२०८२ भाद्र २६ बिहीबार
२०८२ भाद्र २६ बिहीबार

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पताल तथा मातहतका निकायमा सरुवा भए पनि हाजिर नगराइएका कर्मचारीलाई तीन दिनभित्र हाजिर नगराए कारबाही गर्ने चेतावनी दिएको छ।

सरुवा भए पनि कर्मचारीहरुलाई हाजिर नगराइएको तथा काजमा लामो समय कार्यरत रहेको गुनासो पछि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले यसलाई रोक्न तीन दिनभित्र हाजिर गराउने व्यवस्था गर्न अधिकारीहरुलाई भनेका थिए।

लगत्तै मन्त्रालयको कर्मचारी प्रशासन शाखाले संघीय अस्पताल तथा मातहतका कार्यालयमा पत्र पठाउँदै तीन दिनभित्र कर्मचारीहरुलाई हाजिर नगराए विभागीय कारबाही तथा सेवा सुविधा वागतको रकम असुलउपर गर्ने सचिवस्तरीय निर्णयको ब्यहोरासहितको पत्र पठाएको हो।

स्वास्थ्य सेवामा आफ्नो दरबन्दी भन्दा बाहिर काजमा बस्ने प्रवृत्ति धेरै रहेको र यसकै कारण सरुवा भएकालाई समेत हाजिर गराउन नसकिएको गुनासो सुनिने गरेको थियो। सोही गुनासो सम्बोधन गर्न मन्त्रालयले कडा चेतावनीसहितको पत्र पठाएको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले अटेर गरेमा विभागीय कारबाही गरिने बताए।


सामाग्री श्रोत :

तीन दिनभित्र सरुवा कर्मचारीको हाजिर गराएर काज फिर्ता नगरे स्वास्थ्य मन्त्रालयले कारबाही गर्ने

काठमाडौँ । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सविना मास्के प्रधानले पाएकी छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रीस्तरको निर्णयअनुसार बुधबार मास्केलाई उक्त जिम्मेवारी दिएको हो ।

बिलिङ प्रणाली खरिद प्रक्रियामा भ्रष्टाचार मुद्दा दायर भएपछि प्रबन्ध निर्देशक संगीता पहाडी स्वतः निलम्बनमा परेकी छन् । योसँगै प्रमुख प्राविधिक अधिकृतको रूपमा कार्यरत मास्केलाई टेलिकमको निमित्त प्रबन्ध निर्देशकको रूपमा कामकाज गर्ने जिम्मेवारी दिइएको हो ।

सो अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, *सचिव राधिका अर्यालसहित मन्त्रालय र टेलिकमका अधिकारीहरूको उपस्थिति थियो । 

नवनियुक्त निमित्त प्रबन्ध निर्देशक मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बीई अध्ययन सकेकी हुन्  । उनले २०४९ साल माघ २५ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी रूपमा सेवा गरेकी थिइन् भने २०५१ साल फागुन १० गते स्थायी नियुक्ति पाएकी थिइन् । त्यसयता विभिन्न जिम्मेवारीमा रहेकी मास्के ०७८ माघ १८ गते कम्पनीको नायब प्रबन्ध निर्देशकमा नियुक्त भइन् ।

निमित्त प्रबन्ध निर्देशकको पदभार ग्रहण गर्दै मास्केले विषम परिस्थितिमा आफूलाई नेपाल सरकार तथा मन्त्रालयले दिएको जिम्मेवारीलाई सबैको साथ र सहयोगमा पूर्ण रूपले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् । साथै, उनले कम्पनीको प्रगति र सेवा प्रवाहमा अझ सशक्त रूपमा अगाडि बढ्ने दृढता व्यक्त गरिन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार पहाडी र पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल लगायत १८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले उनीहरू विरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो दाबी गरेको छ । यसअघिका बहालवाला प्रबन्ध निर्देशक पौडेल पनि भ्रष्टाचार मुद्दामा तानिएपछि एक वर्ष रिक्त रहन पुगेको सो पदमा गएको २० भदौ २०८० मा पहाडीले नियुक्ति पाएकी थिइन् ।

(*समाचारमा सचिव राधिका अर्याल हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । स.)

पछिल्लो अध्यावधिक: जेठ २८, २०८२ १७:३७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ– सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ। 

नक्साल भाटभटेनी स्थित अम्रपाली ब्यांक्वेट नजिकै उनको घरमा सादा पोसाकका प्रहरी खटिएका हुन्। 

उनीहरूलाई साइबर ब्युरोबाट परिचालन गरिएको ब्युरोका एक जना अधिकृतले बताएका छन्।

पाठकविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। उनी विरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा जाहेरी दर्ता भएको ब्युरोका एक जना अधिकृतले बताए।

कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको भन्दै पाठकले आफ्नो युट्युब च्यानलमा टफ टकमा ‘टफ एक्स्प्लेनर’ सामग्री प्रसारण गरेका थिए। त्यसबारे उनी विरुद्ध साइबर अपराध गरेको उजुरी परेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले राज्यले विवेक गुमाउने हो कि भन्ने आशंका हुन थालेको बताएका छन्।

समाचारकै विषयलाई लिएर जिल्ला अदालत काठमाण्डौले पत्रकार दिलभूषण पाठकलाई पक्राउ पूर्जी जारी गरेपछि उनले उक्त टिप्पणी गरेका हुन्।

बस्नेतले उक्त आदेश प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यता र नेपालको संविधान २०७२ ले गरेको व्यवस्था र मर्मविपरित भएको बताएका छन्।

भ्रष्टाचार र अनियमितताका विषय बाहिरिदा राज्य असहिष्णु हुनुपर्ने कारण नहुने भन्दै राज्यको चरित्रप्रति उनले कटाक्ष गरेका छन्।


सामाग्री श्रोत :

राज्यले विवेक गुमाउन लागेको हो कि भन्ने आशंका हुन थाल्यो : पूर्ण बस्नेत

काठमाडौँ । सत्तारूढ दुई ठुला दल नेपाली काँग्रेस र एमाले निकट पत्रकारहरूका सङ्गठनले पत्रकार दिलभुषण पाठक विरुद्ध जारी पक्राउ पुर्जी फिर्ता लिन माग गरेका छन् । बुधबार छुट्‍टाछुट्‍टै विज्ञप्ति जारी गर्दै नेपाल प्रेस युनियन र प्रेस चौतारीले सम्बद्ध पक्षसँग यस्तो आग्रह गरेका हुन् ।

काँग्रेस निकट प्रेस युनियनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ पुर्जी जारी भएको घटनाले सञ्चार क्षेत्रलाई त्रसित र चिन्तित बनाएको उल्लेख गरेको छ । “समाचार चित्त नबुझे प्रेस काउन्सिल नेपाल जान सक्ने कानुनी व्यवस्था हुँदाहुँदै पत्रकारिता क्षेत्रलाई नियमन गर्ने कानुन अनुसार नभई विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार पत्रकारलाई मुद्‍दा चलाउने कार्य घोर आपत्तिजनक छ,” विज्ञप्तिमा प्रेस युनियनले भनेको छ । त्रुटिहरूलाई सच्याउन र स्वतन्त्र प्रेसको मूल्य, मान्यतालाई आत्मसाथ गर्न युनियनले सबै पक्षलाई आग्रह समेत गरेको छ ।

त्यस्तै नेपालको संविधानमै पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरिएको उल्लेख गर्दै एमाले निकट प्रेस चौतारीले पत्रकार पाठकमाथि पक्राउ पुर्जी जारी हुनुलाई गम्भीरतापूर्वक लिएको छ । “प्रकाशित वा प्रसारित सामग्रीमा असन्तुष्टि वा विवाद उत्पन्न भएको अवस्थामा त्यसको प्रारम्भिक निरूपण र मूल्याङ्कन गर्ने संवैधानिक तथा कानुनी अधिकार प्रेस काउन्सिल नेपालमा निहित छ,” विज्ञप्तिमा भनिएको छ ।

अदालतले प्रारम्भिक आदेशको पुनरावलोकन गर्दै संविधान र विधिको मर्म अनुरूप सुधार गर्ने र नेपाल प्रहरीको साइबर ब्युरोले पनि पत्रकार पाठकमाथि जारी गरेको पक्राउ पुर्जी तत्काल खारेज गरी प्रेस स्वतन्त्रताप्रति प्रतिबद्धता दर्साउने आशा व्यक्त गरेको छ । 

पछिल्लो अध्यावधिक: जेठ २८, २०८२ १६:३३





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको भन्दै परियारसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

परियार हाल सूचना तथा प्रशारण विभागको महानिर्देशक छन्।

 


 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । ज्या पुन्हीका अवसरमा पाटन दरबार स्क्वायरस्थित कृष्ण मन्दिरअगाडि राजा श्रीनिवास मल्लको सिंहासन सर्वसाधारणको अवलोकनका लागि राखिएको छ।

श्रीनिवासको शाही सिंहासन हरेक वर्ष आजको दिन पाटनको मंगलबजारस्थित सङ्ग्रहालयबाट निकालेर कृष्ण मन्दिरअगाडि सर्वसाधारणको अवलोकनका लागि राख्ने गरिएको केशव नारायण मन्दिरका सहायक पुजारी शिव शर्माले जानकारी दिए।

उनले भने, ‘आज जेष्ठ पूर्णिमाको दिन चाँही मणिकेशव नारायणको वार्षिक स्थापना गरेको दिन हो। वार्षिक स्थापना गरेको दिवस मानेर होम गर्छौ। श्रीनिवासको शाही सिंहासन हरेक वर्ष आजको दिन पाटनको मंगलबजारस्थित सङ्ग्रहालयबाट निकालेर कृष्ण मन्दिरअगाडि सर्वसाधारणको अवलोकनका लागि राख्ने गरेको छ।’

उनको अनुसार आजको दिन राजा सिद्धि नरसिंह मल्लद्वारा रचना गरिएका ३२ ओटा भजनहरू वर्षमा एक पटक मात्र सार्वजनिक रूपमा देखाइन्छ।


सामाग्री श्रोत :
https://www.dcnepal.com/2025/06/666445/

काठमाडौँ । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचार तत्काल हटाउन जिल्ला अदालतले दिएको अल्पकालीन अन्तरिम आदेशलाई प्रेस स्वतन्त्रताविपरीत ठहर गरेको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै महासंघले अदालतको उक्त निर्णयमा आफ्नो प्रतिक्रिया दिएको हो ।

काठमाडौँ जिल्ला अदालतले मंगलबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको मुद्दामा नेपालखबर डटकम र बिजमाण्डु डटकमलाई उनीसँग सम्बन्धित समाचार हटाउन र यस विषयमा थप सामग्री प्रकाशन नगर्न आदेश दिएको थियो ।

अदालतको उक्त आदेश प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमप्रति कारबाही गर्न पाउने संवैधानिक अधिकारमाथिको हस्तक्षेप भएको पत्रकार महासंघको जिकिर छ । साथै, प्रेस स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय मान्यता, नेपालको संविधान २०७२ को मर्म र व्यवस्था विपरीत रहेको महासंघले ठहर गरेको छ ।

संविधानले प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूत गरेको भन्दै महासंघले प्रेस स्वतन्त्रताको यो संवैधानिक व्यवस्थालाई कुनै पनि निकायको आदेशले सीमित गर्न नसक्ने स्पष्ट पारेको छ ।

“लोकतान्त्रिकमा न्यायालयको निर्णय पालना हुनुपर्छ भन्ने महासंघ दृढ छ र सम्मान समेत गर्दछ । तर, अदालतको यो आदेश नेपालको संविधानका व्यवस्था र मर्म, प्रेस स्वतन्त्रताको प्रचलित मान्यता र अभ्यासविपरीत भएकाले यसप्रति महासंघ आपत्ति प्रकट गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

महासंघले आदेशप्रति पुनर्विचार गर्न आग्रह गर्दै अन्यथा त्यसका विरुद्ध अदालती प्रक्रिया तथा अन्य गतिविधि गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ २८, २०८२ १५:२५





सामाग्री श्रोत :
टेक पाना

वीरगञ्ज– सडक अनुशासन पालना तथा सवारी दुर्घटना न्यूनिकरणका लागी ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८२- ट्राफिक सप्ताह समापन कार्यक्रम आज समापन भएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा एक सातासम्म सञ्चालित “सडक अनुशासन पालना तथा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो।

कार्यक्रमको समापन विशेष समारोहका साथ सम्पन्न भएको छ।

उक्त कार्यक्रम मा विभिन्न विशिष्ट अतिथि, जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी, संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र विद्यालयका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

समापन कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह प्रमुख अतिथिका रूपमा सम्पन कार्यक्रम मा विशिस्ट अतिथि को रुप मा  बिरगंज महानगर पालिका का उप प्रमुख  ईम्तियाज आलम, श्री जंगका बिरगंज का  प्रमुख निराजन कटुवा, निमित्त प्रमुख जिल्ला अधिकारी सुमन कार्की, नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जारा, उद्योग वाणिज्य संघ वीरगञ्ज अध्यक्ष हरी गौतम, प्याब्सन पर्सा अध्यक्ष सरोज चौधरी, शस्त्र प्रहरी बल १३ नं गणका प्रमुख एसपी राधेश्याम धिमाल, ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगर अध्यक्ष जयप्रकाश खेतान, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई, महानगर प्रशासकीय अधिकृत अर्बिन्दलाल कर्ण, वडा अध्यक्ष जवाहर गुप्ता, डीएसपी किशोर लम्साल, शिक्षा महाशाखा प्रमुख आनन्द लामिछाने, र वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी प्रमुख निरोज चौलागाईं लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। 

मन्तव्य को क्रम मा बिरगंज महानगर पालिका का प्रमुख कार्यक्रम का प्रमुख अतिथि  राजेशमान सिंह ले सडक मा भइरहेको दिनहु दुर्घटना लाई न्यूनीकरण गर्न को लागि ट्राफिक सप्ताह कार्यक्रम ले मानिसहरु लाई जनचेतना गराउन गरेको कार्य् सहरानिय कार्य हो यस्ता कार्यक्रम गर्न को लागि हामी हतोमालो गरे र अगाडि बढने प्रतिबद्धता गरे। 

त्यसै गरि आफ्नो मन्तव्य को क्रम मा उप प्रमुख आलम ले भने सप्ताहको समापनमा अतिथिहरुले ट्राफिक प्रहरीले सडक सुरक्षा तथा जनचेतनाको क्षेत्रमा देखाएको सक्रिय प्रयासको प्रशंसा गर्दै, यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

सुरक्षित यात्राका लागि जनचेतना अनिवार्य भन्ने सन्देशसहित सम्पन्न भएको ट्राफिक सप्ताहले सडकमा अनुशासन र सुरक्षा प्रवर्धनमा टेवा पुर्‍याउने विश्वास लिइएको छु भने।

कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले गरेका थिए भने स्वागत मन्तव्य जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्र.ना.नि. लोकराज भट्टले दिएका थिए। कार्यक्रमको सञ्चालन वरिष्ठ सई गुणनिधि खकुरेलले गरेका थिए।

ट्राफिक सप्ताहभरि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएका थिए, जसमा ट्राफिक नियम सम्बन्धी सचेतना र्‍याली, विद्यालयस्तरीय अन्तरक्रिया कार्यक्रम, पर्चा तथा पोस्टर वितरण, मोटरसाइकल चालकलाई हेल्मेट वितरण, सवारी साधन चेकजाँच जस्ता कार्यक्रमहरू रहेका थिए। उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाबले जानकारी दिए।

कार्यक्रममा वीरगञ्जका विभिन्न विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।सञ्चारकर्मीहरूको उपस्थिति र समाचार संप्रेषणले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । गत हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्बपति व्यवसायी एलन मस्कबीच वाकयुद्ध सुरु भयो। यसैबीच एलन मस्कले एक्समा पोस्ट गर्दै माफी मागेका छन्। मस्कले भने ‘म गत हप्ताका मेरा केही पोस्टहरूको लागि माफी चाहन्छु, किनकि यो बढी भएको थियो।’

एलन मस्क र ट्रम्प बीचको विवाद त्यतिबेला गहिरो भयो जब मस्कले सरकार दक्षता विभागको प्रमुख पदबाट राजीनामा दिए। यसपछि मस्कले ट्रम्पको खर्च र कर कटौती विधेयकको कडा आलोचना गरे ।

यति मात्र होइन मस्कले ट्रम्पको महाभियोगको समर्थन गर्दै एक्समा पोस्ट गरेका थिए, यद्यपि उनले पछि त्यो पोस्ट मेटाए। यो मुद्दा यति बढेको थियो कि एलनले जेफ्री एपस्टाइनसँग ट्रम्पको पुरानो सम्बन्धको पनि उल्लेख गरे, जसलाई ट्रम्पले पुरानो र झूटो मुद्दा भने।

एलन मस्कसँगको विवाद बेपछि ट्रम्पले मस्कका कम्पनीहरू, विशेष गरी स्पेसएक्ससँगको सरकारी सम्झौता र अनुदान समाप्त गर्ने बारेमा विचार गर्न सक्ने खुलेआम धम्की दिए । ट्रम्पले भने ‘मलाई लाग्छ एलन धेरै दुःखी र निराश महसुस गरिरहेका छन्।’ एनबीसी न्यूजसँगको टेलिफोन अन्तर्वार्तामा ट्रम्पले भनेका थिए ‘मलाई लाग्छ हाम्रो सम्बन्ध अब समाप्त भइसकेको छ।’

 


सामाग्री श्रोत :

एलन मस्कले डोनाल्ड ट्रम्पसँग माफी मागे

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट