२०८२ भाद्र २४ मंगलवार
२०८२ भाद्र २४ मंगलवार

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५ लाई बालश्रम मुक्त वडा घोषणा गरिएको छ।

बालश्रमविरुद्ध अन्तर्राष्ट्रिय दिवस २०२५ को सन्दर्भ पारेर कागेश्वरी मनोहरा नगरपालिकास्थित वडा नम्बर ५ लाई बिहीबार बालश्रम मुक्त वडा घोषणा गरिएको हो।

नगरपालिकालाई बालश्रम मुक्त नगर बनाउने संकल्पको शुरुवात वडा नम्बर ५ बाट गरिएको नगरपालिकाले जनाएको छ। अन्य वडाहरुलाई पनि बालश्रम मुक्त बनाउँदै बालमैत्री नगर बनाउने पनि बताइएको छ।

उक्त कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख शान्ता थापाले वडा नम्बर ५ का वडाध्यक्ष शंकर पाण्डेलाई बालश्रम मुक्त वडा घोषित भएकोमा सम्मानस्वरुप प्रमाणपत्र प्रदान समेत प्रदान गरेकि थिइन्।


सामाग्री श्रोत :

कागेश्वरी मनोहरा-५ बालश्रम मुक्त वडा घोषणा

काठमाडौँ । सरकारले साइबर अपराध नियन्त्रणका लागि हालसम्मकै कडा दण्ड सजायको व्यवस्थासहित नयाँ विधेयक संसदमा दर्ता गरेको छ । मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिनिधिसभा दर्ता गराएको ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक’ मा मुलुकको साइबर सुरक्षामा अवरोध सिर्जना गर्नेलाई पाँच वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिबानादेखि अश्लील सामग्री बनाउने तथा एआई प्रविधि दुरुपोग गर्ने लगायतका कसुरमा छुट्टाछुट्टै सजाय प्रस्ताव गरिएको छ ।

विद्युतीय कारोबार ऐन, २०६३ लाई प्रतिस्थापन गर्न ल्याइएको यो विधेयकले साइबर अपराधका विभिन्न स्वरूपलाई परिभाषित गर्दै कसुरको प्रकृतिअनुसार फरक-फरक सजायको प्रस्ताव गरेको छ ।

विधेयकको दफा ८० मा मुलुकको साइबर सुरक्षा तथा तथ्याङ्क प्रणालीमा अवरोध सिर्जना गर्ने वा प्रतिकूल असर पार्ने कार्यलाई गम्भीर कसुर मान्दै पाँच वर्षसम्म कैद वा १० लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

त्यस्तै विधेयकले कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच (ह्याकिङ) र प्रणालीमा गरिने छेडछाडलाई विभिन्न तहमा वर्गीकरण गरी दण्डको व्यवस्था गरेको छ । यसअन्तर्गत आर्थिक लाभका लागि विद्युतीय सूचना हेरफेर, मेटाउने वा लुकाउनेलाई तीन वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिबाना प्रस्ताव गरिएको छ ।

त्यस्तै कुनै विद्युतीय प्रणालीको सोर्स कोड (स्रोत सङ्केत) चोरी गर्ने, नष्ट गर्ने वा परिवर्तन गर्नेलाई पनि तीन वर्षसम्म कैद र पाँच लाख रुपैयाँसम्म जरिबाना प्रस्ताव गरिएको छ । कसैको युजर अकाउन्ट वा कम्प्युटर प्रणालीमा अनधिकृत पहुँच पुऱ्याउने वा डेटामा सामान्य हेरफेर गर्नेलाई दुई वर्षसम्म कैद सजाय र दुई लाख रुपैयाँसम्म जरिबाना तिराउनुपर्ने विधेयकमा उल्लेख छ ।

सामाजिक सञ्जालमा विकराल बन्दै गएका कसुरहरूमाथि पनि विधेयकले कडा सजाय प्रस्ताव गरेको छ । यसअन्तर्गत अश्लील सामग्री उत्पादन, सङ्कलन, वितरण, प्रकाशन वा सञ्चय गर्नेलाई दुई वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिबाना प्रस्ताव गरिएको छ । त्यस्तै कसैको वैयक्तिक विवरण गैरकानुनी रूपमा सङ्कलन गर्ने, गोप्य कुराकानी रेकर्ड गर्ने वा सूचना चुहाउनेलाई दुई वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिबाना तिराउने सरकारको तयारी छ ।

कसैको निजी साँचो, पासवर्ड वा अन्य विद्युतीय पहिचान दुरुपयोग गरी कसुर गर्ने मनसाय राख्नेलाई एक वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिबाना प्रस्ताव गरिएको छ भने फिसिङ वा स्पुफिङ जस्ता तरिकाबाट पासवर्ड, पिनकोड जस्ता गोप्य कोड चोरी गर्नेलाई दुई वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिबानाको व्यवस्था गर्ने तयारी गरिएको छ । 

अर्कोतर्फ विधेयकले विधेयकले आधुनिक प्रविधिबाट हुने अपराधलाई समेत समेटेको छ । दफा ९५ अनुसार, कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग गरी कुनै कसुर गरेमा सोही व्यक्तिले गरे सरह सजाय हुनेछ । त्यस्तै दफा ९३ अनुसार, इन्टरनेट अफ थिङ्स (आईओटी) उपकरणमा आक्रमण गर्नेलाई दुई वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिबाना हुनेछ ।

विधेयकले साइबर अपराधमा सघाउने मतियारलाई मुख्य कसुरदारको आधा सजाय हुने र कुनै संस्था वा कम्पनीबाट अपराध भएमा सोको सञ्चालक वा कार्यकारी प्रमुख उत्तरदायी हुने व्यवस्थासमेत गरेको छ ।

पछिल्लो अध्यावधिक: जेठ २९, २०८२ १६:४६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– नेकपा माओवादी केन्द्रले पत्रकार दिलभूषण पाठकमाथि समाचार प्रसारण गरेको आधारमा पक्राउपूर्जी जारी गरिएको घटना तथा नेपालखबर डटकम र बिजमाण्डू डटकममा प्रकाशित समाचार हटाउन दिएको आदेशप्रति आपत्ति जनाएको छ ।

उपाध्यक्ष्इा तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले विज्ञप्ति जारी गर्दै सरकारको यस प्रकारको कार्य प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य मान्यता र संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावना विपरित भएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘समाचार सामग्रीमा त्रुटि, पूर्वाग्रह वा तथ्यगत कमजोरी देखिएको छ भने त्यसको समाधानका लागि प्रेस काउन्सिल लगायतका नियामक निकायमार्फत् खण्डन गर्ने वा प्रतिवाद गर्ने विधि स्थापित छ । तर सरकारले प्रत्यक्ष रुपमा पक्राउपूर्जी जारी गरेर असहिष्णुता र दमनको नीति लिएको छ, त्यो लोकतान्त्रिक मर्म विरुद्ध छ ।’

Ncell 2
Ncell 2

माओवादी केन्द्र स्वतन्त्र, जिम्मेवार र तथ्यमा आधारित पत्रकारिताको सधैं पक्षधर रहेकोले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरुद्धका गतिविधि नगर्न र सञ्चारकर्मीमाथि जारी पक्राउपुर्जी फिर्ता लिन माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, लोकतन्त्रको आधार स्तम्भमध्ये स्वतन्त्र प्रेस एक महत्वपूर्ण खम्बा हो । प्रेस स्वतन्त्रताको संरक्षण, लोकतान्त्रिक मूल्यको सुदृढीकरण र नागरिक अधिकारको सुनिश्चितता नै समावेशी लोकतन्त्रको मूल आत्मा हो । लोकतान्त्रिक मूल्य र पद्धतिप्रति प्रतिबद्ध रहनका लागि सरकार र सबै पक्षहरूलाई जोडदार अपील गर्दछौं ।’

Maoist-pr-1749726712.png

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं- काठमाडौँ विश्वविद्यालय सभाको ९९ बैठकले विश्वव्रिद्यालय सभाका सदस्य मनोनित गरेको छ। बैठकले विश्वविद्यालय सभाको सदस्यका लागि चन्दादातामध्येबाट रत्ना कोइराला, लब्धप्रतिष्ठित विद्वानमध्येबाट त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानका पूर्व डीन प्रा डा दिव्या सिंह, सामुदायिक स्वास्थ्य विशेषज्ञ डा रीता थापा, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गौतम, मनोचिकित्सक डा अनन्तप्रसाद अधिकारी, विश्वविद्यालयका शिक्षकमध्येबाट डा विकास अधिकारीलाई मनोनयन गर्ने निर्णय गरेको हो। 

विश्वविद्यालय र धुलिखेल अस्पतालबीच सहयात्राका नयाँ खाका
बैठकले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको भावी सहयात्राको नयाँ खाकासहितको प्रतिवेदन पनि पारित गरेको छ ।

दुई संस्थाबीचको आपसी समस्याबारे गत माघ ४ गतेको सभा बैठकमा समाधानसहितको प्रस्ताव तयार गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीताकुमारी पौड्याल अधिकारीको संयोजकत्वमा गठित सहजीकरण समितिले दिएको प्रतिवेदन पारित भएको हो ।

नयाँ खाका अनुसार दुुई संस्था आपसमा सहयात्राबाट अलग हुन चाहेमा एकले अर्काेलाई छ वर्ष अगाडि जानकारी दिनुुपर्ने लगायतका व्यवस्था गरिएका छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई आधुुनिक प्रविधि, जीवनोपयोगी र रोजगारमूलक बनाउन आमुल परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्। उनले स्वास्थ्य शिक्षा र अन्य विषयका सन्दर्भमा आम विद्यार्थीको पहुँचवृद्धि गर्न र चिकित्सा शिक्षामा मात्रै दिइँदै आइएको ७५ प्रतिशतसम्मको छात्रवृत्तिका बारेमा पुनः विचार गर्नुपर्ने धारणा राखे।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति रघुुजी पन्तले शैक्षिक सुधार र रुपान्तरणका लागि प्रधानमन्त्री ओलीले लिएको चासो र चिन्तालाई कार्यान्वयन गराउन आग्रह गर्दै मन्त्रालयका तर्फबाट नेपाललाई शैक्षिक हब बनाउन प्रयास गरिने बताए। विश्वविद्यालयका उपकुुलपति प्रा डा अच्युतप्रसाद वाग्लेले शिक्षणका साथै अनुसन्धानात्मक विश्वविद्यालयको अवधारणालाई व्यवहारमा अनुवाद गर्ने नीति अनुरुप काम गरिने बताए।

दीक्षान्तका लागि ग्रेस लिष्ट पारित
बैठकले यही जेठ ३० गते धुलिखेलमा आयोजना हुने ३० औँ दीक्षान्त समारोहको दोस्रो चरणको कार्यक्रमका लागि विभिन्न स्कुललहरु अन्तर्गत विभिन्न तहमा उपाधि हासिल गरेका एक हजार एक सय २९ विद्यार्थीको ग्रेस–लिष्ट स्वीकृत गरेको छ । ग्रेस लिष्टमा एक सय १८ विदेशी विद्यार्थी समावेश रहेका छन्। 

बैठकले रजिष्ट्रार प्रा डा राजीव श्रेष्ठद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/०८३ लागि अनुमानित रु चार अर्ब तीन करोड ८० लाख बजेटसहितको कार्यक्रम पारित गरेको छ । यसैगरी गत आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदन र यस आर्थिक वर्षको कार्यप्रगति प्रतिवेदन पारित भएको छ।
सिनेट बैठकलगत्तै प्रधानमन्त्री ओलीले सो विश्वविद्यालयका संस्थापक रजिष्ट्रार डा सीताराम अधिकारीद्वारा लिखित ‘काठमाडौँ विश्वविद्यालय ः पहिलो २५ वर्ष’ पुस्तकको भाग १ र २ को लोकार्पण गरे।

सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले मनसुनी हावा सक्रिय हुँदा यतिबेला मुलुकको विभिन्न स्थानमा वर्षा सुरु भएको जनाएको छ। देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ।

माहाशाखाका मौसमविद् गोविन्द झाले मनसुनी हावा चलिरहेको, बङ्गालको खाडीबाट जलवास्पयुक्त हावा नेपाल आएकाले वर्षा गराउने प्रणाली विकसित भई हाल मुलुकको विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको बताए।

‘हाल देशभर आंशिकदेखि साधारणतया बदली, कोशी प्रदेशको ईलाम, बागमती प्रदेशको काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं र चितवन, लुम्बिनी प्रदेशको प्युठान र रोल्पा, कर्णाली प्रदेशको सुर्खेत आसपासमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ’, उनले भने।

उहाँका अनुसार इलाम आसपास र बर्दिया आसपासका एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ। झाकाअनुसार काठमाडौं उपत्यकामा शनिबारसम्म वर्षाको सम्भावना छ।

माहाशाखाले शुक्रबार बिहानसम्म कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ। साथै कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना पनि रहेको महाशाखाको भनाइ छ।

महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नु तथा सतर्कता अपनाउन माहाशाखाको अनुरोध छ।


सामाग्री श्रोत :

मनसुनी हावा सक्रिय, अधिकांश स्थानमा वर्षा

काठमाडौँ । कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि ‘बाघ ई–स्पोर्ट्स’ले जितेको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको वेस्टमिन्स्टर कलेजले सञ्चालन गरेको प्रतियोगितामा ‘बाघ’ले १३२ अंक प्राप्त गर्दै उपाधि जितेको हो ।

२ जुनदेखि सुरु भएको उक्त प्रतिस्पर्धामा ३२४ टिमबाट १,६२० खेलाडी सहभागी भएको आयोजकले जानकारी दिएको छ । छ दिनसम्म सञ्चालन भएको अनलाइन प्रतिस्पर्धाबाट उत्कृष्ट प्रदर्शन गर्ने १६ टिमले अन्तिम चरणको लागि स्थान सुरक्षित गरेका थिए ।

अन्तिम १६ मा स्थान बनाउने टिमहरूमा बाघ ई–स्पोर्ट्ससँगै फोर डेथ मेशिन्स, फोर अन्डरडग्स, एब्रप्ट स्लेयर्स, एई, बीएसी, दाइ ई–स्पोर्ट्स, ईजी फाइभ, एलएफएम, फोर वाईडी, नेपाल गेमिङ (एनजी), आरसी थर्टीटु, रियल सेभेज, आरथग, श्रीपेच ई–स्पोर्ट्स र ह्वाइट डेविल्स रहेका थिए ।

यी टिमहरूले ८-१० जुनसम्म ल्यान टुर्नामेन्टमा १५ खेल खेलेका थिए । सोही खेलहरूमा बाघले १३२ अंक ल्याउँदै उपाधि जित्न सफल भयो ।

उपाधिसँगै बाघले नगद ५०,००० रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो । नेपाल गेमिङ (एनजी) ले १२६ अंक ल्याएर दोस्रो स्थान प्राप्त गर्दै २०,००० रुपैयाँ जित्दा बीएसीले १२४ अंकका साथ तेस्रो स्थान हासिल गरी १०,००० रुपैयाँ प्राप्त गर्‍यो ।

फ्यान फेभरेट टिम घोषित भएको बाघले थप ६,००० रुपैयाँ प्राप्त गरेको छ । त्यसैगरी चिकेन डिनर जित्ने टिमहरूलाई कुल ९,००० रुपैयाँ प्रदान गरिएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी फोर डेथ मेशिन्सका आदित्य घोषित भए । उनले नगद ५,००० रुपैयाँ पुरस्कार प्राप्त गरे ।

ई–स्पोर्ट्स हब तथा टेनेट्सको सहकार्यमा सम्पन्न ‘वेस्टमिन्स्टर शोडाउन २०२५’ कार्यक्रमको मोबिलिटी पार्टनरमा टुटल तथा डिजिटल पार्टनरको रूपमा डिजीपल सोलुसन्स रहेका थिए । 

कार्यक्रमपछि प्रतिक्रिया दिँदै कलेजका हेड अफ एडमिशन एण्ड मार्केटिङ गोविन्द देव बल्लभ अधिकारीले भने, “यस्ता प्रतिस्पर्धा केवल मनोरञ्जनका लागि मात्र नभई लिडरशिप, टिमवर्क र आत्मविश्वास विकास गर्ने एउटा माध्यम हो । वेस्टमिन्स्टर शोडाउन २०२५ ले युवाहरूलाई आफ्नो प्रतिभा देखाउने उत्कृष्ट मञ्च प्रदान गरेको छ ।”

 

पछिल्लो अध्यावधिक: जेठ २९, २०८२ १५:११





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– बैंकिङ क्षेत्रका विद्यमान समस्या समाधानमा सघाउनका लागि भन्दै नेपाल राष्ट्र बैंकले सुधार सुझाव उपसमिति गठन गरेको छ ।

रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित उपसमितिमा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहाल र राष्ट्र बैंक नियमन विभाग प्रमुख गुरुप्रसाद पौडेल सदस्य रहेका छन् ।

Ncell 2
Ncell 2

गत साता बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको स्रोतले बताएको छ । संयोजक कार्की नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी र नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष हुन् ।

‘बैंकिङ क्षेत्र सुधार तथा विकास सुझाव उपसमिति’ नाम दिइएको उपसमितिलाई सुझावसहितको प्रतिवेदन दिने पेस गर्न समयावधि दिइएको छ । उपसमितिले अहिले ब्याजदर निकै तल झरे पनि कर्जा विस्तार हुन नसकेको, खराब कर्जा बढ्दै गएको, कर्जा असुलीमा समस्या रहेको लगायत समग्र बैकिङ क्षेत्रको समस्या समाधानका लागि सुझाव दिनेछ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाल पर्वतीय पर्यटनका लागि सुन्दर र आकर्षक गन्तव्य भएको बताए। गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस) ले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो सान, हाम्रो पहिचान’ तस्बिर प्रदर्शनीको अवलोकनपछि मन्त्री राईले नेपालमा पर्वतीय पर्यटनको अथाह सम्भावना र आर्कषक गन्तव्य भएको बताए।

‘नेपाल सुन्दरता र पर्यटकीय दृष्टिकोणले निकै आर्कषक गन्तव्य हो,’ मन्त्री राईले भने, ‘कतिपय स्थानमा म पुगेको पाएको छैन, तस्बिी हेर्दा आफँै पुगेजस्तो लाग्यो पर्यटकको आकर्षक गन्तव्य, प्राकृतिक सुन्दरता र सम्भावना तबस्बरमा झल्किन्छ।’

मन्त्री राईले नेपालमा केही सम्भावना छैन भन्ने समूहलाई तस्बिरले धेरै सम्भावना देखाएको उल्लेख गरे। उनले भने, ‘नेपालमा केही छैन भन्ने प्रचार पनि गराउन खोजिएको छ, नेपालमा पर्वतीय पर्यटनका क्षेत्रमा धेरै सम्भावना छ।’

मुलुकमा गणतन्त्रको स्थापना भएपछि सदरमुकासम्म पुगेको सडक अहिले हरेक गाउँपालिका पुगिरहेको र सूचना प्रविधिको राम्रो विकास भइरहेको उनको भनाइ थियो। ‘प्राकृतिक हिसावले निकै सुन्दर छ, नेपाल बस्नका लागि अत्यन्तै सुन्दर देश हो, जाडो मन पराउनेलाई चिसो, गर्मी मन पर्नेलाई गर्मी यही छ,’ मन्त्री राईले भने, ‘सरकारले विकासका लागि पर्यटन प्रवर्द्धनमा राम्रो प्रयत्न गरेको छ, हिमाल, ताल, गुम्वा, ऐतिहासिक गाउँ, बहुभाषी, बहुजाती भएको देश हो।’

मन्त्री राईले जलवायु परिर्वतनले नेपालमा ठूलो असर पारेको र त्यसका दोष विकसित देशको भएको बताए। ‘मुलुकको सम्भावना देखाउन राससले आयोजना गरेको तस्बिर प्रदर्शनीमार्फत जे प्रयास गरिहेको छ, यो देश र जनताको हितमा काम गरिरहेको छ,’ मन्त्री राईले भने, ‘नेपालमा पर्याप्त सम्भावना छ भनेर प्रष्ट तस्बिरमा देखाएको छ।’

यसअघि आजै नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा अध्ययनरत ४० जना विद्यार्थीले तस्बिर प्रदर्शनीको अवलोकन गरेका छन्। अवलोकनपछि उक्त प्रतिष्ठानका टसि शेर्पाले राससले मुख्य काम समाचार सम्प्रेषणका साथै मुलुकका प्राकृतिक सम्पदाको प्रचारप्रसारका लागि आयोजना गरेको तस्बिर प्रदर्शनी प्रशंसनीय भएको बताए।

सो प्रतिष्ठानमा अध्ययनरत छात्रा जेनिफर न्यौपानेले नेपालका प्राकृतिक पर्यटकीय गन्तव्यको प्रचारप्रसारले मुलुकको समृद्धिको टेवा पुग्ने बताए। सोही प्रतिष्ठानमा अध्ययनरत छात्र साइरस कार्कीले पर्यापर्यटनको प्रचारप्रसारमा यस तस्बिर प्रदर्शनीले योगदान गर्ने बताउँदै आगामी दिनमा डिजिटल माध्यमबाट समेत प्रचार गर्नुपर्नेमा जोड दिए। रासस


सामाग्री श्रोत :

नेपाल पर्वतीय पर्यटन आकर्षक गन्तव्यः मन्त्री राई

काठमाडौँ । अनलाइन संसारमा सुरक्षित रहनका लागि बलियो र युनिक पासवर्ड प्रयोग गर्नु कत्तिको महत्त्वपूर्ण छ भन्ने कुरा सायद हामी सबैलाई थाहा छ । अनेकौँ अकाउन्टहरूका लागि छुट्टा छुट्टै पासवर्ड राख्नु पर्ने र बेलाबेलामा परिवर्तन गरी रहनु पर्ने हुँदा ती सबैलाई सम्झनु निकै गाह्रो वा असम्भव प्राय काम हो ।

यही समस्याको समाधानको रूपमा पासवर्ड म्यानेजरहरूको जन्म भएको हो । बजारमा वनपासवर्ड, ड्याशलेन, बिटवार्डेन जस्ता विभिन्न थर्ड-पार्टी (third-party) पासवर्ड म्यानेजरहरू अलि पहिले देखि नै उपलब्ध छन् ।

तर, पछिल्लो समयमा एप्पल, गुगल र माइक्रोसफ्ट जस्ता प्रमुख प्रविधि कम्पनीहरूले पनि आआफ्नै निःशुल्क पासवर्ड म्यानेजर टुलहरू प्रदान गरिरहेका छन् । यी विकल्पहरू तपाईँको लागि कत्तिको उपयुक्त छन् ? आज हामी तपाईँलाई यसै विषयमा बताउँदै छौँ ।

निःशुल्क रूपमा उपलब्ध बिल्ट-इन पासवर्ड म्यानेजरका फाइदा

यी प्लेटफर्म-आधारित पासवर्ड म्यानेजरहरूका केही आकर्षक फाइदाहरू छन् । जो थर्ड-पार्टी सफ्टवेयर वा एप जस्तो छुट्‍टै रूपमा डाउनलोड गरी रहनु पर्दैन । यसले गर्दा प्रयोग गर्न सजिलो हुन्छ ।

तपाईँका पासवर्डहरू एप्पल आईडी, गुगल अकाउन्ट, माइक्रोसफ्ट जस्ता तपाईँका अकाउन्ट मार्फत स्वचालित रूपमा सिंक हुन्छन् । परिणामस्वरूप नयाँ डिभाइसमा लगइन गर्दा पासवर्डहरू तुरुन्तै उपलब्ध हुन्छन् ।

अर्को महत्वपूर्ण कुरा यी टुलहरू प्रयोग गर्नका लागि तपाईँले शुल्क तिरेर कुनै सब्सक्रिप्सन लिई हरनु पनि पर्दैन । तपाईँका पासवर्डहरू तपाईँको ईमेल, क्लाउड स्टोरेज र डिभाइस सुरक्षामा प्रयोग हुने स्तरकै इन्क्रिप्सन र टु फ्याक्टर अथेन्टिकेसन फिचर मार्फत सुरक्षित हुन्छन् ।

कसका लागि उपयुक्त ?

यदि तपाईँ प्राविधिक रूपमा धेरै जानकार हुनुहुन्न वा तपाईँको अनलाइन जीवन सरल छ भने, प्लेटफर्ममा आधारित पासवर्ड म्यानेजर उत्कृष्ट विकल्प हुन सक्छन् ।

यदि तपाईँ एप्पल इकोसिस्टममा पूर्ण रूपमा जोडिनुभएको छ (जस्तै म्याकबुक, आईफोन, एप्पल वाच) भने, एप्पलको आईक्लाउड किचेन (iCloud Keychain) र पासवर्ड एप (Passwords app) तपाईँका लागि धेरै उपयोगी हुन सक्छ । यसले म्याक र आईओएस डिभाइसहरूमा निर्बाध रूपमा काम गर्छ । साथै समूहमा पासवर्ड शेयरिङको सुविधा पनि यसमा राम्रो छ । तर यसका लागि समूहका सबै सदस्यहरू एप्पल डिभाइस प्रयोगकर्ता नै हुनुपर्छ ।

त्यस्तै यदि तपाईँका अधिकांश काम जिमेल, क्रोम ब्राउजर र एन्ड्रोइड फोनमा केन्द्रित छन् भने, गुगल पासवर्ड म्यानेजर (Google Password Manager) एक राम्रो विकल्प हो । यो हरेक एन्ड्रोइड डिभाइस र क्रोम ब्राउजरमा उपलब्ध हुन्छ । यति मात्र होइन यसले आईफोनमा पनि अटोफिल सेवाको रूपमा काम गर्न सक्छ ।

ध्यान दिनुपर्ने कुराहरू

निःशुल्क रूपमा उपलब्ध यी विकल्पहरूमा केही कमी कमजोरीहरू पनि छन् । विशेषगरी यदि तपाईँ विभिन्न प्लेटफर्म र ब्राउजरहरू बीच नियमित रूपमा स्विच गर्नुहुन्छ भने यस्तो समस्या महसुस गर्न सक्नु हुनेछ ।

यी टुलहरू प्रायः आफ्नै प्लेटफर्ममा मात्र राम्रोसँग काम गर्छन् र अन्यमा सीमित वा कुनै पनि कार्यक्षमता प्रदान गर्दैनन् । उदाहरणका लागि, गुगल पासवर्ड म्यानेजर एप्पलको सिरी ब्राउजरमा काम गर्दैन ।

यस बाहेक यी टुलहरूमा सीमित फिचर मात्रै उपलब्ध छन् । थर्ड-पार्टी पासवर्ड म्यानेजरहरूको तुलनामा गुगल र एप्पलका इनबिल्ट पासवर्ड म्यानेजरहरूमा आधारभूत सुविधाहरू मात्र हुन्छन् । यिनीहरूले बलियो पासवर्डहरू सिर्जना गर्न सक्छन् । तर पासवर्डको लम्बाइ वा क्यारेक्टर तथा सिम्बोलहरू समावेश गर्ने/नगर्ने जस्ता अनुकूलन विकल्पहरू प्रदान गर्दैनन् ।

त्यस्तै यिनीहरूमा पासवर्ड शेयरिङको समेत समस्या हुन्छ । जस्तै गुगल पासवर्ड म्यानेजरमा पासवर्ड शेयर गर्दा त्यसको एउटा कपी मात्र पठाइन्छ; मूल पासवर्ड परिवर्तन गर्दा त्यसको पुरानो कपी रही रहन्छ ।

अनि माइक्रोसफ्टको पासवर्ड म्यानेजर ?

माइक्रोसफ्टको पासवर्ड म्यानेजर टुल भने हाल सङ्क्रमणकालीन अवस्थामा छ । कम्पनीले जुलाई २०२५ सम्म अथेन्टिकेटर एपमा भएका पासवर्डहरू एज ब्राउजरमा सार्न आग्रह गरेको छ । यसैले, अहिले माइक्रोसफ्टको बिल्ट-इन टुलहरू प्रयोग नगरेकै राम्रो हुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ २९, २०८२ १४:३६





सामाग्री श्रोत :
टेक पाना

काठमाडौँ – राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्षको हालसम्म स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित विभिन्न देशका रु तीन करोड ४६ लाख ५५ हजार ८८० मुद्रा बरामद गरेको छ । बरामद गरिएका मुद्रामध्ये नेपाली रु एक करोड ९१ लाख र भारतीय रु एक करोड ५५ लाख रहेकाराजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।

नेपाल–भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेका यस्ता रकमसहित भारतीय नागरिक पक्राउ पर्ने गरेका कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले बताए । उनीहरू भरियाका रूपमा रहेका भन्दै यसको गिरोहको जरासम्म पुग्न भने नसकिएको प्रहरी तथा अनुसन्धान अधिकारीहरू बताउँछन् । 

चालु आवमा भएको बरामदको विवरण अनुसार बुटवल आसपासबाट मात्रै रु तीन करोड ४६ लाखभन्दा बढी अवैध रकम बरामद भएको अनुसन्धान अधिकृत घिमिरेले जानकारी दिनुभयो । उनका अनुसार विदेशी मुद्राको अवैध कारोबारमा भारतीय मुद्रा, अमेरिकी डलर, युएई दिराम तथा नेपाली रुपैयाँ रहेका छन् ।

Ncell 2
Ncell 2

त्यस्ता मुद्राहरूको कारोबार, सीमानाकामा ओसारपसार र वैधानिक स्रोतबिनाका गतिविधिमा संलग्न समूहमाथि कडा निगरानी गरी उक्त रकम जफत गरिएको घिमिरेले बताए । उनका अनुसार राजस्व अनुसन्धान टोली र नेपाल प्रहरीको संयुक्त प्रयासमा विभिन्न गाडी, यात्री र झोलाबाट सो रकम जफत गरिएको हो ।

रुपन्देहीका बुटवल, मर्चवारी, बेलहिया, रैनादेवी, चम्पानगर तथा कपिलवस्तुको कृष्णनगरलगायत सीमावर्ती क्षेत्रहरूमा निगरानी कडा पारिएको जनाउँदै घिमिरेले यस्ता अवैद्य रकमसहित भारतीय नागरिक पक्राउ परेका उल्लेख गरे । 

तस्करीको सुनसहित व्यापारीले सीमापारी पुगेर लेनदेन गर्ने गरेको रकम पटकपटक गरी नेपाल भित्र्याउने गरिएको हुनसक्ने अनुसन्धान अधिकृत घिमिरेले आशङ्का व्यक्त गरे । ‘सोको पुष्टि हुनेगरी केही विवरण र मालिक पत्ता लागेका छन् तर अनुसन्धान भइरहेकाले अहिलेसम्म सार्वजनिक भने गरिएको छैन’, उनले भने । 

प्रमुख अनुसन्धान अधिकृत घिमिरेले आपराधिक गतिविधिमाथि सुदृढ अनुगमन, प्रविधिको प्रयोग तथा अन्तरनिकाय समन्वयमार्फत कडाइका साथ नियन्त्रणको अभियान सञ्चालन गरिएको बताए । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट