान्य मर्मतको काम गर्नेछन्, तर अधिक जटिल समस्याहरूको लागि भने फोन र ल्यापटपहरू अब टाटाको सर्भिस सेन्टरमा पठाइनेछ । हाल भारतमा आईफोन १६ प्रो र प्रो म्याक्स जस्ता हाई-इन्डका एप्पल मोडेल उत्पादन भइरहेका छन् । यद्यपि, चिपसेट, क्यामेरा सेन्सर, डिस्प्ले र अन्य आन्तरिक पाटपुर्जा जस्ता महत्त्वपूर्ण कम्पोनेन्टहरू भने अझै पनि चीन, अमेरिका वा दक्षिण कोरियाबाट ल्याउने गरिन्छ ।

एप्पलले भारतमा कम्पोनेन्ट र प्राविधिक सहयोग आधार विस्तार गर्न ४० भारतीय कम्पनीहरूसँग कुराकानी गरिरहेको बताइएको छ । यसमा मुरगाप्पा समूह र टाइटनसँग क्यामेरा मोड्युलका लागि, र डिक्सन टेक्नोलोजीसँग एसेम्बली लाइन विस्तारका लागि छलफलहरू भइरहेको छ । एप्पलले हाल भारतीय उत्पादकहरूबाट सिधै महत्त्वपूर्ण कम्पोनेन्टहरू (जस्तै क्यामेरा सेन्सर, डिस्प्ले र मेमोरी चिप्स) आउटसोर्स गर्न चाहेको छैन, तर आफ्ना विश्वव्यापी उत्पादन साझेदारहरूलाई भारतमै सो कार्य गर्न जोड दिइरहेको छ । 

पछिल्लो अध्यावधिक: जेठ २५, २०८२ १३:३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– भिजिट भिसा प्रकरणमा प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने भएको छ। 

सिंहदरबारमा सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका मुख्य सचेतकको छलफल पछि कांग्रेस प्रमुख सचेत श्याम घिमिरेले प्रतिपक्षी सहमतिमा आएपनि नआएपछि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने जानकारी दिएका हुन्।

Ncell 2
Ncell 2

प्रतिपक्षीले सहयोग गरे सहज ढंगले अघि बढ्ने तर असहयोग गरे बिरोधकाबीच संसद सञ्चालन हुने उहाले बताए। घिमिरेले अहिलेसम्म प्रतिपक्षी आफ्नो अडानबाट पछि नहटेको उल्लेख गरे। 

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले यसअघि सूचना टाँस गरि संसद स्थगीत गर्ने काम अव नहुने बताए। उनले सूचना टाँस गरि बैठक स्थगित हुने हिजोको निरन्तरता नहुने भन्दै बजेटमाथिको छलफल आरम्भ हुने, निजामति विधेयक पेश हुने उल्लेख गरे। अब संसदका समग्र प्रक्रिया अघि बढ्ने र यसमा प्रतिपक्षीले सहयोग गर्ने उनले बताए। 

छलफलमा सभामुख घिमिरेले राजनीतिक दलहरूबीच सहमतिका लागि पटक पटक संसद बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाएका थिए। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- नेपालमा पहिलोपटक ट्रान्सजेन्डर व्यक्तिको लिङ्ग परिवर्तन शल्यक्रिया (सेक्स चेन्ज अपरेसन) गरिएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले उक्त शल्यक्रिया गरेको हो।

अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘जनकपुर निवासी २५ वर्षिया ट्रान्सजेन्डरमा गरिएको यस सेक्स चेन्ज अपरेसनमा पुरुषको लिंगको तन्तुहरूलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जैनेन्द्रीय अंगको पुनर्निर्माण गरियो र यसले सो व्यक्तिलाई आफूले चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।’

विदेशी प्लाष्टिक सर्जन  डा अलरिजा हामीदियान जारोमीको नेतृत्वमा तथा प्लाष्टिक सर्जरी विभागीय प्रमुख प्रा.डा. जयनमान श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको हो।

अप्रेशनहरुमा सो विभागका सम्पूर्ण प्लाष्टिक सर्जनहरू प्रा.डा. ईश्वर लोहनी, डा. संगम रायमाझी डा. समीत शर्मा, डा. विकेश राजभण्डारी डा. हिमालय निरौला तथा रेजिडेन्ट डाक्टरहरू डा. अनुप थापा, डा. सुदिप पण्डित, डा. आशिष अधिकारी, डा. नोभेल, डा. ईशा, डा. अस्विनको सहभागिता थियो तथा एनेस्थेसियामा डा. मेघा कोइराला तथा डा. पंकज जोशीको टीमले सहयोग गरेका थिए ।

‘अबदेखि स अस्पतालमा जेन्डर एफर्मिङ क्लिनिकको स्थापना गरेर नियमित रूपमा यी सेवाहरु सुचारु गर्दै जाने डा. जयनमान श्रेष्ठले जानकारी दिए।


 

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । अमेरिकी टेनिस खेलाडी कोको गौफले फ्रेन्च ओपन महिला एकलको उपाधि जितेकी छिन्।

फाइनलमा कोको गौफले महिला टेनिस वरियतामा नम्बर एक बेलारुसकी आर्यना साबालेन्कालाई पराजित गरिन्।

गौफले पहिलो सेट ६-७ ले हारेकी थिइन्। तर त्यसपछि उनले बलियो पुनरागमन गरिन्। दोस्रो सेटमा गौफले साबालेन्कालाई ६-२ ले पराजित गरिन्।

साबालेन्काले अन्तिम सेटमा गौफलाई चुनौती दिने प्रयास गरिन्। तर गौफले अन्तिम सेट ६-४ ले जितिन् र फ्रेन्च ओपन च्याम्पियन बनिन्।


सामाग्री श्रोत :

फ्रेन्च ओपनमा कोको गौफले जितिन् महिला एकलको उपाधि

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट