
तेहरान। इरानले द्वन्द्व भड्किए उक्त क्षेत्रमा रहेको अमेरिकी सैन्य अखडालाई निशाना बनाउने चेतावनी दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौतामा पुग्नेमा आफू ‘कम विश्वस्त’ रहेको बताएका छन्।
ट्रम्पले आफ्नो पहिलो कार्यकालमा (सन् २०१८) मा त्यागेको इरान र विश्वका शक्ति राष्ट्रहरूबीच भएको सन् २०१५ को सम्झौतालाई प्रतिस्थापन गर्ने नयाँ आणविक सम्झौताका लागि गत अप्रिलदेखि तेहरान र वासिङ्टनबीच पाँच चरणको वार्ता भएको छ।
गत जनवरीमा सत्तामा फर्केपछि ट्रम्पले तेहरानमाथि आफ्नो ‘अधिकतम दबाब’ अभियानलाई पुनर्जीवित गर्दै आणविक कूटनीतिलाई समर्थन गरेका छन् तर असफल भएमा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्।
इरानका रक्षामन्त्री अजीज नासिर जादेहले वार्ता असफल भएमा अमेरिकी सैन्य कारबाहीको चेतावनीको जवाफमा भने, ‘उसका सबै आधारहरू हाम्रो पहुँचभित्र छन्, हामीसँग तीसम्म पहुँच छ, र बिना कुनै हिचकिचाहट हामी अमेरिकाले सेल्टर बनाइ बसेका देशहरूमा रहेका सबै आधार शिबिरलाई निशाना बनाउनेछौँ।’
‘भगवानको कृपाका कारण विवाद त्यो बिन्दुमा पुग्ने छैनन् र वार्ता सफल हुनेछ’, उनले भने, ‘यदि अमेरिकी पक्ष द्वन्द्वमा आयो भने थप क्षति बेहोर्नुपर्नेछ।’
संयुक्त राज्य अमेरिकाको मध्यपूर्वमा धेरै सैन्य अखडा छन् र सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा कतारमा छ।
इरान र संयुक्त राज्य अमेरिकाबीच हालै इरानको युरेनियम संवद्र्धनलाई लिएर कूटनीतिक गतिरोध उत्पन्न भएको छ, तेहरानले यसलाई ‘सम्झौता गर्न नसकिने’ अधिकारको रूपमा बचाउ गरेको छ र वासिङ्टनले यसलाई ‘सक्झौताका लागि अन्तिम सीमा’ को रूपमा बताएको छ।
ट्रम्पले गत महिना खाडी भ्रमणका क्रममा सम्झौताको नजिक पुगेको भन्दै वार्ताप्रति वासिङ्टन आशावादी रहेको बताएका थिए तर बुधबार प्रकाशित एक अन्तरवार्तामा ट्रम्पले तेहरानलाई युरेनियम संवद्र्धन गर्नबाट रोक्न सकिन्छ कि भन्ने प्रश्नको जवाफमा अमेरिका र इरानबीच सम्झौता हुनेमा आफू ‘कम विश्वस्त’ रहेको बताएका छन्।
सामाग्री श्रोत :
द्वन्द्व भड्किए अमेरिकी सैन्य अखडालाई निशाना बनाउने इरानको चेतावनी
कञ्चनपुर। भारतबाट फर्कने व्यक्तिहरूमा कोरोनाको संक्रमण देखापर्न थालेपछि सुदूरपश्चिमका सीमानाकामा रहेका ‘हेल्थ डेस्क’ मा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ।
भारतसँग सीमा जोडिएका प्रदेशका चारवटा क्षेत्रमा हेल्थ डेस्कमार्फत शंकास्पद बिरामीको ‘एन्टिजेन’ परीक्षणको व्यवस्था गरिएको सुदूरपश्चिम प्रदेश प्रादेशिक आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले जानकारी दिए।
उनका अनुसार कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफण्टा, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट सीमानाकामा रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरूले कोरोनाका शंकास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षणको कार्य गरिरहेका छन्। ‘कोरोना परीक्षणका लागि प्रयोग हुने किट चारवटै हेल्थ डेस्कमा पुर्याई परीक्षण कार्य भइरहेको छ’, जोशीले भने, ‘किटको आपूर्ति थोरै मात्रामा भएकाले आवागमनलाई मध्यनजर गरी प्राथमिकताका आधारमा उपलब्ध गराएका छौँ।’
हाल जुलाघाटलाई ५५, पुलघाटलाई २५, गड्डाचौकीलाई १०० र गौरिफण्टा हेल्थ डेस्कलाई १५० किट उपलब्ध गराइएका छन्। सीमानाकामा भारतबाट खेतीपातीका लागि फर्कनेहरूको सङ्ख्या बढ्दै गएकाले थप किट आपूर्ति गरिदिनका लागि सम्बन्धित विभागमा पत्राचार गरिएको सूचना अधिकारीले जानकारी दिए। उच्च शंकास्पद बिरामीको पहिचान गरी एन्टिजेन परीक्षण गर्ने व्यवस्था गरिएको उनले बताए।
भारतमा कोरोना संक्रमितको सङ्ख्या बढ्न थालेपछि सीमानाकामा रहेका हेल्थ डेस्कलाई सक्रिय पारिएको हो। यही जेठ २१ गते गौरिफण्टा सीमानाकाबाट भित्रिने यात्रुको कोरोना परीक्षणको कार्य सुरु गरिएको थियो भने जेठ २७ गतेदेखि थप तीनवटा सीमानाकामा जाँचको व्यवस्था गरिएको छ। यही जेठ २१ देखि २८ गतेसम्म सीमानाका भएर फर्कने १६ जनाको एन्टिजेनको नतिजा पोजेटिभ आएको छ।
गड्डाचौकी हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी विशाल भट्टले यात्रुको चापअनुसार किटको सङ्ख्या थोरै रहेको छ। ‘शंकास्पद बिरामीको कोरोना जाँच कार्य भइरहेको छ’, उनले भने, ‘हेल्थ डेस्कमा पुनः कोरोना चेकजाँचको कार्य भएयता एन्टिजेनको नतिजा नेगेटिभ रहेको छ।’
सीमानाकामा सञ्चालित डेस्कमा सातजना कर्मचारी कार्यरत रहेका छन्।
सामाग्री श्रोत :
काठमाडौं– संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा निर्णय सुनाउन मिति सरेको छ ।
सर्वोच्चका प्रवक्ता सह-रजिस्ट्रार अच्युत कुइँकेलका अनुसार न्यायाधीशहरू छलफलमै रहेकाले निर्णय सुनाउने मिति सरेको हो ।
निर्णय सुनाउने अर्को मिति असार १८ गते तोकिएको छ । बुधबार उक्त रिटमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेको संवैधानिक इजलासमा पेसी चढेको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
कास्की। विभागीय टोली नेपाल पुलिस क्लब र न्यु डायमण्ड स्पोर्टस् क्लब पोखरामा जारी ‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
पोखरा रंगशालाको कभर्डहलमा आज सम्पन्न खेलमा दुवै टोलीले जित हासिल गर्दै अन्तिम चारमा यात्रा तय गरेका हुन्।
समूह ‘ए’ को दोस्रो खेलमा पुलिसले स्टेप रामपुरलाई र अर्को खेलमा न्यु डायमण्डले घरेलु टिम गण्डकीलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरे।
पुलिसले स्टेप रामपुरलाई २५–७, २५–९ र २५–९ को सहज जित दर्ता गरी समूह ‘ए’ को विजेता बनेको हो। पुलिसले मंगलबार भएको उद्घाटन खेलमा अर्को विभागीय टोली एपिएफ क्लबलाई ३–० ले पराजित गरेको थियो।
यसैगरी आजको दोस्रो खेलमा न्यु डायमण्डले नेपाली टिमकी कप्तान अरुणा शाहीकै कप्तानीमा नयाँ खेलाडीहरु लिएर मैदानमा उत्रिएको गण्डकीलाई पराजित गरेको छ। राष्ट्रिय खेलाडीले भरिएको डायमण्डले गण्डकीलाई २५–८, २५–१० र २५–१२ को सोझो सेटमा पन्छाएको हो।
यसैगरी बिहीबार लिग चरणका दुई खेल हुने भएको छ। पहिलो खेल दिउँसो ३ः०० बजे एपिएफविरुद्ध स्टेप रामपुर र अर्को खेल ५ः०० बजे गण्डकीविरुद्ध एभरेष्ट भलिबल क्लबबीच खेल हुने भएको नेशनल स्पोर्टस् एकेडेमीका अध्यक्ष दीपक कोइरालाले बताए।
यही जेठ ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको च्याम्पियन टोलीले रु छ लाख, उपविजेताले रु तीन लाख, र तेस्रो हुने टिमले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन्।
यसैगरी उत्कृष्ट खेलाडीले रु २० हजार तथा विभिन्न विधागत उत्कृष्ट खेलाडीले जनही रु १० हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
सामाग्री श्रोत :
‘प्रचण्ड कप’ राष्ट्रिय महिला भलिबल: पुलिस र न्यु डायमण्ड सेमिफाइनलमा
काठमाडौँ । क्रस बोर्डर क्यूआर अक्वायरिङतर्फ विदेशीहरूले अहिलेसम्म एक अर्ब ८१ करोड ५० लाख रुपैयाँ बराबरको भुक्तानी गरेका छन् । नेपाल राष्ट्र बैँकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा भारतको यूपीआई र चीनका अली पे तथा विच्याट मार्फत सो परिमाणमा क्यूआर भुक्तानी प्राप्त भएको हो ।
राष्ट्र बैँकले गत असोजदेखि अन्तरदेशीय क्यूआर भुक्तानीको तथ्याङ्क प्रतिवेदनमा समावेश गर्न थालेको थियो । राष्ट्र बैँकको तथ्याङ्कअनुसार पहिलो महिना नै १३ करोड ९० लाख रुपैयाँ बराबरको क्यूआर भुक्तानी प्राप्त भएको थियो । त्यसपछि लगातार बढ्दै गएको यस किसिमको भुक्तानी पुस महिनामा ३१ करोड ४० लाख रुपैयाँसम्म पुगेको थियो । त्यसपछि केही घटेको यस किसिमको कारोबार पुनः बढ्ने क्रममा रहेको छ ।
यो आठ महिनाको अवधिमा विदेशीले ६ लाख १२ हजार ४५१ पटक नेपाली क्यूआर स्क्यान गरी भुक्तानी गरेका थिए ।
पछिल्लो अध्यावधिक: जेठ २८, २०८२ १४:५९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेकपा माओवादी केन्द्रले संसदको गतिरोध खुलाउन दुई बुँदे सहमतिको ड्राफ्ट तयार गरेको छ ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले सहमतिका लागि माओवादीले दुई बुँदे सहमतिको ड्राफ्ट छलफलमा ल्याएको बताए ।
उनले त्यसमा आफुहरु सहमत रहेको समेत बताए । बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले माओवादीको ड्राफ्टमा आफुहरुको सहमति रहेपनि रास्वपाको असहमति देखिएको उल्लेख गरे ।
यस्तै रास्वपाले ल्याएको अर्को ड्राफ्टमा भने एमालेको असहमति रहेको उनले बताए । भट्टराईले प्रतिपक्षी दलले समान धारणा बनाउनका लागि समय माग गरेकाले बुधबारको सदन स्थगित गरेर बिहीबार तीन बजेका लागि बोलाइएको जिकिर गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। नेपाल प्रहरीले रु दुई करोड बढी मूल्यका सुन, हीरा तथा पत्थरका गहनासहित चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
यसरी पक्राउ पर्नेमा भारतका ४३ वर्षीय हरिवोर सेख, ३९ वर्षका सुरोजित दास, ४० वर्षका तमोल साद्रा र १६ वर्षका सामुहिम सेख रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
काठमाडौं महानगरपालिका-२२ प्यूखा कृष्णचोकस्थितमा भारत कोलकाताका ४३ वर्षीय हाविबोर सेखले मुन्ना जेम एण्ड ज्वेलर्स सञ्चालन गरी बिल भरपाई नभएका सुन, चाँदी तथा हीराका गरगहना बिक्री वितरण गरिरहेको सूचनाका आधारमा खोजतलासमा निस्किएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरी आज घटना विवरण सार्वजनिक गरेको हो।
उक्त अनुसन्धानमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, जिल्ला प्रहरी परिसर, काठमाडौं तथा प्रहरी वृत्त जनसेवाबाट प्रहरी टोली खटिएका थिए। सेखले सञ्चालन गरेको मुन्ना जेम एण्ड ज्वेलर्समा रीतपूर्वक खानतलासी गर्दा फेला परेका बिल भरपाई बिनाका रु दुई करोड एक लाख ७८ हजार ३६० रुपैयाँ बराबरको सुन, हीरा तथा पत्थरका गरगहना फेला पारी बरामद गरिएको बोहराले बताए।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आजै राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ।
सामाग्री श्रोत :
काठमाडौँ । एससीटी-यूपीआई कार्ड प्रयोग गरेर भुक्तानी गर्ने ग्राहकलाई आइएमई हस्पिटालिटी अन्तर्गतका होटलहरूमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराइने भएको छ ।
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र आइएमई हस्पिटालिटीबिच भएको साझेदारी अनुसार एससीटी-यूपीआई कार्ड प्रयोगकर्ताले यही १ असारदेखि १५ पुससम्म छुटको लाभ लिन सक्नेछन् ।
छुटको व्यवस्था लाजिम्पाटस्थित ‘ले हिमालय’ र ‘साके एन्ड फेंग’ तथा पोखराको ‘लेकसाइड रिट्रिट’ होटलमा लागु हुनेछ । कार्ड प्रयोग गरी गरिएको फुड एन्ड बेभेरेज भुक्तानीमा तथा रुम शुल्क (पोस कारोबारमा मात्र) मा छुट पाइने बताइएको छ ।
एससीटी-यूपीआई कार्ड हाल २१ बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत जारी हुँदै आएको छ । यस अफरमार्फत डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र कार्डको प्रयोग बढाउने लक्ष्य राखिएको छ ।
एससीटी-यूपीआईI कार्ड नभएका ग्राहकले पनि नजिकको बैंक वा वित्तीय संस्थामा सम्पर्क गरेर कार्ड प्राप्त गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: जेठ २८, २०८२ १५:४१
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा र खेलकुदबीच निकट सम्बन्ध रहेको बताएका छन् । दशरथ रंगशालामा बुधबार पन्ध्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले शिक्षाको ज्ञान, चेतना र बौद्धिकता एवम् खेलकूदको अनुशासन, अभ्यास र उत्साहको गुणले भोलिको कर्णधार नेपाली युवालाई सक्षम, सबल र योग्य बनाएर राष्ट्र निर्माणको पहरेदारकारुपमा उभ्याउन योगदान दिने बताए ।
राष्ट्रपति पौडेलले बालबालिकाको शारीरिक, मानसिक र चौतर्फी व्यक्तित्व विकासको लागि खेल जरुरी रहेको भन्दै यही कारणले राष्ट्रका लागि खेल स्वास्थ्यका लागि खेल भनिएको स्पष्ट पारे ।
उनले खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग भनेकै गाउँ र विद्यालय भएको बताउँदै भने,–‘यहीबाट छानिएका उत्कृष्ट र योग्य बालबालिकाले राष्ट्रिय खेलाडीका रुपमा उभ्याउँदै अन्तर्राष्ट्रिय प्रतियोगितासम्म पुग्ने बाटो तय गर्छन् । त्यसैले स्थानीय स्तरमा पूर्वाधार, खेलसामग्री, दक्ष प्रशिक्षक र प्रतियोगताका अवसर बढाएर खेलप्रतिको आकर्षण बढाउनुपर्दछ ।’
राष्ट्रपति पौडेलले नेपालमा खेल पर्यटनको प्रशस्त संभावना रहेको भन्दै अनुपम भौगोलिक विशेषता अनुसारका साहसिक खेलप्रति विश्वजगतको आकर्षणलाई मध्यनजर गरि यसबाटै देशको अर्थतन्त्रमा योगदान दिनेतर्फ राज्यले सोच्नुपर्ने विश्वास व्यक्त गरे ।
उनले नेपालका परम्परागत खेललाई परिष्कृत, विकास र विस्तार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा समावेश गराउन सकियो भने एकातर्फ देशको इज्जत र प्रतिष्ठा बढाउन सकिने र हाम्रा खेलाडीले थप कीर्तिमान पनि राख्न सक्ने बताए ।
उनले मुलुकलाई विश्वसामु चिनाउने सजिलो माध्यम खेलकुद भएको भन्दै क्रिकेट, पारा ओलम्पिक, हक्कीलगायतका खेलमा अन्तर्राष्ट्रियस्तरमा नेपालले पछिल्लो समयमा देखाएको उत्साहजनक सहभागिता र नतिजा मुलुकका लागि खुशीको विषय भएको बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। प्रहरी महानिरीक्षक दीपक थापाले स्वास्थ्य सेवाजस्तो महत्वपूर्ण सेवामा समर्पित अस्पतालका प्रहरी कर्मचारीले सामूहिक भावनाका काम गर्ने निर्देशन दिएका छन्।
आज नेपाल प्रहरी अस्पताल महाराजगञ्जको निरीक्षणपश्चात् आयोजित कार्यक्रममा उनले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सन्दर्भमा अस्पतालले उचित परामर्श, असल व्यवहारमा काम गर्न आग्रह गरे।
प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज भवनमा रहेका शैक्षिक कार्यक्रम स्थानको अवलोकन गर्नुका साथै आकस्मिक कक्ष, विभिन्न विभाग, वार्ड, फार्मेसीलगायत विभिन्न युनिटको निरीक्षण तथा अवलोकन गरे।
अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा सुन्दरप्रसाद ह्योजु, प्राविधिक प्रहरी उपरीक्षक डा समृद्धि कार्कीले अस्पतालको पृष्ठभूमि, मानवश्रोत व्यवस्थापन, उपलब्ध सेवा तथा सेवाग्राहीको विवरण, उपकरण र नयाँ प्रविधिको प्रयोग, विभिन्न निकायसँगको समन्वय, कल्याण कोषसम्बन्धी जानकारी, कार्यान्वयनमा रहेका नीतिगत निर्णय, कर्मचारी लक्षित कार्यक्रम, समस्या तथा चुनौती र भावी कार्ययोजनालगायत विषयमा प्रस्तुतीकरण गरेका थिए।
सामाग्री श्रोत :