
काठमाडौं– इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०२५ को उत्कृष्ट पाँचको मनोनयनमा पर्न सफल चलचित्रकर्मीहरुलाई प्रमाण पत्र वितरण गरिएको छ ।
आज होटल रेडिसनमा आयोजना भएको बृहत कार्यक्रमका बीच आयोजक संस्थाले सेप्टेम्बर १३ तारिखमा बेलायतको लण्डन शहरमा आयोजना हुने इन्फा अवार्डको उत्कृष्ट प्रतिस्पर्धीहरुलाई प्रमाण पत्र प्रदान गरिएको हो ।
बर्ष २०८१ असार मसान्तपछि प्रदर्शनमा आएका चलचित्रहरु मध्ये जुरी संयोजक गौरी मल्ल, सदस्यद्धय रमेश बुढाथोकी र करुण थापाको निर्णायक मण्डलबाट प्राप्त भएको उत्कृष्ट पाँचको नतिजा निष्पक्ष, पारदर्शी र पूर्णव्यवसायिक रहेको अवार्ड चिफ कोर्डिनेटर मनिष कार्कीले कार्यक्रमका बीच जानकारी दिएका छन् । नेपाली चलचित्रको माध्यमबाट नेपाली कला, साहित्य, भाषा संस्कृतिको प्रवद्र्धन गर्दै नेपाली फिल्म अवार्डको स्तरलाई विश्वमाझ देखाउन सकिने हिसाबले देखाउन इन्फाको दोस्रो संस्करण आयोजना गरिइएको कार्कीले सुनाए ।
यता निर शाह, कृष्ण मल्ल, जीतु नेपाल, दीपाश्री निरौला, नीता ढुंगाना, बर्ष सिवाकोटी, पुष्प खड्का लगायतका चलचित्रकर्मीहरुले इन्फा अवार्ड २०२५ गत संस्करण भन्दा अझ गर्विलो र प्रतिष्ठत हुने विश्वास राखे । मनोनयनमा रहेका कलाकारहरु कलाको सम्मान गर्दै आयोजना हुन लागेको इन्फा अवार्ड आयोजक संस्था प्रति निक्कै कृतज्ञ देखिए । नेपाली चलचित्र क्षेत्रका लागि इन्फा अवार्ड एउटा विश्वशनिय, कलाको सम्मान हुने अवार्डको रुपमा स्थापित गर्दै लैजाने इन्फा नेपालका अध्यक्ष सुनिल श्रेष्ठले प्रतिबद्धता व्यक्त गरेका छन् ।
जुरी संयोजक गोरी मल्लले पत्रकार सम्मेलन माझ इन्फा अवार्डले कलाकारहरु उर्जा थप्ने काम गरिरहेको सुनाईन् । १७ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेपनि इन्फा अवार्ड कूल २६ विद्यामा वितरण गरिनेछ । शर्मिला मल्ललाई लाइफटाइम एचिभमेन्ट अवार्ड सहित जुरी अवार्ड, पपुलर अवार्ड, पर्फमर अफ दि एयर र पब्लिक च्वाईस अवार्ड गरि कूल २६ विद्यामा अवार्ड प्रदान गरिने छन् ।
इन्फा इभेन्टस् युके र इन्फा नेपालको आयोजना र मनु मिडियोको सहकार्यमा सेप्टेम्बर १३(भाद्र २८) मा लण्डनको ग्रिनफोर्ड हल अवार्ड समारोह आयोजना हुनेछ । गतबर्षको कार्यक्रमको छोटो भिडियो र इन्फा इभेन्टस् युकेका सिइओ तथा चिफ कोडिनेटर युकेका उमेश मोक्तान, डाईरेक्टरत्रय टंक भट्टराई, राज पाण्डे र आशिष पन्तको शुभकामना भिडियो समेत प्रशारण गरिएको थियो । यता इन्फा इभेन्टस् युकेका डाईरेक्ट पाल्दने लामा र इन्फा नेपालका कोर्डिनेटर मनोज कुमार केसीले यसबर्षको अवार्ड अझ भब्य, सभ्य रुपमा आयोजना हुने जानकारी दिए ।
उत्कृष्ट पाँचको मनोनयन यसप्रकार छः
१. उत्कृष्ट फिल्म
एञ्जिला– मुन लभ इन्टरटेन्मेन्ट प्रा.लि
छक्का पन्जा ५– आमा सरस्वती मुभिज
कार्साङ– यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्
पूर्ण बहादुरको सारङ्गी– सेभेन सिज सिनेमा
तेल भिसा– वेल डन क्रियसन
२. उत्कृष्ट निर्देशक
अञ्जिला– मिलन चाम्स
छक्का पन्जा ५– दीपाश्री निरौला
कार्साङ– यम शेर्पा
पुर्ण बहादुरको सारङ्गी– सरोज पौडेल
तेल भिसा– शंकर घिमिरे
३. उत्कृष्ट अभिनेता
दयाहाङ राई– कार्साङ्
दीपकराज गिरी– छक्का पन्जा ५
जीतु नेपाल– ज्वाइँ साब
प्रदीप खड्का– पिताम्बर
विजय बराल– पुर्ण बहादुरको सारंगी
४. उत्कृष्ट अभिनेत्री
स्वस्तिमा खड्का–बेहुली फ्रम मेघौली
वर्षा सिवाकोटी– छक्का पन्जा ५
नीता ढुंगाना– ह्रस्व दीर्घ
उपासना सिंह ठकुरी– खुस्मा
मलिका महत– सतिदेवी
५. उत्कृष्ट पटकथा
प्रदीप भारद्धाज, यम थापा र गिरिराज घिमिरे– अञ्जिला
दीपकराज गिरी– छक्का पन्जा ५
यम शेर्पा– कार्साङ
विवेक महर्जन र दिर्घ धामी– आउटलः दफा २१९
महेश दवाडी–पुर्ण बहादुरको सारंगी
६. उत्कृष्ट सम्पादक
मिलन श्रेष्ठ– अञ्जिला
विपिन मल्ल– छक्का पन्जा ५
साहिल खान– आउटलः दफा २१९
बन्दे प्रसाद– पिताम्बर
सुरेन्द्र पौडेल– पुर्ण बहादुरको सारंगी
७. उत्कृष्ट छाँयाकार
नरेन्द्र मैनालीः एक्टर टेक १
हरि हुमागाँई– छक्का पन्जा ५
पुरुषोत्तम प्रधान– कार्साङ
दीपक बज्राचार्य– खुष्मा
पुरुषोत्तम प्रधान– पिताम्बर
८. उत्कृष्ट खलनायक
दिव्य देव– एक्टर टेक वान
प्रमोद अग्रहरि– पिताम्बर
सुमन भण्डारी– आउटलः दफा २१९
कविराज भाम – द्रौपदी
नाजिर हुसेन– देवी
९. उत्कृष्ट सह–अभिनेता
केदार घिमिरे–छक्का पन्जा ५
कामेश्वर चौरासिया– रेशम फिलिली
जितु नेपाल– कार्साङ
सौगात मल्ल– पिताम्बर
मुकुन भुसाल– पुर्ण बहादुरको सारंगी
१०. उत्कृष्ट सह–अभिनेत्री
श्रृजना सुब्बा– अञ्जिला
दिया मास्के– कार्साङ
सुरक्षा पन्त– पिताम्बर
सीता घिमिरे –सानो संसार
ऋचा घिमिरे– तेल भिसा
११. उत्कृष्ट नव–अभिनेता
प्रिन्स थापा– एक्टर
विवेक कर्माचार्य– वर एण्ड वधु
रवि ओड– द्रौपदी
पारस बम ठकुरी– होस्टेल ३
उत्पल झा– सारंग
१२. उत्कृष्ट नव–अभिनेत्री
दिव्या रायमाझी– एक्टर टेक वान
एञ्जिला तुम्बापो सुब्बा– अञ्जिला
सिम्रन खड्का– बेहुली फ्रम मेघौली
श्रृजना निङलेखु– कार्साङ
शिक्षा संग्रौला– आउटलः दफा २१९
१३. उत्कृष्ट द्धन्द निर्देशक
राजु तामाङ– ह्रस्व दीर्घ
चुल्ठे काजी÷श्री श्रेष्ठ –आउटलः दफा २१९
हिमाल केसीः पिताम्बर
श्री श्रेष्ठ – रावायण
सम्राट बस्नेत– ताण्डवम्
१४. उत्कृष्ट नृत्यनिर्देशक
सुनिल क्षेत्री र गम्भीर बिष्ट– छक्का पन्जा ५
प्रदीप लामा– फेरि रेशम फिलिली
सुष्मा सुनाम– ह्रस्व दीर्घ(उठेर नाचिस्यो)
गम्भीर बिष्ट– ज्वाइँ साब( कसम बत्तीको)
सुरेन्द्र राई, सुसन तामाङ र शेखर घर्ती मगर– खुस्मा(रुकुम मैकोट)
कविराज गहतराज– पिताम्बर( म त फ्यान भएँ यार)
१५. उत्कृष्ट पाश्र्व गायक
प्रताप दास– तिमीसँग (वर एण्ड वधु)
विकास लिम्बु– तिमीले माया नमारे (ह्रस्व दीर्घ)
एसडी योगी– रुकुम मैकोट(खुस्मा)
सुरज पण्डित– च्यातिएको चोली (लाज शरणम्)
आशिष अविरल– रैया चाँदीको (पुर्ण बहादुरको सारंगी)
१७. उत्कृष्ट संगीतकार
थानेश्वर गौतम– रात किन हुन्छ हजुर(अञ्जिला)
अर्जुन पोखरेल–तिमी सँग(वर एण्ड वधु)
एसडी योगी– रुकुम मैकोट(खुष्मा)
बसन
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडाैं। काठमाडौं शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्ध स्तूप तथा तीर्थस्थल हो । यो स्तूप संसारकै सबैभन्दा ठूला गोलाकार भएको स्तूपा हो।
तस्बिर : नेपाल न्युज बैंक
सामाग्री श्रोत :
काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता विराजभक्त श्रेष्ठले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं-८ का नागरिकका गुनासा तथा सुझाव व्यवस्थित र प्रभावकारी रूपमा संकलन गर्न डिजिटल दर्ता प्रणाली सुरु गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत आम नागरिकको सहजता र सुविधाका लागि यस प्रणाली सुरु गरिएको सांसद श्रेष्ठले जानकारी दिए ।
“काठमाडौं क्षेत्र नं. ८ का भेटघाट, गुनासा र समस्याहरूलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा सम्बोधन गर्न ‘डिजिटल दर्ता’ प्रक्रिया आजदेखि लागु गरेका छौँ । आम नागरिकको सहजता र सुविधाका लागि सुरु गरिएको यो प्रविधि जनसेवा र उत्तरदायित्त्व प्रतिको हाम्रो सत् प्रयास हो,” श्रेष्ठले लेखेका छन् ।
नागरिकले यो लिंकमा गएर आफ्नो नाम, फोन नम्बर, समस्या र स्थान लगायत विवरण उल्लेख गरेर श्रेष्ठको सचिवालयमा गुनासा दर्ता गराउन सक्नेछन् ।
सांसद श्रेष्ठले यो प्रविधिमार्फत सिधा जनतासँगको सम्पर्क सजिलो हुने विश्वास व्यक्त गर्दै लेखेका छन्, “जनसेवाको भावनालाई समय अनुसार नया प्रविधि र प्रणालीमा रूपान्तरण गर्न सहयोग पुर्याउनु भएका Tshul App का नवप्रवर्तनशील उद्यमीहरूलाई हृदयदेखि धन्यवाद । हाम्रो सामूहिक प्रयासले नै सकारात्मक परिवर्तन सम्भव बनाउँछ ।”
पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ ११:३५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले देशका सवै भू–भागमा बिकास हुने गरि योजना बनाउनुपर्ने बताएका छन्।
सोमबार कांग्रेस पार्टी कार्यालय सानेपमा आयोजित बजेटमा समेटिएका आर्थिक नीति तथा योजनाको समिक्षा बिषयक कार्यक्रममा सभापति देउवाले तुलनात्मक रुपमा पहाडमा बिकास हुन नसकेका कारण बसाईसराई गर्नुपर्ने अवस्था देखिएको भन्दै देशका सवै भूभागमा बिकास हुने गरि योजना बनाउनुपर्ने बताएका हुन्।
सभापति देउवाले जलवायु परिवर्तनका असर सवै भन्दा बढि नेपालमा पर्ने देखिएकोले त्यसको असर न्यूनिकरण गर्न नेपालले सशक्त आवाज उठाउन सक्नुपर्ने समेत बताए। देशको बिकासमा ध्यान दिएर आर्थिक अवस्था सुधार गर्दै अघि बढ्नुपर्ने अहिलको आवश्यकता रहेको उनको भनाइ छ।
सभापति देउवाले युवाहरु विदेश पलाएन हुने अवस्थालाई रोक्नका लागि स्वदेशमा नै अवसरको सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं । इजरायलको विदेश मन्त्रालयले जहाजबाट गाजा यात्रा गरिरहेका फ्रिडम फ्लोटिला गठबन्धनका कार्यकर्ताहरूलाई स्वदेश फिर्ता गर्ने मंगलबार घोषणा गरेको छ ।
इजरायली विदेश मन्त्रालयले आफ्नो एक्स खातामा पोस्ट गरेर यो जानकारी साझा गरेको छ।
उसले लेखेको छ, “‘सेल्फी याट’ का यात्रुहरूलाई उनीहरूको देश पठाउन बेन गुरियन विमानस्थलमा ल्याइएको छ। केही यात्रुहरू आगामी केही घण्टामा इजरायल छोड्न सक्छन्। ‘सेल्फी याट’ का केही यात्रुहरू आगामी केही घण्टामा इजरायल छोड्ने अपेक्षा गरिएको छ।”
इजरायली विदेश मन्त्रालयले स्पष्ट पारेको छ कि यदि फ्रिडम फ्लोटिला गठबन्धनका कुनै पनि कार्यकर्ताले इजरायल छोडेनन् भने उनीहरू विरुद्ध कानुनी कारबाही गरिनेछ।
“इजरायल छोड्न र आवश्यक कागजातहरूमा हस्ताक्षर गर्न अस्वीकार गर्नेहरूलाई उनीहरूको देश निकाला स्वीकृत गर्न कानुनी प्रक्रिया अनुसार अदालतमा ल्याइनेछ। यात्रुहरूलाई विमानस्थलमा उनीहरूको देशका कूटनीतिक अधिकारीहरूले भेट्नेछन्,” उसले लेखेको छ ।
सोमबार, इजरायली सेनाले फ्रिडम फ्लोटिला गठबन्धन (एफएफसी) का कार्यकर्ताहरू बोकेको जहाजलाई रोक्यो। यो जहाज गाजा पट्टीमा मानवीय सहायता बोकेको थियो।
फ्रिडम फ्लोटिला गठबन्धन (एफएफसी) गाजाको इजरायली नाकाबन्दी अन्त्य गर्न काम गर्ने विश्वभरका व्यक्ति र संस्थाहरूको एकता आन्दोलन हो।
सामाग्री श्रोत :
गाजा जाने जहाज रोकेपछि इजरायलले अब सबै कार्यकर्तालाई घर फर्काउने
काठमाडौँ । विद्युत् आपूर्ति अवरुद्ध हुँदा उपभोक्तालाई अनिवार्य एसएमएस पठाउनुपर्ने माग सहित दायर रिटमा अदालतले कारण देखाउ आदेश जारी गरेको छ । कानूनका विद्यार्थी विवेक चौधरीले दायर गरेको रिटमा उच्च अदालत पाटनका न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको एकल इजलासले सोमबार नेपाल विद्युत् प्राधिकरण समेतको नाममा यस्तो आदेश दिएको हो ।
चौधरीले आइतबार रिट निवेदनमा विद्युत् आपूर्ति अवरुद्ध हुने अवस्थामा उपभोक्तालाई एसएमएस वा अन्य प्रभावकारी माध्यमबाट पूर्वसूचना दिन अनिवार्य बनाउन माग गरिएको थियो । रिट निवेदनमा भनिएको थियो छ, “सेवा प्रवाहको पारदर्शिता, उपभोक्ताको विश्वास र मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि विद्युत् सेवा अवरुद्ध हुनु पूर्व वा तत्काल पश्चात् उपभोक्तालाई स्पष्ट जानकारी दिन आवश्यक छ ।”
चौधरीले निवेदनमा संविधानको धारा १४४ बमोजिम परमादेश आदेश जारी गरी एसएमएस प्रणालीमार्फत समयमै सूचना प्रवाह सुनिश्चित गराउन माग गरेका छन् । अदालतले माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण वा प्रमाण भए सो सबुद प्रमाण सहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न प्राधिकरणलाई आदेश दिएको हो ।
पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ ११:४१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ – उपचारपछि निको हुने अन्धोपना निवारण गर्न आँखा स्वास्थ्यसम्बन्धी विश्वस्तरीय ‘डिजिटल’ तालिम सञ्चालनमा ल्याइएको छ । नेपाल नेत्रज्योति सङ्घले अर्विस इन्टरनेसनल भारतको आर्थिक एवं प्राविधिक सहयोगमा विराटनगर आँखा अस्पतालमा नेपालमा पहिलोपटक अन्तरराष्ट्रिय तालिम सञ्चालनमा ल्याएको हो । आँखा स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने ‘क्लिनिकल’, ‘पारामेडिक्स’, व्यवस्थापन तथा प्रशासनिक कर्मचारीलाई तालिम प्रदान गरेर दक्ष जनशक्तिका रूपमा विकसित गर्ने ध्येयले आँखा स्वास्थ्यसम्बन्धी विश्वस्तरीय तालिम परियोजना समेत ती दुई सस्थाले सञ्चालनमा समेत ल्याएका छन् ।
परियोजनाले विशेष गरेर समय, आर्थिक अभाव, भाषा र विदेश गएर तलिम लिन नसक्नेलाई सहयोग पुर्याउने दाबी गरिएको छ । साथै नेपालबाट उपचारपछि निको हुने अन्धोपना निवारण गर्न तालिममार्फत निस्केका जनशक्तिले कोशेढुङ्गाको काम गर्ने विश्वास गरिएको छ ।
तालिम परियोजना सञ्चालन गर्न नेत्रज्योति सङ्घका महासचिव भरतबहादुर चन्द र अर्विस इन्टरनेशनल भारतका निर्देशक डा ऋषिराज बोराहले हालै विराटनगरमा द्विपक्षीय सम्झौैैतापत्रमा हस्ताक्षर गरे । दुई संस्थाका बीचको सहकार्यले नेपालमा आँखा उपचारसम्बन्धी ‘डिजिटल’ तालिम ‘हब’का रुपमा विकसित गर्ने बताइएको छ ।
सङ्घका महासचिव चन्दका अनुसार समय, आर्थिक अभाव, भाषा र विदेश गएर तलिम लिन नसक्नेलाई लक्षित गरी विश्वस्तरीय तालिम सञ्चालनका लागि यो परियोजना सञ्चालन गरिएको हो । उनले भविष्यमा आवश्यकतानुसार विभिन्न देशका विभिन्न भाषामा समेत तालिम सञ्चालन गरिने बताए ।
अर्विस इन्टरनेसनलका निर्देशक डा बोराहले भने, “नेपालले आँखा स्वास्थ्य एवं उपचारका क्षेत्रमा गरेको प्रगति विश्वमै उदाहरणीय छ, अब विश्वस्तरमै सञ्चालन हुने क्षमता अभिवृद्धि तालिम नेपालमा नै सञ्चालनका लागि नेत्रज्योति सङ्घसँगको सहकार्यमा यो परियोजना सञ्चालन हुने छ ।”
तालिममा सहभागी हुनेहरूले भौतिक रूपमा आफैँ उपस्थित भएर वा स्याण्डबीच ब्लेन्डेड लर्निङ एप्रोचबाट आफू कार्यरत जुनसुकै ठाउँबाट मोतियाबिन्दु, ऐन्टेरियर सेगमेन्ट, भिट्रियो रेटिना, जलबिन्दु, अप्ट्रोमेट्री साइन्स, आँखा स्वास्थ्य कार्यक्रम व्यवस्थापन तालिम, वेट ल्याब व्यवस्थापनलगायत अप्थाल्मिक विधामा तालिममा सहभागी हुनसक्ने जनाइएको छ । यसमा हाइ टेक्नोलोजी रिमोट सर्जिकल कीटजस्ता अत्यन्तै अत्याधुनिक प्रविधिको प्रयोग हुने छ ।
अर्विसको साइबर साइट प्रविधिको प्रयोग गरी विभिन्न विधामा सिएमई र अस्पतालमा आधारित ख्यातिप्राप्त विषयविज्ञद्वारा सहजीकरण गरिने तालिम नियमित रूपमा सञ्चालन गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । त्यस्तै यो परियोजनाअन्तर्गत सञ्चालन हुने तालिममा नेपालका सम्पूर्ण आँखा अस्पताल, मेडिकल कलेज, निजी आँखा अस्पताल, स्वास्थ सेवा प्रतिष्ठान, सरकारी स्वास्थ्य संस्थामा कार्यरत जनशक्तिका साथै विश्वकै विभिन्न स्वास्थ्य संस्थाका जनशक्ति पनि सहभागी हुन सक्नेछन् ।
सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार परियोजना सञ्चालनका लागि हाललाई विराटनगर आँखा अस्पतालमा तालिम सञ्चालनका लागि आवश्यक सिमुलेटर, वेट ल्याब र रिमोट सर्जिकल कीटलगायत स्टेट अफ आर्ट फ्यासिलिटी तहको भौतिक संरचना तयार भई तालिम सञ्चालन भएको छ । उनले विस्तारै भैरहवाको श्री रणअम्बिका शाह आँखा अस्पतालमा यो परियोजना विस्तार हुने जानकारी दिए ।
यो परियोजनाले नेपालमा मात्र नभई विश्वमा नै उपचारपछि निको हुने अन्धोपना निवारण गर्न कोशेढुङ्गाा सावित हुने अपेक्षा राखिएको छ । लहान आँखा तथा कान स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक सुधीर ठाकुरले नेपालमा नै पहिलोपटक परियोजनामार्फत यस प्रकारको विश्वस्तरीय तालिम सञ्चालन गरिने बताए ।
सङ्घका कार्यक्रम व्यस्थापक रञ्जन शाहका अनुसार हाललाई नेपालका जनशक्तिलाई लक्षित गरी तालिम सञ्चालन गरिने छ भने अर्को वर्षदेखि अन्य देशका जनशक्तिका लागि पनि खुला गरिने छ । परियोजनाअन्तर्गत प्रकृति हेरी एकहप्ते, एकमहिने, तीनमहिने, एकवर्षे र दुईवर्षे तालिम सञ्चालन हुनेछन् ।
स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा सङ्घका २८ आँखा अस्पताल, दुई सय २४ उपचार केन्द्र र ४४ जिल्ला शाखा सञ्जालमार्फत नेपाली तथा अन्य विभिन्न देशका नागरिक गरी चार करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीलाई सेवा प्रवाह गरिसकेको छभने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
छोरी निर्मला पन्तका हत्यारा अहिलेसम्म पत्ता लागेको छैन। पत्ता लगाएको भए त धेरै कुरा थाहा हुन्थ्योहोला। तर खोइ केही थाहा छैन।
अब अनुसन्धान गर्छन् या गर्दैैनन् त्यो पनि थाहा छैन। हिजोआज त यता आएर कसैले पनि सोधपुछ गरेका छैनन्। मलाई अब आशै मरिसक्यो। अहिलेसम्म कसैले पत्ता लगाएनन् र लगाउँछन् जस्तो पनि लाग्दैन। पहिले अर्थात् एकदुई वर्ष अगाडि त प्रहरीहरु आउँदै खोजी गर्दैछौं भन्थे। अहिले चाहिँ आएका नि छैनन्। पत्ता लगाउँदैनन् जस्तो लाग्छ। आशा मरिसक्यो।
कानुन पनि यस्तै रहेछ। गर्छु भन्दाभन्दै धेरै वर्ष वितिसक्यो। हिजोआज त अपराधी पत्ता लगाउन खोजी गरेको जस्तो नै लाग्दैन्। त्यसैले धेरै आशा गर्ने ठाउँ छैन। धेरैतिरको दबाबपछि तत्काल सरकारले केही राहत दिएको थियो। पहिले नै सरकारले राहत दिएको हो। त्यही मात्रै हो, अहिले पाएको छैन।
अहिले स्वास्थ्य कार्यालय सहयोगीका रुपमा काम गरिरहेको छु। दिन काट्ने बाटो गरिरहेको छु। आफ्नो जीवन चलाउनलाई अरु केही काम छैन। के गर्नु सानोतिनो काम गर्नैपर्यो। घट्ना भयो, माहोल बिग्रियो। एकदमै समस्या भयो। अनि सानो जागिर लगाइदिनु भनेका थियौं। त्यसपछि २०७६ सालदेखि काम गरिरहेको छु।
अझैपनि अपराधी पत्ता लगाइदिनुहोस् भनिरहेकी छु। तपाईहरुले अनुसन्धानकर्ताहरुलाई पनि सोधिदिनुहोला र कारबाही गराइदिनुहोला। घटना भइहाल्यो छोरी त फर्केर आउँदिनन् तर पनि अपराधीलाई सजाय मिल्यो भने अलि सन्तुष्टि हुने थियो।
(निर्मला पन्तकी आमा दुर्गादेवीसँगकुराकानीमा आधारित)
सामाग्री श्रोत :
काठमाडौँ । टिकटकमा १६ करोडभन्दा बढी फलोअर भएका चर्चित स्टार खाबी लेमलाई अमेरिकाबाट निकालिएको छ । अमेरिकाको अध्यागमन तथा भिसा नियम उल्लंघन गरेको भन्दै उनलाई यूएस इमिग्रेसन एन्ड कस्टम्स इनफोर्समेन्ट (आईसीई) ले हिरासतमा लिएर देश निकाला गरेको हो ।
२५ वर्षीय खाबी लेमलाई जुन ६ मा लस भेगासस्थित ह्यारी रिड अन्तर्राष्ट्रिय विमानस्थलबाट हिरासतमा लिइएको अमेरिकी अधिकारीहरूले बताएका छन् । उनी ३० अप्रिलमा अमेरिका प्रवेश गरेका थिए । तर आफ्नो भिसाको समयसीमा नाघेपछि पनि अमेरिकामै बसेपछि आईसीईले उनलाई ६ जुनमा नियन्त्रणमा लिएको थियो ।
आईसीईको आधिकारिक वक्तव्यअनुसार, लेमलाई स्वेच्छिक रूपमा अमेरिका छोड्न भनिएकोमा त्यसै दिन बाहिरिएका थिए । यद्यपि, डिपोर्टेसनको घटनापछि पनि खाबीले सामाजिक सञ्जालमा नियमित रूपमा सामग्री पोस्ट गरिरहेका छन् । ७ जुनमा उनको नयाँ भिडिओ टिकटकमा देखिएको थियो भने इन्स्टाग्राम स्टोरीमा भेनिस बिच जस्तो देखिने दृश्य देखिएको थियो ।यसले उनका फ्यानहरूबिच अन्योल निम्तिएको छ ।
खाबीको नाम अमेरिकी अध्यागमन प्रणालीको डेटाबेसबाट पनि हटाइएको छ । यो प्रकरण राष्ट्रपति डोनल्ड ट्रम्पको पुनः कार्यकाल सुरु भएपछि कडा गरिएको अध्यागमन नीतिसँग जोडिएको देखिएको छ । ट्रम्प प्रशासनले पुनः कडाइका साथ अध्यागमन नीति लागु गर्दा हजारौं व्यक्तिले अमेरिका छोड्नुपरेको छ ।
🚨BREAKING: President Trump’s ICE just officially arrested far-left TikToker, Khaby Lame, whom I reported as an illegal alien.
According to the official DHS website, he’s currently being held at the Henderson Detention Center and is in ICE CUSTODY. pic.twitter.com/5aBzlndlH0
— Bo Loudon (@BoLoudon) June 6, 2025
सेनेगलमा जन्मिएका र इटालीमा हुर्केका लेम सन् २०२२ मा इटालीका नागरिक बनेका थिए । सन् २०२० मा कोरोना महामारीको सुरुवातमा कारखानाबाट निकालिएपछि उनले टिकटक यात्रा सुरु गरेका थिए । शब्दविनाको कमेडीसहितका भिडिओबाट उनी रातारात चर्चित बनेका थिए ।
यो पनि पढ्नुहोस्: कारखाना मजदुर खाबी लेम यसरी रातारात बने टिकटक स्टार
पछिल्लो अध्यावधिक: जेठ २७, २०८२ १०:५९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ –नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँ रहेको सुनको मूल्य मंगलबार ६०० रुपैयाँले घटेर एक लाख ९० हजार रुपैयाँमा कारोवार भइरहेको छ ।
यसैगरी, चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । सोमबार प्रतितोला दुई हजार १५० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँले बढेर दुई हजार १६५ रुपैयाँ पुगेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ