
मुम्बई । चालीस र पचासको दशकमा बलिउडमा यस्ता धेरै अभिनेत्री थिए, जसको सुन्दरता र अभिनयले संसारलाई अहिले पनि दीवाना बनाइरहेको छ । त्यो समयमा ती अभिनेत्रीहरूले धेरै हिट फिल्म दिएका मात्रै थिएनन्, आफ्नो सुन्दरता र अभिनयको बलले उनीहरूले चाँडै नै दर्शकको मनमा राज गर्न पनि सफल भएका थिए ।
यद्यपी, उनीहरुमध्ये धेरै अभिनेत्रीहरु थिए, जसले चलचित्र जगतमा राज गरेर सानै उमेरमा संसार छाडनु परेको थियो आज हामी दुई त्यस्ता अभिनेत्रीको बारेमा कुरा गर्नेछौं, जो सिनेमा उद्योगका अनौठो हीरा समान थिए। र, यो पनि भनिन्छ कि उनीहरू जस्तो न हिजो कोही थिए, न अब पनि कहिल्यै हुने छन्। दुबै अभिनेत्रीका करोडौं थिए तर दुवैले साँचो मायाको लालसामा यो संसार छाडेर गए। हो, हामी अभिनेत्री मधुवाला र मीना कुमारीको कुरा गर्दैछौं।
मीना कुमारीले आफ्नो समयमा धेरै हिट फिल्म दिएकी थिइने भने मधुबालाले आफ्नो अभिनय र सौन्दर्यको बलमा बलिउडमा राज गरिरहेकी छिन् । दुवै मिल्ने साथी थिए तर पछि फिल्मलाई लिएर उनीहरु बीचमा धेरै नै प्रतिस्पर्धा देखिएको थियो ।
यो पनि भनिन्छ कि मधुबाला कमल अमरोहीको बारेमा धेरै गम्भीर थिइन्। कमल अमरोही र मधुबाला फिल्म महलको सुटिङका क्रममा एकअर्काको नजिक आएका थिए र त्यसपछि मधुबालाले उनीसँग विवाह गर्ने इच्छासमेत व्यक्त गरेकी थिइन् ।
यद्यपि कमल अमरोही भने विवाहित थिए र उनका ४ सन्तान थिए । उनले मीना कुमारीसँग दोस्रो विवाह गरेका थिए । पछि जब मीना कुमारीलाई थाहा भयो कि मधुबाला उनको तेस्रो श्रीमती बन्न तयार छिन् भन्ने कुरा मीना मधुवालाको यो कुरा मन परेन। त्यसपछि उनीहरुको सम्बन्धमा दुरी बढ्यो ।
तर, पछि मधुबालाले गायक किशोर कुमारसँग विवाह गरिन् । तर, बिडम्बना दुवै अभिनेत्रीको सानै उमेरमा मृत्यु भयो तर पनि आज पर्यन्त उनीहरू दर्शकको मनमा राज गरेर बसिरहेका छन् ।
सामाग्री श्रोत :
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टेस्ला मोटर्सको उत्पादनमाथि प्रतिबन्ध लगाएको दाबी गर्दै सामाजिक सञ्जालमा एआई-निर्मित भिडिओ भाइरल गराइएको छ । ट्रम्प र टेस्लाका मालिक एलन मस्कबिच सार्वजनिक विवाद भएपछि यो निर्णय आएको भिडिओमा देखाइएको छ । तर, विभिन्न सञ्चारमाध्यम र तथ्यजाँच सम्बन्धी अनुसन्धान गर्ने संस्थाले यो भिडिओ भ्रामक रहेको पुष्टि गरेका हुन् ।
भिडिओमा ट्रम्पले टेस्लाका गाडीहरूलाई रद्दी कार (junk car) भन्दै अमेरिकाभित्र टेस्लाको उत्पादन तत्कालै रोक्ने घोषणा गरेको देखिन्छ । ट्रम्पले ‘त्यो साँप एलनले यस देशमा पैसा कमाउन नसक्ने’ बताएको सुनिन्छ । साथै, उनले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय चुनावमा मस्कको समर्थन जुटाउनका लागि मात्र टेस्ला कार किनेको सुन्न सकिन्छ ।
भिडिओमा नक्कली ट्रम्पले बोलेको कुराको नेपाली अनुवाद:
“आज, म यो घोषणा गर्न यहाँ उपस्थित छु कि म संयुक्त राज्य अमेरिकामा टेस्लाको उत्पादनलाई तत्काल प्रभावबाट प्रतिबन्ध लगाउनेछु । सबैलाई थाहा छ, एलनले केही दिन अघि मलाई धोका दिए र आफ्नो प्लेटफर्म एक्समा मेरो बारेमा झुटो कुरा गरे । एपस्टीन फाइलहरूमा मेरो संलग्नताबारे झुट बोले । त्यसैले म राष्ट्रपति हुँदा त्यो सर्प एलनलाई यस देशमा पैसा कमाउन दिन सक्दिनँ । कसैलाई पनि टेस्ला मन पर्दैन, यदि तपाईं कोही गिक हुनुहुनुहुन्न भने । तिनीहरूमा सजिलै आगो लाग्छ र बिग्रिन्छन्, त्यसैले यो पक्कै पनि सबैभन्दा राम्रो इलेक्ट्रिक कार होइन ।
अनि हो, मैले केही महिना अघि एलनलाई मेरो समर्थन देखाउन एउटा टेस्ला किनेको थिएँ । तर मैले यसलाई कहिल्यै चलाएको छैन । त्यो केवल उसले मलाई चुनावमा समर्थन गरोस् भन्नेका लागि थियो र त्यो सफल भयो । अब म त्यो फोहोर टेस्ला बेच्नका लागि राख्दैछु । यदि कसैलाई चाहिएमा म यसलाई ६९ डलरमा दिनेछु । यही नै यी रद्दी कारहरूको वास्तविक मूल्य हो । र अझ महत्त्वपूर्ण कुरा, त्यो सर्प अब ब्याङ्करप्ट (दिवालिया) हुनेछ । ऊ केही दिनमै मसँग फेरि भिख माग्न आउनेछ ।”
President Donald Trump banned Tesla production in the USA. This happened when a drama-driven leader got selected through propaganda, this is poor governance.
Stay calm and be strong @elonmusk @Tesla
#Tesla #ElonVsTrump #ElonMusk #TrumpVsMusk pic.twitter.com/LzwGKGf68e
— Shamsher Ali (@Shamsher__Ali) June 8, 2025
यो भिडिओ फेसबुक, एक्स (ट्वीटर), टिकटक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिरहेको छ । नेपालमा पनि केही सामाजिक सञ्जाल प्रयोगकर्ताले यो भिडिओलाई वास्तविक ठानी शेयर गरेका छन् ।
तर तथ्य जाँचको क्रममा ट्रम्पले टेस्ला उत्पादनमाथि कुनै आधिकारिक प्रतिबन्ध घोषणा गरेको पाइँदैन । हालसम्म ‘ट्रम्पले टेस्ला प्रतिबन्ध गरे’ भन्ने दाबीलाई समर्थन गर्ने कुनै विश्वसनीय समाचार स्रोत वा सरकारी निकायको पुष्टि छैन ।
‘Hive Moderation’ नामक एआई टुलले यो भिडिओ एआई जेनेरेटेड हुने सम्भावना ७६ प्रतिशत बढी रहेको देखाएको छ ।
Contrails.ai नामक अर्को टुलले पनि भिडिओ तथा अडियो दुवैमा बनावटीपना रहेको पुष्टि गरेको छ । ओठको चाल, टाउकोको गति र स्वरको लय अस्वाभाविक भेटिएको छ । यो भिडिओ एडभान्स्ड भ्वाइस क्लोनिङ प्रविधिबाट बनाइएको ‘डिपफेक’ हो भन्ने निष्कर्ष निकालिएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ ९:५४
सामाग्री श्रोत :
टेक पाना
वालिङ – स्याङ्जाको वालिङ नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ । विद्यार्थी सङ्ख्या न्यून भएपछि नगर शिक्षा समितिले वालिङ–२ कसेदीको चक्रदेवी आधारभूत विद्यालय, वालिङ–६ को वनपाला आधारभूत विद्यालय, वालिङ–७ को विद्याज्योति आधारभूत विद्यालय, वालिङ १२ को प्रभात आधारभूत विद्यालय र वालिङ–१४ सिख्रेमा रहेको जनकल्याण आधारभूत विद्यालयलाई समायोजन गरिएको हो ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख ख्यामनारायण काफ्लेका अनुसार विद्यालयको भौगोलिक अवस्था, विद्यार्थी सङ्ख्यालाई आधार मानेर पाँचवटा आधारभूत विद्यालयलाई चालु शैक्षिकसत्रको सुरुआतदेखि नै समायोजन गरिएको छ । समायोजन भएका सबै विद्यालय कक्षा १–३ सञ्चालनमा रहेका थिए । समायोजन भएका पाँचवटा विद्यालयलाई पायक पर्ने नजिकैको अर्को विद्यालयमा मर्ज गरिएको उनले बताए । “अनुगमनका क्रममा समस्या देखिएका विद्यालयलाई नजिकैको पायक पर्ने विद्यालयमा समायोजन गरेका हौँ”, उनले भने, “ससाना विद्यार्थीलाई लामो दूरी पार गरेर विद्यालय जान कठिन नहुने गरी समायोजन गरिएको हो ।”
विद्यालयमा अध्यापनरत शिक्षकलाई दरबन्दी कम तथा रिक्त रहेका अन्य विद्यालयमा समायोजन गरेर पठाइएको छ । पछिल्लो समय संस्थागत विद्यालयतर्फ अभिभावक तथा विद्यार्थीको आकर्षण बढ्नु, गाउँमा रोजगारी तथा अन्य सुविधाका कारण सहरतिर बसाइँ सर्नु, बजार केन्द्रित संस्थागत विद्यालयका सवारीसाधन गाउँगाउँमा पुगेर विद्यार्थी ल्याउनुलगायत कारणले गर्दा विशेषगरी गाउँका सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या न्यून हुँदै गएको हो । विद्यालयको हाजिरी पुस्तिकामा विद्यार्थी सङ्ख्या धेरै भए पनि नियमित विद्यालय आउने विद्यार्थीको सङ्ख्या कम हुने गरेको जनाइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
स्वास्थ्य र जीवन संरक्षणको क्षेत्रमा खोपको भूमिका विश्वव्यापी रुपमा अपरिहार्य रहँदै आएको छ। बालबालिकालाई जीवनका प्रारम्भिक दिनदेखि नै खोप लगाउनु भनेको उनीहरूको जीवनलाई सुरक्षित राख्नु मात्र होइन, समग्र समाजमा रोग फैलावट रोक्ने एक महत्वपूर्ण कदम हो। नेपाल जस्ता विकासशील देशहरूमा अझै पनि संक्रामक रोगका कारण बालबालिकाको मृत्यु दर उच्च छ। यस्ता चुनौतीहरूलाई सामना गर्न खोपलाई प्रभावकारी रुपमा प्रयोग गर्न आवश्यक छ।
खोप के हो र यसको महत्व ?
खोप भनेको हाम्रो शरीरलाई रोगसँग लड्न सिकाउने एक प्रकारको जैविक सुरक्षा हो। खोपले शरीरमा रोगजनक जीवाणु वा भाइरससँग लड्ने प्रतिरक्षा प्रणाली तयार पार्छ। यसले गर्दा हामीले वास्तविक रोगको सामना गर्दा हाम्रो शरीर सजिलैसँग त्यसलाई परास्त गर्न सक्छ।
बालबालिकामा खोप लगाउने प्रमुख कारणहरूमा पहिलो हो, मृत्यु र गम्भीर रोगबाट सुरक्षा। खोपले ती रोगहरूबाट जोगाउन मद्दत गर्दछ।
नेपालमा खोपको स्थिति
नेपाल सरकारले बालबालिकालाई आवश्यक सबै खोपहरू निःशुल्क उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्दै आएको छ। सरकारले आयोजना गरेको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पोलियो, खसरा, डिप्थेरिया, टिटनस, हेपाटाइटिस बी लगायतका खोपहरू प्रदान गरिन्छ।
तर, ग्रामीण र दुर्गम क्षेत्रहरूमा खोपको पहुँच अझै पनि पूर्ण छैन। त्यहाँका अभिभावकहरूमा खोपप्रति पर्याप्त जागरुकता नहुँदा वा विभिन्न सामाजिक र सांस्कृतिक कारणले खोपबाट बच्ने प्रवृत्ति देखिन्छ। यसले गर्दा खोपको पूर्ण प्रभावकारिता कम हुन सक्छ।
खोप प्रतिको भ्रम र चुनौतिहरू
विश्वभरि खोपप्रति केही मानिसहरूमा संशय, डर र गलत सूचना फैलिएको छ। नेपालमा पनि यस्ता समस्याहरू देखिन्छन्।
गलत सूचना: खोपले बालबालिकामा हानी पुर्याउने मिथ्या समाचारहरू सामाजिक सञ्जालमार्फत फैलिन्छन्।
धार्मिक वा सांस्कृतिक पूर्वाग्रह: केही समुदायहरूमा खोप लगाउने विषयमा धार्मिक कारणले रोकावट हुन्छ।
सामाजिक असमझदारी: खोप लगाउने प्रक्रिया र त्यसको आवश्यकता नबुझ्नु।
यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ। यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम गर्नेहरूलाई सहकार्य गर्नु आवश्यक छ।
खोपको वैज्ञानिक प्रमाण र सुरक्षा
विश्व स्वास्थ्य संगठनलगायत विश्वका अग्रणी स्वास्थ्य संस्थाहरूले खोपहरूको सुरक्षा र प्रभावकारितामा विश्वास राख्छन्। प्रत्येक खोप विश्वसनीय परीक्षण, अनुसन्धान र प्रमाणित प्रक्रियाबाट पास भएर मात्र प्रयोगका लागि स्वीकृत हुन्छ।
नेपालमा पनि स्वास्थ्य मन्त्रालयले कडा नियमन र गुणस्तर परीक्षण गरी मात्र खोप वितरण गर्दछ।
परिवार र समुदायमा खोपको महत्व बुझाउने हाम्रो जिम्मेवारी
खोप लगाउनु भनेको केवल बालबालिकाको स्वास्थ्य संरक्षण मात्र होइन, परिवार र समुदायको स्वास्थ्य सुरक्षामा पनि योगदान दिनु हो।
हामीले प्रत्येक अभिभावकलाई खोपको महत्व, यसको सही समय र प्रक्रिया बारे जानकारी गराउनुपर्छ। साथै खोपपछि देखिन सक्ने सामान्य प्रतिक्रियाहरू (जस्तै हल्का ज्वरो, सुजन) बारे सचेत बनाउनु आवश्यक छ ताकि उनीहरू चिन्तित नहुन्।
खोप र स्वास्थ्य शिक्षामा प्रविधिको भूमिका
आजको डिजिटल युगमा खोप सम्बन्धी जानकारी प्रविधिको माध्यमबाट सजिलै सबैसम्म पुर्याउन सकिन्छ। मोबाइल एप, सामाजिक सञ्जाल, रेडियो र टेलिभिजन कार्यक्रमहरूले खोप जागरुकता फैलाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन्।
हामीले प्रविधिको सदुपयोग गरेर विशेषगरी ग्रामीण र टाढाका क्षेत्रहरूमा खोपको महत्व पुर्याउन सक्ने छौं।
निष्कर्ष
बालबालिकाको स्वस्थ जीवन सुनिश्चित गर्न खोप नै सर्वोत्तम उपाय हो। हामी सबैले खोपको महत्व बुझ्नुपर्ने, परिवारहरूलाई सचेत गराउनुपर्ने र सरकारसँग मिलेर खोप कार्यक्रमलाई प्रभावकारी बनाउन पहल गर्नुपर्ने जिम्मेवारी छ।
विश्वासपात्र स्वास्थ्यकर्मी, शिक्षक र अभिभावकले मिलेर मात्र हामी बालबालिकालाई सुरक्षित र स्वस्थ बनाउन सक्छौं।
बालबालिका स्वस्थ, समाज स्वस्थ र देश उज्जवल भविष्यतर्फ अघि बढ्छ।
(बालरोग विशेषज्ञ डा सिंह बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एसोसिएट प्रोफेसर हुन्। उनको ‘बालबालिकाको डाक्टर साथी’ पुस्तक प्रकाशित छ)
सामाग्री श्रोत :
swasthyakhabar
मुम्बई, २७ जेठ । बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट चाँडै आफ्नो नयाँ घरमा सिफ्ट हुँदैछन् ।
दुवै जना हाल मुम्बईको वास्तु बिल्डिङमा बसिरहेका छन, जहाँ उनीहरूको बिहे पनि सोही घरमा भएको थियो । तर अहिले दुवै आफ्नो नयाँ घरमा सर्ने तयारीमा छन् ।
विगत केही वर्षदेखि रणवीर र आलियाले आफ्नो इच्छा अनुसार आफ्नो नयाँ घरको डिजाइन गराउँदै आएका थिए र अहिले उनीहरूको नयाँ बंगला तयार भइसकेको छ ।
तपाईलाई थाहा छ, रणवीर कपुर र आलिया भट्ट पछिल्लो केही वर्षदेखि आफ्नो नयाँ घर बनाउँदै थिए। नीतु कपूरसँग मिलेर दुवैले आफ्नो घर बनाउनमा कुनै कसर बाँकी राखेका छैनन् । दुवैजना जतिसुकै व्यस्त भए पनि कपूर परिवार समय समयमा प्रत्येक निर्माणको विवरण हेर्न आउने गर्दथ्यो । अब अन्ततः उनीहरूको घर तयारी अवस्थामा पुगेको छ।
अहिले सामाजिक सञ्जालमा रणवीर र आलियाको नयाँ घरको झलक सार्वजनिक भएको छ । भिडियोमा यो जोडीको नयाँ घर पूर्ण रुपमा तयार भएको देख्न सकिन्छ । उनीहरु दुबैलाई हरियाली नजिकै बस्न कत्तिको मनपर्छ भन्ने कुरा उनीहरुको छतको बगैचा, बालकनीमा रहेका बोटबिरुवा र बगैंचामा रहेका रुखहरुबाट प्रष्ट हुन्छ । बहुतले बंगलाको मूल्य २५० करोड रुपैयाँ रहेको बताइएको छ ।
हिन्दुस्तान टाइम्सका अनुसार रणवीर कपुर र आलिया भट्टको घर लगभग तयार भइसकेको छ, केही फिनिसिङ मात्रै बाँकी छ, अब एक–दुई महिनामा पूरा हुनेछ । घर तयार भएपछि दम्पती आफ्नो सानो परी राहासँग त्यहाँ सिफ्ट हुनेछन्।
रणबीर कपुर र आलिया भट्टको यो बंगला कपूर परिवारको एकदमै नजिक रहेको छ। यो राज कपूर र उनकी पत्नी कृष्णा राज कपूरको घर थियो, जुन पछि नीतु कपूर र ऋषि कपूरलाई दिइएको थियो। रणवीर र आलिया यहाँ बस्नेछन्, जसले आफ्नो इच्छा अनुसार यो बंगला बनाएका छन्। रणवीर र आलियाले यस घरको नाम राखेका छन्– रणवीर कपूर आलिया भट्ट हाउस ।
सामाग्री श्रोत :
काठमाडौँ । दूरसञ्चार कम्पनी एनसेलले भूमिगत तथा एडीएसएस (All-Dielectric Self-Supporting) अप्टिकल फाइबर केबल बिछ्याउने नयाँ परियोजना सञ्चालन गर्ने भएको छ । यसका लागि कम्पनीले योग्य तथा अनुभवी ठेकेदार/आपूर्तिकर्ताबाट प्रस्ताव आह्वान गरेको छ ।
कम्पनीले सञ्चालन गर्न लागेको फाइबर केबल विस्तार परियोजनाको तयारीस्वरूप इच्छुक फर्म वा कम्पनीहरूलाई आवश्यक कागजातसहित जानकारी पेश गर्न अनुरोध गरिएको हो ।
परियोजनाको कार्यक्षेत्र अन्तर्गत सर्वेक्षण र कार्यान्वयन योजना निर्माण, ट्रेन्चिङ, डक्टिङ तथा भूमिगत केबल बिछ्याउने कार्य समावेश छन् । त्यस्तै, पोलमार्फत एडीएसएस केबल जडान, म्यानहोल र जोइन्टिङ पिट निर्माण, मार्ग चिन्ह निर्माण, परीक्षण, कमिसनिङ र मर्मतसम्भार सेवा पनि परियोजनामा परेका छन् ।
परियोजना कार्यान्वयनका क्रममा ‘राइट अफ वे’ का लागि सम्बन्धित निकायहरूसँग समन्वय गर्ने कार्यसमेत आवश्यक हुने एनसेलले जनाएको छ ।
आवेदन दिन चाहने कम्पनीहरूले भूमिगत तथा एरियल फाइबर अप्टिकल/एडीएसएस केबल बिछ्याउने काममा प्रमाणित अनुभव भएको, वैध लाइसेन्स, प्रमाणपत्रहरू तथा सुरक्षा मापदण्डको पालना गरेको, साथै वित्तीय तथा प्राविधिक रूपमा परियोजना सञ्चालन गर्न सक्ने हैसियत भएको हुनुपर्ने उल्लेख छ ।
इच्छुकले आफ्नो कम्पनी प्रोफाइल, प्राविधिक विवरण, अघिल्लो कामको अनुभव र सम्बन्धित कागजातसहित १० असार २०८२ भित्र आवेदन पेश गर्नुपर्ने एनसेलको सूचनामा उल्लेख छ ।
पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ ८:३७
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज नेदरल्यान्ड्ससँग भिड्दै छ ।
स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिलमा हुने खेल दिउँसो पौने चार बजे शुुरु हुनेछ । पहिलो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको नेपाली टोली लगातार दोस्रो जित निकाल्ने योजनामा छ ।
सिरिजको तिन मध्य दुई खेलमा जित र एक खेलमा हार भोगेको नेपाली टोली आज नेदरल्यान्डलाई हराउँदै सिरिजमा सुखद अन्त्य गर्ने प्रयासमा रहेको छ । नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेदरल्यान्डमाथि ५ विकेटको जित निकालेको थियो । नेपाल तेस्रो खेलमा स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो ।
सिरिजमा आफुले खेलेको दुई खेलमा लगातार हार भोगेको नेदरल्यान्डस पहिलो जितको खोजीमा छ । लिग–२ को अंक तालिकामा नेपाल सातौँ स्थानमा छ । लिगको १५ खेलमध्य चार खेलमा जित, ९ खेलमा हार र २ खेलमा अंक बाँडेको नेपाल १० अंकमा तालिकाको सातौँ स्थानमा छ ।
लिगमा सर्वाधिक २२ खेल खेलेको नेदरल्यान्ड्सले १२ खेलमा जित, ८ खेलमा हार र २ खेलमा अंक बाँड्दै २६ अंकमा तालिकाको दोस्रो स्थानमा छ । लिग–२ पछि नेपाली टोलीले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टी–२० आइ सिरिज खेल्नेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
डुम्रे (तनहुँ)। कृषि ज्ञान केन्द्रले खाद्यवस्तु, तरकारी तथा फलफूल उत्पादनमा विषादी प्रयोगको बढ्दो क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यले किसानलाई एकीकृत शत्रुजीव व्यवस्थापन प्रणाली (आइपिएम) सिकाएको छ ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले ‘लर्निङ बाइ डोइङ सिइङ बाइ बिलिभिङ’को सिद्धान्तअनुसारसैद्धान्तिक तथा प्रयोगात्मक रूपमा सीप सिकाउने कार्य गरिरहेको जानकारी दिए । किसानलाई प्रयोगात्मक रूपमा मैदानमा नै प्रशिक्षण दिइएको हो । विशेषगरी विषादीको बढदो प्रयोगलाई न्यूनीकरण गर्ने लक्ष्य छ ।
कृषि उपज उत्पादनमा जोडिएका कृषकलाई सचेत बनाउन आइपिएम कृषक पाठशाला कार्यक्रम ल्याइएको हो । कृषि ज्ञान केन्द्र्र्र्र प्रमुख गोपाल शर्मा लामिछानेले विषादीरहित उत्पादनले हामो स्वास्थ्यमा असर पुर्याउने गरेको अवस्था रहेकोले यसलाई विषादी प्रयोगमा न्यूनीकरणलाई निरुत्साहित गर्न रासायनिक विषादीको विकल्प सिकाउन आवश्यक रहेको बताए ।
उहाँले भन्नुभयो, “रासायनिक विषादीको विकल्प सिकाउनुपर्छ । तालिममार्फत नै विषादीको असर, विकल्प र उत्पादित उपजको बजारीकरणसम्म सिकाएका छौँ । यसले किसानलाई व्यावहारिक रूपमा नै सहयोग पुगेको छ । यसलाई निरन्तरता दिन अनुरोध गरेका छौँ ।” सोह्र दिनसम्म सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिइएको उनले बताए।
यसैबीच ज्ञान केन्द्रको समन्वयमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा व्यास नगरपालिका–१ कुन्छाली टोलका किसानलाई आइपिएम प्रणालीमार्फत बिरुवा रोप्न, टिप्न र बजारीकरणसम्म सिकाइएको छ । यहाँका २४ किसानलाई प्रशिक्षण दिइएको छ । विषादीरहित उपजको बजारीकरणमा समेत सहज हुने अपेक्षा गरिएको छ ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रोजगार सृजना गर्न सहज भएको अवस्थामा कृषि क्षेत्र राम्रो विकल्प भएको बताए। उनले भने, “आयातित उपज बढ्दो छ । यी वस्तुमा परीक्षणको क्रममा विषादी अधिक भएको पाइएको खबर सुनिन्छन् । विषादी प्रयोग न्यूनीकरण गर्न आइपिएम प्रविधि उपयुक्त छ । एक ठाउँमा मात्र नभई अन्य क्षेत्रका किसानलाई पनि सचेत गराउन आवश्यक रहेको छ ।”
बढ्दो तरकारीको आयात रोक्न हाम्रै गाउँघरमा विषादीरहित उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने नगरप्रमुख न्यौपानेले बताए । “सबै तहका सरकारको समन्वयमा यस्ता स्वस्थ खानेकुरा उत्पादनलाई प्रेरित गर्दा हामीलाई नै फाइदाजनक रहेको छ”, उनले भने ।
किसान आनन्द भुजेल घर्तीले भने, “हामीले विषादी प्रयोग गरेर आफैँलाई अस्वस्थ बनाइरहेका रहेछौँ । कृषिको प्रशिक्षणले सचेत गराएको छ । हामीले आफैँले स्थलगत रूपमा नै प्रयोगमा ल्याउन सक्यौँ । उत्पादन पनि रामो भयो । हामी अत्यन्त खुसी छौँ ।” वडाको समन्वयमा नगरपालिकाले सिँचाइका लागि बजेट व्यवस्थापन गरिदिएपछि आइपिएम प्रविधिको प्रयोगबाट सिकाइ सिकिएको उनले बताए।
कृषक रीता घर्तीले अञ्जानमै हामीले विषादी खाएको तालिमकै क्रममा थाहा पायौँ, जसलाई रोक लगाउन प्रशिक्षणले सहयोग पुगेको बताए । अञ्जानमा प्रयोगमा ल्याइएका विषादीयुक्त खानेकुरा उत्पादनलाई निरुत्साहित गर्न किसानलाई सिकाउन आवश्यक रहेका उनले बताए । यस्ता चेतनामूलक सिकाइले सचेत गराएको र समयसमयमा यस्ता तालिम दिइरहने अपेक्षा रहेको बताए।
कृषिले सचेतनाका कार्यलाई प्रभावकारी बनाउन आवश्यक रहेको छ । अधिक उत्पादन गर्ने लक्ष्यले आफैँलाई नै रोगी बनाएको अवस्थामा यस्ता सचेतनाका प्रशिक्षण उपयुक्त र प्रभावकारी रहेको छ । जसलाई तीन तहका सरकारले मध्यनजर गरी प्राथमिकता दिनुपर्ने छ ।
सामाग्री श्रोत :
काठमाडौँ । एप्पलले आफ्नो डेभलपर्स सम्मेलन २०२५ (डब्लूडब्लूडीसी) मा आईफोनका लागि नयाँ अपरेटिङ सिस्टम आईओएस २६ (iOS 26) सार्वजनिक गर्दै मोबाइल प्रविधिमा नयाँ अध्यायको सुरुवात गरेको छ । सोमबार राति भएको सम्मेलनको मुख्य सत्रमा कम्पनीले लिक्विड ग्लास डिजाइनसहित आईओएस संस्करण प्रस्तुत गरेको हो ।
अघिल्लो वर्षसम्म एप्पलले आफ्नो आईओएस संस्करणलाई निरन्तर संख्या अनुसार चिनाउने गर्थ्यो । यसपटक भने नयाँ बजार रणनीति अन्तर्गत आईओएसको संस्करणलाई वर्ष अनुसारको नाम दिने घोषणा भएको छ । त्यसअनुसार सन् २०२५ मा उपलब्ध हुने यो संस्करणलाई आईओएस २०२६ भनिएको छ । यदि परम्परागत हिसाबले नै सार्वजनिक भएको भए यसको नाम आईओएस १९ हुने थियो ।
आईओएस २०२६ प्रयोगकर्ता अनुभव केन्द्रित फिचर र विभिन्न एआई प्रविधिले भरिभराउ भएको कम्पनीको दाबी छ । यसअनुसार इन्टरफेसमा व्यापक परिवर्तन देख्न सकिन्छ ।
नयाँ प्रणालीमा लक स्क्रिनमा देखिने समय (clock) अब स्क्रिनभर फैलिन सक्छ । क्यामेरा एपको डिजाइन सरलीकृत गरी अनावश्यक कन्ट्रोलहरू लुकाइएको छ भने सफारी ब्राउजरमा पेजहरू अब किनारासम्म फैलिनेछन् । त्यस्तै ट्याबहरू कन्टेन्टमाथि तैरिएको अवस्थामा देखिन्छन् ।
फोन एपमा अब कल स्क्रिनिङ फिचर थपिएको छ । यसले प्रयोगकर्ताको सट्टा कल उठाउन, होल्डमा बसेर कुरिरहन सक्नेछ । मेसेज एपमा कस्टमाइज्ड ब्याकग्राउन्ड, पोल क्रिएट, टाइपिङ इन्डिकेटर जस्ता नयाँ सुविधाहरू थपिएका छन् । इमेज प्लेग्राउन्ड (Image Playground) मार्फत आफ्नो तस्बिर वा डिजाइन प्रयोग गरेर पेजव सजाउन सकिनेछ ।
इमोजीलाई अब एक-आपसमा मर्ज गरेर Genmoji बनाउने सुविधा आएको छ । साथै, इमेज प्लेग्राउन्डमा च्याटजीपीटीको सहायतामा तस्बिर बनाउने फिचरसमेत समावेश गरिएको छ ।
नयाँ संस्करणमा एप्पल इन्टेलिजेन्सको शक्तिशाली प्रयोग हुने कम्पनीले उल्लेख गरेको छ । लाइभ ट्रान्सलेसन फिचरमार्फत फोन, फेसटाइम वा मेसेजमा रियल टाइम अनुवाद सम्भव हुनेछ । यो सबै प्रक्रिया डिभाइसमै सम्पन्न हुने भएकोले गोपनीयताको उच्च मापदण्ड कायम रहने कम्पनीको दाबी छ । साथै, डेभलपरहरूले पनि आफ्ना एपहरूमा यो सुविधा समावेश गर्न सक्ने एपीआई पाउनेछन् ।
त्यस्तै, एप्पल म्युजिकमा अब गीतका शब्दहरूको अनुवाद र उच्चारण सुन्न सकिनेछ । ‘AutoMix’ नामक सुविधामार्फत डिजे जस्तै गीत परिवर्तन गर्न सकिनेछ । एप्पल म्याप्सले प्रयोगकर्ताको मन पर्ने बाटो पहिचान गरी ट्राफिक भएमा सूचना दिने सुविधा ल्याएको छ ।
यसैगरी, एप्पल वालेटमा डिजिटल परिचयपत्र बनाउने, बोर्डिङ पासमा इनडोर म्याप हेर्ने तथा एप्पल पे (Apple Pay) मा आफ्नो अर्डर ट्रयाक गर्न सकिने नयाँ फिचर थपिएका छन् ।
अर्कोतर्फ, प्रयोगकर्ताले आफ्नो सम्पूर्ण गेम लाइब्रेरी हेर्न सक्ने, साथीहरूले के खेलिरहेका छन् भन्ने थाहा पाउने र ‘Apple Arcade’ गेमहरूको पहुँच हुने छुट्टै गेम्स एप पनि ल्याइएको छ ।
साथै भिजुअल इन्टेलिजेन्सको माध्यमबाट प्रयोगकर्ताले स्क्रिनमा देखिएको सामग्रीबारे थप जानकारी लिन सक्नेछन् । उदाहरणका लागि, कुनै फोटोमा देखिएको ज्याकेटको स्क्रिनशट लिएर गुगलमार्फत खोज्न सकिनेछ । यस्तै, कुनै इभेन्टको स्क्रिनशट लिएर सिधै क्यालेन्डरमा थप्न सकिने सुविधा उपलब्ध गराइएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ ७:४९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ – अहिले देशका पश्चिम र मध्यभागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । ती प्रदेशलगायत देशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । यसैगरी कर्णाली प्रदेशका उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ